अध्याय १२

यदि तेरो स्वभाव वायु र वर्षाझैँ यताउता बगिरहने अस्थिर छ भने, अनि तँ सम्पूर्ण शक्तिसाथ लगातार अघि बढ्न असमर्थ छस् भने, मेरो डन्डा कहिले पनि तँबाट टाढा हुनेछैन। काटछाँटमा पर्दा, परिवेश जति बढी प्रतिकूल बन्छ अनि तँ जति बढी प्रताडित हुन्छस्, परमेश्‍वरप्रतिको तेरो प्रेम त्यति नै बढी बढ्दै जान्छ अनि तँ संसारसँग टाँसिन छोड्नेछस्। अघि बढ्ने अर्को विकल्पविनै तँ मकहाँ आउनेछस् अनि तैँले शक्ति र विश्‍वास पुन: प्राप्त गर्नेछस्। जे भए तापनि, तैँले सहज वातावरणहरूमा गडबडी गर्नेछस्। तैँले सकारात्मकताको पक्षबाट प्रवेश गर्नैपर्छ; सक्रिय बन्, निष्क्रिय होइन। तँ कुनै पनि परिस्थितिमा, कुनै पनि व्यक्ति वा वस्तुद्वारा पटक्कै अस्थिर हुनु हुँदैन अनि तँ कसैको बोलीबाट प्रभावित हुनै हुँदैन। तँसँग स्थिर स्वभाव हुनैपर्दछ; मानिसहरूले जेसुकै भने तापनि तैँले जानेको सत्य कुरालाई झट्टै व्यवहारमा उतार्नैपर्छ। कामको बेला सधैँ मेरा वचन तेरो मनभित्र हुनैपर्छ, तैँले जोसुकैको सामना गरे तापनि, मेरो गवाही दिनमा तँ दृढ हुनैपर्छ अनि मेरा बोझहरूप्रति विचारशील हुनैपर्छ। आफ्नो राय नै नराखी तैँले अरूको कुरामा अन्धाधुन्ध सहमति जनाउनु हुँदैन; बरु सत्यतासित मेल नखाएका ती सबै कुराविरुद्ध खडा हुने र विरोध गर्ने आँट तँसँग हुनैपर्छ। यदि कुनै कुरा गलत छ भन्‍ने तँलाई प्रष्ट थाहा छ, तर पनि तँमा त्यसको पर्दाफास गर्ने साहस छैन भने, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। तँ केही भन्‍न चाहन्छस्, तर शब्दमा व्यक्त गर्ने आँट गर्दैनस्, त्यसैले तँ घुमाउरो कुरा गर्छस्, र त्यसपछि कुराको विषय नै बदलिदिन्छस्; शैतानले तँभित्रै रहेर तँलाई पछाडितिर तानिरहेको छ, कुनै प्रभावविना बोल्ने र अन्त्यसम्मै दृढ रहन नसक्‍ने बनाएको छ। तँ अझै पनि आफ्नो हृदयमा भय बोकिहिँड्छस्, र के यो तेरो हृदय अझै पनि शैतानकै विचारहरूले भरिएको कारणले भएको होइन र?

विजेता को हो? आत्मिक रूपमा बलियो बन्न ख्रीष्टका असल सेनाहरू साहसी हुनैपर्छ र ममा भर पर्नैपर्छ; योद्धा हुन तिनीहरूले लडाइँ गर्नैपर्छ र शैतानसँग मृत्युसम्मै युद्ध लड्नैपर्छ। तँ सधैँ जागा रहनैपर्छ, अनि यसैकारण मसँग सक्रिय रूपमा प्रत्येक क्षण सहकार्य गर्न अनि मेरो नजिक आउन सिक्नलाई म भन्दछु। यदि कुनै पनि समयमा र कुनै पनि अवस्थामा, मेरो वक्तव्य सुन्दै अनि मेरा वचन र कामहरूमा ध्यान केन्द्रित गर्दै चुपचाप बस्न सक्छस् भने, तैँले बहकिने अनि आफ्नो पकड हराउनेछैनस्। मभित्रबाट प्राप्त गरेका कुनै पनि कुरालाई अभ्यास गर्न सकिन्छ। मेरो प्रत्येक वचन तेरो अवस्थातिर निर्देशित छ अनि तिनीहरूले तेरो हृदय छेड्छन्। तैँले मौखिक रूपमा तिनीहरूलाई इन्कार गर्छस् भने पनि तेरो हृदयबाट तिनीहरूलाई इन्कार गर्न सक्दैनस्। साथै, यदि तैँले मेरा वचनहरूको विश्लेषण गर्छस् भने, तेरो न्याय हुनेछ। अर्थात्, मेरा वचनहरू सत्य, जीवन अनि बाटो हुन्; तिनीहरू धारिलो दुईधारे तरवार हुन् अनि तिनीहरूले शैतानलाई हराउनेछन्। जसले मेरा वचनहरू बुझ्छन् अनि जससित अभ्यास गर्ने मार्गछ छ, तिनीहरू धन्यका हुन्, अनि जसले यी अभ्यास गर्दैनन्, तिनीहरूको निसन्देह न्याय गरिनेछन्; यो अति व्यावहारिक छ। यी दिनहरूमा, जसको म न्याय गर्दछु, तिनीहरूको परिधि विस्तृत भएको छ; मलाई चिन्नेहरूको मात्र होइन, तर मलाई विश्‍वास नगर्नेहरू अनि पवित्र आत्माका कार्यहरूलाई प्रतिरोध गर्न र बाधा दिन हरेक प्रकारका प्रयास गर्नेहरूको पनि न्याय गरिनेछन्। मेरा अघि भएका तिनीहरू सबै, जसले मेरा पाइलाहरू पछ्याउँछन्, तिनीहरूले परमेश्‍वर क्रोधाग्नि हुनुहुन्छ भन्‍ने देख्नेछन्! परमेश्‍वर प्रताप हुनुहुन्छ! उहाँले न्याय गर्दैहुनुहुन्छ अनि तिनीहरूलाई मृत्युदण्ड दिँदैहुनुहुन्छ। पवित्र आत्माका कामलाई पालन गर्न ध्यान नदिने, ती काममा अवरोध पुऱ्याउने, देखावटी गर्ने, अनुचित अभिप्राय र उद्देश्य हुने, परमेश्‍वरका वचनहरू खान र पिउन कुनै प्रयास नगर्ने, मगज-गडबड भएका र शङ्कालु हुने, पवित्र आत्माको काम छानबीन गर्नेहरू—ती मानिसहरूमाथि कुनै पनि समय परमेश्‍वरको न्यायका वचनहरू आउनेछ। मानिसहरूका सबै कार्य प्रकट गरिनेछन्। पवित्र आत्माले मानिसहरूका आन्तरिक हृदयको खोजतलास गर्नुहुन्छ, यसकारण मूर्ख नहो; होशियार र सतर्क बन्। तँ आफैले अन्धाधुन्ध काम नगर्। यदि तेरा कामहरू मेरा वचनअनुसार छैनन् भने, तेरो न्याय हुनेछ। नक्कल उतार्नु, देखावटी गर्नु, वा आधाअधुरो बुझ्नु पर्याप्त छैन; तँ मसामु आउनु अनि मसँग बारम्बार सम्पर्कमा रहनु नै पर्छ।

मभित्रबाट तैँले जे पनि लिन्छस्, त्यसले तँलाई अभ्यास गर्ने मार्ग दिनेछ। तँलाई मेरो सामर्थ्यको साथ प्राप्त हुनेछ, तँसित म हुनेछु, अनि सधैँ मेरा वचनहरूमा हिँड्नेछस्; तैँले सबै सांसारिक कुरालाई उछिन्‍नेछस् अनि पुनरुत्थानको शक्ति प्राप्त गर्नेछस्। यदि तेरो बोली, व्यवहार र कार्यमा मेरा वचन र मेरो उपस्थिति छैनन् भने, अनि मनका धारणा, सिद्धान्त र नियमहरूमा रहँदै, तँ आफै मबाट टाढा भाग्छस् र आफैसँग जिउँछस् भने, त्यो तैँले पापहरूमा मन बसालेको प्रमाण हो। अर्को शब्दमा भनौं भने, अरूले तँ स्वयमलाई नोक्सान पुऱ्याउन वा तेरो प्राणलाई थोरै भएपनि चोट पुऱ्याउन नदिईकन, तँ आफ्नो पुरानै व्यक्तित्वमा अडिएको छस्। यस्ता काम गर्ने व्यक्तिहरू कमजोर क्षमता भएका अनि अमिल्दा हुन्छन् अनि तिनीहरूले परमेश्‍वरको अनुग्रह देख्न वा उहाँका आशिषहरू चिन्न सक्दैनन्। यदि तैँले कुटिलतासाथ व्यवहार गरिरहिस् भने, तब कहिले तैँले मलाई तँभित्र काम गर्न दिनेछस्? मैले बोल्न सिध्याए पश्चात्, तैँले सुन्नु त सुनिस्, तर केही पनि हासिल गर्न सकिनस्, अनि जब-जब तेरा समस्याहरूलाई यथार्थ रूपमा सूचित गरिन्छ, तब तँ विशेष रूपमा कमजोर हुन्छस्। त्यो कस्तो किसिमको कद हो? यदि तँलाई सधैँ खुसी पार्नुपर्ने हो भने, तँलाई मैले कहिले पूर्ण बनाउन सक्ने त? यदि तँ उतार-चडावहरूसँग भयभीत हुन्छस् भने, तँ अरूलाई चेतावनी दिन निस्किनुपर्छ, “म कसैलाई पनि मेरो काटछाँट गर्न दिनेछैन, म आफै मेरो स्वभाविक, पुरानो स्वभावबाट छुटकारा प्राप्त गर्न सक्नेछु।” यसरी कसैले पनि तेरो निन्दा गर्न वा तँलाई छुन सक्नेछैन अनि कसैले तेरो वास्ता नगरीकन, तैँले आफ्नो इच्छाअनुसार विश्‍वास गर्न सक्नेछस्। के यसप्रकार तैँले मेरा पाइलाहरू पछ्याउन सक्छस्? म तेरा परमेश्‍वर र प्रभु हुँ भन्‍ने निश्चयतापूर्वक दाबी गर्नु केवल खोक्रो शब्दहरू मात्रै हुन्। यदि तँ साँच्चै नै शङ्काविहीन थिइस् भने, यी कुरा समस्या हुने थिएनन्, अनि तैँले तँमा परमेश्‍वरको प्रेम र आशिष आएको छ भन्‍ने विश्‍वास गर्नेथिइस्। जब म बोल्छु, यी मेरा पुत्रहरूका निम्ति हुन् अनि मेरा वचनहरू धन्यवाद र प्रशंसाका साथ ग्रहण गरिनुपर्छ।

अघिल्लो:  अध्याय ११

अर्को:  अध्याय १३

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger