ग. मानिसप्रति परमेश्‍वरका चेतावनीहरू

६४४. ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्‍ने कोही पनि छैन। ख्रीष्‍टमार्फत बाहेक परमेश्‍वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्‍वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्‍नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्‍म जल्नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नका लागि परमेश्‍वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्‍वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्‍ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्‍नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउन र फेरि परमेश्‍वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

६४५. हामी सबैले विश्वास गर्छौँ कि परमेश्‍वरले हासिल गर्न चाहनुभएको कुरालाई कुनै देश वा शक्तिले रोक्‍न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्‍वरद्वारा दण्डित हुनेछन्। परमेश्‍वरको कामको प्रतिरोध गर्ने कुनै पनि व्यक्तिलाई उहाँले नरकमा फालिदिनुहुनेछ; परमेश्‍वरको कामको प्रतिरोध गर्ने कुनै पनि राष्ट्रलाई परमेश्वरले विनाश गर्नुहुनेछ; परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राष्ट्रलाई उहाँले यस पृथ्वीबाट पूर्ण रूपमा मेटाउनुहुनेछ, र त्यो अस्तित्वमा रहनेछैन। म सबै राज्यका, सबै देशका, र सबै उद्योगहरूसमेतका मानिसहरूलाई परमेश्‍वरको आवाज सुन्न, परमेश्‍वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्‍वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्‍च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्‍वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु।

परमेश्‍वरको काम शक्तिशाली छालजस्तै अघि बढ्छ। कसैले पनि उहाँलाई थुन्‍न सक्दैन, र उहाँको अघि बढाइलाई कसैले पनि रोक्‍न सक्दैन। उहाँका वचनहरूलाई ध्यान दिएर सुन्‍नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पदचापहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्‍त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो प्रकोप भोग्‍नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

६४६. परमेश्‍वरले उहाँको देखा पराइको तृष्णा गर्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका आज्ञा नबिर्सनेहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई कृपाका साथ हेर्नुहुनेछ, र तँमाथि आशिष् बर्साउनुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा धर्मी प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्‍वरद्वारा घृणित समेत हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्‍च पदमा भए पनि, यदि तँ आफ्नै कामहरू अघि बढाउन आफ्ना क्षमता र ज्ञान प्रयोग गर्छस् भने, तँ जहिले पनि असफल हुनेछस् र परमेश्‍वरका आशिष्‌हरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि तैँले गर्ने कुनै पनि कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न, र तेरो काम न्यायवान् छ भनेर उहाँले अनुमोदन गर्नुहुन्न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरिरहेको छस् भनी मान्यता दिनुहुन्न। तैँले गर्ने सबै काम भनेको परमेश्‍वरले मानिसलाई दिनुहुने सुरक्षाबाट टाढा धकेल्न मानव ज्ञान र बल प्रयोग गर्नु हो, र त्यो परमेश्‍वरका आशिष्‌हरू इन्कार गर्नु हो भनी उहाँले भन्‍नुहुनेछ। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानव परमेश्‍वरविहीन भएको र उहाँका आशिष गुमाएको असीमित अस्तित्वको सुरुआततिर लागिरहेको छस् भनी उहाँले भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

६४७. के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्‍च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

६४८. म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइको समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने समय पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणाको समय हुनेछ र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू र चिन्हहरू नखोज्नेहरू, अनि यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ भनेर भन्न सकिन्छ। तिनीहरू अति जिद्दी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। स्वेच्छाचारी रूपमा निचोडमा नपुग; त्योभन्दा पनि, परमेश्‍वरमाथिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तैपनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यतालाई स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्‍वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

६४९. आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो। परमेश्‍वरको दोस्रो देहधारणका सन्दर्भमा धेरैलाई असहज महसुस हुन्छ, किनकि न्यायको काम गर्नका लागि परमेश्‍वर देह बन्नुहुनेछ भन्‍ने कुरा विश्‍वास गर्न मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्‍वरको काम मानवका अपेक्षाहरूभन्दा प्रायः धेरै पर हुन्छ, र मानव दिमागलाई यो स्वीकार गर्न कठिन हुन्छ भन्‍ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीमा गोब्रेकीराहरू मात्र हुन्, जबकि परमेश्‍वर ब्रह्माण्ड भर्नुहुने सर्वोच्च हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्‍वरका विचारहरूद्वारा निर्देशित कामको प्रत्येक कदम परमेश्‍वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने कोसिस गरिरहेका हुन्छन्, जसलाई म भन्छु, अन्त्यमा को हार्नेछ भन्ने कुरा स्वयम् सिद्ध छ। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूले सत्यताको सामु आफ्ना शिरहरू झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामको गति रोक्नै नसकिने छ। तैँले दिएको “योगदान” का कारण मात्रै उहाँले न्यायको काम फेरि दोहोऱ्याउनुहुने छैन, र अनि यति असल अवसरलाई जान दिएकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, केवल तँलाई न्याय गर्नहेतु आकाशको ठूलो सेतो सिंहासनलाई पर्खी! तँलाई थाहा हुनैपर्छ कि सबै इस्राएलीहरूले येशूलाई इन्कार गरे र नकारे, तैपनि येशूले सबै मानवजातिलाई दिनुभएको छुटकाराको तथ्य सारा ब्रह्माण्डभर र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के यो परमेश्‍वरले धेरै पहिले हासिल गर्नुभएको तथ्य होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको हठी ठुटो होस् भनी म भन्दछु।[क] येशूले तँजस्तो सत्यताप्रति अबफादार र आशिषमात्र खोज्ने झूटो विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। त्यसविपरीत, दस हजारौँ वर्षसम्म जलिरहन उहाँले तँलाई बिना कुनै कृपा आगोको कुण्डमा फालिदिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

फूटनोटहरू:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।


६५०. परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, र, त्यसमाथि, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका वास्तुकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई दिन-रात हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका हातद्वारा निर्मित बन्दोबस्तहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राष्ट्रको उदय र पतन परमेश्‍वरका बन्दोबस्तअन्तर्गत पर्छ भनी तैँले अवश्यै विश्‍वास गर्नेछस्। कुनै देश वा राष्ट्रको भवितव्य परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको मार्ग नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति चाहन्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नैपर्छ, र परमेश्‍वरसामु पश्चात्ताप र स्वीकार गर्न उहाँसामु आउनैपर्छ, अन्यथा मानवको नियति र गन्तव्य एउटा अपरिहार्य विपत्ति हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

६५१. तिमीहरूको भवितव्यका खातिर, तिमीहरूले परमेश्‍वरको स्वीकृति खोजी गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्‍वरको घरानाको एक सदस्य भएको कुरा स्वीकार गरेको हुनाले तिमीहरूले परमेश्‍वरकहाँ मनको शान्ति ल्याउनुपर्छ र सबै कुराहरूमा उहाँलाई सन्तुष्ट पार्नुपर्छ। अर्को शब्दमा भन्‍ने हो भने, तँ आफ्ना सबै कार्यहरूमा अनुशासित हुनुपर्छ र तिनीहरूमा सत्यता बमोजिम चल्नुपर्छ। यदि यो कुरा तिमीहरूको वशभन्दा बाहिर छ भने परमेश्‍वरले तिमीहरूलाई तिरस्कार गर्नुहुनेछ र हरेक मानिसले घृणा गर्नेछ। तिमीहरू यस्तो बन्धनमा फसिसकेपछि, तिमीहरू परमेश्‍वरको घरानामध्ये गणना हुन सक्दैनौ, र परमेश्‍वरले नस्विकाने कुरा ठ्याक्कै त्यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

६५२. मेरा मागहरू सरल हुन सक्छन्, तर मैले तिमीहरूलाई जे भनिरहेको छु त्यो एकमा एक जोड्दा दुई हुन्छ भन्‍ने जत्तिको सरल छैन। यदि तिमीहरू यसको बारेमा त्यत्तिकै कुरा मात्रै गर्छौ, वा खोक्रा, आडम्बरी भनाइहरू भट्याउँछौ मात्रै भने तिमीहरूका योजनाहरू र तिमीहरूका इच्छाहरू सधैँभरि केवल खाली पानामा मात्र सीमित रहिरहनेछन्। ममा तिमीहरूमध्येका त्यस्ता व्यक्तिहरूप्रति कुनै पनि दयाभाव हुनेछैन जो वर्षौं कष्ट सहन्छन् र कडा मेहनत गर्छन् तैपनि तिनीहरूसँग देखाउने कुनै कुरा नै हुँदैन। यसको विपरीत, जसले मेरा मागहरू पूरा गरेका छैनन् म तिनीहरूलाई सजाय दिन्छु, पुरस्कार दिन्नँ, सहानुभूति दिने कुरा त परै जाओस्। तिमीहरू सोच्छौ होला, वर्षौँसम्‍म अनुयायी भएर तिमीहरूले जे-जस्तो भए पनि कडा मेहनत गरेका छौ र जे भए पनि तिमीहरू श्रमिक हुन परमेश्वरको घरमा फाइदा उठाउन सक्छौ। म त भन्छु तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छौ, किनभने तिमीहरूले सधैँ कसरी विभिन्न कुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्तलाई पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो मनोवृत्तिमा कति सुधार गरिस् भन्‍ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैँले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा अझै शैतानको पुरानो रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

६५३. मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्‌, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तैँले स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा हेर्, र तँ आफ्नो सम्पूर्ण मेहनत मेरो काममा समर्पित गर्, ताकि यसले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्‌। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा झगडा गर्ने, निस्केर जाने बाटो खोज्ने, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा ढिलाइ नहोस्। तँलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तँमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तैँले आज लोभी रूपमा आनन्द लिने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाक्लो कुहिरोभित्र छिरेर सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्‌। त्यस समयसम्म, मेरो दिन मानिस जातिको नजिक आउँदै गरेको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्‌? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्‍नेछस्‌? जब म मानिसलाई मेरो प्रशस्तता दिन्छु, उसले यसलाई आफ्नो छातीमा कदर गरी राख्दैन, तर यसलाई कसैले पनि नदेख्‍ने ठाउँमा फाल्छ। जब मेरो दिन मानिसमाथि आउँछ, उसले उप्रान्त मेरो प्रशस्तता पत्ता लगाउन सक्दैन, वा धेरै अघि मैले उसलाई भनेका सत्यका तीता वचनहरू भेट्टाउन सक्दैन। ऊ विलाप गर्नेछ र रुनेछ, किनभने उसले ज्योतिको उज्यालो गुमाइसकेको हुन्छ र ऊ अन्धकारमा फसिसकेको हुन्छ। आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मदेखि त्रसित हुँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ पूर्णतया निर्भय रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहीपनमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोहीपन एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले,[क] जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

फूटनोटहरू:

क. मूल पाठमा “यस प्रकारले” भन्‍ने वाक्यांश समावेश छैन।


६५४. पृथ्वीमा अनेक किसिमका दुष्ट आत्‍माहरू सँधै नै विश्राम स्थलको खोजीमा हुन्छन्, र उपभोग गर्नका लागि सधैँ मानव लाशहरू खोजिरहन्छन्। हे मेरा मानिसहरू हो! तिमीहरू मेरो हेरचाह र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै विशृङ्खल नहोऊ! कहिल्यै पनि लापरवाहीसाथ व्यवहार नगर! मेरो घरमा तैँले आफ्‍नो बफादारीता देखाउनुपर्छ, र बफादारीताद्वारा मात्रै तैँले दियाबलसहरूका चलाकीहरूविरुद्ध प्रत्याक्रमण गर्न सक्छस्। तैँले कुनै पनि हालतमा विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने गर्नुहुँदैन; यदि तैँले यस्तो व्यवहार गरिस् भने, तँ पहिले नै छुटकाराभन्दा पर हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्‍चारण गरिसकेको छैनँ र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकोले नै मैले मानिसहरूलाई बारम्‍बार स्मरण गराउनु परेको छ। न्यास्रो नबन्! मैले भन्‍ने सबै कुरा तिमीहरूको गन्तव्यलाई निश्‍चित गर्नको खातिर नै हो! शैतानलाई चाहिने भनेकै मैला र फोहोरी स्थान हो; तिमीहरू संयमताप्रति समर्पित हुन इन्कार गर्दै जति धेरै उद्धार गर्न नसकिने र विशृङ्खल हुन्छौ, ती अशुद्ध आत्माहरू तिमीहरूमा घुसपैठ गर्ने कुनै पनि मौकाको लागि त्यति नै धेरै लागि पर्छन्। यदि तिमीहरू यस विन्दुसम्‍म आइपुगेका छौ भने, तिमीहरूको बफादारीता कुनै पनि वास्तविकताविनाको फोकट गफबाहेक केही पनि होइन, अनि अशुद्ध आत्‍माहरूले तिमीहरूको सङ्कल्पलाई सलक्क निल्‍नेछन् र यसलाई मेरो काममा वाधा दिनको लागि प्रयोग गरिन विद्रोह र शैतानिक षड्यन्त्रमा रूपान्तरण गर्छन्। त्यहाँबाट, तिमीहरूलाई म कुनै पनि बेला प्रहार गर्न सक्छु। यो अवस्थाको गम्‍भीरतालाई कसैले बुझ्‍न सक्दैन; आफूले सुन्‍ने कुराप्रति मानिसहरू कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सचेत हुँदैनन्। विगतमा गरिएको कुरालाई म स्मरण गर्दिनँ; के तँ अझै पनि मैले फेरि “बिर्सेर” तँप्रति उदार हुन्छु भन्‍ने प्रतीक्षा गरिरहेको छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १०

६५५. धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्‍वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, अर्थात् आफ्ना कठिनाइहरू, अरूसामु उदाङ्गो पार्न अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ। … आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्‍ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्‍ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

६५६. अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामहरूमा प्रकट गरिन्छ। तिमीहरूको नतिजा तिमीहरूको खोजी, तिमीहरूको विश्‍वास र तिमीहरूले जे गरेका छौ त्यसद्वारा प्रकट गराइनेछ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य आउँदैछ। यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्‍न सक्दैनस्। हिजो, तैँले सत्यको पछि लाग्न मूल्य चुकाएनस् र तँ बफादार थिएनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। मेरो मुटु नरम छ र मैले तँलाई बचाउन यथासक्दो गर्दैछु तैपनि, यदि तैँले आफ्‍नो तर्फबाट कोसिस गर्दैनस् वा आफ्नै लागि केही विचार गर्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो लम्पट र विघटित छन्; जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्, जसले केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्, जो घमण्डी र अहङ्कारी छन्, जसले व्यक्तिगत प्रसिद्धि र लाभ मात्र पाउने प्रयास गर्दछन्; जसले अशिष्ट वचनहरू फैलाउँछन्; जसले स्वयम् परमेश्‍वरको निन्दा गर्छन्, जसले केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जसले समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जसले आफूलाई परमेश्‍वरभन्दा माथि उठाउँछन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; ती पुरुष र स्त्रीहरू जो व्यक्तिगत प्रसिद्धि र लाभमा आनन्द लिन्छन् र अरूको बीचमा व्यक्तिगत प्रतिष्ठाको पछि लाग्छन्, ती अपश्‍चात्तापी मानिसहरू जो पापमा फसेका छन्—के तिनीहरू सबै मुक्ति पाउनदेखि बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, अपवित्रता र अशिष्ट वचनहरू सबैले तिमीहरूको माझमा दङ्गा मच्चाउँछन्; र तिमीहरूको माझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छ र तिमीहरूको माझमा पवित्र भाषालाई अशुद्ध पारिएको छ। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको अन्तिम परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जसले जीवनको मार्गलाई प्रेम गर्दैनन्, जसले परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको गवाही दिँदैनन्, जसले आफ्नै प्रतिष्ठाका लागि युक्ति रच्छन्, जसले आफ्नै गुणगान गर्दछन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता कति ठूलो छ वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू प्राप्त गरेको छस् भन्‍ने कुरामा त झनै निर्भर हुँदैन। बरु, यो त तेरो पछ्याइले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष गल्लीहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसले के फरक पार्छ र? तेरो गवाही कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय आफैलाई र तेरा कामुक अभिलाषाहरूलाई प्रेम गर्ने तेरो हृदय भन्दा धेरै कम छ—के यस प्रकारको मानिस पतित होइन र? ऊ कसरी मुक्तिको नमुना र प्रारूप बन्न सक्छ? तेरो प्रकृति सुधार्न नसकिने छ, तँ अत्यन्तै विद्रोही छस्, तैँले मुक्ति पाउनै सक्दैनस्! के यस्ता मानिसहरू हटाइने मानिसहरू होइनन्? के मेरो काम समाप्त हुने समय तेरो अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूमाझ अत्यन्तै धेरै काम गरेको र अत्यन्तै धेरै वचनहरू बोलेको छु—त्यसमध्ये कति तिमीहरूका कानभित्र साँच्चै पसेको छ? त्यसमध्ये कतिप्रति तिमीहरू कहिल्यै समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो तैँले मेरो विरोध गर्न छोड्ने, तँ मेरो विरुद्धमा खडा हुन छोड्ने समय हुनेछ। मैले काम गर्दै गर्दा, तिमीहरू निरन्तर मेरो विरुद्ध काम गर्दछौ; तिमीहरू कहिल्यै मेरा वचनहरू पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू स्यालहरू र कुकुरहरूको झुन्ड बाहेक अरू केही होइनौ, जसले सबै कुरा मेरो विरुद्धमा गर्दछ! तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिनेहरूलाई तिमीहरू आफ्नो अङ्गालोमा ल्याउने निरन्तर कोसिस गरिरहेका छौ—तिमीहरूको डर मान्ने हृदय कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली हुन्छन्! तिमीहरूसँग कुनै समर्पणता वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छल र ईश्वरनिन्दा हुन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर भूतात्माहरूलाई घृणा गर्छु र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछ। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर भूतात्माहरू र दुष्टात्माहरू घृणित छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, यो सत्यताले, यो मार्गले र यो जीवनले तिमीहरूलाई आकर्षित गर्दैन; बरु, तिमीहरू पापीपन; पैसा, प्रतिष्ठा; ख्याति र लाभ; देहका मनोरञ्जन, पुरुषको सुन्दरता र स्त्रीको लावण्यतर्फ आकर्षित छौ। कुन कुराले तिमीहरूलाई मेरो राज्यमा प्रवेश गर्न योग्य बनाउँछ? तिमीहरूको छवि परमेश्‍वरको भन्दा अझ ठूलो छ, तिमीहरूको हैसियत परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूमाझ तिमीहरूको इज्जतको त झन् कुरै नगरौँ—तिमीहरू मानिसहरूले पूजा गर्ने एउटा मूर्ति बनेका छौ। के तँ प्रधान स्वर्गदूत बनेको छैनस् र? जब मानिसहरूका परिणामहरू प्रकाश गरिन्छन्, जुन बेला मुक्तिको काम पनि त्यसको अन्त्य नजिकै आइपुगेको हुनेछ, तब तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ। मुक्तिको कामको बेला, म सबै मानिसहरूप्रति दयालु र भलो हुन्छु। जब काम समाप्त हुन्छ, विभिन्न प्रकारका मानिसहरूका परिणामहरू प्रकट हुनेछन्, र त्यस बेला म दयालु र भलो हुनेछैन, किनकि मानिसहरूका नतिजाहरू प्रकट भइसकेका हुनेछन्, र तिनीहरू प्रत्येक आ-आफ्नो प्रकारअनुसार वर्गीकृत भइसकेका हुनेछन्, र अझ थप मुक्तिको काम गर्नुको कुनै फाइदा हुनेछैन, किनकि मुक्तिको युग बितिसकेको हुनेछ, र बितिसकेको हुनाले त्यो फर्कनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

६५७. मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्‍ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्‍वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य विद्रोह र विश्वासघातहरूलाई पनि म नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्‍नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराध र विद्रोह अनगिन्ती भएका छन्, त्यसैले मैले तिमीहरूलाई निरन्तर सताइरहेको छु भन्‍ने कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक म तिमीहरूलाई झिज्याउँछु। मलाई आशा छ, तिमीहरूले मलाई अझ धेरै बुझाइ देखाउन सक्छौ, र त्यसबाहेक, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्‍वास गर्न र मेरा वचनहरूको गहन अर्थ बोध गर्न सक्‍नेछौ। म जे भन्छु त्यसमा शङ्का नगर, झन् मेरा वचनहरूलाई त्यतिकै टिप्नु अनि त्यसपछि मनलागी पन्छ्याउनु त परको कुरा हो; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूको परीक्षा लिँदैछु भन्‍ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरू सधैँ मबारे र मैले भन्ने कुराबारेका सन्देहहरूले भरिन्छौ, मलाई सधैँ उपेक्षा गर्छौ र मेरा वचनहरूलाई बेवास्ता गर्छौ, त्यसैले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: म जे भन्छु त्यसलाई दर्शनसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। झन् अवहेलनाका साथ मेरा वचनहरूप्रति झारा टारुवा हुनु त परको कुरा हो। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्‍वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म एउटा मार्ग आशा गर्दछु जसबाट तिमीहरूले ज्योति प्राप्त गर्नेछौ। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्‍ने हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

६५८. तैँले जति धेरै अपराधहरू गर्छस् त्यति नै थोरै राम्रो गन्तव्य प्राप्त गर्ने अवसरहरू पाउनेछस्। यसको विपरीत, तैँले जति थोरै अपराधहरू गर्छस् त्यति नै धेरै परमेश्‍वरबाट तेरो प्रशंसा हुने सम्भावना हुन्छ। यदि तेरा अपराधहरू मैले तँलाई क्षमा दिनै नसक्ने हदसम्म बढ्दै जान्छ भने तैँले क्षमा हुने आफ्‍नो मौका पूर्ण रूपमा गुमाइसकेको हुनेछस्। यसै गरी, तेरो गन्तव्य पनि माथि हुँदैन, तल हुन्छ। यदि तैँले मलाई विश्‍वास गर्दैनस् भने तँ साहसी बन् र गलत काम गर्, अनि हेर् तैँले त्यसबाट के पाउँछस्। यदि तँ सत्यताको अभ्यास गर्ने निष्कपट व्यक्ति होस् भने तैँले निश्चय पनि तेरा अपराधहरूको लागि क्षमा पाउने अवसर प्राप्त गर्नेछस्, र तैँले झनझन कम मात्रामा विद्रोह गर्नेछस्। यदि तँ सत्यताको अभ्यास गर्न अनिच्‍छुक व्यक्ति होस् भने, अवश्य पनि परमेश्‍वरसामु तेरा अपराधहरूको संख्या बढ्नेछ र तैँले तबसम्‍म झन्-झन् बढी विद्रोह गर्दै जानेछस् जबसम्‍म तँ तेरो सीमिततामा पुग्छस्, जुन तेरो पूर्ण विनाशको समय हुनेछ। यो त्यही समय हुनेछ जब आशिष्‌हरू प्राप्त गर्ने तेरो मीठो सपना चकनाचूर हुनेछ। आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्‍ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्। अझै पनि तेरो लागि यो मेरो सुझाव हो: आफ्ना लुकेका अपराधहरूलाई देख्न नसकी आफ्नो गन्तव्यमा मात्र ध्यान नदे; अपराधहरूलाई गम्भीर रूपमा हेर्, र तीमध्ये कुनै पनि अपराधलाई आफ्नो गन्तव्यको सरोकारको कारण बेवास्ता नगर्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

६५९. परमेश्‍वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्‍ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना वा प्रतिक्रियाहरू नजगाइकनै, उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्‍याउन सक्छन् भन्‍ने होइन, न त उहाँमा कृपा छ भन्‍ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्‍ने जनाउँछ। परमेश्‍वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले हर समय उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्‍नमा ध्यान दिनुपर्छ, उहाँको मनोवृत्तिप्रति एकदमै राम्ररी ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न पुग्‍नुपर्छ। हामीले परमेश्‍वरलाई सीमित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्‍वरलाई मानवीय विधिहरू प्रयोग गरेर अनि मानवीय कल्पनाहरूका आधारमा मानिसहरूसँग व्यवहार गराउन उहाँमाथि मानव मनका सोचहरू र चाहनाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा र आफ्नो बोलीवचनमा सावधान र विवेकी हुन, अनि तिमीहरूले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्छौ भन्‍ने सम्बन्धमा तिमीहरू पूर्ण रूपमा सक्दो सावधान र विवेकी हुन आग्रह गर्छु! जब तैँले परमेश्‍वरको मनोवृत्ति के-कस्तो छ भन्‍ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू; अझै महत्त्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ। यी पनि, परमेश्‍वरको डर मान्‍नु अनि दुष्टताबाट अलग बस्‍नुकाप्रकटीकरण हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि तँसँग यो मनोवृत्ति छ भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र कामकुराहरूसम्बन्धी बुझाइको अभावका लागि तँलाई दोष लगाउनुहुन्‍न। बरु, परमेश्‍वरलाई ठेस पुर्‍याउन डराउने तेरो मनोवृत्तिको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँप्रति समर्पित हुने इच्छुकताको कारण, परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो मनोवृत्ति चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, तँलाई अनुशासनमा राख्‍नुहुनेछ अनि तँलाई दण्ड समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्नुहुनेछ। शायद यो टीकाटिप्पणी तेरो परिणामसँग सम्‍बन्धित हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्‍वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्‍वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्‍वरको डर मानिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो मनोवृत्ति अँगाल्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। मानिसहरूले जुनसुकै प्रकारको प्रदर्शन गरे तापनि परमेश्‍वरले तिनीहरूलाई स्पष्ट र सरल रूपमा हेर्नुहुन्छ, र उहाँले तेरा यी प्रदर्शनहरूको सही र उपयुक्त मूल्याङ्कन गरिदिनुहुनेछ। तैँले अन्तिम परीक्षाबाट गुज्रिसकेपछि परमेश्‍वरले तेरा सबै व्यवहारहरूलाई लिनुहुनेछ र तेरो परिणाम निर्क्योल गर्नको लागि तिनीहरूलाई सारांशित गर्नुहुनेछ। यो नतिजाले शङ्काको छाँयासम्म पनि नहुने गरी प्रत्येक व्यक्तिलाई विश्‍वास दिलाउँछ। म तिमीहरूलाई यहाँ यो कुरा बताउन चाहन्छु: तिमीहरूको प्रत्येक कर्म, तिमीहरूको प्रत्येक कार्य अनि तिमीहरूको प्रत्येक सोचले तिमीहरूको नियति निर्धारण गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

६६०. मानिसहरूले कसरी परमेश्‍वरको खोजी गर्छन् र तिनीहरू कसरी परमेश्‍वरकहाँ जान्छन् भन्‍ने विषयमा, मानिसहरूका मनोवृत्ति प्राथमिक महत्त्वका हुन्छन्। परमेश्‍वरलाई उहाँ केवल हावा हुनुभए जसरी आफ्नो मनको पछाडि नठेल; तैँले विश्‍वास गर्ने परमेश्‍वरलाई सधैँ जीवित परमेश्‍वर, एक वास्तविक परमेश्‍वरको रूपमा सोच्नू। उहाँ माथि तेस्रो स्वर्गमा केही काम नभएर त्यत्तिकै बसेर समय बिताउँदै हुनुहुन्न। बरु, उहाँले त निरन्तर रूपमा हरेक व्यक्तिको हृदयभित्र हेरिरहनुभएको छ, तिमीहरू के गर्न लागेका छौ भनी अवलोकन गरिरहनुभएको छ, तिमीहरूका हरेक शब्द अनि हरेक कर्मलाई नियालिरहनुभएको छ, तैँले कसरी व्यवहार गर्छस् भनी नियालिरहनुभएको छ र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी हेरिरहनुभएको छ। तँ आफूले आफूलाई परमेश्‍वरसमक्ष समर्पित गर्न इच्छुक भए पनि नभए पनि तेरा सबै व्यवहारहरू र तेरा भित्री सोचहरू र विचारहरू उहाँ समक्ष उदाङ्गो हुन्छन् र उहाँद्वारा हेरिएका हुन्छन्। तेरो व्यवहारको कारण, तेरा कर्महरूको कारण र उहाँप्रतिको तेरो मनोवृत्तिको कारण, तेरो बारेमा परमेश्‍वरको राय र तँप्रतिको उहाँको मनोवृत्ति निरन्तर परिवर्तन भइरहेको हुन्छ। म केही मानिसहरूलाई केही सल्लाह दिन चाहन्छु: उहाँ तँमा आशक्त हुनुपर्छ झैँ गरी, उहाँले तँलाई कहिल्यै छाड्न सक्नुहुन्न झैँ गरी, अनि तँप्रतिको उहाँको मनोवृत्ति अटल रहेको र त्यो कहिल्यै परिवर्तन नै हुँदैन झैँ गरी, परमेश्‍वरको हातमा आफूलाई शिशु झैँ नराख्, अनि म तिमीहरूलाई सपना देख्न छोड्नू भनेर पनि सल्लाह दिन्छु। हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्‍वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै आशक्तिपनयुक्त र अविवेकपूर्ण हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा जीवनलाई चाहने, दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले तिनीहरूप्रतिको उहाँका अपेक्षाहरू व्यक्त गर्छन् र तिनीहरू मानवजातिलाई बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ र परमेश्‍वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सिद्धान्तमा आधारित छ, यो एक प्रकारको प्रावधान त बिलकुलै होइन होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको मनोवृत्ति परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्‍वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्‍ने नठान्न सक्छस् र तैँले परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्‍ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्‍वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्‍वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्‍वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ। तसर्थ, म तँलाई तेरो वरिपरिका हरेक कुराहरू सामना गर्ने तरिकामा तँ सावधान र विवेकी हुनू अनि सबै कुराहरूमा “परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने” सिद्धान्तअनुसार अभ्यास गर्न सिक्नू भनी स्मरण गराउँछु। तैँले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको मनोवृत्तिसम्बन्धी कुराहरूको बारेमा सही बुझाइ विकास गर्नुपर्छ, तैँले यी कुराहरू तँलाई सुनाउने अन्तर्ज्ञान पाएका मानिसहरू भेट्टाउनुपर्छ, र तैँले इमानदारीतापूर्वक खोजी गर्नुपर्छ। मनलाग्दो गरी उहाँको मूल्याङ्कन गर्दै, मनोमानी ढङ्गले उहाँका बारेमा निष्कर्षहरू निकाल्दै र आदरहीन मनोवृत्तिले उहाँलाई हेर्दै—तेरो विश्‍वासको परमेश्‍वरलाई कठपुतलीको रूपमा नहेर्नू। परमेश्‍वरले तेरो लागि मुक्ति ल्याउँदै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, उहाँले तँलाई कृपा, वा सहनशीलता, वा न्याय र सजाय प्रदान गर्न सक्नुहुन्छ, तर जुनसुकै अवस्था भए पनि, तँप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय हुँदैन। यो कुरा उहाँप्रतिको तेरो आफ्नै मनोवृत्तिको साथसाथै उहाँको बारेमा तेरो बुझाइमा निर्भर हुन्छ। परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान वा बुझाइको एक पक्षको आधारमा सधैँको लागि उहाँको परिभाषा नगर्। मृतक परमेश्‍वरमा विश्‍वास नगर्; जीवित परमेश्‍वरमा विश्‍वास गर्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

६६१. तिमीहरू परमेश्‍वर तिमीहरूमा आनन्दित हुनुहोस् भनी तृष्णा गर्छौ, तैपनि तिमीहरू परमेश्‍वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरू मात्र स्विकार्छौ, तर उहाँको काँटछाँट स्विकार्दैनौ, उहाँको हरेक प्रबन्ध स्विकार्ने र उहाँमा पूरा आस्था राख्ने त झनै गर्दैनौ। त्यसो भए यहाँ के भइरहेको छ? अन्तिम विश्लेषणमा, तिमीहरूको आस्था केवल अण्डाको रित्तो खोल हो, जसले कहिल्यै कुनै चल्ला जन्माउन सक्दैन। किनकि तिमीहरूको आस्थाले तिमीहरूकहाँ सत्यता ल्याएको छैन वा तिमीहरूलाई जीवन दिएको छैन, त्यसको साटो तिमीहरूलाई आड-भरोसा र आशाको भ्रामक बोध दिएको छ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य सत्यता र जीवन होइन, यो आड-भरोसा र आशाको बोध हो। त्यसैले म भन्छु कि, परमेश्‍वरमा तिमीहरूको आस्था दासी अनि निर्लज्ज शैलीमा परमेश्‍वरको चापलुसी गर्ने कोसिस बाहेक केही होइन। अनि यसलाई कुनै पनि तरिकाले साँचो आस्था मान्न सकिँदैन। यस्तो आस्थाबाट चल्ला कसरी जन्मन सक्छ? अर्को शब्दमा, यस्तो आस्थाले के हासिल गर्न सक्छ? परमेश्‍वरमा तिमीहरूको आस्थाको उद्देश्य भनेको तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्न उहाँलाई प्रयोग गर्नु हो। के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको थप तथ्य होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छौ र पृथ्वीमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छौ, तैपनि म तिमीहरूको विचारलाई मान्यता दिन्नँ; म तिनीहरूलाई मात्र अनुमोदन गर्छु, जसले व्यावहारिक रूपमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको सेवा गर्छन्, तर तिनीहरूलाई कहिल्यै अनुमोदन गर्दिनँ, जसले पृथ्वीमा हुनुहुने ख्रीष्टलाई अनुमोदन गर्दैनन्। त्यस्ता मानिसहरू स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति चाहे जत्ति नै बफादार भए पनि, अन्त्यमा तिनीहरू दुष्टलाई दण्डित गर्ने मेरो हातबाट उम्कने छैनन्। यी मानिसहरू दुष्टहरू हुन्; तिनीहरू ती दुष्टहरू हुन्, जो परमेश्‍वरको विरोध गर्छन् र कहिल्यै खुसीसाथ ख्रीष्टप्रति समर्पित भएका हुँदैनन्। निश्चय नै, तिनीहरूमाझमा ती सबै समावेश छन्, जसले ख्रीष्टलाई चिन्दैनन् र, यस अतिरिक्त, उहाँलाई अनुमोदन गर्दैनन्। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति बफादार रहुञ्‍जेल ख्रीष्टसँग तैले आफूलाई जस्तो मन लाग्छ, त्यस्तै व्यवहार गर्न सक्छस् भनी विश्‍वास गर्छस्? गलत! ख्रीष्टको बारेमा रहेको तेरो अज्ञानता स्वर्गमा हुनुहुने परमेश्‍वरप्रतिको अज्ञानता हो। स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति तँ जति नै बफादार भए पनि त्यो खोक्रो गफ र बहाना मात्र हो, किनकि पृथ्वीमा हुनुहुने परमेश्‍वर मानिसलाई सत्यता र अझ गहिरो ज्ञान प्राप्त गराउन मात्र होइन, तर त्योभन्दा बढी महत्त्वपूर्ण कुरा, मानिसलाई दोषी ठहराउन अनि पछिबाट दियाबलसलाई दण्ड दिने तथ्यहरूमा प्रयोग गरिनको लागि पनि सहायक हुनुहुन्छ। के तैँले यहाँ लाभदायक र हानिकारक परिणामहरूलाई बुझिस्? के तैँले ती कुराको अनुभव गरिस्? मेरो इच्छा छ कि, तिमीहरूले एक दिन चाँडै यो सत्यतालाई बुझ्न सक: परमेश्‍वरलाई चिन्नका लागि तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, तिमीहरूले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि चिन्नु पर्दछ। तिमीहरूका प्राथमिकताहरूलाई अलमलमा नपार वा गौण कुरालाई मुख्य कुराको स्थान लिने अनुमति नदेओ। यस प्रकारले मात्र तैँले परमेश्‍वरसँग साँचो सम्बन्ध बनाउन सक्छस्, र तँ परमेश्‍वरको नजिक हुन, र तेरा हृदयलाई परमेश्‍वरको नजिक ल्याउन सक्छस्। यदि तैँले धेरै वर्षदेखि विश्‍वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्‍ना परमेश्‍वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्‍वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्‍वरको स्वभावको विरुद्धमा गरेको उल्‍लङ्घन कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्‍वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्‍वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्‍वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

६६२. प्रत्येक व्यक्तिले परमेश्‍वरप्रतिको विश्‍वासमा आफ्नो जीवन जिउने क्रममा परमेश्‍वरलाई धोका दिने र प्रतिरोध गर्ने खालका कामहरू गरेको छ। कतिपय कुरालाई कसुरका रूपमा उल्लेख गरिरहनु आवश्यक छैन, तर केही भने अक्षम्य छन्; किनभने त्यसमा धेरै कर्महरू छन् जसले प्रशासनिक विधि उल्लंघन गर्छन् जसले परमेश्‍वरको स्वभावलाई नै अपमान गर्छन्। आफ्नै अन्तको गतिबारेमा चिन्ता गर्ने धेरै व्यक्तिहरूले यी कर्महरू के-के हुन् भनी सोध्न सक्छन्। तिमीहरू स्वभावैले घमण्डी र अहङ्कारी छौ र तथ्यहरूमा समर्पित हुन अनिच्छुक छौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। यसकारण, तिमीहरूले आफ्नै बारेमा चिन्तन गरेपछि अलिअलि गरेर म तिमीहरूलाई बताउनेछु। म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्‍वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्‍वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्‍ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन छस् तर पनि परमेश्‍वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्‍वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्‍वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्तापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्‍वरले मानिसलाई दण्डित गर्नुहुन्छ। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्‍यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै ती व्यक्तिहरू हुन् जो अन्त्यसम्म रहन्छन्। तथापि, मैले खोज्ने भनेका इमानदार व्यक्तिहरू हुन्; यदि तँ इमानदार व्यक्ति होस् र नियमहरू अनुरूप कार्य गर्ने व्यक्ति होस् भने तँ परमेश्‍वरमा दृढ हुन सक्छस्। यदि आफ्ना कार्यहरूमा तैँले परमेश्‍वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्‍वरका अभिप्राय खोज्छस्, र तँमा परमेश्‍वरको डर मान्ने हृदय छ भने तेरो विश्‍वास मापदण्ड अनुरूप छ। जसले परमेश्‍वरको डर मान्दैन र जोसँग त्रासमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्‍वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

६६३. मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो फाइदा पाउनेछौ। परमेश्‍वरको सारतत्त्वका विषयमा बुझ्‍न अति गाह्रो हुन्छ, तर तिमीहरू सबै जनासँग परमेश्‍वरको स्वभावका विषयमा केही हदसम्म ज्ञान रहेको छ भनी म विश्‍वास गर्छु। परमेश्‍वरको स्वभावलाई नचिढ्याउने अनि तैँले गरेका कुराहरूका बारेमा मलाई देखाउनको लागि तँसँग धेरै कुराहरू हुनेछन् भन्‍ने मेरो आशा छ। त्यसपछि म सुनिश्‍चित हुनेछु। उदाहरणको लागि, तिमीहरूका हृदयमा परमेश्‍वरलाई सधैँभरि राख्‍नू। जब तैँले काम गर्छस्, तब उहाँका वचनहरू अनुसार काम गर्नू। सबै कुराहरूमा उहाँको इच्छा खोज्‍नू, र परमेश्‍वरलाई अपमान र अनादर गर्ने सबै कुराहरूबाट आफूलाई अलग राख्‍नू। भविष्यमा तेरो हृदयको खालीपन भर्नका लागि मात्र परमेश्‍वरलाई आफ्नो मनको कुनै कुनामा लुकाई राखिस् भने तैँले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेको हुनेछस्। मानौं, तिमीहरूले आफ्नो जीवनकालभरि कहिल्यै पनि परमेश्‍वरको निन्दा गरेनौ वा परमेश्‍वरको विरुद्धमा गुनासो गरेनौ भने, उहाँले तिमीहरूका जिम्मामा सुम्पिदिनुभएका सबै कुराहरू उपयुक्त तरिकाले सदुपयोग गर्नेछौ, साथै तिमीहरूका जीवनभरि आफैलाई उहाँको वचनमा समर्पण गर्नेछौ, त्यसपछि तिमीहरूले प्रशासनिक आदेशहरूका विरुद्ध अपराध गर्न छोड्नेछौं। उदाहरणको लागि, यदि तिमीहरूले कहिल्यै यसो भनेका छौ भने, “उहाँ परमेश्‍वर हुनुहुन्छ भनी किन मैले विचार गर्नुपर्छ?” “मेरो विचारमा यी वचनहरू पवित्र आत्माका केही अन्तर्दृष्टिहरूभन्दा केही पनि होइनन्,” “मेरो विचारमा परमेश्‍वरले गर्नुभएका सबै कुराहरू सही हुनुपर्छ भन्‍ने कुनै आवश्यकता छैन,” “परमेश्‍वरको मानवता मेरोभन्दा उच्‍चकोटीको छैन,” “परमेश्‍वरका वचनहरू विश्‍वास गर्न लायकका छैनन्,” वा यस्तै किसिमका न्यायपूर्ण भनाइहरू व्यक्त गरेका छौ भने आफ्ना पापहरू स्वीकार गर्न र त्यसबाट पश्‍चात्ताप गर्न म तिमीहरूलाई उत्साह दिन्छु। अन्यथा, तिमीहरूले कहिल्यै पनि क्षमादानको अवसर प्राप्‍त गर्नेछैनौ, किनकि तिमीहरूले मानिसलाई होइन, तर परमेश्‍वरलाई चिढ्याएका छौ। तिमीहरूले मानिसको न्याय गरिरहेको छु भनी विश्‍वास गरेका हुन सक्छौ, तर परमेश्‍वरका आत्माले त्यसरी हेर्नुहुन्‍न। तिमीहरूले उहाँको देहलाई अनादर गर्नुचाहिँ उहाँ स्वयमलाई अनादर गर्नु बराबर हो। यसरी के तिमीहरूले परमेश्‍वरको स्वभावको उल्‍लङ्घन गरेका छैनौ र? परमेश्‍वरका आत्माले गर्नुभएका सबै काम उहाँका देहका कामलाई सुरक्षित राख्‍न र यी कामहरू अझ राम्ररी सम्‍पन्‍न गर्नका निम्‍ति हो भन्‍ने कुरा तिमीहरूले याद राख्‍नुपर्छ। यदि तिमीहरूले यसलाई बेवास्ता गर्‍यौ भने तिमीहरू कहिल्यै पनि परमेश्‍वरमा विश्‍वास गर्न सफल हुन सक्‍नेछैनौ भनी म तिमीहरूलाई बताउन चाहन्छु। तिमीहरूले परमेश्‍वरको क्रोधलाई भड्काएको कारण उहाँले तिमीहरूलाई शिक्षा सिकाउन उपयुक्त दण्ड दिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

६६४. परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ सो विषयमा के तिमीहरूले कुनै निष्कर्षहरू निकालेका छौ? अन्त्यमा, यस प्रश्‍नको प्रतिक्रियास्वरूप म तिमीहरूलाई तीनवटा सल्लाहहरू दिन चाहन्छु: पहिलो, परमेश्‍वरलाई जाँच नगर्। तैँले परमेश्‍वरलाई जति धेरै बुझे पनि, तैँले परमेश्‍वरको स्वभावबारे जति नै धेरै जाने पनि, उहाँलाई कदापि जाँच नगर्। दोस्रो, परमेश्‍वरसित हैसियतको निम्ति नलड्। परमेश्‍वरले तँलाई जस्तो प्रकारको हैसियत दिनुभए पनि वा तँलाई जस्तो प्रकारको काम सुम्पिनुभए पनि, तँलाई जस्तो प्रकारको कर्तव्य पूरा गर्न खडा गर्नुभए पनि, र परमेश्‍वरको निम्ति तैँले आफैलाई जति नै समर्पित र बलिदान गरेको भए पनि, हैसियतको निम्ति उहाँसित कदापि प्रतिस्पर्धा नगर्। तेस्रो, परमेश्‍वरसित प्रतिस्पर्धा नगर्। उहाँले तँसित जे गर्नुहुन्छ, तेरो निम्ति जे बन्दोबस्त गर्नुहुन्छ र जुन कुराहरू तँकहाँ ल्याउनुहुन्छ, चाहे ती कुराहरूलाई तैँले बुझे पनि, नबुझे पनि वा त्यसप्रति तैँले आफैलाई समर्पण गर्न सके पनि, नसके पनि, परमेश्‍वरसित कदापि प्रतिस्पर्धा नगर्। यदि यी तीन सल्लाहहरूलाई तैँले पालना गर्न सक्छस् भने, तँ लगभग सुरक्षित नै हुनेछस्, र उहाँलाई क्रोधित तुल्याउनेतर्फ तँ उन्मुख हुनेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

६६५. सायद, आजको दिनसम्म आइपुग्दा, तैँले निकै कष्ट भोगेको छस्, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र भित्री गहिराइमा तैँले जीवन प्राप्त गरेको छैनस्। जब तेरो काम जाँच्ने समय आउँछ, तैँले आगोजस्तो भीषण परीक्षा र अझ ठूलो सङ्कष्ट अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण सत्वलाई खरानीमा परिणत गर्नेछ। जीवन नभएको व्यक्ति, भित्र अलिकति पनि शुद्ध सुन नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, र प्रतिभार बन्ने काम समेत राम्रोसँग गर्न नसक्ने व्यक्तिका रूपमा, तँलाई किन हटाइँदैन होला र? के एक पैसाभन्दा कम मूल्य भएको र जीवन नै नभएको व्यक्तिलाई विजयको काममा प्रयोग गर्न सकिन्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछन्! तब तेरा प्रार्थना तेरा निम्ति व्यर्थ हुनेछन्। मुक्तिको काम समाप्त भइसकेपछि, के तैँले पछि फर्केर फेरि पश्चात्ताप गर्न सक्नेछस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआतचाहिँ हुनेछ। तँ प्रतिरोध गर्छस्, तँ विद्रोह गर्छस्, र तँ जानाजान दुष्टता गर्छस्। के तँ कठोर दण्डको पात्र होइनस् र? आज म यी कुराहरू तँलाई निकै स्पष्ट रूपमा व्याख्या गर्दै छु। यदि तँ नसुन्ने छनौट गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, तब मात्र पछुतो महसुस गर्न र विश्‍वास गर्न थाल्छस् भने, के धेरै ढिलो हुनेछैन र? आज म तँलाई पश्‍चाताप गर्ने मौका दिँदै छु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के सजाय पाउने दिनसम्म? आज म तेरो विगतका अपराधहरू याद गर्दिनँ; म तेरो नकारात्मक पक्ष नहेरी तेरो सकारात्मक पक्ष मात्र हेरेर तँलाई बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचन र काम तँलाई मुक्ति दिनका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी सराहना गर्ने भनी जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी प्रतिशोध मात्र पर्खेर बसिरहेका हुँदैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

६६६. तिमीहरूको बीचमा गरिएको मेरो काम यहोवाले इस्राएलमा गर्नुभएको कामजस्तो बिलकुलै होइन, र विशेष गरी यो यहूदियामा येशूले गर्नुभएको काम जस्तो होइन। म ठूलो सहिष्णुताका साथ काम गर्छु र बोल्छु, र यी भ्रष्टहरूलाई म क्रोध र दण्डसहित जित्छु। यो इस्राएलमा यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउनुभएको जस्तो पटक्कै होइन। इस्राएलमा उहाँको काम भोजन र जिउँदो पानी प्रदान गर्नुथियो, र आफ्ना जनहरूका निम्ति प्रबन्ध गर्दा उहाँ तिनीहरूप्रति दया र प्रेमले भरिपूर्ण हुनुहुन्थ्यो। आजको काम एक श्रापित जातिको बीचमा गरिन्छ, जो चुनिएका होइनन्। त्यहाँ प्रशस्त भोजन छैन, न त त्यहाँ तिर्खा मेट्ने जिउँदो पानीको पोषण नै छ, र त्यहाँ भौतिक वस्तुहरूको पर्याप्त आपूर्ति हुने कुरा त परै जाओस्; त्यहाँ पर्याप्त न्याय, श्राप, र सजायको आपूर्ति मात्र छ। गोबरको थुप्रोमा बसोबास गर्ने यी कीराहरू मैले इस्राएललाई दिएको जस्तो गाईवस्तु र भेडाहरूले भरिएका पहाडहरू, धेरै धन-सम्पत्ति, र सारा देशकै सबैभन्दा सुन्दर छोराछोरीहरू प्राप्त गर्न अयोग्य छन्। समकालीन इस्राएलीहरूले वेदीमा गाईवस्तु, भेडाहरू र सुन र चाँदीका थोकहरू चढाउँछन्, जसद्वारा म त्यसका मानिसहरूलाई पालनपोषण गर्दछु, व्यवस्था अन्तर्गत यहोवाले माग गर्नुभएको दश भागको एक अंशलाई उछिन्छु, यसरी मैले तिनीहरूलाई व्यवस्था अन्तर्गत इस्राएलीहरूले प्राप्त गरेकोभन्दा सय गुणा बढी दिन्छु। म जुन थोकले इस्राएललाई पालनपोषण गर्छु, त्यो अब्राहामले प्राप्त गरेकाभन्दा र इसहाकले प्राप्त गरेकाभन्दा बढी हुन्छ। म इस्राएलको परिवारलाई फलदायी बनाउनेछु र वृद्धि गराउनेछु, र म मेरा इस्राएलका मानिसहरूलाई पृथ्वीभरि फैलाउनेछु। म जसलाई आशीर्वाद दिन्छु र वास्ता गर्छु तिनीहरू अझै पनि इस्राएलका चुनिएका मानिसहरू नै हुन्—अर्थात्, ती मानिसहरू, जसले सबै कुरा मलाई समर्पण गर्छन् र जसले मबाट सबै थोक प्राप्त गरेका छन्। उनीहरूले मलाई आफ्नो मनमा राख्ने हुनाले तिनीहरूले आफ्ना नवजात बाछाहरू र थुमाहरू मेरो पवित्र वेदीमा बलि चढाउँछन् र उनीहरूसँग भएका सबै थोक मेरो सामु अर्पण गर्छन्, यहाँसम्म कि म फर्केर आउने आशामा उनीहरूका नवजात जेठा छोराहरूलाई पनि चढाउँछन्। र तिमीहरूचाहिँ के गर्दछौ? तिमीहरू मेरो क्रोध जगाउँछौ, मसँग मागहरू गर्दछौ, र मलाई बलि चढाउनेहरूले चढाएका थोकहरू चोरी गर्दछौ, र तिमीहरूले मलाई चोट पुऱ्याइरहेका छौ भनी तिमीहरूलाई थाहा हुँदैन; यसैले तिमीहरूले प्राप्त गर्ने भनेको अन्धकारमा रुवाइ र दण्ड मात्र हो। तिमीहरूले धेरै पटक मलाई रिस उठाएका छौ, र मैले मेरो जलिरहेका आगोहरू यतिसम्म बर्साएँ कि केही व्यक्तिहरूको दुःखद अन्त्य भएको छ, र खुसीका घरहरू उजाड् चिहानहरू बनेका छन्। यी कीराहरूका निम्ति मसँग अन्त्य नहुने क्रोध मात्र छ, र तिनीहरूलाई आशिष् दिने मेरो कुनै अभिप्राय छैन। मेरो कामको खातिर मात्र मैले एउटा अपवाद बनाएको छु र तिमीहरूलाई उठाएको छु, र ठूलो अपमान सहेको छु र तिमीहरूको बीचमा काम गरेको छु। यदि मेरा पिताको इच्छा नभएको भए म गोबरको थुप्रोमा कीराहरू स्याउँस्याउँ गरिरहेको त्यही घरमा कसरी बस्न सक्थें? तिमीहरूका सबै कार्य र बोलीवचनलाई म अत्यन्तै घृणा गर्दछु, र जे भए पनि, तिमीहरूको फोहोरपन र विद्रोहप्रति ममा केही “चासो” भएकोले, यो मेरा वचनहरूको ठूलो सङ्ग्रह भएको छ। अन्यथा, म तिमीहरूको बीचमा लामो समयसम्म बिलकुलै रहने थिइनँ। त्यसकारण, तिमीहरूले थाहा पाउनु पर्दछ, कि तिमीहरूप्रति मेरो मनोवृत्ति सहानुभूति र दया मात्रै हो; ममा तिमीहरूप्रति एक थोपा प्रेम पनि छैन। तिमीहरूप्रति मसँग सहिष्णुता मात्र छ, किनकि म यो मेरो कामको खातिर मात्र गर्दछु। र मैले फोहोर र विद्रोहीपनलाई “कच्चा पदार्थहरू” को रूपमा चुनेको हुनाले मात्रै तिमीहरूले मेरा कार्यहरूलाई देखेका छौ; अन्यथा, म यी कीराहरूलाई मेरा कार्यहरू बिलकुलै प्रकट गर्दिनथिएँ। म अनिच्छाले मात्र तिमीहरूमा काम गर्दछु, त्यस्तो तत्परता र इच्छासहित होइन जसरी मैले इस्राएलमा मेरो काम गरेको थिएँ। मैले आफैलाई तिमीहरूसित बोल्न कर लाउँदै मैले मेरो क्रोध थामिरहेको छु। यदि मेरो महान् काम हुँदैनथ्यो भने म कसरी त्यस्ता कीराहरूको दृश्य हेरिरहन सक्थें र? यदि मेरो नाउँको खातिर नभएको भए, म धेरै पहिले नै सबैभन्दा उच्च स्थानमा चढेको हुन्थें र गोबरको थुप्रोमा भएका यी कीराहरूलाई जलाएर पूर्ण रूपमा भस्म बनाएको हुन्थें! यदि मेरो महिमाका लागि नभएको भए, यी दुष्ट भूतात्माहरूलाई म कसरी खुल्लमखुल्ला मेरो आँखाको अगाडि टाउको हल्लाउँदै मेरो विरोध गर्ने अनुमति दिन्थें र? यदि सानोभन्दा सानो बाधाविना सुचारु रूपले मेरो काम गर्नु नपरेको भए म कीराहरू जस्ता यी मानिसहरूलाई जानी-जानी मसँग दुर्व्यवहार गर्ने अनुमति कसरी दिन सक्थेँ र? यदि इस्राएलको गाउँमा एक सय जना मानिस यस प्रकारले मेरो विरोध गर्न उठेका भए, तिनीहरूले मलाई बलिदानहरू चढाए पनि, म तिनीहरूलाई नाश पार्नेथिएँ र तिनीहरूलाई जमिनका चिराहरूमा हालिदिनेथिएँ, यसरी अन्य सहरका मानिसहरूलाई फेरि विरोध गर्नबाट रोक्नेथिएँ। म सबै कुरा भस्म गर्ने आगो हुँ र म उल्लङ्घन सहँदिनँ। मानिसहरू सबै मद्वारा सृष्टि गरिएको हुनाले, म जे भन्छु र गर्छु, त्यो तिनीहरू समर्पित हुनैपर्छ र तिनीहरूले विरोध गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छन् भनी विश्लेषण गर्न तिनीहरू योग्य हुने कुरा त परै जाओस्। म सृष्टिको प्रभु हुँ, र सृष्टि गरिएका प्राणीहरूले मैले माग गरेका सबै कुरा मेरो डर मान्ने हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग तर्क गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले विरोध गर्नु हुँदैन। मेरो अधिकारद्वारा म मेरा मानिसहरूमाथि शासन गर्दछु, र जो मेरो सृष्टि भाग हुन् तिनीहरू सबै मेरो अख्तियारको अधीनमा बस्नुपर्छ। आज तिमीहरू मेरो सामु सहासी र हठी भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई शिक्षा दिन्छु तिनको विरुद्धमा तिमीहरूले विद्रोह नगरे पनि र डर मान्न नजाने पनि म सहिष्णुतासाथ मात्रै तिमीहरूका विद्रोहीपनको सामना गर्दछु; सानो, तुच्छ कीराहरूले गोबरको थुप्रोमा फोहोर उठायो भन्दैमा म आफ्नो रिस पोखाउँदिन र मेरो कामलाई प्रभावित गर्दिनँ। मेरा पिताको इच्छाको खातिर म मैले घिनाउने गर्ने सबै कुरा र मैले घृणा गर्ने सबै कुराहरूको अस्तित्वलाई सहन गर्दछु, मेरा वाणीहरू पूर्ण नहुञ्जेल, मेरो अन्तिम क्षणसम्‍मै म त्यसो गर्नेछु। चिन्ता नगर्! म नाम विनाको कीराको स्तरमा डुब्न सक्दिनँ, र म आफ्नो सीपको स्तरलाई तँसँग तुलना गर्दिनँ। म तँलाई घृणा गर्दछु, तर म सहन सक्छु। तैँले मेरो विरुद्धमा विद्रोह गर्छस्, तर तँ त्यस दिनबाट उम्कन सक्दैनस्, जुन बेला म तँलाई सजाय दिनेछु, जुन मेरा पिताले मसँग प्रतिज्ञा गर्नुभएको थियो। के सृष्टि गरिएको कीरालाई सृष्टिका प्रभुसँग तुलना गर्न सकिन्छ? शरद ऋतुमा, झर्ने पातहरू तिनका जराहरूमा फर्कन्छन्; तँ तेरा “पिता” को घर फर्कनेछस्, र म मेरा पिताको छेउमा फर्कनेछु। म उहाँको कोमल स्नेहको साथमा हुनेछु, र तेरा पितापछि तँ कुल्चिइनेछस्। मसँग मेरा पिताको महिमा हुनेछ, र तँसँग तेरो पिताको सर्म हुनेछ। म तँलाई साथ दिन धेरै अघिदेखि रोकेर राखेको सजायको प्रयोग गर्नेछु, र लाखौँ वर्षदेखि भ्रष्ट भएको तेरो दुर्गन्धित देहमा तैँले मेरो सजाय भोग्नेछस्। मैले सहिष्णुताको साथमा तँमा मेरा वचनहरूको काम पूरा गरेको हुनेछु, र तैँले मेरा वचनहरूबाट विपत्ति भोग्ने भूमिका पूरा गर्न सुरु गर्नेछस्। म धेरै आनन्दित हुनेछु र इस्राएलमा काम गर्नेछु; तँ हिलोमा लुटपुटिँदै र मर्दै रुनेछस् र दाह्रा किट्नेछस्। म मेरो मूल स्वरूपलाई फेरि प्राप्त गर्नेछु र अझै तँसँग फोहोरमा बस्नेछैन, जबकी तैँले आफ्नो मूल कुरूपता फेरि पाउनेछस् र गोबरको थुप्रो वरिपरि प्वाल बनाइरहनेछस्। जब मेरो काम र वचनहरू समाप्त हुन्छन् त्यो मेरो लागि आनन्दको दिन हुनेछ। जब तेरो विरोध र विद्रोहीपन सकिन्छ, त्यो तेरो लागि रुने दिन हुनेछ। म तँप्रति सहानुभूति राख्नेछैनँ, र तैँले मलाई फेरि कहिल्यै देख्नेछैनस्। म अब उप्रान्त तँसँग कुनै बातचित गर्नेछैनँ, र तैँले मलाई फेरि कहिल्यै भेट्नेछैनस्। म तेरो विद्रोहीपनलाई घृणा गर्नेछु, र तैँले मेरो प्रेमिलोपनलाई याद गर्नेछस्। म तँलाई प्रहार गर्नेछु, र तैँले मेरो धेरै चाहना गर्नेछस्। म खुसीसाथ तँबाट बिदा हुनेछु, र तैँले तँ मप्रति कति ऋणी छस् भनी थाहा पाउनेछस्। म तँलाई फेरि कहिल्यै भेट्नेछैनँ, तर तैँले सधैँ मेरो लागि आशा गर्नेछस्। म तँलाई घृणा गर्दछु, किनकि तैँले अहिले मेरो विरोध गर्छस्, र तैँले मलाई याद गर्नेछस्, किनकि वर्तमानमा म तँलाई सजाय दिन्छु। म तँसँगै बस्न इच्छुक हुनेछैनँ, तर तैँले त्यसका निम्ति अति नै तृष्णा गर्नेछस् र अनन्तसम्म रुनेछस्, किनकि तैँले मलाई जे गरिस् ती सबैका निम्ति पछुतो गर्नेछस्। तैँले आफ्नो विद्रोह र विरोधको लागि पछुतो गर्नेछस्, तैँले पछुताउँदै आफ्नो अनुहार भुइँतिर घोप्ट्याउने समेत छस् र मेरो अगाडि लम्पसार परेर फेरि कहिल्यै पनि मेरो विरुद्धमा विद्रोह नगर्ने शपथ खान्छस्। आफ्नो हृदयमा तैँले मलाई मात्र प्रेम गरे तापनि तैँले मेरो आवाज कहिल्यै पनि सुन्न सक्नेछैनस्। म तँलाई आफैप्रति लज्जित तुल्याउनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

६६७. अहिले मैले तेरो भोगी देहलाई हेर्दैछु, जसले मलाई फुस्ल्याउँछ र मसँग तेरा निम्ति एउटा सानो चेतावनी मात्र छ, यद्यपि म सजायले तेरो “सेवा” गर्नेछैन। तैँले मेरो काममा के भूमिका खेल्छस् सो तैँले जान्नुपर्छ, त्यसपछि म सन्तुष्ट हुनेछु। यसभन्दा परको मामिलाहरूमा, यदि तैँले मेरो विरोध गर्छस् वा मेरो पैसा खर्च गर्छस् वा म, यहोवाका लागि चढाइएका बलिहरू खान्छस्, वा यदि तिमीहरू, अर्थात् कीराहरूले एक-अर्कालाई टोक्छौ, वा यदि तँ कुकुरजस्ता प्राणीहरू एक-अर्कासित झगडा गर्छस् वा उल्लङ्घन गर्छस् भने—मलाई ती कुनै पनि कुराको चिन्ता छैन। तिमीहरूलाई यति मात्र थाहा हुनुपर्छ कि तिमीहरू कस्तो किसिमका थोकहरू हौ, र म सन्तुष्ट हुनेछु। यी सबै कुराबाहेक, यदि तिमीहरू एक-अर्काको विरुद्धमा हतियारहरू निकाल्छौ भने वा एक-अर्कासित शब्दहरूको युद्ध गर्छौ भने त्यो ठीकै छ; म त्यस्ता कुराहरूमा हस्तक्षेप गर्न चाहन्नँ, र मानिसका मामिलाहरूमा अलिकति पनि समावेश छैन। यसको अर्थ म तिमीहरू बीचका द्वन्द्वहरूलाई वास्ता गर्दिनँ भन्‍ने होइन; के हो भने, म तिमीहरूमध्ये एक होइन, त्यसकारण तिमीहरू बीचमा रहेका मामलाहरूमा म सहभागी हुँदिनँ। म आफै सृष्टि गरिएको प्राणी होइन, र म संसारको होइन, त्यसैले म मानिसहरूको कलहमय जीवन र उनीहरूको बीचमा अव्यवस्थित, अनुचित सम्बन्धहरूलाई घृणा गर्दछु। म विशेष गरी हल्लाखल्ला गर्ने भीडहरूलाई घृणा गर्दछु। तापनि, सृष्टि गरिएको प्रत्येक प्राणीको हृदयमा हुने अशुद्धताको बारेमा मसित गहिरो ज्ञान छ, र मैले तिमीहरूलाई सृष्टि गर्नुभन्दा अघि, मलाई मानिसको हृदयभित्र रहेको अधार्मिकताको बारेमा पहिले नै थाहा थियो, र मैले मानिसको हृदयमा हुने सबै छलीपन र धूर्तताहरू जानेको थिएँ। त्यसकारण, मानिसहरूले कुन बेला अधर्मी कार्यहरू गर्छ भन्‍ने त्यहाँ कुनै सङ्केतहरू नभए तापनि, म तिमीहरूको हृदयभित्र गढेर बसेका अधार्मिकता मैले सृष्टि गरेका सबै थोकहरूको प्रचुरताभन्दा बढी हुन्छ भन्‍ने मलाई अझै थाहा छ। तिमीहरू सबै भीडहरूको शिखरमा उठेका छौ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उक्लिएका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र सजिलो ठाउँ खोज्न र आफूभन्दा साना कीराहरूलाई खाने कोसिस गर्दै तिमीहरू सबै कीराहरूको बीचमा अनियन्त्रित भई दगुर्छौ। तिमीहरू हृदयमा द्वेषपूर्ण र कपटी छौ, समुद्रको फेदमा डुबेका भूतहरूभन्दा पनि बढी छौ। तिमीहरू गोबरको फेदमा बस्छौ अनि, माथिदेखि तलसम्मका किराहरूमा अशान्ति नछाउन्जेल तिनलाई पिरोल्छौ, एक अर्कासँग झगडा गरेर एकछिनमा शान्त हुन्छौ। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैँले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूमा साँच्चै मेरो डर मान्ने हृदय थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कासँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्? तिमीहरू साना गन्हाउने गँड्यौलाहरू म यहोवाको वेदीमा चढाइएका भेटीहरू चोर्छौ; त्यसो गर्दा, के तँ आफ्नो नष्ट भएको, असफल प्रतिष्ठालाई बचाउन सक्छस् र इस्राएलका चुनिएका मानिसहरू बन्न सक्छस्? तँ निर्लज्ज नीच व्यक्ति होस्! वेदीका ती बलिहरू मेरो डर मान्ने मानिसहरूको तर्फबाट दयालु भावनाहरूको अभिव्यक्ति स्वरूप मानिसहरूले मलाई चढाएका हुन्। ती मेरो नियन्त्रण र मेरो प्रयोगका लागि हुन्, त्यसो भए मानिसहरूले मलाई चढाएका ती स-साना जङ्गली ढुकुरहरूलाई तैँले कसरी मबाट लुटेर लैजान सक्छस्? के तँ यहूदा बन्छु भनी डराउँदैनस्? के तेरो जमिन रगतको खेत बन्ला भनी डराउँदैनस्? तँ निर्लज्ज प्राणी! के मानिसहरूले चढाएका जङ्गली ढुकुरहरू तँ कीराको पेटलाई पोषण दिनको निम्ति हो भनी सोच्छस्? मैले तँलाई के दिएको छु त्यसमा म सन्तुष्ट छु र तँलाई दिन इच्छुक छु; मैले जे तँलाई दिएको छैन त्यो मेरो सामने छ। तैँले मेरा भेटीहरू त्यसरी चोर्न सक्दैनस्। काम गर्ने म नै हुँ, यहोवा—सृष्टिका प्रभु—र मानिसहरूले मेरै कारणले बलिहरू चढाउँछन्। के यो तैँले गर्ने सबै भागदौडको प्रतिफल हो भनी सोच्छस्? तँ साँच्चै निर्लज्ज छस्! तँ कसको लागि दगुरिहिँड्छस्? के यो तेरो आफ्नै लागि होइन र? तँ किन मेरा बलिहरू चोर्छस्? तँ मेरो थैलीबाट किन पैसा चोर्छस्? के तँ यहूदा इस्करियोतको छोरा होइनस् र? म यहोवालाई चढाइएका बलिहरू पूजाहारीहरूले उपभोग गर्नुपर्छ। के तँ पूजाहारी होस्? तैँले आत्म-तृप्त भएर मेरा बलिहरू खाने आँट गर्छस्, र ती टेबलमा राख्छस्; तँ कुनै मूल्यको छैनस्! तँ मूल्यहीन अभागी! मेरो आगो, म यहोवाको आगोले जलाएर तँलाई नाश पार्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

६६८. मैले तिमीहरूको बीचमा यस्तो प्रकारले काम गरेको छु र बोलेको छु, मैले धेरै ऊर्जा र कोसिस खर्च गरेको छु, तापनि मैले तिमीहरूलाई स्पष्ट रूपमा भनेको कुरा के तिमीहरूले कहिले सुनेका छौ? तिमीहरू म, सर्वशक्तिमान्‌को अघि कहाँ निहुरिएको छौ? तिमीहरू मसित किन यस्तो व्यवहार गर्छौ? तिमीहरूले भनेका सबै कुराहरूले किन मेरो रिस जगाउँछ? तिमीहरूका हृदय किन यति कठोर छ? के मैले कहिल्यै तिमीहरूलाई प्रहार गरेर ढालेको छु? तिमीहरू किन केही गर्दैनौ, तर मलाई दुःखी र चिन्तित मात्र बनाउँछौ? के तिमीहरू म, यहोवाको क्रोधको दिन तिमीहरूमाथि आओस् भनी पर्खिरहेका छौ? के म तिमीहरूको विद्रोहीपनले उत्पन्न गरेको मेरो क्रोध पठाऊँ भनी पर्खिरहेका छौ? के मैले गर्ने सबै काम तिमीहरूका निम्ति होइन र? तापनि म, यहोवासित तिमीहरूले यस्तो व्यवहार गरेका छौ: मेरा बलिहरू चोरेका छौ, मेरो वेदीका भेटीहरू घरमा लगेर ब्वाँसोको गुफामा त्यसका बच्चाहरूलाई र ती बच्चाहरूका पनि बच्चाहरूलाई खुवाउन लैजान्छौ; मानिसहरू एक-अर्कोको विरुद्धमा लड्छन्, एक-अर्कासित क्रोधको नजरले, तरबारहरू र भालाहरूले सामना गर्छन्, म, सर्वशक्तिमान्‌का वचनहरूलाई मलजस्तै फोहोर बनाउन शौचालयमा फाल्छन्। तिमीहरूको इमानदारीता कहाँ छ? तिमी मानवजाति जनावरजस्तो भएका छौ! तिमीहरूका हृदय ढुङ्गामा परिणत भएको धेरै भइसकेको छ। के तिमीहरूलाई थाहा छैन, जब मेरो क्रोधको दिन आउनेछ, त्यो दिन तिमीहरूले आज म, सर्वशक्तिमान्‌को विरुद्धमा गरेका खराबीको न्याय गर्नेछु? के तिमीहरू मलाई यसरी मूर्ख बनाएर, मेरा वचनहरू हिलोमा फालेर अनि ती नसुनेर, मेरो पिठिउँ पछाडि यस्तो काम गरेर मेरो क्रोधको नजरबाट उम्कन सक्छौ भनी सोच्छौ? तिमीहरूले मेरा बलिहरू चोरी गर्दा र मेरा सम्पत्तिहरूको लालच गर्दा म, यहोवाका आँखाहरूले अघिबाटै तिमीहरूलाई देखिसकेका थिए भन्‍ने के तिमीहरू जान्दैनौ? जब तिमीहरूले मेरा बलिहरू चोरी गऱ्यौ त्यो तिमीहरूले त्यस वेदीको सामु गऱ्यौ जहाँ बलिहरू चढाइन्छन् भन्‍ने के तिमीहरू जान्दैनौ? तिमीहरू आफैलाई कसरी यति चतुर मान्न सक्छौ र मलाई यसरी धोका दिन कसरी सक्छौ? तिमीहरूका जघन्य पापहरूबाट मेरो क्रोध कसरी हट्न सक्छ? मेरो दन्किरहेको रिसले तिमीहरूले गरिरहेका दुष्कर्महरूलाई कसरी छोड्न सक्छ? तिमीहरूले आज गरेका खराब कामले तिमीहरूका निम्ति उम्कने बाटो बनाउँदैन, तर तिमीहरूका लागि भोलिका निम्ति सजाय थुपार्दछ; यसले तिमीहरूको विरुद्ध म, सर्वशक्तिमान्को सजायलाई उक्साउँछ। तिमीहरूका दुष्कर्महरू अनि दुष्ट शब्दहरू मेरो सजायबाट कसरी उम्कन सक्छौ? तिमीहरूका प्रार्थनाहरू कसरी मेरो कानसम्म पुग्न सक्छन्? म तिमीहरूको अधार्मिकताका निम्ति उम्कने बाटो कसरी खोल्न सक्छु? तिमीहरूले मेरो विरुद्धमा विद्रोह गरी गरेको दुष्कर्मलाई म त्यसै कसरी छोडिदिन सक्छु? म तिमीहरूको सर्पको जस्तो विषालु जिब्रो नकाट्न कसरी सक्छु र? तिमीहरू आफ्नो धार्मिकताका निम्ति मलाई पुकार्दैनौ, तर तिमीहरूका अधार्मिकताको फलस्वरूप तिमीहरू मेरो क्रोध थुपार्छौ। म तिमीहरूलाई कसरी क्षमा गर्न सक्थें र? म, सर्वशक्तिमान्‌को आँखामा तिमीहरूका बोलीवचन र कार्यहरू फोहोर छन्। म सर्वशक्तिमान्‌का आँखाले तिमीहरूको अधार्मिकतालाई अन्त्यहीन सजायका रूपमा देख्दछ। मेरो धर्मी सजाय र न्याय तिमीहरूदेखि कसरी अलग हुन सक्छ र? तिमीहरूले मसँग यसो गरेर मलाई दुःखी र क्रोधित बनाएको हुनाले तिमीहरूलाई मेरो हातबाट कसरी उम्केर जान दिनु र म यहोवाले तिमीहरूलाई सजाय र सराप दिने दिनबाट अलग गर्न सक्छु? के तिमीहरूलाई थाहा छैन, तिमीहरूका सबै दुष्ट कुराहरू र बोली मेरा कानहरूमा पुगिसकेका छन्? के तिमीहरूका अधार्मिकताले अघिबाटै मेरो धार्मिकताको वस्त्रलाई फोहोर पारिसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूको विद्रोहीपनले अघिबाटै मेरो प्रचण्ड रिस जगाइसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले लामो समयदेखि मलाई उत्तेजित बनाएर छोडेका छौ र लामो समयदेखि मेरो धैर्यको जाँच गरेका छौ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले म रहेको देहलाई थाङ्नाजस्तो बनाएर अघिबाटै मेरो क्षति गरिसकेका छौ भन्‍ने तिमीहरू जान्दैनौ? मैले अहिलेसम्म सहेको छु, म मेरो रिस प्रकट गर्छु, उप्रान्त तिमीहरूप्रति सहनशील हुन छोडिदिन्छु। के तिमीहरूका दुष्कर्म अघिबाटै मेरो आँखामा पुगेको छ, मेरा पुकारहरू अघिबाटै मेरा पिताका कानहरूमा पुगेका छन् भन्‍ने तिमीहरू जान्दैनौ? कसरी उहाँले तिमीहरूलाई मसँग यस्तो व्यवहार गर्न दिन सक्नुहुन्छ? के मैले तिमीहरूभित्र गर्ने कुनै पनि काम तिमीहरूका खातिर होइन र? तापनि तिमीहरूमध्ये को म, यहोवाको कामलाई धेरै प्रेम गर्ने भएका छौ? म कमजोर भएकोले, र मैले भोगेका वेदनाहरूको कारण के म पिताको इच्छाप्रति अविश्‍वासी हुन सक्छु? के तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ? म तिमीहरूसँग यहोवा बोल्नुभएझैँ के मैले तिमीहरूका निम्ति धेरै कुरा समर्पित गरेको छैन र? म आफ्ना पिताको कामको खातिर यो सब दुःख भोग्न तयार भए पनि मेरो दुःखको परिणाम स्वरूप मैले तिमीहरूमाथि ल्याउने सजायबाट तिमीहरू कसरी छुट्न सक्छौ? के तिमीहरूले मबाट धेरै आनन्द पाएका छैनौ र? आज, मेरा पिताले मलाई तिमीहरूका निम्ति दिनुभएको छ; के तिमीहरूले मेरा उदार वचनहरूभन्दा धेरै कुराहरू उपभोग गरेका छैनौं र? के मेरो जीवन तिमीहरूका जीवन र तिमीहरू रमाउने कुराहरूका निम्ति साटिएको थियो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरा पिताले शैतानसँग लड्न मेरो जीवनको प्रयोग गर्नुभयो, र तिमीहरूलाई सयौं गुणा प्राप्त गर्ने तुल्याउन साथै धेरै वटा परीक्षाहरूबाट बचाउनका निम्ति शैतानसँग लड्न उहाँले तिमीहरूलाई मेरो जीवन दिनुभयो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरो कामद्वारा मात्र तिमीहरूले धेरै वटा परीक्षाहरू र धेरै वटा अग्‍निमय सजायहरूबाट छुटकारा पाएका छौ भन्‍ने तिमीहरू जान्दैनौ र? के मेरो कारणले गर्दा मात्र मेरा पिताले अहिलेसम्म तिमीहरूलाई आनन्द लिने अनुमति दिनुभएको छ भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरूका हृदयमा कठोरता बढेको जस्तो आज तिमीहरू कसरी यति कठोर र हठी हुन सक्छौ? तिमीहरूले आज गरिरहेको दुष्टता, म पृथ्वीबाट गएपछि सुरु हुने त्यो क्रोधको दिनबाट कसरी बच्न सक्छ? जुन व्यक्तिहरू अति कठोर र हठी छन् तिनीहरूलाई म, यहोवाको क्रोधबाट उम्कने अनुमति कसरी दिन सक्छु?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहको कोही पनि क्रोधको दिनबाट उम्कन सक्दैन

६६९. विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित अनि मेरो आवाज कहिले कठोर भएको छ? मैले कहिले तिमीहरूसँग ससाना कुराहरूमा कचकच गरेको थिएँ? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधार्मिकताका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्‍ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्‍ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्‍वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता विद्रोहका छोराहरूलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले सृष्टि गरिएको कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनलआई धोका दिनेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्‌को हातमा छैन र? म तिमीहरूको अधार्मिकता र विद्रोहीपनलाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधार्मिकताको अशुद्धताद्वारा अपवित्र भएको छैनँ, न त म अधार्मिकताका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनलाई धोका दिन सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूलाई आनन्द उठाउनका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्कर्महरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दैनौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढ्ता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म तिमीहरूलाई साँचो भन्दछु: मेरो सहनशीलता तिमीहरूका दुष्कर्महरूका निम्ति तयार गरिएको थियो, र त्यस दिन तिमीहरूलाई सजाय दिनका निम्ति अस्तित्वमा रहेको छ। म आफ्नो सहनशीलताको अन्त्यमा पुगेपछि त्यो क्रोधपूर्ण दण्ड सहने मानिसहरू के तिमीहरू नै होइनौ र? के सबै कुरा म, सर्वशक्तिमान्‌को हातमा छैनन् र? म कसरी स्वर्गहरूमुनि तिमीहरूलाई त्यसरी मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? तिमीहरूका जीवन धेरै कठिन हुनेछ, किनकि तिमीहरूले मसीहलाई भेटेका छौ, जसको बारेमा उहाँ आउनुहुन्छ भनिएको थियो, तापनि जो कहिल्यै आउनुभएन। के तिमीहरू उहाँका शत्रुहरू होइनौ? येशू तिमीहरूका मित्र बन्नुभएको छ, तापनि तिमीहरू मसीहका शत्रुहरू हौ। के तिमीहरू येशूका मित्रहरू भए पनि तिमीहरूका दुष्कर्महरूले तिनीहरूका भाँडाहरू भरेका छन्, जो घृणित छन् भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरू यहोवाको धेरै नजिक भए पनि के तिमीहरूका खराब शब्दहरू यहोवाको कानमा पुगेका छन् र तिनले उहाँको क्रोध जगाएको छ भन्‍ने तिमीहरू जान्दैनौ? उहाँ कसरी तिमीहरूको नजिक हुन सक्नुहुन्छ, र उहाँले दुष्कर्महरूले भरिएका तिमीहरूका ती भाँडाहरू किन जलाउन सक्नुहुन्न? उहाँ तिमीहरूका शत्रु किन बन्न सक्नुहुन्न?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहको कोही पनि क्रोधको दिनबाट उम्कन सक्दैन

६७०. तिमीहरू सबै आफूजस्तै प्रकारका युवा पुस्ताहरूलाई प्रवचन दिँदै र तिनीहरूलाई आफूसँगै बसाउँदै सुशोभित आसनमा बस्छौ। तिमीहरूलाई अलिकति पनि थाहा छैन कि तिमीहरूका “वंशजहरू” धेरै अघि नै सास न बास भइसकेका छन् र तिनीहरूले मेरो कामलाई गुमाइसकेका छन्। मेरो महिमा पूर्वदेखि पश्‍चिमसम्मको भूभागमा चम्कन्छ, तैपनि जब यो महिमा पृथ्वीको अन्त्यसम्म फैलन्छ, र फेरि झुल्कन र परसम्म चम्कन थाल्छ, तब म मेरो महिमालाई पूर्वबाट लिएर पश्‍चिम ल्याउँछु ताकि मलाई पूर्वमा परित्याग गर्ने अँध्यारोवासी मानिसहरू तत्पश्‍चात् ज्योतिबाट वञ्चित रहून्। जब त्यस्तो हुन्छ, तब तिमीहरू अन्धकारको घाटीमा बाँच्नेछौ। आजभोलिका मानिसहरू पहिलेका मानिसहरूभन्दा सयौं गुणा असल भए पनि तिनीहरूले मेरा मापदण्डहरू पुर्‍याउँदैनन् र तिनीहरू अझै पनि मेरो महिमाको साक्षी भएका छैनन्। तिमीहरू पहिलेभन्दा सयौं गुणा असल हुन सक्षम हुनु भनेको सम्पूर्ण रूपमा मेरो कामको परिणाम हो; यो पृथ्वीमा मैले गरेको कामको उपज हो। तथापि, म अझै पनि तिमीहरूका बोलीवचन र कर्महरूका साथै तिमीहरूको चरित्रलाई घृणा गर्छु र म तिमीहरूले मेरो सामु जसरी कार्य गर्छौ त्यसप्रति अविश्‍वसनीय रूपले द्वेष महसुस गर्छु किनभने तिमीहरूमा मप्रतिको बुझाइ नै छैन। अनि, कसरी तिमीहरूले मेरो महिमामा जिउन सक्छौ र कसरी तिमीहरू मेरो भावी कामप्रति पूर्ण बफादार बन्‍न सक्छौ? तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभावचाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ, तैपनि तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरूचाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका बोलीवचन र कर्महरू अनि तिनीहरूको मानमर्यादा अझै पनि खण्डहर र बरबादीमै छन्। तिमीहरूको प्रतिष्ठा नाश भएको छ, तिमीहरूको तौरतरिका नीच छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ र तिमीहरूको जीवन घृणास्पद छ; तिमीहरूको सम्पूर्ण मानवतासमेत तुच्छताको तल्लो बिन्दुमा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति सङ्कीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मानमर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्‍निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि मलाई तिमीहरूका वर्तमान बोलीवचन र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्‍नको लागि मलाई तिमीहरूको प्रकटीकरण र तिमीहरूले देखाउने कुराहरू नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तब तिमीहरूले आफ्ना भावनाहरू प्रकट गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट छिर्नको लागि अहिले तिमीहरू जे-जस्तो छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका बोलीवचन र कर्महरूलाई पहिले जाँच नगरीकनै मेरो काम र वचनहरूको पवित्रस्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्‍कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथेँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र छलकपट गर्ने अनि अधर्मीहरूको रगत पिउनेहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्रस्थलमा सबै मानिसहरूलाई राख्‍न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्‍चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्‍न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरैअघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरैअघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको नहोला र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

६७१. धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कतिचाहिँ मेरा आँखैअघिबाट फुत्किएका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौँलाख आकांक्षाहरू मेरो वेदीमा राखिएका छन्—ती यति धेरै छन् कि तिनलाई गन्‍न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पण र तिमीहरूले के अर्पण गर्न सक्छौ भन्‍ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारिता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्‍वासका फलहरू कहाँ छन्? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, र तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाद्वारा पाएको अनि आफूसँग भएका सबै कुरा मलाई चढाएको हो भनेर समेत भन्छौ। तैँले मलाई दिएका सबै “दानहरू” मेरै वेदीबाट चोरिएका कुरा हुन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? यसअलावा, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदै छस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरा उपभोग गर्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरी मलाई चढाएका कुराहरू होइनन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्‍ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूका आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ताकि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, र तिमीहरूले थोरै योगदान दिएको भए पनि तिमीहरू पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तँ मबाट एक टन सुन माग्छस्। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसबाहेक, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरू मेरो नजरमा सम्पत्ति हुन सक्छन् र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र? मेरो काम वास्तवमा कसको लागि गरिएको हो? के यसको उद्देश्य केवल मेरो अख्तियारी प्रकट गर्न तिमीहरू सबैलाई प्रहार गर्नु हुन सक्छ? के तिमीहरूको जीवन मेरो एउटै वचनमा अडिएको छैन र? किन मैले तिमीहरूलाई निर्देशन दिन वचनहरू मात्र प्रयोग गरिरहेको छु र तिमीहरूलाई सकेसम्म चाँडो प्रहार गर्न वचनहरूलाई तथ्यमा परिणत गरेको छैनँ? के मेरा वचनहरू र कामको उद्देश्य मानवजातिलाई प्रहार गर्नु मात्र हो? के म निर्दोषहरूलाई जथाभाबी मार्ने परमेश्‍वर हुँ? अहिले, तिमीहरूमध्ये कति जना मानव जीवनको सही मार्ग खोज्न आफ्नो सम्पूर्ण सारत्व लिएर मकहाँ आइरहेका छौ? तिमीहरूको शरीर मात्र मेरो सामु छ; तिमीहरूको हृदय त स्वतन्त्र घुमिरहेको छ, मदेखि धेरै, धेरै टाढा रहेको छ। तिमीहरूलाई मेरो काम वास्तवमा के हो भन्‍ने थाहा नभएकोले, तिमीहरूमध्ये धेरै जना, सजाय वा न्याय नभएको स्वर्गमा बाँच्ने आशा गर्दै, मलाई छाडी जान र आफूलाई मदेखि टाढा लैजान चाहन्छौ। के मानिसहरूले आफ्नो हृदयभित्र चाहेको कुरा यही होइन र? मैले अवश्य पनि तँलाई वाध्य पार्ने कोसिस गरिरहेको छैनँ। तैँले जुन मार्ग लिन्छस् त्यो तेरो आफ्नै रोजाइ हो। आजको मार्गमा न्याय र श्राप पनि साथै छ, तर तिमीहरू सबैलाई थाहा हुनुपर्छ कि मैले तिमीहरूलाई जे प्रदान गरेको छु, चाहे ती न्याय हुन् वा सजाय, ती तिमीहरूलाई मैले प्रदान गर्न सक्‍ने सबैभन्दा राम्रा उपहारहरू र तिमीहरूलाई तुरुन्तै चाहिने कुराहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

६७२. शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका सत्तामा गुलाम बनाइएका छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको शिविरबाट बचाइएका र आजको राज्यमा ल्याइएका छन्। यी मानिसहरू शैतानको प्रभावमा बस्‍न छोडिसके। यति हुँदाहुँदै पनि, मानिसको प्रकृतिले अझ पनि मानिसको देहमा नै जरा गाडेको छ, यसको अर्थ तिमीहरूका आत्मा बचाइएको भए तापनि तिमीहरूको स्वभाव अझ पनि पहिलेको जस्तै छ र तिमीहरूले मलाई विश्‍वासघात गर्ने शतप्रतिशत सम्भावना छ। यसैले मेरो काम लामो समयसम्म रहन्छ किनकि तिमीहरूको प्रकृति जिद्दी छ। अहिले तिमीहरू आफ्ना कर्तव्य गर्ने क्रममा आफ्नो क्षमताले भ्याएसम्मका कठिनाइहरूबाट गुज्रिरहेका छौ, तैपनि तिमीहरू हरेक मलाई विश्‍वासघात गर्न र शैतानको सत्तामा, उसको शिविरमा, तिमीहरूका पुराना जीवनमा फर्कन सक्षम छौ—यो निर्विवाद तथ्य हो। त्यस बेला, तिमीहरूले अहिले गरेजस्तै मानवताको भाग वा मानवको जस्तै स्वरूपलाई प्रस्तुत गर्न तिमीहरूको निम्ति सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र योभन्दा बढी कहिले पनि देहधारण गर्न नपाउने गरी अनन्तका लागि नष्ट पारिनेछौ, हदैसम्मको दण्ड पाउनेछौ। तिमीहरूका अगाडि रहेको समस्या यही हो। म तिमीहरूलाई यस तरिकाले सम्झाउँदै छु, ताकि, पहिलो कुरा, मेरो काम व्यर्थमा नजाओस् र दोस्रो कुरा, ताकि तिमीहरू सबै ज्योतिको दिनहरूमा जिउन सक। वास्तवमा, मेरो काम व्यर्थमा छ कि छैन भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र अद्भुत भविष्य प्राप्त गर्न सक्षम हुनुचाहिँ महत्त्वपूर्ण छ। मानिसहरूको आत्मा बचाउनु मेरो काम हो। यदि तेरो आत्मा शैतानको हातमा पर्‍यो भने तेरो शरीर शान्तिमा जिउनेछैन। यदि मैले तेरो शरीरको रक्षा गरिरहेको छु भने तेरो आत्मा पनि अवश्य नै मेरो हेरचाहमा रहनेछ। यदि मैले तँलाई साँच्चै घृणा गर्छु भने तेरो शरीर र आत्मा एकै चोटि शैतानको हातमा पर्नेछन्। त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि एक दिन तिमीहरूमा मेरा वचनहरू हराए भने, कि त म तिमीहरूलाई शैतानको हातमा सुम्पिदिनेछु, जसले तिमीहरूलाई मेरो रिस पूर्ण रूपमा गायब नहुञ्‍जेलसम्म कष्टदायी यातनामा पार्नेछ, कि त तिमीहरू छुटकारा दिन नसकिने मानवहरूलाई म आफै दण्ड दिनेछु किनकि मलाई विश्‍वासघात गर्ने तिमीहरूका हृदय कहिले पनि परिवर्तन हुनेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

६७३. म केवल के आशा गर्छु भने, मेरो कामको अन्तिम चरणमा, तिमीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य नै, म के पनि आशा गर्छु भने तिमीहरू सबैले एउटा असल गन्तव्य पाउन सक्नेछौ। तथापि, मसित अझै मेरो माग छ, जुन तिमीहरूले मलाई तिमीहरूको एउटै र अन्तिम बफादारी अर्पण गरेर सर्वोत्कृष्ट निर्णय गर भन्‍ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु। मेरो काम तिमीहरूको निम्ति एउटा ठूलो सहायता हो; तिमीहरूबाट मैले इमान्दार र माथि उठ्ने चाहना भएको हृदय चाहन्छु, तर अहिलेसम्म मेरो हातहरू खाली नै छन्। यस बारेमा सोच: यदि म एक दिन अझै पनि शब्दहरूले बयान नसक्‍ने गरी दुःखित छु भने, तब तिमीहरूप्रतिको मेरो मनोवृत्ति कस्तो हुनेछ? के म तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु र? के तिमीहरू कठोर मेहनत गरेर खेत जोतेपछि पनि एउटै अन्न कटनी गर्न नपाएको व्यक्तिको भावनाहरूलाई बुझ्‍न सक्छौ? कुनै मानिसलाई चोट पुर्याउँदा उसको हृदय कति धेरै घाइते हुन्छ, के तिमीहरू बुझ्न सक्छौ? के तिमीहरू एउटा व्यक्तिको तीतोपना चाख्न सक्छौ जो कुनै समय आशाले परिपूर्ण थियो तर नराम्रो सम्बन्धमा पुगेर ऊ अलग हुनु परेको छ? के तिमीहरूले एउटा क्रोधित तुल्याइएको मानिसबाट क्रोध उत्पन्न भएको देखेका छौ? के तिमीहरू शत्रुता र छलले व्यवहार गरिएको व्यक्तिको बदला लिने आतुरतालाई बुझ्न सक्छौ? यदि तिमीहरू यस्ता मानिसहरूको मानसिकतालाई बुझ्दछौ भने मलाई लाग्छ, परमेश्‍वरको प्रतिशोधको समयमा उहाँको मनोवृत्ति कस्तो हुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो हुँदैन! अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर निराश हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्दछन्। यदि तिनीहरू चिढिए र क्रोधित भए भने पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म अझै पनि चाहन्छु कि तिमीहरूले एउटा गन्तव्य पाऔ जुन सुहाउँदो र असल दुवै होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

६७४. मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्‍न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्‍ने कुरा देख्‍न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्‍नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्‍ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्‍ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्‍नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ। यो विपत्तिबीच, तिमीहरूका कार्य र व्यवहारहरू पूर्ण रूपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरूको विश्‍वास र प्रेम खोक्रो थिए, र तिमीहरूले आफूलाई कायर वा रुखो मात्रै देखायौ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरू प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्‍ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरूको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्छ: सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरू सधैँ मेरा हृदयमा रहनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

अघिल्लो:  ख. मानिसप्रति परमेश्‍वरका अर्ती र सान्त्वनाहरू

अर्को:  १४. मानिसको प्रतिफलको परिभाषाको निम्ति परमेश्‍वरका मापदण्डहरू सम्‍बन्धी र हरेक किसिमको व्यक्तिको अन्त सम्बन्धी परमेश्‍वरका वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger