३. धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले मण्डलीहरूमा परमेश्वरको सेवा गर्छन्। तिनीहरू प्रभुको पुनरागमनको प्रतीक्षा गर्ने कार्यमा जागा र सावधान हुनु पर्ने हो। यसैले किन तिनीहरू सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामको खोजी वा अनुसन्धान गर्ने कुनै कोसिस गर्दैनन्, बरु अफवाह फैलाउँछन्, दोष लाउँछन् र सर्वशक्तिमान् परमेश्वरको निन्दा गर्छन्, र विश्वासीहरूलाई धोका दिने र तिनीहरूलाई साँचो बाटोको अनुसन्धान गर्नुबाट रोक्ने कोसिस गर्छन्?
सन्दर्भका लागि बाइबलका पदहरू:
“तब मुख्य पुजारीहरू र फरिसीहरू सभामा भेला भए, र भने हामी के गरौँ? किनकि यो मानिसले धेरै आश्चर्यकर्महरू गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र देश दुवैलाई लैजानेछन्। … तब त्यस दिनदेखि उहाँलाई मार्न तिनीहरू एकमत भए” (यूहन्ना ११:४७-४८, ५३)।
“यसैबाट परमेश्वरका आत्मालाई तिमीहरूले चिन्छौ: येशू ख्रीष्ट देहमा आउनुभएको छ भनेर स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो। अनि येशू ख्रीष्ट देहमा आउनुभएको छ भनेर स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन: र यो ख्रीष्टविरोधीको आत्मा हो, जुन आउनुपर्छ भनेर तिमीहरूले सुनेका छौ; र यो अहिले पनि संसारमा आइसकेको छ” (१ यूहन्ना ४:२-३)।
“किनकि धेरै बहकाउने मानिसहरू संसारमा प्रवेश गरेका छन्, जसले येशू ख्रीष्ट देहमा आउनुभएको हो भन्ने स्वीकार गर्दैनन्। बहकाउने व्यक्ति र ख्रीष्ट विरोधी यही हो” (२ यूहन्ना १:७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना “परमेश्वर” लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्वरको ध्वजा बोके तापनि जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्वरमा विश्वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ शारीरिक गठन” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
यदि तैँले वर्षौंदेखि परमेश्वरमाथि विश्वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा कहिल्यै समर्पित हुनेबारे मनस्थिति अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूसामु आफूलाई सबैभन्दा उच्च ठान्छन् र कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पारिवारिक विरासत हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचारलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षौँवर्ष, पुस्तौँपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लङ्घनीय” कर्तव्यलाई जोसका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
परमेश्वर देहधारी भइनसक्नुभएको समयमा, मानिसले उहाँको प्रतिरोध गऱ्यो कि गरेन भन्ने कुराको मापन उसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्वरलाई आराधना गऱ्यो कि गरेन र उच्च मानेर हेऱ्यो कि हेरेन भन्ने कुरामा आधारित हुन्थ्यो। त्यस समयमा परमेश्वरविरुद्धको प्रतिरोधलाई परिभाषित गर्ने तरिका त्यति व्यावहारिक थिएन, किनकि मानिसले परमेश्वरलाई देख्न सक्दैनथियो, न त परमेश्वरको स्वरूप ठ्याक्कै कस्तो छ, वा उहाँले ठ्याक्कै कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्ने नै उसलाई थाहा थियो। परमेश्वरबारे मानिसमा कहीँ-कतै कुनै धारणा थिएनन्, र उसले अस्पष्ट रूपले परमेश्वरमा विश्वास गर्थ्यो, किनकि परमेश्वर मानिससामु प्रकट भइसक्नुभएको थिएन। तसर्थ, मानिसले आफ्नो कल्पनामा परमेश्वरमा जसरी विश्वास गरे पनि, उहाँले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अत्यन्तै उच्च मागहरू गर्नुभएन, किनकि मानिस परमेश्वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्वर देहधारी बन्नुहुन्छ र मानिसहरूमाझ काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र देहमा हुनुहुने परमेश्वरका कार्यहरू सबैले देख्छन्। त्यस क्षणमा, मानिसका सबै धारणा फिँज बन्छन्। परमेश्वर देहमा देखा पर्नुभएको देख्नेहरू जानीजानी उहाँमा समर्पित हुन्छन् भने, उनीहरूको निन्दा गरिनेछैन, जबकि उद्देश्य बोकेर उहाँको प्रतिरोध गर्नेहरू परमेश्वरका प्रतिरोधी ठानिनेछन्। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्वरको प्रतिरोध गर्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
के मानिसहरूले परमेश्वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा तिरस्कृत मानिसहरू होइनन्, र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्वरको सामु आएर खुल्लमखुल्ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्वर सम्बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्वरको आजको काम सम्बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्वर स्वयम्को ईश्वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्वरमा विश्वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
मानिसले एउटै प्रकारको काम, वा एउटै तरिकाको अभ्यासलाई मात्रै स्वीकार गर्न सक्छ, र तीभन्दा विपरीत, वा तीभन्दा उच्च कार्य, वा अभ्यासको तरिकालाई स्वीकार गर्न मानिसको लागि कठिन हुन्छ। तर पवित्र आत्माले सधैँ नयाँ काम गरिरहनुभएको छ, त्यसकारण परमेश्वरको नयाँ कामलाई विरोध गर्नको लागि धार्मिक विशेषज्ञहरूको एकपछि अर्को समूह देखा पर्छन्। मानिससँग कसरी परमेश्वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न त्यसको बारेमा ज्ञान हुँदैन, र परमेश्वरको कार्यका सिद्धान्तहरूको ज्ञान हुँदैन, यसको साथै परमेश्वरले मानिसलाई मुक्ति दिने विभिन्न तरिकाको ज्ञान हुँदैन, ठीक यही कारणले गर्दा नै यी मानिसहरू विशेषज्ञ बनेका छन्। यसैले, यो पवित्र आत्माबाट आउने काम हो कि होइन, र यो परमेश्वर स्वयम्बाट आउने काम हो कि होइन सो कुरा बताउन मानिस पूर्ण रूपमा असमर्थ छ। कतिपय मानिसहरूले यस्तो मनोवृत्तिलाई पक्रिरहन्छन् कि यदि कुनै कुरा पहिले आएका वचनहरूसँग मिल्छन् भने त्यसलाई तिनीहरू स्वीकार गर्छन्, र पहिलेको कामसँग त्यसका केही भिन्नताहरू छन् भने, त्यसलाई तिनीहरू विरोध गर्छन् र त्यसलाई इन्कार गर्छन्। आज, के तिमीहरू सबै त्यस्ता सिद्धान्तहरू अनुसार चल्दैनौ र? … यो जान, कि तिमीहरू परमेश्वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्नको लागि तिमीहरूका आफ्नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्वरमाथिको आफ्नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्चयताको साथ भन्न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्वरको कामको बारेमा थाहा छैन, बरु तिनीहरू उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्वरलाई चिन्न सक्छन् र? खोजी र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्वरलाई चिन्न पुग्छ; परमेश्वरको ज्ञान मानिसले मनमानी मूल्याङ्कनहरू गर्ने क्रममा पवित्र आत्माको अन्तर्दृष्टिमार्फत प्राप्त हुँदैन। परमेश्वरसम्बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्वरसँग मिल्ने बन्नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो