अध्याय ५९

तैँले सामना गर्ने वातावरणहरूमा मेरा अभिप्रायहरू अझै बढी खोजी गर्, अनि तैँले निश्चय नै मेरो अनुमोदन प्राप्त गर्नेछस्। तँ खोजी गर्न र मेरो डर मान्ने हृदय राख्न इच्छुक भएसम्म, म तँलाई तँमा कमी भएका सबै कुरा दिनेछु। अहिले मण्डली औपचारिक तालीममा प्रवेश गरिरहेको छ, र हरेक कुरा ठीक मार्गमा छ। कामकुरा आउने कुराहरूको पूर्वस्वाद हुँदा पहिले जस्तो थियो उप्रान्त त्यस्तो छैन; तिमीहरू उपरान्त अन्योल हुनु हुँदैन वा तिमीहरूसित भेदशक्तिको कमी हुनु हुँदैन। किन म तिमीहरू सबै कुरामा वास्तविकताभित्र प्रवेश गरेको चाहन्छु? के तैँले यसलाई सच्‍चा रूपमा अनुभव गरेको छस्? मैले तिमीहरूबाट जे अपेक्षा राख्छु, त्यसमा जसरी म तिमीहरूलाई सन्तुष्ट पार्छु, के तिमीहरू मलाई त्यसरी सन्तुष्ट पार्न सक्छौ? छली नहोऊ! म तिमीहरूलाई बारम्बार सहिरहन्छु, तापनि तिमीहरू असल र खराबको बीचमा भिन्नता बताउन अनि आफ्नो सराहना देखाउन बारम्बार चुक्छौ!

मेरो धार्मिकता, मेरो प्रताप, मेरो न्याय र मेरो प्रेम—मसित भएका यी सबै कुराहरू, म जे हुँ ती कुराहरू—के तैँले साँच्चिकै त्यसलाई चाखेको छस्? तँ साँच्चिकै अत्यन्तै विचारहीन छस्, अनि तैँले मेरा अभिप्रायहरूलाई महसुस नगर्ने हठपूर्ण अडान लिन्छस्। मैले तयार गर्ने भोजहरूको स्वाद तिमीहरू आफैले चाख्नुपर्छ भनेर मैले बारम्‍बार भनेको छु, तापनि तिमीहरू त्यसलाई बारम्बार उल्टाइदिन्छौ, अनि असल र खराब वातावरण के हो भनी बताउन सक्दैनौ। यी वातावरणहरूमध्ये कुन चाहिँ तिमीहरू आफैले निर्माण गरेका थियौ? मेरो हातहरूद्वारा कुन-कुन व्यवस्थित गरियो? आफैलाई प्रतिरक्षा गर्न छोडिदेऊ! म सबै कुरा पूर्ण रूपले स्पष्ट देख्छु, अनि तथ्य यो हो कि तैँले खोजी गर्दै गर्दैनस्। म अरू के भन्‍न सक्छु र?

मेरा अभिप्रायहरू बुझ्‍ने सबैलाई म सधैँ सान्त्वना दिन्छु, अनि म तिनीहरूलाई कष्ट भोग्न वा हानिमा पर्न दिनेछैनँ। मेरा अभिप्रायहरूअनुसार कामको पहल गर्नु नै अहिलेको लागि निकै महत्त्वपूर्ण कुरा हो। यसो गर्नेहरूले निश्चय नै मेरा आशिषहरू प्राप्त गर्नेछन् अनि तिनीहरू मेरो सुरक्षामुनि आउनेछन्। कसले साँचो रूपले अनि पूर्ण रूपले मेरो निम्ति आफैलाई समर्पित गर्न अनि मेरो खातिर तिनीहरूको सबै कुरा अर्पण गर्न सक्छन्? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू घर, बाहिरी संसार, खाना र वस्‍त्रको बारेमा सोचेर नै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्‍ने तथ्यको बाबजुद पनि, मनको गहिराइमा तैँले अझै घरकी श्रीमती, बच्चाहरू अनि बाबुआमाको बारेमा सोचिरहेको छस्। के यी सबै कुराहरू तेरो सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्‍वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारको बारेमा सधैँ चिन्ता गर्छस्? तँ किन तेरा प्रियजनहरूको लागि लालायित हुन्छस्! के तेरो हृदयमा मेरो निम्ति निश्चित ठाउँ छ? तँ अझै आफूभित्र मलाई प्रभुत्व गर्न दिने र तेरो सम्पूर्ण व्यक्तित्व ओगट्न दिने बारेमा कुरा गर्छस्—यी छलपूर्ण झूटहरू हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा सोच्दैनौ, तर आजको राज्यको खातिर काम गरिरहेका छौ? यसको बारेमा होसियारी पूर्वक सोच।

तिमीहरूले मलाई यतिसम्म घचेटेका छौ कि मैले तिमीहरूलाई हिर्काउन र अगाडि लैजान मेरा हातहरू मात्र प्रयोग गर्न सक्छु; म उपरान्त तिमीहरूलाई फकाइरहन सक्‍नेछैन। किनकि म बुद्धिमान् परमेश्‍वर हुँ, अनि तिमीहरू मप्रति कति वफादार छौ त्यसअनुसार म भिन्न-भिन्न मानिसहरूलाई भिन्न-भिन्न तरिकाले व्यवहार गर्छु। म सर्वशक्तिमान् परमेश्‍वर हुँ—मेरो अगाडिका पाइलाहरूलाई रोक्‍ने आँट कसले गर्छ? अबदेखि, ती जसले मलाई अवफादारिता सहित व्यवहार गर्ने साहस गर्छन्, तिनीहरू निश्चय नै मेरो प्रशासनिक आदेशहरूको हातमा पर्नेछन्, ताकि तिनीहरूलाई मेरो सर्वशक्तिमान्‌ताको बारेमा जान्ने तुल्याइन सकियोस्। मैले चाहने भनेका मानिसहरूको धेरै सङ्ख्या होइन तर सर्वोत्कृष्टता हो। जो-जो अवफादार, बेइमान छन् अनि कुटिल व्यवहार र छलमा संलग्न छन्, म तिनीहरूलाई त्याग्‍नेछु र दण्ड दिनेछु। म कृपालु छु वा म प्रेमिलो र दयालु छु भनेर उपरान्त नसोच्; त्यस्ता विचारहरू आत्मतृप्तिहरू मात्र हुन्। म जान्दछु कि जति बढी म तँलाई प्रसन्न तुल्याउँछु, त्यति नै बढी तँ नकारात्मक र निष्क्रिय हुन्छस् अनि त्यति नै बढी तँ आफैलाई त्याग्‍न अनिच्छुक हुन्छस्। जब मानिसहरू त्यस हदसम्म कठिन हुन्छन्, मैले तिनीहरूलाई निरन्तर उत्प्रेरित गरिरहन र घिस्याइरहन मात्र सक्छु। यो कुरा जान! अबदेखि, म न्याय गर्ने परमेश्‍वर हुँ; मानिसहरूले कल्‍पना गरेजस्तो, म उपरान्त कृपालु, दयालु र प्रेमिलो परमेश्‍वर होइन!

अघिल्लो:  अध्याय ५८

अर्को:  अध्याय ६०

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

Connect with us on Messenger
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू