ज. परमेश्‍वरको भय मान्‍ने र दुष्टको इन्कार गर्ने क्षमता कसरी हासिल गर्ने सो सम्बन्धमा

४१५. सृष्‍टि गरिएको साँचो प्राणीले सृष्‍टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्‍टि केका लागि गरिएको हो, सृष्‍टि गरिएको प्राणीका जिम्मेवारीहरू कसरी पूरा गर्न सकिन्छ, र सारा सृष्‍टिका प्रभुलाई कसरी आराधना गर्नुपर्छ भन्‍ने कुरा थाहा पाउनुपर्छ, सृष्‍टिकर्ताका अभिप्राय, चाहना, र मापदण्डहरू बुझ्‍नुपर्छ, बोध गर्नुपर्छ, थाहा पाउनुपर्छ र तीप्रति विचारशील हुनुपर्छ, र सृष्‍टिकर्ताको मार्ग पछ्याउनुपर्छ—परमेश्‍वरको डर मान्‍नुपर्छ र दुष्‍टताबाट अलग बस्‍नुपर्छ।

परमेश्‍वरको डर मान्नु के हो? अनि व्यक्ति कसरी दुष्‍टताबाट अलग बस्‍न सक्छ?

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अवर्णनीय त्रास र भय होइन, न त पन्छिनु हो, न त टाढा बस्नु हो, न त यो देवत्वकरण वा अन्धविश्‍वास नै हो। बरु, यो त सराहना, आदर, भरोसा, बुझाइ, ख्याल, समर्पणता, अर्पण, प्रेम, साथै निसर्त र गुनासोविनाको आराधना, प्रत्युपकार र आत्मसमर्पण हो। परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक सराहना, वास्तविक भरोसा, वास्तविक बुझाइ, वास्तविक ख्याल वा समर्पणता हुनेछैन, बरु केवल त्रास र बेचैनी, शङ्‍का, गलत बुझाइ, पन्छाइ र टाढा बस्नु मात्र हुनेछ; परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक अर्पण र प्रत्युपकार हुनेछैन; परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक आराधना र आत्मसमर्पण हुनेछैन, अन्धो-देवत्वकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूले परमेश्‍वरको मार्ग पछ्याउने, वा परमेश्‍वरको डर मान्‍ने, वा दुष्टताबाट अलग बस्‍ने कुनै सम्भावना नै हुँदैन। यसको विपरीत, मानिसहरू सहभागी हुने हरेक क्रियाकलाप र व्यवहार परमेश्वरविरुद्धको विद्रोह र प्रतिरोधले भरिएको हुनेछ, उहाँका बदनामी र आलोचनाले भरिएको हुनेछ, अनि सत्यता र परमेश्‍वरका वचनहरूको साँचो अर्थ विपरीतका दुष्ट कार्यहरूले भरिएको हुनेछ।

मानिसहरूमा परमेश्‍वरप्रति साँचो भरोसा भएपछि, तिनीहरू उहाँलाई साँच्चै पछ्याउनेछन् र उहाँमा निर्भर हुनेछन्; परमेश्‍वरमा वास्तविक भरोसाका साथ मात्र मानिसहरूले उहाँलाई साँच्चै चिन्न र बुझ्न सक्छन्; परमेश्‍वरको वास्तविक बुझाइसँगै उहाँप्रतिको वास्तविक ख्याल आउँछ; परमेश्‍वरप्रतिको वास्तविक ख्यालका साथ मात्र मानिसहरूसँग साँचो समर्पणता हुन सक्छ; परमेश्‍वरप्रतिको वास्तविक समर्पणताका साथ मात्र मानिसहरूमा साँचो अर्पण हुन सक्छ; परमेश्‍वरप्रतिको वास्तविक अर्पणका साथ मात्र मानिसहरूमा निसर्त र गुनासोविनाको प्रत्युपकार हुन सक्छ; साँचो भरोसा, साँचो बुझाइ र ख्याल, साँचो समर्पणता, साँचो अर्पण र प्रत्युपकारका साथ मात्र, मानिसहरू परमेश्‍वरको स्वभाव र सार, अनि सृष्टिकर्ताको पहिचान साँच्चै चिन्न पुग्न सक्छन्; तिनीहरूले जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न पुगेका हुन्छन्, तब मात्र तिनीहरूभित्र वास्तविक आराधना र आत्मसमर्पण जाग्न सक्छ; तिनीहरूसँग सृष्‍टिकर्ताप्रति साँचो आराधना र आत्मसमर्पण हुँदा मात्र, तिनीहरू दुष्ट कार्यहरूबाट साँच्‍चिकै उम्किन सक्षम हुनेछन्—अर्थात्, दुष्टताबाट अलग बस्‍न सक्‍नेछन्।

यो भनेको “परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने” सम्पूर्ण प्रक्रिया हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने कार्यको समष्टिगत विषयवस्तु पनि हो। परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने आचरण प्राप्‍त गर्नको लागि यात्रा गर्नुपर्ने मार्ग यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

४१६. सर्वप्रथम, हामीलाई परमेश्‍वरको स्वभाव भनेको प्रताप र क्रोध हो भन्‍ने थाहा छ; उहाँ जो कसैले काटेर मार्ने भेडा होइन, झन् मानिसहरूले चाहेजसरी काबूमा रहने कठपुतली हुने त कुरै छैन। उहाँ यता-उता गराउन सकिने रित्तो हावाको पोको पनि होइन। यदि तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनी सच्चा रूपमा विश्‍वास गर्छस् भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ, अनि तैँले उहाँको सार क्रोधित पारिनु पर्ने कुरा होइन भनी जान्नुपर्छ। यस्तो क्रोध एउटा शब्दले, वा शायद एउटा विचारले, वा शायद कुनै प्रकारको दुष्ट व्यवहारले, वा शायद कुनै रूपको सामान्य व्यवहार, वा मानव आँखाहरू र आचारनीतिअनुसार ठीकै लाग्‍ने व्यवहारले पैदा गराउन सक्छ; वा शायद यो क्रोधलाई कुनै धर्मसिद्धान्त वा सिद्धान्तले भड्काउँछ। तथापि, तैँले परमेश्‍वरलाई क्रोधित पारिसकेपछि तेरो अवसर गुमिसकेको हुन्छ, अनि तेरा आखिरी दिनहरू आइसकेका हुन्छन्। यो एकदम भयानक कुरा हो! यदि तैँले परमेश्‍वरलाई ठेस पुर्‍याउनु हुँदैन भन्‍ने कुरा बुझ्दैनस् भने, तँ परमेश्‍वरसँग डराउँदैनस्, र शायद तैँले नियमित रूपमा उहाँलाई ठेस पुर्‍याउँदै गरेको हुन सक्छस्। यति तँलाई कसरी परमेश्‍वरको डर मान्ने भन्‍ने कुरा थाहा छैन भने तैँले परमेश्‍वरको डर मान्न सक्दैनस्, र तँलाई कसरी आफूले आफूलाई परमेश्‍वरको मार्ग अर्थात परमेश्‍वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने मार्ग पछ्याउने बाटोमा लैजाने हो सो थाहा हुनेछैन। परमेश्‍वरलाई ठेस पुर्‍याउनु हुँदैन भन्‍ने तँलाई थाहा भइसकेपछि र तँ यसबारेमा सचेत भइसकेपछि, तैँले परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग रहन के गर्ने भन्‍ने थाहा पाउनेछस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४१७. परमेश्‍वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्‍ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना वा प्रतिक्रियाहरू नजगाइकनै, उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्‍याउन सक्छन् भन्‍ने होइन, न त उहाँमा कृपा छ भन्‍ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्‍ने जनाउँछ। परमेश्‍वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले हर समय उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्‍नमा ध्यान दिनुपर्छ, उहाँको मनोवृत्तिप्रति एकदमै राम्ररी ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न पुग्‍नुपर्छ। हामीले परमेश्‍वरलाई सीमित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्‍वरलाई मानवीय विधिहरू प्रयोग गरेर अनि मानवीय कल्पनाहरूका आधारमा मानिसहरूसँग व्यवहार गराउन उहाँमाथि मानव मनका सोचहरू र चाहनाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा र आफ्नो बोलीवचनमा सावधान र विवेकी हुन, अनि तिमीहरूले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्छौ भन्‍ने सम्बन्धमा तिमीहरू पूर्ण रूपमा सक्दो सावधान र विवेकी हुन आग्रह गर्छु! जब तैँले परमेश्‍वरको मनोवृत्ति के-कस्तो छ भन्‍ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू; अझै महत्त्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ। यी पनि, परमेश्‍वरको डर मान्‍नु अनि दुष्टताबाट अलग बस्‍नुकाप्रकटीकरण हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि तँसँग यो मनोवृत्ति छ भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र कामकुराहरूसम्बन्धी बुझाइको अभावका लागि तँलाई दोष लगाउनुहुन्‍न। बरु, परमेश्‍वरलाई ठेस पुर्‍याउन डराउने तेरो मनोवृत्तिको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँप्रति समर्पित हुने इच्छुकताको कारण, परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो मनोवृत्ति चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, तँलाई अनुशासनमा राख्‍नुहुनेछ अनि तँलाई दण्ड समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्नुहुनेछ। शायद यो टीकाटिप्पणी तेरो परिणामसँग सम्‍बन्धित हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्‍वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्‍वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्‍वरको डर मानिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो मनोवृत्ति अँगाल्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४१८. म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्‍वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्‍वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्‍ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन छस् तर पनि परमेश्‍वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्‍वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्‍वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्तापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्‍वरले मानिसलाई दण्डित गर्नुहुन्छ। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्‍यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै ती व्यक्तिहरू हुन् जो अन्त्यसम्म रहन्छन्। तथापि, मैले खोज्ने भनेका इमानदार व्यक्तिहरू हुन्; यदि तँ इमानदार व्यक्ति होस् र नियमहरू अनुरूप कार्य गर्ने व्यक्ति होस् भने तँ परमेश्‍वरमा दृढ हुन सक्छस्। यदि आफ्ना कार्यहरूमा तैँले परमेश्‍वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्‍वरका अभिप्राय खोज्छस्, र तँमा परमेश्‍वरको डर मान्ने हृदय छ भने तेरो विश्‍वास मापदण्ड अनुरूप छ। जसले परमेश्‍वरको डर मान्दैन र जोसँग त्रासमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्‍वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

४१९. यदि तिमीले परमेश्‍वरको स्वभाव बुझेका छैनौ भने तिमीले उहाँको निम्ति गर्नुपर्ने काम गर्न असम्भव हुनेछ। यदि तिमीलाई परमेश्‍वरको सारतत्त्व थाहा छैन भने तिमीमा उहाँको डर र भय हुने कुरा पनि असम्भव हुनेछ; बरु केवल देखावटी धर्म-कार्यहरू र छलछाम र अयोग्य ईश्‍वरनिन्दा मात्र हुनेछ। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण छ, साथै परमेश्‍वरको सारतत्त्व थाहा गर्ने कुरालाई नजर अन्दाज गर्न सकिँदैन, कसैले पनि यी विषयहरू विस्तृत रूपमा जाँच वा गहन अनुसन्धान गरेका छैनन्। तिमीहरूले मैले जारी गरेका सबै प्रशासनिक आदेशहरू रद्द गरेका छौ भन्‍ने कुरा स्पष्‍टसँग देख्‍न सकिन्छ। यदि तिमीहरूले परमेश्‍वरको स्वभाव बुझ्‍न सकेनौ भने तिमीहरूले स्वाभाविक रूपमा उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछौ। उहाँको स्वभावको अपमान गर्नु भनेको परमेश्‍वरलाई क्रोधित तुल्याउनु हो, यसो भएमा प्रशासनिक आदेश भङ्ग गर्नु नै तिमीहरूका कार्यहरूका आखिरी फल हुनेछ। जब तैँले परमेश्‍वरको सारतत्त्व थाहा पाउँछस्, तब तैँले परमेश्‍वरको स्वभावलाई बुझ्‍न सक्छस्—र जब तैँले उहाँको स्वभावलाई बुझ्छस् तब प्रशासनिक आदेशहरू पनि बुझ्नेछस् भन्‍ने कुरा अब तैँले महसुस गर्नुपर्छ। यो कुरा भनिराख्‍नु पर्दैन, प्रशासनिक आदेशहरूमा समावेश गरिएका अधिकांश कुराहरूले परमेश्‍वरको स्वभावलाई छुन्छ, तर उहाँका सबै स्वभावहरू प्रशासनिक आदेशहरूमा व्यक्त गरिएका छैनन्; त्यसैले, परमेश्‍वरको स्वभावलाई बुझ्‍न तँ थप एक कदम अघि बढ्नु आवश्‍यक छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

४२०. परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्दा ती व्यवहारहरूप्रति उहाँको मनोवृत्ति पनि फरक-फरक नै हुन्छ किनभने न त उहाँ कठपुतली नै हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्तिको बारेमा जान्नु मानवजातिको लागि मूल्यवान् खोजी हो। मानिसहरूले परमेश्‍वरको मनोवृत्तिको बारेमा जानेर कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र उहाँको हृदयलाई बुझ्न सक्छन् भन्‍ने कुरा सिक्नुपर्छ। जब तैँले क्रमिक रूपमा परमेश्‍वरको हृदयलाई बुझ्न थाल्छस् तब तैँले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने उपलब्धि प्राप्त गर्नु धेरै गाह्रो कुरा हो भन्‍ने महसुस गर्नेछैनस्। अझ भन्‍ने हो भने, जब तैँले परमेश्‍वरलाई बुझ्छस्, तब तैँले उहाँलाई सीमित गर्ने सम्भावना त्यति धेरै हुनेछैन। जब तैँले उहाँलाई सीमित गर्न बन्द गर्नेछस्, तब तैँले उहाँलाई ठेस पुर्‍याउने सम्भावना कम हुनेछ, अनि तैँले महसुस नै नगरीकन उहाँले तँलाई उहाँको बारेमा ज्ञान प्राप्त गर्नेतर्फ डोर्‍याउनुहुनेछ, अनि यसरी तेरो हृदयमा उहाँप्रतिको डरले हुनेछ। त्यसपछि तैँले आफूले महारत हासिल गरेका शब्द र धर्मसिद्धान्त, वा सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छाड्नेछस्, र यसको सट्टा, तैँले निरन्तर सबै थोकमा परमेश्‍वरका चाहनाहरूको खोजी गर्नेछस्। यसरी, तँ अचेतन रूपमै परमेश्‍वरका अभिप्रायहरूअनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको कामलाई मानिसहरूद्वारा देख्न र छुन सकिँदैन, तर जहाँसम्म उहाँको सवाल छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको मनोवृत्तिलाई—परमेश्‍वरले महसुस मात्र गर्न सक्नुहुन्न बरु उहाँले तिनलाई देख्न समेत सक्नुहुन्छ। यो हरेकले पहिचान गर्नुपर्ने र स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। तैँले आफूलाई सधैँ सोधिराखेको हुन सक्छस्, “के यहाँ मैले जे गरिरहेको छु सो परमेश्‍वरलाई थाहा छ? के मैले अहिले जे सोचिरहेको छु सो उहाँलाई थाहा छ? शायद उहाँलाई थाहा छ, शायद उहाँलाई थाहा छैन।” यदि तैँले परमेश्‍वरलाई पछ्याउँदै र परमेश्‍वरमा विश्‍वास गर्दै तर उहाँको काम र उहाँको अस्तित्वको बारेमा शङ्का गर्दै यस प्रकारको दृष्टिकोण अपनाउँछस् भने ढिलो-चाँडो यस्तो दिन आउनेछ जुन दिन तैँले उहाँलाई रिस उठाउनेछस्, किनकि तँ अघिदेखि नै डरलाग्दो भीरको छेउमा हिँडिरहेको हुन्छस्। मैले धेरैलाई देखेको छु जो वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तैपनि तिनीहरूले सत्यता वास्तविकतालाई हासिल गरेका छैनन्, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्ने कुरा त परै जाओस्। यस्ता मानिसहरूले आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन् र तिनीहरूले केवल सबैभन्दा सतही धार्मिक सिद्धान्तहरूलाई मात्र पालन गर्छन्। यस्तो हुन्छ किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू आफै जीवन हुन् भनेर कहिल्यै पनि मानेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै पनि सामना गरेका र स्वीकार गरेका हुँदैनन्। के तँ ठान्छस् त्यस्ता मानिसहरूलाई देख्दा परमेश्‍वर खुशीले गद-गद बन्‍नुहुन्छ? के तिनीहरूले उहाँलाई सान्त्वना दिन्छन्? यसरी मानिसहरूले परमेश्‍वरमा जे-जसरी विश्‍वास गर्छन् त्यसले तिनीहरूको नियतिलाई निर्धारण गर्छ। मानिसहरूले कसरी परमेश्‍वरको खोजी गर्छन् र तिनीहरू कसरी परमेश्‍वरकहाँ जान्छन् भन्‍ने विषयमा, मानिसहरूका मनोवृत्ति प्राथमिक महत्त्वका हुन्छन्। परमेश्‍वरलाई उहाँ केवल हावा हुनुभए जसरी आफ्नो मनको पछाडि नठेल; तैँले विश्‍वास गर्ने परमेश्‍वरलाई सधैँ जीवित परमेश्‍वर, एक वास्तविक परमेश्‍वरको रूपमा सोच्नू। उहाँ माथि तेस्रो स्वर्गमा केही काम नभएर त्यत्तिकै बसेर समय बिताउँदै हुनुहुन्न। बरु, उहाँले त निरन्तर रूपमा हरेक व्यक्तिको हृदयभित्र हेरिरहनुभएको छ, तिमीहरू के गर्न लागेका छौ भनी अवलोकन गरिरहनुभएको छ, तिमीहरूका हरेक शब्द अनि हरेक कर्मलाई नियालिरहनुभएको छ, तैँले कसरी व्यवहार गर्छस् भनी नियालिरहनुभएको छ र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी हेरिरहनुभएको छ। तँ आफूले आफूलाई परमेश्‍वरसमक्ष समर्पित गर्न इच्छुक भए पनि नभए पनि तेरा सबै व्यवहारहरू र तेरा भित्री सोचहरू र विचारहरू उहाँ समक्ष उदाङ्गो हुन्छन् र उहाँद्वारा हेरिएका हुन्छन्। तेरो व्यवहारको कारण, तेरा कर्महरूको कारण र उहाँप्रतिको तेरो मनोवृत्तिको कारण, तेरो बारेमा परमेश्‍वरको राय र तँप्रतिको उहाँको मनोवृत्ति निरन्तर परिवर्तन भइरहेको हुन्छ। म केही मानिसहरूलाई केही सल्लाह दिन चाहन्छु: उहाँ तँमा आशक्त हुनुपर्छ झैँ गरी, उहाँले तँलाई कहिल्यै छाड्न सक्नुहुन्न झैँ गरी, अनि तँप्रतिको उहाँको मनोवृत्ति अटल रहेको र त्यो कहिल्यै परिवर्तन नै हुँदैन झैँ गरी, परमेश्‍वरको हातमा आफूलाई शिशु झैँ नराख्, अनि म तिमीहरूलाई सपना देख्न छोड्नू भनेर पनि सल्लाह दिन्छु। हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्‍वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै आशक्तिपनयुक्त र अविवेकपूर्ण हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा जीवनलाई चाहने, दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले तिनीहरूप्रतिको उहाँका अपेक्षाहरू व्यक्त गर्छन् र तिनीहरू मानवजातिलाई बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ र परमेश्‍वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सिद्धान्तमा आधारित छ, यो एक प्रकारको प्रावधान त बिलकुलै होइन होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको मनोवृत्ति परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्‍वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्‍ने नठान्न सक्छस् र तैँले परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्‍ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्‍वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्‍वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्‍वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ। तसर्थ, म तँलाई तेरो वरिपरिका हरेक कुराहरू सामना गर्ने तरिकामा तँ सावधान र विवेकी हुनू अनि सबै कुराहरूमा “परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने” सिद्धान्तअनुसार अभ्यास गर्न सिक्नू भनी स्मरण गराउँछु। तैँले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको मनोवृत्तिसम्बन्धी कुराहरूको बारेमा सही बुझाइ विकास गर्नुपर्छ, तैँले यी कुराहरू तँलाई सुनाउने अन्तर्ज्ञान पाएका मानिसहरू भेट्टाउनुपर्छ, र तैँले इमानदारीतापूर्वक खोजी गर्नुपर्छ। मनलाग्दो गरी उहाँको मूल्याङ्कन गर्दै, मनोमानी ढङ्गले उहाँका बारेमा निष्कर्षहरू निकाल्दै र आदरहीन मनोवृत्तिले उहाँलाई हेर्दै—तेरो विश्‍वासको परमेश्‍वरलाई कठपुतलीको रूपमा नहेर्नू। परमेश्‍वरले तेरो लागि मुक्ति ल्याउँदै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, उहाँले तँलाई कृपा, वा सहनशीलता, वा न्याय र सजाय प्रदान गर्न सक्नुहुन्छ, तर जुनसुकै अवस्था भए पनि, तँप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय हुँदैन। यो कुरा उहाँप्रतिको तेरो आफ्नै मनोवृत्तिको साथसाथै उहाँको बारेमा तेरो बुझाइमा निर्भर हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४२१. परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्‍वरको डर मान्ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्‍वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्‍वरको घरमा अझ बढी यस्तो हुँदैन र? के यसमा झन् कडा मानकहरू छैनन् र? के त्यहाँ झन् बढी प्रशासनीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै उल्लङ्घन सहनुहुन्न; उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

४२२. परमेश्‍वरले उहाँको कामको हरेक युगमा, मानिसहरूलाई केही वचनहरू प्रदान गर्नुहुन्छ र तिनीहरूलाई केही सत्यताहरू बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पालना गर्नुपर्ने मार्ग, तिनीहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग बस्न सक्षम तुल्याउने मार्ग, अनि मानिसहरूले आफ्‍नो जीवनमा र तिनीहरूको जीवन यात्राको क्रममा अभ्यास तथा पालना गर्नुपर्ने मार्गको काम गर्छन्। परमेश्‍वरले मानवजातिलाई यी वाणीहरू व्यक्त गर्नुहुने उद्देश्य यिनै हुन्। परमेश्‍वरबाट आउने यी वचनहरू मानिसहरूद्वारा पालना गरिनुपर्छ, र तिनीहरूको पालना गर्नु भनेकै जीवन प्राप्त गर्नु हो। यदि व्यक्तिले तिनलाई पालना गर्दैन भने, तिनको अभ्यास गर्दैन भने, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू जिउँदैन भने, त्यो व्यक्तिले सत्यता अभ्यास गरिरहेको हुँदैन। त्यसका साथै, यदि मानिसहरूले सत्यता अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् र तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सक्छन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्ने मानिसहरूले उहाँको अनुमोदन प्राप्त गर्न सक्दैनन्, अनि त्यस्ता व्यक्तिहरूसँग कुनै परिणाम नै हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४२३. परमेश्‍वरको मार्ग पछ्याउनु भनेको सतही प्रावधानहरू पालना गर्नु होइन; बरु, यो भनेको त तैँले कुनै समस्याको सामना गर्दा तैँले सबैभन्दा पहिले यसलाई परमेश्‍वरद्वारा प्रबन्ध गरिएको अवस्था, उहाँले तँलाई प्रदान गर्नुभएको जिम्मेवारी, वा उहाँले तँलाई सुम्पिनुभएको कार्यको रूपमा लिनु हो। यो समस्याको सामना गर्दा तैँले यसलाई परमेश्‍वरले तँलाई गर्नुभएको परीक्षाको रूपमा हेर्नुपर्छ। तैँले यो समस्या सामना गर्दा, तँसँग तेरो हृदयमा एक मापदण्ड हुनुपर्छ अनि तैँले यो कुरा परमेश्‍वरबाट आएको हो भनी सोच्नुपर्छ। तैँले कसरी यसलाई यस्तो तरिकाले सम्हाल्न सकिन्छ जसबाट तैँले आफू परमेश्‍वरप्रति बफादार रहेरै आफ्नो उत्तरदायित्व निभाउन सक्छस् र साथसाथै कसरी उहाँलाई क्रोधित नतुल्याई वा उहाँको स्वभावलाई नचिढ्याई यो कुरा गर्न सकिन्छ भनेर सोच्नुपर्छ। … यस्तो किन हो भने परमेश्‍वरको मार्ग पछ्याउनको लागि, हामीले हामीमाथि वा हाम्रो वरिपरि घटित हुने कुनै पनि कुरालाई त्यसै छाड्न सक्दैनौँ, चाहे त्यो सानो कुरा नै किन नहोस्; हामीले यसलाई ध्यान दिनुपर्छ भनेर सोचे पनि वा नसोचे पनि, जबसम्म हामीले कुनै कुरालाई सामना गरिरहन्छौँ तबसम्म त्यसलाई हामीले छाड्नु हुँदैन। घटित हुने सबै कुराहरूलाई परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको परीक्षाको रूपमा लिइनुपर्छ। घटित हुने कुराहरूलाई यसप्रकार हेर्ने तरिकाको बारेमा तँलाई कस्तो लाग्छ? यदि तँसँग यस प्रकारको मनोवृत्ति छ भने यसले एउटा कुरालाई पुष्टि गर्छ: हृदयमा तैँले परमेश्‍वरको डर मान्छस् र तँ दुष्टताबाट अलग बस्न इच्छुक छस्। यदि तँसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने यस्तो चाहना छ भने, तैँले जे अभ्यास गर्छस् त्यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मापदण्डभन्दा त्यति टाढा हुँदैन।

मानिसहरूले त्यति धेरै ध्यान नदिने र सामान्यतया उल्लेख नगर्ने मामलाहरू साना-तिना कुराहरू मात्र हुन् जुन सत्यता अभ्याससँग सम्बन्धित हुँदैनन् भनी विश्‍वास गर्नेहरू प्रायः भेटिन्छन्। यस्तो मामला सामना गर्दा तिनीहरूले यस बारेमा त्यति सोचविचार गर्दैनन् र यसलाई त्यत्तिकै जान दिन्छन्। वास्तविक यथार्थमा, जब तैँले यो समस्या सामना गर्छस्, ठ्याक्कै त्यही समयमा तैँले कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने भन्ने पाठ सिक्नुपर्छ, र तैँले त्यो सामना गर्दा परमेश्‍वरले के गरिरहनुभएको हुन्छ भन्नेबारे तँ अझ बढी सचेत हुनुपर्छ। तेरो हरेक वचन र कर्म अवलोकन गर्दै, तैँले गर्ने हरेक काम-कुरा हेर्दै र तेरा सोच-विचारहरूमा आउने परिवर्तन हेर्दै परमेश्‍वर ठीक तेरो छेउमा रहनुहुन्छ—यही नै परमेश्‍वरको काम हो। केही मानिसहरूले सोध्छन्, “यदि त्यो सत्य हो भने किन मैले त्यस्तो अनुभूति गरेको छैन त”? तैँले यस्तो अनुभूति गरेको छैनस् किनभने आफ्नो प्राथमिक मार्गको रूपमा परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा तँ अडिग रहेको छैनस्, त्यसैले तैँले मानिसहरूमा परमेश्‍वरले गर्नुहुने सूक्ष्म कामको अनुभूति गर्न सक्दैनस् जुन आफै मानिसहरूको विविध सोच विचारहरू र कार्यहरूमा देखा पर्छ। तँ ताल न बेतालको छस्! ठूलो मामला के हो? सानोतिनो मामला के हो? परमेश्‍वरको मार्ग पछ्याउनुसँग सम्‍बन्धित मामला मुख्य र मामुलीका बीचमा विभाजित छैन, ती सबै नै महत्त्वपूर्ण कुरा हुन्—के तिमीहरू यो कुरा बुझ्न सक्छौ? (हामी बुझ्न सक्छौँ।) दैनिक मामलाको रूपमा केही मामला छन् जसलाई मानिसहरूले मुख्य कुराको रूपमा हेर्छन् र अन्य मामलालाई मामुली तुच्छ कुराको रूपमा हेरिन्छ। मानिसहरूले प्रायः यी मुख्य मामलाहरूलाई धेरै नै महत्त्वपूर्ण कुराको रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरले नै पठाउनुभएको ठान्छन्। तथापि, जब यी मुख्य मामलाहरू देखा पर्छन् तब मानिसहरूको अपरिपक्व कद र तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न प्रायः चुक्छन्, तिनीहरूले कुनै पनि प्रकाश प्राप्त गर्न सक्दैनन् र तिनीहरूले मूल्य भएको कुनै पनि वास्तविक ज्ञान हासिल गर्न सक्दैनन्। जहाँसम्म मामुली मामलाहरूको सवाल छ, तिनलाई मानिसहरूले उपेक्षा गर्छन् र ती अलिअलि गर्दै त्यत्तिकै छाडिन्छन्। यसरी, मानिसहरूले परमेश्‍वरको अगाडि तिनीहरूको जाँच गरिने र परीक्षा लिइने धेरै अवसरहरू गुमाएका छन्। परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, कामकुराहरू र परिस्थितिहरूलाई तैँले सधैँ बेवास्ता गर्नुको अर्थ के हुन्छ? यसको अर्थ परमेश्‍वरले तँलाई सिद्ध तुल्याउने कार्यलाई अनि उहाँको नेतृत्वलाई तैँले हरेक दिन, हरेक क्षण निरन्तर रूपमा परित्याग गरिरहेको हुन्छस्। जब परमेश्‍वरले तेरो लागि कुनै परिस्थिति योजनाबद्ध गर्नुहुन्छ, तब उहाँले गोप्य रूपमा निगरानी गरिरहनुभएको हुन्छ, तेरो हृदय, तेरा सोच र विचारहरूको छानबिन गरिरहनुभएको हुन्छ, तैँले कसरी सोच्छस् र तैँले कसरी कार्य गर्नेछस् भनेर हेरिरहनुभएको हुन्छ। यदि तँ हेलचेक्र्याइँ गर्ने व्यक्ति होस् भने—जो परमेश्‍वरको मार्ग, उहाँका वचनहरू, वा सत्यताप्रति कहिल्यै पनि गम्भीर भएको छैन भने—परमेश्‍वरले तेरा लागि बन्दोबस्त गर्नुहुने वातावरणहरूमा उहाँले हासिल गर्न चाहनुहुने कुरा वा तँबाट उहाँले गर्ने मागहरूबारे तँ सचेत हुनेछैनस् वा तैँले कुनै ध्यान दिनेछैनस्। न त तैँले आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र कामकुराहरू के-कसरी सत्यता वा परमेश्‍वरका अभिप्रायहरूसँग सम्बन्धित छन् भन्‍ने कुरा नै जान्दछस्। तैँले यस्ता बारम्‍बार दोहोरिने परिस्थितिहरू र बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, परमेश्‍वरले तँमा कुनै नतिजा नदेख्‍नुभएपछि, उहाँ कसरी कार्य गर्नुहुन्छ? बारम्‍बार परीक्षाहरू सामना गरेपछि, तैँले तेरो हृदयमा परमेश्‍वरलाई महान्‌ भनेर सम्मान गरेको छैनस्, न त तैँले परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूलाई गम्भीरतापूर्वक लिएर परमेश्‍वरबाट आएका परीक्षाहरू र जाँचहरू नै मानेको छस्। बरु, एकपछि अर्को गरी, तैँले तेरो लागि परमेश्‍वरले बर्साउनुभएका अवसरहरूलाई अस्वीकार गरेको छस्, तिनीहरूलाई बारम्बार उम्केर जान दिएको छस्। के यो मानिसहरूले प्रदर्शन गर्ने चरम विद्रोह होइन र? (हो।) के यसको कारण परमेश्‍वरलाई चोट पुग्‍नेछ? (पुग्‍नेछ।) गलत। परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन! मैले यस्तो कुरा भनेको सुन्दा तिमीहरू एकपल्ट फेरि चकित भएका छौ। तिमीहरूले यस्तो सोचिरहेका छौ होला: “के परमेश्‍वरले सधैँ ठेस पुगेको अनुभूति गर्नुहुन्छ भनेर यसभन्दा अघि भनिएको थिएन र? के परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन त? त्यसो भए परमेश्‍वरले कहिले ठेस पुगेको अनुभूति गर्नुहुन्छ त?” छोटकरीमा, यो परिस्थितिमा परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन। त्यसो भए, माथि चित्रण गरिएको प्रकारको व्यवहारप्रति परमेश्‍वरको कस्तो मनोवृत्ति हुन्छ? जब मानिसहरूले परमेश्‍वरले पठाउनुभएको परीक्षा र जाँचहरू अस्वीकार गर्छन्, र जब तिनीहरू तीबाट पछि हट्छन्, तब त्यस्ता व्यक्तिहरूप्रति परमेश्‍वरको एउटै मनोवृत्ति हुन्छ। त्यो कस्तो मनोवृत्ति हो? परमेश्‍वरले त्यस प्रकारको व्यक्तिलाई उहाँको हृदयको अन्तस्करणबाटै तिरस्कार गर्नुहुन्छ। यो “तिरस्कार” शब्दको अर्थ दुई तहको हुन्छ। म कसरी यसलाई मेरो आफ्नो दृष्टिकोणबाट बताऊँ? “तिरस्कार” शब्दले गहन हेला र घृणाको भाव बोक्छ। यसको अर्को तहको अर्थ के हो त? यो त्यो भाग हो जसले कुनै कुरालाई त्याग गरेको जनाउँछ। तिमीहरू सबैलाई “त्याग गर्नु” भनेको के हो थाहा छ, होइन त? सार-संक्षेपमा, “तिरस्कार” शब्दले त्यस शैलीमा व्यवहार गर्ने मानिसहरूप्रति परमेश्‍वरको आखिरी प्रतिक्रिया र मनोवृत्तिको प्रतिनिधित्व गर्छ; यो तिनीहरूप्रतिको चरम द्वेष र घृणा हो र यसर्थ, तिनीहरूलाई त्याग्ने निर्णय गरिन्छ। कहिल्यै पनि परमेश्‍वरको मार्ग नपछ्याएको र कहिल्यै पनि परमेश्‍वरको डर नमानेको र दुष्टताबाट टाढा नबसेको व्यक्तिप्रति परमेश्‍वरले गर्नुहुने अन्तिम निर्णय यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४२४. परमेश्‍वरप्रतिको अय्यूबको डर र समर्पण मानवजातिका लागि एउटा उदाहरण हो, र तिनको सिद्धता र सोझोपन मानिसमा हुनैपर्ने मानवताको चरम सीमा थिए। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तैपनि तिनले परमेश्‍वर साँच्‍चै नै हुनुहुन्छ भनी बुझे, र यो कुरा बुझेकाले नै तिनले परमेश्‍वरको भय माने, र परमेश्‍वरप्रतिको तिनको भयको कारण तिनी परमेश्वरप्रति समर्पित हुन सक्षम थिए। तिनले आफूसँग भएका सबै थोकहरूमाथि परमेश्‍वरलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न दिए, तैपनि तिनले गुनासो गरेनन्, र परमेश्‍वरको सामु घोप्टो परे, र त्यस बेला यदि परमेश्‍वरले तिनको देह लिनुभयो भने पनि तिनले कुनै गुनासो नगरी खुसीसाथ उहाँलाई त्यसो गर्न दिनेथेँ भनी भने। तिनको सम्पूर्ण आचरण तिनको सिद्ध र सोझो मानवताको उपज थियो। भन्‍नुको अर्थ, तिनको निर्दोषता, इमानदारिता र दयाको परिणामस्वरूप, अय्यूब परमेश्‍वरको अस्तित्वसम्बन्धी आफ्नो बुझाइ र अनुभवमा अटल थिए। यही जगको आधारमा तिनले आफ्नै लागि मापदण्ड तय गरे अनि परमेश्‍वरले तिनलाई अगुवाइ गर्नुभएअनुसार र सबै थोकमाझ तिनले देखेका परमेश्‍वरका कार्यहरूअनुसार परमेश्‍वरको सामु आफ्नो सोचविचार, व्यवहार, आचरण र कार्य सिद्धान्तहरूलाई यही मापदण्डअनुरूप बनाए। समय बित्दै जाँदा, तिनका अनुभवहरूले तिनमा परमेश्‍वरप्रतिको साँचो र वास्तविक भय उत्पन्‍न गरायो र तिनलाई दुष्टताबाट अलग बस्‍ने बनायो। अय्यूबले दह्रिलो गरी पक्रेको निष्ठाको स्रोत यही थियो। अय्यूबमा निष्कपट, निर्दोष र दयालु मानवता थियो, र तिनीसँग परमेश्‍वरको भय मान्‍ने, परमेश्वरप्रति समर्पित हुने र दुष्टताबाट अलग बस्‍ने वास्तविक अनुभव थियो, साथै “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने ज्ञान पनि थियो। यी कुराहरूको कारणले गर्दा मात्र तिनी शैतानको त्यस्तो डरलाग्दो आक्रमणमाझ आफ्नो गवाहीमा दृढ भएर खडा हुन सकेका थिए, र त्यही कारणहरूले गर्दा मात्रै तिनले आफूमाथि परमेश्‍वरका जाँचहरू आइलाग्दा परमेश्‍वरलाई निराश नपार्न र सन्तोषजनक जबाफ दिन सके।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

४२५. अय्यूबले परमेश्‍वरको अनुहार देखेका वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव गर्ने त कुरै नगरौं। यद्यपि तिनका परीक्षाहरूको समयमा परमेश्‍वरप्रतिको तिनको भय र गवाहीलाई सबैले देखे, र ती कुरालाई परमेश्‍वरले मन पराउनुभयो, ती कुराप्रति उहाँ प्रसन्‍न हुनुभयो र ती कुरालाई उहाँले प्रशंसा गर्नुभयो, र मानिसहरूले तिनको ईर्ष्या गरे, र सराहना गरे, र त्योभन्दा पनि बढी तिनीहरूले तिनको प्रशंसा गरे। तिनको जीवनमा महान् वा असाधारण कुरा केही पनि थिएन: एउटा सामान्य व्यक्तिले जस्तै तिनले सामान्य जीवन जिउँथे, बिहान सूर्य उदाउँदा काम गर्न बाहिर जान्थे र सूर्य अस्ताएपछि आराम गर्न घर फर्कन्थे। फरक यति मात्र हो कि तिनको जीवनका अति सामान्य धेरै दशकहरूमा, तिनले परमेश्‍वरको मार्गबारे अन्तर्दृष्टि प्राप्त गरे, र अन्य कुनै व्यक्तिले कहिल्यै थाहा नपाएको परमेश्‍वरको महान् शक्ति र सार्वभौमिकताबारे थाहा पाए र बुझे। तिनी कुनै साधारण व्यक्तिभन्दा चतुर थिएनन्, तिनको जीवन खासै कठोर थिएन, र यसबाहेक तिनीसँग कुनै विशेष सीप पनि थिएन। तर तिनमा यस्तो व्यक्तित्व थियो जुन इमानदार, दयालु र सोझो थियो, यस्तो व्यक्तित्व जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुराहरू मन पराउँथ्यो—यस्ता कुनै पनि कुरा साधारण मानिसहरूमा हुँदैनन्। तिनले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँथे, तिनमा न्यायको बोध थियो, तिनी नझुक्‍ने र दृढ थिए, र आफ्नो सोचविचारमा विस्तृत सावधानी आपनाउँथे। यसरी पृथ्वीमा बितेको आफ्नो साधारण समयमा तिनले परमेश्‍वरले गर्नुभएका सबै असाधारण कामहरू देखे, र परमेश्‍वरको महानता, पवित्रता र धार्मिकता देखे, र मानिसका निम्ति परमेश्‍वरको चासो, अनुग्रह र सुरक्षा देखे, र सर्वोच्‍च परमेश्‍वरको सम्माननीयता र अख्तियार देखे। कुनै पनि सामान्य मानिसले प्राप्त गर्न नसक्‍ने यी कुराहरू अय्यूबले प्राप्त गर्न सक्‍नुको पहिलो कारण तिनमा एउटा शुद्ध हृदय हुनु, र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा र सृष्टिकर्ताद्वारा डोर्‍याइएको अवस्थामा हुनु थियो। दोस्रो कारण तिनको खोजी थियो: तिनले निर्दोष र सिद्ध हुनेबारेमा खोजी गरे, र स्वर्गको इच्छा पालन गर्ने, परमेश्‍वरद्वारा प्रेम गरिएको र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍नेबारेमा खोजी गरे। परमेश्‍वरलाई देख्‍न वा परमेश्‍वरका वचनहरू सुन्‍न नसकेका बेला तिनमा यी कुराहरू थिए र तिनी यिनै कुराका पछि लागे। तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेका भए पनि, परमेश्‍वरले जुन साधनहरूमार्फत सबै थोकमाथि शासन गर्नुहुन्छ ती साधनहरूको बारेमा तिनले जानेका, र परमेश्‍वरले जुन बुद्धिमार्फत त्यस्तो शासन गर्नुहुन्छ त्यो बुद्धिलाई बुझेका थिए। तिनले परमेश्‍वरले बोल्नुभएका वचनहरू कहिल्यै पनि नसुनेका भए पनि, मानिसलाई दिने र मानिसबाट फिर्ता लिने सबै काम परमेश्‍वरबाटै हुन्छ भनी तिनले जानेका थिए। तिनको जीवनका वर्षहरू कुनै साधारण व्यक्तिको भन्दा फरक नभएका भए पनि, तिनले आफ्नो जीवनको सामान्यताद्वारा परमेश्‍वरको सबै कुरामाथिको सार्वभौमिकतासम्बन्धी तिनको ज्ञानमा असर पर्न, वा उहाँको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्ने कार्य प्रभावित हुन दिएनन्। तिनको नजरमा, सबै थोकका नियमहरू परमेश्‍वरका कार्यहरूले भरिएका थिए, र परमेश्‍वरको सार्वभौमिकतालाई व्यक्तिको जीवनको जुनसुकै भागमा देख्‍न सकिन्थ्यो। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनले परमेश्‍वरका कामहरू जताततै छन् भनी बुझ्न सके र पृथ्वीमा बितेको तिनको अति सामान्य समयमा तिनले आफ्नो जीवनको हरेक कुनामा परमेश्‍वरका असाधारण र अचम्मका कामहरू देख्‍न र महसुस गर्न सके, र तिनले परमेश्‍वरको अचम्मका प्रबन्धहरू देख्‍न सके। परमेश्‍वरको लुप्तपन र मौनताले अय्यूबलाई उहाँको काम बुझ्न बाधा दिएनन्, न त ती कुराले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तिनको ज्ञानलाई नै प्रभावित गरे। तिनको जीवन, तिनको दैनिक जीवनको अवधिमा, सबै थोकहरूमाझ लुक्‍नुभएका परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरूको साकार रूप थियो। परमेश्‍वर सबै कुराको माझमा मौन रहनुभएर पनि उहाँले सबै कुराका नियमहरू सञ्‍चालन गर्दै उहाँको हृदयको आवाज र उहाँका वचनहरू व्यक्त गर्नुहुन्छ, र अय्यूबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरको हृदयको त्यो आवाज र परमेश्‍वरका ती वचनहरू सुने र बुझे। यसैले तिमीहरू देख्‍न सक्छौ कि यदि मानिसहरूमा अय्यूबको जस्तै मानवता र खोजी छन् भने तिनीहरूले पनि अय्यूबले जस्तै अनुभूति र ज्ञान प्राप्त गर्न सक्छन्, अनि परमेश्‍वरको सबै थोकमाथिको सार्वभौमिकताबारे अय्यूबले जस्तै बुझाइ र ज्ञान प्राप्त गर्न सक्छन्। परमेश्‍वर अय्यूबको सामु देखा पर्नुभएको वा तिनीसँग बोल्नुभएको थिएन, तैपनि तिनी सिद्ध र सोझो हुन, अनि परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सके। अर्को शब्दमा भन्दा, परमेश्‍वर मानिसको सामु देखा पर्नु वा बोल्नुभएन भने पनि सबै थोकमाझ परमेश्‍वरले गर्नुभएका कामहरू र उहाँको सबै थोकमाथिको सार्वभौमिकता नै परमेश्‍वरको अस्तित्व, शक्ति र अख्तियारको बारेमा सचेत रहन मानिसका निम्ति पर्याप्त हुन्छ, र परमेश्‍वरको शक्ति र अख्तियार नै मानिसलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्न लगाउन पर्याप्त हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

४२६. “परमेश्‍वरको डर मान्नु र दुष्‍टताबाट अलग बस्नु” र परमेश्‍वरलाई चिन्नु कैयौँ धागोले अविभाज्य रूपमा गाँसिएका छन्, र तिनीहरूबीचको सम्बन्ध आफै प्रमाणित छ। यदि तँ दुष्‍टताबाट अलग बस्‍ने चाहना गर्छस् भने, तैँले सबैभन्दा पहिला परमेश्‍वरको साँचो डर मान्‍नैपर्छ; यदि तँ परमेश्‍वरको साँचो डर मान्‍न चाहन्छस् भने, तँसँग सबैभन्दा पहिला परमेश्‍वरको साँचो ज्ञान हुनैपर्छ; यदि तँ परमेश्‍वरको ज्ञान प्राप्‍त गर्न चाहन्छस् भने, तैँले सबैभन्दा पहिला परमेश्‍वरका वचनहरू अनुभव गर्नैपर्छ, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नैपर्छ, परमेश्‍वरको ताडना र अनुशासन कार्यवाही अनुभव गर्नैपर्छ, उहाँको सजाय र उहाँको न्याय अनुभव गर्नैपर्छ; यदि तँ परमेश्‍वरका वचनहरू अनुभव गर्न चाहन्छस् भने, तँ पहिला परमेश्‍वरका वचनहरूको आमनेसामने आउनैपर्छ, परमेश्‍वरको आमनेसामने आउनैपर्छ, र परमेश्‍वरलाई मानिस, घटना र कामकुराहरू, साथै सबै प्रकारका वातावरण तयार गर्न अनुरोध गर्नैपर्छ, ताकि तँ उहाँका वचन अनुभव गर्ने अवसरहरू पाउन सक्। यदि तँ परमेश्‍वर र उहाँका वचनहरूको आमनेसामने आउन चाहन्छस् भने, तँसँग पहिला सरल र इमानदार हृदय हुनैपर्छ, सत्यता स्वीकार गर्ने मनोवृत्ति हुनैपर्छ, कष्ट सहने सङ्कल्प हुनैपर्छ, दुष्‍टताबाट अलग बस्‍ने दृढ सङ्कल्प र साहस हुनैपर्छ, र साँचो सृजित प्राणी बन्‍ने आकाङ्क्षा हुनैपर्छ…। यसरी तँ चरणबद्ध तरिकाले अघि बढ्दै परमेश्‍वरको नजिक जानेछस्, तेरो हृदय अझ शुद्ध हुँदै जानेछ, र तैँले परमेश्‍वरलाई चिन्न थालेपछि, तेरो जीवन र तँ जीवित रहनुको मूल्य झन्-झन् अर्थपूर्ण र झन्-झन् उज्‍ज्‍वल हुँदै जानेछ। एक दिन आउनेछ जुन दिन तैँले के महसुस गर्नेछस् भने, सृष्‍टिकर्ता अबउप्रान्त प्रहेलिका हुनुहुन्‍न, सृष्‍टिकर्ता तँबाट कहिल्यै लुक्‍नुभएको छैन, सृष्‍टिकर्ताले आफ्नो मुहार तँबाट कहिल्यै लुकाउनुभएको छैन, सृष्‍टिकर्ता तँबाट टाढा हुनुहुन्‍न, सृष्‍टिकर्ता उप्रान्त तैँले दिन-रात तृष्णा मात्रै गर्न सक्‍ने तर तेरा इन्द्रियहरूले बोध गर्न नसक्‍ने जन हुनुहुन्‍न, उहाँ त तेरो छेउमा साँच्‍चिकै र वास्तविक रूपमा तेरो पहरेदारी गर्न खडा हुनुहुन्छ, उहाँले तेरो जीवनलाई आपूर्ति गर्दै हुनुहुन्छ, र तेरो नियतिलाई नियन्त्रण गर्दै हुनुहुन्छ। तैँले उहाँ टाढा क्षितिजमा हुनुहुन्‍न, न त उहाँले आफैलाई उच्‍च बादलहरूमा नै लुकाउनुभएको छ, उहाँ त तेरो छेउमै हुनुहुन्छ, उहाँ तेरा सबै कुरामाथि सार्वभौम हुनुहुन्छ, र उहाँ नै तेरो सबै कुरा एकमात्र हुनुहुन्छ भनेर महसुस गर्नेछस्। यस किसिमको परमेश्‍वरले तँलाई हृदयदेखि उहाँलाई प्रेम गर्ने र सम्मान गर्ने, उहाँप्रति लगाव महसुस गर्ने, उहाँको निकट हुने, उहाँको प्रशंसा गर्ने, उहाँलाई गुमाउन डर मान्‍ने, र उहाँलाई अबउप्रान्त इन्कार गर्न, उहाँविरुद्ध विद्रोह गर्न वा उहाँलाई छल्‍न वा टाढा राख्‍न अनिच्छुक हुने तुल्याउनुहुन्छ। तैँले चाहने भनेकै उहाँलाई ख्याल गर्नु हो, तँ उहाँप्रति समर्पित हुन, उहाँले दिनुभएका सबै थोकको सही पैँचो तिर्न, उहाँको प्रभुत्वमा आत्मसमर्पण गर्न मात्र चाहन्छस्। तैँले उप्रान्त कहिल्यै उहाँद्वारा मार्गदर्शन, आपूर्ति, हेरचाह गरिन, उहाँद्वारा सुरक्षित गरिन इन्कार गर्दैनस्, तैँले उपरान्त तँसम्बन्धी उहाँको सार्वभौमिकता र प्रबन्धहरूलाई प्रतिरोध गर्दैनस्। तँ उहाँलाई पछ्याउन, उहाँलाई साथ दिन मात्र चाहन्छस्; तँ उहाँलाई तेरो एक मात्र जीवनका रूपमा स्वीकार गर्न, उहाँलाई तेरो एक मात्र प्रभुका रूपमा स्वीकार गर्न, तेरो एक मात्र परमेश्‍वरका रूपमा स्वीकार गर्न मात्र चाहन्छस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

४२७. जब मानिसहरूले परमेश्‍वरको कामलाई अनुभव गर्छन्, तब उहाँ सम्‍बन्धी तिनीहरूको पहिलो ज्ञान भनेको उहाँ बुझ्‍न नसकिने, बुद्धिमानी, र आश्चर्यको हुनुहुन्छ भन्‍ने हुन्छ, र तिनीहरू अचेत रूपमा उहाँको डर मान्छन् र उहाँले गर्नुहुने कामको रहस्यलाई अनुभव गर्छन्, जुन मानव मनको पहुँचभन्दा बाहिर छ। मानिसहरूले उहाँका मापदण्डहरूलाई पूरा गर्न, उहाँका अभिप्राय पूरा गर्न सकौं भन्‍ने मात्रै चाहन्छन्; तिनीहरूले उहाँलाई नाघ्‍न चाहँदैनन्, किनभने उहाँले गर्नुहुने काम मानिसको सोचाइ र कल्‍पनाभन्दा बाहिर जान्छ र त्यसलाई उहाँको सट्टामा मानिसले गर्न सक्दैन। मानिस स्वयम्‌ले समेत उसका अपर्याप्तताहरूलाई जान्दैन, तैपनि परमेश्‍वरले नयाँ मार्ग ल्याउनुभएको छ र मानिसलाई अझै नयाँ र अझै सुन्दर संसारमा ल्याउनको लागि आउनुभएको छ, त्यसकारण मानवजातिले प्रगति गरेको छ र नयाँ सुरुवात गरेको छ। मानिसहरूले परमेश्‍वरको लागि अनुभव गर्ने भनेका सराहना होइन, अथवा, सराहना मात्रै होइन। तिनीहरूको सबैभन्दा गहन अनुभव भनेको डर र प्रेम हो; तिनीहरूले परमेश्‍वर वास्तवमै आश्चर्यको हुनुहुन्छ भन्‍ने अनुभव गर्छन्। उहाँले मानिसले गर्न नसक्‍ने काम गर्नुहुन्छ र मानिसले भन्‍न नसक्‍ने कुराहरू भन्नुहुन्छ। परमेश्‍वरको कामलाई अनुभव गरेका मानिसहरूसँग सधैँ वर्णन गर्न नसकिने अनुभूतिहरू हुन्छन्। पर्याप्त रूपमा गहन अनुभव पाएका मानिसहरूले परमेश्‍वरको प्रेमलाई बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको प्रेमिलो स्वभावलाई अनुभव गर्न सक्छन्, उहाँ अत्यन्तै ज्ञानी हुनुहुन्छ, अत्यन्तै आश्चर्यका हुनुहुन्छ भन्‍ने अनुभव गर्न सक्छन्, र त्यसकारण तिनीहरूका बीचमा असीमित शक्ति पैदा हुन्छ। यो त्रास वा बेलाबखतको प्रेम र आदर होइन, बरु यो त मानिसप्रतिको परमेश्‍वरको करुणा र ऊप्रतिको सहनशीलताको गहन अनुभूति हो। तैपनि, उहाँको दण्ड र न्यायलाई अनुभव गरिसकेका मानिसहरूले उहाँको प्रतापलाई र उहाँले कुनै पनि अपराधहरूलाई सहनुहुन्‍न भन्‍ने कुरालाई अनुभूति गर्छन्। उहाँको धेरै काम अनुभव गरिसकेका मानिसहरूले समेत उहाँलाई बुझ्‍न सक्दैनन्; साँचो रूपमा उहाँको डर मान्ने सबैले उहाँको काम मानिसहरूको धारणाहरू अनुरूप छैन बरु सधैँ तिनीहरूका धारणाहरू विरुद्ध जान्छ भन्‍ने कुरा जान्दछन्। मानिसहरूले उहाँलाई पूर्ण रूपमा सराहना गर्नु वा उहाँलाई देखावटी समर्पणता दिनु आवश्यकता छैन; बरु, तिनीहरूले साँचो डर र साँचो समर्पणता हासिल गर्नुपर्छ। उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँको डर मान्ने हृदय विकास गर्छन्, जुन सराहनाभन्दा उच्‍च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूमा उहाँको डर मान्नेहृदय हुन्छ। परमेश्‍वरको डर मानिनुपर्छ र उहाँप्रति समर्पित हुनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र परमेश्वर मात्र डर र समर्पणको योग्य हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँको डर मान्ने हृदय विकास गर्छन्। तैपनि, उहाँसँग सम्‍बन्धित आफ्‍ना धारणाहरूलाई त्याग्‍न नसक्‍नेहरूसँग—उहाँलाई परमेश्‍वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँको डर मान्ने हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै विद्रोही हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको डर मान्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो। यदि त्यस्तो कार्यलाई अनुभव गरिसकेका मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन भने, र यदि तिनीहरूको विगतको अवज्ञा परिवर्तन नै हुँदैन भने, तिनीहरूलाई निश्‍चय नै हटाइन्छ। यदि परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्ति भनेको उहाँको सराहना गर्ने वा उहाँलाई टाढैबाट आदर गर्ने, र उहाँलाई अलिकति पनि प्रेम नगर्ने किसिमको छ भने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको व्यक्ति आइपुगेको परिणाम यही हो, र त्यस व्यक्तिमा सिद्ध पारिनको लागि चाहिने शर्तहरूको कमी हुन्छ। यदि त्यति धेरै कामले व्यक्तिको साँचो प्रेम प्राप्त गर्न सक्दैन भने, त्यस व्यक्तिले परमेश्‍वरलाई प्राप्त गरेको छैन र उसले सच्‍चा रूपमा सत्यतालाई पछ्याउँदैन। परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तसर्थ उसले परमेश्‍वरलाई प्राप्त गर्न सक्दैन, परमेश्‍वरको स्वीकृती प्राप्त गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूले पवित्र आत्‍माको कार्यलाई जसरी अनुभव गरे तापनि, र तिनीहरूले जसरी न्यायको अनुभव गरे तापनि, तिनीहरू परमेश्‍वरको डर मान्न सक्दैनन्। यी त्यस्ता मानिसहरू हुन् जसको प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन र जोसँग अत्यन्तै घृणास्पद स्वभाव हुन्छ। परमेश्‍वरको डर मान्ने हृदय नभएका सबैलाई हटाइनुपर्छ, तिनीहरूलाई दण्डका पात्रहरू बनाइनुपर्छ, र दुष्ट काम गर्नेहरूलाई जस्तै दण्ड दिइनुपर्छ, अधर्मी कुराहरू गर्नेहरूलाई भन्दा बढी कष्ट दिइनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

अघिल्लो:  छ. आफ्‍नो कर्तव्य पर्‍याप्त रूपले कसरी पूरा गर्ने सो सम्बन्धमा

अर्को:  झ. विश्‍वासमा आफ्‍नो मार्ग कसरी छनौट गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger