871  परमेश्‍वरको विनम्रता निकै प्रेमिलो छ

परमेश्‍वरले आफूलाई यस्तो स्तरसम्म विनम्र बनाउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा उहाँको काम गर्नुहुन्छ, र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूलाई गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू आपूर्ति गर्नको निम्ति मात्र देह बन्नुभएको होइन। त्योभन्दा महत्त्वपूर्ण कुरा उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय रूपमा भ्रष्ट मानिसहरूमाथि गर्नुहुन्छ। उहाँ यी सबैभन्दा भ्रष्ट मानिसहरूलाई मुक्ति दिनका लागि ठूलो रातो अजिङ्गरको मुटुमै आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्।

परमेश्‍वरले सहनुहुने ठूलो कष्ट मात्र देहधारी परमेश्‍वरले सहने कष्ट होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरका आत्माले चरम अपमान सहनुहुन्छ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एउटा साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र देहको स्वरूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू छन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई निकै हदसम्म विनम्र बनाउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरका आत्मा देहमा साकार हुनुभएको छ। उहाँका आत्मा यति सर्वोच्च र महान् हुनुहुन्छ, तैपनि उहाँ आफ्ना आत्माको काम गर्नका लागि एक साधारण मानिसको, एक नगण्य मानिसको स्वरूप धारण गर्नुहुन्छ।

तिमीहरू प्रत्येकको क्षमता, अन्तर्ज्ञान, समझ, मानवता, र जीवनका हिसाबमा, तिमीहरू परमेश्‍वरको यस प्रकारको काम स्वीकार गर्न साँच्चै लायक छैनौ, र तिमीहरू परमेश्‍वरले तिमीहरूका खातिर यस्तो कष्ट सहनुको साँच्चै लायक छैनौ। परमेश्‍वर अत्यन्तै उच्च हुनुहुन्छ। उहाँ निकै हदसम्म सर्वोच्च हुनुहुन्छ, र मानिसहरू निकै हदसम्म तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा अझै पनि काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति आपूर्ति गर्न, मानिसहरूसँग बोल्न देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै जिउनु समेत हुन्छ। परमेश्‍वर अत्यन्तै विनम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

अघिल्लो:  869  परमेश्‍वरले मानवलाई मुक्ति दिन ठूलो कष्ट भोग्नुहुन्छ

अर्को:  872  परमेश्‍वरले ठूलो अपमान सहनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger