३. प्रभु येशूको काम नै साँचो बाटो हो भनी हामीले विश्‍वास गर्नुको कारण के हो भने, प्रभु येशूले हामीलाई छुटकारा दिन सक्नुहुन्छ र हाम्रा पापहरू क्षमा गर्न सक्नुहुन्छ। यसैले “पूर्वको ज्योति” साँचो बाटो हो भन्ने तपाईंको गवाहीको के प्रमाण छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? तैँले यस मार्गमा पवित्र आत्माको काम छ कि छैन, यी शब्दहरू सत्यताका अभिव्यक्ति हुन्‌ कि होइनन्‌, कसको गवाही दिइँदै छ, र यसले तेरा लागि के ल्याउन सक्छ भन्ने कुरा हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सार भनेको परमेश्‍वरका आत्मामाथिको विश्‍वास हो, र जब देहधारी परमेश्‍वरमा विश्‍वास गर्छन्, त्यो पनि देह परमेश्‍वरको आत्माको मुर्तरूप भएकोले नै हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सार नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्‍ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता, जसरी यसलाई भनिन्छ, सामान्य मानवताको जीवन स्वभाव हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा ऊबाट जे माग गर्नुभएको थियो यो त्यही कुरा हो, जस्तो कि, (मानव समझ, अन्तर्दृष्टि, बुद्धि, र आफूलाई आचरणमा कसरी ढाल्ने भन्ने कुराको आधारभूत ज्ञान लगायत) सामान्य मानवताको सम्पूर्णता। अर्थात्‌, यस मार्गले मानिसहरूलाई सामान्य मानव जीवनमा डोर्‍याउन सक्छ कि सक्दैन, बोलिएको सत्यताले सामान्य मानवताको वास्तविकताका आधारमा मागहरू गर्छ कि गर्दैन, यो सत्यता वास्तविक र व्यवहारिक छ कि छैन, र यो सबैभन्दा सामयिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र व्यावहारिक अनुभवहरूमा डोर्‍याउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्‌, तिनीहरूको समझ पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्‌, र तिनीहरूका भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छन्। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदयको प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्‍ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन आपूर्ति गर्न समर्थ छ कि छैन भन्‍ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग साँचो मार्ग हो भन्‍ने निष्कर्ष निकाल्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्

यस्तो कुरालाई जाँच्न त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यता जान्नु माग गरिएको हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुन्छ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुन्छ। परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्‍वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्‍वरविरुद्धको विरोधी शक्ति हो भन्‍नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्‍वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्‍दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्‍त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र ऊ परमेश्‍वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरू सिंहासनबाट बग्‍ने जीवनको पानी नभई धमिलो पानी मात्रै प्राप्त गर्छन्, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्‍न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्‍वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्‍वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्‍ने परमेश्‍वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्‍याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्‍वरको कामका कदमहरू खोज्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्‍न तँलाई सहयोग गर्न सक्‍ने बुद्धिमत्ताका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्‍याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई चिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्‍न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अघिल्लो:  २. तपाईं सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्दैहुनुहुन्छ र आखिरी दिनहरूको न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। तपाईंले जे कुराको गवाही दिनुहुन्छ त्यो बाइबलसँग मिल्दो भए पनि हाम्रो मण्डलीका धेरै मानिसहरूले यसलाई स्वीकार गर्दैनन्। हामी विश्‍वास गर्छौं, साँचो बाटो हुनका निम्ति त्यसलाई धेरै मानिसले स्वीकार गरेको हुनुपर्छ, र थोरै मानिसले स्वीकार गरेको बाटो गलत हुन्छ। हामी प्रतीक्षा गर्नेछौं र हाम्रो मण्डलीका धेरै मानिसहरूले त्यसलाई स्वीकार गरेपछि मात्र हामी यसमा विश्‍वास गर्नेछौं।

अर्को:  १. आज, धार्मिक संसारका धेरै मानिसहरू पाष्टरहरूका प्रचारहरूमा कुनै प्रकाश छैन भन्‍ने महसुस गर्छन्। तिनीहरू विश्‍वासीहरूको विश्‍वास बिस्तारै घट्दै गएको, र मानिसहरू भौतिक सुखको मात्र कुरा गरेका र संसारका प्रवृत्तिहरूको पछि लागेका, र कसै-कसैले मण्डलीहरूमा व्यापार चलाएका देख्छन्। तिनीहरू आफ्नो मण्डली एउटा झूटो मण्डली हो भनी चिन्ता गर्छन्, र प्रभु आउनुहुँदा उहाँले तिनीहरूलाई त्याग्‍नुहुनेछ भनी डराउँछन्। तर त्यस्ता व्यक्तिहरू छन्, जसले तिनीहरूका मण्डली झूटा मण्डली हुन सक्दैन भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू बाइबल प्रतियोगिताहरू, पवित्र प्रभु-भोज, र विभिन्न चाडपर्वहरू जस्ता जीवन्त घटनाहरूको पालन गर्छन्। त्यसो भए हामीले कसरी झूटा मण्डलीहरूलाई पहिचान गर्नुपर्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger