अध्याय ५८

मेरा अभिप्रायहरूलाई राम्ररी बुझिसकेपछि, तँ मेरो बोझलाई वास्ता गर्न सक्षम हुनेछस्, अनि तैँले ज्योति र प्रकाश प्राप्त गर्नेछस् अनि छुटकारा र स्वतन्त्रता पाउनेछस्। यसले मलाई सन्तुष्ट तुल्याउनेछ र तेरो निम्ति मेरो इच्छालाई पूरा हुने तुल्याउनेछ, सबै सन्तहरूलाई सुधार गर्नेछ, अनि पृथ्वीको मेरो राज्यलाई दृढ र स्थिर बनाउनेछ। अहिलेको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मेरा अभिप्रायहरूलाई बुझ्‍नु नै हो; तिमीहरू प्रवेश गर्नुपर्ने मार्ग यही नै हो, यसको साथै, यो हरेक व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य हो।

मेरो वचन राम्रो औषधी हो जसले सबै प्रकारका बिमारीहरू निको पार्दछ। तँ मेरो सामु आउन इच्छुक हुन्छस् भने, म तँलाई निको पार्नेछु अनि मेरो सर्वशक्ति, मेरा उदेकका कामहरू, मेरो धार्मिकता अनि मेरो प्रताप देखाउनेछु। यसको साथै, म तँलाई तेरो आफ्नै भ्रष्टता र कमजोरीहरूको एक झलक देखाउनेछु। म तँभित्रको हरेक अवस्था पूर्ण रूपले बुझ्दछु; तैँले सधैँ आफ्‍नो हृदयभित्र नै कामकुरा गर्दछस्, अनि त्यसलाई बाहिर देखाउँदैनस्। तैँले गर्ने हरेक कुराको बारेमा म झन् बढी स्पष्ट छु। तथापि, मैले कुन-कुन कुरालाई प्रशंसा गर्छु अनि कुन-कुन कुरालाई प्रशंसा गर्दिनँ भनेर तैँले जान्नुपर्छ; तैँले यी कुराहरूबीच स्पष्ट प्रकारले छुट्टयाउनुपर्छ, अनि यसप्रति साधारण मनोवृत्ति राख्नु हुँदैन।

“हामीले परमेश्‍वरको बोझलाई वास्ता देखाउनुपर्छ” भनेर भन्दा तैँले केवल ओठे सेवा दिइरहेको हुन्छस्। तथापि, जब तैँले तथ्यहरूको सामना गर्छस्, तब तैँले परमेश्‍वरको बोझ के हो भनी राम्ररी जाने तापनि तैँले यसलाई कुनै वास्ता गर्दैनस्। तँ साँच्चिकै भ्रमित र मूर्ख छस्, यसको साथै, तँ चरम रूपमा अज्ञानी छस्। यसले मानिसहरूसित व्यवहार गर्नु कति कठिन छ भन्‍ने कुरालाई स्पष्ट पार्दछ; तिनीहरूले गर्ने कुरा भनेको राम्रो सुनिने वचनहरू बोल्‍नु मात्रै हो, जस्तै “म परमेश्‍वरका अभिप्रायहरू राम्ररी बुझ्नै सक्दिनँ, तर यदि मैले तिनलाई राम्ररी बुझ्न सफल भएँ भने, म तिनलाई पालन गर्न अवश्य काम गर्नेछु।” के तिमीहरूको वास्तविक अवस्था यही होइन र? तिमीहरू सबैले परमेश्‍वरका अभिप्रायहरूलाई जाने पनि, अनि तिमीहरूको बिमारको कारण के हो भनी तिमीहरूले जाने पनि, मुख्य कुरा भनेको, तिमीहरू यसलाई अभ्यास गर्न बिलकुल इच्छुक छैनौ; यो नै तिमीहरूको सबैभन्दा ठूलो कठिनाइ हो। यदि तिमीहरूले यसलाई तुरुन्तै समाधान गरेनौ भने, यो तिमीहरूको निम्ति सबैभन्दा ठूलो अवरोध हुनेछ।

अघिल्लो:  अध्याय ५७

अर्को:  अध्याय ५९

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger