१. प्रभुको पुनरागमन सम्बन्धी बाइबलका अगमवाणीहरू अहिले धेरै हदसम्म पूरा भइसकेका छन्, र प्रभु यहाँ पहिलेबाटै आइसक्नुभएको हुन सक्छ। हामी देख्छौं, सर्वशक्तिमान् परमेश्वरको मण्डलीले सार्वजनिक रूपले अनलाइनमा यो गवाही दिइरहेको छ, सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ, र साँच्चै प्रभुमा विश्वास गर्ने र परमेश्वर देखा पर्नुभएको घटनाको तृष्णा गर्ने मानिसहरू सबै धर्म र सम्प्रदायहरूबाट सर्वशक्तिमान् परमेश्वारकहाँ फर्केका छन्। सर्वशक्तिमान् परमेश्वर नै देखापर्नुभएको परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न हामी त्यो मात्रै जान्न चाहन्छौं।
सन्दर्भका लागि बाइबलका पदहरू:
“प्रारम्भमा मार्ग हुनुहुन्थ्यो, र मार्ग परमेश्वरसँग हुनुहुन्थ्यो, र मार्ग नै परमेश्वर हुनुहुन्थ्यो” (यूहन्ना १:१)।
“म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्ना १४:६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वर देखा पर्नुले उहाँ आफै व्यक्तिगत रूपमा उपस्थित भई उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई जनाउँछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँको आफ्नै अन्तर्निहित शैलीमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो देखापराइ चाहिँ एक प्रकारको समारोह भने होइन। यो कुनै चिन्ह, तस्वीर, अचम्मको काम वा कुनै किसिमको ठूलो दर्शन होइन; यो कुनै प्रकारको धार्मिक प्रक्रिया हुने त कुरै छौडौं। यो जो कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो देखापराइ चाहिँ झारा टार्नका लागि वा कुनै छोटो समयको कामका निम्ति होइन; बरु, यो त उहाँको व्यवस्थापन योजनाको कामको एउटा चरणको निम्ति हो। परमेश्वरको देखापराइ जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध राख्छ। यहाँ भनिएको “देखापराइ” त्यस्तो “देखापराइ” भन्दा पूर्ण रूपले भिन्न छ, जसमा परमेश्वरले मानिसलाई अगुवाइ गर्नुहुन्छ, मार्गदर्शन र अन्तर्दृष्टि दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य अरू कुनै युगको भन्दा भिन्न हुन्छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र उच्च रूप हो; अझ भन्ने हो भने, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्वरको देखापराइले यही कुरालाई नै जनाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसले सत्यता प्राप्त गर्दा पनि, तिनीहरू परमेश्वरका पदचापहरू भेट्टाएको विश्वास गर्दैनन्, तिनीहरू परमेश्वरको देखा पराइ त झनै स्वीकार गर्दैनन्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र अझ भन्ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न, परमेश्वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
म सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन अनन्त रूपमा जारी हुन्छ, जसले सबै राष्ट्र र सम्प्रदायलाई हल्लाइदिन्छ। मेरा वाणीहरूले नै सबै मानिसलाई आजको दिनसम्म अगुवाइ गरेका छन्। म सबै मानिसलाई मेरा वाणीहरूद्वारा विजय हासिल गरिने, यही प्रवाहमा पर्ने र मेरो सामु समर्पित तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा पुनः जारी गरेको छु। मेरो महिमा देख्ने तिर्सना कसलाई हुँदैन र? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुनः देखापराइको तृष्णा कसले गर्दैन र? मेरो प्रेमिलोपनको तिर्सना कसले गर्दैन र? ज्योतितर्फ कोचाहिँ आउँदैन र? कनानको सम्पन्नतालाई कसले हेर्दैन र? उद्धारकको पुनरागमनको तिर्सना कसले गर्दैन र? महाशक्ति भएको उहाँको कसले आदर गर्दैन र? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन् र म पहाड र नदीहरूलाई हल्लाउने शक्तिशाली मेघगर्जन जस्तै, मेरा चुनिएका मानिसहरूलाई अझ धेरै वचन भन्नेछुछु र बोल्नेछु। म मेरा वचनहरू सम्पूर्ण ब्रह्माण्ड र मानवजातिसँग बोल्छु। त्यसैले मेरो मुखका वचनहरू मानिसको खजाना बनेका छन्, र सबै मानिसले मेरा वचनहरूको कदर गर्छन्। बिजुली पूर्वबाट पश्चिमसम्मै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई छोड्न हिचकिचाउँछ, र ती मानिसका लागि अबोधगम्य पनि छन्, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्द महसुस गराउँछन्। नवजात शिशुहरूजस्तै, सबै मानिस खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूमार्फत, म सबै मानिसलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म औपचारिक रूपमा मानवजातिमाझ प्रवेश गर्नेछु, र तिनीहरू मलाई आराधना गर्न आउने तुल्याउनेछु। मैले जारी गर्ने महिमा र मेरो मुखका वचनहरूद्वारा, सबै मानिस मेरो सामु आउँछन्, र बिजुली पूर्वबाट चम्किन्छ, म पूर्वमा रहेको “जैतुनको डाँडा” मा पनि ओर्लेको छु, र धेरै अघि नै पृथ्वीमा आइसकेको छु, र म अब यहूदीहरूको पुत्र होइन, बरु पूर्वको बिजुली हुँ भन्ने देख्छन्। किनभने म धेरै अघि नै मृत्युबाट बौरी उठेको छु, र मानवजातिमाझबाट प्रस्थान गरेको छु, र त्यसपछि तिनीहरूको बीचमा महिमाका साथ पुनः देखा परेको छु। म त्यही हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि आराधना गरिन्थ्यो, र म त्यही शिशु पनि हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि इस्राएलीहरूले त्यागेका थिए। त्यसभन्दा पनि बढी, म वर्तमान युगको सर्व-महिमामय सर्वशक्तिमान् परमेश्वर हुँ! सबै जना मेरो सिंहासनसामु आऊन् र मेरो महिमामय मुहार देखून्, मेरा वाणीहरू सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो सम्पूर्ण अभिप्राय यही हो; यो मेरो योजनाको अन्त्य र चरमोत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य पनि हो: असङ्ख्य राष्ट्रले मेरो आराधना गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून्, र मेरा असङ्ख्य चुनिएका मानिस ममा समर्पित होऊन्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी
यसपालि, परमेश्वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तँ उहाँलाई अरूबाट फरक देखाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्वरका कामको वाहक, र मानिसले परमेश्वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्ने चाहना बिछट्टै राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्ने चाहना बिछट्टै राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्ने चाहना बिछट्टै राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू—कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन नसकेका रहस्यहरू—बताउनुहुनेछ र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ। यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्वरको हेरविचार बोध गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्वरको काम मानिसलाई पृथ्वीमा मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्ने तुल्याउनु हो, र परमेश्वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्वर मानिस झैँ देखिनुभए पनि, उहाँ एउटा नाक र दुई आँखा भएका परमेश्वर, र साधारण परमेश्वर हुनुभए पनि, अन्त्यमा, परमेश्वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीले ठूलो परिवर्तन भोग्नेथिए; यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र महामारीमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूका देहधारी परमेश्वर तिमीहरूलाई मुक्ति दिन नआउनुभएको भए, त्यसबेला परमेश्वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भए, सबै मानवजातिका लागि ठूलो विपत्तिबाट उम्कन असम्भव हुनेथियो, र त्यसका लागि आखिरी दिनहरूमा मानवजातिलाई परमेश्वरले दिने त्योभन्दा कठोर दण्डबाट उम्कन असम्भव हुनेथियो। यदि यो साधारण देह नजन्मिएको भए, तिमीहरू सबै यस्तो स्थितिमा हुनेथियौ, जहाँ तिमीहरू जीवनको भीख मागिरहेका हुनेथियौ तर जिउन सक्नेथिएनौ र मृत्युको भीख मागिरहेका हुनेथियौ तर मर्न सक्नेथिएनौ; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ, बरु, तिमीहरूका घोर पापहरूका कारणले तिमीहरू परमेश्वरद्वारा दण्डित हुनेथियौ। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिको मौका हुनेथिएन; र यदि यो देहको आगमन नभएको भए, परमेश्वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथियो? अतः, के तिमीहरूले अझै पनि परमेश्वरको दोस्रो देहधारणलाई इन्कार गर्नेछौ? यो साधारण व्यक्तिबाट तिमीहरूले यति ठूला फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्वरले मानिसको बीचमा महान् काम गर्नुभएको छ
परमेश्वरले विभिन्न विधि र धेरै दृष्टिकोण प्रयोग गर्दै हामीले के गर्नुपर्छ भनेर हामीलाई सचेत गराउन आफ्ना वाणीहरू बोलिरहनुहुन्छ, र साथसाथै आफ्नो हृदयको आवाज पनि व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूमा जीवनको शक्ति हुन्छ, तिनले हामीलाई हामीले पछ्याउनुपर्ने मार्ग प्रदान गर्छन्, र सत्यता भनेको ठ्याक्कै के हो भनी बोध गर्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूतर्फ आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोल्ने स्वर र शैलीमा ध्यान दिन थाल्छौँ, र अवचेतन रूपमा हामी अरूको नजरमा नपर्ने यस व्यक्तिको हृदयको आवाजलाई विशेष ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि पूर्ण रूपमा समर्पित भएर काम गर्नुहुन्छ, हाम्रा लागि भोक-निद्रा गुमाउनुहुन्छ, हाम्रा लागि रुनुहुन्छ, हाम्रा लागि सुस्केरा हाल्नुहुन्छ, र हाम्रा लागि बिरामी अवस्थामा विलाप गर्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिको खातिर अपमान सहनुहुन्छ; अनि हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत निकाल्छ। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हुँदैन, र कुनै पनि भ्रष्ट मानवले ती कुरा पाउन वा हासिल गर्न सक्दैन। उहाँसँग कुनै पनि साधारण व्यक्तिमा नहुने सहनशीलता र धैर्य छ, र उहाँको प्रेम त्यस्तो चिज हो जुन कुनै पनि सृजित प्राणीसँग हुँदैन। उहाँबाहेक अरू कसैले पनि हामीले सोचिरहेका सबै कुरा थाहा पाउन, वा हाम्रो प्रकृति र सारलाई आफ्नो हातको रेखा जतिकै थाहा पाउन, वा मानवजातिको विद्रोहीपन र भ्रष्टताको न्याय गर्न, वा स्वर्गमा हुनुहुने परमेश्वरको तर्फबाट हामीसँग यसरी बोल्न र हामीमा यसरी काम गर्न सक्दैन। उहाँबाहेक अरू कसैसँग पनि परमेश्वरको अख्तियार, बुद्धि, र इज्जत हुँदैन; परमेश्वरको स्वभाव साथै परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँमा पूर्ण रूपमा व्यक्त गरिन्छ। उहाँबाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र ज्योति दिलाउन सक्दैन। उहाँबाहेक अरू कसैले पनि सृष्टिदेखि आजसम्म परमेश्वरले प्रकट नगर्नुभएका रहस्यहरू खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धन र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँ परमेश्वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ परमेश्वरको हृदयको आवाज, परमेश्वरका अर्तीहरू, र सारा मानवजातिप्रति परमेश्वरका न्यायिक वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले एउटा नयाँ युग, एउटा नयाँ कालखण्डको सुरुवात गर्नुभएको छ, साथै नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम ल्याउनुभएको छ, उहाँले हामीलाई आशा ल्याइदिनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनको अन्त्य गर्नुभएको छ, साथै उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई पूर्ण रूपमा मुक्तितर्फको मार्ग हेर्न सम्भव तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई विजय गर्नुभएको छ र हाम्रो हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्माहरू पुनर्जीवित भएजस्ता देखिन्छन्: यो साधारण, नगण्य व्यक्ति, हामीमाझ जिउने र यति लामो समयदेखि हामीबाट अस्वीकृत हुनुभएको यो व्यक्ति—के यो हामीले विपना र सपना दुवैमा सम्झिरहने, र रातदिन चाह गर्ने प्रभु येशू हुनुहुन्न र? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ! उहाँ नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सम्भव तुल्याउनुभएको छ र हाम्रो हृदयलाई भौँतारिनबाट रोक्नुभएको छ। हामी परमेश्वरको घर फर्केका छौँ, हामी उहाँको सिंहासनसामु फर्केका छौँ, हामी उहाँसँग आमनेसामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले अगाडिको बाटो देखेका छौँ। यस समयमा, हाम्रो हृदय उहाँद्वारा पूर्ण रूपमा विजय गरिएको छ; अब हामी उहाँ को हुनुहुन्छ भनी शङ्का गर्दैनौँ, उहाँको काम र उहाँको वचनप्रति प्रतिरोधी महसुस गर्दैनौँ, र हामी उहाँसमक्ष लम्पसार पर्छौँ। हामी हाम्रो बाँकी जीवनभरि परमेश्वरका पदचापहरू पछ्याउने, उहाँद्वारा सिद्ध पारिने, उहाँको अनुग्रहको प्रतिदान गर्ने, उहाँले हामीलाई गर्नुभएको प्रेमको प्रतिदान गर्ने, उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुने, उहाँको कामसँग सहकार्य गर्ने, र उहाँले हामीलाई सुम्पनुभएको कुरा पूरा गर्न आफ्नो सक्ने सबथोक गर्नेभन्दा बढी अरू केही चाहँदैनौँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु
यदि मानिसहरू अनुग्रहको युगमै अड्किरहे भने, आफ्ना भ्रष्ट स्वभावहरूबाट कहिल्यै मुक्त हुनेछैनन्, झन् तिनीहरूले परमेश्वरको अन्तर्निहित स्वभावलाई चिन्नु त परको कुरा हो। यदि मानिसहरू सधैँ प्रशस्त अनुग्रहबीच जिउँछन् तर तिनीहरूसँग परमेश्वरलाई चिन्ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको मार्ग छैन भने, तिनीहरूले उहाँमाथि विश्वास गरेर उहाँलाई कहिल्यै साँचो रूपमा प्राप्त गर्नेछैनन्। यस प्रकारको विश्वास वास्तवमै दयनीय हो। जब तैँले यो पुस्तक पढिसकेको हुन्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्वरको कामको हरेक चरण अनुभव गरेको हुन्छस्, तब तँलाई धेरै वर्षदेखिका आफ्ना चाहनाहरू बल्ल साकार भएको महसुस हुनेछ। तँलाई अहिले आएर मात्रै आफूले परमेश्वरलाई साँच्चै आमनेसामने देखेको; अहिले आएर मात्रै आफूले उहाँको मुहार हेरेको, उहाँका व्यक्तिगत वाणीहरू सुनेको, उहाँको कामको बुद्धिको कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी साँच्चै महसुस गरेको अनुभूति हुनेछ। तँलाई विगतका मानिसहरूले कहिल्यै नदेखेका वा प्राप्त नगरेका धेरै कुरा आफूले प्राप्त गरेको महसुस हुनेछ। यसबेला, परमेश्वरमा विश्वास गर्नु भनेको के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो भन्ने कुरा तैँले स्पष्ट रूपमा जान्नेछस्। अवश्य नै, यदि तँ विगतका दृष्टिकोणहरूमा टाँसिन्छस् र परमेश्वरको दोस्रो देहधारणको तथ्यलाई अस्वीकार गर्छस् र स्विकार्दैनस् भने, तँ रित्तो हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस् र अन्ततः तँलाई परमेश्वरको विरोध गरेकामा दोषी ठहराइनेछ। सत्यताप्रति र परमेश्वरको कामप्रति समर्पित हुन सक्नेहरू दोस्रो देहधारी परमेश्वर—सर्वशक्तिमान्—को नामअन्तर्गत पर्ने स्वीकार गरिनेछन्। तिनीहरूले परमेश्वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न सक्नेछन् अनि अझ बढी र उच्च सत्यता, साथै वास्तविक मानव जीवन प्राप्त गर्नेछन्। तिनीहरूले विगतका मानिसहरूले पहिले कहिल्यै नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्वरको कामको अभिव्यक्ति पनि हो। सजाय र न्यायका प्रवाहहरूमा, मानिसको पुत्र वाणीहरूमार्फत आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ, जसले गर्दा उहाँको सजाय र न्याय स्वीकार गर्ने सबैले मानिसको पुत्रको साँचो मुहार देख्न पाउँछन्, जुन यूहन्नाले देखेको मानिसको पुत्रको मुहारको साँचो चित्रण हो। (अवश्य नै, राज्यको युगमा परमेश्वरको काम स्वीकार नगर्नेहरूका लागि यी सबै कुरा अदृश्य हुनेछन्।) मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा परमेश्वरको साँचो मुहारको स्पष्ट वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्वर मानिसलाई आफ्नो साँचो मुहार देखाउन आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्ने विधि प्रयोग गर्नुहुन्छ। भन्नुको मतलब मानिसको पुत्रको अन्तर्निहित स्वभावलाई बुझेका सबैले मानिसको पुत्रको साँचो मुहार देखेका छन्, किनभने परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा उहाँको स्पष्ट वर्णन गर्न सकिँदैन। मानिसले राज्यको युगमा परमेश्वरको कामको हरेक चरण अनुभव गरेपछि, यूहन्नाले सामदानहरूमाझ रहनुभएको मानिसको पुत्रका बारेमा बोल्दा भनेका वचनहरूको साँचो अर्थ उसले थाहा पाउनेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।” त्यतिबेला, यति धेरै कुरा भन्ने यो साधारण देह दोस्रो देहधारी परमेश्वर हुनुहुन्छ भन्ने कुरा नकार्न सकिँदैन भनेर तैँले निस्सन्देह थाहा पाउनेछस्। यसबाहेक, तैँले आफू कति आशिषित् छु भन्ने साँच्चै अनुभूति गर्नेछस् र आफू सबैभन्दा भाग्यमानी भएको महसुस गर्नेछस्। के तँ यो आशिष्को उत्तराधिकारी हुन इच्छुक छैनस् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना