९७७  परमेश्‍वरको मुक्तिको काम सबैभन्दा न्यायवान् अभियान हो

परमेश्‍वरको मानिसलाई मुक्ति दिने काम मानिसहरूलाई दुष्ट संसारका प्रचलनहरूबाट परमेश्‍वरको घरमा फिर्ता ल्याउनु, र त्यसपछि तिनीहरूलाई पूरै लगनसाथ सिकाउनु अनि सत्यता र जीवन आपूर्ति गर्नु हो, ताकि तिनीहरूले आत्मआचरणका साँचो सिद्धान्तहरू के हुन् र मानिसहरूले आफूलाई कसरी आचरणमा ढाल्‍नुपर्छ भन्‍ने कुरा बुझ्न र जान्न सकून्, ताकि तिनीहरू शैतानका दुष्ट प्रचलनहरू र विविध शैतानी दर्शन र शैतानी विषहरूले मानिसहरूलाई गर्ने हानिबाट उम्किउन्। सुरुदेखि वर्तमानसम्म, परमेश्‍वरले हरकिसिमको काम गर्नुभएको छ, व्यवस्थाको युगको उहाँको कामदेखि अनुग्रहको युगको उहाँको कामसम्म, अहिले आखिरी दिनहरूमा उहाँले गरिरहनुभएको न्यायको कामसम्म गर्नुभएको छ। मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको काम ६,००० वर्षदेखि चलिरहेको छ, र यस ६,००० वर्ष दौरान, परमेश्‍वरले अथक रूपमा सहनुभएको छ, पर्खनुभएको छ र बोल्नुभएको छ, हालसम्म मानवजातिलाई अगुवाइ गर्नुभएको छ। परमेश्‍वरले हार मान्नुभएको छैन, र परमेश्‍वरको यो काम मानवजातिमाझको सबैभन्दा न्यायवान् अभियान हो।

परमेश्‍वरको कामको प्रकृतिको दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरका हितहरू सबैभन्दा न्यायवान् र सबैभन्दा उचित छन्। यदि परमेश्‍वरका हितहरू संरक्षण गरिए भने, मानवजाति राम्रोसित बाँच्न जारी राख्न सक्छ, मानव रूपमा जिउन, परमेश्‍वरले स्थापित गर्नुभएका यावत्‌ थोकका नियमअन्तर्गत जिउन, र परमेश्‍वरले मानवजातिलाई दिनुभएका सबै कुराको आनन्द लिन सक्छ, र यसरी मानवजाति यावत् थोकको साँचो मालिक बन्‍नेछ। परमेश्‍वर मानवजातिलाई केवल आपूर्ति गर्नुहुन्छ, सट्टामा केही माग गर्नुहुन्न। परमेश्‍वरले मानवजातिलाई सबैभन्दा ठूलो फाइदा पुग्ने काम गर्नुहुँदै गर्दा र सबैभन्दा न्यायवान् अभियान गर्नुहुँदै गर्दा, मानिसहरू परमेश्‍वरप्रति कृतज्ञ नहुने वा उहाँलाई धन्यवाद नदिने र परमेश्‍वरलाई प्रतिदान गर्ने बारे नसोच्ने मात्र होइन, बरु उल्टै, तिनीहरू परमेश्‍वरको काममा अवरोध गर्छन्, बाधा दिन्छन् र त्यसलाई बिगार्छन् र आफ्नै व्यक्तिगत हितहरू पछ्याउँछन्। त्यस्ता मानिसहरूमा पटक्कै विवेक वा समझ हुँदैन। के तिनीहरू अझै पनि मानिसहरू भनिन लायक हुन्छन् त? तिनीहरू खाँटी दियाबलस र शैतानहरू हुन्!

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक)

अघिल्लो:  ९६३  सत्यता पछ्याउनेहरू मात्र कुलीन हुन्छन्

अर्को:  ९८६  मानिसको गन्तव्य र परिणाम सृष्टिकर्ताले नै प्रबन्ध गर्नुहुन्छ र ती उहाँकै सार्वभौमिकताअन्तर्गत हुन्छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger