अध्याय १०

तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहन सक्नुपर्छ, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, म मेरो रिस तँमाथि खन्याउनेछु, र मेरो हातले म…। त्यसपछि तैँले आफ्नो हृदयमा अन्त्यहीन कष्ट सहनेछस्। तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्‍न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्? नडरा; म तेरो आड हुँदा, तेरो मार्ग कसले कहिल्यै छेक्न सक्थ्यो र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो गहन-जाँचमुनि हुन्छ। के तेरा प्रत्येक शब्द र कार्यले मेरो वचन पालन गर्छन्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?

तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्‍वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्ग पछ्याउनका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रहरूलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि तँ कस्तो देखिन्छस् भन्ने कुराको वास्ता नगर्; के मलाई सन्तुष्ट बनाउनुमा अझ बढी महत्त्व र वजन हुँदैन र? के यसले त्यसभन्दा पनि बढी तँलाई अनन्त र आजीवन हर्ष र शान्ति दिनेछैन र? हालको तेरो कष्टले भविष्यमा तेरा आशिष्‌हरू ठ्याक्कै कति महान् हुनेछन् भन्‍ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले भविष्यमा प्राप्त गर्ने आशिष्‌हरूको महान्‌ता तँलाई थाहा छैन; तँ यसको सपनासमेत देख्न सक्दैनथिस्। आज यो वास्तविक बनेको छ; अति वास्तविक! यो त्यति टाढा छैन—के तँ यो देख्न सक्छस्? यो सम्पूर्ण कुरा मभित्रै छ; भविष्य कति उज्ज्वल छ! आफ्नो आँसु पुछ्, र अब कुनै पीडा वा शोक महसुस नगर्। सबै कुरा मेरो हातद्वारा योजनाबद्ध गरिन्छन्, र मेरो लक्ष्य भनेको चाँडै नै तिमीहरूलाई विजेता बनाउनु र तिमीहरूलाई मसँगै महिमामा ल्याउनु हो। तँलाई आइपर्ने सबै कुराप्रति तैँले यस्तो प्रकारको कृतज्ञता र प्रशंसा व्यक्त गर्नुपर्छ; त्यसले मलाई सन्तुष्टि दिलाउनेछ।

ख्रीष्टको पराभौतिक जीवन देखा परिसकेको छ; तैँले डराउनुपर्ने कुरा केही पनि छैन। शैतानहरू हाम्रो खुट्टामुनि छन्, र तिनीहरूको समय धेरै लामो रहनेछैन। चाँडो बिउँझि! यो छाडापनको ठाउँबाट भाग्; आफूलाई मृत्युको अतल खाडलबाट मुक्त गर्! कुनै पनि हालतमा मप्रति बफादार बन्, अनि बहादुरीका साथ अघि बढ्; म तेरो ठोस चट्टान हुँ, त्यसैले ममाथि भरोसा गर्!

अघिल्लो:  अध्याय ९

अर्को:  अध्याय ११

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger