अध्याय ५९

तैँले सामना गर्ने वातावरणहरूमा मेरा अभिप्रायहरू अझ बढी खोज्, अनि तैँले अवश्यै मेरो अनुमोदन प्राप्त गर्नेछस्। जबसम्म तँ खोजी गर्न इच्छुक हुन्छस् र मेरो डर मान्ने हृदय बोक्छस्, म तँलाई तँसँग नभएको सबै कुरा प्रदान गर्नेछु। मण्डली अब औपचारिक तालिममा प्रवेश गर्दैछ, र हरेक कुरा सही मार्गमा छ। कुराहरू अब पहिले जस्तो आउनेवाला कुराहरूको पूर्वस्वादका रूपमा रहेनन्; अब तिमीहरू अन्योलमा पर्नु वा खुट्ट्याउन नसक्ने हुनु हुँदैन। म किन तिमीहरू हरेक कुरामा वास्तविकतामा प्रवेश गर्नुपर्छ भन्ने माग गर्छु? के तैँले साँच्चै नै यसको अनुभव गरेको छस्? मैले तिमीहरूसँग माग गर्ने कुरामा, के तिमीहरू त्यसरी नै मलाई साँच्चै सन्तुष्ट पार्न सक्छौ, जसरी म तिमीहरूलाई सन्तुष्ट पार्छु? छली नबन! म त केवल तिमीहरूलाई बारम्बार क्षमा दिइरहन्छु, तैपनि तिमीहरू आफ्ना लागि के राम्रो हो भनेर चिन्न बारम्बार असफल हुन्छौ र कदर देखाउन असफल हुन्छौ!

मेरो धार्मिकता, मेरो प्रताप, मेरो न्याय, र मेरो प्रेम—मेरो स्वामित्वमा रहेका यी सबै कुरा, म जे हुँ ती कुरा—के तैँले साँच्चै नै तिनको स्वाद चाखेको छस्? तँ साँच्चै सोचविचार नै गर्दैनस्, र तँ मेरा अभिप्रायहरू नबुझ्न जिद्दी गर्छस्। मैले तयार पारेका भोजहरू तिमीहरू आफैले चाख्नुपर्छ भनेर मैले तिमीहरूलाई बारम्बार भनेको छु, तैपनि तिमीहरू पटकपटक त्यसलाई लत्याउँछौ, अनि असल वातावरण र खराब वातावरण छुट्याउन सक्दैनौ। यी वातावरणहरूमध्ये कुन-कुन चाहिँ तिमीहरू आफैले सिर्जना गरेका थियौ? कुन-कुन चाहिँ मेरो हातद्वारा प्रबन्ध गरिएका थिए? आफ्नो बचाउ गर्न छोड! म सबै कुरा पूर्ण रूपमा प्रस्ट देख्छु, र तथ्य के हो भने तँ बिलकुलै खोजी गर्दैनस्। म अरू के भन्न सक्छु र?

मेरा अभिप्रायहरू बोध गर्ने सबैलाई म सधैँ सान्त्वना दिनेछु, र म तिनीहरूलाई दुःख पाउन वा हानि हुन दिनेछैनँ। मेरा अभिप्रायहरूअनुसार कार्य गर्नु नै अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसो गर्नेहरूले निश्चय नै मेरा आशिष्हरू प्राप्त गर्नेछन् अनि तिनीहरू मेरो सुरक्षाअन्तर्गत आउनेछन्। आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्‍त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्‍ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्? के मैले तेरो हृदयमा कुनै निश्चित ठाउँ ओगटेको छु? तैपनि तँ आफूभित्र मलाई प्रभुत्व जमाउन र तेरो सम्पूर्ण सत्त्व ओगट्न दिने दाबी गर्छस्—यी सबै छलीपूर्ण झूट हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा नभई आजको राज्यका बारेमा सोच्छ? यसका बारेमा धेरै ध्यानपूर्वक विचार गर।

तिमीहरूले मलाई यस्तो हदसम्म बाध्य पारेका छौ कि तिमीहरूलाई प्रहार गर्न र अघि बढाउनका लागि मसँग हातै चलाउनुको विकल्प छैन; म अब तिमीहरूलाई फकाइरहनेछैनँ। किनभने म बुद्धिमान् परमेश्‍वर हुँ, र म फरक-फरक मानिसहरूलाई फरक-फरक तरिकाले व्यवहार गर्छु, जुन तिमीहरू मप्रति कति बफादार छौ भन्ने कुरामा निर्भर हुन्छ। म सर्वशक्तिमान् परमेश्‍वर हुँ—अगाडि बढ्ने मेरा कदमहरूलाई रोक्ने आँट कसले गर्ला र? अबदेखि, मेरा प्रशासनिक आदेशहरूको हात मलाई अबफादारीका साथ व्यवहार गर्ने आँट गर्ने ती सबैबाट अवश्यै हट्नेछैन, ताकि तिनीहरूले यसबाट मेरो सर्वशक्तिमान्‌ता चिनून्। मलाई मानिसहरूको ठूलो सङ्ख्या होइन, उत्कृष्टता चाहिएको छ। जो अबफादार छ, बेइमान छ, र कुटिल व्यवहार र छलमा संलग्न हुन्छ, म त्यसलाई त्याग्नेछु र दण्ड दिनेछु। म कृपालु छु, वा म प्रेमिलो र दयालु छु भनेर अब नसोच्; त्यस्ता विचारहरू आफूलाई लाडप्यार गर्ने कुरा मात्र हुन्। मलाई थाहा छ कि म तँलाई जति प्रश्रय दिन्छु, तँ त्यति नै नकारात्मक र निष्क्रिय बन्छस् र तँ आफूलाई त्याग्न त्यति नै अनिच्छुक हुन्छस्। जब मानिसहरू यति हदसम्म कठिन हुन्छन्, तब म तिनीहरूलाई प्रहार गरेर र घिसारेर मात्र निरन्तर अघि बढाउन सक्छु। यो कुरा जानिराख्! अबदेखि, म न्याय गर्ने परमेश्‍वर हुँ; म अब मानिसहरूले कल्पना गर्ने कृपालु, दयालु, र प्रेमिलो परमेश्‍वर रहिनँ!

अघिल्लो:  अध्याय ५८

अर्को:  अध्याय ६०

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger