767  परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँलाई प्रेम नगर्नु व्यर्थको जीवन हो

पद १

परमेश्‍वरलाई प्रेम गर्ने पाठ सबैभन्दा गहन पाठ हो।

जीवनभर विश्‍वास गर्दा,

मानिसले उहाँलाई प्रेम गर्ने पाठ सिक्छन्।

उहाँमा विश्‍वास गरेमा,

उहाँलाई प्रेम गर्ने प्रयास गर्नुपर्छ।

विश्‍वास गर्छौ तर प्रेम गर्दैनौ,

उहाँबारे ज्ञान पाउन असफल छौ र हृदयदेखि

उहाँलाई साँचो प्रेम गरेको छैनौ भने,

तिम्रो विश्‍वास निरर्थक छ।


कोरस

उहाँमा विश्‍वास गर्छौ तर प्रेम गर्दैनौ

भने, व्यर्थमा जिउँछौ,

सबै जीवनमध्ये तिम्रो जीवन सबभन्दा नीच हो।

यदि, पूरै जीवनभर,

उहाँलाई प्रेम गरेको छैनौ भने,

जिउनुको के अर्थ, जिउनुको के अर्थ?

उहाँमा विश्‍वासको के अर्थ?

के यो मिहिनेतको बर्बादी होइन?


पद २

मानिसले उहाँलाई प्रेम, विश्‍वास गर्ने हो

भने, तिनले मूल्य चुकाउनुपर्छ।

बाह्य रूपमा कार्य गर्ने प्रयास गर्नुहुँदैन।

आफ्नो हृदयका गहिराइमा

साँचो अन्तर्ज्ञान खोज्नैपर्छ।

भजन गाउन र नाच्न जोशिलो छौ,

तर सत्यता अभ्यास गर्न सक्दैनौ भने, के उहाँलाई

साँच्चै प्रेम गर्छौ भनी भन्न सक्छौ?


कोरस

उहाँमा विश्‍वास गर्छौ तर प्रेम गर्दैनौ

भने, व्यर्थमा जिउँछौ,

सबै जीवनमध्ये तिम्रो जीवन सबभन्दा नीच हो।

यदि, पूरै जीवनभर,

उहाँलाई प्रेम गरेको छैनौ भने,

जिउनुको के अर्थ, जिउनुको के अर्थ?

उहाँमा विश्‍वासको के अर्थ?

के यो मिहिनेतको बर्बादी होइन?


ब्रिज

उहाँलाई प्रेम गर्न सबथोकमा

उहाँको इच्छा खोज्नुपर्छ।

जब तिमीलाई केही हुन्छ,

भित्र गहिरो जाँच गर्नुपर्छ।

उहाँको इच्छा र त्यसबारे कसरी सचेत हुनुपर्छ

बुझ्न खोज, उहाँ तिमीले के प्राप्त गरेको

चाहुनुहुन्छ हेर्न खोज।


कोरस

उहाँमा विश्‍वास गर्छौ तर प्रेम गर्दैनौ

भने, व्यर्थमा जिउँछौ,

सबै जीवनमध्ये तिम्रो जीवन सबभन्दा नीच हो।

यदि, पूरै जीवनभर,

उहाँलाई प्रेम गरेको छैनौ भने,

जिउनुको के अर्थ, जिउनुको के अर्थ?

उहाँमा विश्‍वासको के अर्थ?

के यो मिहिनेतको बर्बादी होइन?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो:  765  परमेश्‍वरको प्रेमिलो स्वभाव पत्ता लगाउन उहाँको काम अनुभव गर

अर्को:  768  परमेश्‍वरको इच्छा पालन गर्न जिउनु सबैभन्दा अर्थपूर्ण हुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger