993  तिमीहरूले परमेश्‍वरको महिमाको दिनलाई कदर गर्नुपर्छ

पद १

मानिस परमेश्‍वरको आगमनलाई,

उहाँको महिमाको दिनलाई कदर गर्दैनन्।

उहाँको सजाय पाउन खुसी छैनन् र

उहाँको महिमा फिर्ता दिन इच्छुक छैनन्।

तिनीहरू दुष्टको विष त्याग्न इच्छुक छैनन्।


पद २

सदा झैँ, मानिस प्रसन्न अनुहार राख्दै

उहाँलाई धोका दिन खोज्छन्,

उहाँको महिमा हटेपछि तिनमा अन्धकार

आइपर्नेछ भनी अनभिज्ञ छन्।


पूर्व कोरस

अनभिज्ञ छन् कि उहाँको दिन मानिसमाथि आइपर्दा,

नोआको दिनका मानिसभन्दा खराब स्थिति भोग्नेछन्।


कोरस

उहाँको महिमा हट्दा इस्राएल कति अँध्यारो

भएको थियो भनी मानिस जान्दैन।

रात कति अँध्यारो, कटाउन गाह्रो थियो भनी,

मानिसले बिहानीपख बिर्सिन्छ।

जब सूर्य फेरि लुक्छ र अन्धकार छाउँछ,

मानिस फेरि अन्धकारमा

विलाप गर्नेछ, दाह्रा किट्नेछ।


पद ३

के बिर्सियौ कि इस्राएलबाट उहाँको महिमा हट्दा,

इस्राएलीलाई ती कष्टका दिन

सहन कति कठिन थियो?

तिमीहरूले परमेश्‍वरको महिमा देख्ने र

महिमाको दिनमा सहभागी हुने समय

पनि अहिले नै हो।


ब्रिज

उहाँको महिमाले फोहोर भूमि छोड्दा,

मानिसले अन्धकार माझ विलाप गर्नेछ।

उहाँले काम गर्नुहुने महिमाको दिन र मानिसलाई

कष्टबाट मुक्त गर्नुहुने दिन अहिले नै हो,

कारण पीडा र सङ्कष्टका

समय तिनीहरूसँग जिउनुहुनेछैन।

उहाँ मानिसलाई पूर्णतः विजय गर्न र मानिसमध्येका

दुष्टहरूलाई पराजित गर्न मात्र चाहनुहुन्छ।


कोरस

उहाँको महिमा हट्दा इस्राएल कति अँध्यारो

भएको थियो भनी मानिस जान्दैन।

रात कति अँध्यारो, कटाउन गाह्रो थियो भनी,

मानिसले बिहानीपख बिर्सिन्छ।

जब सूर्य फेरि लुक्छ र अन्धकार छाउँछ,

मानिस फेरि अन्धकारमा

विलाप गर्नेछ, दाह्रा किट्नेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट परिमार्जित

अघिल्लो:  992  मानिसलाई परमेश्‍वरका तीन सल्लाह

अर्को:  996  मार्गको अन्तिम भाग कसरी राम्रोसँग पछ्याउने

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger