अध्याय २३

मेरो सोर सुन्ने सबै भाइ-बहिनीहरूलाई: तिमीहरूले मेरो कठोर न्यायको आवाज सुनेका छौ र तिमीहरूले चरम कष्ट भोगेका छौ। तापनि मेरो कठोर सोरको पछाडि मेरा अभिप्रायहरू लुकेका छन् भन्‍ने तिमीहरूले जान्‍नुपर्छ! तिमीहरूले मुक्ति पाउन सक भनेर म तिमीहरूलाई अनुशासनमा राख्छु। तिमीहरूले जान्नुपर्छ, म मेरा प्रिय छोराहरू, तिमीहरूलाई निश्‍चय अनुशासनमा राख्छु र तिमीहरूलाई छिँवल्छु र चाँडै नै तिमीहरूलाई पूर्ण बनाउँछु। मेरो हृदय अत्यन्तै उत्सुक छ, तर तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ र तिमीहरू मेरो वचनअनुसार काम गर्दैनौ। मेरा वचनहरू आज तिमीहरूमाथि आउँछन्, जसद्वारा तिमीहरू परमेश्‍वर साँच्चै एक प्रेमिलो परमेश्‍वर हुनुहुन्छ भनी जान्‍नेछौ र तिमीहरू सबैलाई परमेश्‍वरको साँचो प्रेम अनुभव गराउँछ। तापनि, थोरै सङ्ख्याका मानिसहरू पनि छन् जसले बहाना गरिरहेका छन्। जब तिनीहरू अरू मानिसहरूको दुःख देख्छन्, तिनीहरूले उनीहरूको नक्कल गर्छन्, अनि तिनीहरूले पनि आँखामा आँसु झार्छन्। अरू पनि छन्—जो बाहिरी रूपमा परमेश्‍वरप्रति ऋणी भएको जस्तो देखिन्छन् र तिनीहरू पछुताएका जस्ता देखिन्छन्, तर भित्री रूपमा, तिनीहरूले साँचो रूपमा परमेश्‍वरलाई चिन्दैनन्, न त तिनीहरू उहाँबारे निश्चित नै छन्; बरु, तिनीहरूले बाहिरी रूप मात्र प्रस्तुत गर्दैछन्। म यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्छु! ढिलो चाँडो, यी मानिसहरूलाई मेरो सहरबाट अलग गरिनेछ। मेरो अभिप्राय यही हो: म ती मानिसहरू चाहन्छु, जसले उत्कटताको साथ मेरो चाहना गर्छन्, र मलाई साँचो हृदयले पछ्याउनेहरूले मात्र मलाई खुसी पार्न सक्छन्। यी त्यस्ता मानिसहरू हुन् जसलाई म निश्चित रूपले आफ्नै हातले सहायता गर्नेछु, र तिनीहरूले कुनै विपत्तिको सामना गर्नु नपरोस् भन्‍ने म निश्चित गर्नेछु। साँचो रूपमा परमेश्‍वरलाई चाहने मानिसहरूले परमेश्‍वरको हृदयलाई ध्यान दिन र मेरो इच्छालाई पछ्याउन इच्छुक हुनेछन्। यसैले, तिमीहरू चाँडै वास्तविकतामा प्रवेश गर्नुपर्छ र मेरो वचनलाई तिमीहरूको जीवनको रूपमा स्वीकार गर्नुपर्छ—यही नै मेरो सबैभन्दा ठूलो बोझ हो। यदि मण्डलीहरू र सन्तहरू सबै वास्तविकतामा प्रवेश गर्छन् र सबैले प्रत्यक्ष रूपमा मसँग सङ्गति गर्न, मेरो आमनेसामने हुन र सत्यता र धार्मिकताको अभ्यास गर्न सक्छन् भने मात्र तिनीहरू मेरा प्रिय छोराहरू हुनेछन्, जसमा म प्रसन्न हुन्छु। यिनै मानिसहरूलाई म सबै महान् आशिषहरू प्रदान गर्दछु।

अघिल्लो:  अध्याय २२

अर्को:  अध्याय २४

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger