865  मानवजातिको दुष्टता र भ्रष्टताले परमेश्‍वर दुःखी हुनुहुन्छ

पद १

जब परमेश्‍वर देहधारी हुनुहुन्छ,

मानिस सँगसँगै साधारण जीवन जिउनुहुन्छ।

तिनको जिउने तरिका, सिद्धान्त

सबै शैतानको तर्क, ज्ञान र

दर्शनमा आधारित हुन्छ।

उहाँ देख्नुहुन्छ कि यस्ता व्यवस्थामा जिउँदा,

मानिसमा सत्यता वा मानवत्व हुँदैन—

सत्यताको, उहाँको विरोधी हुन्छन्।


पद २

उहाँको सार शैतानको तर्क, ज्ञान

र दर्शनको ठीक विपरीत छ।

त्यो धार्मिकता, सत्यता, पवित्रता र सकारात्मक

कुराका अरू वास्तविकताले भरिपूर्ण छ।


पूर्व कोरस १

यो सारका साथ, मानिसमाझ जिउँदै,

उहाँ हृदयमा के महसुस गर्नुहुन्छ?

के यो पीडाले भरिपूर्ण हुँदैन?

यो कसैले बुझ्न नसक्ने र अनुभव नगर्ने

पीडाले भरिपूर्ण हुन्छ।

हो, उहाँको हृदय पीडामा छ।


कोरस

उहाँको सार भ्रष्ट मानिसको

सार जस्तो हुँदैन,

तसर्थ मानिसको भ्रष्टता

उहाँको सबभन्दा ठूलो पीडाको स्रोत हो,

पीडाको स्रोत हो।


पद ३

उहाँले सामना गर्नुहुने, देख्नुहुने,

अनुभव गर्नुहुने सबै,

मानवजातिको भ्रष्टता, दुष्टता,

सत्यताप्रतिको विद्रोह र प्रतिरोधको अंश हो।

हो, मानिसबाट आउने सबथोक,

उहाँले तिनबाट पाउनुभएको सबथोक,

उहाँको पीडाको स्रोत हो।


पद ४

जब उहाँ देहधारी हुनुहुन्छ, उहाँसँग

कुराकानी गर्न सक्ने

कोही पनि भेट्न सकिँदैन।

मानिसले छलफल, प्रेम, खोजी र तृष्णा गर्ने कुरा,

सबै पापसँग र दुष्ट प्रवृत्तिसँग

सम्बन्धित छन्।


पूर्व कोरस २

यो सब सामना गर्नुहुँदा,

हृदयमा छुरा हाने झैँ हुन्छ।

अनि कसरी उहाँलाई आनन्द हुन सक्छ?

के सान्त्वना पाउनुहुन्छ?

उहाँसँग जिउने मानिस

विद्रोहीपन र दुष्टताले भरिएका हुँदा,

कसरी उहाँलाई पीडा नहोला र?


कोरस

उहाँको सार भ्रष्ट मानिसको

सार जस्तो हुँदैन,

तसर्थ मानिसको भ्रष्टता

उहाँको सबभन्दा ठूलो पीडाको स्रोत हो,

पीडाको स्रोत हो, पीडाको स्रोत हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो:  864  परमेश्‍वरले भोग्नुहुने ठूलो कष्ट के हो?

अर्को:  866  येशूको पुनरुत्थान पछि उहाँको देखा पराइको अर्थ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger