अध्याय ३
विजयी राजा उहाँको महिमित सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले छुटकारा पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन डोऱ्याउनुभएको छ। उहाँले सबैथोक आफ्नो हातमा राख्नुहुन्छ र उहाँको ईश्वरीय बुद्धि र शक्तिले उहाँले सियोन निर्माण गर्नुभएको छ र त्यसलाई बलियो बनाउनुभएको छ। उहाँको प्रतापले उहाँ पापी संसारको न्याय गर्नुहुन्छ; उहाँले अनगिन्ती राष्ट्र र मानिसहरूको, पृथ्वी र समुद्र र तिनमा भएका सबै जीवित प्राणीहरूको, साथसाथै व्यभिचारको मद्यले मातेकाहरू सबैको न्याय गर्नुभएको छ। परमेश्वरले अवश्य तिनीहरूको न्याय गर्नुहुनेछ, र उहाँ पक्कै पनि तिनीहरूसित रिसाउनुहुनेछ र त्यसमा परमेश्वरको प्रताप प्रकट हुनेछ, जसको न्याय तुरुन्तै गरिन्छ र त्यो ढिलाइ नगरी पूरा गरिन्छ। उहाँको क्रोधको आगोले निश्चय नै तिनीहरूका घोर पापहरू भस्म पार्नेछ र कुनै पनि क्षण तिनीहरूमाथि विपत्ति आउँछ; तिनीहरूलाई उम्कने कुनै उपाय थाहा हुनेछैन र तिनीहरूसँग लुक्ने ठाउँ पनि हुनेछैन, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, र तिनीहरूले आफैमाथि विनाश ल्याउनेछन्।
परमेश्वरका प्रिय विजयी छोराहरू निश्चय नै सियोनमा रहनेछन्, र त्यहाँबाट कहिल्यै बिदा हुनेछैनन्। अनगिन्ती मानिसहरूले उहाँको सोरलाई ध्यानपूर्वक सुन्नेछन्, तिनीहरूले ध्यानपूर्वक उहाँका कार्यहरू नियाल्नेछन्, र तिनीहरूको प्रशंसाको आवाज कहिल्यै बन्द हुनेछैन। एक साँचो परमेश्वर देखा पर्नुभएको छ! हामी आत्मामा उहाँबारे निश्चित हुनेछौं र उहाँलाई नजिकबाट पछ्याउनेछौं; हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्नेछौं र उप्रान्त कुनै सङ्कोच मान्नेछैनौं। संसारको अन्त्य हाम्रो अगाडि प्रकट हुँदैछ; एउटा उचित मण्डली साथसाथै मानिसहरू, मामिलाहरू र हाम्रा वरिपरिका थोकहरूले पनि हाम्रो तालिमलाई अझ तीव्र बनाइरहेका छन्। हामी हाम्रो हृदयलाई फिर्ता लिन हतार गरौं जसले संसारलाई धेरै प्रेम गर्दछ! हामी हाम्रो दर्शनलाई फिर्ता लिन हतार गरौं, जुन अति अस्पष्ट छ। हामी हाम्रा पाइलाहरूमा रहौं, ताकि हामीले सीमाहरू ननाघेका होऔं। हामी आफ्ना मुखहरूलाई बन्द गरौं, ताकि हामी परमेश्वरको वचनमा हिँड्न सकौं, र उप्रान्त हाम्रा आफ्नै लाभहरू र हानिहरूको प्रतिस्पर्धा नगरौं। अहो, यसलाई छोडिदेओ, बाहिरी संसार र धनको लागि तिमीहरूको लालच! हो, आफैलाई यसबाट स्वतन्त्र बनाओ—तिमीहरूका पति, छोरीहरू र छोराहरूप्रतिको टाँसिरहने बन्धन! आह, तिनीहरूलाई पिठ्यूँ फर्काइदेओ—तिमीहरूका दृष्टिकोणहरू र पूर्वाग्रहहरू! अँ, बिउँझ; समय छोटो छ! आत्मा भित्रबाट माथि हेर, माथि हेर, अनि परमेश्वरको हातमा सबै कुरा सुम्प। जे भए पनि, लोतकी अर्की पत्नी नबन। पन्छ्याइएको हुनु कति दुःखलाग्दो कुरा हुन्छ! साँच्चै दुःखलाग्दो! अँ, बिउँझ!