२. अहिले विभिन्न धार्मिक सम्प्रदायहरू कर्तव्यनिष्ठा बनी धार्मिक समारोहहरू पालन गर्छन्, तर पाष्टरहरू केवल बाइबल र धर्मशास्त्रीय सिद्धान्तहरूबाट वचनहरू र वाक्यांशहरू प्रचार गर्नुमा केन्द्रित गर्छन्, र पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश बिलकुल हुँदैन। विश्‍वासीहरूको जीवनको निम्ति केही पनि प्रबन्ध गरिँदैन। तिनीहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन् तर सत्यताको बारेमा तिनीहरू अनभिज्ञ छन् र तिनीहरूले प्रभुका वचनहरू व्यवहारमा लागू गर्न सक्दैनन्। प्रभुमाथिको तिनीहरूको विश्‍वास धार्मिक विश्‍वास बाहेक अरू केही पनि हुँदैन। आजका मण्डलीहरू किन धर्ममा झरेका छन् सो मैले बुझेको छैन।

परमेश्वरका सान्दर्भिक वचनहरू:

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्‍माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नाम महिमित पार्ने र उहाँको वचन अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरू प्राप्त गर्नेछन्; उहाँविरुद्ध विद्रोह गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन् र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

“तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, म बलिदान होइन, कृपा लिनेछु, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” (मत्ती १२:६-८)। यहाँ “मन्दिर” शब्दले केलाई जनाउँछ? यसलाई सरल भाषामा भन्नुपर्दा, यसले एउटा भव्य, अग्लो भवनलाई सङ्केत गर्दछ, अनि व्यवस्थाको युगमा, मन्दिर पूजाहारीहरूले परमेश्‍वरलाई आराधना गर्ने एउटा ठाउँ थियो। जब प्रभु येशूले, “यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ” भन्नुभयो, तब “एक जना” ले कसलाई सङ्केत गर्‍यो? स्पष्ट रूपले, “एक जना” देहधारी प्रभु येशू हुनुहुन्थ्यो, किनकि केवल उहाँ मात्र मन्दिरभन्दा महान् हुनुहुन्थ्यो। ती वचनहरूले मानिसहरूलाई के बतायो? त्यसले मानिसहरूलाई मन्दिरबाट बाहिर निस्कन निर्देशन दियो—किनकि परमेश्‍वरले मन्दिरलाई छोडी सक्नुभएको थियो अनि उपरान्त त्यसमा काम गरिरहनुभएको थिएन, त्यसैले मानिसहरूले मन्दिरभन्दा बाहिर परमेश्‍वरका पाइलाहरू खोज्नुपर्छ अनि उहाँको नयाँ काममा उहाँका कदमहरूलाई पछ्याउनुपर्छ। जब प्रभु येशूले यो भन्नुभयो, उहाँका वचनहरू पछाडि एउटा आधार थियो, जुन के थियो भने, व्यवस्थाको अधीनमा, मानिसहरूले मन्दिरलाई स्‍वयम्‌ परमेश्‍वरभन्दा महान् छ भनी हेर्न थालेका थिए। यसको अर्थ, मानिसहरूले परमेश्‍वरको सट्टामा मन्दिरलाई आराधना गर्थे, त्यसैले प्रभु येशूले तिनीहरूलाई मूर्तिहरू पूजा नगर्नू, बरु परमेश्‍वरलाई आराधना गर्नू भनी चेतावनी दिनुभयो किनकि उहाँ सर्वोच्च हुनुहुन्छ। यसरी, उहाँले भन्नुभयो: “म बलिदान होइन, कृपा लिनेछु।” यो स्पष्ट छ कि प्रभु येशूको दृष्टिमा, व्यवस्थाको अधीनमा जिइरहेका अधिकांश मानिसहरूले यहोवाको आराधना गरिरहेका थिएनन्, तर विना कुनै रुचि बलिदानहरू मात्रै चढाइरहेका थिए, अनि यो मूर्तिपूजा सरह भएको प्रभु येशूले ठहर गर्नुभयो। यी मूर्तिपूजकहरूले मन्दिरलाई परमेश्‍वरभन्दा महान् र उच्च देखे। तिनीहरूको हृदयमा परमेश्‍वर नभई केवल मन्दिर मात्र थियो अनि यदि तिनीहरूले मन्दिर गुमाएका भए, तिनीहरूले आफ्नो वासस्थानलाई नै गुमाउने थिए। मन्दिरविना आराधना गर्नको निम्ति तिनीहरूसित कुनै ठाउँ थिएन अनि तिनीहरूले बलिदानहरूको काम गर्न सक्दैनथे। तिनीहरूको कथित “वासस्थान” यस्तो ठाउँ थियो जसलाई तिनीहरूले मन्दिरमा रहन र आफ्नै कामकाजहरू सम्पन्न गर्न यहोवा परमेश्‍वरलाई आराधना गर्ने झूटा बहानाको रूपमा प्रयोग गर्थे। तिनीहरूको कथित “बलिदान” मन्दिरमा सेवा गर्ने नाममा आफ्नै व्यक्तिगत लाजमर्दो कारोबारहरू सम्पन्न गर्ने कार्य मात्रै थियो। यही कारणले मानिसहरूले त्यो बेला परमेश्‍वरभन्दा मन्दिरलाई महान् देखे। प्रभु येशूले मानिसहरूको निम्ति चेतावनीको रूपमा यी वचनहरू बोल्नुभयो किनभने मानिसहरूलाई र परमेश्‍वरलाई धोका दिनको निम्ति तिनीहरूले मन्दिरलाई एउटा आवरणको रूपमा, अनि बलिदानहरूलाई एउटा लुक्ने ठाउँको रूपमा प्रयोग गरिरहेका थिए। यदि यी वचनहरूलाई तैँले वर्तमानमा प्रयोग गरिस् भने, ती अझै पनि उत्तिकै जायज र उत्तिकै सान्दर्भिक हुन्छन्। आजका मानिसहरूले व्यवस्थाको युगका मानिसहरूले भन्दा परमेश्‍वरको बेग्लै कामको अनुभव गरे तापनि, तिनीहरूको प्रकृति सार उही नै छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

यदि परमेश्‍वरमा विश्‍वास गर्ने कुनै व्यक्तिले सत्यतालाई प्रावधानहरूका रूपमा पालना गर्छ भने, के उसको विश्‍वास धार्मिक संस्कारमा संलग्न हुने कार्य नबन्ला र? (त्यस्तै बन्ला।) धार्मिक संस्कारहरूमा संलग्न हुनु वास्तवमै इसाई धर्मभन्दा केही फरक छैन—त्यसो गर्नेहरू केवल शिक्षण र सिद्धान्तमा अलि उच्च र अलि बढी प्रगति गरेका, अनि आफ्नो विश्‍वासमा अलि माथि र अलि उच्च स्तरमा हुन्छन्। त्यति नै हो। परमेश्‍वरप्रतिको विश्‍वास यदि धार्मिक विश्‍वास, धर्मशास्त्रको अध्ययन, र प्रावधानहरू वा संस्कारहरूका सङ्ग्रहमा परिणत हुन्छ भने, के त्यो इसाई धर्ममा परिणत भएको हुँदैन र? नयाँ र पुराना शिक्षणहरूबीच भिन्‍नता छ, तर यदि तैँले केवल सत्यतालाई धर्मसिद्धान्तका रूपमा बुझ्छस्, र तँलाई सत्यता अभ्यास गर्न आउँदैन, र परमेश्‍वरको काम अनुभव गर्न त झनै आउँदैन भने—अनि यदि तैँले जति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, जतिसुकै धेरै कठिनाइहरू भोगे पनि, तँसित जतिसुकै धेरै असल व्यवहारहरू भए पनि, तँमा जे छ त्यो सत्यताको साँचो बुझाइ होइन भने, र तैँले सत्यता प्राप्त गरेको वा सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस् भने—के तेरो विश्‍वासको त्यो शैली इसाई धर्मको शैली होइन र? के त्यो इसाई धर्मको सार होइन र? (हो।) त्यसोभए, तिमीहरूका कार्यहरू र कर्तव्य निर्वाहमा केकस्ता विचार वा स्थितिहरू छन् जुन इसाई जगतका मानिसहरूका जस्तै, वा तिनीहरूका समान छन्? (हामी प्रावधानहरू पालना गर्छौँ र आफूलाई शब्दहरू र धर्मसिद्धान्तहरूले सुसज्जित पार्छौँ।) प्रावधानहरूको पालना, शब्दहरू र धर्मसिद्धान्तहरूको प्रवचन दिने, र सत्यतालाई शब्दहरू र धर्मसिद्धान्तहरूको रूपमा लिने—अरू केही? (हामी काम गर्नमा ध्यान दिन्छौँ, जीवन प्रवेशमा दिँदैनौँ।) तिमीहरू श्रम खर्चनमा मात्रै ध्यान दिन्छौ, जीवन प्राप्त गर्ने वा सत्यता वास्तविकतामा प्रवेश गर्ने कुरामा ध्यान दिँदैनौ—अरू केही? (हामी आत्मिकता र असल व्यवहारको बाह्य स्वरूपमा मात्र ध्यान दिन्छौँ।) अहिले तिमीहरूले केही कुराहरू भनेका छौ, म त्यसको सारांश भन्‍नेछु: असल व्यवहारको बाह्य स्वरूपको पछि लाग्नु, र आत्मिकताको खोलले आफूलाई बेर्न भरपूर कोसिस गर्नु, अनि मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूमा सही ठानेका, अर्थात मानिसहरूले प्राय अनुमोदन गर्ने कामहरू गर्नु—यो झूटो आत्मिकता पछ्याउनु हो। त्यस्तो व्यक्ति पाखण्डी हो जो शब्दहरू र धर्मसिद्धान्तहरूको प्रवचन दिन आफ्नो मञ्चमा उभिन्छ, जसले अरूलाई राम्रा कामकुरा गर्न र असल मानिस हुन सिकाउँछ, र जो आत्मिक व्यक्तिको ढोँग गर्छ। तर आत्म-आचरणमा र मामलाहरू सम्हाल्ने विषयमा, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरू कहिल्यै सत्यता खोज्दैनन्, बरु शैतानी स्वभाव बोकेर जिउँछन्। आफूलाई जेसुकै आइपरे पनि, तिनीहरू परमेश्‍वरलाई पन्छाउँदै आफ्नै इच्छाअनुसार चल्छन्। तिनीहरू कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनन्; तिनीहरू बस प्रावधानहरू पालना गर्छन्। तिनीहरू सत्यता बिलकुलै बुझ्दैनन्, न त परमेश्‍वरका अभिप्रायहरू नै बुझ्छन्, न त परमेश्‍वरले मान्छेबाट माग गर्नुभएका मानकहरू, वा मान्छेलाई मुक्ति दिएर उहाँले के हासिल गर्नुहुनेछ भन्‍ने कुरा नै बुझ्छन्। तिनीहरूले गम्भीरतासाथ सत्यताका यी विवरणहरूलाई कहिल्यै ध्यान दिने वा तीबारे सोधखोज गर्ने गर्दैनन्। मान्छेका यी सबै भनाइ र व्यवहारहरूले पाखण्डका कुराहरू मात्र खुलासा गर्छन्। यस्ता मानिसहरूको हृदयको साँचो स्थिति साथसाथै तिनीहरूको बाहिरी व्यवहार हेरेपछि यो निश्‍चित हुन्छ कि तिनीहरूमा सत्यता वास्तविकतासम्बन्धी कुनै पनि कुरा पनि छैन, र खासमा तिनीहरू पाखण्डी फरिसीहरू हुन्, र तिनीहरू अविश्‍वासीहरू हुन्। यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ तर सत्यता पछ्याउँदैन भने, के उसको विश्‍वास साँचो हो? (होइन।) यदि कुनै व्यक्तिले जतिसुकै धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, उसले सत्यता बिलकुलै स्वीकार गर्दैन भने, के त्यो व्यक्ति परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने अवस्थामा पुग्‍न सक्छ? (सक्दैन।) उसले त्यस्तो अवस्था हासिल गर्न सक्दैन। त्यसोभए, त्यस्ता मानिसहरूको व्यवहार कस्तो प्रकृतिको हुन्छ? तिनीहरूले कस्तो बाटो हिँड्न सक्छन्? (फरिसीहरूको बाटो।) तिनीहरूले कुन कुराले आफूलाई सुसज्जित गर्दै दिनहरू बिताउँछन्? के त्यो शब्दहरू र धर्मसिद्धान्तहरूले होइन र? तिनीहरूले आफैलाई अझ बढी फरिसीहरूजस्तो बनाउन, अझ बढी आत्मिक बनाउन, र अझ बढी परमेश्‍वरलाई सेवा गर्ने व्यक्तिहरूजस्तो बनाउन आफूलाई शब्दहरू र धर्मसिद्धान्तहरूद्वारा सुसज्जित र आभूषित गर्दै दिनहरू बिताउँछन्—यी सबै कार्यहरूको प्रकृति के हो? के यो परमेश्‍वरको आराधना गर्नु हो? के यो परमेश्‍वरमाथिको सच्‍चा विश्‍वास हो? (होइन, यो सच्‍चा विश्‍वास होइन।) त्यसो भए, तिनीहरूले के गरिरहेका छन्? तिनीहरू परमेश्‍वरलाई धोका दिइरहेका छन्; तिनीहरू केवल प्रक्रियागत चरणहरू पूरा गरिरहेका छन्। तिनीहरूले आशिषित हुने आफ्‍नो लक्ष्य पूरा गर्न विश्‍वासको झण्डा हल्लाइरहेका छन् र धार्मिक रीतिरिवाजको काम गर्दै परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेका छन्। यी मानिसहरूले परमेश्‍वरलाई आराधना गर्दै गर्दैनन्। अन्त्यमा, यस्ता समूहका मानिसहरू अन्ततः प्रार्थनालयभित्रका परमेश्‍वरको तथाकथित सेवा गर्ने र परमेश्‍वरलाई तथाकथित विश्‍वास गर्ने र पछ्याउनेहरूजस्तै हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

व्यवस्थाको युगका ती यहूदी फरिसी, मुख्य पुजारी, र शास्त्रीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्थे, तर तिनीहरूले उहाँको मार्गलाई पिठ्यूँ फर्काए, र देहधारी परमेश्‍वरलाई क्रूसमा समेत टाँगे। त्यसोभए, के तिनीहरूको विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त गरेको हुन सक्थ्यो र? (अहँ।) परमेश्‍वरले तिनीहरूलाई एउटा धार्मिक समूहका रूपमा चित्रण गरिसक्नुभएको थियो। येशूमा विश्‍वास गर्नेहरूका हकमा भन्नुपर्दा, परमेश्‍वर तिनीहरूलाई पनि उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानिसका रूपमा स्विकार्नुहुन्न। तिनीहरू पनि स्वर्गमा हुनुहुने परमेश्‍वरमा, अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छन्, र तिनीहरू पनि एउटा धार्मिक समूह बराबर हुन्; परमेश्‍वर तिनीहरूलाई उहाँको मण्डलीका सदस्यका रूपमा स्वीकार गर्नुहुन्न। परमेश्‍वर किन धर्मको संसारलाई यसरी दोषी ठहराउनुहुन्छ? किनभने धार्मिक समूहका सबै सदस्य, विशेष गरी विभिन्न सम्प्रदायका उच्च-स्तरीय अगुवाहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, तिनीहरू परमेश्‍वरको इच्छा पछ्याउँदैनन्, र तिनीहरू सबै अविश्‍वासी हुन्। तिनीहरू परमेश्‍वरको देहधारणमा विश्‍वास गर्दैनन्, तिनीहरूले सत्यता स्वीकार गर्नु त झनै परको कुरा हो। तिनीहरू आखिरी दिनहरूमा परमेश्‍वरको काम कहिल्यै खोज्दैनन्, न त तिनीहरू परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको खोजीनीति गर्ने वा तिनलाई स्विकार्ने नै गर्छन्, र तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको देहधारणको कामलाई सिधै दोषी ठहराउन र ईश्‍वरनिन्दा गर्न पनि सक्छन्। यसमा प्रस्टसित के देखिन्छ भने, तिनीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्लान्, तर परमेश्‍वर तिनीहरूलाई आफ्ना विश्‍वासीका रूपमा स्विकार्नुहुन्‍न; उहाँ तिनीहरूलाई दुष्कर्मी, तिनीहरूले गर्ने कुनै कुरा उहाँको मुक्तिको कामसँग अलिकति पनि सम्बन्धित छैन, तिनीहरू गैरविश्‍वासीहरू हुन् जो उहाँका वचनहरूभन्दा बाहिर छन् भनेर भन्‍नुहुन्छ। यदि, परमेश्‍वरमाथिको विश्‍वासमा, तिमीहरू बाहिरी रूपमा मात्र असल व्यवहारहरू देखाउने पछ्याइमा लाग्छौ, र तिमीहरू कुनै पनि मामलामा कहिल्यै सत्यता खोज्दैनौ बरु उल्टै मानिसहरूको कुरा मान्छौ र सुन्छौ भने, के तिमीहरू पनि धर्मका अनुयायी बन्‍ने दिन आउनेछैन र? धर्मभित्र रहेर परमेश्‍वरमा विश्‍वास गर्दा मुक्ति पाउन सकिँदैन—खासमा यस्तो किन हुन्छ? यदि तिमीहरू यो कुरा छर्लङ्गै देख्न सक्दैनौ भने, यसले तिमीहरू सत्यता वा परमेश्‍वरका अभिप्रायहरू पटक्कै बुझ्दैनौ भन्‍ने देखाउँछ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई हुन सक्ने सबैभन्दा दुःखद कुरा भनेको तिनीहरू कुनै धार्मिक समूहमा पतन हुनु र परमेश्‍वरद्वारा हटाइनु हो। यो मान्छेले कल्पना गर्नै नसक्ने कुरा हो, र सत्यता नबुझ्नेहरूले यस मामिलालाई स्पष्ट रूपमा कहिल्यै देख्न सक्दैनन्। ल भन त, मण्डलीको स्थापनाकालदेखि धेरै वर्षको दौरान जब परमेश्‍वरका नजरमा त्यो बिस्तारै धर्ममा परिणत भएको हुन्छ र कुनै सम्प्रदाय बनेको हुन्छ, तब के त्यसका मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र हुन्छन्? के तिनीहरू उहाँको घरका सदस्य हुन्छन्? (हुँदैनन्।) तिनीहरू हुँदैनन्। साँचो परमेश्‍वरमा नामको मात्र विश्‍वास गर्ने, तर उहाँद्वारा धर्मका विश्‍वासी ठानिएका यी मानिसहरू हिँड्ने मार्ग कुन हो? तिनीहरू हिँड्ने मार्ग त्यो हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको खोल ओढ्छन् तर उहाँको मार्ग कहिल्यै पछ्याउँदैनन्; त्यो त्यस्तो मार्ग हो जहाँ तिनीहरू उहाँमा विश्‍वास गर्छन् तर कहिल्यै उहाँको आराधना गर्दैनन्, र उहाँलाई त्याग्नेसम्म पुग्छन्; त्यो यस्तो मार्ग हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन् तर उहाँको प्रतिरोध गर्छन्। सिद्धान्ततः तिनीहरू परमेश्‍वरको नाममा, साँचो परमेश्‍वरमा विश्‍वास गर्छन्, तर वास्तवमा, तिनीहरू शैतान र दियाबलसहरूको आराधना गर्छन्, मानव उद्यमहरूमा संलग्न हुन्छन्, र स्वतन्त्र मानव राज्यहरू स्थापना गर्छन्। तिनीहरू हिँड्ने मार्ग त्यही हो। परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले हिँड्ने मार्गलाई हेर्दा के प्रस्ट हुन्छ भने, तिनीहरू अविश्‍वासीहरूको झुन्ड, ख्रीष्टविरोधीहरूको गिरोह, किटेरै परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको काममा अवरोध गर्ने शैतान र दियाबलसहरूका समूह हुन्। धर्मको संसारको सार यही हो। के मानिसहरूको यस्तो कुनै समूहको मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनासँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्‍वरका विश्‍वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्‍वासलाई परमेश्‍वरले कुनै धार्मिक समूहको विश्‍वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्‍वरको काम र मुक्तिका निसाना होइनन्। परमेश्‍वरले यो निर्धारण गरिसक्‍नुभएको हुन्छ, र यी मानिसहरूलाई मुक्ति दिन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्‍वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति बिल्कुलै समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्छ, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, मानिसहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान र दियाबलसहरू हुन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन्, तर खासमा, तिनीहरू मान्छेको चालबाजीमा पर्दै छन्, मानवका योजना र प्रभुत्वका नियन्त्रणमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्‍नुपर्दा, तिनीहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान, र दियाबलसहरू, अनि परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, र परमेश्‍वरका शत्रुहरू हुन्। के परमेश्‍वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? तिनीहरू पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको नाममा मानव कार्य र उद्यमहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, अनि तिनीहरूको अन्तिम परिणाम भनेको तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत हुनेछन्। परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ, र तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्; तिनीहरू शैतानद्वारा खोसेर लगिएका हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई त्यसकै हातमा सुम्पनुहुन्छ। के परमेश्‍वरप्रतिको विश्‍वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा त्यो विश्‍वास कति वर्षदेखिको हो भन्‍नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्‍ने अनुष्ठान वा पालना गर्ने प्रावधानहरूमा भर पर्छ? के परमेश्‍वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्‍वरले मानिसहरूको कुनै समूह छान्‍नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। परमेश्‍वरले मान्छेलाई अहिले जति धेरै सत्यता अनुग्रहका युगमा भन्‍नुभएको थिएन, र ती निर्दिष्ट थिएनन्, तैपनि उहाँले मान्छेलाई सिद्ध पार्न सक्नुभयो, अनि त्यतिबेला मुक्ति दिन सकिने मानिसहरू पनि थिए। त्यसोभए, यदि हालको युगका अत्यन्तै धेरै सत्यता सुनेका र परमेश्‍वरका अभिप्रायहरू बुझ्ने मानिसहरू उहाँको मार्ग पछ्याउन वा मुक्तिका मार्गमा हिँड्न सक्दैनन् भने, अन्त्यमा तिनीहरूको परिणाम के हुनेछ? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्मका विश्‍वासीहरूको जस्तै हुनेछ—उनीहरूले जस्तै तिनीहरूलाई पनि मुक्ति दिन सकिनेछैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो। तैँले कतिवटा प्रवचन सुनेको छस् वा कतिवटा सत्यता बुझेको छस् भन्ने कुराले फरक पार्दैन; यदि तँ अझै पनि मानिसको बहकाउमा पर्न सक्छस्—मानिस र शैतानलाई पछ्याउँछस्—र अन्त्यमा परमेश्‍वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्न नै सक्छस् भने, यस्तो व्यक्ति परमेश्‍वरद्वारा तिरस्कृत हुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्न नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्‍वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै धार्मिक समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्‍वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

अघिल्लो:  १. आज, धार्मिक संसारका धेरै मानिसहरू पाष्टरहरूका प्रचारहरूमा कुनै प्रकाश छैन भन्‍ने महसुस गर्छन्। तिनीहरू विश्‍वासीहरूको विश्‍वास बिस्तारै घट्दै गएको, र मानिसहरू भौतिक सुखको मात्र कुरा गरेका र संसारका प्रवृत्तिहरूको पछि लागेका, र कसै-कसैले मण्डलीहरूमा व्यापार चलाएका देख्छन्। तिनीहरू आफ्नो मण्डली एउटा झूटो मण्डली हो भनी चिन्ता गर्छन्, र प्रभु आउनुहुँदा उहाँले तिनीहरूलाई त्याग्‍नुहुनेछ भनी डराउँछन्। तर त्यस्ता व्यक्तिहरू छन्, जसले तिनीहरूका मण्डली झूटा मण्डली हुन सक्दैन भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू बाइबल प्रतियोगिताहरू, पवित्र प्रभु-भोज, र विभिन्न चाडपर्वहरू जस्ता जीवन्त घटनाहरूको पालन गर्छन्। त्यसो भए हामीले कसरी झूटा मण्डलीहरूलाई पहिचान गर्नुपर्छ?

अर्को:  १. प्रभुको पुनरागमन सम्बन्धी बाइबलका अगमवाणीहरू अहिले धेरै हदसम्म पूरा भइसकेका छन्, र प्रभु यहाँ पहिलेबाटै आइसक्नुभएको हुन सक्छ। हामी देख्छौं, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले सार्वजनिक रूपले अनलाइनमा यो गवाही दिइरहेको छ, सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ, र साँच्चै प्रभुमा विश्‍वास गर्ने र परमेश्‍वर देखा पर्नुभएको घटनाको तृष्णा गर्ने मानिसहरू सबै धर्म र सम्प्रदायहरूबाट सर्वशक्तिमान् परमेश्‍वारकहाँ फर्केका छन्। सर्वशक्तिमान् परमेश्‍वर नै देखापर्नुभएको परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न हामी त्यो मात्रै जान्‍न चाहन्छौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger