२. तपाईं सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्दैहुनुहुन्छ र आखिरी दिनहरूको न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। तपाईंले जे कुराको गवाही दिनुहुन्छ त्यो बाइबलसँग मिल्दो भए पनि हाम्रो मण्डलीका धेरै मानिसहरूले यसलाई स्वीकार गर्दैनन्। हामी विश्‍वास गर्छौं, साँचो बाटो हुनका निम्ति त्यसलाई धेरै मानिसले स्वीकार गरेको हुनुपर्छ, र थोरै मानिसले स्वीकार गरेको बाटो गलत हुन्छ। हामी प्रतीक्षा गर्नेछौं र हाम्रो मण्डलीका धेरै मानिसहरूले त्यसलाई स्वीकार गरेपछि मात्र हामी यसमा विश्‍वास गर्नेछौं।

उत्तर:

धेरै मानिसहरूले कुनै बाटो साँचो हो वा झुटो हो भन्ने कुरा कति मानिसहरूले त्यसलाई स्वीकार गर्छन् त्यसलाई आधार बनाउँछन् अनि यदि धेरै मानिसहरूले स्वीकार गरे भने त्यो साँचो बाटो हो, यदि थोरै मानिसहरूले मात्र स्वीकार गरे भने त्यो झुटो बाटो हो भनी विश्वास गर्छन्। के त्यस्तो धारणा सत्यतासित मेल खान्छ र? के त्यो परमेश्‍वरका वचनहरूमा आधारित छ र? याद गर्, जब परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभयोः केवल नूहले परमेश्‍वरका वचनहरूमा भरोसा गरे अनि परमेश्‍वरद्वारा निर्देशन पाएअनुसार जहाज बनाउँदै बाटोको बारेमा प्रचार गरे। तापनि १२० वर्षपछि पनि, एउटै व्यक्तिले उसले प्रचार गरेको कुरालाई विश्वास वा स्वीकार गरेनन्, अन्ततः नूहको जहाज चढ्नेहरू उनका आठ सदस्यीय परिवार मात्र भए जबकि सबैजना जलप्रलयमा डुबे। अतः के नूहले साँचो बाटोको बारेमा प्रचार गरेनन् भनी तँ भन्न सक्छस्? अब याद गर्, जब अनुग्रहको समयमा प्रभु येशू देखापर्नुभयो र उहाँको काम गर्नुभयोः प्रभु येशूलाई स्वीकार गर्ने अत्यन्तै थोरै मानिसहरूबाहेक यहूदी धर्म मान्ने सबै मानिसहरूले अन्ततः उहाँलाई क्रुसमा टाँग्न रोमी अधिकारीहरूसित मिलेर काम गर्नुअघि, प्रभु येशूलाई भत्सर्ना र विरोध गरे। यस कारणले, प्रभु येशूका वाणीहरू र काम साँचो बाटो थिएन भनी के तँ भन्न सक्छन्? यस प्रकारले कामकुरालाई मापन गर्नु पूर्ण रूपले हास्यास्पद हो भनी के तँ अनुभूत गर्दैनस्? विगतका पुस्ताहरूमा परमेश्‍वरको काम यस कुराको प्रमाण हो कि भ्रष्ट मानवजाति यति नराम्रोसित भ्रष्ट भएको छ कि उसले दुष्टतालाई उपासना गर्छ र सत्यतालाई घृणा गर्छ; जब मानिसहरूको माझमा साँचो बाटो आउँछ, तब अत्यन्तै थोरै मानिसहरूले मात्रै यसलाई पालन गर्न र स्वीकार गर्न सक्छ जबकि धेरैले यसलाई इन्कार गर्छन् र त्याग्छन्। जसरी प्रभु येशूले भन्नुभयो, “यो दुष्ट पुस्ता हो(लूका ११:२९)। १ यूहन्ना ५:१९ ले भन्दछः “सारा संसार दुष्टतामा छ।” यसरी, साँचो बाटोलाई सबैले स्वीकार गर्छन् भन्ने जरुरी छैन अनि धेरै मानिसहरूले मान्यता दिएको कुरा जरुर सही नै हुन्छ भन्ने छैन, सत्य हुन जरुरी छैन। वास्तवमा, बहुसंख्यकले निर्धारण गरेको कुरा मानिसका धारणाहरू र कल्पनाहरूभित्र पर्दछन् अनि यो सत्यता र तथ्यहरूसित मेल खाँदैन। एउटा बाटो साँचो बाटो हो कि होइन भन्ने कुरा धेरै मानिसहरूले यसलाई स्वीकार गरेको आधारमा मापन गर्नु कति हास्यास्पद र मूर्खतापूर्ण छ। बाइबलका धेरै ठाउँहरूमा भनिएको छ कि परमेश्‍वरले मानिसहरूको गुणस्तरलाई चाहना गर्नुहुन्छ, संख्यालाई होइन। उदाहरणको निम्ति, मत्ती २२;१४ ले भन्दछः “किनकी बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।” मत्ती ७:१३-१४ ले भन्दछः “साँघुरो प्रवेश-द्वारबाट भित्र पस: किनकि प्रवेश द्वार जति चौडा हुन्छ र बाटो जति फराकिलो हुन्छ, त्यसले विनाशमा पुर्‍याउँछ र त्यहाँ जाने धेरै हुन्छन्: किनकि साँघुरो प्रवेश द्वार र साँघुरो बाटोले जीवनमा डोर्‍याउँछ र कमैले मात्रै त्यो पत्ता लगाउँछन्।” जकरिया १३:८ ले भन्दछः “अनि यस्तो हुनेछ, यहोवा यसो भन्‍नुहुन्छ कि सारा देशमा दुई-तिहाइ काटिनेछन् र मर्नेछन्; तर एक-तिहाइचाहिँ छाडिनेछन्।” यी पदहरूले हामीलाई देखाउँछन् कि अत्यन्तै थोरै मानिसहरू मात्रै साँचो बाटोलाई भेट्टाउन सक्षम हुन्छन् अनि थोरै मात्र बाँकी रहनेछन्। यदि यो साँचो बाटो हो भने यसलाई धेरै मानिसहरूले स्वीकार गर्नेछन् भनेर हामीले विश्वास गरे जस्तो यो होइनः त्यस्तो प्रकारको अनुमान सत्यता र परमेश्‍वरको कामका तथ्यहरूसित बेमेलमा रहन्छ अनि यो मानिसको कल्पनाबाहेक अरू केही होइन। परमेश्‍वर स्वयं सत्य, बाटो अनि जीवन हुनुहुन्छ अनि उहाँको सार कहिल्यै परिवर्तन हुनेछैन। यदि एउटै व्यक्तिले पनि उहाँमा विश्वास गरेनन्, स्वीकार गरेनन् वा उहाँलाई पछ्याएनन् भने पनि, उहाँका काम र वचनहरू अझै पनि साँचो बाटो हुनेथियो अनि यो यस्तो कुरा हो जसलाई कसैले इन्कार गर्न सक्दैन। जसरी सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “मेरा वचनहरू सदैव अपरिवर्तनीय सत्यता हुन्। म मानवजातिका निम्ति जीवनको आपूर्ति र मानवजातिका निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले तिनलाई अनुमोदन र स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने कुराले नभई ती वचनहरू स्वयम्को सारले निर्धारण गर्छ। यस पृथ्वीमा भएको एक जनाले पनि मेरा वचनहरू स्विकार्न सकेन भने पनि, मेरा वचनको मूल्य र तिनले मानवजातिलाई गर्ने सहयोगको आकलन कुनै पनि मानिसले लगाउन सक्दैन। त्यसकारण, मेरा वचनविरुद्ध विद्रोह गर्ने, तिनलाई खण्डन गर्ने, वा अत्यन्तै तिरस्कार गर्ने धेरै मानिसहरूको सामना गर्दा, मेरो मनोवृत्ति यो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्यता, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्। मैले भनेका सबै कुराहरू सही छन्, यो मानिससँग हुनुपर्ने कुरा हो, र योभन्दा पनि बढी, यो मानिसले स्वीकार गर्नुपर्ने कुरा हो भनी तिनले प्रमाणित गरून्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ)

कुनै बाटोलाई स्वीकार गर्ने मानिसहरूको संख्यालाई यो साँचो बाटो कि झुटो बाटो हो भनी मापन गर्ने मापदण्डको रूपमा लिन नमिल्ने भएकोले, हामीले यसलाई कसरी मापन गर्नुपर्छ त? यसको कुञ्जी यसमा सत्यताको अभिव्यक्ति समाविष्ट छ कि छैन र यो परमेश्‍वरको आवाज हो कि होइन भनी हेर्नु हो। यदि यो परमेश्‍वरको वाणी हो, यदि यो सत्यताको अभिव्यक्ति हो भने, कति धेरै मानिसहरूले यसलाई स्वीकार गर्छन् भन्ने कुराले कुनै अर्थ राख्दैन—यदि एउटै व्यक्तिले मात्रै पनि स्वीकार गर्छ भने—यो सत्यता हो अनि साँचो बाटो हो। प्रभु येशू अनुग्रहको समयमा काम गर्न आउनुभएको कुरालाई याद गर्। पत्रुस, यूहन्ना, मत्ती, नथानिएल अनि अरू सबैले प्रभु येशूलाई पछ्याए किनकि उहाँले प्रचार गर्नुभएको कुरामा तिनीहरूले परमेश्‍वरको आवाजलाई चिने; तिनीहरूले त्यस समयमा कति मानिसहरूले प्रभुलाई स्वीकार गरे र पछ्याए भन्ने आधारमा उहाँलाई पछ्याएका होइनन्। त्यसै गरी,आज साँचो बाटो र झुटो बाटोबीच भिन्नता छुट्याउने कुरा परमेश्‍वरको काम र वचनहरूअनुसार गरिनुपर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन, यी शब्दहरू सत्यताका अभिव्यक्ति हुन्‌ कि होइनन्‌, कसको गवाही दिइँदै छ, र यसले तेरा लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सार भनेको परमेश्‍वरका आत्मामाथिको विश्‍वास हो, र जब देहधारी परमेश्‍वरमा विश्‍वास गर्छन्, त्यो पनि देह परमेश्‍वरको आत्माको मुर्तरूप भएकोले नै हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सार नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्‍ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता, जसरी यसलाई भनिन्छ, सामान्य मानवताको जीवन स्वभाव हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा ऊबाट जे माग गर्नुभएको थियो यो त्यही कुरा हो, जस्तो कि, (मानव समझ, अन्तर्दृष्टि, बुद्धि, र आफूलाई आचरणमा कसरी ढाल्ने भन्ने कुराको आधारभूत ज्ञान लगायत) सामान्य मानवताको सम्पूर्णता। अर्थात्‌, यस मार्गले मानिसहरूलाई सामान्य मानव जीवनमा डोर्‍याउन सक्छ कि सक्दैन, बोलिएको सत्यताले सामान्य मानवताको वास्तविकताका आधारमा मागहरू गर्छ कि गर्दैन, यो सत्यता वास्तविक र व्यवहारिक छ कि छैन, र यो सबैभन्दा सामयिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र व्यावहारिक अनुभवहरूमा डोर्‍याउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्‌, तिनीहरूको समझ पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्‌, र तिनीहरूका भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छन्। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदयको प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्‍ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन आपूर्ति गर्न समर्थ छ कि छैन भन्‍ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग साँचो मार्ग हो भन्‍ने निष्कर्ष निकाल्न सकिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌)

जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले साँचो बाटोलाई खोजी गर्ने सिद्धान्तहरूलाई स्पष्ट रूपले उल्लेख गर्दछ। कुनै कुरा परमेश्‍वरको काम हो कि होइन अनि यो साँचो बाटो हो कि होइन भनी निर्धारण गर्दा, यसको कुञ्जी यसमा पवित्र आत्माको काम र सत्यताको अभिव्यक्ति समाविष्ट छ कि छैन, यसले मानिसहरूको जीवनको निम्ति भरणपोषण गर्न सक्छ कि सक्दैन अनि यस बाटोलाई स्वीकार गरिसकेपछि, मानिसहरूको मानवता र समझ झन् झन् सामान्य भएको छ कि छैन अनि तिनीहरूमा परमेश्‍वरको ज्ञान बढेको छ कि छैन भनी हेर्नु हो। यी नै कुनै बाटो साँचो हो कि झुटो भनी जोख्ने मापदण्डहरू हुन्। सर्वशक्तिमान् परमेश्‍वरको काम साँचो हो कि होइन भनी निर्धारण गर्दा, हामीले सर्वशक्तिमान् परमेश्‍वरका काम र वचनहरू पवित्र आत्माको काम हुन् कि होइनन् भनी हेर्नुपर्छ, अनि हामीले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यताको अभिव्यक्ति हुन् कि होइनन् अनि ती परमेश्‍वरको आवाज हुन् कि होइनन् भनी सुन्नुपर्छ। त्यस्तै प्रकारले, सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनेहरूले शैतानमाथि विजयी भएको गवाही बोकेका छन् कि छैनन्, तिनीहरूको जीवन स्वभावमा परिवर्तन आएको छ कि छैन, तिनीहरूले परमेश्‍वरको धर्मी स्वभावलाई जान्दछन् कि जान्दैनन् अनि तिनीहरूले परमेश्‍वरको डर र आज्ञा पालन गर्छन् कि गर्दैनन् भन्ने कुराले पनि सर्वशक्तिमान् परमेश्‍वरको काम साँचो बाटो हो कि होइन भनी हामीले निर्धारण गर्न सक्छौँ। यदि कति धेरै मानिसहरूले यसलाई स्वीकार गर्छन् भन्ने कुरालाई आधार मानेर कुनै बाटो साँचो हो कि होइन भनी मानिसहरूले निर्धारण गर्छन्, यदि तिनीहरूले भीडलाई अन्धो भएर पछ्याउँछन्, परमेश्‍वरको आवाजलाई सुन्ने कुरालाई ध्यान दिँदैनन् अनि आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको कामलाई अनुसन्धान र स्वीकार गर्न इन्कार गर्छन् भने, तिनीहरू अत्यन्तै मूर्ख र अज्ञानी हुन्। त्यस्ता मानिसहरूले प्रभु आउनुहुँदा अन्ततः उठाइलगिने आफ्नो अवसरलाई गुमाउनेछन् अनि महाविपद्हरूमा फ्याँकिनेछन् अनि हटाइनेछन्, यसरी बाइबलका यी वचनहरू पूरा हुनेछन्ः “ज्ञानको कमीका कारण मेरा मानिसहरू नष्ट पारिन्छन्(होशे ४:६) र “मूर्खहरू बुद्धिको अभावमा मर्छन्” (हितोपदेश १०:२१)

अघिल्लो:  १. तपाईं “पूर्वको ज्योति” नै साँचो बाटो हो भनी गवाही दिनुहुन्छ, तर चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक जगतका धेरैजसो पाष्टरहरू र एल्डरहरूले अहिले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्छन्, जुन कुराले “पूर्वको ज्योति” साँचो बाटो हुन सक्दैन भनी देखाउँछ। के यस बारेको हाम्रो बुझाइमा केही गल्ती छ?

अर्को:  ३. प्रभु येशूको काम नै साँचो बाटो हो भनी हामीले विश्‍वास गर्नुको कारण के हो भने, प्रभु येशूले हामीलाई छुटकारा दिन सक्नुहुन्छ र हाम्रा पापहरू क्षमा गर्न सक्नुहुन्छ। यसैले “पूर्वको ज्योति” साँचो बाटो हो भन्ने तपाईंको गवाहीको के प्रमाण छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger