क. परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो त्यसलाई प्रकट गर्ने सम्बन्धमा

३३१. धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको आस्थाको अर्थ के हो, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले ठ्याक्कै कस्तो व्यवहार गर्नुपर्छ भनी बुझ्दछन्। किनभने, मानिसहरूलाई “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांश थाहा भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिन्नु, र अझ उहाँको कार्यको बारेमा त नजान्नु हो। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरू परमेश्‍वरका मागहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँका अभिप्रायहरू पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्नुपर्दा, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो आस्थाको अर्थ निम्नानुसार हुन्छ: परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावहरूलाई फाल्छ, परमेश्‍वर का अभिप्रायहरू पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको आस्था” भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा निकै साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। जब मानिसहरूले यस तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब त्यसको अर्थ गुम्छ, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। जसले आजको दिनसम्म वचनहरूअनुसार परमेश्‍वरमा र खोक्रा धर्मसिद्धान्तमा विश्‍वास गर्छन् तिनीहरूलाई आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव छ, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन् भनेर थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित् गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र कडा रूपले सोचौँ: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

३३२. आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँमा समर्पित हुनु, उहाँलाई प्रेम गर्नु र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टि गरिएका प्राणीहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्‍ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा समर्पित हुन सक्नु र देहमा समर्पित नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको महान् शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छालाई पछ्याउनु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरप्रति समर्पित हुन सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँमा समर्पित हुने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवन वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण समर्पित हुने कार्यको खोजी गर्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्‍वरमा समर्पित हुन सक्छस्, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने सूचित गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

३३३. तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ, र उहाँका वचनहरूमा जिउनुपर्छ। केवल यसलाई मात्र परमेश्‍वरमा विश्‍वास गर्नु भनेर भन्न सकिन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छस्, तर पनि उहाँका कुनै पनि वचनहरूलाई व्यवहारमा लागू गर्न वा कुनै वास्तविकता पैदा गर्न सक्दैनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनिदैन। बरु, यो “पेट फुटुन्जेल रोटी खान खोज्नु” हो। वास्तविकताको सानो अंश समेत नजानी, नगण्य प्रमाणहरू, प्रयोगहीन कुराहरू, र सतही कुराहरूबारे मात्र बोल्‍नु: यिनीहरूले परमेश्‍वरमा विश्‍वास निर्माण गर्न सक्दैनन्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने ठीक तरिकालाई बिलकुल बुझेको छैनस्। तैँले किन परमेश्‍वरका वचनहरू सम्‍भव भएसम्‍म धेरै खाने र पिउने गर्नुपर्छ? यदि तँ उहाँका वचनहरू खाने र पिउने गर्दैनस् तर स्वर्गमा चढ्न मात्र खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्नेले चाल्नु पर्ने पहिलो कदम के हो? कुन मार्गद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ? परमेश्‍वरका वचनहरू नखाई र नपिई तँलाई सिद्ध पारिन सकिन्छ? के तेरो वास्तविकताको रूपमा काम गर्ने परमेश्‍वरका वचनहरू विना तँलाई राज्यको व्यक्तिको रूपमा मान्‍न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यथार्थमा के हो? परमेश्‍वरमा विश्‍वास गर्नेहरू, कम्तीमा पनि, बाह्य रूपमा शिष्ट हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरूले युक्त हुनुपर्छ। जे भए पनि, उहाँका वचनहरूबाट तँ फर्केर कहिल्यै टाढा जान सक्दैनस्। परमेश्‍वरलाई बुझ्ने र उहाँका अभिप्रायहरूलाई पूरा गर्ने सबै काम उहाँका वचनहरूद्वारा सफल हुन्छ। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म, र क्षेत्रलाई परमेश्‍वरका वचनहरूद्वारा विजय गरिनेछ। परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्नुहुनेछ, र सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना हातहरूमा पक्रनेछन्, र यो माध्यमद्वारा, मानवजाति सिद्ध हुनेछ। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त छन्: परमेश्‍वरका वचनहरूमा भित्र र बाहिर दुवै मग्न रहेर मानवजातिले आफ्ना मुखले परमेश्‍वरका वचनहरू बोल्नेछ, परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नेछ, र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछ। यसप्रकार मानवजाति सिद्ध हुनेछ। जसले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्छन् र उहाँलाई साक्षी दिन सक्छन्, ती मानिसहरू आफ्नो वास्तविकताको रूपमा परमेश्‍वरका वचनहरूले भरिएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

३३४. आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला चाल्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरप्रतिको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरप्रतिको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँप्रतिको तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन, अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, तब तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हुन्छस्। यसले तँ परमेश्‍वरको होस् भन्‍ने प्रमाणित गर्छ, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा रहेको हुन्छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन। तेरो अनुभवद्वारा, तैँले चुकाएको मूल्यद्वारा, र परमेश्‍वरको कार्यद्वारा तँ उहाँको लागि अचुक प्रेम विकास गर्न सक्षम भएको हुन्छस्—र जब तैँले यसो गर्छस्, तँ शैतानको प्रभावबाट स्वतन्त्र हुनेछस् र परमेश्‍वरको वचनको प्रकाशमा जिउनेछस्। जब तँ अन्धकारको प्रभावबाट स्वतन्त्र बन्छस्, तब मात्र परमेश्‍वरले तँलाई आफ्नो बनाउनुभएको छ भनी भन्‍न सकिन्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा यो लक्ष्य खोज्न कोसिस गर्नुपर्छ। यो तिमीहरू प्रत्येकको कर्तव्य हो। तिमीहरू कोही पनि अहिलेको अवस्थामा सन्‍तुष्‍ट हुनु हुँदैन। तिमीहरू परमेश्‍वरको कामप्रति दोमनमा पर्नु हुँदैन, न त यसलाई तिमीहरूले हल्का रूपमा लिन सक्छौ। तिमीहरूले परमेश्‍वरको बारेमा पूर्ण श्रद्धाका साथ हरसमय विचार गर्नुपर्छ, र सबै कुराहरू उहाँको खातिर गर्नुपर्छ। र जब तिमीहरू बोल्छौ अथवा काम गर्छौ, तिमीहरूले परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यसरी मात्रै तिमीहरू परमेश्‍वरका अभिप्राय अनुसारको व्यक्ति बन्‍न सक्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

३३५. हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्‍ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका सर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के छन् सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेपछि—साँचो विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमाथिको तेरो विश्‍वासको आधारमा मात्रै तैँले उहाँलाई साँचो प्रेम गर्न सक्छस्। के परमेश्‍वरमा विश्‍वास नगरी तैँले उहाँको निम्ति प्रेम प्राप्त गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् यसैले तँ त्यस विषयमा भ्रमित बन्न सक्दैनस्। केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आशिषहरू पाइन्छ भन्‍ने देख्‍न साथ जोशले भरिन्छन्, तर तिनीहरूले शोधनको कष्ट भोग्नुपर्छ भन्‍ने देख्‍नसाथ सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? आखिरीमा तैँले आफ्नो विश्‍वासमा परमेश्‍वरको सामु पूर्ण र पूरा समर्पणता प्राप्त गर्नुपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले दबाउन नसक्ने धेरै वटा धार्मिक धारणाहरू छन्, तैँले छोड्न नसक्ने व्यक्तिगत रुचिहरू छन्, र अझै पनि तँ देहको आशिष् खोज्छस् र परमेश्‍वरले तेरो शरीरलाई उद्धार गर्नुभएको, तेरो प्राणलाई मुक्ति दिनुभएको चाहन्छस् साँचो रूपमा यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति विश्‍वास भए पनि तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञानको खोजी गर्दैनन्, तर तिनीहरूका देहको हित हुने कुराहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक निश्‍चयताको वर्गमा पर्ने विश्‍वास छ; यो परमेश्‍वरमाथिको साँचो विश्‍वास होइन। परमेश्‍वरमा विश्‍वास गर्नको निम्ति मानिसहरूमा त्यस्तो हृदय हुनुपर्छ, जुन उहाँको निम्ति दुःख भोग्न तयार हुन्छ र आफैलाई त्याग्ने इच्छा गर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरे परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम हुँदैनन्। साँचो रूपले सत्यताको पछि लाग्‍ने, परमेश्‍वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्‍ने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

३३६. वर्षौंपछि मैले परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू देखेको छु। तिनीहरूको मनभित्र तिनीहरूको विश्‍वासले परमेश्‍वरलाई केमा रूपान्तरित गरेको छ त? केही मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर केवल एक रित्तो हावाको पोको हुनुहुन्छ। यी मानिसहरूसँग परमेश्‍वरको अस्तित्व बारेका प्रश्नहरूको कुनै जबाफ हुँदैन किनभने तिनीहरूले उहाँको उपस्थिति वा अनुपस्थिति न त अनुभव गर्न सक्छन् न त महसुस नै गर्न सक्छन्, यसको बारेमा स्पष्टसँग देख्ने वा बुझ्ने कुरा त परै जाओस्। अर्धचेतन रूपमा, यी मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्न भनी सोच्छन्। अन्य मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक मानव हुनुहुन्छ। यी मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्ने सबै कुराहरू उहाँले पनि गर्न सक्नुहुन्न र तिनीहरूले जसरी सोच्छन् उहाँले पनि त्यसरी नै सोच्नुहुन्छ। परमेश्‍वर सम्‍बन्धी तिनीहरूको परिभाषा भनेको “एक अदृश्य र अस्पर्शनीय व्यक्ति” भन्‍ने हुन्छ। मानिसहरूको एक अर्को समूह पनि छ जसले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक कठपुतली हुनुहुन्छ; यी मानिसहरूले परमेश्‍वरमा कुनै भावनाहरू नै हुँदैनन् भनी विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वर त एक माटोको मूर्ति हुनुहुन्छ अनि कुनै समस्याको सामना गर्दा परमेश्‍वरसँग कुनै मनोवृत्ति, दृष्टिकोण वा विचारहरू नै हुँदैनन् भन्‍ने सोच्छन्; तिनीहरू परमेश्‍वर मानवजातिको निगाहमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूले आफूलाई जसरी विश्‍वास गर्न मन लाग्यो त्यसरी नै विश्‍वास गर्छन्। यदि उनीहरूले उहाँलाई ठूलो बनाए भने उहाँ ठूलो हुनुहुन्छ; यदि उनीहरूले उहाँलाई सानो बनाए भने उहाँ सानो हुनुहुन्छ। जब मानिसहरूले पाप गर्छन् अनि तिनीहरूलाई परमेश्‍वरको कृपा, सहनशीलता र प्रेमको आवश्‍यकता पर्छ, तब तिनीहरू परमेश्‍वरले कृपा प्रदान गर्नुपर्छ भन्‍ने ठान्छन्। यी मानिसहरूले आफ्नै मनभित्र “परमेश्‍वर” को आविष्कार गर्छन् र उक्त “परमेश्‍वर” लाई तिनीहरूका मागहरू पूरा गर्न तथा तिनीहरूका सबै चाहनाहरू सन्तुष्ट पार्न लगाउँछन्। यी मानिसहरू जुनसुकै समय र ठाउँमा भए तापनि र तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहारमा अनि तिनीहरूको विश्‍वासमा यही कल्पनालाई अँगाल्नेछन्। अनि यस्ता खालका मानिसहरू पनि छन् जो परमेश्‍वरको स्वभावलाई क्रोधित पारिसकेपछि पनि अझै परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ भनी विश्‍वास गर्छन् किनभने परमेश्‍वरको प्रेम असीमित छ र उहाँको स्वभाव धर्मी छ अनि व्यक्तिले परमेश्‍वरलाई जति ठेस पुर्‍याए पनि उहाँले त्यो कुरालाई सम्झनुहुनेछैन भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरूले के सोच्छन् भने मानवीय त्रुटि, मानवीय अपराध अनि मानवीय विद्रोह व्यक्तिको स्वभावको क्षणिक अभिव्यक्तिहरू भएका हुनाले परमेश्‍वरले मानिसहरूलाई मौका दिनुहुन्छ र तिनीहरूप्रति सहनशील र धैर्य रहनुहुन्छ; तिनीहरू परमेश्‍वरले आफूलाई पहिलेजस्तै प्रेम गर्नुहुन्छ भनी विश्‍वास गर्छन्। यसरी, तिनीहरूले मुक्ति प्राप्त गर्ने उच्च आशा राख्छन्। वास्तवमा, मानिसहरूले परमेश्‍वरमा जसरी विश्‍वास गरे तापनि, जबसम्म तिनीहरूले सत्यताको खोजी गरिरहेका हुँदैनन् तबसम्म उहाँले तिनीहरूप्रति नकारात्मक मनोवृत्ति राख्नुहुन्छ। यस्तो किन हुन्छ भने, परमेश्‍वरप्रति तेरो विश्‍वासको सिलसिलामा, तैँले परमेश्‍वरका वचनहरूको पुस्तक लिएर यसलाई अमूल्य सम्पत्तिको रूपमा लिए पनि, अनि यसलाई हरेक दिन अध्ययन र वाचन गरे पनि, तैँले वास्तविक परमेश्‍वरलाई एकातिर पन्छाएर राख्छस्। तैँले उहाँलाई केवल रित्तो हावा वा केवल एक व्यक्तिको रूपमा लिन्छस्—तिमीहरूमध्ये केहीले उहाँलाई कठपुतली भन्दा बढ्ता ठान्दैनौ। मैले किन यसरी यो कुरा राखेँ त? मैले त्यसो गरें किनभने मैले जे देख्दैछु त्यो अनुसार, तिमीहरूले कुनै समस्या वा केही परिस्थितिको सामना गरे पनि नगरे पनि, तेरो अर्धचेतनमा रहेका कुराहरू, तैँले भित्रैबाट उत्पन्न गरेका कुराहरू र परमेश्‍वरका वचनहरू वा सत्यताको खोजीको बीचमा कहिल्यै पनि कुनै सम्बन्ध नै रहेको छैन। तैँले तँ आफूले जे सोचिराखेको छस्, तेरो दृष्टिकोण जे छ त्यो मात्र जान्दछस्, अनि तैँले तेरा आफ्नै विचारहरू र रायहरूलाई जबरजस्ती परमेश्‍वरमा लाद्छस्। तेरो मनमा, ती कुराहरू परमेश्‍वरका दृष्टिकोणहरू बन्छन्, अनि तैँले ती दृष्टिकोणहरूलाई आफूले अटल रूपमा पालना गर्ने मापदण्डहरू बनाउँछस्। समयसँगै, यसरी अघि बढ्दै जाँदा यसले तँलाई परमेश्‍वरबाट टाढाभन्दा टाढा पुर्‍याउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

३३७. तँ ठ्याक्कै किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै मानिसहरू यस प्रश्नको कुरा आउँदा अलमल्ल पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा तिनीहरूमा सधैँभरि दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोणहरू हुन्छन्, जसले के देखाउँछ भने तिनीहरू परमेश्‍वरमा समर्पित हुनका लागि होइन, तर अरू केही फाइदाहरू पाउन, वा विपत्तिले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गरेका हुन्छन्। त्यसपछि मात्र तिनीहरू केही हदसम्म समर्पित भएका हुन्छन्। तिनीहरूको समर्पणता सर्तसहित हुन्छ—तिनीहरूका व्यक्तिगत सम्भावनाहरू तिनीहरूको समर्पणताका पुर्वसर्त हुन्; तिनीहरूसँग कुनै विकल्प नभएकाले तिनीहरू समर्पित हुन्छन्। त्यसोभए, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरा सम्भावना र भवितव्यका खातिर मात्र हो भने, तैँले उहाँमा विश्‍वास नै नगरे नै अझ असल हुनेथियो। यस किसिमको विश्‍वासचाहिँ आत्म-धोका, आत्म-आश्वासन, र आत्म-प्रशंसा हो। यदि तेरो आस्था परमेश्‍वरप्रतिको समर्पणतामा निर्माण भएको छैन भने, तैँले उहाँको विरोध गरेकोमा अन्ततः तँलाई दण्ड दिइनेछ। आफ्‍नो आस्थामा परमेश्‍वरमाथिको समर्पणता नखोज्नेहरू उहाँको विरोध गर्ने मानिसहरू हुन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँको वचनको तिर्खा गरून्, उहाँको वचन खाऊन् र पिऊन्, र त्यसलाई अभ्यास गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, र त्यो सब तिनीहरूले परमेश्‍वरप्रतिको समर्पणता प्राप्त गर्न सकून् भनेर हो। यदि तेरो साँचो अभिप्राय त्यही हो भने, परमेश्‍वरले तँलाई निश्चय नै उच्च बनाउनुहुनेछ, र निश्चय नै तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरमा समर्पित नहुने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भन्ने र गर्ने सबै कुराहरू—परमेश्‍वरको सामु गर्ने प्रार्थनाहरू समेत, र अझै अगाडि गैर भन्नुपर्दा, तेरा हरेक चाल—उहाँका विरोधमा हुनेछन्। तेरा शब्दहरू कोमल र तँ सहज व्यवहार गर्ने व्यक्ति भए पनि, तेरो प्रत्येक चाल र अभिव्यक्ति अरूका लागि उचित देखिए पनि, मानौँ तँ समर्पित हुने व्यक्ति होस्, तर जब परमेश्‍वरमाथिको तेरो आस्थाका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछ, तब तेरा हरेक कार्य परमेश्वरविरुद्ध हुन्छन्, त्यो दुष्टता गर्नु हो। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू, भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई खुलासा गर्नुहुनेछ र ढोँगीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ परमेश्‍वरमा समर्पित हुनैपर्छ

३३८. परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती भनेको तिनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर तिनीहरूको दैनिक जीवनको हिस्सा भने बन्‍नुभएको हुँदैन। मानिसहरूको मुखले परमेश्‍वरलाई धेरै प्रार्थना चढाउँछ, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै हुन्छ, त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। मानिसहरू अशुद्ध भएका हुनाले, तिनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान स्वर्गदूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, कसैलाई प्रयोग गर्ने कुनै उपाय परमेश्‍वरसँग हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथियो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत तिनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा तिनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदय परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्ने कार्य मानिसहरूले भनेजस्तो सजिलो छैन। परमेश्‍वरको नजरमा, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचनअनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउन प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र परमेश्वरका अभिप्रायहरू अनुसार भएको मान्‍न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

३३९. तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई पछ्याउँछस्, त्यसैले तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभाव फाल्नैपर्छ, तैँले परमेश्वरका अभिप्रायहरूको पूर्ति पछ्याउनैपर्छ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तँ तँलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूमाथिको प्रभुत्वरहित छस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै प्राकृतिक क्षमता छैन। तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ। तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण तैँले तेरो कर्तव्य पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यो हासिल गर्न सक्छन् र हासिल गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

३४०. परमेश्‍वरमाथि मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफूलाई पूर्ण रूपमा अर्पित गर्न, र साँच्चै समर्पित हुन सक्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसका लागि सबैभन्दा कठिन कुरा हो, जसमार्फत उसले सम्पूर्ण सत्यता प्राप्त गर्न, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छ। यो असफल हुनेहरूले हासिल गर्न नसक्‍ने कुरा हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूले त झनै हासिल गर्न नसक्ने कुरा हो। आफैलाई पूर्ण रूपले परमेश्‍वरमा अर्पित गर्नमा मानिस त्यति सिपालु नभएकाले, सृष्टिकर्ताका लागि आफ्‍नो कर्तव्य निर्वाह गर्न मानिस इच्‍छुक नभएकाले, मानिसले सत्यतालाई देखेका भए पनि यसबाट टाढै बसी आफ्‍नै मार्गमा हिँड्ने भएकाले, सधैँ असफल भएकाहरूको मार्ग अनुसरण गर्दै मानिसले पछ्याउने भएकाले, र सधैँभरि नै मानिसले स्वर्गविरुद्ध विद्रोह गर्ने भएकाले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलकपटको पासोमा, र आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा सिपालु नभएकाले, मानिसले पावलको अत्यन्तै आराधना गर्ने हुनाले र उसको स्वर्ग जाने कामना अत्यन्तै दह्रिलो भएकाले, मानिसले सधैँ ख्रीष्टलाई उसलाई पालन गर्न माग गर्ने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, तसर्थ ती सबै उच्च महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न उतार-चढाव अनुभव गरेकाहरू अझै पनि मृत्युबाट उम्कन सक्दैनन्, र परमेश्‍वरको सजायको दौरान नै मर्छन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छ भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको नियमको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्‍न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यतासम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भनी निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यतासम्‍बन्धी सफलता वा असफलताको कुरा पूर्ण रूपमा मानिसकै खोजीमा निर्भर हुन्छ। सत्यतासम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, यो कुरा त उसकै खोजीद्वारा निर्धारित हुन्छ। मानिसको गन्तव्य र उसको सफलता वा असफलताको जिम्वारी परमेश्‍वरले नै बोक्‍नुहोओस् भनेर यसलाई परमेश्‍वरको टाउकोमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, यो त सृष्टि गरिएका प्राणीहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान छ, तैपनि उनीहरूलाई पत्रुस र पावलका परिणामहरूका बारेमा मात्रै थाहा छ, तर पत्रुसको सफलतापछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूको बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, यदि तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्‍न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भए भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीको मार्ग सही छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तँ सफलता पाउन सदासर्वदा नै असक्षम हुनेछस्, र तैँले पावलको जस्तै परिणाम भोग्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

३४१. यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तँ परमेश्‍वरमा समर्पित हुनु नै पर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा गर्नैपर्छ। त्यसबाहेक, तैँले अनुभव गर्नुपर्ने कुराहरू तैँले बुझ्नुपर्छ। यदि तँ काटछाँट गरिएको, अनुशासित गरिएको र न्याय गरिएको मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्‍वरमा आनन्दित हुन मात्र सक्षम छस्, तर परमेश्‍वरले तँलाई अनुशासन वा काटछाँट गरिरहनुहुँदा त्यो महसुस गर्न सक्दैनस् भने यो स्वीकारयोग्य हुँदैन। सायद शोधनको यो उदाहरणमा तँ आफ्नो भूमिमा खडा हुन सक्छस्, तर अझै पनि यो पर्याप्त हुँदैन; तँ अझै अगाडि बढ्दै जानुपर्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कहिल्यै पनि रोकिँदैन र यसको कुनै अन्त्य छैन। मानिसहरू परमेश्‍वरलाई विश्‍वास गर्ने कुरालाई अति नै साधारण कुरा मान्छन्, तर एकचोटि तिनीहरूले केही व्यावहारिक अनुभव प्राप्त गरेपछि परमेश्‍वरमा विश्‍वास गर्नु मानिसहरूले कल्पना गरेजस्तो सरल नभएको तिनीहरू थाहा पाउँछन्। जब परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ, उसमा परमेश्‍वरप्रतिलाई त्यति नै धेरै प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, उसमा परमेश्‍वरलाई त्यति नै कम प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास उत्ति नै साँचो बन्नेछ, र परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा, तैँले शोधन प्राप्त गर्दै गरेका, निकै काटछाँट गरिएका र अनुशासनमा राखिएका धेरै ठूलो दुःख पाइरहेको ती मानिसहरूमा परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र भेदकारी ज्ञान छ भन्‍ने देख्‍नेछस् र तिनीहरू जसले काटछाँट गरिएको अनुभव गरेका हुँदैनन् तिनीहरूमा सतही ज्ञान मात्र हुन्छ। तिनीहरू यसो मात्र भन्न सक्छन्: “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ।” यदि मानिसहरूले काटछाँट गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसभित्र गर्नुहुने काम जति अचम्मको हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य र तेरो धारणासँग जति धेरै अमिल्दो छ, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यस्तो प्रकारले शोधन गर्नुभएन भने, यदि उहाँले यस तरिकाले काम गर्नुभएन भने उहाँको काम प्रभावहीन र महत्त्वहीन हुनेथियो। विगतमा भनिएको थियो, कि परमेश्‍वरले यो झुन्ड चुन्नुहुनेछ र प्राप्त गर्नुहुनेछ, र आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण बनाउनुहुनेछ; यसैमा असाधारण महत्त्व छ। उहाँले तँभित्र जति ठूलो काम गर्नुहुन्छ, उहाँप्रतिको तिमीहरूको प्रेम त्यत्ति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति ठूलो हुन्छ त्यत्ति नै बढी मानिसले उहाँको बुद्धिको केही कुरा बुझ्न सक्छ र उहाँको विषयमा मानिसको ज्ञान अझ गहिरो बन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

३४२. परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति समर्पित हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—के भन्न सकिन्छ भने, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरका कठोर वचनहरू हुन्। परमेश्‍वर आउनुहुँदा, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानवजातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। सृष्टि गरिएका प्राणीहरूको रूपमा मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्‍वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नुपर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वर ज-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्दा पनि अर्थात् आफूलाई अन्धकारको शक्तिमाझ पाउँदा पनि अझै तिनीहरू गवाहीमा दृढ हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो सुरुको आत्मविश्‍वास र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी दृढ रूपमा खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तेरो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानवजातिका लागि, इमानदारीता भनेको शुद्धता हो र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, भजनहरू गा; जब तैँले देहको विरुद्धमा विद्रोह गर्नुपर्छ, देहको विरुद्धमा विद्रोह गर्। तैँले आफ्नो कर्तव्य पूरा गर्दा, त्यसमा अलमल गर्नु हुँदैन; तैँले परीक्षाहरूको सामना गर्नुपर्दा, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

३४३. जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्‍न र म, यहोवाको महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले भएको थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्‍वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? मानिसहरूले तिनीहरूको विश्‍वासको कारण धेरै कुरा पाएका छन्, र त्यो सधैँ आशिष् नै हुँदैन। तिनीहरूले दाऊदले महसुस गरेको सुख र आनन्द नपाउन सक्छन्, वा मोशाले जस्तो यहोवाले दिनुभएको पानी नपाउन सक्छन्। उदाहरणको लागि, अय्यूबले आफ्नो विश्‍वासको कारण यहोवाद्वारा आशिष्‌ पाए, तर तिनले विपत्ति पनि भोगे। चाहे तँ आशिष्‌ पाएको व्यक्ति होस् वा विपत्ति भोगेको व्यक्ति, ती दुवै आशिषित घटनाहरू हुन्। बिनाविश्‍वास, तैँले यो विजयको काम प्राप्त गर्न सक्‍नेथिइनस्, आज तेरो आँखाअगाडि प्रकट गरिएका यहोवाका कामहरू देख्‍ने कुरा त परै जाओस्। तिमीहरूले देख्‍न सक्‍नेथिएनौ, तिमीहरूले ग्रहण गर्न सक्‍ने कुरा त परै जाओस्। यी प्रहारहरू, यी विपत्तिहरू, र यी सबै न्यायहरू—यदि ती तँ माथि आइलागेनन् भने, के तँ आज यहोवाका कामहरू देख्‍न सक्‍नेथिइस्? आज, विश्‍वासले नै तँलाई जित्‍न सकिने बनाउँछ, जितिएपछि नै तँ यहोवाको हरेक काममा विश्‍वास गर्न सक्‍ने हुन्छस्। विश्‍वासको कारणले नै तैँले त्यस्तो सजाय र न्याय पाउँछस्। यो सजाय र न्यायद्वारा, तँलाई जितिन्छ र सिद्ध बनाइन्छ। आज तैँले पाइरहेको यस किसिमको सजाय र न्यायविना, तेरो विश्‍वास व्यर्थ हुनेथियो, किनकि तैँले परमेश्‍वरलाई चिनेको हुँदैनथिइस्; तैँले उहाँमाथि जत्ति धेरै विश्‍वास गरे पनि, तेरो विश्‍वास वास्तवमा आधारहीन खोक्रो वचन मात्र रहनेथियो। तैँले तँलाई पूर्ण समर्पित बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्र, तेरो विश्‍वास सत्य र विश्‍वसनीय बन्छ, र तेरो हृदय परमेश्‍वरतिर फर्कन्छ। यदि तैँले यो “विश्‍वास” शब्दको कारण ठूलो न्याय र श्राप भोग्‍नुपर्‍यो भने पनि, तँसँग साँचो विश्‍वास हुन्छ र तैँले सबैभन्दा सत्य, सबैभन्दा वास्तविक र सबैभन्दा बहुमूल्य चीज पाउँछस्। यस्तो किन हुन्छ भने न्यायको क्रममा मात्र तैँले सृष्टि गरिएका प्राणीहरूको अन्तिम गन्तव्य देख्छस्; यो न्यायमा तैँले सृष्टिकर्तालाई प्रेम गरिनुपर्छ भनी बुझ्छस्; विजयको यस्तो काममा तैँले परमेश्‍वरको बाहुली देख्छस्; यो विजयमा तैँले मानव जीवनलाई पूर्ण रूपमा बुझ्छस्; यही विजयमा तैँले मानव जीवनको सही बाटो प्राप्त गर्छस् र “मानिस” को वास्तविक अर्थ बुझ्छस्; यो विजयमा मात्र तैँले सर्वशक्तिमान्‌को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी अनुहार देख्छस्; यही विजयको काममा तैँले मानिसको उत्पत्तिबारे जान्दछस् र मानवजातिको सारा “अमर इतिहास” लाई बुझ्छस्; यही विजयमा तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको सुरुआतबारे बुझ्छस्; यस विजयमा तैँले आनन्द र सान्त्वना पाउँछस्, साथै सृष्टिकर्ताबाट उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई दिइने अनन्त ताडना, अनुशासन कारबाही, र निन्दाका शब्दहरू प्राप्त गर्दछस्; यही विजयको काममा तैँले आशिष्‌हरू प्राप्त गर्दछस्, साथै मानिसले पाउनुपर्ने विपत्तिहरू प्राप्त गर्दछस्…। के यो सब तेरो थोरै विश्‍वासको कारणले गर्दा भएको होइन र? अनि के यी कुराहरू प्राप्त गरेपछि तेरो विश्‍वास बढेन र? के तैँले धेरै ठूलो मात्रामा प्राप्त गरेको छैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

अघिल्लो:  १०. परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्य वास्तविकतामा कसरी प्रवेश गर्ने सम्बन्धी वचनहरू

अर्को:  ख. सत्यताको अभ्यास कसरी गर्ने, कसरी सत्यतालाई बुझ्‍ने र वास्तविकतामा प्रवेश गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger