८. परमेश्‍वरको कामलाई जान्‍ने सम्बन्धी वचनहरू

२८४. परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उहाँले उनीहरूलाई पृथ्वीमा राख्नुभयो र उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ, पछि उहाँले उनीहरूलाई मुक्ति दिनुभयो र मानवजातिका निम्ति पापबलिका रूपमा सेवा गर्नुभयो, र अन्तमा, उहाँले अझै मानवजातिलाई विजय गर्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्ति दिनुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि अन्त्यसम्म नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने हुन्छ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्‍वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्‍नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्‍वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र विद्रोहीपन हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

२८५. मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू समावेश छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगहरूमा मेरो काम हरेक युगअनुसार विषयवस्तुमा भिन्‍न छ, तर प्रत्येक चरणमा यो काम मानिसका आवश्यकताहरूअनुसार गरिन्छ—वा अझै सटिक रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिहरूअनुसार यो गरिन्छ। उद्देश्य भनेको शैतानलाई पराजित गर्नु, मेरो बुद्धि र सर्वशक्तिमान्‌ता प्रकट गर्नु, शैतानका सबै युक्तिहरू खुलासा गर्नु, र त्यसमार्फत शैतानको सत्ताअन्तर्गत जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो बुद्धि र सर्वशक्तिमान्‌ता देखाउन र शैतानको असहनीय कुरूपता प्रकाश गर्नका लागि हो; अनि त्यो भन्दा पनि अझै बढी, यो सृजित प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने, म नै सबै थोकको सार्वभौम हुँ भनी जान्ने, शैतान मानवजातिको शत्रु हो, पतित, दुष्ट हो भनी स्पष्टसित देख्ने तुल्याउनका लागि हो, र तिनीहरूलाई असल र दुष्ट, सत्यता र झूट, पवित्रता र फोहोर, र महान् र नीचबीचको भिन्‍नतालाई पूर्ण निश्‍चितताका साथ चिन्‍ने तुल्याउनका लागि हो। यसरी, मानवजातिलाई भ्रष्ट तुल्याउने मैले होइन, र केवल मैले—सृष्टिकर्ताले—मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई उनीहरूले आनन्द उठाउने कुराहरू दिन सक्छु भनेर अज्ञानी मानवजाति मेरो गवाही दिन सक्षम हुनेछ; अनि तिनीहरूले जान्न पुग्नेछन् कि म नै यावत् थोकको सार्वभौम हुँ र शैतान केवल ती प्राणीहरूमध्येको एक हो जसलाई मैले सृजना गरेँ र जसले पछि मलाई धोका दियो। मेरो छ-हजार-वर्षे व्यवस्थापन योजना तीन चरणहरूमा विभाजित छ, र सृजित प्राणीहरूलाई मेरो गवाही दिन, मेरा अभिप्राय बुझ्न, र म नै सत्य हुँ भनी जान्न सक्षम तुल्याउने प्रभाव हासिल गर्नका निम्ति म यसरी काम गर्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कामको वास्तविक कथा

२८६. परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्‍ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन बरु मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, मानिसको स्वभावलाई परिवर्तन गरेर, अनि शैतानलाई परास्त गरेर परमेश्‍वरलाई गवाही दिनु हो। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। प्रारम्भिक मानवजाति परमेश्‍वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताका कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्‍वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्‍वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात् मानिसलाई शैतानले कैदमा राखेपछि फिर्ता लिनैपर्छ। तसर्थ, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी मानिस, जसलाई कैद गरिएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

२८७. परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँको कामलाई गति दिने उहाँ स्वयम् नै हुनुहुन्छ, त्यसैले पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई हराउनुभएको र संसारमाथिको उहाँको विजयको प्रमाण हो। प्रत्येकचोटि उहाँ स्वयम्ले मानिसमाझ काम गर्नुहुँदा, त्यो एक नयाँ लडाइँको सुरुवात हो। नयाँ कामको सुरुवातविना, स्वाभाविक रूपमै पुरानोको अन्त्य हुनेथिएन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त हुन बाँकी छ भन्‍ने कुराको प्रमाण हो। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ काम गर्नुहुन्छ भने मात्र, मानिस शैतानको शक्तिबाट पूर्णतः उम्कन सक्छ र उसले नयाँ जीवन र नयाँ सुरुवात प्राप्त गर्न सक्छ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ। परमेश्‍वरले अगुवाइ गर्नुभएको हरेक युगमा, मानिसको एक अंश स्वतन्त्र हुन्छ, र यसरी मानिस परमेश्‍वरको कामसहित नयाँ युगतर्फ अगि बढ्छ। परमेश्‍वरको विजय हुनुको अर्थ उहाँलाई पछ्याउने सबैको विजय हो। यदि सृष्टि गरिएको मानव जातिलाई युगको अन्त्य गर्ने जिम्मेवारी दिइयो भने त्यो मानिस वा शैतानको दृष्टिकोणबाट हुन्छ, र त्यो परमेश्‍वरको विरोध गर्नु वा उहाँलाई धोका दिनुभन्दा कम हुँदैन, त्यो परमेश्‍वरमा समर्पित हुने कार्य हुँदैन, र मानिसले गर्ने काम शैतानको हतियार बन्दछ। यदि मानिस परमेश्‍वर आफैले सुरु गर्नुभएको युगमा परमेश्‍वरमा समर्पित हुन्छ भने मात्र शैतानलाई पूर्ण रूपले विश्‍वस्त तुल्याउन सकिन्छ, किनकि सृष्टि गरिएको प्राणीको कर्तव्य त्यही नै हो। त्यसकारण म भन्छु, कि तिमीहरूले केवल उहाँलाई पछ्याउनु र तिमीहरू उहाँमा समर्पित हुनुपर्छ, त्योभन्दा बढी तिमीहरूले गर्नुपर्दैन। प्रत्येकले आफ्नो कर्तव्य पालन गर्नु र प्रत्येकले आ-आफ्नो काम गर्नु भनेको यही नै हो। परमेश्‍वरले आफ्‍नै काम गर्नुहुन्छ र उहाँको खातिर मानिसले यो गरिदिनु आवश्यक छैन, न त उहाँ सृष्टि गरिएका प्राणीहरूको काममा नै सहभागी बन्‍नुहुन्छ। मानिसले आफ्‍नै कर्तव्य पूरा गर्छ र ऊ परमेश्‍वरको काममा सहभागी हुँदैन। यो मात्र समर्पणता र शैतानको हारको प्रमाण हो। परमेश्‍वर आफैले नयाँ युग सुरु गर्ने काम समाप्त गर्नुभएपछि मानव जातिको बीचमा काम गर्न फेरि उहाँ आफै आउनुहुन्न। तब मात्र मानिसले आफ्नो काम गर्न र सृष्टि गरिएको एक प्राणीको रूपमा उसको काम पूरा गर्न आधिकारिक रूपमा नयाँ युगमा पाइला टेक्छ। यी नै ती सिद्धान्तहरू हुन् जसद्वारा परमेश्‍वरले काम गर्नुहुन्छ, जसलाई कसैले उल्लङ्घन गर्न सक्दैन। यस तरिकाले कार्य गर्नु मात्र समझदारी र व्यावहारिक हुन्छ। परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँको कामलाई गति दिने उहाँ नै हुनुहुन्छ, र उहाँको काम समाप्त गर्ने उहाँ नै हुनुहुन्छ। कामको योजना बनाउने, र त्यसलाई व्यवस्थापन गर्ने उहाँ नै हुनुहुन्छ, र अझ बढी, कामलाई फलदायी बनाउने उहाँ नै हुनुहुन्छ। बाइबलमा भनिएझैँ, “आदि र अन्त्य म नै हुँ; बीउ छर्ने र कटनी गर्ने म नै हुँ।” परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित यो सबै काम उहाँ आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ; उहाँको सट्टा कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्तिमा ल्याउन सक्दैन, किनकि सबै थोक आफ्नो हातमा राख्नुहुने उहाँ नै हुनुहुन्छ। संसार सृष्टि गर्नुभएकाले, उहाँ सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुनेछ, र उहाँले निश्चय नै सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुनेछ, यसरी आफ्नो सम्पूर्ण योजनालाई फलदायी बनाउनुहुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

२८८. परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुभएको थियो र यदि त्यस्तो नभएको भए कसैले पनि मानवजातिलाई सृष्टि गर्न सक्नेथिएन; दोस्रो चरण सम्पूर्ण मानवजातिको उद्धार गर्नु थियो र यो पनि परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा आफै गर्नुभयो; तेस्रो चरणबारे केही भनिरहनुपर्दैन: परमेश्‍वरका सबै कामहरूको अन्त्य पनि परमेश्‍वर स्वयम्‌द्वारै गरिनु अझ बढी जरुरी छ। सम्पूर्ण मानवजातिलाई उद्धार गर्ने, जित्ने, प्राप्त गर्ने र सिद्ध बनाउने काम व्यक्तिगत रूपमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम गर्नुभएन भने, मानिसद्वारा उहाँको पहिचानको प्रतिनिधित्व हुन सक्दैन, न त मानिसद्वारा उहाँको काम गरिन नै सक्छ। शैतानलाई हराउन, मानवजातिलाई प्राप्त गर्न र पृथ्वीमा मानिसलाई सामान्य जीवन दिनका लागि उहाँले मानिसलाई व्यक्तिगत रूपमा डोऱ्याउनुहुन्छ र मानिसहरूको माझमा व्यक्तिगत रूपले काम गर्नुहुन्छ; उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको खातिर र आफ्ना सबै कामका लागि उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुपर्छ। यदि मानिसले परमेश्‍वरलाई देखोस् भनी उहाँ आउनुभएको हो, मानिसलाई खुसी पार्न आउनुभएको हो भनी उसले विश्‍वास गर्छ भने, त्यस्तो विश्‍वासको कुनै मूल्य हुँदैन, कुनै महत्त्व हुँदैन। मानिसको बुझाइ अति सतही छ! यो काम परमेश्‍वर आफैले गर्नुभयो भने मात्र उहाँले त्यसलाई पूरै र सम्पूर्ण रूपमा गर्न सक्नुहुन्छ। यदि मानिसले यो काम गर्ने हो भने, ऊ परमेश्‍वरको स्थान लिन असमर्थ हुनेछ। उसँग परमेश्‍वरको पहिचान वा वास्तविक गुण नभएकोले, ऊ परमेश्‍वरको काम गर्न असक्षम छ र यदि मानिसले यो काम गऱ्यो भने पनि त्यसको कुनै असर हुँदैन। परमेश्‍वर पहिलो पटक सारा मानवजातिलाई छुटकारा दिन, पापबाट छुटकारा दिन, मानिसलाई शुद्ध हुने र उसका पापहरूको क्षमा पाउने योग्यको बनाउन देह बन्नुभयो। विजयको काम पनि परमेश्‍वरले मानिसहरूको बीचमा व्यक्तिगत रूपमै गर्नुभयो। यदि यस चरणको अवधिमा, परमेश्‍वरले अगमवाणी मात्रै बोल्नुहुन्थ्यो भने, एकजना अगमवक्ता वा कुनै वरदान पाएको व्यक्तिलाई पाउन सकिन्थ्यो जसले उहाँको स्थान लिन सक्थ्यो; यदि केवल अगमवाणी मात्र बोलिएको हुन्थ्यो भने, मानिस परमेश्‍वरका लागि खडा हुन सक्थ्यो। तापनि यदि मानिस आफैले व्यक्तिगत रूपले परमेश्‍वरको काम गर्ने कोसिस गरेको भए र मानिसको जीवनको लागि काम गर्ने कोसिस गरेको भए, उसले यो काम गर्न असम्भव हुनेथियो। यो काम परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपले गर्नुपर्छ: यो काम गर्न परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नुपर्छ। वचनको युगमा, यदि अगमवाणी मात्र बोलिएको भए, यो काम यशैया वा एलिया अगमवक्ताले गर्न सक्थे र परमेश्‍वर आफैले यो काम गर्नुपर्ने आवश्यकता हुँदैनथ्यो। यस चरणमा गरिएको काम अगमवाणी बोल्नु मात्र नभएकोले र मानिसलाई जित्न र शैतानलाई हराउन वचनहरूको काम प्रयोग गर्नु महत्त्वपूर्ण भएकोले, यो काम मानिसले गर्न सक्दैन र यसलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा गर्नुपर्छ। व्यवस्थाको युगमा यहोवाले आफ्नो कामको एक भाग गर्नुभयो, त्यसपछि उहाँले केही वचनहरू बोल्नुभयो र अगमवक्ताहरूद्वारा केही काम गर्नुभयो। किनभने मानिसले यहोवाको काममा उहाँको स्थान लिनसक्छ र दर्शीहरूले हुन आउने कुराहरू भन्न सक्छ र उहाँको तर्फबाट केही सपनाहरूको अर्थ पनि खोल्न सक्छ। सुरुमा गरिएको काम मानिसको स्वभावलाई सीधै परिवर्तन गर्नका निम्ति थिएन र मानिसको पापसँग सम्बन्धित थिएन र मानिसले केवल व्यवस्थाको पालन गर्नु आवश्यक थियो। यसैले यहोवा मानिस बन्नुभएन र उहाँले आफूलाई प्रकट गर्नुभएन; यसको सट्टामा उहाँ सीधै मोशा र अरूसँग बोल्नुभयो, तिनीहरूलाई उहाँको पक्षमा बोल्न र काम गर्न लाउनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा मानवजातिको बीचमा काम गर्न लगाउनुभयो। परमेश्‍वरको कामको पहिलो चरण मानवजातिको नेतृत्व थियो। त्यो शैतानविरुद्धको युद्धको सुरुवात थियो, तर यो युद्ध आधिकारिक रूपमा सुरु हुनु बाँकी नै थियो। शैतानविरुद्धको आधिकारिक युद्ध परमेश्‍वरको पहिलो देहधारणबाट सुरु भयो र यो आजको दिनसम्म जारी रहेको छ। यस युद्धको पहिलो लडाइँ देहधारी परमेश्‍वर क्रूसमा टाँगिनुभएको बेला भएको थियो। देहधारी परमेश्‍वरको क्रूसीकरणले शैतानलाई हरायो, र यो युद्धको पहिलो सफल चरण थियो। जब देहधारी परमेश्‍वरले प्रत्यक्ष रूपमा मानिसको जीवनमा काम गर्न थाल्नुभयो, यो मानिसलाई पुन: प्राप्ति गर्ने कामको आधिकारिक सुरुवात थियो र यो मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने काम भएकोले यो शैतानसित युद्ध गर्ने काम थियो। सुरुमा यहोवाले गर्नुभएको कामको चरण केवल पृथ्वीमा मानिसको जीवनलाई नेतृत्व गर्नु थियो। यो परमेश्‍वरको कामको सुरुवात थियो र यसमा कुनै युद्ध वा कुनै ठूलो काम सामेल नभएको भए पनि त्यसले आउनेवाला युद्धको जग बसाल्यो। पछि, अनुग्रहको युगको अवधिको कामको दोस्रो चरणमा मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने कार्य सामेल थियो, जसको अर्थ यो हो कि मानव जीवन परमेश्‍वर आफैले बनाउनुभएको हो। यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्थ्यो: यसका लागि परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नु आवश्यक थियो। यदि उहाँ मानिस बन्नुभएको थिएन भने, यस चरणको काममा अरू कसैले पनि उहाँको स्थान लिन सक्दैनथियो, किनकि त्यसले शैतानविरुद्ध प्रत्यक्ष लड्ने कामको प्रतिनिधित्व गर्थ्यो। यदि मानिसले परमेश्‍वरको तर्फबाट यो काम गरेको भए, जब मानिस शैतानको सामु उभिन्थ्यो तब शैतान झुक्नेथिएन र त्यसलाई हराउन असम्भव हुनेथियो। त्यसलाई पराजित गर्ने देहधारी परमेश्‍वर नै हुनुपर्थ्यो, किनकि देहधारी परमेश्‍वरको सार अझै पनि परमेश्‍वर नै हुन्छ, उहाँ अझै पनि मानिसको जीवन हुनुहुन्छ र उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जे हुन्छ, उहाँको पहिचान र वास्तविक गुण परिवर्तन हुनेछैन। यसैले उहाँले देहधारण गर्नुभयो र शैतानलाई पूर्ण समर्पित गराउन काम गर्नुभयो। आखिरी दिनहरूको कामको अवधिमा यदि मानिसले यो काम गर्नुपर्थ्यो भने र सीधै वचनहरू बोल्न लगाइएको थियो भने, ऊ ती बोल्न असमर्थ हुनेथियो र यदि अगमवाणीहरू बोलिएका भए, त्यो अगमवाणीले मानिसलाई जित्न सक्दैनथियो। देहधारण गरेर परमेश्‍वर शैतानलाई हराउन र त्यसलाई पूर्ण रूपले झुक्ने तुल्याउन आउनुहुन्छ। जब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुहुन्छ, मानिसलाई पूर्ण रूपमा विजय गर्नुहुन्छ र पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ, तब यो चरणको काम पूरा हुनेछ र सफलता हासिल गरिनेछ। परमेश्‍वरको व्यवस्थापनमा मानिस उहाँको लागि खडा हुन सक्दैन। विशेष गरी, युगको नेतृत्व गर्ने र नयाँ काम सुरु गर्ने कार्य परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नु झन् ठूलो आवश्यकता हुन्छ। मानिसलाई प्रकाश दिने र उसलाई अगमवाणी प्रदान गर्ने काम मानिसले गर्न सक्छ, तर यदि यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्छ, परमेश्‍वर स्वयम् र शैतानबीचको युद्धको काम हो भने, यो काम मानिसले गर्न सक्दैन। कामको पहिलो चरणको अवधिमा जब शैतानसित कुनै युद्ध भइरहेको थिएन, तब यहोवाले अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणी प्रयोग गर्दै इस्राएललाई व्यक्तिगत रूपमा डोऱ्याउनुभयो। पछि, दोस्रो चरणको काम शैतानसितको युद्ध थियो र परमेश्‍वर स्वयम्‌ व्यक्तिगत रूपमा देह बन्नुभयो र यो काम गर्न देहमा आउनुभयो। शैतानविरुद्धको युद्ध संलग्न कुनै पनि कुरामा परमेश्‍वरको देहधारण पनि सामेल हुन्छ, जसको अर्थ यो युद्ध मानिसले लड्न सक्दैन भन्‍ने हो। यदि मानिसले युद्ध गर्नुपरेको भए, ऊ शैतानलाई हराउन असमर्थ हुनेथियो। शैतानकै सत्तामा बसेर ऊसँग त्यसको युक्तिविरुद्ध लड्ने शक्ति कसरी हुन्थ्यो र? मानिस बीचमा छ: यदि तँ शैतानतर्फ झुक्छस् भने, तँ शैतानको होस् तर यदि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्छस् भने, तँ उहाँको होस्। यदि यो युद्धको काममा मानिसले परमेश्‍वरको पक्षमा खडा हुने कोसिस गरेको भए र खडा भएको भए के ऊ सक्षम हुनेथियो? यदि उसले त्यसो गरेको भए, के ऊ धेरै समय अघि नै नाश हुनेथिएन? के ऊ धेरै समय अघि नै पाताल लोकमा प्रवेश गरिसकेको हुनेथिएन र? यसैले मानिसले परमेश्‍वरको काममा उहाँको स्थान लिन सक्दैन, जसको अर्थ यो हो कि मानिससँग परमेश्‍वरको सार हुँदैन र यदि तैँले शैतानसँग युद्ध गरिस् भने, त्यसलाई हराउन सक्नेथिएनस्। मानिसले केवल केही काम मात्रै गर्न सक्दछ; उसले केही मानिसहरूलाई जित्न सक्छ तर ऊ परमेश्‍वरको स्वयम्‌को काममा परमेश्‍वरको स्थानमा खडा हुन सक्दैन। मानिसले कसरी शैतानसँग युद्ध गर्न सक्थ्यो र? तैँले युद्ध सुरु गर्नुभन्दा पहिले नै शैतानले तँलाई कैदी बनाउनेथियो। जब परमेश्‍वर स्वयम्‌ले शैतानसँग युद्ध गर्नुहुन्छ र मानिसले यसै आधारमा परमेश्‍वरलाई पछ्याउँछ र उहाँप्रति समर्पण गर्छ, तब मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन सक्छ र शैतानका बन्धनहरूबाट उम्कन सक्छ। मानिसले जुन कुराहरू आफ्नै बुद्धि र क्षमताहरूले हासिल गर्न सक्छ ती अति सीमित छन्; ऊ मानिसलाई पूर्ण बनाउन, उसलाई डोऱ्याउन र त्यसबाहेक शैतानलाई हराउन असमर्थ छ। मानिसको ज्ञान र बुद्धिले शैतानका योजनाहरूलाई असफल बनाउन सक्दैन, त्यसैले मानिसले त्योसँग कसरी युद्ध गर्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

२८९. छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र स्थिति र मानवजातिको समग्र विकाससम्‍बन्धी प्रवाहहरूमा आधारित छ; व्यवस्थापन कार्य पनि सोहीअनुरूप बिस्तारै मात्रै परिवर्तन भएको छ। यी सबै सृष्टिको सुरुवातदेखि योजना गरिएको थिएन। संसारको सृष्टि हुनुभन्दा पहिले, वा त्यसपछि चाँडै, यहोवाले कार्यको पहिलो चरण अर्थात् व्यवस्थाको कार्य; कार्यको दोस्रो चरण अर्थात् अनुग्रहको कार्य; वा कार्यको तेस्रो चरण अर्थात् विजयको कार्य—जुन उहाँले सुरुमा मोआबका केही सन्तानबाट सुरु गर्नुहुनेथियो, र यसद्वारा सम्पूर्ण ब्रह्माण्ड विजय गर्नुहुनेथियो—त्यसको योजना बनाउनुभएको थिएन। संसारलाई सृष्टि गरिसकेपछि, उहाँले यी वचन कहिल्यै बोल्‍नुभएन, न त मोआबपछि नै ती उहाँले कहिल्यै बोल्‍नुभयो; वास्तवमा, लोतभन्दा पहिले, ती उहाँले कहिल्यै उच्‍चारण गर्नुभएन। परमेश्‍वरका सबै काम तत्‍कालीन रूपमा गरिन्छ। उहाँको व्यवस्थापनको सम्पूर्ण छ हजार वर्षे कार्यको विकास पनि ठीक यसरी नै भएको छ; उहाँले संसारको सृष्टि हुनुभन्दा पहिले कुनै पनि हालतमा “मानवजातिको विकासको सारांश चार्ट” जस्तो योजना लेख्‍नुभएन। परमेश्‍वरको काममा, उहाँ के हुनुहुन्छ, त्यो प्रत्यक्ष रूपमा व्यक्त गर्नुहुन्छ; योजना बनाउन उहाँले आफ्‍नो दिमाग खियाउनुहुन्‍न। अवश्‍य नै, केही अगमवक्ताले निकै धेरै अगमवाणी बोलेका छन्, तर परमेश्‍वरको कार्य सधैँ नै सटीक योजनाअन्तर्गत नै रह्यो भन्‍न सकिँदैन; ती अगमवाणी परमेश्‍वरको त्यस समयको कार्यअनुसार गरिएका थिए। उहाँले गर्नुहुने सबै काम सबभन्दा व्यावहारिक काम हुन्छन्। उहाँले हरेक युगको विकासअनुसार यो गर्नुहुन्छ, र कामकुराहरू कसरी परिवर्तन हुन्छन् त्यसैको आधारमा गर्नुहुन्छ। उहाँको लागि, आफ्‍नो काम गर्नु भनेको रोगमा औषधी उपयुक्त हुनुजस्तै हो; उहाँले आफ्नो काम गर्ने क्रममा अवलोकन गर्नुहुन्छ, र आफ्ना अवलोकनअनुसार आफ्‍नो काम जारी राख्‍नुहुन्छ। आफ्‍नो कामको हरेक चरणमा, परमेश्‍वर आफ्‍नो प्रचुर बुद्धि र शक्ति व्यक्त गर्न सक्षम हुनुहुन्छ; उहाँले आफ्नो प्रशस्त बुद्धि र अख्तियार कुनै निश्‍चित युगको कामका आधारमा प्रकट गर्नुहुन्छ, र उहाँले त्यस युगमा फर्काएर ल्याउनुभएका सबैलाई उहाँको सम्पूर्ण स्वभाव देख्‍ने तुल्याउनुहुन्छ। उहाँले हरेक युगमा गरिनुपर्ने कामअनुसार नै मानिसको खाँचो आपूर्ति गर्नुहुन्छ, र जे काम गर्नुपर्ने हो, त्यो गर्नुहुन्छ। शैतानले जुन हदसम्‍म मानिसलाई भ्रष्ट तुल्याएको छ त्यसकै आधारमा उहाँले तिनीहरूको खाँचो आपूर्ति गरिदिनुहुन्छ। … मानवजातिबीच परमेश्‍वरले गर्ने कुनै पनि कार्यको तयारी संसारको सृष्टि हुँदा नै गरिएको थिएन; बरु, परिस्थितिको विकासले नै परमेश्‍वरलाई मानवजातिको बीचमा चरणबद्ध अनि अझै वास्तविक र व्यावहारिक रूपमा आफ्‍नो काम गर्ने तुल्याएको छ। उदाहरणको लागि, यहोवा परमेश्‍वरले स्‍त्रीलाई प्रलोभन गर्न सर्पको सृष्टि गर्नुभएन; त्यो उहाँको निश्‍चित योजना थिएन, न त त्यो उहाँले जानी-जानी पहिले नै निर्धारित गर्नुभएको कुरा नै थियो। त्यो अनपेक्षित घटना थियो भनेर भन्‍न सकिन्छ। तसर्थ, यही कारणले यहोवाले आदम र हव्‍वालाई अदनको बगैँचाबाट निकाल्नुभयो र फेरि कहिल्यै मानिस सिर्जना नगर्ने शपथ खानुभयो। तैपनि, यही जगमा मात्रै मानिसले परमेश्‍वरको बुद्धि पत्ता लगाउँछन्। यो मैले यसभन्दा पहिले भनेको जस्तै हो: “म शैतानका षड्यन्त्रहरूअनुसार मेरो बुद्धि प्रयोग गर्छु।” मानवजाति जति भ्रष्ट भए पनि वा सर्पले तिनीहरूलाई जसरी प्रलोभन गरे पनि, यहोवासँग उहाँको बुद्धि छँदैछ; तसर्थ, संसारको सृष्टि गरेदेखि नै उहाँ नयाँ काममा संलग्‍न हुनुहुन्छ, र यो कामको कुनै पनि चरण कहिल्यै दोहोरिएको छैन। शैतानले निरन्तर रूपमा षड्यन्त्रहरू लागू गरेको छ, मानवजाति निरन्तर रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र यहोवा परमेश्‍वरले अटुट रूपमा आफ्‍नो बुद्धिमानी काम गर्नुभएको छ। संसारको सृष्टि गरेपछि उहाँ कहिल्यै असफल हुनुभएको छैन, न त उहाँले कहिल्यै काम गर्न नै छोड्नुभएको छ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, उहाँले भ्रष्टताको स्रोत अर्थात् त्यस शत्रुलाई विजय गर्न तिनीहरूका बीचमा काम गरिरहनुभएको छ। प्रारम्‍भदेखि नै यो युद्ध सुरु भएको छ, र संसारको अन्त्य भइञ्‍जेल जारी रहनेछ। यति धेरै काम गर्दा, यहोवा परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसलाई उहाँको महान् मुक्ति प्राप्त गर्ने मात्र तुल्याउनुभएको छैन, तर तिनीहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता र अख्तियार देख्‍ने पनि तुल्याउनुभएको छ। यसका साथै, अन्त्यमा उहाँले दुष्टलाई दण्ड र असललाई इनाम दिने उहाँको धर्मी स्वभाव देखाउनुहुनेछ। उहाँले शैतानसँग आजको दिनसम्‍मै युद्ध गर्नुभएको छ र उहाँ कहिल्यै हार्नुभएको छैन। किनभने उहाँ बुद्धिमानी परमेश्‍वर हुनुहुन्छ, र उहाँले शैतानका षड्यन्त्रहरूका आधारमा आफ्‍नो बुद्धि प्रयोग गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले स्वर्गमा भएका यावत् थोकलाई उहाँको अख्‍तियारमा समर्पित हुने मात्रै तुल्याउनुहुन्‍न, तर उहाँले पृथ्वीका यावत् थोकलाई उहाँको पाउदानमुनि विश्राम गर्ने तुल्याउनुभएको छ र, त्यसका साथै, मानवजातिलाई आक्रमण र हैरान गर्ने दुष्टहरूलाई उहाँको सजायमा खस्ने तुल्याउनुहुन्छ। उहाँकै बुद्धिका कारण यी सबै कामका परिणाम आउँछन्। मानवजातिको अस्तित्वभन्दा पहिले उहाँले आफ्‍नो बुद्धिलाई कहिल्यै पनि प्रकट गर्नुभएको थिएन, किनभने स्वर्ग, पृथ्वी, वा ब्रह्माण्डमा कतै पनि उहाँको शत्रु थिएन, र प्रकृतिमा आक्रमण गर्ने कुनै पनि अन्धकारका शक्ति थिएन। प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिएपछि उहाँले पृथ्वीमा मानवजातिको सृष्टि गर्नुभयो, र मानवजातिकै कारण उहाँले प्रधान स्‍वर्गदूत अर्थात् शैतानसँगको सहस्राब्दीयौं लामो युद्ध—हरेक अर्को चरणसँगै अझै उग्र हुँदै जाने युद्ध—सुरु गर्नुभयो। यी हरेक चरणमा उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि उपस्थित छन्। त्यसपछि मात्रै स्वर्ग र पृथ्वीका सबै चीजले परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र खास गरी परमेश्‍वरको व्यावहारिकताको साक्षी देखेका छन्। उहाँले आजको दिनसम्‍म पनि यस्तै व्यावहारिक रूपमा आफ्‍नो काम गर्नुहुन्छ; साथै, उहाँले आफ्‍नो काम गर्ने क्रममा आफ्‍नो बुद्धि र सर्वशक्तिमान्‌तालाई पनि प्रकट गर्नुहुन्छ। उहाँले तिमीहरूलाई कार्यको हरेक चरणको भित्री सत्यता देख्‍ने, परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई ठ्याक्कै व्याख्या गर्ने, साथै, परमेश्‍वरको व्यावहारिकताको अन्तिम व्याख्यालाई हेर्ने तुल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

२९०. पवित्र आत्माको काम सधैँ तत्कालीन रूपमा गरिन्छ; उहाँले कुनै पनि समयमा आफ्‍नो योजना बनाउन सक्‍नुहुन्छ, र यसलाई कुनै पनि समय अघि बढाउन सक्‍नुहुन्छ। पवित्र आत्‍माको कार्य वास्तविक छ, र यो सधैँ नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन, र यो सधैँ उच्‍च हदसम्मै ताजा हुन्छ भनेर म सधैँ किन भन्छु? संसारको सृष्टि हुँदा पहिले नै उहाँको कामको योजना गरिएको थिएन; त्यो पटक्कै भएको होइन! कामको हरेक चरणले यसको सम्‍बन्धित समयमा उचित प्रभाव प्राप्त गर्छ, र ती चरणहरूले एकअर्कालाई अवरोध गर्दैनन्। धेरै पटक, पवित्र आत्माको हालैको कामसँग तेरो मनमा भएका योजनाहरू तुलनायोग्य हुँदैनन्। उहाँको काम मानिसले यो यस्तो हुनुपर्छ भनेर तर्क गरेजस्तो सरल छैन, न त यो, मानिसले कल्‍पना गरेजस्तो जटिल नै छ—यसमा मानिसलाई तिनीहरूको त्यतिबेलाको आवश्यकताअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा आपूर्ति गर्ने कार्य समावेश हुन्छ। मानिसको सारबारे उहाँ जत्ति स्पष्ट अरू कोही छैन, र त्यही कारणले मानिसको यथार्थ खाँचोका निम्ति उहाँले गर्ने काम जत्तिको उपयुक्त अरू केही हुँदैन। त्यसकारण, मानव परिप्रेक्ष्यबाट विचार गर्दा, उहाँको काम कैयौं सहस्राब्दीपहिले नै योजना गरिएको जस्तो देखिन सक्छ। अहिले उहाँले तिमीहरूबीच काम गर्नुहुँदा, तिमीहरू जुन स्थितिमा छौ त्यसलाई हेर्दै काम गर्ने र बोल्‍ने गर्नुहुन्छ, त्यस क्रममा उहाँले मानिसहरूलाई जे खाँचो छ त्यहीअनुसारको वचन बोल्दै, आइपर्ने हरेक स्थितिमा सही वचनहरू बोल्‍नुहुन्छ। उहाँको कामको पहिलो चरणलाई लिऔं: सजायको समय। त्यसपछि, परमेश्‍वरले उहाँको कामलाई मानिसहरूले प्रदर्शन गरेको कुरा, तिनीहरूको विद्रोहीपन, तिनीहरूबाट निस्कने सकारात्मक अवस्थाहरू र नकारात्मक अवस्थाहरू, साथै तिनीहरू नकारात्मकताको निश्चित बिन्दुमा आइपुग्दा खस्किने सबैभन्दा तल्‍लो सीमाको आधारमा सञ्चालन गर्नुभयो; अनि उहाँले आफ्‍नो कामबाट अझै राम्रो परिणाम हासिल गर्न ती कुरालाई पकडमा राख्नुभयो। अर्थात्, कुनै निश्‍चित समयमा तिनीहरूको तत्कालीन अवस्था कस्तो छ त्यहीअनुसार उहाँले मानिसहरूबीच दिगो काम गर्नुहुन्छ; मानिसहरूका वास्तविक अवस्थाहरूअनुसार उहाँले आफ्‍नो कामको हरेक चरणलाई अघि बढाउनुहुन्छ। सृष्टि गरिएका सबै प्राणीहरू उहाँकै हातमा छन्; उहाँले कसरी तिनीहरूलाई नचिन्‍न सक्‍नुहुन्छ र? परमेश्‍वरले गर्नुपर्ने कामको अर्को चरण कुनै पनि समयमा र कुनै पनि स्थानमा मानिसहरूका अवस्थाहरूअनुसार गर्नुहुन्छ। कुनै पनि हालतमा यो काम हजारौं वर्षपहिले योजना गरिएको थिएन; त्यो त मानव धारणा हो! उहाँले आफ्‍नो कामका प्रभावहरूको अवलोकन गर्दै काम गर्नुहुन्छ, र उहाँको काम निरन्तर रूपमा गहन र विकसित हुँदै जान्छ; हरेक पटक, आफ्नो कामका परिणामहरू अवलोकन गरिसकेपछि, उहाँले आफ्‍नो कामको अर्को चरण कार्यान्वयन गर्नुहुन्छ। क्रमिक रूपमा परिवर्तन गर्न र समय बित्दै जाँदा मानिसहरूलाई उहाँको नयाँ काम देखाउन उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। कार्य गर्ने यो शैलीले मानिसहरूको खाँचो पूरा गर्न सक्छ, किनभने परमेश्‍वर मानिसहरूलाई एकदमै राम्ररी चिन्‍नुहुन्छ। उहाँले स्वर्गबाट आफ्‍नो काम यसरी नै गर्नुहुन्छ। त्यसै गरी, यसरी नै देहधारी परमेश्‍वरले वास्तविक परिस्‍थितिहरूअनुसार बन्दोबस्त गर्दै र मानिसहरूबीच काम गर्दै आफ्‍नो काम गर्नुहुन्छ। उहाँको कुनै पनि काम संसारको सृष्टि गरिनुभन्दा पहिले नै बन्दोबस्त गरिएको थिएन, न त यसबारे पहिले नै सतर्कताको साथ योजना नै गरिएको थियो। संसारको सृष्टि गरिएको दुई हजार वर्षपछि, यहोवाले मानवजाति यति धेरै भ्रष्ट भएको देख्‍नुभयो कि व्यवस्थाको युग समाप्त भएपछि, यहोवाले अनुग्रहको युगमा मानवजातिलाई छुटकारा दिने आफ्‍नो काम गर्नुहुनेछ भनेर भविष्यवाणी गर्न उहाँले अगमवक्ता यशैयाको मुख प्रयोग गर्नुभयो। अवश्य नै, यो यहोवाको योजना थियो, तर यो योजना पनि त्यो समय उहाँले अवलोकन गरिरहनुभएका परिस्‍थितिहरूअनुसार नै बनाइएको थियो; अवश्य नै, उहाँले आदमको सृष्टि गरेलगत्तै यसबारे विचार गर्नुभएको थिएन। यशैयाले अगमवाणी मात्रै गरिदिए, तर यहोवाले व्यवस्थाको युगको अवधिमा यस कामको लागि अग्रिम तयारीहरू गर्नुभएको थिएन; बरु, उहाँले अनुग्रहको युगको प्रारम्‍भमा यो कामलाई गति दिनुभयो। यो त्यही बेला थियो, जुन बेला परमेश्‍वर देह बन्‍नुहुनेछ भन्‍ने सन्देशबारे योसेफलाई उजागर गर्न सन्देशवाहक उसको सपनामा देखा परे, अनि त्यसपछि मात्रै उहाँको देहधारणको काम सुरु भयो। मानिसहरूले कल्‍पना गरेजस्तो, परमेश्‍वरले आफ्‍नो देहधारणको कार्यको तयारी संसारको सृष्टि गरेपछि तुरुन्तै गर्नुभएको थिएन; मानवजातिको विकासको हद र शैतानसँगको उहाँको युद्धको अवस्थाको आधारमा मात्रै यससम्बन्धी निर्णय गरिएको थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

२९१. परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन् र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यसरी, मानिसले “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने तथ्य नदेखुञ्जेल, पाइला दर पाइला, यो परमेश्‍वरको व्यवस्थापनको काम यसको शिखरमा पुग्छ, र यस तरिकाले मानिसबाट गरिने मागहरू झन् उच्च बन्छन्, र यसैगरी मानिसले दिनुपर्ने गवाही पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, परमेश्‍वरले त्यति नै महिमा प्राप्त गर्नुहुन्छ। मानिसको सहकार्य भनेको उसले दिनुपर्छ भनी माग गरिएको गवाही हो र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसबाट व्यवस्था र आज्ञाहरूको पालन माग गरिन्थ्यो, र ऊबाट धैर्यता र नम्रता माग गरिन्थ्यो। आज, मानिसबाट परमेश्‍वरका सारा प्रबन्धहरूमा समर्पित हुनुपर्ने र ऊसँग परमेश्‍वरप्रतिको सर्वोच्‍च प्रेम हुनुपर्ने माग गरिन्छ, र अन्ततः सङ्कष्टबीचमा पनि उसले परमेश्‍वरलाई अझै पनि प्रेम गर्नुपर्ने माग गरिन्छ। यी तीन चरणहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपले मानिसबाट गर्ने माग हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै उच्‍च हुन्छन् र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले बिस्तारै आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएका मापदण्डहरूको झन्-झन् नजिक आउँछ, र त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट बिस्तारै निस्किँदै आउन थाल्छ, तबसम्ममा, परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदा, सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुनेछ। जब त्यो समय आउँछ, तब परमेश्‍वरको काम यसको अन्त्यमा पुगेको हुनेछ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यसउप्रान्त परमेश्‍वरसँगको मानिसको सहकार्य हुनेछैन र सारा मानवजाति परमेश्‍वरको ज्योतिमा जिउनेछ र त्यसपछि, परमेश्‍वरविरुद्ध कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्‍वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछैन र मानिस र परमेश्‍वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्‍वरको जीवन अर्थात् परमेश्‍वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि र शैतानका पकडहरूबाट परमेश्‍वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ। परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउन नसक्‍नेहरू त्यस्तो जीवन प्राप्त गर्न असमर्थ हुन्छन्। तिनीहरूले आफैलाई अन्धकारमा खसाएका हुनेछन्, जहाँ तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई नपछ्याउने, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँका सबै कार्यप्रति समर्पित नहुने मानिस हुन्। मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको साँच्चै खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई चिन्नेहरू तिनीहरू मात्रै हुन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिसले “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन हरेक एउटा युगमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन र पवित्र आत्‍माको काम प्राप्त गर्न ऊ सधैँका लागि असमर्थ हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

२९२. नयाँ युग सुरु गर्न परमेश्‍वर आफै आउनुहुन्छ, र त्यो युगलाई समाप्त गर्न परमेश्‍वर आफै आउनुहुन्छ। युग सुरु गर्ने र युग समाप्त गर्ने काम गर्न मानिस असक्षम छ। यदि येशू आउनुभएपछि पनि उहाँले यहोवाको कामलाई समाप्त गर्नुभएको थिएन भने त्यसले उहाँ एक साधारण मानिस मात्र हुनुहुन्थ्यो र परमेश्‍वरको प्रतिनिधित्व गर्न नसक्‍ने व्यक्ति हुनुहुन्थ्यो भन्‍ने प्रमाणित गर्नेथियो। वास्तवमा भन्‍ने हो भने, येशू आउनुभयो र यहोवाको कामलाई समाप्त गर्नुभयो, यहोवाको कामलाई निरन्तरता दिनुभयो र त्यसबाहेक आफ्नै एउटा नयाँ काम पनि गर्दैजानुभयो, ठीक यही कारणले यो एउटा नयाँ युग थियो र येशू परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्थ्यो भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। उहाँहरूले कामका दुई भिन्न-भिन्न चरणहरू गर्नुभयो। एउटा चरण मन्दिरमा पूरा गरियो, र अर्को मन्दिरको बाहिर सञ्चालन गरियो। एउटा चरण व्यवस्था अनुसार मानिसको जीवन डोऱ्याउनु थियो, र अर्को पापको बलिदान चढाउनु थियो। कामका यी दुई चरणहरू स्पष्ट रूपमा फरक-फरक थिए; यसले नयाँ युगलाई पुरानोबाट छुट्ट्याउँछ, र ती दुई भिन्नाभिन्नै युग हुन् भन्नु पूर्ण रूपमा सही हुन्छ। उहाँहरूको कामको स्थान फरक थियो, र उहाँहरूको कामको विषयवस्तु फरक थियो, र उहाँहरूको कामको उद्देश्य पनि भिन्न थियो। त्यसरी नै, ती कामहरूलाई दुई युगहरूमा विभाजन गर्न सकिन्छ: नयाँ र पुरानो करार, यो भनेको नयाँ र पुरानो युग हो। जब येशू आउनुभयो उहाँ मन्दिरमा जानुभएन, जसले यहोवाको युग समाप्त भएको थियो भन्‍ने प्रमाणित गर्दछ। उहाँ मन्दिरभित्र पस्नुभएन, किनकि मन्दिरमा यहोवाको काम समाप्त भइसकेको थियो, र त्यसलाई फेरि गर्नुपर्ने आवश्यक थिएन, र त्यो फेरि गर्नु भनेको दोहोऱ्याउनु मात्रै हुनेथियो। मन्दिरलाई छोडेर, एउटा नयाँ काम सुरु गरेर अनि मन्दिरदेखि बाहिर नयाँ मार्ग सुरु गरेर मात्रै उहाँले परमेश्‍वरको कामलाई आफ्नो चरम बिन्दुमा ल्याउन सक्नुभयो। यदि उहाँ आफ्नो काम गर्न मन्दिरबाट बाहिर नजानुभएको भए, परमेश्‍वरको काम मन्दिरको जगमाथि अड्केर बस्‍नेथियो, र त्यहाँ कुनै नयाँ परिवर्तनहरू हुनेथिएन। यसैले जब येशू आउनुभयो, उहाँ मन्दिरमा प्रवेश गर्नुभएन, र उहाँले मन्दिरमा आफ्नो काम गर्नुभएन। उहाँले मन्दिरको बाहिर काम गर्नुभयो, र आफ्ना चेलाहरूलाई डोऱ्याउँदै आफ्‍नो काम स्वतन्त्र रूपले अघि बढाउनुभयो। परमेश्‍वरले आफ्नो काम गर्न मन्दिरबाट प्रस्थान गर्नुको अर्थ परमेश्‍वरसँग नयाँ योजना थियो भन्‍ने हुन्छ। उहाँको काम मन्दिरको बाहिर सञ्चालन हुनुपर्ने थियो, र कार्यान्वयन गर्ने तरिकामा नियन्त्रित नरहेको नयाँ कार्य हुनुपर्थ्यो। येशू आइपुग्‍नुभएपछि तुरुन्तै उहाँले पुरानो करारको युगको यहोवाको कामलाई समाप्त गर्नुभयो। उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, र त्यो नामले एउटा युग प्रतिनिधित्व गर्छ, अनि उहाँले नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्‍ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्‍नका लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, अझ नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ। पल-पल परमेश्‍वरका आत्माले नयाँ काम गर्दैहुनुहुन्छ, उहाँ कहिल्यै पनि पुरानो तरिका वा नियमहरूमा अल्झेर बस्‍नुहुन्‍न। न त उहाँको कार्य कहिल्यै रोकिएको छ, तर हरेक बितेको क्षण सँगै पूरा हुँदैछ। … यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

२९३. जब प्रभु येशू आउनुभयो, तब उहाँले मानिसहरूलाई परमेश्‍वरले व्यवस्थाको युगलाई बिदा गर्नुभएको छ र नयाँ काम सुरु गर्नुभएको छ र यस नयाँ कामले शबाथ दिन पालन गर्न आवश्यक छैन भनी बताउन आफ्नो व्यवहारिक क्रियाहरूको प्रयोग गर्नुभयो। परमेश्‍वर शबाथ दिनको सीमाहरूबाट बाहिर निस्केर आउनु उहाँको नयाँ कामको एउटा पूर्वाभास मात्र थियो; वास्तविक र महान् काम आउन अझै बाँकी नै थियो। जब प्रभु येशूले आफ्नो काम सुरु गर्नुभयो, तब उहाँले व्यवस्थाको युगका “साङ्लोहरू” लाई पछाडि छोडी सक्नुभएको थियो, अनि त्यस युगका विधिविधान तथा सिद्धान्तहरूलाई तोडेर बाहिर निस्कनुभएको थियो। उहाँमा, व्यवस्थासँग सम्बन्धित कुनै छाप थिएन; उहाँले त्यसलाई पूर्ण रूपले हटाइसक्नुभएको थियो र उपरान्त त्यसलाई पालना गर्नुभएन, र त्यस उपरान्त मानवजातिलाई उहाँले पालना गर्न लगाउनुभएन। त्यसैले, यहाँ तँ देख्न सक्छस् कि प्रभु येशू शबाथ दिनमा गहुँका खेतहरूबाट भएर जानुभयो, र प्रभु येशूले विश्राम लिनुभएन; उहाँले बाहिर काम गरिरहनुभएको थियो, आराम गरिरहनुभएको थिएन। उहाँको यो कार्य मानिसहरूका धारणाहरूको विरोधमा थियो र उहाँ त्यस उपरान्त व्यवस्थाको अधीनमा जिउनुहुन्‍न, उहाँले शबाथ दिनका बन्धनहरूलाई छोड्नुभएको छ र नयाँ काम गर्ने शैलीको साथमा नयाँ स्वरूपमा उहाँ मानवजातिको माझमा देखापर्नुभएको छ भन्‍ने बारे यसले तिनीहरूलाई बतायो। उहाँले आफूसित नयाँ काम ल्याउनुभएको छ, यस्तो काम जुन व्यवस्थाको अधीनमा रहेको अवस्थाबाट उत्पन्न भएर शबाथ दिनबाट बिदा हुँदै सुरु भयो भन्‍ने कुरा उहाँको यस कार्यले मानिसहरूलाई बतायो। जब परमेश्‍वरले आफ्नो नयाँ कामलाई अघि बढाउनुभयो, तब उहाँ उपरान्त विगतमा टाँसिनुभएन, अनि उहाँ व्यवस्थाको युगका विधिविधानहरूको बारेमा उपरान्त चिन्तित हुनुभएन। न त उहाँ पहिलेको युगको आफ्नो कामद्वारा नै प्रभावित हुनुभयो, तर अरू दिनमा झैं शबाथ दिनमा पनि उहाँले आफ्नो काम गर्नुभयो, अनि जब उहाँका चेलाहरू शबाथ दिनमा भोकाउँथे, तब तिनीहरूले खानका निम्ति गहुँका बालाहरू टिप्न सके। यो सबै परमेश्‍वरको दृष्टिमा साह्रै सामान्य थियो। परमेश्‍वरको निम्ति, उहाँले गर्न चाहनुभएको नयाँ काममध्ये धेरैको र उहाँले भन्न चाहनुभएको नयाँ वचनहरूमध्ये धेरैको नयाँ सुरुवात हुनु उचित नै हुन्छ। जब उहाँले कुनै नयाँ काम सुरु गर्नुहुन्छ, न त उहाँले विगतको कामलाई उल्लेख गर्नुहुन्छ, न त त्यसलाई जारी नै राख्‍नुहुन्छ। परमेश्‍वरसित उहाँको कामसम्‍बन्धी सिद्धान्तहरू हुने भएकाले, जब उहाँले नयाँ काम सुरु गर्न चाहनुहुन्छ, त्यो तब हो जब उहाँले मानवजातिलाई आफ्नो कामको नयाँ चरणमा ल्याउन चाहनुहुन्छ, अनि जब उहाँको काम उच्च स्तरमा प्रवेश गर्छ। यदि मानिसहरूले पुराना भनाइहरू र विधिविधानहरू अनुसार नै निरन्तर काम गरिरहन्छन् वा तिनीहरूलाई निरन्तर पक्री राख्छन् भने, उहाँले त्यसलाई सम्झने वा अनुमोदन गर्ने गर्नुहुन्न। किनभने उहाँले पहिले नै नयाँ काम ल्याइसक्नुभएको छ, अनि उहाँको कामको नयाँ चरणमा प्रवेश गरिसक्‍नुभएको छ। जब उहाँले नयाँ काम सुरु गर्नुहुन्छ, उहाँ पूर्ण रूपले एउटा नयाँ स्वरूपमा, पूर्ण रूपले नयाँ कोणबाट अनि पूर्ण रूपले नयाँ तरिकाले मानवजातिकहाँ देखा पर्नुहुन्छ ताकि मानिसहरूले उहाँको स्वभावका विभिन्न पक्षहरू तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो देख्न सकून्। यो उहाँको नयाँ कामका उद्देश्यहरूमध्ये एउटा हो। परमेश्‍वर पुराना कुराहरूमा टाँसिनुहुन्न वा उहाँ हिँडिसकेको बाटो हिँड्नुहुन्न; जब उहाँले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँ मानिसहरूले कल्पना गरे जस्तो, यो निषेध गर्ने र त्यो निषेध गर्ने हुनुहुन्‍न। परमेश्‍वरमा सबै स्वतन्त्र र मुक्त छ, अनि त्यहाँ कुनै निषेध, कुनै बन्देज छैन—उहाँले मानवजातिकहाँ ल्याउनुहुने कुरा भनेका सारा स्वतन्त्रता तथा रिहाइ हो। उहाँ एक जीवित परमेश्‍वर हुनुहुन्छ, एक परमेश्‍वर जो सच्चा र साँचो रूपले अस्तित्वमा हुनुहुन्छ। उहाँ कठपुतली वा माटोको मूर्ति हुनुहुन्न, अनि उहाँ मानिसहरूले प्राणप्रतिष्ठा र आराधना गर्ने मूर्तिहरूभन्दा पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ जीवित र जीवन्त हुनुहुन्छ, अनि उहाँका वचनहरू तथा कामले मानवजातिलाई ल्याउने कुरा भनेको सारा जीवन र ज्योति, स्वतन्त्रता तथा रिहाइ हुन् किनकि उहाँमा सत्यता, जीवन र मार्ग छर उहाँ, उहाँले गर्ने अभिप्राय राख्‍नुभएको सबै काम कुनै पनि कुराको बन्धनमा नपरी गर्नुहुन्छ। मानिसहरूले उहाँको नयाँ कामको बारेमा जे भने पनि र तिनीहरूले त्यसलाई जसरी हेरे तापनि वा मूल्याङ्कन गरे तापनि, उहाँले नहिचकिचाई आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम गर्नुहुन्छ। उहाँको काम वा वचनका सम्बन्धमा कसैका धारणाहरू, वा तिनीहरूले गर्ने दोषारोपण, वा उहाँको नयाँ कामप्रतिको तिनीहरूको कडा विरोध वा प्रतिरोधबारे उहाँ चिन्तित हुनुहुनेछैन। मानव तर्क, वा मानव कल्पना, ज्ञान वा नैतिकता प्रयोग गरेर परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसलाई मापन गरेर वा त्यसबारे फैसला गरेर उहाँको कामलाई बदनाम गर्न, बाधा दिन वा नोक्सानी पुर्‍याउनसृजित प्राणीमध्ये कसैका लागि पनि सम्भव हुँदैन। उहाँको काममा र उहाँले जे गर्नुहुन्छ त्यसमा कुनै प्रतिबन्ध छैन; कुनै व्यक्ति, घटना वा कामकुराद्वारा यसलाई बन्धनमा पारिनेछैन, न त कुनै प्रतिरोधी शक्तिहरूले बाधा दिन्छन्। जहाँसम्म उहाँको नयाँ कामको कुरा छ, उहाँ सदा विजयी राजा हुनुहुन्छ, अनि कुनै पनि प्रतिरोधी शक्तिहरू र मानवजातिका सबै विधर्मी तथा झूटा तर्कहरूलाई उहाँको पाउदानमुनि कुल्चिइन्छ। उहाँले आफ्‍नो कामको जुनसुकै नयाँ चरण कार्यान्वयन गरिरहनुभएको भए पनि, यो निश्चय नै मानवजातिको माझमा विकास र विस्तार हुनेछ, अनि त्यो निश्‍चय नै सारा ब्रह्माण्डभरि विना अवरोध अघि बढ्नेछ र पूर्ण सफलतामा ल्याइनेछ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि, उहाँको अख्तियार र शक्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

२९४. परमेश्‍वरले विभिन्न युगअनुरूप उहाँको वचन बोल्नुहुन्छ र उहाँको काम गर्नुहुन्छ, र उहाँले फरक-फरक युगमा फरक-फरक वचनहरू बोल्नुहुन्छ। परमेश्‍वरले नियमहरू अनुसार काम गर्नुहुन्न वा त्यही काम दोहोऱ्याउनुहुन्न, वा विगतका कुराहरूमा डुब्‍नुहुन्‍न; उहाँ परमेश्‍वर हुनुहुन्छ, जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न, र उहाँले हरेक दिन नयाँ वचन बोल्नुहुन्छ। तैँले आज जे पालन गर्नुपर्छ त्यो पालन गर्नैपर्छ; यो मानिसको जिम्मेवारी र कर्तव्य हो। अहिलेको समयमा त्यो अभ्यास परमेश्‍वरको ज्योति र वचनमा केन्द्रित हुनु महत्त्वपूर्ण छ। परमेश्‍वरले नियमअनुसार गर्नुहुन्न, र आफ्नो बुद्धि र सर्वशक्तिमान्‌ता प्रष्ट पार्न उहाँ विभिन्न दृष्टिकोणबाट बोल्न सक्नुहुन्छ। उहाँ आत्माको, वा मानिसको वा तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुभयो भन्‍ने कुराले कुनै फरक पार्दैन—परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ मानिसको दृष्टिकोणबाट बोल्नुभयो भनेर तैँले उहाँ परमेश्‍वर हुनुहुन्न भनी भन्न सक्दैनस्। परमेश्‍वर विभिन्न दृष्टिकोणबाट बोल्नु भएकोले मानिसहरूका बीचमा धारणाहरू पनि प्रकट भएका छन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरको ज्ञान हुँदैन, अनि उहाँको कामको ज्ञान हुँदैन। यदि परमेश्‍वर सधैँ एउटै दृष्टिकोणबाट बोल्नुभयो भने के मानिसले परमेश्‍वरको विषयमा नियमहरू बनाउँदैनन् र? के परमेश्‍वरले मानिसलाई त्यस्तो किसिमले काम गर्ने अनुमति दिन सक्नुहुन्थ्यो? परमेश्‍वर जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँले त्यसो गर्ने कारणहरू छन्। यदि परमेश्‍वर सधैँ आत्माको दृष्टिकोणबाट बोल्नुभएको थियो भने के तँ उहाँसँग संलग्न हुन सक्‍नेथिइस्? यसैले तँलाई उहाँको वचन दिन र तँलाई वास्तविकतामा डोऱ्याउन उहाँ कहिलेकहीँ तेस्रो व्यक्तिको रूपमा बोल्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा उपयुक्त हुन्छन्। संक्षेपमा, यो सबै परमेश्‍वरद्वारा गरिन्छ, तैँले यसमा शङ्का गर्नु हुँदैन। उहाँ परमेश्‍वर हुनुहुन्छ, यसैले उहाँ जुनै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँ सधैँ परमेश्‍वर नै हुनुहुनेछ। यो अपरिवर्तनीय सत्यता हो। उहाँले जसरी काम गर्नुभए पनि उहाँ परमेश्‍वर हुनुहुन्छ, उहाँको सार बदलिँदैन। पत्रुसले परमेश्‍वरलाई यति धेरै प्रेम गर्थे र तिनी परमेश्‍वरको आफ्नै अभिप्रायअनुसारका मानिस थिए, तर परमेश्‍वरले प्रभु र ख्रीष्टको रूपमा तिनको साक्षी दिनुभएन, किनकि एउटा प्राणीको सार जे छ त्यही हो, त्यो कहिल्यै बदलिन सक्दैन। परमेश्‍वरले आफ्नो काम नियमहरू अनुसार गर्नुहुन्न, तर आफ्नो कामलाई अझ प्रभावकारी बनाउन र उहाँको विषयमा मानिसको ज्ञानलाई अझ गहिरो बनाउन उहाँले विभिन्न तरिकाहरू प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नुहुने प्रत्येक तरिकाले उहाँलाई चिन्न मानिसलाई सहायता गर्दछ, र त्यो मानिसलाई सिद्ध बनाउनको निम्ति हो। उहाँले काम गर्ने जुनसुकै तरिका प्रयोग गर्नु भए पनि त्यो हरेक मानिसलाई निर्माण गर्न र सिद्ध बनाउनका निम्ति हो। उहाँको काम गर्ने एउटा तरिका धेरै समयसम्म रहे पनि त्यो उहाँप्रतिको मानिसको विश्‍वासलाई तयार पार्नको निम्ति हुन्छ। यसैले, तिमीहरूको हृदयमा कुनै शङ्का हुनु हुँदैन। यी सबै परमेश्‍वरको काम गर्ने चरणहरू हुन्, अनि तिमीहरू ती सबैमा समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

२९५. आखिरी दिनहरूमा, परमेश्वर मुख्य रूपमा उहाँका वचन बोल्न देहधारी बन्नुभएको छ, मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न, मानिसले जुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यो औँल्याउन, मानिसलाई परमेश्‍वरका कार्यहरू देखाउन, र मानिसलाई परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र अद्भुतता देखाउन आउनुभएको हो। परमेश्‍वर बोल्नुहुने धेरै तरिकाहरूमार्फत, मानिसले परमेश्‍वरको सर्वोच्‍चता, परमेश्‍वरको विशालता, र, त्यसमाथि, परमेश्‍वरको विनम्रता र गुप्तता देख्छ। परमेश्‍वर सर्वोच्‍च हुनुहुन्छ, तर उहाँ विनम्र र गुप्त हुनुहुन्छ, र सबैभन्दा सानो बन्‍न सक्‍नुहुन्छ भनी मानिसले देख्छ। उहाँका केही वचनहरू सीधै आत्माको दृष्टिकोणबाट, केही सीधै मानिसको दृष्टिकोणबाट, र केही तृतीय पुरुषको दृष्टिकोणबाट बोलिएका छन्। यसमा, परमेश्‍वरको कामका तरिकाहरू अत्यन्तै विविध हुन्छन् भनी देख्‍न सकिन्छ, र यो कुरा वचनहरूमार्फत नै उहाँले मानिसलाई देख्ने तुल्याउनुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरको काम सामान्य र व्यावहारिक दुवै छ, र त्यसैले आखिरी दिनहरूका मानिसहरूको समूह सबैभन्दा ठूलो परीक्षामा पर्छ। परमेश्‍वरको सामान्यता र व्यावहारिकताले गर्दा, सबै मानिसहरू यस्ता परीक्षाहरूमा प्रवेश गरेका छन्; परमेश्‍वरका परीक्षाहरूमा मानिस पर्नुको कारण परमेश्‍वरको सामान्यता र व्यावहारिकता नै हो। येशूको युगमा, कुनै धारणाहरू वा परीक्षाहरू थिएनन्। येशूले गर्नुभएका अधिकांश काम मानिसका धारणाहरूसँग मेल खान्थे, त्यसैले मानिसहरूले उहाँलाई पछ्याए र उहाँबारे उनीहरूसँग कुनै धारणाहरू थिएन। आजका परीक्षाहरू मानिसले सामना गरेकाहरूमध्येकै सबैभन्दा ठूला हुन्, र जब यी मानिसहरू महासंकष्टबाट निस्किएका छन् भनेर भनिन्छ, तब यही संकष्टको बारेमा बारेमा चार्चा गरिएको हुन्छ। आज, यी मानिसहरूमा विश्‍वास, प्रेम, कष्ट-स्वीकार, र समर्पणता पैदा गर्न परमेश्‍वर बोल्नुहुन्छ। आखिरी दिनहरूका देहधारी परमेश्‍वरले बोल्‍नुभएका वचनहरू मानिसको प्रकृति सार, मानिसको आचरण, र मानिस आज कुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यहीअनुरूप छन्। उहाँका वचनहरू व्यावहारिक र सामान्य दुवै छन्: उहाँले भोलिको कुरा गर्नुहुन्‍न, न त उहाँ हिजोलाई नै फर्किएर हेर्नुहुन्छ; उहाँले आज जे कुरामा प्रवेश गर्नुपर्ने हो, जुन कुरा व्यवहारमा लागू गर्नुपर्ने हो, र जुन कुरा बुझ्नुपर्ने हो त्यसको मात्र कुरा गर्नुहुन्छ। वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो त दुष्ट आत्माहरूद्वारा पैदा गरिएको येशूलाई नक्‍कल गर्ने नक्कली मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ। किन आजका परमेश्‍वरको काम येशूको कामभन्दा फरक छ? किन परमेश्‍वरले आज चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्‍न, भूतप्रेतहरू धपाउनुहुन्‍न, र बिरामीहरू निको पार्नुहुन्‍न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएका कामजस्तै भएको भए, के उहाँले अनुग्रहको युगको परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्‍नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्‍नुहुन्थ्यो? यदि, व्यवस्थाको युगमा जस्तै, येशू मन्दिरमा प्रवेश गर्नुभएको र शबाथको दिन पालन गर्नुभएको भए, उहाँलाई कसैले पनि खेदो गर्दैनथ्यो होला र उहाँलाई सबैले अँगाल्थे होला। यदि यसो हुँदो हो त, के उहाँ क्रूसमा टाँगिइन सक्‍नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्‍नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वरले पनि येशूले गर्नुभएजस्तै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? आखिरी दिनहरूमा, यदि परमेश्‍वरले उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्नुहुन्छ भने मात्र, मानिसले परमेश्‍वरको गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र त्यसपछि मात्र परमेश्‍वरको व्यवस्थापन योजना पूरा हुन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम जान्नु

२९६. आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको महान् शक्तिलाई प्रकट गराउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको व्यावहारिकता प्रकट गराउन असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण समर्पणता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतता ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्नुहुने समयमा मानिसलाई पूर्ण बनाइन्छ, त्यसबेला ऊ चिन्हहरू र अचम्‍मका कामहरू हेर्न योग्यको हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्छस् र परमेश्‍वरले जे नै गर्नुभए पनि उहाँप्रति समर्पित हुन सक्ने बन्छस्, तब चिह्नहरू र अचम्‍मका कामहरू देख्दा उहाँको विषयमा तँमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरप्रति पूर्ण समर्पित हुन असक्षम छस्—के यस्तो अवस्थामा तँ परमेश्‍वरका चिन्हहरू र अचम्‍मका कामहरू देख्‍न योग्य छस् भन्‍ने ठान्छस्? जब परमेश्‍वरले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्छ, त्यही बेला परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुन्छ, अनि युग परिवर्तन हुन्छ, त्यसबाहेक युगको अन्त्य पनि हुन्छ। जब परमेश्‍वरको काम सामान्य रूपमा पूरा भइरहेको हुन्छ, त्यसबेला उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न। चिन्हहरू र अचम्‍मका कामहरू देखाउनु उहाँको निम्ति अत्यन्तै सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो मानिसको निम्ति परमेश्‍वरको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र अचम्‍मका कामहरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर मानिसकहाँ देखा पनि पर्‍यो भने, के सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नेथिएनन् र? मैले पहिल्यै भनेको छु कि विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन्, विजेताहरू जो महासङ्कष्टबाट निस्केर आउँछन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यो हो कि, न्याय, सजाय, काटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र ती प्राप्त गरिएका मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्‍वास अस्पष्ट हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र चमत्कारहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै अगाध शब्द र धर्मसिद्धान्तहरू, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो तिनीहरूसित वास्तविकता र परमेश्‍वरका वचनहरू छन्, र परमेश्‍वरको व्यावहारिक र साँचो ज्ञान छ। के यस्तो समूह परमेश्‍वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम व्यावहारिक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्‍मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्नुहुने काम व्यावहारिक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्‍नुभयो, तर उहाँले चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्‍वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्‍वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्‍वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्‍वरको व्यवहारिकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्‍वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ, जसको कुनै अस्तित्व छैन भनेर भन्न सकिन्छ। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको व्यावहारिकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्‍मका कामहरू देखाउनेहरू सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्‍मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्‍ने कुरा जीवन हो, चिन्हहरू र अचम्‍मका कामहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

२९७. यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई विजय गरिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई विजय गरिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। तसर्थ चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीन अन्धकारका सबै शक्तिहरूको मूर्तरूप हो, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको सबैभन्दा बढी प्रतिरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्‍ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले पक्‍कै पनि उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्‍वरको विरोध र उहाँविरुद्ध विद्रोह गरे? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्‍वास गरेनन्? के मानिसको विद्रोहीपन सबै एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरूलाई विजय गरिन्छ तिनीहरू आदर्श र नमुनाहरू बन्‍नेछन्, र अरूका निम्ति उदाहरणका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्‍न स्वरूपमा प्रकाश भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

२९८. परमेश्‍वरले ब्रह्माण्डभरि आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: “किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्‍वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो। अर्थात्, उहाँलाई विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, र यसरी मात्रै परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिमाथि प्रकाश पार्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै छ परमेश्‍वरको अभिप्राय। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

२९९. हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्‍वरको कार्य वा परमेश्‍वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्‍वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्‍वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्‍वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्‍वरले गर्नुभएको कार्यको महानता सम्‍झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्‍वरमा विश्‍वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्ने कार्यको यो चरण अरू कतै हासिल गर्न सक्‍नुहुन्‍न; जब काममा मानिसहरूको समर्थन हुन्छ र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेको हुन्छ, परमेश्‍वरको महिमा हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्‍ने असाधारण महत्त्व यही हो। तिमीहरूमध्ये एक जना पनि व्यवस्थाद्वारा सुरक्षित छैनौ—बरु, तिमीहरू त व्यवस्थाद्वारा प्रतिबन्धित हुन्छौ। त्योभन्दा ठूलो समस्या यो छ कि मानिसहरूले तिमीहरूलाई बुझ्दैनन्: तिमीहरूको आफन्त होस्, वा तिमीहरूको बाबा-आमा, तिमीहरूको इष्टमित्र, अथवा तिमीहरूका सहकर्मीहरू होस्, तिनीहरूमध्ये कसैले पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्‍वरद्वारा त्यागिन्छौ तिमीहरूको निम्ति यस धरतीमा जिइरहनु असम्भव हुँदछ, तर त्यसो भए तापनि, मानिसहरू परमेश्‍वरदेखि टाढा जान सक्दैनन्, जुन मानिसहरूलाई परमेश्‍वरले जित्नुको महत्त्व हो, र परमेश्‍वरको महिमा हो। तिमीहरूले आज जे प्राप्त गरेका छौ त्यसले युगौँदेखिका प्रेरितहरू र अगमवक्ताहरूको प्राप्तिलाई उछिन्छ अनि मोशा र पत्रुसको प्राप्तिलाई पनि उछिन्छ। आशिष् एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; त्यसलाई धेरै मूल्य चुकाएर कमाउनुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्‍वास हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्‍वरले माग गर्नुहुने धेरै सत्यताहरू तिमीहरूमा हुनैपर्छ; त्यसमाथि, तिमीहरूले अटल मनोवृत्तिका साथ इन्साफको सामना गर्नुपर्छ, हार मान्नुहुँदैन। अनि तिमीहरूमा मृत्युसम्‍मै स्थिर रहने परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाबद्ध कार्यहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै समर्पित हुनैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कामको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्‍वरले मानिसहरूको यस समूहबाट माग गर्नुहुने कुरा पनि यही नै हो। उहाँले नै तिमीहरूलाई दिनुहुन्छ, त्यसैले उहाँले तिमीहरूबाट माग्नु नै हुनेछ, अनि निश्चय नै तिमीहरूबाट उचित मागहरू पनि गर्नु नै हुनेछ। त्यसकारण परमेश्वरले गर्नुहुने सबै कामको कारण हुन्छ, जसले परमेश्वरले बारम्बार उच्च मानक र कठोर मागहरू तोक्ने काम किन गर्नुहुन्छ भनी देखाउँछ। यसैकारण, तिमीहरू परमेश्‍वरमा भएको विश्‍वासले भरिनैपर्छ। संक्षिप्तमा, परमेश्‍वरले सबै काम तिमीहरूकै खातिर गर्नुहुन्छ, ताकि तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्न योग्य बन्न सक। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर हो भन्नुको सट्टा, यो तिमीहरूको मुक्ति अनि अशुद्ध देशमा गहन रूपमा पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध पार्नका खातिर हो भन्नु राम्रो हुन्छ। तिमीहरूले परमेश्‍वरको अभिप्राय बुझ्नैपर्छ। यसर्थ, म त्यस्ता धेरै अज्ञानी मानिसहरूलाई अर्ती दिन्छु, जसमा कुनै पनि अन्तर्ज्ञान वा समझ हुँदैन: परमेश्‍वरको परीक्षा नलेओ, अनि अब उप्रान्त प्रतिरोध नगर। परमेश्‍वर पहिले नै यस्तो कष्टमा भएर गइसक्नुभएको छ जो कुनै पनि मानिसले अहिलेसम्म सहेकै छैन, अनि धेरै अघि मानिसको सट्टा झन् ठुलो अपमान पनि सहनुभएको छ। तिमीहरू अब अझै अरू के-के त्याग्न सक्दैनौ? परमेश्‍वरका अभिप्रायभन्दा बढी महत्त्वपूर्ण अरू के हुनसक्छ? परमेश्‍वरको प्रेमभन्दा उच्च के हुनसक्छ? यस अशुद्ध देशमा आफ्नो काम गर्नु नै परमेश्‍वरको निम्ति पर्याप्त रूपमा कठिन कुरा हो; यदि, यसै माथि, मानिसले थाहा हुँदाहुँदै अनि जानी-जानी अपराध गर्छ भने, परमेश्‍वरको काम त लम्बिने नै छ। संक्षिप्तमा, यो कसैको फाइदाको निम्ति होइन, यसले कसैलाई पनि लाभ दिँदैन। परमेश्‍वरलाई समयले सीमित पार्दैन; सबैभन्दा पहिले उहाँको काम र महिमा आउँछन्। यसैकारण, उहाँले आफ्नो कार्यको निम्ति कुनै पनि मोल तिर्नुहुनेछ, चाहे यसको लागि जति नै समय किन नलागोस्। परमेश्‍वरको स्वभाव यही हो: आफ्नो काम नसिध्याएसम्म उहाँले विश्राम लिनुहुनेछैन। उहाँले आफ्नो महिमाको दोस्रो भाग प्राप्त गर्नुभएपछि मात्र उहाँको कार्य अन्त गर्नुहुनेछ। यदि, सारा ब्रह्माण्डमा, परमेश्‍वरले उहाँको महिमा प्राप्त गर्ने कार्यको दोस्रो खण्ड पूरा गर्नुहुन्न भने, उहाँको दिन कहिल्यै आउनेछैन, उहाँको हातले उहाँको चुनिएको जातिलाई कहिल्यै छोड्नेछैन, उहाँको महिमा कहिल्यै पनि इस्राएलमाथि आउनेछैन, अनि उहाँको योजना कदापि पूरा हुनेछैन। तिमीहरूले परमेश्‍वरका अभिप्रायहरू देख्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्‍ने देख्नुपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नका लागि हो जो सृजित त गरिए तर शैतानद्वारा प्रशोधित भए। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ गरी प्राप्त गर्नुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले कल्पना गरे जस्तो स्वर्ग र पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो सरल हुँदैन, र यो मानिसले कल्पना गरे जस्तो शैतानलाई अतल कुण्डमा सराप्ने काम जस्तो सरल पनि हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई, उहाँसँग नभएका कुराहरूलाई सकारात्मक र उहाँसँग हुने कुराहरू बनाउने काम हो। परमेश्‍वरको कामको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूले यस कुरालाई बुझ्नैपर्छ अनि कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्‍वरको काम अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्‍वरले यावत् थोकहरूलाई कामको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका यावत् थोकहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध गर्नुहुन्छ। अनि यस किसिमले परमेश्‍वर एउटा महान् उद्यममा लाग्नुहुन्छ। परमेश्‍वरको कामको सम्पूर्ण महत्त्व यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

३००. परमेश्‍वरले शैतानलाई हराउनको लागि मानिसहरूको व्यवस्थापनको प्रयोग गर्नुहुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएर तिनीहरूको भविष्यलाई समाप्त गर्छ र परमेश्‍वरको कार्यमा बाधा दिन्छ। अर्कोतर्फ, मानवजातिको मुक्ति नै परमेश्‍वरको कार्य हो। परमेश्‍वरको कामको कुन चरण मानवजातिलाई मुक्त गर्नको लागि होइन? कुन चरण मानवजातिलाई धुनको लागि, र तिनीहरूलाई धर्मी रूपमा व्यवहार गर्ने र प्रेम गर्न सकिनेहरूको प्रतिरूपमा जिउने तुल्याउनको लागि होइन? तैपनि, शैतानले यसो गर्दैन। त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउँछ; त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसको काम सम्पूर्ण ब्रह्माण्डभरि नै निरन्तर रूपमा जारी राख्छ। अवश्‍य नै, परमेश्‍वरले पनि शैतानलाई कुनै ध्यान नै नदिइकन आफ्‍नो काम गर्नुहुन्छ। शैतानसँग जति नै धेरै अख्‍तियार भए तापनि, त्यो अख्तियार परमेश्‍वरले नै त्यसलाई दिनुभएको थियो; परमेश्‍वरले आफ्‍नो सम्पूर्ण अख्तियार त्यसलाई दिनुभएन, त्यसकारण शैतानले जेसुकै गरे तापनि, त्यसले परमेश्‍वरलाई कहिल्यै उछिन्न सक्दैन र त्यो सधैँ नै परमेश्‍वरको पकडभित्रै हुनेछ। स्वर्गमा हुँदा परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य प्रकट गर्नुभएन। उहाँले शैतानलाई अख्तियारको सानो भाग मात्रै दिएर अरू स्वर्गदूतहरूमाथि नियन्त्रण अभ्यास गर्न दिनुभयो। त्यसकारण, शैतानले जेसुकै गरे तापनि, परमेश्‍वरको अख्‍तियारलाई उछिन्न सक्दैन, किनभने परमेश्‍वरले त्यसलाई सुरुमा दिनुभएको अख्तियार सीमित छ। परमेश्‍वरले काम गर्नुहुँदा, शैतानले बाधा दिन्छ। आखिरी दिनहरूमा, त्यसका बाधाहरू समाप्त हुनेछन्; त्यसरी नै, परमेश्‍वरको कार्य पनि समाप्त हुनेछ, अनि परमेश्‍वरले जुन प्रकारका मानिसहरूलाई पूर्ण बनाउन चाहनुहुन्छ तिनीहरू पनि पूर्ण हुनेछन्। परमेश्‍वरले मानिसहरूलाई सकारात्मक रूपमा निर्देशित गर्नुहुन्छ; उहाँको जीवन जिउँदो पानी हो, जुन नाप्‍न नसकिने र सीमारहित छ। शैतानले मानिसलाई निश्‍चित हदसम्‍म भ्रष्ट तुल्याएको छ; अन्त्यमा, जीवनको जिउँदो पानीले मानिसलाई पूर्ण बनाउनेछ, अनि हस्तक्षेप गर्नु र त्यसको काम गर्नु शैतानको लागि असम्‍भव हुनेछ। यसरी, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्न सक्‍नुहुनेछ। अहिले समेत, शैतानले यो स्वीकार गर्न मान्दैन; त्यसले निरन्तर रूपमा आफैलाई परमेश्‍वर विरुद्धमा खडा गर्छ, तर उहाँले त्यसलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले भन्‍नुभएको छ, “शैतानका सारा अन्धकारका शक्तिहरू र सारा अन्धकारका प्रभावहरूमाथि म विजय हुनेछु।” अहिले देहमा गरिनुपर्ने काम यही नै हो, र देह बन्‍ने कार्यलाई महत्त्वपूर्ण तुल्याउने पनि यही नै हो: अर्थात्, आखिरी दिनहरूमा शैतानलाई हराउने कामको चरण पूरा गर्नु, अनि शैतानको स्वामित्वमा रहेका सबै कुरालाई हटाउनु। शैतानमाथिको परमेश्‍वरको विजय अपरिहार्य छ! वास्तवमा, शैतान धेरै पहिले नै असफल भइसक्यो। जब ठूलो रातो अजिङ्गरको देशभरि सुसमाचार फैलन सुरु भयो—अर्थात्, जब देहधारी परमेश्‍वरले आफ्‍नो काम सुरु गर्नुभयो र यो काम अघि बढ्यो—तब शैतान पूर्ण रूपमा पराजित भयो, किनभने देहधारणको खास उद्देश्य नै शैतानलाई जित्‍नु थियो। परमेश्‍वर फेरि पनि देह बन्‍नुभएको छ र कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने आफ्‍नो काम उहाँले सुरु गर्नुभएको छ भन्‍ने थाहा पाउनेबित्तिकै, शैतान यो कामको अघि अक्क न बक्क बन्यो, अनि थप कुनै पनि दुष्कर्म गर्ने आँट गरेन। सुरुमा शैतानले पनि प्रशस्तै बुद्धि प्राप्त गरेको छु भन्‍ने ठान्यो, अनि त्यसले परमेश्‍वरको कार्यमा अवरोध र बाधा पुऱ्यायो; तैपनि, परमेश्‍वर फेरि देह बन्‍नुहुनेछ, वा परमेश्‍वरले आफ्नो काममा शैतानको विद्रोहीपनलाई मानवजातिको लागि प्रकाश र न्यायको रूपमा प्रयोग गर्नुहुनेछ, जसद्वारा उहाँले मानिसहरूलाई विजय गर्नुहुनेछ र शैतानलाई हराउनुहुनेछ भन्‍ने अपेक्षा त्यसले गरेको थिएन। परमेश्‍वर शैतानभन्दा बुद्धिमानी हुनुहुन्छ, र उहाँको कामले त्यसलाई अत्यन्तै बढी मात्रामा उछिन्छ। त्यसकारण, मैले यसभन्दा अघि उल्‍लेख गरेझैँ, “मैले गर्ने काम शैतानका चालहरूको प्रतिक्रियामा गरिन्छ; अन्त्यमा, म मेरो सर्वशक्तिमान्‌ता र शैतानको शक्तिहीनतालाई प्रकट गर्नेछु।” परमेश्‍वरले अग्रस्थानमा आफ्‍नो काम गर्नुहुन्छ, तर आखिरमा, नष्ट भइञ्‍जेलसम्‍म शैतान पछि-पछि दगुर्छ—त्यसलाई केले प्रहार गर्‍यो त्यो पनि त्यसलाई थाहा हुनेछैन! त्यसलाई पहिले नै प्रहार गरेर चकनाचूर पारिसकिएपछि मात्रै त्यसले सत्यतालाई महसुस गर्नेछ, र त्यस बेलासम्‍म, त्यो पहिले नै आगोको कुण्डमा परिसकेको हुनेछ। के त्यसबेला शैतान पूर्ण रूपमा विश्‍वस्त हुनेछैन र? किनभने त्यसपछि त्योसँग प्रयोग गर्ने कुनै पनि युक्ति हुनेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

३०१. ठूलो रातो अजिङ्गरको राष्ट्रमा, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गर्दै तिनीहरूलाई हावामा नै बहन लगाएको छु, त्यसपछि धेरै जना बिस्तार-बिस्तार हावाको बहावसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खलो” हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो मेरो योजना पनि हो। किनकि म काममा हुँदा धेरै दियाबलसहरू गुप्‍त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छैनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अञ्‍जीरको फल र लिलीको बास्ना प्राप्‍त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान बास बस्ने मुलुकमा, धूलोलो भूमिमा कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, र त्यसैले, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्‍त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुन हो, बालुवा होइन भन्‍ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ? म फ्याउराहरूलाई मेरो स्वर्गमा परजीवीका रूपमा कसरी जिउन दिन सक्छु र? यी तिनीहरूलाई भगाउन हरविधि अपनाउँछु। मेरा अभिप्रायहरू प्रकट हुनअघि मैले के गर्न लागेको छु सो कसैलाई पनि थाहा हुँदैन। यही मौका छोपेर म ती दियाबलसहरूलाई धपाउँछु र तिनीहरू मेरो उपस्थिति छोडेर जान बाध्य हुन्छन्। म दुष्टहरूलाई यसै गर्छु, तर तिनीहरूले मेरो सेवा गर्ने दिन अझै बाँकी हुनेछ। आशिष्‌ पाउने मानिसहरूको इच्छा अत्यन्तै प्रबल हुन्छ; यसकारण म मेरो शरीर घुमाएर मेरो महिमित मुहार गैरयहूदीहरूलाई देखाउँछु, ताकि मानिसहरू तिनीहरूको आफ्नै संसारमा जिऊन् र मैले भन्नुपर्ने मेरा वचनहरू मैले भन्दै जाँदा र मानिसहरूलाई चाहिने कुरा आपूर्ति गर्दै जाँदा तिनीहरूले आफ्नो न्याय आफै गरून्। मानिसहरू होसमा आउँदा मैले मेरो काम लामो समय अघिदेखि नै फैलाएको हुनेछु। त्यसपछि म मानिसहरूलाई मेरा अभिप्रायहरू व्यक्त गर्नेछु र सबै मानिसहरूले मेरो काममा सहकार्य गर्ने गरी नजिकबाट मलाई पछ्याउन दिएर र मैले गर्नुपर्ने सबै काम मसँगै तिनीहरूको आफ्नै क्षमतामा गर्न दिएर मानिसहरूमाझ मेरो कामको दोस्रो भाग सुरु गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

३०२. मेरो योजनामा, शैतानले अहिलेसम्म नै पाइलैपिच्छे पछ्याउँदै आएको छ र यसले मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध गर्ने तरिका र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तर के म त्यसका छली युक्तिहरूमा फस्‍न सकुँला र? स्वर्ग र पृथ्वीका यावत् थोकले मेरो सेवा गर्ने वस्तुका रूपमा कार्य गर्छन्; के शैतानका छली युक्तिहरू फरक हुन सक्लान्‌ र? ठीक यहीँनेर नै मेरो बुद्धिले प्रतिच्‍छेदन गर्छ; मेरा कार्यहरूको अद्भुतता ठीक यही नै हो, र मेरो सम्पूर्ण व्यवस्थापन योजनाको सञ्‍चालन सिद्धान्त नै यही हो। राज्य निर्माणको युगमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छाउँदिन, बरु मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र यावत् थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारका रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यका बारेमा रहेको अद्भुतता ठीक यही नै होइन र? राज्यको युगभित्र प्रवेश गर्ने समयमा, स्वर्ग र पृथ्वीका सबै थोक पूर्ण रूपमा रूपान्तरित हुन्छन्, र तिनले उत्सव र आनन्द मनाउँछन्‌। के तिमीहरू फरक छौ र? कसको हृदयमा महको मिठास छैन र? कसको हृदय आनन्दले भरिएर छताछुल्ल भइरहेको छैन र? कसका हात र खुट्टा उल्लासले नाच्दैनन् र? कसको मुखले प्रशंसाका शब्दहरू बोल्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ८

३०३. जब परमेश्‍वरका मानिसहरू सबै पूर्ण पारिएका हुन्छन् र पृथ्वीका सबै देशहरू ख्रीष्टको राज्य बनेका हुन्छन्, तब त्यो सात मेघगर्जन गर्जने समय हुनेछ। आजको दिन त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फको धावा बोलिसकिएको छ। यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले जे बोल्नुहुन्छ ती सबै उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका देशहरू बालुवामा बनाइएका महल मात्र हुन् जुन टुक्राटुक्रा हुन लागेका छन् भन्ने कुरा स्पष्ट छ—अन्तिम दिन आउनै लागेको छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। परमेश्‍वरको योजना पूर्ण रूपमा सफल भएको सुनिश्‍चित गर्न स्वर्गदूतहरू मानव संसारमा ओर्लेका छन् र परमेश्‍वरलाई सन्तुष्ट पार्नका निम्ति उनीहरूले सक्दो गर्न थालेका छन्, साथै देहधारी परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध गर्न युद्धको मैदानमा उपस्थित हुनुभएको छ। जहाँ देहधारण हुनुहुन्छ, शत्रुलाई त्यहीँ नष्ट गरिन्छ। नष्ट हुनेमा चीन पहिलो हुनेछ; त्यसलाई परमेश्‍वरको हातद्वारा सखाप पारिनेछ। परमेश्‍वरले त्यसलाई बिलकुलै दया देखाउनुहुनेछैन। परमेश्‍वरका मानिसहरू अझ परिपक्व हुँदै जाँदा, त्यसले ठूलो रातो अजिङ्गरको थप पतन भइरहेको प्रमाणित गर्छ; मानिसले यो प्रस्ट रूपमा देख्‍न सक्छ। परमेश्‍वरका मानिसहरूको परिपक्‍वता शत्रुको विनाशको पूर्वसङ्केत हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-उद्घाटन, अध्याय १०

३०४. म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म तिनीहरू सबैलाई भेला गर्नेछु जो चुनिएकाहरू होइनन् र अन्यजातिहरूको माझमा काम सुरु गर्नेछु, र म मेरो प्रशासनिक आदेशहरू सम्पूर्ण ब्रह्माण्डमा घोषणा गर्नेछु, यसैले कि मैले आफ्नो कार्यको अर्को चरण सफलतापूर्वक सुरु गर्न सकूँ। अन्यजातिहरूमाझ मेरो कामहरू फैलाउन म सजायको प्रयोग गर्नेछु, भन्‍नुको अर्थ, म ती सबै अन्यजातिहरूको विरुद्धमा “शक्ति” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम त्यत्ति बेला नै गरिन्छ जब चुनिएकाहरूको बीचमा मेरो काम हुन्छ। जब मेरा मानिसहरूले पृथ्वीमा शासन गर्छन् र शक्ति प्रयोग गर्छन्, त्यो त्यस दिन पनि हुनेछ जब पृथ्वीका सबै मानिसहरू जितिएका हुनेछन्, र यसबाहेक, यो त्यही समय हुनेछ जब म विश्राम गर्छु—र त्यसपछि मात्र म जितिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु। जितिएकाहरू र मेरो सामु समर्पित हुनेहरू सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्नेछन्, र तिनीहरूका आफ्नै कानले मेरो स्वर सुन्न सक्नेछन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनिर्धारित आशिष् हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन। आज म भविष्यको कामका लागि यस तरिकाले काम गर्दछु। मेरा सबै काम एक-अर्कोसित सम्बन्धित छ, यी सबैमा एउटा बोलावट र जबाफ हुन्छ: कुनै चरण कहिल्यै पनि अचानक रोकिएको छैन र कुनै पनि चरण अर्कोबाट स्वतन्त्र भएर पूरा भएको छैन। के यो यस्तै होइन र? के विगतको काम आजको कार्यको आधार होइन? के विगतका वचनहरू आजका वचनहरूका लागि अग्रदूत होइनन् र? के विगतका चरणहरू आजका चरणहरूको सुरुआत होइनन् र? जब मैले औपचारिक रूपमा चर्मपत्रको मुट्ठो खोल्छु, त्यसै बेला ब्रह्माण्डभरिका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्‍वभरिका मानिसहरू परीक्षाको सिकार हुन्छन्, र यो मेरो कामको चरम सीमा हो; सबै मानिसहरू ज्योति विनाको भूमिमा बस्छन्, र सबै मानिसहरू उनीहरूको वातावरणले ल्याएको जोखिमहरूका बीचमा जिउँछन्। अर्को शब्दमा भन्नुपर्दा, यो त्यस्तो जीवन हो जुन मानिसले सृष्टिको समयदेखि अहिलेसम्म कहिल्यै पनि अनुभव गरेका छैन र युगौंयुगसम्म कसैले पनि यस प्रकारको जीवन “उपभोग” गरेको छैन, र त्यसैले म भन्छु कि मैले त्यस्तो काम गरें जुन पहिले कहिल्यै गरिएको थिएन। यो वास्तविक स्थिति हो, र भित्री अर्थ यही हो। मेरो दिन सबै मानव जातिको नजिक आउने हुनाले, यो टाढा देखिँदैन तर मानिसकै आँखाको सामु भएकोले, फलस्वरूप, भयभीत नहुने को होला र? र यसमा खुशी हुन नसक्ने को होला? फोहोरी सहर बेबिलोन त्यसको अन्त्यमा आइपुगेको छ; मानिसले फेरि एउटा नयाँ संसारलाई भेटेको छ, र आकाश र पृथ्वी परिवर्तन भएको र नयाँ बनाइएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २९

३०५. जब पृथ्वीमा सिनिम साकार हुन्छ—जब राज्य साकार हुन्छ—त्यस उप्रान्त पृथ्वीमा फेरि युद्ध हुनेछैन; तब फेरि कहिल्यै पनि अनिकाल, महामारी, र भूकम्पहरू हुनेछैनन्; मानिसहरूले हतियारहरू उत्पादन गर्न छोड्नेछन्; सबै जना शान्ति र स्थिरतामा जिउनेछन्; र मानिसहरूमाझ सामान्य व्यवहार हुनेछ, र देशहरूबीच सामान्य व्यवहार हुनेछ। तापनि त्यससँग वर्तमान समयको कुनै तुलना हुँदैन। आकाशमुनिका सबै थोक कोलाहलमा छन्, र हरेक देशमा बिस्तारै सत्ताकब्जा हुन थालेको छ। परमेश्‍वरका वाणीहरूको फलस्वरूप मानिसहरू बिस्तारै परिवर्तन हुँदैछन्, र आन्तरिक रूपमा प्रत्येक देश बिस्तारै ध्वस्त हुँदैछ। बेबिलोनका स्थिर जगहरू बालुवाको महलजस्तै हल्लिन थाल्छन् र परमेश्‍वरका अभिप्रायहरू परिवर्तन हुँदै जाँदा थाहै नपाई संसारमा ठूला परिवर्तनहरू हुन्छन्, अनि कुनै पनि समय हरप्रकारका चिह्नहरू देखा पर्छन्, त्यसले मानिसहरूलाई संसारको अन्तिम दिन आइपुगेको छ भनी देखाउँछन्! परमेश्‍वरको योजना यही हो; उहाँले काम गर्नुहुने चरणहरू यिनै हुन्, र प्रत्येक देश निश्चय टुक्रा-टुक्रा हुनेछ। पुरानो सदोम दोस्रोपटक नाश हुनेछ, र त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ!” परमेश्‍वरबाहेक अरू कसैले पनि यो पूर्ण रूपले बुझ्न सक्दैन, आखिर जे भए पनि मानिसको चेतना सीमित छ। उदाहरणको लागि, आन्तरिक मामिला मन्त्रीहरूलाई वर्तमान परिस्थितिहरू अस्थिर र कोलाहलमय छन् भनी थाहा हुन सक्छ, तर ती समाधान गर्न तिनीहरू असक्षम हुन्छन्। तिनीहरूले आफ्नो शिर उच्च हुने, सूर्य एकचोटि फेरि पूर्वबाट उदाएर, देशभरि चम्कने र मामिलाहरूको यस दयनीय अवस्थालाई उल्टाउने दिनको आशा गर्दै तिनीहरू जे हुँदैछ, त्यसैसँग अगाडि मात्र बढ्न सक्छन्। तापनि, सूर्य फेरि दोस्रो पटक उदाउँदा त्यसको उद्देश्य भनेको पुरानो व्यवस्थालाई पुनर्स्थापित गर्नु होइन भन्‍ने तिनीहरूलाई अत्तोपत्तो हुँदैन—यो एउटा पुनर्जागरण हो, एउटा पूर्ण परिवर्तन हो। सारा ब्रह्माण्डको लागि परमेश्‍वरको योजना यस्तै छ। उहाँले नयाँ संसार ल्याउनुहुनेछ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले पहिले मानिसलाई नवीकरण गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-उद्घाटन, अध्याय २२ र २३

३०६. यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्‍ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्‍ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-उद्घाटन, अध्याय ४२

३०७. सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई राम्रोसँग ममा समर्पित हुन सक्‍ने बनाउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्न सक्षम बनाउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनको खातिर नै हुने भए पनि, मैले कहिल्यै त्यस्तो कुनै काम गरेको छैन, जुन मानिसका लागि फाइदाजनक नहोस्, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो समर्पित बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्‍ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्‌, किनभने उनीहरूले त्यस्ता कुराहरूको वास्ता गर्दैनन्‌, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टामा उनीहरूले सारा हृदयले आफ्नो भावी गन्तव्यमा ध्यान केन्द्रित गर्छन्। यदि कामकुरा यसरी नै चलिरह्यो भने, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्‌, जसले गर्दा मेरो नाम वयस्क र बच्चा दुवैमाझ समान रूपमा महान् भनेर सम्मानित हुन सकोस्, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरियोस् भनेर हुनेछन्। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा काम अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनेर बोलाऊन्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सृष्टि गरिएका सबै प्राणीहरूको परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्ने बनाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले हासिल गर्न इच्छा गर्ने एउटै काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

३०८. के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले अझै उहाँका वाणीहरू अनुसरण गर्दै अघि बढ्नुपर्छ, र भविष्यमा परमेश्‍वरका वाणीहरूले मानिसको जीवनलाई अझै कनानको राम्रो भूमिमा प्रत्यक्ष डोर्याउनेछ। जब मोशा उजाड स्थानमा थिए, परमेश्‍वरले तिनलाई प्रत्यक्ष निर्देशन दिनुभयो र तिनीसँग कुरा गर्नुभयो। स्वर्गबाट परमेश्‍वरले मानिसहरूको उपभोगका लागि खाना, पानी र मन्न पठाइदिनुभयो, र यो आज पनि यस्तै छ: परमेश्‍वरले व्यक्तिगत रूपमा खाने र पिउने चीजहरू मानिसहरूको उपभोगका लागि पठाइदिनुभएको छ, र उहाँले व्यक्तिगत रूपमा मानिसहरूलाई सजाय दिन श्राप पठाउनुभएको छ। त्यसरी नै, परमेश्‍वरले उहाँको कामको हरेक चरण व्यक्तिगत तवरमा गर्नुहुन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोजी गर्दछन्, तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरू खोज्छन्, र यो सम्भव छ कि त्यस्ता सबै मानिसहरूलाई हटाइनेछ, किनकि परमेश्‍वरको काम बढ्दो रूपमा व्यावहारिक हुँदै गइरहेको छ। परमेश्‍वर स्वर्गबाट ओर्लनुभएको कसैलाई थाहा छैन, परमेश्‍वरले खाना र औषधीहरू स्वर्गबाट पठाउनुभएको कुरामा पनि उनीहरू अन्जान छन्—तर परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यका उत्तेजक दृश्यहरू पनि परमेश्‍वरका व्यक्तिगत वाणी हुन्। तथ्य यही हो, र केवल यसलाई नै पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नु भनेर भनिन्छ। पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नुले देहलाई जनाउँछ। जो देहबाट बनेको छैन त्यो पृथ्वीमा अस्तित्वमा रहँदैन, र यसरी तेस्रो स्वर्ग जाने कुरामा ध्यान केन्द्रित गर्ने सबै व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरमा फर्कन्छ, सम्पूर्ण ब्रह्माण्डभरि उहाँको कामको केन्द्रले उहाँका वाणीहरूको अनुसरण गर्दछ; अन्त कतै, परमेश्‍वरका वाणीहरू लिन कोही मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कोही हवाईजहाज चढ्नेछन्, कोही समुद्र तर्न डुङ्गा चढ्नेछन्, र कोहीले लेजरहरूको प्रयोग गर्नेछन्। हरेकले आराधना गर्नेछन्, र उत्कट अभिलाषा राख्नेछन्, तिनीहरू सबै परमेश्‍वरको निकट आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्—र यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरालाई याद राख! परमेश्‍वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय त्यही नै हुनेछ; ब्रह्माण्डका सारा मानिसहरूले यस साधारण “मानव” को आराधना गर्नेछन्। के यो परमेश्‍वरको महिमाको दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जीवित पानीको मुहानबाट पानी खोज्न टेलिग्राम पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू यस व्यक्तिलाई आराधना गर्न आउनेछन्, जसलाई उनीहरूले घृणा गर्थे। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्ना हृदयले उहाँलाई भरोसा गर्नेछन्—के यो कुनै चिन्‍ह र अचम्‍मको काम होइन र? जब सम्पूर्ण राज्य आनन्दित हुन्छ, त्यो परमेश्‍वरको महिमाको दिन हुनेछ, अनि जो-कोही तिमीहरूकहाँ आउँछन् र परमेश्‍वरको सुखद समाचार ग्रहण गर्छन्, उनीहरूले परमेश्‍वरबाट आशीर्वाद पाउनेछन्, र ती देशहरू तथा मानिसहरू जसले त्यसो गर्छन् उनीहरूले परमेश्‍वरबाट आशीर्वाद एवं हेरचाह पाउनेछन्। भविष्यको दिशा यस्तो हुनेछ: जसले परमेश्‍वरको मुखबाट वाणी प्राप्त गर्दछन् उनीहरूले पृथ्वीमा हिँड्ने मार्ग पाउनेछन्, र तिनीहरू व्यापारी वा वैज्ञानिक, वा शिक्षाविद् वा उद्योगपतिहरू जो भएपनि, परमेश्‍वरका वचनरहित हुनेहरूलाई एक कदम चाल्न पनि कठिन हुनेछ, र साँचो मार्ग खोज्न बाध्य हुनेछन्। यसको अर्थ यही हो, “सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्।” तथ्यहरू यस प्रकार छन्: परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डलाई चलाउन तथा मानवजातिमाथि शासन गर्न र विजय प्राप्त गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुनेछ। परमेश्‍वरले कार्य गर्ने माध्यमहरूमा ठूलो परिवर्तन हुनेछ भन्‍ने मानिसहरूले सँधै आशा गरिरहेका छन्। स्पष्ट रूपमा भन्नुपर्दा, वचनहरू मार्फत नै परमेश्‍वरले मानिसहरूलाई नियन्त्रण गर्नुहुन्छ, र तैँले चाहे पनि वा नचाहे पनि उहाँले भनेको गर्नै पर्छ; यो एक वस्तुनिष्ठ तथ्य हो, र यसलाई सबैले पालना गर्नै पर्दछ, र त्यसैले पनि, यो अपरिवर्तनीय छ, र सबैलाई थाहा छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

३०९. परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्‍वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्‍वरको महिमाको दिनमा, परमेश्‍वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन् र घट्नेछन्। यसप्रकार, पृथ्वीमा परमेश्‍वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्ट मानिसहरूलाई परमेश्‍वरको मुखबाट निस्केका वचनहरूद्वारा सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनहरूद्वारा आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूर्ण पारिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्‍वरका वचनहरूको उत्सव मनाउनेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्‍वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्‍वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। वचन देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्‍ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। परमेश्‍वरको देहधारणको सर्वोच्च अर्थ यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माका अभिप्राय बताउन सक्नुहुन्छ, र देहका परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा स्पष्ट पारिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि स्वतन्त्र छैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; यस तरिकाले प्राप्त नगर्नेहरूले यदि स्वर्गबाट वाणीहरू पाउन सक्छौं भन्‍ने सोच्छन् भने, उनीहरूले दिवास्वप्न देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि अर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई विजय गर्न यो काम आफ्नो देहधारी देहले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वाणीहरू प्रयोग गरेर गर्नुहुन्छ; वचन देह हुनु भनेको यही मात्रै हो, र वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले धेरै काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गर्नु मात्र पर्छ, र उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र अचम्मित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसको बीचमा बस्न, मानिसको हरेक कार्य र उसको सबै आन्तरिक विचारहरूमा साथ दिनका लागि परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्‍वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्‍वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकट गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

अघिल्लो:  ७. परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सम्बन्धी वचनहरू

अर्को:  ९. परमेश्‍वरको काम र मानिसको काम बीचको भिन्‍नता प्रकट गर्ने वचनहरूको सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger