१२. राज्यको युगका संविधान, प्रशासनिक आदेश र आज्ञाहरू सम्बन्धी वचनहरू

५९५. एक क्षण पनि नथामिईकन मेरो योजनाबद्ध काम अगाडि बढिरहेको छ। राज्यको युगमा सरेपछि, र मेरा जनहरूका रूपमा तिमीहरूलाई मेरो राज्यमा ल्याएपछि, तिमीहरूलाई मैले गर्ने अरू मागहरू हुनेछन्; भन्नुको अर्थ, म तिमीहरूको सामुन्ने विधान जारी गर्न सुरु गर्नेछु, जसद्वारा म यो युगलाई सञ्चालन गर्नेछु:

तिमीहरूलाई मेरा जनहरू भनिएको हुनाले, मेरो नामलाई महिमायुक्त बनाउन तिमीहरू सक्षम हुनुपर्छ; यसको अर्थ, परीक्षाको घडीमा साक्षीको रूपमा खडा हुन सक्‍नुपर्छ। यदि कसैले मलाई फुस्ल्याउने र मबाट सत्य लुकाउने प्रयास गर्छ, वा मेरा पछाडि अशोभनीय क्रियाकलापहरूमा संलग्न हुन्छ भने, तिनीहरूलाई मैले निराकरण नगरुञ्‍जेलसम्‍म, यस्ता मानिसहरूलाई मेरो घरबाट लखेटिनेछ र निकालिनेछ, यसमा कुनै अपवाद छैन। विगतमा जो मसँग बेइमान र अपुत्रोचित थिए, र मलाई खुला रूपमा जाँच्न जो आज फेरि खडा छन्—तिनीहरू पनि मेरो घरबाट लखेटिइनेछन्। जो मेरा जनहरू हुन् उनीहरूले मेरा बोझहरूको लागि निरन्तर चासो देखाउनु पर्छ साथै मेरा वचनहरू बुझ्न खोज्नुपर्छ। यस प्रकारका मानिसहरूलाई मात्र म अन्तर्दृष्टि दिनेछु, र कहिल्यै सजाय नपाउने गरी उनीहरू निश्‍चय नै मेरो मार्गदर्शन र अन्तर्दृष्टि अन्तर्गत जिउनेछन्। मेरा बोझहरूको लागि चासो देखाउन असफल हुनेहरू उनीहरूको आफ्नै भविष्यहरूको लागि योजना बनाउन दत्तचित्त हुन्छन्—यसको अर्थ, जो आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्ने लक्ष्य राख्दैन, तर सहयोगका हातहरूको खोजी गर्छन्—ती मगन्ते जस्ता प्राणीहरूलाई प्रयोग गर्न म पूर्णरूपमा इन्कार गर्छु किनकि मेरा बोझहरूको लागि चासो देखाउनु भनेको के हो तिनीहरू जन्मिएको समयदेखि तिनीहरूले जानेका छैनन्। तिनीहरू सामान्य समझ नभएका मानिसहरू हुन्; यस्ता मानिसहरू मस्तिष्कको “कुपोषण” बाट ग्रसित छन्, र केही “पोषण” को लागि उनीहरू घर जान आवश्यक छ। यस्ता मानिसहरू मेरो लागि व्यर्थ छन्। मेरा जनहरूका माझमा, खानु, कपडा लगाउनु, र सुत्नु जस्ता कुनै व्यक्तिले एकै क्षणको लागि पनि कहिल्यै नबिर्सिने कुराहरूलाई जस्तै, मलाई चिन्‍ने कार्य पनि अन्तिमसम्म नै देखिने बाध्यात्‍मक कर्तव्यको रूपमा सबैबाट माग गरिनेछ, ताकि मलाई चिन्ने काम पनि, आखिरमा, खानपान गर्नु जस्तै परिचित कुरा बन्नेछ—जुन कुरालाई तैँले अभ्यस्त भइसकेको हातले कुनै प्रयत्न विना नै गर्छस्। मैले बोलेका वचनहरूलाई हरेक व्यक्तिले उच्चतम विश्‍वासका साथ लिनुपर्छ र पूर्णरूपमा आत्मसात् गर्नुपर्छ; झाराटारुवा अर्ध-मापन हुन सक्दैन। मेरा वचनहरूलाई ध्यान नदिनेलाई सीधै मेरो प्रतिरोध गरेको मानिने छ; मेरा वचनहरूलाई नखाने वा तिनलाई बुझ्न नखोज्नेलाई मेरो ध्यान नदिएको मानिने छ, र मेरो घरको ढोकाबाट सीधै बाहिर बढारिने छ। यसो गर्नुको कारण, विगतमा मैले भने जस्तै, म मानिसहरूको ठूलो सङ्ख्या होइन श्रेष्ठता चाहन्छु। सय जना मानिसहरूमध्ये मेरा वचनहरूद्वारा यदि एक जनाले मात्र मलाई चिन्न सक्षम भयो भने त्यसपछि उक्त एक जनालाई अन्तर्दृष्टि दिने र प्रकाश छर्ने काममा ध्यान केन्द्रित गर्न म स्वेच्छाले अरू सबैलाई हटाइदिनेछु। यसबाट तैँले देख्न सक्छस् धेरै सङ्ख्याले मात्र मलाई प्रकट गर्न र ममा जिउन सक्छन् भन्‍ने सत्य होइन। मैले चाहेको गहूँ हो (यद्यपि दानाहरू पोटिला नहुन सक्छन्) र सामा होइन (दानाहरू प्रशंसनीय रूपमा पोटिला भए पनि)। जो खोजीलाई वास्ता गर्दैनन्, तर सुस्त तरिकाले व्यवहार गर्छन् उनीहरूले स्वेच्छाले छोड्नु पर्छ; तिनीहरूलाई हेर्ने मेरो कति पनि चाहना छैन, नत्र तिनीहरूले मेरो नामलाई लज्जित पार्ने कार्यलाई जारी राख्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ५

५९६. म कसैलाई पनि दण्ड दिन हतार गर्दिनँ, न त म कसैलाई अन्यायपूर्वक व्यवहार गर्छु—म सबैका लागि धार्मिक छु। म निश्चय नै मेरा छोराहरूलाई प्रेम गर्छु, र मलाई चुनौती दिने दुष्ट मानिसहरूलाई निश्चय नै घृणा गर्छु; मेरा कामहरूपछडिको सिद्धान्त यही हो। तिमीहरू प्रत्येकसित मेरो प्रशासनिक आदेशहरूको बारेमा केही जानकारी हुनुपर्दछ; यदि यो नभए तिमीहरूमा रत्तीभर पनि भय हुनेछैन, र मेरो सामु लापरवाहीसाथ काम गर्नेछौ। म के हासिल गर्न चाहन्छु, म के सम्पन्न गर्न चाहन्छु, के प्राप्त गर्न चाहन्छु वा मेरो राज्यलाई कस्तो किसिमको व्यक्ति चाहिन्छ सो पनि तिमीहरूले जान्‍नेछैनौ।

मेरो प्रशासनिक आदेशहरू यी हुन्:

१) तँ जो-सुकै भए पनि, यदि तेरो हृदयमा मप्रति विरोधाभास छ भने, तेरो न्याय गरिनेछ।

२) जसलाई मैले चुनेको छु, तिनीहरूले कुनै पनि गलत विचार गर्नसाथ तिनीहरूलाई तुरुन्तै अनुशासनमा राखिनेछ।

३) मलाई विश्‍वास नगर्नेहरूलाई म पन्छाउनेछु। म तिनीहरूलाई आखिरी समयसम्म लापरबाहीसँग बोल्‍न र काम गर्न दिनेछु, त्यसपछि म तिनीहरूलाई पूर्ण रूपले दण्ड दिनेछु र छुट्याउनेछु।

४) ममा विश्‍वास गर्नेहरूलाई म हरसमय हेरचाह र सुरक्षा गर्नेछु। हरसमय म तिनीहरूलाई मुक्तिको मार्गद्वारा जीवन प्रदान गर्नेछु। यी मानिसहरूसित मेरो प्रेम हुनेछ, र तिनीहरू निश्चय पतन हुनेछैनन् वा तिनीहरूले आफ्ना बाटो गुमाउनेछैनन्। तिनीहरूसँग भएको कुनै कमजोरी अस्थायी मात्र हुनेछ, र म तिनीहरूका कमजोरीहरूलाई निश्चय सम्‍झनेछैनँ।

५) तिनीहरू, जसले ममा विश्‍वास गरेकोजस्तो देखिन्छ, तर वास्तवमा त्यसो गर्दैनन्—जसले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छन् तर ख्रीष्टलाई खोज्दैनन्, तापनि जसले पनि विरोध गर्दैनन्—यिनीहरू अति दयनीय किसिमका मानिसहरू हुन्, र मेरा कामहरूद्वारा म तिनीहरूलाई स्पष्ट देख्ने बनाउनेछु। मेरा कामहरूद्वारा, म त्यस्ता मानिसहरूलाई मुक्ति दिनेछु र तिनीहरूलाई फर्काएर ल्याउनेछु।

६) जेठा छोराहरू, मेरो नाउँ स्वीकार गर्ने प्रथम व्यक्तिहरू, आशिषित हुनेछन्! म निश्चय तिमीहरूलाई सर्वोत्तम आशिषहरू दिनेछु, तिमीहरूका हृदयको सन्तुष्टिका निम्ति ती उपभोग गर्न दिनेछु; कसैले पनि यसमा बाधा दिने आँट गर्नेछैन। यो सबै तिमीहरूका लागि पूर्ण रूपमा तयार छ, किनकि यो मेरो प्रशासनिक आदेश हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५६

५९७. अब म मेरो राज्यको प्रशासकीय आदेशहरू घोषणा गर्दछु: सबै कुरा मेरो न्यायको अधीनमा छन्, सबै कुरा मेरो धार्मिकताभित्र छन्, सबै कुरा मेरो प्रतापभित्र छन्, र म सबैप्रति मेरो धार्मिकताको अभ्यास गर्दछु। जसले मलाई विश्‍वास गर्छु भन्छ, तर जसको भित्र गहिराइमा मप्रति विरोधाभास छ, वा जसको हृदयले मलाई त्यागेको छ, तिनीहरूलाई निकालिनेछ—तर सबै मेरो आफ्नै ठीक समयमा हुनेछ। जुन मानिसहरू अरूले थाहा नपाउने तरिकाले मेरो बारेमा व्यङ्ग्यात्मक कुरा गर्छन्, तिनीहरू तुरुन्तै मर्नेछन् (तिनीहरू आत्मा, शरीर र प्राणमा नाश हुनेछन्)। जसले मेरो प्रियलाई थिचोमिचो गर्छन् वा उपेक्षा गर्छन् तिनीहरूलाई तुरुन्तै मेरो क्रोधद्वारा न्याय गरिनेछ। यसको मतलब यो हो कि मैले प्रेम गरेकाहरूसँग जसले ईर्ष्या गर्छन्, र जसले मलाई अधर्मी ठान्छन्, तिनीहरूलाई मेरो प्रियद्वारा न्याय गरिनका लागि सुम्पिइनेछ। असल व्यवहार गर्ने, सरल र इमानदार हुनेहरू सबै (बुद्धि नहुनेहरू लगायत), र जसले मसँग एकचित्त भई व्यवहार गर्दछन्, तिनीहरू सबै मेरो राज्यमा रहनेछन्। जसले तालीम पाएका छैनन्—अर्थात् ती इमानदार मानिसहरू जसमा बुद्धि र अन्तर्दृष्टिको अभाव हुन्छ—मेरो राज्यमा तिनीहरूसित शक्ति हुनेछ। यद्यपि, तिनीहरूलाई पनि काटछाँट गरिएको र तोडिएको हुन्छ। तालिमबाट भएर नगएकाहरू पूर्ण हुँदैनन्। बरु, यिनै कुराहरूद्वारा म सबैलाई मेरो सर्वशक्तिमान्‌ता र मेरो बुद्धि देखाउनेछु। म ती सबैलाई बाहिर निकाल्‍नेछु जसले अझै पनि मलाई शङ्का गर्छन्; म तिनीहरूमध्ये एकै जनालाई पनि चाहन्नँ (यस्तो समयमा पनि मलाई शङ्का गर्ने मानिसहरूलाई म घृणा गर्दछु)। मैले सम्पूर्ण ब्रह्माण्डमा गर्ने कार्यहरूद्वारा म इमानदार मानिसहरूलाई मेरा कामहरूको आश्चर्यता देखाउनेछु, त्यसरी म उनीहरूको बुद्धि, अन्तर्दृष्टि र विवेकलाई वृद्धि गराउनेछु। म छलकपट गर्ने मानिसहरूलाई मेरो चमत्कारपूर्ण कार्यहरूको फलस्वरूप एकै क्षणमा नाश पार्नेछु। मेरो नाउँ पहिले ग्रहण गर्ने सबै ज्येष्ठ पुत्रहरू (अर्थात्, ती पवित्र र निष्कलङ्क र इमानदार मानिसहरू) तिनीहरू राज्यमा प्रवेश गर्ने पहिलो मानिसहरू हुनेछन् र मसँगै सबै जातिहरू र सबै मानिसहरूमाथि शासन गर्नेछन्, र सबै जातिहरू र सबै मानिसहरूको न्याय गर्दै राज्यमा राजाको रूपमा शासन गर्नेछन् (यसले राज्यका सबै ज्येष्ठ पुत्रहरूलाई दर्साउँछ र अरू कसैलाई होइन)। सबै जातिहरू र सबै मानिसहरूमध्ये जो न्याय गरिएका छन्, र जसले पश्चात्ताप गरेका छन्, तिनीहरू मेरो राज्यमा प्रवेश गर्नेछन् र मेरा प्रजा हुनेछन्, अनि अटेरी र अपश्‍चात्तापी मानिसहरू अतल कुण्डमा फालिनेछन् (सदाका लागि नाश हुनलाई)। राज्यमा हुने न्याय अन्तिम हुनेछ, र त्यो मैले गर्ने संसारको पूर्ण शुद्धीकरण हुनेछ। त्यसपछि त्यहाँ कुनै अन्याय, शोक, आँसु वा सुस्केराहरू हुनेछैन, र त्योभन्दा बढी, त्यहाँ फेरि संसार हुनेछैन। सबै कुरा ख्रीष्टको प्रकटीकरण हुनेछ, र सबै ख्रीष्टको राज्य हुनेछन्। कस्तो महिमा! कस्तो महिमा!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७९

५९८. अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति विभिन्न सजायहरू भोग्‍नेछ):

म मेरा प्रतिज्ञाहरू पालन गर्दछु, र सबै कुरा मेरै हातमा छ: ज-जसले शङ्का गर्छन्, तिनीहरू निश्चय मारिनेछन्। छूट दिने कुनै ठाउँ छैन; तिनीहरू तुरुन्तै मेटाइनेछन्, यसरी मेरो हृदयबाट घृणा हटाइन्छ। (अबदेखि यो पक्का छ कि जो मारिन्छ त्यो मेरो राज्यको सदस्य हुनुहुँदैन, र शैतानको सन्तान हुनुपर्दछ।)

जेठा छोराहरूको रूपमा तिमीहरू आफ्नै हैसियतमा बस्‍नुपर्छ र आफ्ना कर्तव्यहरूलाई राम्रोसँग पूरा गर्नुपर्छ, र अनावश्यक रूपमा अति जिज्ञासु हुनुहुँदैन। तैँले मेरो प्रबन्ध योजनाको लागि आफैलाई समर्पण गर्नुपर्छ, र तँ जहाँ-जहाँ जान्छस्, तैँले मेरो असल गवाही दिनुपर्छ र मेरो नाउँलाई महिमित गर्नुपर्छ। लाजमर्दो कामहरू नगर्, मेरा सबै सन्तान र मेरा मानिसहरूका लागि उदाहरण बन्। एकैछिनको लागि पनि अनैतिक नबन्: तँ सधैँ सबैका अघि जेठो छोराको पहिचान बोकेर उपस्थित हुनुपर्छ, र सेवा गर्नेजस्तो हुनुहुँदैन; बरु, तँ शिर ठाडो पारेर अगाडि बढ्नुपर्छ। म तँलाई मेरो नाउँको बेइज्जत गर्न होइन, मेरो नाउँको महिमा गर्न लगाउँदैछु। जो जेठा छोराहरू हुन् तिनीहरूका आ-आफ्नै काम हुन्छन्, र तिनीहरूले सबै कुरा गर्न सक्दैनन्। यो मैले तिमीहरूलाई दिएको जिम्‍मेवारी हो, र यो जिम्मेवारीबाट भाग्नुहुँदैन। मैले तिमीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न तिमीहरूले आफैलाई सारा हृदयले, सारा मनले र सारा शक्तिले समर्पण गर्नुपर्छ।

आजको दिनदेखि उसो, सारा ब्रह्माण्डको संसारभरि, मेरा सबै सन्तान र मेरा सबै मानिसहरूका गोठालो गर्ने जिम्मेवारी पूरा गर्ने भार मेरो जेठा छोराहरूलाई दिइनेछ, र जस-जसले त्यो पूरा गर्न आफ्नो सम्पूर्ण हृदय र मन समर्पण गर्न सक्दैनन् तिनीहरूलाई म सजाय दिनेछु। यो मेरो धार्मिकता हो। म मेरा जेठा छोराहरूलाई पनि सजिलै छोड्ने छैनँ न त नरम व्यवहार नै गर्नेछु।

यदि मेरा छोराहरूको बीचमा वा मेरो मानिसहरूको बीचमा मेरो जेठा छोराहरूलाई खिसी वा अपमान गर्ने कोही छन् भने म तिनीहरूलाई कठोर दण्ड दिनेछु, किनकि मेरा जेठा छोराहरूले मेरै प्रतिनिधित्व गर्छन्; कसैले तिनीहरूलाई केही गऱ्यो भने तिनीहरूले त्यो मलाई पनि गरेका हुन्छन्। यो मेरो सबैभन्दा कडा प्रशासकीय आदेश हो। यो आदेश उल्लङ्घन गर्ने मेरो कुनै पनि सन्तान र मेरा मानिसहरूको विरुद्धमा म मेरा जेठा छोराहरूलाई तिनीहरूका इच्छाअनुसार मेरो धार्मिकता प्रयोग गर्ने अनुमति दिन्छु।

कसैले मलाई गम्भीरतासाथ लिँदैन अनि मेरो भोजन, वस्त्र र निद्रामा मात्रै ध्यान दिन्छ, मेरो बाहिरी कार्यहरूमा मात्र उपस्थिति हुन्छ, र मेरो बोझलाई कुनै विचार गर्दैन र तिनीहरूका आफ्नै कामहरू पूरा गर्नुमा ध्यान दिँदैनन् भने म बिस्तारै तिनीहरूलाई त्यागिदिन्छु। यो कान हुनेहरू सबैलाई लक्षित छ।

जसले मेरो लागि सेवा गरिसक्छ तिनीहरू आज्ञाकारी भएर विनाकोलाहल पछि हट्नुपर्छ। होसियार बस्, नत्र म तँलाई छाँट्छु। (यो एक अतिरिक्त आदेश हो।)

अबदेखि उसो मेरा जेठा छोराहरूले फलामको राजडन्डा उठाउनेछन् र सबै जाति र मानिसहरूमाथि शासन गर्न, सबै जातिहरू र मानिसहरूको माझ हिँड्न, र मेरो न्याय, धार्मिकता र प्रताप सबै जाति र मानिसहरूको बीचमा अघि बढाउन मेरो अधिकार चलाउन सुरु गर्नेछन्। मेरा सन्तान र मेरा मानिसहरूले मेरो भय मान्नेछन्, मेरो प्रशंसा गर्नेछन्, मेरो हौसला बढाउनेछन्, र नरोकी मेरो महिमा गर्नेछन्, किनकि मेरो व्यवस्थापन योजना पूरा भएको छ र मेरा जेठा छोराहरूले मसँग राज्य गर्न सक्छन्।

यो मेरो प्रशासनिक आदेशको एक हिस्सा हो; यसपछि, कामको प्रगति हुँदैजाँदा तीबारे म तिमीहरूलाई बताउनेछु। माथिका प्रशासनिक आदेशहरूबाट, तिमीहरू म कुन गतिमा काम गर्छु, साथै मेरो काम कुन चरणमा पुगेको छ सो बुझ्नेछौ। यो एक पुष्टीकरण हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८८

५९९. परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश

(परमेश्‍वरको वचनको छनौट गरिएको अध्याय)

१) मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।

२) परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू।

३) पैसा, भौतिक वस्तु, र परमेश्‍वरको घरमा भएका सबै सम्पत्ति मानिसले दिनुपर्ने भेटीहरू हुन्। यी भेटीहरू पूजाहारी र परमेश्‍वरबाहेक अरू कसैले पनि उपभोग गर्न सक्दैन, किनकि मानिसले चढाउने भेटीहरू परमेश्‍वरको उपभोगका निम्ति हुन्। परमेश्‍वरले यी भेटीहरू पूजाहारीसँग मात्र बाँड्नुहुन्छ; अरू कोही पनि त्यसको कुनै भाग उपभोग गर्ने योग्यको र हकदार हुँदैन। मानिसका सबै भेटीहरू (उपभोग गर्न सकिने पैसा र भौतिक थोक) परमेश्‍वरलाई दिइन्छ, मानिसलाई होइन, र त्यसैले यी थोकहरू मानिसले उपभोग गर्नु हुँदैन; यदि मानिसले यी थोकहरू उपभोग गर्छ भने, उसले भेटीहरू चोरिरहेको हुन्छ। जसले त्यसो गर्छ ऊ यहूदा हो, किनकि यहूदाले प्रभुलाई विश्‍वासघात गर्नुका साथै, उसले पैसाको थैलीमा राखिने गरिएको पैसा आफ्‍नै निम्ति प्रयोग गऱ्यो।

४) मानिसमा भ्रष्ट स्वभाव हुन्छ र त्यसबाहेक ऊसँग भावनाहरू छन्। जस्तै कि, परमेश्‍वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। त्यसो गरेको थाहा पाइएको खण्डमा, जोकोहीलाई कुनै अपवादविना निष्कासित गरिनेछ।

५) परमेश्‍वरलाई दोष लगाउने काम गर्नु हुँदैन न त परमेश्‍वरसित सम्बन्धित विषयहरूमा लापरवाही किसिमले छलफल नै गर्नु हुन्छ। मानिसले जे गर्नुपर्दछ त्यही गर्, अनि मानिसले जे बोल्नुपर्छ त्यही बोल्, सीमितताहरू ननाघ् र परिधिहरू ननाघ्। परमेश्‍वरको स्वभावलाई चिढ्याउने काम गर्नबाट बच्‍नको लागि आफ्नो जिब्रोको रक्षा गर्, र कहाँ पाइला टेक्छस् त्यसमा होसियार बन्।

६) मानिसले जे गर्नुपर्छ त्यही गर्, र तेरा दायित्वहरू फत्ते गर्, र तेरा जिम्मेवारीहरू पूरा गर्, अनि तेरो कर्तव्य थामिराख्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, परमेश्‍वरको काममा आफ्नो योगदान दिनुपर्छ, यदि तैँले योगदान दिँदैनस् भने, तँ परमेश्‍वरको वचन खान र पिउन अयोग्य छस्, र परमेश्‍वरको परिवारमा बस्न अयोग्य छस्।

७) मण्डलीको काम र मामिलाहरूमा, परमेश्‍वरप्रति समर्पित हुनुबाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका निर्देशनहरू पालना गर्। सानोभन्दा सानो उल्‍लङ्घन पनि स्वीकार्य छैन। पूर्ण रूपले आज्ञापालन गर्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण समर्पण गर्ने कुरामा मात्र ध्यान दिनैपर्छ।

८) परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्‍नु हुँदैन। यो परमेश्‍वरको निम्ति असहनीय हुन्छ।

९) मण्डलीको काममा नै तेरा विचारहरूलाई केन्द्रित गर्। तेरा आफ्नै देहका सम्भावनाहरूलाई एकातिर पन्छाउन, पारिवारिक विषयहरूबारे निर्णायक बन्, आफूलाई सम्पूर्ण हृदयले परमेश्‍वरको काममा समर्पित गर्, र परमेश्‍वरको कामलाई पहिलो स्थानमा अनि तेरो आफ्नै जीवनलाई दोस्रो स्थानमा राख्। सन्तको शिष्टता यही हो।

१०) ती आफन्तहरू (तेरा छोराछोरी, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्‍वासी होइनन्, उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्‍वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर त्यसको सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्‍वास गर्दैनन्, उनीहरूलाई मण्डलीमा ल्याउनै हुँदैन। यो आदेश सबै मानिसहरूप्रति निर्देशित छ। तिमीहरूले यो विषयमा जाँच्नुपर्छ, सुपरिवेक्षण गर्नुपर्छ, र एकअर्कालाई स्मरण गराउनुपर्छ; कसैले यसलाई उल्लङ्घन गर्न सक्दैन। विश्‍वासदेखि बाहिरका आफन्तहरू मन नलागी-नलागी मण्डलीभित्र पस्छन् भने पनि उनीहरूलाई पुस्तकहरू दिनै हुँदैन वा नयाँ नाउँ दिनै हुँदैन; त्यस्ता मानिसहरू परमेश्‍वरको घरका होइनन्, र आवश्यक कुनै पनि तरिकाले उनीहरूलाई मण्डलीभित्र प्रवेश गर्नबाट रोक्नैपर्छ। यदि भूतात्माहरूको आक्रमणको कारण मण्डलीमा समस्या ल्याइएको छ भने, तँ आफैलाई बाहिर निकालिनेछ वा तँमाथि प्रतिबन्धहरू लगाइनेछ। सङ्क्षेपमा, यस मामिलामा सबैको जिम्मेवारी छ, यद्यपि तँ लापरवाह हुनु हुँदैन, न त व्यक्तिगत बदलाको निम्ति यसको प्रयोग गर्नु हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम

६००. मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू गर्नुपर्ने कुरा यही नै हो। पवित्र आत्माद्वारा गरिनै पर्ने गर्न कुरा पवित्र आत्मालाई नै गर्न दिऊँ; मानिसले यसमा कुनै भूमिका खेल्न सक्दैन। मानिसद्वारा गरिनु पर्ने कुरामा मात्र मानिस दृढ रहनुपर्छ, जसको पवित्र आत्मासँग कुनै सम्बन्ध छैन। यो मानिसले गर्नुपर्ने बाहेक केही होइन, र यसलाई पुरानो करारको व्यवस्थालाई पालन गरेजस्तै, यसलाई पनि आदेशको रूपमा पालन गरिनुपर्छ। हुन त अहिले व्यवस्थाको युग होइन, तर पनि अझसम्म पनि पालन गर्नुपर्ने धेरै वचनहरू छन्, जुन व्यवस्थाको युगमा बोलिएका वचनहरू जस्तै, उस्तै प्रकारका छन्। ती वचनहरू केवल पवित्र आत्माको स्पर्शमा भर परेर मात्रै व्यवहारमा लागू गरिँदैनन्, बरु ती मानिसले पालन गर्नुपर्ने कुराहरू हुन्। उदाहरणको लागि:

व्यावहारिक परमेश्‍वरको कामलाई तैँले न्याय गर्नु हुँदैन।

परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसलाई तैँले विरोध गर्नु हुँदैन।

परमेश्‍वरको सामुन्ने, तँ आफ्नो स्थानमा बस्‍नुपर्छ र हठी हुनुहुँदैन।

बोलीवचनमा तँ संयमित हुनुपर्छ, र तेरा वचन र कामहरूले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको प्रबन्धहरूलाई अनुसरण गर्नुपर्छ।

तैँले परमेश्‍वरको गवाहीको डर मान्नुपर्छ। तैँले परमेश्‍वरको काम र उहाँका मुखबाट निस्किएका वचनहरूलाई बेवास्ता गर्नुहुँदैन।

तैँले परमेश्‍वरका वाणीहरूको लबज र लक्ष्यलाई नक्कल गर्नु हुँदैन।

बाहिरी रूपमा, तैँले त्यस्तो केही गर्नु हुँदैन जसले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्पष्ट रूपमा विरोध गर्छ।

हरेक व्यक्तिले पालन गर्नुपर्ने कुराहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। नयाँ युगका आज्ञाहरू

६०१. आज, मानिसको लागि निम्‍न कुराको पालनाभन्दा बढी महत्त्वपूर्ण अरू केही छैन:

तैँले तेरो आँखा अगाडि उभिनुहुने परमेश्‍वरलाई मनाउने वा उहाँबाट कुनै कुरा लुकाउने कोसिस गर्नु हुँदैन।

तेरो सामुन्ने हुनुहुने परमेश्‍वरका अघि तैँले अपशब्द वा अहङ्कारी कुरा बोल्नु हुँदैन।

मीठा वचनहरू र राम्रा बोलीवचनहरूद्वारा उहाँको विश्‍वास जित्नको लागि तेरो आँखा सामुन्नेका परमेश्‍वरलाई तैँले छल गर्नु हुँदैन।

परमेश्‍वरका अगाडि तैँले अनादर पूर्वक व्यवहार गर्नु हुँदैन। परमेश्‍वरका मुखबाट बोलिएका सबै कुरामा तँ समर्पित हुनुपर्छ, र उहाँका वचनहरूको प्रतिरोध, विरोध वा विवाद गर्नु हुँदैन।

परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले आफू अनुकूल अर्थ लगाउनु हुँदैन। दुष्टको छली योजनाहरूको शिकार हुनबाट आफूलाई जोगाउन तैँले आफ्नो जिब्रोलाई काबुमा राख्नुपर्छ।

परमेश्‍वरद्वारा तेरो लागि तय गरिएका सीमाहरू नाघ्‍नबाट जोगिन तैँले आफ्ना कदमहरूलाई काबुमा राख्नुपर्छ। यदि तैँले अपराध गरिस् भने, यसले तँलाई परमेश्‍वरको स्थानमा उभिने र अहङ्कारी शब्दहरू बोल्ने बनाउनेछ, र त्यसैले परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ।

परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले जथाभाबी फैलाउनु हुँदैन, नत्र अरूले तेरो निन्दा गर्छन् र दियाबलसहरूले तँलाई मूर्ख बनाउँछन्।

तँ परमेश्‍वरका आजका सबै काममा समर्पित हुनुपर्छ। यदि तैँले यसलाई बुझिनस् भने पनि, तैँले यसलाई न्याय गर्नु हुँदैन; तैँले गर्न सक्ने भनेको खोजी गर्नु र सङ्गति गर्नु हो।

परमेश्‍वरको मूल स्थानलाई कुनै व्यक्तिले पनि उल्लङ्घन गर्नु हुँदैन। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरको सेवा गर्नेभन्दा बढी केही गर्न सक्दैनस्। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरलाई सिकाउन सक्दैनस्—यसो गर्नु भनेको गलत हो।

परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्थानमा कोही पनि खडा हुन सक्दैन; तेरा वचनहरू, व्यवहारहरू, र अन्तस्करणका विचारहरूमा, तँ मानिसकै स्थानमा खडा छस्। यसलाई मानिसले पालन गर्नुपर्छ, यो उसकै जिम्मेवारी हो, र यसलाई कसैले पनि बदल्‍न सक्दैन; त्यस्तो दुष्प्रयासले प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नेछ। यसलाई सबैले सम्झिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। नयाँ युगका आज्ञाहरू

६०२. मैले बोल्‍ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि, काम-कुराहरू मेरा वचनहरू अनुसार सम्पन्न हुने निश्चित हुन्छ; मेरो स्वभाव यही हो। मेरा वचनहरू अख्तियार हुन् र जसले तिनलाई संशोधन गर्छ त्यसले मेरो सजाय निम्त्याउँछ, र मैले तिनीहरूलाई प्रहार गर्नैपर्छ। गम्भीर मामिलाहरूमा तिनीहरूले आफ्नो जीवनमा विनाश ल्याउँछन् र तिनीहरू पातालमा, वा अतल कुण्डमा जान्छन्। मैले मानव जातिलाई निराकरण गर्ने एक मात्र तरिका यही हो, र मानिससँग यसलाई परिवर्तन गर्ने कुनै उपाय छैन—यो मेरो प्रशासनिक आदेश हो। यो याद राख! कसैलाई पनि मेरो आदेश उल्लङ्घन गर्ने अनुमति छैन; कामहरू मेरा अभिप्रायहरूअनुसार नै गरिनुपर्छ! विगतमा, मैले तिमीहरूप्रति सहज व्यवहार गरेको थिएँ र तिमीहरूले मेरा वचनहरूको मात्र सामना गऱ्यौ। मैले मानिसहरूलाई प्रहार गरेर ढाल्ने सम्बन्धमा बोलेका वचनहरू अझै पूरा भएका छैनन्। तर मेरा अभिप्रायहरूसँग मिल्दो रूपमा नचल्नेहरूलाई दण्ड दिन आजदेखि सबै विपत्तिहरू (यी मेरो प्रशासनिक आदेशहरूको सम्बन्धमा हुन्) एकपछि अर्को गर्दै आउनेछन्। तथ्यहरूको आगमन हुनुपर्दछ—अन्यथा मानिसहरूले मेरो क्रोध देख्न सक्नेथिएनन्, तर आफैलाई बारम्बार भ्रष्ट पार्नेथिए। यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो, र मैले मेरो कामको अर्को चरण गर्ने तरिका यही हो। म तिमीहरूलाई अग्रिम रूपमा यो भन्छु, यसैले कि तिमीहरू अपराधहरू गर्नबाट र अनन्त विनाश भोग्नबाट बच्न सक। भन्नुको अर्थ, आजको दिनदेखि, म मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै मानिसहरूलाई मेरा अभिप्रायहरूअनुसार तिनीहरूका उचित स्थान लिन लगाउनेछु, र म एकपछि अर्को गर्दै तिनीहरूलाई सजाय दिनेछु। म तीमध्ये एउटालाई पनि उम्कन दिनेछैनँ। तिमीहरूले फेरि भ्रष्ट हुने आँट मात्र गरेर त हेर! तिमीहरूले फेरि विद्रोही हुने आँट मात्र गरेर त हेर! मैले म सबैका निम्ति धर्मी छु, ममा रत्तीभर पनि भावुकता छैन भनेर पहिले नै भनेको छु र यसले मेरो स्वभावलाई उल्‍लङ्घन गर्नु हुँदैन भन्‍ने देखाउँछ। मेरो व्यक्तित्व यही हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सबै मानिसहरूले मेरा वचनहरू सुन्छन् र सबै मानिसहरूले मेरो महिमित अनुहार देख्छन्। सबै मानिसहरू पूर्ण रूपमा र ठोस रूपमा ममा समर्पित हुनुपर्छ—मेरो प्रशासनिक आदेश यही हो। ब्रह्माण्डभरिका र पृथ्वीको पल्‍लो छेउका सबै मानिसहरूले मेरो प्रशंसा र महिमा गर्नुपर्छ, किनकि म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ, किनकि म परमेश्‍वरको व्यक्तित्व हुँ। कसैले पनि मेरा वचनहरू र वाणीहरू, मेरो बोलीवचन र चाल-चलनहरू परिवर्तन गर्न सक्दैन, किनकि यी मेरो मात्र विषयहरू हुन्, र यी ती कुराहरू हुन् जुन मैले प्राचीनकालदेखि धारण गरेको छु र जुन अनन्तसम्म रहिरहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १००

६०३. मेरो न्याय हरेककहाँ आउँछ, मेरो प्रशासनिक आदेशले हरेकलाई छुन्छ, अनि मेरा वचनहरू र मेरो व्यक्तित्व हरेकलाई प्रकट गरिन्छ। मेरो आत्माको महान् कामको निम्ति समय यही नै हो (यो समयमा, जो आशिषित हुनेछन् र जसले विपत्ति भोग्नेछन्, तिनीहरूलाई एक-अर्काबाट अलग गरिन्छ)। मेरा वचनहरू बाहिर निस्कनेबित्तिकै मैले जसले आशिष पाउनेछन् तिनीहरूलाई, साथै जसले विपत्ति भोग्नेछन् तिनीहरूलाई अलग गरेको हुन्छु। यो पूर्ण रूपले स्पष्ट छ र म सबै कुरालाई एकै झलकमा देख्नसक्छु। (म यो कुरा मेरो मानवतालाई ख्याल राखेर भन्दै छु, त्यसैले यी वचनहरूले मेरो पूर्वनियुक्ति तथा छनौटलाई खण्डन गर्दैन।) म पहाडहरूहुँदो र नदीहरूहुँदो घुम्छु अनि हरेक कुरालाई नियाल्दै र शुद्ध गर्दै ब्रह्माण्डको अन्तरिक्षको सबैतिर, घुम्छु ताकि मेरा वचनहरूको परिणामस्वरूप ती हरेक अशुद्ध स्थानहरू र छाडा भूमिहरू अस्तित्वमा रहन छोडून् र शून्यतामा भस्म होऊन्। मेरा निम्ति सबै कुरा सजिलो छ। यदि अहिले यो समय संसारको विनाशको निम्ति मैले पूर्वनियुक्त गरेको समय भएको भए मैले एउटै शब्दको उच्चारणले यसलाई निल्न सक्नेथिएँ। तथापि, समय अहिले होइन। यो काम गर्नुअघि सबै कुरा तयार हुनैपर्छ ताकि मेरो योजना नखल्बलियोस् अनि मेरो व्यवस्थापनमा अवरोध नपुगोस्। यसलाई न्यायसङ्गत ढङ्गले कसरी गर्ने हो, मलाई थाहा छ: मसित मेरो बुद्धि छ, अनि मसित मेरा आफ्ना तयारीहरू छन्। मानिसहरूले एउटा औंला समेत चलाउनु हुँदैन; मेरो हातमा नमर्नका लागि होसियार होओ। यसले मेरो प्रशासनिक आदेशहरूलाई छोइसकेको छ। यसैबाट, कसैले मेरो प्रशासनिक आदेशहरूको कठोरतालाई र साथसाथै तिनीहरूपछाडि रहेका सिद्धान्तहरूलाई पनि देख्‍नसक्छ, जसको दुई पक्षहरू छन्: एकातिर, म तिनीहरू सबैलाई मार्छु, जो मेरा अभिप्रायहरूअनुरूप छैनन् र जसले मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्छन्; अर्कोतिर, मेरो क्रोधमा मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्ने सबैलाई म श्राप दिन्छु। यी दुई पक्षहरू अपरिहार्य छन् र ती मेरा प्रशासनिक आदेशहरू पछाडिका कार्यकारी सिद्धान्तहरू हुन्। हरेकलाई यिनै दुई सिद्धान्तहरू अनुसार विनाभावना व्यवहार गरिन्छ, चाहे त्यो व्यक्ति जतिसुकै वफादार किन नहोस्। मेरो धार्मिकता, मेरो वैभव र मेरो क्रोध देखाउन पर्याप्त छ जसले सबै पार्थिव कुराहरू, सबै सांसारिक कुराहरू र मेरा अभिप्रायहरूसित मेल नखाने सबै कुरालाई भस्म गर्नेछन्। मेरा वचनहरूमा रहस्यहरू लुकेर रहेका छन्, अनि मेरा वचनहरूमा प्रकट गरिएका रहस्यहरू पनि छन्। यसरी मानव धारणाअनुसार, अनि मानव समझमा, मेरा वचनहरू सदा अबोधगम्य छन्, अनि मेरो हृदय सदा अथाह छ। यसको अर्थ, मैले मानिसहरूलाई तिनीहरूको धारणा र विचारदेखि बाहिर निकाल्नै पर्छ। यो मेरो व्यवस्थापन योजनाको सबैभन्दा महत्वपूर्ण तत्व हो। मेरा ज्येष्ठ पुत्रहरूलाई हासिल गर्नको निम्ति र मैले गर्न चाहेको कुराहरू सम्पन्न गर्नको निम्ति मैले यसलाई यही तरिका गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०३

६०४. पुरानो संसार अस्तित्वमा रहँदा, म प्रत्येक देशमाथि आफ्नो क्रोध बर्साउनेछु र सारा ब्रह्माण्डलाई सार्वजनिक गरिने प्रशासनिक आदेशहरू जारी गर्नेछु, र ती उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिइनेछ:

म सारा ब्रह्माण्डसँग बोल्दा, सबै मानिसले मेरो आवाज सुन्छन्, अर्थात् सबै मानिसले मैले ब्रह्माण्डभरि गरेका सबै कार्य देख्छन्। मेरा अभिप्रायविरुद्ध जानेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा ढल्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई नवीकरण गर्नेछु; मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्, आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहँदैनन् र संसारका सबै थोक नवीकरण हुनेछन्—यो सब मेरा वचनहरूको कारण पूर्ण हुनेछ। ब्रह्माण्डभित्रका सबै देशहरू पुनर्विभाजित हुनेछन् र मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछन्, ताकि पृथ्वीका देशहरू सदाका लागि हराएर जाऊन्, र त्यहाँ मलाई आराधना गर्ने राज्य मात्र होस्; पृथ्वीका सबै देशहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहन छोड्नेछन्। ब्रह्माण्डभित्रका मानव जातिमध्ये, जो दियाबलसका हुन् तिनीहरू सबै सखाप हुनेछन्। शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्‍निमा खस्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म प्रत्येक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू विभिन्‍न हदमा, मेरो राज्यमा फर्कनेछन्, अनि मेरा काममार्फत विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार पवित्र जन आइसक्नुभएको छ भनेर देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारका विभिन्न सजाय पाउनेछन्; र मेरो प्रतिरोध गरेकाहरू सबै नष्ट हुनेछन्, अनि पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जसरी व्यवहार गरेका हुन्‍छन् सोही कारण तिनीहरू मेरा पुत्रहरू र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म असङ्ख्या देश र असङ्ख्य मानिसहरूकहाँ देखा पर्नेछु, र म पृथ्वीमा आफ्‍नै आवाज व्यक्त गर्नेछु, मेरो महान् कामको पूर्ती घोषणा गर्नेछु, सबै मानिसलाई यो उनीहरूकै आँखाले देख्न दिनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २६

अघिल्लो:  घ. यावत् थोकको जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने सम्बन्धमा

अर्को:  १३. परमेश्‍वरको आवश्यक मापदण्ड, अर्ती, सान्त्वना र चेतावनीहरू सम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger