864  परमेश्‍वरले भोग्नुहुने ठूलो कष्ट के हो?

पद १

ख्रीष्टको दुर्दशासँग सहानुभूति राख्ने कोही छन्

कारण बाइबलमा एउटा पद छ जुन यसो भन्छ:

“फ्याउरा बस्ने दुलो छन्, पंक्षीका गुँड छन्; तर

मानिसको पुत्रसँग टाउको राख्ने ठाउँ छैन।”


पद २

तिनले यो सुनेर मनमा लिएर विश्‍वास गर्छन्

कि यो ख्रीष्टको, परमेश्‍वरको सबभन्दा ठूलो कष्ट हो।

तर तथ्य हेर्दा, यी कठिनाइलाई उहाँले

सहनुहुने कष्ट हुन् भनी विश्‍वास गर्नुहुन्न।


पूर्व कोरस १

देहको कष्टको कारण, अन्याय विरुद्ध

कहिल्यै कराउनुभएको छैन;

मानिसलाई भुक्तानी, प्रतिफल दिन लगाउनुभएको छैन। तर,


कोरस

जब मानिसको दुष्टता र तिनले जिउने

भ्रष्ट जीवन देख्नुहुन्छ, शैतानको पकडबाट

उम्कन सक्तैनन्, पापमा बाँचिरहेका छन् र

सत्यता के हो जान्दैनन् भनी देख्नुहुन्छ,

तब दिनदिनै झन् घृणा गर्नुहुन्छ,

तिनका पाप सहन सक्नुहुन्न, तर

अझै पनि उहाँले यो सब सहिरहनैपर्छ।

यही हो उहाँको ठूलो कष्ट।


पद ३

उहाँ अनुयायीमाझ हृदय पुरै व्यक्त गर्न सक्नुहुन्न,

उहाँको कष्ट तिनले बुझ्न सक्तैनन्।

उहाँको हृदयलाई बुझ्न, सान्त्वना दिन खोज्दैनन्,

जुन दिन-प्रतिदिन, वर्षैपिच्छे कष्ट भोग्छ।


पद ४

उहाँ देनको बदलामा केही चाहनुहुन्न,

तर उहाँको सारको अर्थः मानिसको पाप सहनुहुन्न।

तिनको दुष्टता, भ्रष्टतालाई घृणा गर्नुहुन्छ,

त्यसैले अन्त्यहीन कष्ट सहनुहुन्छ।


पूर्व कोरस २

के तिमीहरू कसैले यो देखेका छौ?

सायद, कसैले देख्न सक्तैनौ,

किनकि कसैले उहाँलाई साँच्चै बुझ्न सक्तैनौ।


कोरस

जब मानिसको दुष्टता र तिनले जिउने

भ्रष्ट जीवन देख्नुहुन्छ, शैतानको पकडबाट

उम्कन सक्तैनन्, पापमा बाँचिरहेका छन् र

सत्यता के हो जान्दैनन् भनी देख्नुहुन्छ,

तब दिनदिनै झन् घृणा गर्नुहुन्छ,

तिनका पाप सहन सक्नुहुन्न, तर

अझै पनि उहाँले यो सब सहिरहनैपर्छ।

यही हो उहाँको ठूलो कष्ट।


कोरस

जब मानिसको दुष्टता र तिनले जिउने

भ्रष्ट जीवन देख्नुहुन्छ, शैतानको पकडबाट

उम्कन सक्तैनन्, पापमा बाँचिरहेका छन् र

सत्यता के हो जान्दैनन् भनी देख्नुहुन्छ,

तब दिनदिनै झन् घृणा गर्नुहुन्छ,

तिनका पाप सहन सक्नुहुन्न, तर

अझै पनि उहाँले यो सब सहिरहनैपर्छ।

यही हो उहाँको ठूलो कष्ट।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो:  863  देहधारी परमेश्‍वर मानिसमाझ धेरै समय जिउनुभएको छ

अर्को:  865  मानवजातिको दुष्टता र भ्रष्टताले परमेश्‍वर दुःखी हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger