अध्याय १०

आखिरमा, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। यसले मानवजाति कसरी काम गर्छ भन्‍ने कुरासँग सरोकार राख्दैन; बरु, म व्यक्तिगत रूपमा आफ्नो काम गर्न पृथ्वीमा ओर्लेको छु, जुन कुरा मानवहरूले न त कल्पना गर्न सक्छन् न त पूरा गर्न नै सक्छन्। संसारको सृष्टि भएदेखि नै, यतिका धेरै वर्षसम्म, काम मण्डली निर्माण गर्ने बारेमा मात्र केन्द्रित रह्यो, तर राज्य निर्माण गर्ने कुरा कहिल्यै सुनिदैन। मैले आफ्नै मुखले यसबारे बोले पनि, के यसको मूल-तत्त्व जान्ने कोही छ र? म एक पटक मानवहरूको संसारमा ओर्लेँ र तिनीहरूको कष्ट अनुभव र अवलोकन गरेँ, तर मेरो देहधारणको उद्देश्य पूरा नगरीकनै त्यसो गरेँ। जब राज्यको निर्माण सुरु भयो, तब मेरो देहधारी शरीरले औपचारिक रूपमा मेरो सेवकाइ निर्वाह गर्न थाल्यो; अर्थात्, राज्यको राजाले औपचारिक रूपमा आफ्नो सार्वभौम शक्ति ग्रहण गर्नुभयो। यसबाट के स्पष्ट हुन्छ भने मानव संसारमा राज्यको अवतरणको शाब्दिक पक्ष मात्रै छैन; अझ बढी, यसको एउटा व्यावहारिक पक्ष छ, जुन “अभ्यासको वास्तविकता” भन्‍ने वाक्यांशको महत्त्वकै पाटो हो। मानवहरूले कहिल्यै मेरो एउटा पनि कार्य देखेका छैनन्, न त तिनीहरूले कहिल्यै मेरो एउटा पनि वाणी सुनेका नै छन्। तिनीहरूले मेरा कार्यहरू देखेका भए पनि, तिनीहरूले के नै पत्ता लगाएका हुनेथिए र? अनि तिनीहरूले मैले बोलेको सुनेका भए, तिनीहरूले के नै बुझेका हुनेथिए र? संसारभरि, सबै जना मेरो कृपा र प्रेमपूर्ण दयाभित्र नै अस्तित्वमा छन्, तर सारा मानवता पनि मेरो न्यायअन्तर्गत रहन्छ, र त्यसै गरी मेरा परीक्षाहरूको अधीनमा पनि रहन्छ। मानिसहरू सबै निश्‍चित हदसम्म भ्रष्ट तुल्याइएका अवस्थामा पनि, मैले तिनीहरूप्रति कृपालु र प्रेमपूर्ण व्यवहार गरेको छु; तिनीहरू सबैले मेरो सिंहासनसामु आत्मसमर्पण गरेका बेला पनि, मैले तिनीहरूलाई सजाय दिएको छु। तर, के मैले पठाएको कष्ट र शोधनमा नपरेको कुनै मानव छ र? यतिका धेरै मानिस अन्धकारमा छामछुम गर्दै ज्योति खोजिरहेका छन्, र कति धेरै चाहिँ आफ्ना परीक्षाहरूमा नमिठो सङ्घर्ष गरिरहेका छन्। अय्यूबमा विश्‍वास थियो, तर के ऊ आफ्नै लागि निकास खोजिरहेको थिएन र? हुन त मेरा मानिसहरू परीक्षाहरूको सामना गर्दा दृढ रहन सक्छन्, तर के मुखले उच्चारण नगरीकन भित्र गहिराइमा पनि विश्‍वास बोकेको कोही छ र? के मानिसहरूले आफ्नो हृदयमा शङ्का पालेर पनि आफूमा विश्‍वास छ भनी दाबी गरेका होइनन् र? परीक्षामा अडिग रूपमा खडा भएका वा परीक्षा गरिँदा साँच्चै अधीनमा रहने कुनै मानव छैन। यदि मैले यस संसारलाई नहेर्नका लागि आफ्नो अनुहार नछोपेको भए, सम्पूर्ण मानवजाति मेरो दन्कँदो नजरमुनि ढल्नेथियो, किनभने म मानवताबाट केही पनि माग्दिनँ।

जब राज्यको जयजयकार घन्किन्छ—जुन सात वटा गर्जन गडगडाउने समय पनि हो—तब यो ध्वनिले स्वर्ग र पृथ्वीलाई कम्पित गराउँछ, आकाशमण्डललाई हल्लाउँछ र हरेक मानवको हृदयको तारलाई कम्पन गराउँछ। राज्यको गान आधिकारिक रूपमा ठूलो रातो अजिङ्गरको देशमा गुञ्जन्छ, जसबाट मैले त्यस देशलाई नष्ट गरेको र आफ्नो राज्य स्थापना गरेको प्रमाणित हुन्छ। अझ महत्त्वपूर्ण कुरा, मेरो राज्य पृथ्वीमा स्थापना भएको छ। यस क्षणमा, मेरा स्वर्गदूतहरूलाई संसारको हरेक देशमा घुम्न पठाइन थालिन्छ ताकि तिनीहरूले मेरा पुत्रहरू र मेरा मानिसहरूको रखवारी गर्न सकून्; यो मेरो कामको अर्को चरणका मागहरू पूरा गर्नका लागि पनि हो। तर, म व्यक्तिगत रूपमा ठूलो रातो अजिङ्गर कुण्डली मारेर बसेको ठाउँमा आउँछु, र त्योसँग “प्रतिस्पर्धा” गर्छु। जब सबै मानिस मलाई देहमा चिन्छन् र देहमा मेरा कार्यहरू देख्न सक्षम हुन्छन्, तब ठूलो रातो अजिङ्गरको ओडार खरानीमा परिणत हुनेछ र नामोनिसान नराखी गायब हुनेछ। मेरो राज्यका मानिसका रूपमा, तिमीहरूले ठूलो रातो अजिङ्गरलाई भित्रैदेखि घृणा गर्ने हुनाले, तिमीहरूले आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्नैपर्छ, र यसरी अजिङ्गरलाई लज्जित पार्नुपर्छ। के तिमीहरूलाई साँच्चै ठूलो रातो अजिङ्गर घृणित भएको आभास हुन्छ? के तिमीहरूलाई साँच्चै यो राज्यको राजाको शत्रु भएको महसुस हुन्छ? के तिमीहरूमा साँच्चै आफूले मेरो अद्भुत साक्षी दिन सक्ने विश्‍वास छ? के तिमीहरूमा साँच्चै ठूलो रातो अजिङ्गरलाई पराजित गर्ने विश्‍वास छ? म तिमीहरूसँग यही कुरा माग्छु; मलाई चाहिने भनेको तिमीहरू यस चरणमा पुग्न सक्षम हुनु मात्रै हो। के तिमीहरू यसो गर्न सक्षम हुनेछौ? के तिमीहरूमा आफूले यो हासिल गर्न सक्ने विश्‍वास छ? मानवहरू ठ्याक्कै के गर्न सक्षम छन्? के यो म आफैले गर्ने होइन र? म व्यक्तिगत रूपमा युद्ध भइरहेको स्थानमा आउँछु भनेर म किन भन्छु? मलाई चाहिने तिमीहरूको विश्‍वास हो, तिमीहरूका कार्यहरू होइनन्। मानवहरू सबै मेरा वचनहरूलाई सिधा तरिकाले बुझ्न असक्षम छन्, र यसको सट्टा तिनलाई छड्के नजरले मात्र हेर्छन्। के यसले तिमीहरूलाई आफ्ना लक्ष्यहरू हासिल गर्न मद्दत गरेको छ? के तिमीहरूले यस तरिकाले मलाई चिनेका छौ? साँच्चै भन्नुपर्दा, पृथ्वीका मानवहरूमध्ये, सिधै मेरो अनुहारमा हेर्न सक्ने एक जना पनि छैन, र मेरा वचनहरूको अर्थ शुद्ध रूपमा बुझ्न सक्ने एक जना पनि छैन। त्यसकारण मेरा लक्ष्यहरू प्राप्त गर्न र मेरो साँचो स्वरूपलाई मानिसहरूको हृदयमा आफ्नो स्थान ओगट्न दिनका लागि, मैले पृथ्वीमा एउटा अभूतपूर्व परियोजनालाई अघि बढाएको छु। यसरी, म धारणाहरूले मानिसहरूमाथि अधिकार प्रयोग गर्ने युगको अन्त्य गर्नेछु।

आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्र छैनँ, म सम्पूर्ण ब्रह्माण्डको सामना गर्न पनि फर्किरहेको छु, जसले सम्पूर्ण आकाशमण्डललाई कम्पित बनाएको छ। के मेरो न्यायको अधीनमा नपर्ने एउटा पनि ठाउँ कतै छ र? के मैले बर्साउने प्रकोपहरूमा नपर्ने एउटा पनि ठाउँ छ र? म जहाँ-जहाँ जान्छु, मैले सबै प्रकारका “प्रकोपका बीउहरू” छरेको छु। यो मैले काम गर्ने तरिकाहरूमध्येको एक हो, र यो निस्सन्देह मानवजातिका लागि मुक्तिको कार्य हो, र म अझै पनि तिनीहरूलाई एक प्रकारको प्रेमपूर्ण दया नै दिन्छु। म अझ धेरै मानिसलाई मलाई चिन्न र मलाई देख्न दिनेछु, र यसरी, यतिका वर्षसम्म तिनीहरूले देख्न नसकेका तर अहिले व्यावहारिक बन्नुभएका परमेश्‍वरको डर मान्‍न दिनेछु। मैले के कारणले संसारको सृष्टि गरेँ? मानवहरू भ्रष्ट बनेपछि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सखाप पारिनँ? के कारणले गर्दा सम्पूर्ण मानवजाति प्रकोपहरूमाझ जिउँछ? व्यक्तिगत रूपमा देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, तब मानवजातिले तीतो मात्र होइन, मीठो स्वाद पनि थाहा पाउँछ। संसारका सारा मानिसमध्ये कोचाहिँ मेरो अनुग्रहभित्र जिउँदैन र? यदि मैले मानवजातिलाई भौतिक आशिष्‌हरू प्रदान नगरेको भए, संसारमा कोचाहिँ सम्पन्न हुन सक्थ्यो र? के तिमीहरूलाई मेरा मानिसहरूको हैसियत प्राप्त गर्न दिनु एउटा आशिष्‌ हो? यदि तिमीहरू मेरा मानिस नभई सेवाकर्ता भएका भए, के तिमीहरू अझै पनि मेरा आशिष्‌हरूभित्र नै अस्तित्वमा हुनेथिएनौ र? तिमीहरूमध्ये कोही पनि मेरा वचनहरूको स्रोत बुझ्न सक्षम छैन। मानिसहरू मैले तिनीहरूलाई प्रदान गर्ने पदवीहरूलाई बहुमूल्य ठान्दैनन्। धेरै मानिस, “सेवाकर्ता” पदवीका कारण, हृदयमा गुनासाहरू पाल्छन्, र धेरै मानिस, “मेरा मानिसहरू” पदवीका कारण, हृदयमा मप्रति प्रेम विकास गर्छन्। कसैले पनि मलाई मूर्ख बनाउने प्रयास नगरे हुन्छ; आफ्नो आँखाले म यावत् थोकको गहन जाँच गर्छु! तिमीहरूमध्ये को स्वेच्छाले ग्रहण गर्छ, र पूर्ण अधीनमा रहन्छ? यदि राज्यको जयजयकार नघन्किएको भए, के तिमीहरू साँच्चै अन्त्यसम्म अधीनमा रहन सक्नेथियौ र? मानवहरू के गर्न र सोच्न सक्षम छन्, र तिनीहरू कति टाढासम्म जान सक्षम छन्—यी सबै कुरा मैले धेरै अघि नै पूर्वनिर्धारण गरेको छु।

मेरो मुहारको प्रकाशमा मेरो ज्वलनलाई अधिकांश मानिसले स्वीकार गर्छन्। मेरो प्रोत्साहनले अधिकांश मानिस जुर्मुराउँछन् र पछ्याइमा अघि बढ्छन्। जब शैतानका शक्तिहरूले मेरा मानिसहरूलाई आक्रमण गर्छन्, तब म तिनीहरूलाई रोक्न त्यहीँ हुन्छु; जब शैतानका षडयन्त्रहरूले तिनीहरूको जीवनलाई तहसनहस पार्छन्, म त्यसलाई लुरुक्‍क पारेर भगाउँछु, र त्यो गएपछि कहिल्यै फर्कँदैन। पृथ्वीमा अनेक किसिमका दुष्ट आत्‍माहरू सधैँ नै विश्राम-स्थलको खोजीमा हुन्छन्; तिनीहरू सधैँ आफूले निल्न सक्ने लाशहरू खोजिरहेका हुन्छन्। मेरा मानिसहरू हो! तिमीहरू मेरो हेरचाह र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै विशृङ्खल नहोऊ! कहिल्यै बेपरवाह व्यवहार नगर! तैँले मेरो घरमा आफ्‍नो बफादारी अर्पण गर्नुपर्छ, र तैँले बफादारीद्वारा मात्रै दियाबलसहरूका षड्यन्त्रहरूविरुद्ध प्रत्याक्रमण गर्न सक्छस्। तैँले कुनै पनि हालतमा विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने गर्नु हुँदैन; यदि तँ यस्तो व्यवहार गर्छस् भने, तँ छुटकाराभन्दा पर पुगिसकेको हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्‍चारण गरिसकेको छैनँ र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकाले नै मैले मानिसहरूलाई बारम्‍बार स्मरण गराउनु परेको छ। दिक्क नमान! मैले भन्‍ने कुरा पूर्ण रूपमा तिमीहरूको गन्तव्यका खातिर नै हो! शैतानलाई चाहिने भनेकै मैलो र फोहोरी स्थान हो; तिमीहरू संयमताप्रति समर्पित हुन इन्कार गर्दै जति धेरै उद्धार गर्न नसकिने र विशृङ्खल हुन्छौ, ती अशुद्ध आत्माहरू तिमीहरूमा घुसपैठ गर्ने कुनै पनि मौकाका लागि त्यति नै धेरै लागिपर्छन्। यदि तिमीहरू यस बिन्दुसम्‍म आइपुगेका छौ भने, तिमीहरूको बफादारी कुनै पनि वास्तविकताबिनाको फोकट गफबाहेक केही पनि हुनेछैन, अनि अशुद्ध आत्‍माहरूले तिमीहरूको सङ्कल्पलाई निल्‍नेछन् र त्यसलाई मेरो काममा अवरोध गर्नका लागि विद्रोह र शैतानका षड्यन्त्रहरूमा रूपान्तरण गर्छन्, जसले गर्दा तिमीहरू कुनै पनि समय र स्थानमा मद्वारा ढालिने अवस्थमा पुग्छौ। यस अवस्थाको गम्‍भीरता कसैले बुझ्‍न सक्दैन; तिनीहरू त्यसप्रति कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सतर्क हुँदैनन्। मलाई विगतमा गरिएको कुरा याद छैन; के तँ अझै पनि म फेरि “याद नगरेर” तँप्रति उदार हुने प्रतीक्षा गरिरहेको छस्? मानवले मेरो विरोध गरेका भए पनि, म यसको ईख लिनेछैन, किनभने तिनीहरू अत्यन्तै साना कदका छन्, त्यसैले मैले तिनीहरूबाट अत्यन्तै उच्‍च मागहरू गरेको छैनँ। मैले माग गर्ने कुरा भनेको तिनीहरू विशृङ्खल नहोऊन्, र संयमताप्रति समर्पित होऊन् भन्‍ने हो। के यो एउटा सर्त पूरा गर्नु तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन सक्छ? धेरैजसो मानिस आफ्ना आँखालाई तृप्त पार्नका लागि मैले अझै बढी रहस्यहरू प्रकट गर्ने प्रतीक्षामा छन्। तर, तैँले स्वर्गका सारा रहस्य बुझिस् भने पनि के नै हुन्छ र? के यसले मप्रतिको तेरो प्रेमलाई बढाउँछ र? के यसले मप्रतिको तेरो प्रेमलाई जगाउँछ र? म मानवहरूलाई कम आँक्दिनँ, न त म तिनीहरूबारे हल्का रूपमा फैसला नै गर्छु। यदि यी मानवहरूका वास्तविक परिस्‍थितिहरू नभएका भए, म तिनीहरूलाई कहिल्यै त्यस्तो बिल्लाको मुकुट पहिर्‍याउनेथिइनँ। विगतबारे विचार गर: मैले तिमीहरूलाई कति पटक निन्दा गरेको छु? मैले तिमीहरूलाई कति पटक कम आँकेको छु? मैले तिमीहरूका वास्तविक परिस्‍थितिहरूलाई ध्यानै नदिई तिमीहरूलाई कति पटक छानबिन गरेको छु? मेरा वाणीहरूले कति पटक पूरा हृदयले तिमीहरूको मन जित्‍न सकेका छैनन्? तिमीहरूको मनलाई गहिरो गरीए नछोइकन म कति पटक बोलेको छु? तिमीहरूमध्ये कसले मैले तिमीहरूलाई ढालेर अतल कुण्‍डमा फ्याँक्‍नेछु भनी अत्यन्तै नडराउँदै, भय र कम्‍पबिना मेरा वचनहरू पढेका छौ? मेरा वचनहरूबाट कसले परीक्षाहरू भोग्दैन र? मेरा वाणीहरूभित्र अख्तियार छ, तर यो, मानवहरूलाई त्यत्तिकै न्याय गर्नका लागि होइन; बरु, तिनीहरूको वास्तविक परिस्‍थितिहरूका कारण म तिनीहरूलाई मेरा वचनहरूको अन्तर्निहित अर्थ निरन्तर प्रकट गरिदिन्छु। वास्तवमा, के मेरा वचनहरूबाट मेरो सर्वशक्तिमान्ता जान्न सक्‍ने कोही छ? मेरा वचनहरूमा रहेको विशुद्ध सुन बुझ्न सक्ने कोही छ? मैले अनगिन्ती वचन बोलेको छु—के कसैले कहिल्यै तिनको कदर गरेको छ?

मार्च ३, १९९२

अघिल्लो:  अध्याय ९

अर्को:  राज्यको स्तुतिगान

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger