अध्याय १४

अहिले, समय वास्तवमै छोटो छ। पवित्र आत्माले हामीलाई परमेश्‍वरका वचनहरूतर्फ डोर्‍याउन विभिन्न प्रकारका विधिहरूको प्रयोग गर्नुहुन्छ। तँ सबै सत्यहरूद्वारा सुसज्जित हुनुपर्छ, शुद्ध बन्नुपर्छ, र मसँग साँच्चिकै नजिक हुनुपर्छ र मसँग सङ्गत गर्नुपर्छ, र तँलाई कुनै कुरा छान्‍ने र रोज्‍ने अनुमति दिइनेछैन। पवित्र आत्माको काम भावनारहित हुन्छ, र तँ कस्तो प्रकारको व्यक्ति होस् भनेर परवाह गर्दैन। तँ खोज्न र पछ्याउन—बहाना नबनाइ, र तेरो प्राप्ति र नोक्सानका बारेमा बहस नगरी—बरु धार्मिकताको लागि भोक र तिर्खासहित खोज्न इच्छुक छस् भने, म तँलाई अन्तर्दृष्टि दिनेछु। तँ जतिसुकै मूर्ख र अज्ञानी भए पनि, म यी कुरामा ध्यान दिन्न। म तैँले सकारात्मक पक्षमा कति मेहनत गर्छस् भनेर हेर्छु। यदि तँ अझै पनि, तेरो सानो संसारमा घुम्दै, आफ्‍नै धारणामा अझै अडिग हुन्छस् भने, मेरो विचारमा तँ खतरामा छस्…। उठाइ भनेको के हो? त्यागिनुको अर्थ के हो? तँ आज परमेश्‍वरको अगाडि कसरी बाँच्नुपर्छ? तैँले मसँग कसरी सक्रिय भएर सहकार्य गर्नुपर्छ? तेरो आफ्ना धारणाहरूलाई त्यागिदे, आफैलाई चिरफार गर्, तेरो मकुन्डो उतार्, आफ्नो वास्तविक रङ्ग स्पष्टसँग हेर्, आफूलाई घृणा गर्, धार्मिकताको भोक र प्याससहित खोज्ने हृदय बना, तेरो मूल्य वास्तवमा केही पनि छैन भनेर विश्‍वास गर्, आफूलाई अर्पण गर्न इच्छुक बन्, काम-कुरा गर्ने तेरा सबै तरिकाहरूलाई रोक्‍न सक्‍ने बन्, मेरो अगाडि आफूलाई शान्त बना, अझ धेरै प्रार्थना गर्, गम्भीरताका साथ मप्रति झुक्, मलाई आदर गर्, मप्रति नजिक हुन र मसँग सञ्चार गर्न कहिल्यै नछोड्—यी कुराहरूमा, कुञ्जी भेटिन्छ। मानिसहरू प्रायजसो आफैभित्र जिउँछन्, त्यसैले परमेश्‍वरको अगाडि हुँदैनन्।

पवित्र आत्माको हालको काम मानिसहरूलाई कल्पना गर्न वास्तवमा गाह्रो छ र सबै कुरा वास्तविकतामा प्रवेश गर्छन्; यसबारे सोचहीन हुनु साँच्चै ठिक हुनेछैन। तेरा सोच र विचारहरू सही छैनन् भने, तँसँग अघि बढ्ने कुनै मार्ग हुनेछैन। सुरुदेखि अन्त्यसम्म, तँ हरसमय जागा रहनैपर्छ र कहिल्यै लापर्बाह नहुन निश्चित गर्नैपर्छ। निरन्तर जागा रहने र पर्खने अनि मसामु शान्त रहनेहरू आशिषित हुन्! आफ्नो हृदयमा सधैँ ममा भर पर्नेहरू, मेरो आवाज ध्यान दिएर सुन्नेहरू, मेरा कार्यहरूलाई ध्यान दिनेहरू र मेरा वचनहरू अभ्यास गर्नेहरू आशिषित हुन्! समयले साँच्चै थप ढिलाइ सहन सक्दैन; सबै प्रकारका महामारीहरू अनियन्त्रित रूपमा फैलिनेछन् र बाढीले जस्तै तिमीहरू सबैलाई निल्न आफ्नो क्रूर, रक्ताम्मे मुख खोल्नेछन्। मेरा पुत्रहरू हो! समय आइसकेको छ! अब थप विचार गर्ने ठाउँ छैन। तिमीहरूलाई मेरो सुरक्षाअन्तर्गत ल्याउने एकमात्र निकास भनेको मसामु फर्कनु हो। तिमीहरूमा पुरुष बालकको दृढता हुनैपर्छ; कमजोर वा निराश नबन। तिमीहरूले मसँगसँगै कदम चाल्नैपर्छ, नयाँ ज्योतिलाई इन्कार गर्नै हुँदैन र मैले तिमीहरूलाई मेरा वचनहरू कसरी खाने र पिउने भनेर बताउँदा, तिमीहरूले आफूलाई अधीनमा राखेर ती उचित रूपमा खानु र पिउनुपर्छ। के अझै पनि स्वेच्छाचारी रूपमा एकअर्कासँग लड्ने वा झगडा गर्ने समय छ र? यदि तँ अघाउन्जेल खाँदैनस् र सत्यताले पूर्ण रूपमा सुसज्जित हुँदैनस् भने के युद्ध लड्न सक्छस्? यदि तँ धर्मलाई जित्न चाहन्छस् भने, तँ सत्यताले पूर्ण रूपमा सुसज्जित हुनैपर्छ। मेरा वचनहरू अझ धेरै खाने र पिउने गर् अनि तीबारे अझ धेरै मनन गर्। तैँले मेरा वचनहरू आफै खाने र पिउने गर्नैपर्छ अनि परमेश्‍वरको नजिक गएर सुरु गर्नैपर्छ। चेतावनी! तैँले ध्यान दिनैपर्छ! अक्कलीहरू चाँडै बिउँझनुपर्छ! तँलाई छोड्न मन नलाग्ने कुनै पनि कुरालाई त्याग्। म तँलाई फेरि एकपटक के भन्छु भने यी कुराहरू तेरो जीवनका लागि साँच्चै हानिकारक छन् र ती कुनै फाइदाका छैनन्! मलाई आशा छ, तँ आफ्ना कार्यहरूमा ममाथि भर पर्न सक्छस्; अन्यथा, अगाडिको एकमात्र मार्ग मृत्युको मार्ग हो—त्यसोभए, तँ जीवनको मार्ग खोज्न कहाँ जानेछस्? बाहिरी कुराहरू गर्न त्यतिको उत्सुक हुने तेरो त्यो हृदय फिर्ता ले! अरूसामु झुक्न नमान्ने तेरो हृदय फिर्ता ले! यदि तेरो जीवन परिपक्व हुन सक्दैन र तँलाई त्यागियो भने, के तैँले आफूलाई लडाएको हुनेछैनस् र? पवित्र आत्माको हालको काम तैँले कल्पना गरेजस्तो छैन। यदि तँ आफ्ना धारणाहरू त्याग्न सक्दैनस् भने, तैँले ठूलो घाटा भोग्नेछस्। यदि त्यो काम मानिसका धारणाहरूसँग मेल खाएको भए, के तेरो पुरानो प्रकृति र धारणाहरू प्रकाशमा आउन सक्थे र? के तँ आफूलाई चिन्न सक्थिस् र? सायद तँ अझै पनि आफू धारणाहरूबाट मुक्त छु भनी सोच्छस्, तर यसपटक तेरा विभिन्न कुरूप पक्षहरू स्पष्टसित प्रकाशमा आएका छन्। होसियारीसाथ आफैलाई सोध्:

के तँ मप्रति समर्पित हुने व्यक्ति होस्?

के तँ आफूलाई त्यागेर मलाई पछ्याउन इच्छुक र तयार छस्?

के तँ मेरो अनुहारलाई शुद्ध हृदयले खोज्ने व्यक्ति होस्?

के तँलाई मेरो नजिक कसरी आउने र मसँग कसरी सञ्चार गर्ने भन्‍ने थाहा छ?

के तँ आफूलाई मेरो अगाडि शान्त बनाउन र मेरा अभिप्रायहरू खोज्न सक्छस्?

के तँ मैले तँलाई प्रकट गरेका वचनहरू अभ्यास गर्न सक्छस्?

के तँ मेरा अगाडि सामान्य अवस्था कायम राख्न सक्छस्?

के तैँले शैतानका धूर्त योजनाहरू देख्न सक्‍छस्? के तँ तिनीहरूको खुलासा गर्ने हिम्मत गर्छस्?

तँ परमेश्‍वरको बोझप्रति कति विचारशील छस्?

के तँ परमेश्‍वरको बोझप्रति विचारशील व्यक्ति होस्?

पवित्र आत्माको कार्यलाई तैँले कसरी बुझेको छस्?

परमेश्‍वरको परिवारभित्रको समन्वयमा तैँले कसरी सेवा गर्छस्?

मेरो लागि तैँले कसरी बलियो गवाही दिन्छस्?

तैँले सत्यताको लागि कसरी असल लडाइँ लड्छस्?

यी सत्यहरूको बारेमा विचार-विमर्श गर्नका लागि तैँले समय लिनुपर्छ। दिन एकदमै नजिकै छ भन्‍ने कुरा प्रमाणित गर्नका लागि यी तथ्यहरू पर्याप्त छन्। तँलाई विपत्ति आउनुभन्दा अगाडि नै पूर्ण बनाइनुपर्छ—यो महत्त्वपूर्ण विषय हो, समाधान गर्नुपर्ने निकै आतुर विषय हो! म तिमीहरूलाई पूर्ण बनाउन चाहन्छु, तर तिमीहरू केही मात्रामा अनियन्त्रित छौ भन्‍ने मैले देखेको छु। तँसँग उत्साह छ, तर पनि तँ त्यसलाई सर्वोत्कृष्ट प्रयोगमा ल्याउँदैनस्, र तैँले सबैभन्दा महत्त्वपूर्ण कुराहरू बुझेको छैनस्; बरु, तैँले बुझेका सबै कुराहरू सानातिना विषय हुन्। यी कुराहरू बुझ्नुको अर्थ के नै छ र? के यो समयको बरबादी होइन र? म तिमीहरूलाई यसरी कृपा देखाउँछु, तर तिमीहरू कुनै पनि सराहना देखाउन विफल हुन्छौ; तिमीहरू एक-अर्कासँग लड्छौ मात्रै—त्यसोभए के मेरा सबै परिश्रमी प्रयासहरू व्यर्थ भएका छैनन् र? यदि तिमीहरू यसरी नै अगाडि बढिरहन्छौ भने, म तिमीहरूलाई मनाउनका लागि समय खर्च गर्नेछैन! म तिमीहरूलाई भन्छु कि तिमीहरू सत्यताप्रति बिउँझँदैनौ भने, तिमीहरूबाट पवित्र आत्माको काम हटाइनेछ! तिमीहरूलाई खानाका लागि थप केही पनि दिइनेछैन, र तिमीहरूले आफूलाई जसरी ठीक लाग्छ त्यसरी विश्‍वास गर्न सक्नेछौ। मैले मेरा वचनहरू सविस्तार रूपमा बोलिसकेको छु; यी वचनहरूलाई सुन्ने वा नसुन्ने कुरा तिमीहरूकै हातमा छ। तिमीहरू अन्योलग्रस्त, दिशाहीन र ज्योति देख्न नसक्ने समय आउँदा, के तिमीहरूले मलाई दोष लगाउनेछौ? कस्तो अज्ञानता! तिमीहरू आफैप्रति यति दरिलोसँग टाँसिरह्यौ भने, यदि तिमीहरू यसलाई छोड्न मान्दैनौ भने, यसको परिणाम के हुनेछ? के तिमीहरूको कार्य व्यर्थको अभ्यास मात्रै बन्दैन र? विपत्ति आएको बेला पन्छ्याइनु कति दयनीय हुन्छ!

अहिले मण्डलीको निर्माणको महत्त्वपूर्ण चरण हो। यदि तैँले सक्रिय भएर मसँग सहकार्य गर्न र पूर्ण हृदयले आफूलाई मप्रति अर्पण गर्न सक्दैनस् भने, र यदि तैँले सबै कुरा त्याग्न सक्दैनस् भने, तैँले नोक्सानी बेर्होनेछस्। के तैँले अझै पनि अन्य धारणाहरूलाई आश्रय दिन सक्छस्? तिमीहरूले पश्‍चात्ताप गर्ने र नयाँ सुरुवात गर्ने पर्खाइमा, मैले तिमीहरूलाई यसरी छुट दिएको छु। तैपनि, अब समयले यसो गर्न दिँदैन, र मैले समग्र रूपमा सोच्नैपर्छ। परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्यका लागि, सबै कुरा अगाडि बढ्दैछन्, र मेरा कदमहरू त्यही दिशामा दिनानुदिन, प्रत्येक घण्टा, प्रत्येक क्षण, अघि बढ्दैछन्—यो गतिलाई पछ्याउन नसक्नेहरू त्यागिनेछन्। प्रत्येक दिन नयाँ ज्योति हुन्छ; प्रत्येक दिन नयाँ कर्महरू गरिन्छन्। प्रत्येक दिन नयाँ कुराहरू उदाउँछन्, र उक्त ज्योति देख्न नसक्नेहरू अन्धा हुन्! नपछ्याउनेहरूलाई हटाइनेछ…।

अघिल्लो:  अध्याय १३

अर्को:  अध्याय १५

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger