अध्याय १५

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ, उहाँले प्रताप धारण गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। उहाँ मानिसको पुत्र हुनुहुन्छ, उहाँले खुट्टासम्‍म झुण्डिएको वस्‍त्र लगाउनुभएको छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ। उहाँको टाउको र केश ऊनजस्तो सेता छन्; उहाँका आँखाहरू ज्वालाहरू जस्ता छन्; उहाँका पाउहरू टल्काएका काँसाजस्ता छन्, मानौं ती भट्टीमा खारिएका हुन्, र उहाँको स्वर उर्लँदो पानीहरूको आवाजजस्तै छ। उहाँले आफ्नो दाहिने हातमा सातवटा ताराहरू पक्रनुहुन्छ र उहाँको मुखबाट धारिलो दुईधारे तरवार छ, र उहाँको अनुहार जलिरहेको सूर्यजस्तो चम्किरहन्छ!

मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? प्रतिरोधले मृत्युमा पुर्‍याउँछ! तैँले आफ्नो हृदयमा सोच्‍ने, तैँले बोल्‍ने कुनै शब्द वा तैँले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले पाएको कुरा के हो सो तिमीहरूले बुझ्‍नेछौ र देख्‍नेछौ—त्यो मेरो न्यायबाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले अवरोध पुऱ्याउँछौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँ ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकमाथि शासन गर्नुहुन्छ! ब्रह्माण्ड र यावत् थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो नियोजन गर्छु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक बिलाई जानेछन्, र सबै कुरा नयाँ गरी जन्मनेछन्। यो याद राख्! याद राख्! तँ यसबारे लापरवाह हुन मिल्दैन! स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचनहरू रहिरहनेछन्! म एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिन्छु: व्यर्थमा नदगुर! बिउँझ! फर्क, अनि किनारा हातैमा छ। म पहिले नै तिमीहरूको बीचमा देखा परेको छु, र मेरो आवाज देखा परेको छ। मेरो आवाज तिमीहरूको अघि देखा परेको छ; प्रत्येक दिन यसले आमने-सामने तेरो सामना गर्छ, र प्रत्येक दिन यो ताजा र नयाँ हुन्छ। तैँले मलाई देख्छस् र म तँलाई देख्छु; म तँसँग निरन्तर कुरा गर्छु, र म तेरो आमनेसामने नै छु। तैपनि, तैँले मलाई इन्कार्छस् र मलाई चिन्दैनस्। मेरा भेडाहरूले मेरो आवाज सुन्न सक्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ! तिमीहरू हिचकिचाउँछौ! तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ, र तिमीहरू मेरो महिमित मुहार देख्न सक्दैनौ—तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय!

मेरो सिंहासन सामुका सातवटा आत्माहरूलाई पृथ्वीका सबै कुनामा पठाइएका छन् र म मेरो सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउनेछु। म धर्मी र विश्‍वासयोग्य छु; म त्यो परमेश्‍वर हुँ जसले मानिसको हृदयका गहनतम भागहरू छानबिन गर्दछ। पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ, र मेरा पुत्रबाट निस्कने मेरा वचनहरू नै हुन्; जसको कान छ तिनीहरू सबैले सुन्नुपर्छ! जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ। बस तिनलाई खा र पि र शङ्का नगर्। समर्पित हुने र मेरा वचनहरू सुन्ने सबैले ठूला आशिष्‌हरू पाउनेछन्! गम्भीरतासाथ मेरो मुहारको खोजी गर्ने सबैले निश्चय नै नयाँ ज्योति, नयाँ अन्तर्दृष्टि र नयाँ अन्तर्ज्ञानहरू प्राप्त गर्नेछन् सबै ताजा र नयाँ हुनेछन्। मेरा वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछन्, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्, ताकि तैँले आत्मिक क्षेत्रका सबै रहस्यहरू देख्न सक्। राज्य मानिसहरूमाझ नै छ। शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछन्; अनिकाल र महामारी तँ नजिक आउन सक्नेछैन, र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्। तँ मेरो साथमा जानेछस् र हिँड्नेछस्, र मसँग महिमामा प्रवेश गर्नेछस्!

सर्वशक्तिमान् परमेश्‍वर! उहाँले उहाँको महिमित शरीर खुला रूपमा प्रकट गर्नुभएको छ, उहाँको पवित्र आत्मिक शरीर देखा परेको छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र उहाँको देह दुवै परिवर्तन भएका छन्, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो फित्ता बाँधिएको छ र संसार र सबै थोक उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवार छ, र उहाँको दाहिने हातमा सातवटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमामयी ज्योति उठ्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र समुद्र हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूका आ-आफ्नो नियमित क्रममा घुम्छन्, आफ्नो छ हजार वर्षे व्यवस्थापनको योजना पूरा गर्नुभएका एक मात्र साँचो परमेश्‍वरको विजयी फिर्तीलाई स्वागत गर्दैछन्। सबै जना हर्षले उफ्रँदैछन् र नाच्दैछन्! हर्षोल्‍लास गर! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा उचालिएको छ! हरेक राष्ट्रले हर्षोल्लास गरिरहेको छ, परमेश्‍वरका असङ्ख्य मानिस गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँसँग बोल्छु र मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवनमा, वचनहरू, कार्यहरू, विचारहरू, सोचहरू, उहाँको महिमित ज्योतिले उज्यालो पार्दछ, उहाँ बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र यदि कसैले हृदयदेखि विद्रोह गर्छ भने, उहाँको न्याय झट्टै आउँछ।

परमेश्‍वरको साथमा खाँदै, बस्दै, र एकसाथ जिउँदै, उहाँको साथमा हुँदै, सँगसँगै हिँड्दै, सँगै रमाइलो गर्दै, सँगसँगै महिमा र आशिष्‌हरू प्राप्त गर्दै, परमेश्‍वरसँगै राजाका रूपमा शासन गर्दै, र परमेश्‍वरको राज्यमा सँगसँगै रहँदै—यो कति आनन्ददायी छ! यो कति मीठो छ! हामी हरेक दिन उहाँसँग आमनेसामने हुन्छौँ, उहाँ हरेक दिन बोल्नुहुन्छ र हामीसँग निरन्तर कुराकानी गर्नुहुन्छ, र हामीलाई हरेक दिन नयाँ अन्तर्दृष्टि र नयाँ अन्तर्ज्ञान दिइन्छ। हाम्रा आत्मिक आँखाहरू खुले, हामी सबै कुरा देख्छौँ; आत्माका रहस्यहरू हामीलाई प्रकट गरिन्छन्। चोखो जीवन साँच्चै चिन्तामुक्त हुन्छ; चाँडो-चाँडो दगुर र नरोकिओ, र लगातार अगाडि बढिरहो—अगाडि एउटा अझै अचम्मको जीवन छ। केवल मीठो स्वाद चाख्नमै सन्तुष्ट नबन; दौडेर परमेश्‍वरसम्मै पुग। उहाँ सबैलाई समेट्ने र प्रशस्त हुनुहुन्छ, र हामीसँग नभएका सबै प्रकारका थोकहरू उहाँसँग छन्। सक्रिय रूपमा सहकार्य गर र उहाँमा प्रवेश गर, र कुनै पनि थोक फेरि पहिलेको जस्तो रहनेछैन। हाम्रो जीवन सर्वोत्कृष्ट हुनेछ, र कुनै पनि व्यक्ति, मामिला, वा थोकले हामीलाई बाधा दिन सक्नेछैन।

सर्वोत्कृष्ट! सर्वोत्कृष्ट! साँचो रूपमा सर्वोत्कृष्ट! परमेश्‍वरको सर्वोत्कृष्ट जीवन भित्रै छ, र सबै थोक साँच्चै शान्त छन्। हामी संसार र सांसारिक थोकहरूलाई पार गर्दै, पति वा छोराछोरीसँग बाँधिएको कुनै महसुस गर्दैनौं। हामी बिमारी र वातावरणको बन्धनभन्दा पर पुग्छौं। शैतानले हामीलाई बाधा दिने आँट गर्दैन। हामी सबै विपत्तिहरूलाई पूर्ण रूपमा नाघ्छौं। यसो गर्नु परमेश्‍वरलाई राजसत्ता लिन दिनु हो। हामी शैतानलाई पैतालामुनि कुल्चन्छौं, मण्डलीका लागि गवाही दिन्छौं र शैतानको कुरूप अनुहारलाई पूर्ण रूपमा पर्दाफास गर्छौं। मण्डलीको निर्माण ख्रीष्टमा हुन्छ, र महिमित शरीर खडा भएको छ—उठाइको समयमा जिउनु भनेको यही हो।

अघिल्लो:  अध्याय १४

अर्को:  अध्याय १६

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger