अध्याय २७

ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुने एक मात्र साँचो परमेश्‍वर—सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍ट! यो पवित्र आत्माको गवाही, निर्विवाद प्रमाण हो! पवित्र आत्माले जताततै काम गरिरहनुभएको र गवाही दिइरहनुभएको छ, ताकि कोही पनि शङ्कामा नहोऊन्। विजयी राजा, सर्वशक्तिमान्‌ परमेश्‍वर! उहाँ संसारमाथि विजयी हुनुभएको छ, उहाँ पापमाथि विजयी हुनुभएको छ, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभएको छ। उहाँले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरूको यो समूह, हामीलाई मुक्ति दिनुभएको छ, र उहाँको इच्छा पछ्याउनका लागि हामीलाई पूर्ण बनाउनुहुनेछ। उहाँले सारा पृथ्वीमा शासन गर्नुहुन्छ र यो भूमिलाई फेरी कब्जा गर्नुहुन्छ, र शैतानलाई अतल कुण्डमा लखेट्नुहुन्छ। उहाँले संसारलाई न्याय गर्नुहुन्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन। उहाँले राजाको रूपमा शासन गर्नुहुन्छ।

सारा पृथ्वीले उच्‍च सोरमा हर्षोल्लास गर्छ! यसले विजयी राजाको—सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसा गर्छ! सदासर्वदा! तपाईं आदर र प्रशंसाका योग्य हुनुहुन्छ। ब्रह्माण्डका महान राजालाई नै अख्तियार र महिमा होस्।

समय छोटो छ। सर्वशक्तिमान् परमेश्‍वरका पाइलाहरू पछ्याऊ र अघि बढिरहो। गल्ती नगर्नलाई अति सावधान बन, उहाँको बोझप्रति विचारशील होओ, उहाँसँग एकै मनका होओ, र उहाँको व्यवस्थापन योजनाको लागि आफूलाई अर्पण गर। तिमीहरूले आफ्‍ना सम्पत्तिहरूलाई आफ्‍नो निम्ति साँच्‍नु हुँदैन। समय निकै थोरै छ। तिनलाई चढाइहाल! तिनलाई साँचेर नराख! तिनलाई चढाइहाल! तिनलाई साँचेर नराख!

अघिल्लो:  अध्याय २६

अर्को:  अध्याय २८

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger