परिचय

(सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट उद्धृत खण्डहरू)

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग ममा समर्पित हुने तुल्याउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्ने तुल्याउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनका खातिर नै हुने भए पनि, मैले मानिसका लागि फाइदाजनक नहुने कुनै काम कहिल्यै गरेको छैनँ, किनकि म इस्राएलभन्दा बाहिरका सबै राष्ट्रलाई इस्राएलीहरूजस्तै समर्पित बनाउन, उनीहरूलाई वास्तविक मानव बनाउन चाहन्छु, ताकि मसँग इस्राएलभन्दा बाहिरको भूमिमा पनि पाइला टेक्‍ने ठाउँ होस्। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरू अझै पनि मेरो व्यवस्थापन बुझ्दैनन्‌, किनभने उनीहरू त्यस्ता कुराहरूबारे वास्ता गर्दैनन्‌, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टा उनीहरू सारा हृदयले आफ्नो भावी गन्तव्यमा केन्द्रित हुन्छन्। यदि कामकुरा यसरी नै चलिरहेमा, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभएजसरी नै तिमीहरूलाई प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्‌, जसले मेरो नामलाई वयस्क र बच्चाहरू दुवैमाझ समान रूपमा महान् मानेर सम्मानित गरिने, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरिने तुल्याओस् भनेर गरिनेछ। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा कार्य अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनून्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, बरु सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई थाहा हुने तुल्याउनेछु। म सबै सृजित प्राणीहरूको परमेश्‍वर हुँ भनेर सबै मानिसहरूले देख्ने तुल्याउनेछु। मेरो सबैभन्दा ठूलो काम, आखिरी दिनहरूका लागि मेरो कामको योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले पूरा गर्न चाहेको एउटै काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

के तँ परमेश्‍वरले हरेक युगमा व्यक्त गर्नुभएको स्वभावलाई ठोस रूपमा, र त्यस युगका लागि उपयुक्त अनि त्यस युगको महत्त्व बोक्‍ने भाषामा वर्णन गर्न सक्छस्? के परमेश्‍वरको आखिरी दिनहरूको काम अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा वर्णन गर्न सक्छस्? के तँ स्पष्ट र सही रूपमा परमेश्‍वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि गोठालो गरिनका लागि तेरो प्रतीक्षा गरिरहेका ती दयनीय, दरिद्र, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरूबारे बताउनेछस्? गोठालो गरिन कस्तो प्रकारका मानिसहरू तेरो प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्‍मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्‍चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्‍नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्‍ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्‍ने बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरलाई प्रतिदान गर्नका निम्ति आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई प्रदान गर्ने कुराहरूले मैले मोशा र दाऊदलाई प्रदान गरेका कुरालाई नै उछिन्छन्, त्यसरी नै म तिमीहरूका गवाहीले मोशाका गवाहीहरूलाई उछिनून् र तिमीहरूका शब्दहरूले दाऊदका शब्दहरूलाई उछिनून् भन्ने चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—त्यसै गरी म तिमीहरू मलाई सय गुणा फिर्ता गर भनेर भन्छु। मानवजातिलाई जीवन प्रदान गर्ने म नै हुँ भन्ने कुरा तिमीहरूलाई थाहा हुनैपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिनैपर्ने तिमीहरू नै हौ। मैले तिमीहरूलाई पठाउने कर्तव्य, र तिमीहरूले मेरा निम्ति निर्वाह गर्नुपर्ने कर्तव्य यही हो। मैले मेरा सारा महिमा तिमीहरूलाई प्रदान गरेको छु, इस्राएलका मेरा चुनिएका मानिसहरूले कहिल्यै प्राप्‍त नगरेको जीवन मैले तिमीहरूलाई प्रदान गरेको छु। तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी मलाई अर्पण गर्नुपर्छ र आफ्नो ज्यान दिनुपर्छ। जसलाई म मेरो महिमा प्रदान गर्छु, उसले मेरो गवाही दिनेछ र मेरा निम्ति आफ्नो ज्यान दिनेछ—यो मैले उहिले नै पूर्वनियोजन गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महानता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरू जे देख्छौ त्यो यहोवाको महिमा, येशूको छुटकारा, र मैले अहिले गर्ने सबै कार्य हुन्। तिमीहरू आफ्नै कानले मेरो आत्माका वचनहरू पनि सुन्छौ, र तिमीहरूले मेरो बुद्धिबारे बोध प्राप्त गरेका छौ, मेरो आश्चर्यकर्म थाहा पाएका छौ र मेरो स्वभावबारे थाहा पाएका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, धार्मिकताले भरिपूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो कामको अद्भुतता देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्‍ने थाहा पाउन पुगेका छौ; कुनै समय मैले इस्राएलको घरमाथि मेरो क्रोध खन्याएको थिएँ, र अब यो तिमीहरूमाथि आएको छ भन्‍ने कुरा तिमीहरूले अझ बढी थाहा पाएका छौ। तिमीहरू स्वर्गमा मेरा रहस्यहरू यशैया र यूहन्नाभन्दा बढी बुझ्छौ; तिमीहरू मेरो प्रेमिलो स्वभाव र श्रद्धेयता विगतका सबै सन्तभन्दा पनि बढी जान्दछौ। तिमीहरूले मेरो सत्यता, मेरो मार्ग र मेरो जीवन मात्र प्राप्‍त गरेका छैनौ, बरु यूहन्नाले पाएको भन्दा ठूला दर्शन र प्रकाशहरू प्राप्त गरेका छौ। तिमीहरू अझ धेरै रहस्य बुझ्छौ, र मेरो साँचो मुहार पनि हेरेका छौ; तिमीहरूले मेरो न्याय अझ धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभाव अझ बढी जान्दछौ। त्यसैले, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि, तिमीहरू पहिलेका कुराहरू र विगतका कुराहरू बुझ्छौ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ, जुन मद्वारा व्यक्तिगत रूपमै गरिएका थिए। मैले तिमीहरूसँग माग गरेको कुरा अत्यधिक छैन, किनभने मैले तिमीहरूलाई अति धेरै दिएको छु, र तिमीहरूले ममा अति धेरै देखेका छौ। यसैले, म तिमीहरू विगतका सन्तहरूलाई मेरा निम्ति गवाही देऊ भनेर माग गर्छु, र मेरो हृदयको एक मात्र चाहना यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

म सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन अनन्त रूपमा जारी हुन्छ, जसले सबै राष्ट्र र सम्प्रदायलाई हल्लाइदिन्छ। मेरा वाणीहरूले नै सबै मानिसलाई आजको दिनसम्म अगुवाइ गरेका छन्। म सबै मानिसलाई मेरा वाणीहरूद्वारा विजय हासिल गरिने, यही प्रवाहमा पर्ने र मेरो सामु समर्पित तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा पुनः जारी गरेको छु। मेरो महिमा देख्ने तिर्सना कसलाई हुँदैन र? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुनः देखापराइको तृष्णा कसले गर्दैन र? मेरो प्रेमिलोपनको तिर्सना कसले गर्दैन र? ज्योतितर्फ कोचाहिँ आउँदैन र? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन र? उद्धारकको पुनरागमनको तिर्सना कसले गर्दैन र? महाशक्ति भएको उहाँको कसले आदर गर्दैन र? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन् र म पहाड र नदीहरूलाई हल्लाउने शक्तिशाली मेघगर्जन जस्तै, मेरा चुनिएका मानिसहरूलाई अझ धेरै वचन भन्नेछुछु र बोल्नेछु। म मेरा वचनहरू सम्पूर्ण ब्रह्माण्ड र मानवजातिसँग बोल्छु। त्यसैले मेरो मुखका वचनहरू मानिसको खजाना बनेका छन्, र सबै मानिसले मेरा वचनहरूको कदर गर्छन्। बिजुली पूर्वबाट पश्‍चिमसम्मै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई छोड्न हिचकिचाउँछ, र ती मानिसका लागि अबोधगम्य पनि छन्, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्द महसुस गराउँछन्। नवजात शिशुहरूजस्तै, सबै मानिस खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूमार्फत, म सबै मानिसलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म औपचारिक रूपमा मानवजातिमाझ प्रवेश गर्नेछु, र तिनीहरू मलाई आराधना गर्न आउने तुल्याउनेछु। मैले जारी गर्ने महिमा र मेरो मुखका वचनहरूद्वारा, सबै मानिस मेरो सामु आउँछन्, र बिजुली पूर्वबाट चम्किन्छ, म पूर्वमा रहेको “जैतुनको डाँडा” मा पनि ओर्लेको छु, र धेरै अघि नै पृथ्वीमा आइसकेको छु, र म अब यहूदीहरूको पुत्र होइन, बरु पूर्वको बिजुली हुँ भन्ने देख्छन्। किनभने म धेरै अघि नै मृत्युबाट बौरी उठेको छु, र मानवजातिमाझबाट प्रस्थान गरेको छु, र त्यसपछि तिनीहरूको बीचमा महिमाका साथ पुनः देखा परेको छु। म त्यही हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि आराधना गरिन्थ्यो, र म त्यही शिशु पनि हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि इस्राएलीहरूले त्यागेका थिए। त्यसभन्दा पनि बढी, म वर्तमान युगको सर्व-महिमामय सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ! सबै जना मेरो सिंहासनसामु आऊन् र मेरो महिमामय मुहार देखून्, मेरा वाणीहरू सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो सम्पूर्ण अभिप्राय यही हो; यो मेरो योजनाको अन्त्य र चरमोत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य पनि हो: असङ्ख्य राष्ट्रले मेरो आराधना गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून्, र मेरा असङ्ख्य चुनिएका मानिस ममा समर्पित होऊन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

अर्को:  १. तपाईंले प्रभु मानिस बन्नुभयो, गोप्य रूपमा पृथ्वीमा ओर्लनुभयो, र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबलले स्पष्ट रूपमा अगमवाणी गर्दछ, “अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्‍ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्‍नेछन्” (मत्ती २४:३०)। “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब कुलहरूले विलाप गर्नेछन्” (प्रकाश १:७)। हामी विश्‍वास गर्छौं, जब प्रभु फेरि आउनुहुन्छ, उहाँ बादलहरूमा र सबै मानिसहरूले देख्ने गरी आउनुहुन्छ। तैपनि प्रभु पहिले नै मानिस बनिसक्नुभएको छ र गोप्य रूपमा पृथ्वीमा ओर्लनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, जुन हाम्रो बुझाइभन्दा बिलकुलै फरक छ। यहाँ के भइरहेको छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger