अध्याय ३७

युगौँयुगसम्‍म, मैले गरेका सबै कामको हरेक चरणमा मेरो उचित काम गर्ने शैली समावेश छ। यही कारणले गर्दा, मेरा प्रिय मानिसहरूलाई झन्-झन् शुद्ध र मेरो कामको लागि झन्-झन् उपयुक्त तुल्याइएको छ। तर यही कारणले गर्दा नै “दुर्भाग्यको कुरा”, मेरो कामका विधिहरू तीव्र हुने क्रममा, मानिसहरूको सङ्ख्या घट्छ, र यसले तिनीहरूलाई गहिरो विचारमा डुबाउँछ। अवश्य नै, आजको यो काम पनि अपवाद होइन, र धेरैजसो मानिसहरू फेरि पनि गहन विचारमा लागिपरेका छन्; यसरी, मेरा विधिहरूको परिवर्तनको कारण, पछि हट्ने कतिपय मानिसहरू अझै पनि छन्। यस कुरालाई यसरी व्याख्या गर्न सकिन्छ: यो मैले पूर्वनिश्चित गरेको कुरा हो, तर मैले गरेको कुरा होइन। सृष्टिदेखि नै, मेरो कामका विधिहरूको परिणामस्वरूप, धेरैभन्दा धेरै मानिसहरू पतन भएका छन्, र धेरैभन्दा धेरै मानिसहरूले आफ्‍नो मार्ग गुमाएका छन्। तैपनि, मानिसहरूले के गर्छन्—तिनीहरूले मलाई स्‍नेह विहीन वा अति निर्दयी ठाने पनि—तिनीहरूको बुझाइ सही भए पनि नभए पनि, म व्याख्या गर्ने कार्यबाट टाढा बस्छु। हामी सुरुमा यो छलफलको मुख्य बुँदाको बारेमा सङ्गति गरौँ ताकि सबैले विस्तृत बुझाई प्राप्त गर्न सकून्, र यसरी तिनीहरूलाई आफूले किन कष्ट भोग्नुपर्छ भन्‍ने कुरा नबुझ्नबाट रोक्न सकियोस्। म मानिसहरूलाई बक्क लाटाहरूले जस्तो चुपचाप कष्ट भोग्‍न बाध्य पार्दिनँ; बरु, तिनीहरूलाई मेरो विरुद्धमा गुनासो गर्नबाट रोक्‍नको लागि म सबै कुरा स्पष्ट रूपमा व्याख्या गर्नेछु। एक दिन, म सबैलाई तिनीहरूको सजायको बीचमा इमानदार प्रशंसाको आवाज निकाल्‍न लगाउनेछु। के यो विधिमा तिमीहरू सहमत छौ? के त्यसले मानिसहरूका सर्तहरूलाई पूरा गर्छ?

सजायको युगको आरम्‍भमा, मैले सबैभन्दा पहिले मानिसहरूलाई यो “युग” को आम अर्थको बारेमा बताउनुपर्छ, ताकि तिनीहरूले मलाई नचिढ्याऊन्। अझै निर्दिष्ट रूपमा भन्दा, म मेरो कामका निम्ति बन्दोबस्तहरू गर्नेछु, जसलाई कसैले पनि परिवर्तन गर्नेछैन, र तिनलाई परिवर्तन गर्ने कसैलाई पनि म अवश्य नै त्यत्तिकै छोड्नेछैन: म तिनीहरूलाई दोषी ठहर्‍याउनेछु। के तिमीहरूले त्यस कुरालाई स्मरण गर्नेछौ? यी सबै “खोपहरू” हुन्। नयाँ विधिहरूमा, सबै मानिसहरूले सुरुमा के कुरालाई बुझ्‍नुपर्छ भने तिनीहरूले हासिल गर्नुपर्ने सबैभन्दा पहिलो र सर्वश्रेष्ठ उद्देश्य भनेको तिनीहरूका आफ्‍नै अवस्थाहरूको बुझाइ प्राप्त गर्नु हो। आफ्‍नो बारेमा केही ज्ञान प्राप्त नगरेसम्‍म, कसैलाई पनि मण्डलीमा लापरवाही रूपमा बोल्‍न दिइनेछैन, र यो नियम उल्लङ्घन गर्ने जोकोहीलाई म अवश्य नै सजाय दिनेछु। आजको दिनपछि, मण्डलीहरूमा सबै प्रेरितहरूको नाम सूचीकृत गर्नुपर्छ र आफ्‍नो इच्छाअनुसार यता-उता हिँड्ने कार्य गर्न निषेधित गरिनुपर्छ—त्यसले त्यति धेरै फल दिनेछैन। तिनीहरू सबैले आफ्‍ना कर्तव्यहरू निर्वाह गरिरहेजस्तो देखिन्थ्यो, तर तिनीहरूले वास्तवमा मलाई मूर्ख बनाइरहेका थिए। जेसुकै भएको भए तापनि, आज यो सबै कुरा विगतको कुरा भइसकेको छ, र यो कुरालाई फेरि खोतलिरहनु पर्दैन। यसकारण, “प्रेरित” भन्‍ने शब्‍दलाई हटाइनुपर्छ र यसलाई फेरि कहिल्यै पनि प्रयोग गरिनु हुँदैन, ताकि सबै मानिसहरू आफ्नो “पद” बाट ओर्लिएर आफैलाई चिनून्। अवश्य नै, यो तिनीहरूको मुक्तिको खातिर हो। “पद” भनेको मुकुट होइन; यो त सम्‍बोधन गर्ने शब्‍द मात्रै हो। के तिमीहरूले मेरो तात्पर्य बुझ्दै छौ? मण्डलीहरूको अगुवाइ गर्नेहरू तिनीहरूका आफ्‍नै मण्डलीहरूभित्र मण्डली जीवन जिउनेछन्, तैपनि यो अवश्य नै कठोर नियम होइन। आवश्यक पर्दा, तिनीहरूले अरू पूर्व-प्रेरितहरूको समन्वयमा मण्डलीहरूमा यात्रा गर्न सक्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, मण्डलीहरूमा हुने सङ्गतिहरूलाई बढाइनुपर्छ—तिनीहरूका कुनै पनि सदस्यहरूले वास्तवमा मण्डली जीवन जिइरहेका छैनन् भने मात्रै यो कुरा लागू हुँदैन। तैपनि, मैले के कुरालाई जोड दिनैपर्छ भने, आत्मज्ञान र ठूलो रातो अजिङ्गर विरुद्धको विद्रोहमा तिमीहरू सबै एकीकृत हुनुपर्छ: मेरो अभिप्राय यही हो। मानिसहरूले कति भन्छन् भन्‍ने कुरा महत्त्वपूर्ण होइन; बरु, मेरा सबै मानिसहरू एउटै भएर अघि बढ्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, किनभने साँचो रूपमा गवाही दिने एक मात्र तरिका त्यही हो। विगतमा, सबै मानिसहरूले हामीले आफैलाई चिन्‍नेछौँ भनेर भनेका थिए, तर मैले त अनगिन्ती वचनहरू बोलेको छु—अनि तिमीहरूले चाहिँ आफूलाई कति बुझेका छौ त? व्यक्तिको स्थान वा पद जति उच्‍च हुन्छ, उसले आफूलाई पन्छाउनु त्यति नै कठिन हुन्छ, उसको आशा त्यति नै ठूलो हुन्छ, र सजाय दिइँदा उसले त्यति नै धेरै कष्ट भोग्‍नेछ। मैले मानवजातिलाई दिने मुक्ति यही हो। के तिमीहरूले बुझ्यौ? तिमीहरूले यस कुरालाई जस्तो छ त्यस्तै रूपमा स्वीकार मात्रै नगर; त्यसो गर्नु अत्यन्तै सतही र मूल्यहीन कुरा हुनेछ। के तिमीहरूले यसमा रहेको अन्तर्निहित अर्थलाई बुझ्यौ? यदि मण्डलीका सदस्यहरू आफूलाई बुझ्‍न साँचो रूपमा समर्थ छन् भने, त्यस प्रकारका मानिसहरूले मलाई साँच्‍चै प्रेम गर्छन् भन्‍ने कुरा यसले प्रदर्शन गर्नेछ। भन्‍नुको अर्थ, यदि तैँले मानिसहरूसँग सँगै खानपान गर्दैनस् भने, तैँले तिनीहरूको कठिनाइहरूलाई बुझ्‍नेछैनस्। तैँले यो भनाइको अर्थ कसरी लगाउँछस्? अन्त्यमा, म सबै मानिसहरूलाई तिनीहरूको सजायको समयमा आफूलाई चिन्‍ने तुल्याउनेछु, र त्यस्तो भइरहेको बेलामा तिनीहरूलाई हाँस्‍न-गाउन लगाउनेछु। के तिमीहरूसँग साँच्‍चै मलाई सन्तुष्ट तुल्याउने विश्‍वास हुनेछ त? त्यसकारण, तिमीहरूले आफ्‍नो अभ्यासमा के गर्नुपर्छ त? अबदेखि, हरेक मण्डलीका मामलाहरूलाई त्यस मण्डलीका उचित व्यक्तिहरूले सम्‍हाल्‍नेछन्, र प्रेरितहरूले मण्डली जीवन जिउने कार्य मात्रै गर्नेछन्। “जीवन अनुभव गर्नु” भनेको यही हो। के तिमीहरूले बुझ्यौ त?

मानवजातिकहाँ औपचारिक रूपमा सजाय आउनुअघि, मैले पहिले मानिसहरूमा “स्वागत गर्ने काम” गर्नुपर्छ, ताकि अन्त्यमा, तिनीहरू सबैले मलाई सन्तुष्ट पार्न सकून्। पछि हट्नेवालाहरूको हकमा समेत, तिनीहरू जानुभन्दा पहिले तिनीहरूले पनि कष्ट भोग्‍नैपर्छ र गवाही दिनैपर्छ, नत्र म तिनीहरूलाई त्यत्तिकै छोड्नेछैन। यसले मानिसहरूको उल्‍लङ्घनलाई सहन नसक्‍ने मेरो स्वभाव, साथै मैले जे भन्छु त्यसलाई पूरा गर्ने मेरो स्वभाव प्रदर्शन गर्छ। यसरी, मैले “म जे भन्छु मेरो तात्पर्य त्यही हुन्छ, मैले जे भन्छु त्यो पूरा हुनेछ, र मैले जे गर्छु त्यो सदासर्वदा रहिरहनेछ” भन्‍ने मेरो प्रतिज्ञालाई पूरा गरेको हुनेछु। वचनहरू मेरो मुखबाट निस्कने क्रममा, मेरो आत्माले आफ्‍नो काम गर्न थाल्छ। कसले आफ्‍नो हातका “खेलौनाहरू” दुराग्रहसाथ खेलाउने आँट गर्छ र? हरेकले सम्‍मानपूर्वक र आज्ञाकारिताको साथ मेरो सजायलाई स्वीकार गर्नुपर्छ। यसबाट को उम्कन सक्छ र? के मैले दिएको मार्गबाहेक अर्को मार्ग हुन सक्छ र? आज मैले तँलाई पृथ्वीमा रहन दिएको छु, र तैँले आनन्द लिन्छस्; भोलि म तँलाई स्वर्गमा प्रवेश गर्न दिनेछु, र तैँले प्रशंसा गर्नेछस्। त्यसको अर्को दिन, म तँलाई जमिनमुनि राख्‍नेछु, जहाँ तँलाई सजाय दिइनेछ। के यी सबै मेरो कामका मापदण्डहरू होइनन् र? कसले मेरा मापदण्डहरूका खातिर दुर्भाग्य भोग्‍ने र आशिष्‌हरू प्राप्त गर्ने गर्दैन र? के तिमीहरू यसको अपवाद बन्‍न सक्छौ? पृथ्वीमा रहेका मेरा मानिसहरू भएकाले, मेरा मापदण्डहरू र मेरो इच्‍छाको खातिर तिमीहरूले के गर्नुपर्छ? के तिमीहरूले आफ्‍नो हृदयमा मलाई घृणा गर्दै मेरो पवित्र नामको मौखिक रूपमा मात्र प्रशंसा गर्न सक्छौ? मेरो लागि काम गर्नु र मेरो हृदयलाई सन्तुष्ट पार्नु, साथै आफैलाई बुझ्नु र ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर्नु—यी सजिलो काम होइनन्, तर तिमीहरूले त्यसो गरेर मूल्य चुकाउनुपर्छ। जब म “मूल्य” को कुरा गर्छु, यसको अर्थ के हो भन्‍ने तिमीहरूलाई लाग्छ? अहिले म यसको बारेमा छलफल गर्नेछैन र म मानिसहरूलाई सीधा उत्तरहरू दिनेछैन। बरु, म तिनीहरूलाई यसको बारेमा आफै मनन गर्न दिन्छु, त्यसपछि तिनीहरूलाई आफ्ना कार्य र व्यवहारद्वारा व्यवहारिक रूपमा मेरा प्रश्‍नहरूको उत्तर दिन लगाउँछु। के तिमीहरूले त्यसो गर्न सक्छौ?

अप्रिल २७, १९९२

अघिल्लो:  अध्याय ३६

अर्को:  अध्याय ३८

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger