७. परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सम्बन्धी वचनहरू
२५५. परमेश्वर स्वयम्का आफ्नैजायजेथा छन् र उहाँको आफ्नै अस्तित्व छ। उहाँले व्यक्त गर्नुहुने र प्रकट गर्नुहुने सबै कुराहरूले उहाँको आफ्नै सार र उहाँको आफ्नै पहिचानलाई प्रतिनिधित्व गर्छन्। यी जायजेथा र उहाँको अस्तित्व, साथै यो सार र पहिचानलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। उहाँको स्वभावमा मानवजातिका निम्ति उहाँको प्रेम, मानवजातिप्रतिको सान्त्वना, मानवजातिप्रतिको घृणा, र त्योभन्दा बढी, मानवजातिबारे पूर्ण बुझाइ सबै नै समावेश छन्। तर, मानिसको व्यक्तित्वमा प्रफुल्लता, जीवन्तता, वा संवेदनाहीनता जस्ता कुराहरू समावेश हुन सक्छ। परमेश्वरको स्वभाव यावत् थोक र यावत् जीवित प्राणीमा हुने कुराहरूमाथिको सार्वभौममा हुने स्वभाव हो; यो सृष्टिका प्रभुको स्वामित्वमा हुने कुरा हो। उहाँको स्वभावले सम्माननीयता, शक्ति, कुलीनता, महानता, र सबैभन्दा महत्त्वपूर्ण, सर्वोच्चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको प्रतीक हो, सबै इन्साफको प्रतीक, सबै सुन्दर र असल कुराको प्रतीक हो। त्योभन्दा पनि बढी, उहाँको स्वभाव अन्धकार वा कुनै शत्रु शक्तिद्वारा पराजित हुनु वा त्यसको आक्रमणमा पर्नुविरुद्धको अभेद्यताको प्रतीक, साथै कुनै पनि सृजित प्राणीको उल्लङ्घन (र उल्लङ्घनप्रतिको असहिष्णुता) विरुद्धको अभेद्यताको प्रतीक हो। उहाँको स्वभाव सर्वोच्च शक्तिको प्रतीक हो। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई बाधा दिन सक्दैन वा त्यसो गर्न सम्भव छैन। तर मानिसको व्यक्तित्व पशुभन्दा अलिकति उच्च छ। मानिस आफैमा कुनै अख्तियार छैन, कुनै स्वतन्त्रता छैन, मानिससँग आफैलाई पार गरेर जाने क्षमता पनि छैन, तर उसको सारमा सबै प्रकारका मानिसहरू, घटनाहरू र थोकहरूको नियन्त्रणमा विवश हुने स्वभाव हुन्छ। परमेश्वरको आनन्द न्याय र ज्योतिमा अस्तित्वमा रहन्छ र उदय हुन्छ, किनकि अन्धकार र दुष्टको विनाश भएको छ। उहाँ मानवजातिमा ज्योति र असल जीवन ल्याउनुभएको कुरामा आनन्द मनाउनुहुन्छ; उहाँको आनन्द न्यायको आनन्द हो, यो सबै सकारात्मक कुराको अस्तित्वको सङ्केत हो, त्यसभन्दा अझ बढी यो शुभ अवसरको सङ्केत हो। अन्यायको अस्तित्व र बाधाले मानवजातिमा ल्याउने हानिको कारण, दुष्टता र अन्धकार अस्तित्वमा भएको कारण, सत्यतालाई हटाउने कुराहरू अस्तित्वमा भएका कारण, सुन्दर र असल कुराहरूको विरोध गर्ने तत्त्वहरू अस्तित्वमा भएका कारण, र अन्यायको कारण परमेश्वर क्रोधित बन्नुहुन्छ। उहाँको क्रोध सबै किसिमका नकारात्मक कुराहरू अस्तित्वमा रहनेछैन भन्ने सङ्केत हो, योभन्दा पनि अझ महत्त्वपूर्ण कुराचाहिँ यसले उहाँको पवित्रताको सङ्केत गर्छ। उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्, र यस्तो किन भएको हो भने, उहाँले मानवजातिमा गर्नुभएको कामले उहाँका अभिप्रायहरू पूरा गर्दैन, र उहाँले प्रेम गर्नुभएका मानवजाति सबै जना ज्योतिमा जिउन सक्दैनन्। उहाँ निर्दोष मानवजाति, इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसका लागि दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलोपन र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र दयाको सङ्केत हो। उहाँको खुशी निश्चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारीता जित्ने कार्यबाट आउँछ। यो भन्दा अझ बढी त शत्रुहरूका सबै शक्तिहरूको निष्कासन र विनाशबाट उहाँ खुशी बन्नुहुन्छ, किनकि यसरी मानिसजातिले असल र शान्तिपूर्ण जीवन प्राप्त गर्छन्। परमेश्वरको खुशी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू बटुल्नु जस्तै र आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयालीले मानवजाति यस समयदेखि दुःखकष्टबाट छुटकारा पाएको र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत दिन्छ। अर्कोतिर, मानवजातिका संवेगहरू सबै उसका आफ्ना हितहरूका लागि उत्पन्न हुन्छन्, त्यो न्याय, ज्योति वा सुन्दर कुरा र स्वर्गबाट दिइएको अनुग्रहका निम्ति हुँदैन। मानवजातिका संवेगहरू स्वार्थी हुन्छन् र ती अन्धकारको संसारका हुन्। ती परमेश्वरको इच्छाका लागि खडा हुँदैनन्, झन् उहाँको योजनाका निम्ति खडा हुनु त परको कुरा हो, त्यसैले मानिस र परमेश्वरलाई एउटै स्थानमा राखेर कुरा गर्न मिल्दैन। परमेश्वर सदासर्वदा सर्वोच्च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरयोग्य हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ, र सदैव मूल्यहीन छ। किनभने परमेश्वरले सदासर्वदा मानवजातिका लागि आफैलाई अर्पित गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ, जबकि मानिसले चाहिँ सधैँ केवल आफ्नो निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्वरले सधैँ मानवजातिको अस्तित्वका लागि धेरै मेहनत गर्नुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ तिनीहरूकै निम्ति मात्र हुन्छ, अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्वर सदासर्वदा स्वार्थरहित हुनुहुन्छ। परमेश्वर सबै इन्साफ, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै अदलबदल गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि परिस्थितिमा इन्साफलाई धोका दिएर परमेश्वरदेखि टाढा जान सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ
२५६. म धर्मी छु, म भरोसायोग्य छु, र म मानिसको अन्तस्करण छानबिन गर्ने परमेश्वर हुँ! को साँचो हो र को झूटो हो सो म तुरुन्तै प्रकट गर्नेछु। नआत्तिओ; सबै थोकले मेरो समयअनुसार काम गर्दछन्। कसले मलाई इमानदारीसाथ चाहन्छ, र कसले चाहँदैन, त्यो एक-एक गरी म तिमीहरूलाई बताउनेछु। तिमीहरू केवल खाने, पिउने र मेरो उपस्थितिमा आउँदा मेरो नजिक आउने कुरामा मात्रै ध्यान देओ, र मेरो काम म आफै गर्नेछु। तुरुन्तै परिणामहरू प्राप्त गर्नको लागि अनावश्यक रूपमा चिन्तित नहोओ; मेरो काम झट्टै एकै पटक सम्पन्न गर्न सकिने काम होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसैले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूले के गरेका छन् त्यो देखाउनेछु—दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म अवश्य नै कसैको पनि पक्ष लिँदिनँ। तँ, जसले इमानदारीसाथ मलाई प्रेम गर्छ, म तँलाई इमानदारीसाथ प्रेम गर्दछु, जसले मलाई इमानदारीसाथ प्रेम गर्दैनन्, मेरो क्रोध सधैँ तिनीहरूसित रहनेछ, ताकि तिनीहरूले सारा अनन्तताभरि यो स्मरण गरून् कि म नै साँचो परमेश्वर, मानिसको अन्तस्करण छानबिन गर्ने परमेश्वर हुँ। अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर्; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तैँले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनस्। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्। आफैलाई धेरै चतुर सम्झँदै तेरो क्षुद्र साना युक्तिहरूले तेरो फाइदा गराउँछ भन्ने नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू बनाए पनि, चाहे ती हजारौं वा लाखौँ भए पनि, आखिरमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै वस्तुहरू मेरा हातहरूद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौं! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमित अनुहार, मेरो क्रोध र मेरो न्यायलाई सार्वजनिक रूपमा प्रकट गरिएको छ भन्ने तैँले अझै देखेको छैनस् भन्ने हुन सक्छ? ज-जसले मलाई इमानदारीसाथ चाहँदैन, म तिनीहरूलाई तुरुन्तै र दया नगरी न्याय गर्नेछु। मेरो कृपा अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डी नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४४
२५७. सुरुआत म नै हुँ, र अन्त्य म नै हुँ। म पुनरुत्थान भएको र पूर्ण एक मात्र साँचो परमेश्वर हुँ। म तिमीहरूको अगाडि मेरा वचनहरू बोल्छु, र म जे भन्छु त्यो तिमीहरूले दृढतापूर्वक विश्वास गर्नुपर्छ। स्वर्ग र पृथ्वी बितेर जानसक्छ, तर मैले भनेको कुराको एउटा अक्षर वा एउटा बिन्दुसमेत बितेर जानेछैन। यो याद राख! यो याद राख! मैले बोलेपछि एउटा शब्द समेत कहिल्यै फिर्ता लिइएको छैन, र प्रत्येक शब्द पूरा हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५३
२५८. ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १५
२५९. म जे भन्छु, म त्यो गम्भीरतापूर्वक भन्छुर म जे भन्छु, त्यो गरिनेछ, र कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन—यो पूर्ण हुन्छ। चाहे ती मैले विगतमा भनेका वचन हुन् वा मैले भविष्यमा बोल्ने वचन, ती सबै एक-एक गरी पूरा हुनेछन्, र म सबै मानिसलाई ती पूरा भएको देखाउनेछु। मेरो वचन र कामपछाडिको सिद्धान्त यही हो। … ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो सङ्कल्प परिवर्तन गर्न सक्छ? के यो पृथ्वीमा मैले गरेको करार हुन सक्छ? मेरो योजनालाई अगाडि बढ्नबाट कुनै पनि कुराले बाधा दिन सक्दैन। म सधैँभरि मेरो काम गरिरहेको हुन्छु, र सधैँभरि मेरो व्यवस्थापनको योजना गरिरहेको हुन्छु। मानिसहरूमाझ कसले हस्तक्षेप गर्न आफ्नो हात पसार्न सक्दछ? के व्यक्तिगत रूपमा सबथोक योजनाबद्ध गरेको मैले नै होइन र? आज यस क्षेत्रमा प्रवेश गर्नु अझै पनि मेरो योजना वा मैले पहिले देखेको कुरा बाहिर भड्किएर जाने कुरा हुँदैन; यो मैले धेरै पहिले नै पूर्वनिर्धारित गरेको थिएँ। तिमीहरूमध्ये कसले यो चरण बुझ्न सक्छौ? मेरा मानिसहरूले निश्चय मेरो सोर सुन्नेछन्, र मलाई इमानदारीपूर्वक प्रेम गर्ने प्रत्येक व्यक्ति निश्चय नै मेरो सिंहासनको अगाडि फर्केर आउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १
२६०. म ती सबैलाई प्रेम गर्दछु जसले निष्कपट रूपमा मप्रति आफैलाई समर्पित गर्छन् र ममा आफैलाई अर्पण गर्छन्। मबाट जन्मेर पनि मलाई नचिन्ने र मेरो प्रतिरोध समेत गर्ने सबैलाई म घृणा गर्छु। जो मेरा लागि निष्कपट छ म उसलाई त्याग्नेछैनँ; बरु, म त्यो व्यक्तिका आशिष्हरू दोब्बर गरिदिनेछु। खुवाउने हातलाई ठुङ्नेहरूलाई म दोब्बर दण्ड दिनेछु। र म तिनीहरूलाई सजिलै छोड्नेछैनँ। मेरो राज्यमा कुनै कुटिलता वा छलकपट छैन, र कुनै सांसारिकता छैन; अर्थात्, त्यहाँ मृतकको कुनै दुर्गन्ध छैन। बरु, सबै विशुद्धता र धार्मिकता छन्; सबै शुद्धता र खुलापन छ, जसमा कुनै कुरा लुकाइएको वा गुप्त राखिएको छैन। सबै कुरा ताजा छन्, सबै थोक रमाइला छन्, र सबै थोक सुधार गर्ने किसिमका छन्। जो कसैसित अझै पनि मृतकको दुर्गन्ध छ त्यो कुनै पनि प्रकारले मेरो राज्यमा रहन सक्दैन, र यसको सट्टामा मेरो फलामको डन्डाले त्योमाथि शासन गरिनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७०
२६१. म सबै कुरा भस्म गर्ने आगो हुँ र म उल्लङ्घन सहँदिनँ। मानिसहरू सबै मद्वारा सृष्टि गरिएको हुनाले, म जे भन्छु र गर्छु, त्यो तिनीहरू समर्पित हुनैपर्छ र तिनीहरूले विरोध गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छन् भनी विश्लेषण गर्न तिनीहरू योग्य हुने कुरा त परै जाओस्। म सृष्टिको प्रभु हुँ, र सृष्टि गरिएका प्राणीहरूले मैले माग गरेका सबै कुरा मेरो डर मान्ने हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग तर्क गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले विरोध गर्नु हुँदैन। मेरो अधिकारद्वारा म मेरा मानिसहरूमाथि शासन गर्दछु, र जो मेरो सृष्टि भाग हुन् तिनीहरू सबै मेरो अख्तियारको अधीनमा बस्नुपर्छ। आज तिमीहरू मेरो सामु सहासी र हठी भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई शिक्षा दिन्छु तिनको विरुद्धमा तिमीहरूले विद्रोह नगरे पनि र डर मान्न नजाने पनि म सहिष्णुतासाथ मात्रै तिमीहरूका विद्रोहीपनको सामना गर्दछु; सानो, तुच्छ कीराहरूले गोबरको थुप्रोमा फोहोर उठायो भन्दैमा म आफ्नो रिस पोखाउँदिन र मेरो कामलाई प्रभावित गर्दिनँ। मेरा पिताको इच्छाको खातिर म मैले घिनाउने गर्ने सबै कुरा र मैले घृणा गर्ने सबै कुराहरूको अस्तित्वलाई सहन गर्दछु, मेरा वाणीहरू पूर्ण नहुञ्जेल, मेरो अन्तिम क्षणसम्मै म त्यसो गर्नेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्
२६२. तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्वर हुँ र म मानवताप्रति ईर्ष्या गर्ने परमेश्वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखाअघिबाट तँ भागेको म सहन्नँ, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा र मेरा आँखैअघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुन सक्छ भन्ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्ने ठान्छस्? तैँले कसरी मेरो सिंहासनअगाडि, सर्वोच्च स्वयम्को सिंहासनअगाडि शपथ लिन सक्छस्? के तैँले तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्ने ठानेको थिइस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मसँग लापरवाह व्यवहार गर्न सक्छौ र तिमीहरूका हृदयले अशुद्ध आत्मा र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्ने विश्वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ र अशुद्ध आत्माहरूका हातबाट मैले ममाथि विश्वास गर्ने ती सबै सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, र मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु र फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्ने सृष्टि गरिएको कुनै पनि प्राणीलाई म सहन्नँ। के तैँले मेरो अघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्ने सोचेको थिइस्? के तैँले तेरा बोलीवचन र कर्महरू मैले सुनेको वा देखेको थिइनँ भन्ने ठानेको थिइस्? कसरी तेरा बोलीवचन र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्छ र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिने मौका दिन सक्छु र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!
२६३. म अद्वितीय परमेश्वर स्वयम् हुँ र यसको अतिरिक्त, म एक र परमेश्वरको एक मात्र व्यक्ति हुँ। त्यो भन्दा पनि, म, शरीरको पूर्णता, परमेश्वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो डर नमान्ने आँट गर्छ, जसले तिनीहरूका आँखाहरूमा प्रतिरोध प्रकट गर्ने आँट गर्छ, र जसले मेरो विरुद्धमा चुनौती दिने कुराहरू बोल्ने आँट गर्छ त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधको कारण श्राप आउनेछ)। यसबाहेक, जो मप्रति बफादार नहुने वा जसले छोराछोरीले जस्तो आदर नगर्ने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाको कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र दयालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्वरत्वको स्वभाव होइन; धार्मिकता, प्रताप र न्यायले मात्र म स्वयम् पूर्ण परमेश्वरको स्वभाव बनेको छु। अनुग्रहको युगको अवधिमा म प्रेमिलो र दयालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामको कारण मैले दया र कृपा धारण गरेको थिएँ; तापनि त्यसपछि त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि यता ती कुनै पनि छैनन्)। यो सबै धार्मिकता, महिमा र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७९
२६४. म सबै कुरामाथि शासन गर्दछु, म त्यो बुद्धिमान् परमेश्वर हुँ जसले पूर्ण अख्तियार प्रयोग गर्दछ, र म कसैप्रति दयालु छैनँ; म पूर्ण रूपमा निष्ठुर छु, व्यक्तिगत भावनाहरूबाट पूर्ण रूपमा वञ्चित छु। म जोसुकैसँग (चाहे ऊ जत्ति नै राम्ररी बोलोस्, म उसलाई छोड्ने छैनँ) मेरो धार्मिकता, शुद्धता र प्रतापद्वारा व्यवहार गर्दछु, यस अवधिमा सबैलाई मेरा कामहरूको चमत्कार देख्न सक्ने, साथै मेरा कामहरूको अर्थ बुझ्न सक्ने तुल्याउँछु। मैले एक-एक गरी दुष्टात्माहरूलाई तिनीहरूले गरेका हरप्रकारका कार्यहरूका लागि दण्ड दिएँ र तिनीहरू प्रत्येकलाई अतल कुण्डमा फ्याँकिदिएँ। यो काम मैले समय सुरु हुनुभन्दा अघि समाप्त गरें, तिनीहरूको निम्ति कुनै स्थिति छोडिनँ, तिनीहरूका निम्ति काम गर्ने कुनै ठाउँ छोडिनँ। मेरो चुनिएका मानिसहरू—मद्वारा पूर्वनिर्धारण गरिएकाहरू र छनौट गरिएकाहरू—कोही पनि कहिल्यै दुष्टात्माद्वारा ग्रस्त हुन सक्दैन, र त्यस्तो सट्टामा, तिनीहरू सधैँ पवित्र रहनेछन्। मैले पूर्वनिर्धारण नगरेका र नचुनेकाहरूलाई चाहिँ म शैतानको हातमा दिनेछु, र तिनीहरूलाई उप्रान्त रहन दिनेछैनँ। सबै पक्षहरूमा, मेरो प्रशासनिक आदेशहरूमा मेरो धार्मिकता र मेरो प्रताप सम्मिलित छन्। जस-जसमा शैतानले काम गर्दछ तिनीहरू एकै जनालाई पनि म छोड्नेछैनँ, तर तिनीहरूका शरीरसितै तिनीहरूलाई पातालमा फालिदिनेछु, किनकि म शैतानलाई घृणा गर्दछु। म कुनै पनि प्रकारले त्यसलाई सजिलै बचाउनेछैन, तर त्यसलाई आफ्नो काम गर्ने थोरै मौका समेत नदिइकन पूर्ण रूपमा नाश पार्नेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७०
२६५. म आफ्नो सम्पूर्ण क्रोध, मेरो महान् शक्ति र मेरो सम्पूर्ण बुद्धि प्रकट गर्न तिनीहरू प्रत्येकलाई सजाय दिन्छु, जो मद्वारा जन्मेर पनि मलाई चिन्दैनन्। ममा, सबै धर्मी छ, र कुनै अधर्म, कुनै छल र कुनै कुटिलपन हुँदैन; जो कुटिल र छली छ त्यो पातालबाट जन्मेको नरकको छोरो हुनुपर्छ। ममा सबै कुरा खुल्ला छ; म जे-जे भन्छु ती पूरा हुनेछन्, साँच्चै पूरा हुनेछन्; मैले जे-जे स्थापित हुनेछन् भनी भन्छु ती स्थापित हुनेछन्, र कसैले पनि यी कुराहरू बदल्न वा अनुकरण गर्न सक्दैनन्, किनकि म एक मात्र परमेश्वर स्वयम् हुँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९६
२६६. म दुष्टलाई दण्ड र असललाई इनाम दिनेछु, म मेरो धार्मिकता लागू गर्नेछु, म मेरो न्याय कार्यान्वित गर्नेछु, र म सबै थोक सम्पन्न गर्न मेरा वचनहरू प्रयोग गर्नेछु, र यसरी सबै मानिस र सबै थोकलाई मेरो हातको सजाय अनुभव गराउनेछु। म निश्चय नै सबै मानिसहरूलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देखाउनेछु। न्यायको दौरान विद्रोहमा खडा हुने कसैले आँट गर्नेछैन, किनकि मेरा लागि सबै थोक हासिल हुन्छन्; र यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि मेरा लागि सबै कुरा प्रकट हुन्छन्। मेरो महान् शक्ति र मेरो अख्तियार देखाउन यो पर्याप्त हुन्छ। कसैले पनि मलाई चिढ्याउने आँट गर्नेछैन, र कसैले पनि मलाई बाधा दिने आँट गर्नेछैन। मेरा लागि सबै थोक खुला गरिन्छ—कसले कुनै कुरा लुकाउने आँट गर्नेछ र? म अवश्य नै त्यस्ता व्यक्तिहरूलाई कुनै छोड्नेछैनँ! त्यस्ता दुष्टहरूले मेरो कठोर दण्ड पाउनैपर्छ, र त्यस्ता निकम्मा मानिसहरू मेरो नजरबाट हटाइनुपर्छ। म फलामको डन्डाले उनीहरूमाथि शासन गर्नेछु र अलिकति पनि दया नदेखाई र तिनीहरूका भावनाहरूलाई रत्तीभर विचार नगरी तिनीहरूको न्याय गर्न म आफ्नो अख्तियार प्रयोग गर्नेछु, किनकि म परमेश्वर स्वयम् हुँ, जो देहगत भावनाहीन र प्रतापी हुनुहुन्छ र जसलाई चिढ्याउन सकिँदैन। सबैले यो बुझ्नु र हेर्नुपर्छ, नत्र तिनीहरू मद्वारा कुनै “उद्देश्य वा कारणविना” प्रहार गरिएर ढालिनेछन् र नाश पारिनेछन्, किनकि मलाई चिढ्याउनेहरू सबैलाई मेरो डन्डाले प्रहार गरी ढाल्नेछ। तिनीहरूले मेरा प्रशासनिक आदेशहरू जान्दछन् कि जान्दैनन् त्यसको मलाई कुनै मतलब छैन; त्यो मेरो निम्ति कुनै परिणामको हुनेछैन, किनकि मेरो व्यक्तित्वले कसैले चिढ्याएको सहन गर्दैन। त्यसैकारण म एक सिंह हुँ भनी भनिएको हो; म जसलाई छुन्छु, त्यसलाई प्रहार गरी ढाल्छु। त्यसैले, मलाई करुणा र प्रेमिलोदयालुपनका परमेश्वर हुँ भन्नु ईश्वरनिन्दा हो भनेर भनिएको हो। सारमा, म थुमा होइनँ, बरु सिंह हुँ। कसैले मलाई चिढ्याउने आँट गर्दैन; जसले मलाई चिढ्याउँछ, म उसलाई उसको भावनाको पर्वाह नगरी तुरुन्तै मृत्यु दण्ड दिनेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १२०
२६७. मेरो आवाज न्याय र क्रोध हो; यसले कसैलाई नरम व्यवहार गर्दैन अनि कसैलाई कृपा देखाउँदैन किनभने म स्वयम् धर्मी परमेश्वर हुँ अनि म क्रोधले भरिएको छु, अनि म ज्वलनले, शुद्धीकरणले, अनि विनाशले भरिएको छु। ममा केही पनि लुप्त र कुनै देहगत भावनाहरू छैनन् तर यसको विपरीत, त्यहाँ खुलापन, धार्मिकता र निष्पक्षता छ। मेरा सबै ज्येष्ठ पुत्रहरू असङ्ख्या देशहरू र मानिसहरूलाई न्याय गर्दै मसित मेरो सिंहासनमा भएकाले, अहिले ती अन्यायी र अधर्मी कुराहरू तथा मानिसहरूको न्याय हुन सुरु हुँदैछ। म तिनीहरूलाई एक-एक गरेर जाँचपडताल गर्नेछु र कसैलाई नछुटाइकन तिनीहरूलाई पूर्ण रूपले प्रकट गरिदिनेछु। किनकि मेरो न्याय पूर्ण रूपले प्रकट गरिएको छ र पूर्ण रूपले खुला गरिएको छ, मैले कुनै कुरा बाँकी राखेको छैनँ; मेरा अभिप्रायहरूसित मेल नखाने सबै जनालाई म फ्याँकिदिनेछु, र तिनीहरूलाई अतल कुण्डमा सारा अनन्तसम्मै नष्ट हुन दिनेछु। म त्यसलाई त्यहाँ सदाभरिको लागि जल्न दिनेछु। यो मात्र मेरो धार्मिकता हो र यो मात्र मेरो निष्ठा हो। कसैले यसलाई बदल्न सक्दैन र सबै मेरो हुकुममुनि आउनैपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०३
२६८. मैले बोल्ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि, काम-कुराहरू मेरा वचनहरू अनुसार सम्पन्न हुने निश्चित हुन्छ; मेरो स्वभाव यही हो। मेरा वचनहरू अख्तियार हुन् र जसले तिनलाई संशोधन गर्छ त्यसले मेरो सजाय निम्त्याउँछ, र मैले तिनीहरूलाई प्रहार गर्नैपर्छ। गम्भीर मामिलाहरूमा तिनीहरूले आफ्नो जीवनमा विनाश ल्याउँछन् र तिनीहरू पातालमा, वा अतल कुण्डमा जान्छन्। मैले मानव जातिलाई निराकरण गर्ने एक मात्र तरिका यही हो, र मानिससँग यसलाई परिवर्तन गर्ने कुनै उपाय छैन—यो मेरो प्रशासनिक आदेश हो। यो याद राख! कसैलाई पनि मेरो आदेश उल्लङ्घन गर्ने अनुमति छैन; कामहरू मेरा अभिप्रायहरूअनुसार नै गरिनुपर्छ! विगतमा, मैले तिमीहरूप्रति सहज व्यवहार गरेको थिएँ र तिमीहरूले मेरा वचनहरूको मात्र सामना गऱ्यौ। मैले मानिसहरूलाई प्रहार गरेर ढाल्ने सम्बन्धमा बोलेका वचनहरू अझै पूरा भएका छैनन्। तर मेरा अभिप्रायहरूसँग मिल्दो रूपमा नचल्नेहरूलाई दण्ड दिन आजदेखि सबै विपत्तिहरू (यी मेरो प्रशासनिक आदेशहरूको सम्बन्धमा हुन्) एकपछि अर्को गर्दै आउनेछन्। तथ्यहरूको आगमन हुनुपर्दछ—अन्यथा मानिसहरूले मेरो क्रोध देख्न सक्नेथिएनन्, तर आफैलाई बारम्बार भ्रष्ट पार्नेथिए। यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो, र मैले मेरो कामको अर्को चरण गर्ने तरिका यही हो। म तिमीहरूलाई अग्रिम रूपमा यो भन्छु, यसैले कि तिमीहरू अपराधहरू गर्नबाट र अनन्त विनाश भोग्नबाट बच्न सक। भन्नुको अर्थ, आजको दिनदेखि, म मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै मानिसहरूलाई मेरा अभिप्रायहरूअनुसार तिनीहरूका उचित स्थान लिन लगाउनेछु, र म एकपछि अर्को गर्दै तिनीहरूलाई सजाय दिनेछु। म तीमध्ये एउटालाई पनि उम्कन दिनेछैनँ। तिमीहरूले फेरि भ्रष्ट हुने आँट मात्र गरेर त हेर! तिमीहरूले फेरि विद्रोही हुने आँट मात्र गरेर त हेर! मैले म सबैका निम्ति धर्मी छु, ममा रत्तीभर पनि भावुकता छैन भनेर पहिले नै भनेको छु र यसले मेरो स्वभावलाई उल्लङ्घन गर्नु हुँदैन भन्ने देखाउँछ। मेरो व्यक्तित्व यही हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सबै मानिसहरूले मेरा वचनहरू सुन्छन् र सबै मानिसहरूले मेरो महिमित अनुहार देख्छन्। सबै मानिसहरू पूर्ण रूपमा र ठोस रूपमा ममा समर्पित हुनुपर्छ—मेरो प्रशासनिक आदेश यही हो। ब्रह्माण्डभरिका र पृथ्वीको पल्लो छेउका सबै मानिसहरूले मेरो प्रशंसा र महिमा गर्नुपर्छ, किनकि म अद्वितीय परमेश्वर स्वयम् हुँ, किनकि म परमेश्वरको व्यक्तित्व हुँ। कसैले पनि मेरा वचनहरू र वाणीहरू, मेरो बोलीवचन र चाल-चलनहरू परिवर्तन गर्न सक्दैन, किनकि यी मेरो मात्र विषयहरू हुन्, र यी ती कुराहरू हुन् जुन मैले प्राचीनकालदेखि धारण गरेको छु र जुन अनन्तसम्म रहिरहन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १००
२६९. मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छाप मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्ने देख्न सकिन्छ, किनकि म सबै देशमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ अर्थात् जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २८
२७०. अहिले मैले प्रत्येक व्यक्तिको परिणाम निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख पुस्तकमा, एक-एक गरी, प्रत्येक मानिसका शब्द र कार्यहरू, उनीहरूले मलाई पछ्याएको बाटो, उनीहरूका जन्मजात वर्गीकरण, र तिनीहरूका परम प्रकटीकरणहरू लेख्छु। यसरी, ती मानिसहरू जस्तोसुकै भए पनि, मेरो हातबाट कोही उम्कनेछैन, र उनीहरू सबै मेरो खटनपटनका आधारमा आफ्ना प्रकारअनुसार वर्गीकरण गरिनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
२७१. यदि तैँले धेरै वर्षदेखि विश्वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्वरको स्वभावलाई उल्लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्ना परमेश्वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्वरको स्वभावको विरुद्धमा गरेको उल्लङ्घन कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई कसरी चिन्ने
२७२. मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। सबै प्रकारका दुष्ट कार्यहरू गर्ने, तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरू पनि, आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाउनेहरू रमाउनेछन् र तिनीहरूले मेरो प्रबल शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय सन्तुष्टि अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उनीहरूका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
२७३. म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफूखुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु। उदासपन, साथै रिसको बेलामा, कसैलाई पनि बाँकी नराखी अनि मेरा शत्रुहरूको हृदयमा आतङ्क पैदा गर्दै म सारा ब्रह्माण्डलाई कुल्चिमिल्ची गर्नेछु। म सारा पृथ्वीलाई अवशेषमा परिवर्तन गर्नेछु, र मेरा शत्रुहरूलाई त्यही अवशेषमा खसाल्नेछु, ताकि अबउप्रान्त तिनीहरूले मानवजातिलाई भ्रष्ट नबनाऊन्। मेरो योजना पहिले नै निश्चित भइसकेको छ, र कसैले पनि यसलाई परिवर्तन गर्दैन, चाहे तिनीहरू जोसुकै होऊन्। म ब्रह्माण्डमाथिको प्रतापी वैभवमा डुलिहिँड्ने क्रममा सारा मानवजातिलाई नयाँ बनाइनेछ, र सबैलाई पुनर्जीवित पारिनेछ। मानिसले अबउप्रान्त कहिल्यै पनि बिलौना गर्नेछैन, सहयोगको लागि मलाई पुकार्नेछैन। त्यसपछि मेरो हृदय आनन्दित हुनेछ, र मानिसहरू खुसियाली मनाउँदै मकहाँ फर्कनेछन्। सारा ब्रह्माण्ड तलदेखि माथिसम्मै हर्षोल्लासमा उर्लनेछ …
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २७
२७४. सियोन! रमाऊ! सियोन! गीत गाऊ! म जितको साथ फर्केको छु, म विजयी बनेर फर्केको छु! सबै मानिसहरू! सुव्यवस्थित रूपमा लामबद्ध हुन हतार गर! सृष्टिका सबै थोकहरू! अब रोकिऊ, किनकि मेरो व्यक्तित्वले सम्पूर्ण ब्रह्माण्डको सामना गर्दै छ र संसारको पूर्वमा देखा पर्दै छ! आराधनामा घुँडा नटेक्ने आँट कसले गर्छ? मलाई साँचो परमेश्वर भनी नपुकार्ने आँट कसले गर्छ? कसले डर मान्ने हृदयसाथ माथि नहेर्ने आँट गर्छ? कसले प्रशंसा नगर्ने हिम्मत गर्छ? कसले नरमाउने आँट गर्छ? मेरा मानिसहरूले निश्चित रूपमा मेरो आवाज सुन्नेछन्, र मेरा छोराहरू निश्चित रूपमा मेरो राज्यमा जीवित रहनेछन्! पहाडपर्वत, नदीनाला र सबै थोकहरू अनन्त रूपमा जयजयकार गर्दै नरोकिईकन उफ्रिरहनेछन्। यस बेला, कसैले पनि पछाडि फर्कने हिम्मत गर्नेछैन, र कसैले पनि प्रतिरोध गर्नका निम्ति खडा हुने आँट गर्नेछैन। यो मेरो अचम्मको काम हो, र त्योभन्दा पनि बढी, यो मेरो महान् शक्ति हो! म सबै थोकलाई मेरो डर मान्ने हृदय भएको बनाउनेछु, र त्योभन्दा पनि बढी, म सबै कुरालाई मेरो प्रशंसा गर्ने बनाउनेछु! यो छ हजार वर्षे मेरो व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो, र मैले निर्धारित गरेको कुरा यही हो। न त कुनै व्यक्तिले न त कुनै वस्तु वा कुनै घटनाले नै मेरो प्रतिरोध वा विरोध गर्न खडा हुने आँट गर्छ। मेरा सबै मानिसहरू मेरो पर्वततर्फ (अर्को शब्दमा भन्नुपर्दा, मैले पछि सृष्टि गर्ने संसारतर्फ) आउनेछन् र निश्चित रूपमा मेरो सामु झुक्नेछन्, किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ। (यसले म मेरो शरीरमा भएको बेलालाई बुझाउँछ। देहमा पनि मसँग अख्तियार छ, तर देहमा समय र स्थानको सीमिततालाई नाघ्न नसकिने भएकोले मैले पूर्ण महिमा पाएको छु भनेर भन्न सकिँदैन। मैले देहमा ज्येष्ठ छोराहरूलाई प्राप्त गर्ने भए पनि, मैले महिमा प्राप्त गरेको छु भनेर भन्न सकिँदैन। म सियोनमा फर्केपछि र मैले आफ्नो रूप परिवर्तन गरेपछि मात्र मैले अख्तियार प्राप्त गरेको हुन्छु, अर्थात् मैले महिमा प्राप्त गरेको हुन्छु भनेर भन्न सकिन्छ।) मेरो निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन। मेरो मुखको वचनले सबै नाश हुनेछन्, र मेरो मुखको वचनद्वारा, सबै थोक स्थापित र हासिल हुनेछन्। मेरो महान् शक्ति यही हो र यही नै मेरो अख्तियार हो। म शक्तिले भरिएको र अख्तियारले भरिपूर्ण भएकोले कुनै व्यक्तिले मलाई बाधा दिने हिम्मत गर्न सक्दैन। मैले धेरै पहिले नै सबै कुरामाथि विजय प्राप्त गरेको छु, र विद्रोहका सबै छोराहरूलाई जितेको छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १२०
२७५. परमेश्वरले मानवजातिको सृष्टि गर्नुभयो; चाहे तिनीहरू भ्रष्ट भएका होऊन् वा चाहे तिनीहरूले उहाँलाई पछ्याऊन् वा नपछ्याऊन्, परमेश्वरले मानिसलाई उहाँका खेलौनाहरूको रूपमा होइन, उहाँको सबैभन्दा प्यारा प्रियजनका रूपमा व्यवहार गर्नुहुन्छ—वा मानिसहरूले भन्ने गरे जस्तै, उहाँका सबैभन्दा नजिकका मानिसहरूका रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्वरले उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सिर्जित प्राणी हो भनेर भन्नुभए पनि, यसले दर्जामा केही भिन्नता देखाए पनि, परमेश्वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू वास्तवमा यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छन्। परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्ने महसुस गर्नुहुन्न। न त उहाँले कहिल्यै मानवजातिलाई मुक्ति दिने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठूलो योगदान गरिरहेको छ भन्ने नै ठान्नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ त्यस मार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्वरले कहिल्यै त्यसको श्रेय लिने बारेमा सोच्नुहुन्न वा त्यसो गर्ने कोसिस गर्नुहुन्न। यसको निर्धारण परमेश्वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्वरको स्वभावको साँचो अभिव्यक्ति हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
२७६. मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदा रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म, उहाँ मानिससँग पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म जिउन जीवित नरकमा ओर्लनुभएको छ जहाँ मानिस बस्छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको विद्रोहीपनका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्वरको विरोध गर्न योग्यको छ? परमेश्वरबारे गुनासो गर्नुपर्ने के कारण ऊसँग छ? ऊसँग परमेश्वरलाई सामना गर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू[१] र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (९)
फूटनोटहरू:
१. “बरबादीहरू” मानव जातिको विद्रोहीपनलाई प्रकट गर्न प्रयोग गरिन्छ।
२७७. जब परमेश्वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यही उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो पवित्र देश होस् वा फोहोर देश, उहाँले जहाँसुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यी सबै शैतानद्वारा भ्रष्ट पारिएको छ। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्नो पवित्रतालाई प्रकट गर्नको लागि फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर भूमिका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्ने हो। यी सबै मानवजातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्वरको धार्मिकता देखाउँदछ, र यसले परमेश्वरको सर्वोच्चता अझ राम्ररी प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर भूमिमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भनेर प्रमाणित गर्दैन; यसले केवल सबै सृजित प्राणीहरूलाई मानवजातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको त्रुटिरहित प्रेम प्रकट हुन्छ। परमेश्वर फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, उहाँ पवित्र र धर्मी हुनुहुन्छ। के उहाँको कामको प्रत्येक भाग सबै मानवजातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यी सबै मानवजातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्षअघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइनन् र? यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूमाझ जिउनु र दुःख भोग्नुपर्थ्यो र? र यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रोपटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्नुपर्थ्यो र? के परमेश्वर विश्वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानवजातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा प्रदूषित हुनुहुन्न, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको केवल के अर्थ हुन सक्छ भने मानवजातिप्रति परमेश्वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका नियतिका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ, के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, नम्र र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यी सबै उहाँका पवित्रता होइनन् र? के यी सबै उहाँका धार्मिकता होइनन् र? सबै मानवजाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्वर साँच्चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्ने भए पनि, उहाँले आफूलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानवजातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैनन् र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व
२७८. परमेश्वरले आफूलाई यस्तो स्तरसम्म विनम्र बनाउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा उहाँको काम गर्नुहुन्छ, र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूलाई गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू आपूर्ति गर्नको निम्ति मात्र देह बन्नुभएको होइन। त्योभन्दा महत्त्वपूर्ण कुरा उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय रूपमा भ्रष्ट मानिसहरूमाथि गर्नुहुन्छ। उहाँ यी सबैभन्दा भ्रष्ट मानिसहरूलाई मुक्ति दिनका लागि ठूलो रातो अजिङ्गरको मुटुमै आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्वरले सहनुहुने ठूलो कष्ट मात्र देहधारी परमेश्वरले सहने कष्ट होइन, बरु सबैभन्दा बढी त परमेश्वरका आत्माले चरम अपमान सहनुहुन्छ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एउटा साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्वर देहधारी हुनुभयो र उहाँले देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानवताको जीवन र सामान्य मानवताका खाँचोहरू छन् भनी देख्न सकून। यो कुरा परमेश्वरले आफूलाई निकै हदसम्म विनम्र बनाउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्वरका आत्मा देहमा साकार हुनुभएको छ। उहाँका आत्मा यति सर्वोच्च र महान् हुनुहुन्छ, तैपनि उहाँ आफ्ना आत्माको काम गर्नका लागि एक साधारण मानिसको, एक नगण्य मानिसको स्वरूप धारण गर्नुहुन्छ। तिमीहरू प्रत्येकको क्षमता, अन्तर्ज्ञान, समझ, मानवता, र जीवनका हिसाबमा, तिमीहरू परमेश्वरको यस प्रकारको काम स्वीकार गर्न साँच्चै लायक छैनौ, र तिमीहरू परमेश्वरले तिमीहरूका खातिर यस्तो कष्ट सहनुको साँच्चै लायक छैनौ। परमेश्वर अत्यन्तै उच्च हुनुहुन्छ। उहाँ निकै हदसम्म सर्वोच्च हुनुहुन्छ, र मानिसहरू निकै हदसम्म तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा अझै पनि काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति आपूर्ति गर्न, मानिसहरूसँग बोल्न देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै जिउनु समेत हुन्छ। परमेश्वर अत्यन्तै विनम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ
२७९. परमेश्वरले गर्ने हरेक कुराको महत्त्व निकै गहन छ। उदाहरणका लागि, येशूको क्रूसीकरणलाई विचार गर्। येशू किन क्रूसमा टाँगिनुपर्थ्यो? के यो सबै मानवजातिलाई छुटकारा दिनका लागि थिएन र? त्यसैले, परमेश्वरको वर्तमान देहधारण र उहाँले संसारको कष्ट अनुभव गर्नुको पनि ठूलो महत्त्व छ—यो मानवजातिको सुन्दर गन्तव्यका लागि हो। परमेश्वर आफ्ना काममा, सधैँ नै जे सबैभन्दा व्यावहारिक हुन्छ ठिक त्यही गर्नुहुन्छ। परमेश्वरले किन मानिसलाई पापरहित र परमेश्वरसामु आउने सौभाग्य पाउन सक्ने ठान्नुहुन्छ? किनभने येशूलाई क्रूसमा टाँगियो, उहाँले मानिसको पाप बोक्नुभयो, र मानवजातिलाई छुटकारा दिनुभयो। त्यसोभए, किन मानिसले अबउप्रान्त कष्ट भोग्नु, शोक मान्नु, आँसु झार्नु, र सुस्केरा हाल्नु पर्दैन? किनभने परमेश्वरको वर्तमान देहधारणले यो सब कष्ट आफूमाथि लिनुभएको छ र यो कष्ट अहिले मानिसको खातिर आफैले भोग्नुभएको छ। यो त एक आमाले आफ्नो बिरामी बच्चालाई हेरेर बच्चा निको भए आफ्नो आयु छोटियोस् भनेर कामना गर्दै स्वर्गलाई प्रार्थना गरेजस्तै हो। परमेश्वर पनि यसरी नै काम गर्नुहुन्छ, अनि मानवजातिका लागि आउने सुन्दर गन्तव्यसित साट्नका लागि उहाँको पीडा अर्पित गर्नुहुन्छ। त्यसउप्रान्त कुनै शोक, आँसु, सुस्केरा र कष्ट हुने छैन। परमेश्वर मूल्य चुकाउनुहुन्छ, मानवजातिले पाउने सुन्दर गन्तव्यका लागि संसारको कष्ट व्यक्तिगत रूपमा भोग्दै मोल तिर्नुहुन्छ। सुन्दर गन्तव्यसित “साट्नको लागि” यो गरिएको छ भन्नुको अर्थ परमेश्वरसँग मानवजातिलाई सुन्दर गन्तव्य दिने शक्ति वा अख्तियार छैन भन्ने होइन, बरु परमेश्वर मानिसहरूलाई पूर्ण विश्वस्त तुल्याउनका लागि अझै व्यावहारिक र शक्तिशाली प्रमाण खोज्न चाहनुहुन्छ भन्ने हो। परमेश्वरले यो कष्ट पहिल्यै भोगिसक्नुभएको छ, त्यसकारण मानवजातिलाई यो सुन्दर गन्तव्यमा पुर्याउन, मानवजातिलाई यो सुन्दर गन्तव्य र प्रतिज्ञा दिन उहाँ योग्य हुनुहुन्छ, उहाँसँग शक्ति छ, र त्योभन्दा पनि बढी उहाँसँग अख्तियार छ। शैतान पूर्णतया विश्वस्त हुनेछ; ब्रह्माण्डका सारा सृष्टि पूर्णतया विश्वस्त हुने छन्। अन्त्यमा, परमेश्वरले मानवजातिलाई उहाँको प्रतिज्ञा र प्रेम प्राप्त गर्न दिनुहुने छ। परमेश्वरले गर्ने सबै कुरा व्यावहारिक हुन्छन्, उहाँले गर्नुहुने कुनै पनि कुरा रित्तो हुँदैन, र उहाँ यो सब आफै अनुभव गर्नुहुन्छ। परमेश्वरले मानवजातिको गन्तव्यका साटोमा कष्टसम्बन्धी उहाँको आफ्नै अनुभवको मूल्य चुकाउनुहुन्छ। के यो व्यावहारिक काम होइन र? आमाबुबाले आफ्ना छोराछोरीका खातिर ठूलो मूल्य तिर्न सक्छन्, र त्यसले आफ्ना छोराछोरीप्रतिको उनीहरूको प्रेमलाई दर्साउँछ। यसो गर्ने क्रममा, निश्चय नै देहधारी परमेश्वर मानवजातिप्रति सबैभन्दा इमानदार र बफादार हुनुहुन्छ। परमेश्वरको सार विश्वासयोग्य छ; उहाँ जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, र उहाँ जे गर्नुहुन्छ त्यो हासिल गर्नुहुन्छ। उहाँले मानिसहरूका लागि गर्ने सबै कुरा सच्चा छन्—उहाँ वचनहरू मात्र व्यक्त गर्नुहुन्न। बरु जब उहाँ मूल्य चुकाउनेछु भनी भन्नुहुन्छ, तब उहाँ वास्तविक मूल्य चुकाउनुहुन्छ; जब उहाँ मानिसका दुःखहरू आफैमा लिन्छु र तिनीहरूका सट्टामा दुःख भोग्छु भनी भन्नुहुन्छ, तब उहाँ वास्तवमा तिनीहरूबीच बास गर्न आउनुहुन्छ, यस दुःखलाई व्यक्तिगत रूपमा महसुस र अनुभव गर्नुहुन्छ। त्यसपछि, ब्रह्माण्डमा भएका सबै थोकले परमेश्वरले गर्ने सबै काम सही र धार्मिक हुन्छ, परमेश्वरले गर्ने सबै कुरा वास्तविक हुन्छ भनी स्वीकार गर्नेछन्: यो शक्तिशाली प्रमाण हो। यसको अतिरिक्त, भविष्यमा मानवजातिको एउटा सुन्दर गन्तव्य हुनेछ, र बाँकी रहनेहरू सबैले परमेश्वरको प्रशंसा गर्नेछन्; परमेश्वरले गरेका कामहरू वास्तवमा मानवजातिप्रति उहाँको प्रेमको कारण थियो भनी तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्। परमेश्वर मानिसका बीचमा नम्र बनेर एक साधारण मानिसको रूपमा आउनुहुन्छ। उहाँ केही काम गरेर, केही वचनहरू बोलेर सकेपछि छोडेर जानुहुन्न; त्यसको साटो उहाँ संसारको पीडा अनुभव गर्दै बोल्नुहुन्छ, र व्यावहारिक रूपले काम गर्नुहुन्छ। यो पीडा अनुभव गरिसक्नुभएपछि मात्र उहाँ जानुहुनेछ। परमेश्वरको काम यस्तै वास्तविक र व्यावहारिक छ; बाँकी रहने सबैले यसको कारण उहाँको प्रशंसा गर्नेछन्, र तिनीहरूले मानिसप्रति परमेश्वरको विश्वासयोग्यपन र उहाँको हृदयको दयालुपन देख्नेछन्। परमेश्वरको सुन्दरता र भलापनको सारलाई उहाँको देहधारणको महत्त्वमा देख्न सकिन्छ। उहाँ जे गर्नुहुन्छ त्यो सच्चा हुन्छ; उहाँ जे भन्नुहुन्छ त्यो गम्भीर र विश्वासयोग्य हुन्छ। उहाँले गर्ने अभिप्राय राखेका सबै कुरा, उहाँले व्यावहारिक रूपमै गर्नुहुन्छ; जब मूल्य तिर्नुपर्छ, उहाँ साँच्चै त्यो तिर्नुहुन्छ; उहाँ केवल वचनहरू मात्र व्यक्त गर्नुहुन्न। परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ; परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। देहधारणको महत्त्वको दोस्रो पक्ष
२८०. परमेश्वरले मानवजातिको उहाँको व्यवस्थापन र उहाँले मानवजातिलाई दिनुहुने मुक्तिको यस घटनालाई अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण मान्नुहुन्छ। उहाँ यी कुराहरू केवल आफ्नो मनले मात्र गर्नुहुन्न, र केवल आफ्ना वचनहरूले गर्नुहुन्न, अनि त्यत्तिकै त निश्चय नै गर्नुहुन्न—उहाँ यी कुराहरू आफ्ना अभिप्रायहरूका साथ, एउटा योजना, एउटा लक्ष्य, र मानकहरूका साथ गर्नुहुन्छ। यो देख्न सकिन्छ कि मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको यस घटनाले परमेश्वर र मानिस दुवैका निम्ति ठूलो महत्त्व राख्दछ। काम जतिसुकै कठिन भए पनि, यसका व्यवधानहरू जतिसुकै ठूला भए पनि, मानिसहरू जतिसुकै कमजोर भए पनि, वा मानवजातिको विद्रोहीपन जतिसुकै गहन भए पनि, यीमध्ये कुनै पनि परमेश्वरका निम्ति कठिन हुँदैनन्। परमेश्वरले आफूलाई व्यस्त राख्नुहुन्छ, उहाँले आफ्नो रगत-पसिना समर्पित गर्दै हुनुहुन्छ, र उहाँ आफूले गर्न चाहनुभएको काम व्यवस्थापन गर्दै हुनुहुन्छ; उहाँले सबै कुरा प्रबन्ध पनि गरिरहनुभएको छ, र उहाँले काम गर्न चाहनुभएका ती सबै मानिस र गर्न चाहनुभएका सबै काममाथि सार्वभौमिकता राखिरहनुभएको छ—यी सबै अभूतपूर्व कुरा हुन्। मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिनका लागि यो वृहत् परियोजना गर्न परमेश्वरले यी विधिहरू प्रयोग गर्नुभएको र यति ठूलो मूल्य चुकाउनुभएको यो पहिलो पटक हो। जब परमेश्वरले यी सबै काम गरिरहनुभएको हुन्छ, तब उहाँले अलि-अलि गर्दै, पूर्ण रूपमा आफ्नो रगत-पसिना, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको बुद्धि तथा सर्वशक्तिमान्ता, र उहाँको स्वभावको हरेक पक्षलाई मानवजातिसामु व्यक्त गरिरहनुभएको र देखाइरहनुभएको हुन्छ। यी विधिहरूमा भएको अभिव्यक्ति र प्रदर्शन अभूतपूर्व छ। त्यसैले, सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरले व्यवस्थापन गर्ने र मुक्ति दिने लक्ष्य राख्नुभएका मानिसहरू बाहेक, कुनै पनि प्राणी परमेश्वरसित यति निकट भएका छैनन्, र कुनै पनि प्राणीको उहाँसित यस्तो घनिष्ठ सम्बन्ध रहेको छैन। उहाँको हृदयमा, उहाँले व्यवस्थापन गर्न र मुक्ति दिन चाहनुभएको मानवजाति अग्रस्थानमा छ, र उहाँ यस मानवजातिलाई अरू सबथोकभन्दा बढी महत्त्व दिनुहुन्छ। उहाँले तिनीहरूका निम्ति ठूलो मूल्य चुकाउनुभएको भए पनि, र तिनीहरूले उहाँलाई निरन्तर चोट पुर्याएका र उहाँविरुद्ध विद्रोह गरेका भए पनि, उहाँसँग कुनै गुनासा वा पछुतो छैनन्, उहाँ अझै पनि तिनीहरूलाई त्याग्नुहुन्न वा तिनीहरूलाई छोड्नुहुन्न, र उहाँ अनवरत रूपमा आफ्नो काम गरिरहनुहुन्छ। यस्तो किन हुन्छ भने, उहाँलाई थाहा छ कि ढिलो-चाँडो, उहाँका वचनको बोलावटप्रति मानिसहरू जाग्ने, उहाँका वचनहरूद्वारा उत्प्रेरित हुने, अनि सृष्टिका प्रभु उहाँ नै हुनुहुन्छ भनी चिन्ने, र त्यसपछि उहाँको छेउमा फर्कने दिन आउनेछ …
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
२८१. जब तैँले मानवजातिप्रति परमेश्वरका विचारहरू तथा मनोवृत्तिलाई साँचो रीतिले बुझ्न सक्छस्, जब तैँले हरेक सिर्जित प्राणीको निम्ति परमेश्वरका स्नेह र चिन्तालाई साँचो रीतिले बुझ्न सक्छस्, तब सृष्टिकर्ताद्वारा सृष्टि भएका मानिसहरू प्रत्येकको लागि खर्चिने समर्पण तथा प्रेमलाई तैँले बुझ्न सक्नेछस्। जब यो हुनेछ, तब परमेश्वरको प्रेमलाई बुझ्न तैँले दुई वटा शब्दहरू प्रयोग गर्नेछस्। ती दुई शब्दहरू के-के हुन्? कतिपय मानिसहरूले “निस्वार्थ” भन्छन् र कतिपय मानिसहरूले “परोपकारी” भन्छन्। यी दुई शब्दहरूमध्ये “परोपकारी” भन्ने शब्द परमेश्वरको प्रेमलाई बयान गर्न सुहाउँदो छैन। मानिसहरूले उदार वा विशाल मन भएको व्यक्तिलाई व्याख्या गर्न यो शब्दको प्रयोग गर्छन्। यो शब्दलाई म घृणा गर्छु किनकि यसले जथाभाबी, कुनै भेदभाव नगरी, कुनै सिद्धान्तको परवाह नगरीकन परोपकार गर्ने कुरालाई जनाउँछ। यो भावनाको एउटा प्रकटीकरण हो, जुन मूर्ख तथा अन्योलमा परेका मानिसहरूमा हुने गर्छ। जब परमेश्वरको प्रेमलाई बयान गर्न यो शब्दको प्रयोग गरिन्छ, तब त्यसमा ईश्वरनिन्दाको भाव अवश्य नै हुन्छ। परमेश्वरको प्रेमलाई उपयुक्त ढङ्गले बयान गर्ने मसित यहाँ दुई वटा शब्दहरू छन्। ती के-के हुन् त? पहिलो हो, “असीम”। के यो शब्द अत्यन्तै उत्प्रेरणात्मक छैन र? दोस्रो शब्द हो, “विशाल”। यी शब्दहरू पछाडि व्यावहारिक अर्थ छ जसलाई म परमेश्वरको प्रेम बयान गर्न प्रयोग गर्छु। अक्षरिक रूपमा लिँदा, “असीम” ले कुनै कुराको आयतन वा क्षमतालाई बयान गर्छ, तर त्यो कुरा जतिसुकै ठूलो भए तापनि, यो यस्तो कुरा हो जसलाई मानिसहरूले छुन वा देख्न सक्छन्। किनभने यसको अस्तित्व हुन्छ—यो एउटा अमूर्त वस्तु होइन तर मानिसहरूलाई तुलनात्मक रूपमा सही र व्यवहारिक ढङ्गले विचारहरू प्रदान गर्न सक्ने कुरा हो। यसलाई तैँले चाहे दुई वा तीन आयामको दृष्टिकोणले हेरे तापनि यसको अस्तित्वलाई तैँले कल्पना गर्नु आवश्यक छैन, किनकि यो वास्तवमै साँचो रूपले अस्तित्वमा भएको कुरा हो। “असीम” भन्ने शब्दले परमेश्वरको प्रेमलाई बयान गर्दा यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्ने प्रयास गरेको जस्तो भाव दिए तापनि, यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भन्ने अनुभूति पनि दिन्छ। म भन्छु कि परमेश्वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिन्छ किनकि उहाँको प्रेम रित्तो छैन, न त यो मनगढन्ते कुरा हो। बरु, यो परमेश्वरको शासनमुनि रहेका सबै कुराहरूले पाउने कुरा हो, सारा सृष्टिहरूले विविध स्तरहरू तथा विभिन्न दृष्टिकोणहरूबाट उपभोग गर्ने कुरा हो। मानिसहरूले यसलाई देख्न वा छुन नसके तापनि, यस प्रेमले सबै कुराहरूलाई तब भरणपोषण गर्छ र जीवन दिन्छ जब यसलाई तिनीहरूको जीवनमा थोरै-थोरै गरेर प्रकट गरिन्छ, अनि तिनीहरूले बितेर जाने हरेक क्षणमा उपभोग गर्ने परमेश्वरको प्रेमलाई भरोसा गर्छन् र त्यसको गवाही दिन्छन्। म परमेश्वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भनी भन्छु किनकि सबै कुराको निम्ति परमेश्वरका विचारहरू, अनि निश्चित रूपमा मानिसहरूका लागि उहाँका विचारहरू जस्तै, परमेश्वरले सबै कुराहरूको निम्ति प्रबन्ध गर्नुहुन्छ अनि तिनीहरूलाई पालनपोषण गर्नुहुन्छ भन्ने कुराको रहस्यलाई बुझ्नु मानिसहरूको निम्ति कठिन छ। भन्नुको अर्थ, सृष्टिकर्ताले मानवजातिको निम्ति बगाउनुभएको रगत र आँसुलाई कसैले पनि जान्दैन। आफ्नै हातहरूले सृष्टि गर्नुभएको मानवजातिको निम्ति सृष्टिकर्तासित भएको प्रेमको गहिराइ वा वजन कसैले आत्मसात् गर्न सक्दैन, कसैले बुझ्न सक्दैन। परमेश्वरको प्रेमलाई असीम भनी बयान गर्नु भनेको मानिसहरूलाई यसको अस्तित्वको चौडाइ तथा सत्यतालाई सराहना तथा बुझ्न सहायता गर्नु हो। यो यसकारण पनि हो ताकि मानिसहरूले अझ गहिरो प्रकारले “सृष्टिकर्ता” को व्यावहारिक अर्थलाई राम्ररी बुझ्न सकून्, ताकि मानिसहरूले “सिर्जित प्राणी” भन्ने संज्ञाको साँचो अर्थको गहिरो बुझाइ हासिल गर्न सकून्। “विशाल” भन्ने शब्दले सामान्यतया कुन कुराको व्याख्या गर्दछ? सामान्यतया समुद्र वा ब्रम्हाण्डका व्याख्या गर्न यसको प्रयोग गरिन्छ, उदाहरणको लागि: “विशाल ब्रम्हाण्ड” वा “विशाल समुद्र”। ब्रम्हाण्डका फैलावट तथा अति गहिराइ मानव समझभन्दा परको कुरा हो; यो यस्तो कुरा हो जसले मानिसको कल्पनालाई उत्तेजित गर्छ, यस्तो कुरा जसको निम्ति तिनीहरूले ठूलो विस्मयको अनुभूति गर्छन्। यसको रहस्य तथा गम्भीरतालाई देख्न त सकिन्छ तर यी पहुँचभन्दा पर छन्। जब तँ समुद्रको बारेमा सोच्छस्, तँ यसको चौडाइको बारेमा सोच्छस्—यो असीमित देखिन्छ, अनि तैँले यसको रहस्य र थोकहरूलाई थाम्न सक्ने यसको ठूलो क्षमतालाई अनुभूति गर्न सक्छस्। त्यसैले, यो कति बहुमूल्य छ भनी अनुभूति गर्न, उहाँको प्रेमको अथाह सुन्दरता अनि उहाँको प्रेमको शक्ति अनन्त र व्यापक छ भनी अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले परमेश्वरको प्रेमलाई बयान गर्न “विशाल” भन्ने शब्दको प्रयोग गरेको हुँ। उहाँको प्रेमको पवित्रतालाई अनुभूति गर्न, र उहाँको प्रेमद्वारा प्रकट गरिएको परमेश्वरको गौरव तथा उल्लङ्घन गर्न नसकिने उहाँको स्वभाव अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले यो शब्दको प्रयोग गरेँ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
२८२. परमेश्वरको सार र स्वभावमा यस्तो केही कुरा छ जसलाई बेवास्ता गर्न सजिलो छ, यस्तो कुरा जुन परमेश्वरमा मात्र छ र अन्य कुनै मानिसमा छैन, अन्य व्यक्तिहरूले महान् ठानेका मानिसहरू, असल मानिसहरू वा तिनीहरूका कल्पनाका परमेश्वरमा पनि छैन। यो कुरा के हो त? यो परमेश्वरको निःस्वार्थीपन हो। निःस्वार्थीपनको कुरा गर्दा तैँले आफूलाई पनि एकदमै निःस्वार्थ ठान्न सक्छस्, किनकि जब तेरा छोराछोरीको कुरा हुन्छ, तब तैँले तिनीहरूसँग कहिले पनि मोलतोल र सौदा गर्दैनस्, वा जब तेरा अभिभावकहरूको कुरा आउँछ तब पनि तैँले आफूलाई तिनीहरूप्रति निःस्वार्थ रहेको ठान्न सक्छस्। तैँले जेसुकै सोचे तापनि तँमा कम्तीमा पनि निःस्वार्थ शब्दको अवधारणा छ र तैँले यो सकारात्मक शब्द हो र निःस्वार्थ व्यक्ति हुनु भनेको भद्रता हो भन्ने सोच्छस्। जब तँ निःस्वार्थ हुन्छस्, तैँले आफैलाई ठूलो मान दिन्छस्। तर सबै कुराहरूमा, मानिसहरू, घटनाहरू, वस्तुहरूमाझ र उहाँको काममा परमेश्वरको निःस्वार्थीपन देख्ने कोही पनि छैन। अवस्था किन यस्तो छ त? किनकि मानिस धेरै स्वार्थी छ! म किन त्यसो भन्छु त? मानवजाति भौतिक संसारमा जिउँछ। तैँले परमेश्वरलाई पछ्याउन सक्छस्, तर तैँले कहिले पनि परमेश्वरले कसरी तेरो भरणपोषण गर्नुहुन्छ, कसरी तँलाई प्रेम गर्नुहुन्छ र कसरी तेरो निम्ति चासो देखाउनुहुन्छ भन्ने कुरा देख्दैनस् वा सराहना गर्दैनस्। त्यसो भए तैँले; के देख्छस् त? तैँले तँलाई प्रेम वा स्नेह गर्ने तेरो रगतको साइनो भएका आफन्त जनहरू देख्छस्। तैँले तेरो देहको निम्ति फाइदा हुने कुराहरू देख्छस्, तैँले आफूले प्रेम गर्ने मानिस र वस्तुहरूको वास्ता गर्छस्। मानिसको तथाकथित निःस्वार्थीपन भनेको नै यही हो। यद्यपि, त्यस्ता “निःस्वार्थ” मानिसहरूले तिनीहरूलाई जीवन दिनुहुने परमेश्वरको बारेमा कहिले पनि चासो देखाउँदैनन्। परमेश्वरको निःस्वार्थीपनको तुलनामा मानिसको निःस्वार्थीपन स्वार्थी र घृणित हुन्छ। मानिसले विश्वास गर्ने निःस्वार्थीपन खोक्रो र अवास्तविक, मिलावट भएको, परमेश्वरसँग नमिल्ने र परमेश्वरसँग सम्बन्ध नभएको हुन्छ। मानिसको निःस्वार्थीपन उसकै निम्ति हुन्छ भने परमेश्वरको निःस्वार्थीपन उहाँको सारको साँचो प्रकटीकरण हो। यथार्थमा परमेश्वरको निःस्वार्थीपनकै कारण परमेश्वरद्वारा निरन्तर मानिसको भरणपोषण हुन्छ। मैले आज कुरा गर्दै गरेको विषयले तिमीहरूलाई गहिरो प्रभाव नपारेको हुन सक्छ र तिमीहरूले केवल सहमतिमा टाउको हल्लाएको मात्र हुनसक्छ, तर जब तैँले तेरो हृदयमा परमेश्वरको हृदयको सराहना गर्ने कोसिस गर्छस्, तैँले नचाहँदा-नचाहँदै यो पत्ता लगाउनेछस्: तैँले यो संसारमा महसुस गर्ने सबै मानिसहरू, पदार्थहरू र वस्तुहरूमाझ परमेश्वरको निःस्वार्थीपन मात्र वास्तविक र मूर्त छ किनकि तेरो लागि परमेश्वरको प्रेम मात्र शर्त रहित र निष्कलङ्क छ। परमेश्वरबाहेक अरू जोकोहीको तथाकथित निःस्वार्थीपन बनावटी, सतही, अप्रामाणिक हुन्छ; यसमा उद्देश्य हुन्छ, निश्चित अभिप्रायहरू हुन्छन्, यसमा केही पाउँदा केही गुमाउने हुन्छ र यो परीक्षामा खरो उत्रन सक्दैन। तिमीहरूले यसलाई फोहोरी र घृणित समेत भन्न सक्छौ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
२८३. मानिस परमेश्वरसँग शत्रुवत् भएकोले उहाँ मानिसलाई घृणा गर्नुहुन्छ, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र कृपा कहिल्यै परिवर्तन हुँदैन। उहाँले मानवजातिको विनाश गर्नुभएको भए पनि, उहाँको हृदय अपरिवर्तित नै रहन्छ। जब मानवजाति भ्रष्टताले भरिन्छ र परमेश्वरप्रति गम्भीर हदसम्म विद्रोही हुन्छ, तब परमेश्वरले उहाँको स्वभाव र सारका कारण, र उहाँका सिद्धान्तहरूअनुसार, यस मानवजातिलाई नष्ट गर्नुपर्ने हुन्छ। तर परमेश्वरको सारका कारण उहाँ अझै पनि मानवजातिमाथि दया गर्नुहुन्छ, र तिनीहरू जिउन जारी राख्न सकून् भनेर मानवजातिलाई फिर्ता ल्याउन विभिन्न तरिकाहरू प्रयोग गर्न समेत चाहनुहुन्छ। तर, मानिसले, परमेश्वरको विरोध गर्छ, परमेश्वरविरुद्ध विद्रोह गर्न जारी राख्छ र परमेश्वरको मुक्ति स्वीकार गर्न इन्कार गर्छ; भन्नुको अर्थ, मानिसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्छ—परमेश्वरले उसलाई जसरी बोलाउनुभए पनि, उसलाई जसरी सम्झाउनुभए पनि, उसका निम्ति जसरी आपूर्ति गरिदिनुभए पनि, उसलाई जसरी सहायता गर्नुभए पनि, वा उसलाई जसरी सहनुभए पनि, मानिसले त्यो बुझ्दैन, वा ऊ त्यसको कदर गर्दैन, न त उसले कुनै ध्यान नै दिन्छ। परमेश्वरले आफ्नो पीडामा, मानिसलाई अझै पनि अधिकतम सहनशीलता प्रदान गर्न भुल्नुहुन्न, मानिस फर्किन्छ कि भनेर पर्खनुहुन्छ। उहाँ आफ्नो सीमामा पुग्नुभएपछि, बिनासङ्कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुहुने क्षणदेखि मानवजातिको विनाश गर्ने काम औपचारिक रूपमा सुरु गर्नुहुने समयसम्म निश्चित समयावधि र प्रक्रिया हुन्छ। यो प्रक्रिया मानिस फर्किनका खातिर अस्तित्वमा हुन्छ, र यही नै परमेश्वरले मानिसलाई दिनुहुने अन्तिम मौका हो। त्यसोभए मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्वरले के गर्नुहुन्छ? परमेश्वरले भारी मात्रामा सम्झाउने र अर्ती दिने काम गर्नुहुन्छ। परमेश्वरको हृदय जतिसुकै पीडा र शोकमा भए तापनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुहुन्छ। यसबाट हामी के देख्छौँ? निःसन्देह, हामी देख्छौँ कि मानवजातिप्रति परमेश्वरको प्रेम वास्तविक छ, यो केवल बोलीमा मात्र सीमित छैन। यो वास्तविक, मूर्त र अनुभूत गर्न सकिने छ, नक्कली, मिलावट भएको, छली वा कपटी छैन। परमेश्वरले कहिले पनि छलको प्रयोग गर्नुहुन्न वा उहाँ प्रेमयोग्य हुनुहुन्छ भन्ने देखाउन नक्कली छवि प्रयोग गर्नुहुन्न। उहाँले आफ्नो प्रेमिलोपन मानिसहरूलाई देखाउनको निम्ति वा आफ्नो प्रेमिलोपन र पवित्रताको देखावटी प्रदर्शन गर्न कहिले पनि झूटो साक्षीको प्रयोग गर्नुहुन्न। के परमेश्वरको स्वभावका यी पक्षहरू मानिसको प्रेमको योग्य छैनन्? के तिनीहरू आराधनाका योग्य छैनन्? के तिनीहरू स्नेहपूर्वक याद गरिन योग्य छैनन्? यस बिन्दुमा म तिमीहरूलाई सोध्न चाहन्छु: यी वचनहरू सुनेपछि के तिमीहरू परमेश्वरको महानता खाली कागजमा लेखिएका खोक्रा शब्दहरू मात्र हुन् भन्ने सोच्छौ? के परमेश्वरको प्रेमिलोपन खोक्रा शब्दहरू मात्र हुन्? होइनन्! अवश्य होइनन्! उहाँले आफ्नो काम गर्नुहुँदाको हरेक समय व्यवहारिक अभिव्यक्ति प्राप्त गर्ने परमेश्वरको सर्वोच्चता, महानता, पवित्रता, सहनशीलता, प्रेम आदि जस्ता परमेश्वरको स्वभाव र सारका विविध पक्षहरूको हरेक विवरण मानिसप्रति उहाँका अभिप्रायहरूमा समाविष्ट छन् र हरेक व्यक्तिमा ती पूरा गरिन्छन् र प्रतिबिम्बित हुन्छन्। तैँले यसको अनुभव पहिले गरेको वा नगरेको भए पनि परमेश्वर हरप्रकारले हरेक व्यक्तिको हेरचाह गर्ने स्वभावको हुनुहुन्छ र उहाँले हरेक व्यक्तिको हृदयलाई चेतावनी दिन र हरेक व्यक्तिको आत्मालाई ब्यूँझाउनको निम्ति उहाँको निष्कपट हृदय, बुद्धि, र विभिन्न विधिहरूको प्रयोग गर्नुहुन्छ। यो निर्विवाद तथ्य हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १