अध्याय ३३

मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो। कतिपय मानिसहरू अज्ञानी छन्; तिनीहरूले पवित्र आत्माको कार्यलाई अनुभूति गर्न सक्दैनन् र तिनीहरूले मेरा अभिप्रायहरू बुझ्‍न सक्दैनन्। तिनीहरूको परिवार र तिनीहरूको आसपासका कुराहरू अस्तित्वमा रहेको वातावरणलाई तिनीहरूले स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र तिनीहरूले अन्धाधुन्ध कामकुराहरू गर्छन् र अनुग्रह प्राप्त गर्ने धेरै अवसरहरू गुमाउँछन्। बारम्‍बार तिनीहरू आफ्‍नो कार्यहरूप्रति खेद मान्छन् र जब तिनीहरूले कुनै मामलाको सामना गर्छन्, तिनीहरूले त्यसलाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्। कहिलेकहीँ तिनीहरूले मुस्किलले विजय प्राप्त गर्न परमेश्‍वरमा भरोसा गर्न सक्छन्, तर जब तिनीहरूले पछि त्यस्तै प्रकारको समस्याको सामना गर्छन्, पुरानो बिमारी फेरि आइपर्छ, र तिनीहरूले मेरा अभिप्रायहरू बुझ्‍न सक्दैनन्। तर म यी कुराहरूलाई हेर्दिनँ, र म तिमीहरूका अपराधहरूलाई स्मरण गर्दिनँ। बरु, म तिमीहरूलाई यो बाँझो भूमिबाट मुक्त गर्न र तिमीहरूलाई तिमीहरूको जीवन नवीकरण गराउन चाहन्छु। मैले तिमीहरूलाई बारम्‍बार माफी दिएको छु। तैपनि, सबैभन्दा महत्त्वपूर्ण चरण अहिले नै हो। उप्रान्त तिमीहरू दोधार बन्‍नु हुँदैन र त्यसरी उप्रान्त तिमीहरू रोकिँदै र हिँड्दै अघि बढ्नु हुँदैन। तिमीहरू कहिले गन्तव्यमा पुग्‍न सक्‍नेछौ? तिमीहरू नरोकिकन अन्तिम रेखातर्फ दौडनको लागि सक्दो गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण समयमा सुस्त नबन, साहसको साथ अघि बढ, र तिमीहरूको अघि प्रशस्त भोज राखिएको छ। तुरुन्तै आफ्‍नो विवाह-भोजको वस्‍त्र र धार्मिकताको वस्‍त्र लगाऊ, र ख्रीष्‍टको विवाह-भोजमा सहभागी बन; अनन्तसम्‍म पारिवारिक परमानन्द उपभोग गर! तँ पहिलेजस्तो उप्रान्त निराश, दुःखित हुनेछैनस् र सुस्केरा हाल्‍नेछैनस्। त्यो बेलाको सबै कुरा धुवाँजस्तो हराउनेछ र तँमाथि ख्रीष्‍टको पुनरुत्थान जीवनको शक्ति मात्रै हुनेछ। तँभित्र, शुद्धीकरण र धुवाइले शुद्ध पारेको मन्दिर हुनेछ, र तैँले प्राप्त गरेको पुनरुत्थानको जीवन सदासर्वदा तँमा बास गर्नेछ!

अघिल्लो:  अध्याय ३२

अर्को:  अध्याय ३४

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger