१. चिनियाँ संविधानले स्पष्ट रूपमा धार्मिक विश्‍वासको स्वतन्त्रता तोकेको छ। परमेश्‍वरमा विश्‍वास गर्नु एउटा अपरिवर्तनीय सिद्धान्त हो, यो तार्किक र कानुन अनुरूप छ। त्यसोभए चिनियाँ कम्युनिस्ट पार्टीले किन चिनियाँ जनतालाई विश्‍वास गर्ने स्वतन्त्रताको अधिकारबाट वञ्चित गर्दै धार्मिक विश्‍वासलाई आक्रमण, दमन र नष्ट गर्ने प्रयास गर्दछ? यसले किन क्रान्तिकारी साधनहरू प्रयोग गर्दै इसाईहरूलाई दमन गर्दै, सताउँदै, र मृत्यु हुनेसम्मको यातना दिँदै तिनीहरूसित घोर अपराधीसँग जस्तो व्यवहार गर्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“सारा संसार दुष्टतामा छ” (१ यूहन्‍ना ५:१९)।

“यो दुष्ट पुस्ता हो” (लूका ११:२९)।

“ठूलो अजिङ्गरलाई बाहिर फालियो, त्यस दियाबलस र शैतान भनिने त्यो प्राचीन सर्पलाई, जसले सारा संसारलाई छल्छ” (प्रकाश १२:९)।

“यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूलाई घृणा गर्नु अगाडि त्यसले मलाई घृणा गर्‍यो भन्‍ने तिमीहरूलाई थाहा छ” (यूहन्‍ना १५:१८)।

“अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए। किनभने दुष्ट कार्य गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, न त त्यो ज्योतिमा आउँछ, नत्रता त्यसका कार्यहरूको निन्दा गरिन्छ” (यूहन्‍ना ३:१९-२०)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

ठूलो रातो अजिङ्गरका प्रकटीकरणहरू मप्रतिको विरोध हुन्, मेरा वचनहरूको अर्थको ज्ञान र समझको कमी हुन्, मलाई गरिएको बारम्बारको सतावट र मेरो व्यवस्थापनमा अवरोध पुर्‍याउने योजनाहरू प्रयोग गर्ने प्रयास हुन्। शैतान यसरी प्रकट हुन्छ: शक्तिको लागि मसँग सङ्घर्ष गर्ने, मेरा चुनिएका मानिसहरूलाई लिन चाहने, र मेरा मानिसहरूलाई बहकाउन नकरात्मक वचनहरू जारी गर्ने। दियाबलसहरूका प्रकटीकरणहरू (मेरो नामलाई स्वीकार नगर्ने, विश्‍वास नगर्ने सबै दियाबलसहरू हुन्) यसप्रकार छन्: देहको सुख-चैनको लालच गर्ने, दुष्ट अभिलाषाहरूमा लिप्त हुने, शैतानको बन्धनमा जिउने, केहीले मलाई विरोध गर्छन् र केहीले मलाई समर्थन गर्छन् (तर तिनीहरू मेरा प्रिय पुत्रहरू हुन् भन्‍ने प्रमाणित हुँदैन)। प्रधान स्‍वर्गदूतका प्रकटीकरणहरू यसप्रकार छन्: अटेरी भई बोल्‍ने, अधर्मी बन्‍ने, मानिसहरूलाई भाषण दिन प्रायजसो मेरो स्वरशैलीको अनुकरण गर्ने, मेरो अनुकरण गर्दा बाहिरी कुरामा मात्रै ध्यान दिने, मैले जे खान्छु त्यही खाने र मैले जे प्रयोग गर्छु त्यही प्रयोग गर्ने; छोटकरीमा भन्दा, मेरै स्तरको बन्‍न चाहना गर्ने, महत्त्वाकांक्षी बन्‍ने तर मेरो क्षमताको कमी भएको र मेरो जीवन नभएको, र खेर गएको कुरा बन्‍ने। शैतान, दियाबलसहरू, र प्रधान स्‍वर्गदूत सबै ठूलो रातो अजिङ्गरलाई प्रतिनिधित्व गर्ने प्रदर्शनहरू हुन्, त्यसकारण मैले पूर्वनियुक्ति नगरेका र नचुनेका मानिसहरू सबै ठूलो रातो अजिङ्गरका सन्तान हुन्: यो पूर्णतया यस्तै हो! यी सबै मेरा शत्रुहरू हुन्। (तैपनि, शैतानका बाधाहरूलाई यसमा समावेश गरिएको छैन। यदि तेरो प्रकृति मेरो क्षमता जस्तो छ भने, कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। अहिले तँ अझै पनि देहमा जिउने भएको हुनाले, तैँले बेला-बेलामा शैतानका परीक्षाहरूको सामना गर्नेछस्—त्यो अपरिहार्य छ—तर तँ सधैँ होशियार रहनुपर्छ।) त्यसकारण, म ठूलो रातो अजिङ्गरका सबै सन्तानलाई मेरा ज्येष्ठ पुत्रहरूको समूहभन्दा बाहिर निकालेर त्याग्‍नेछु। तिनीहरूको प्रकृति कहिल्यै परिवर्तन हुन सक्दैन—यो शैतानको क्षमता हो। तिनीहरूले प्रकट गर्ने दियाबलसहरूलाई नै हो, र तिनीहरूले जिउने प्रधान स्‍वर्गदूतको जीवन हो। यो पूर्ण रूपमा साँचो कुरा हो। मैले कुरा गरेको त्यो ठूलो रातो अजिङ्गर एउटा ठूलो रातो अजिङ्गर होइन; बरु यो मेरो विरुद्धको दुष्टात्मा हो, जसको लागि “ठूलो रातो अजिङ्गर” एक पर्यायवाची शब्‍द हो। यसैले, पवित्र आत्मा बाहेकका अरू सबै आत्माहरू दुष्टात्माहरू हुन्, र तिनलाई ठूलो रातो अजिङ्गरको सन्तान पनि भन्न सकिन्छ। यो कुरा सबैले स्पष्ट रूपमा बुझ्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९६

हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै,[१] क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जब यसले अझै पनि भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने दियाबलसका राजाले एउटा यस्तो परमेश्‍वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्‍वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई बहकाएर अचेत बनाउँछन्। के प्राचीन सन्तका उत्तराधिकारीहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्‍वरको विरोध गर्ने नीच मानिस हुन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्‍म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

फूटनोटहरू:

१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।

२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।


प्राचीन संस्कृतिको ज्ञानले मानिसलाई परमेश्‍वरको उपस्थितिबाट सुटुक्क चोरेर उसलाई दियाबलसहरूको राजा र यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पाँच ग्रन्थले[क] मानिसका विचार र धारणाहरूलाई विद्रोहको अर्को युगमा पुर्‍याएका छन्, जसले गर्दा ऊ यी चार पुस्तक र पाँच ग्रन्थ सङ्कलन गर्नेहरूलाई पहिलेभन्दा अझ बढी आराधना गर्छ, र फलस्वरूप परमेश्‍वरबारे आफ्ना धारणाहरूलाई अझ तीव्र बनाउँछ। मानिसलाई थाहै नदिई, दियाबलसहरूको राजाले निर्दयी रूपमा परमेश्‍वरलाई उसको हृदयबाट निकालेर फालिदियो र त्यसपछि विजयी उल्लासका साथ आफैले त्यसमा कब्जा जमायो। त्यस समयदेखि, मानिसले कुरूप प्राण र दियाबलसहरूको राजाको मुहार धारण गरेको छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरिएको छ, र दियाबलसहरूको राजाको दुर्भावना मानिसभित्र दिनप्रतिदिन यसरी फैलिएको छ कि ऊ पूर्ण रूपमा भस्म भएको छ। मानिससँग अब अलिकति पनि स्वतन्त्रता छैन र दियाबलसहरूको राजाका उल्झनहरूबाट मुक्त हुने कुनै उपाय छैन। उसले त्यही ठाउँमा बन्दी बन्नु, त्यसको उपस्थितिमा आत्मसमर्पण गर्नु र झुक्नुबाहेक अरू कुनै विकल्प पाएको छैन। धेरै अघि, मानिसको हृदय शैशवावस्थामै हुँदा, दियाबलसहरूको राजाले त्यसमा नास्तिकताको ट्युमरको बीउ रोपेको थियो, र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर; चार वटा आधुनिकीकरण साकार पार; र संसारमा परमेश्‍वर भन्‍ने त्यस्तो कुनै चिज छैन” भन्ने जस्ता भ्रमपूर्ण कुराहरू सिकाएको थियो। त्यति मात्र होइन, त्यो हरेक अवसरमा “हामी हाम्रो परिश्रमी श्रममा भर परेर एउटा सुन्दर गृहभूमि निर्माण गरौँ” भन्दै चिच्याउँछ, र हरेक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई सेवा प्रदान गर्न तयार रहन भन्छ। मानिस अनजानमै त्यसको उपस्थितिमा ल्याइएको छ, र यसले नहिचकिचाई सबै श्रेय (अर्थात् सम्पूर्ण मानवजातिलाई आफ्नो हातमा राख्नुभएकोमा परमेश्‍वरलाई जाने श्रेय) आफैले लिन्छ। यसलाई कहिल्यै कुनै लाजको बोध हुँदैन। यसबाहेक, यसले निर्लज्जतापूर्वक परमेश्‍वरका मानिसहरूलाई कब्जा गर्छ र तिनीहरूलाई घिसारेर आफ्नै घरमा लैजान्छ, जहाँ यो टेबलमाथि मुसाजस्तै उफ्रन्छ र मानिसलाई यसलाई “परमेश्‍वर” को रूपमा आराधना गराउँछ। कस्तो हताश अपराधी! यसले निन्दनीय, स्तब्ध पार्ने कुराहरू चिच्याएर भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्ने चिज छँदै छैन। बतास प्राकृतिक नियमहरूद्वारा सञ्चालित परिवर्तनहरूबाट उत्पन्न हुन्छ; वर्षा तब हुन्छ जब जलवाष्प चिसो तापक्रमको सम्पर्कमा आएर थोपाहरूमा परिणत हुन्छ र त्यो पृथ्वीमा खस्छ; भूकम्प भनेको भौगर्भिक परिवर्तनहरूका कारणले पृथ्वीको सतह हल्लिनु हो; खडेरी भनेको सूर्यको सतहमा आणविक कणहरू टुक्रिएर हावामा हुने सुख्खापनको कारणले हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबैमा परमेश्‍वरको कार्य कहाँ छ?” त्यस्ता मानिसहरू समेत छन् जो चिच्याउँदै यस्ता अकल्पनीय अभिव्यक्तिहरू दिन्छन्: “मानिस प्राचीन कालमा बाँदरबाट विकसित भएको हो, र आजको संसार लगभग एक युगअघि सुरु भएको आदिम समाजबाट आएको हो। कुनै देशको उन्नति हुन्छ कि पतन हुन्छ भन्‍ने कुरा पूर्ण रूपमा त्यहाँका मानिसहरूको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यसलाई भित्तामा झुन्ड्याएर वा टेबलमा राखेर यसको आराधना गर्न र यसलाई भेटीहरू चढाउन लगाउँछ। “परमेश्‍वर हुनुहुन्न” भनेर चिच्याउँदै गर्दा, त्यो आफैलाई परमेश्‍वरको रूपमा खडा गर्छ, कठोर भएर परमेश्‍वरलाई पृथ्वीको सीमाभन्दा बाहिर धकेलिदिन्छ, र परमेश्‍वरको ठाउँमा उभिन्छ अनि दियाबलसहरूको राजाको भूमिका सम्हाल्छ। कतिसम्म समझविहीन भएको! यसले मानिसमा भित्रैदेखि घृणा उत्पन्न गराउँछ। परमेश्‍वर र यो कट्टर शत्रु हुन्, र यी दुई सहअस्तित्वमा रहन सक्दैनन् भन्ने देखिन्छ। यो परमेश्‍वरलाई धपाउने षड्यन्त्र गर्छ तर आफूचाहिँ कानुनको पहुँचभन्दा बाहिर स्वतन्त्र रूपमा घुम्छ।[१] यो कस्तो दियाबलसहरूको राजा रहेछ! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म परमेश्‍वरको कामलाई अस्तव्यस्त पार्दैन र यसलाई पूर्ण रूपमा भद्रगोल पार्दैन तबसम्म यसले विश्राम लिनेछैन,[२] मानौँ यो अन्तिमसम्मै परमेश्‍वरको विरोध गर्न चाहन्छ, जहाँ कि त माछा मर्नुपर्छ कि त जाली फाट्नुपर्छ, जानीजानी आफूलाई परमेश्‍वरको विरुद्धमा खडा गर्छ र झन्-झन् नजिकबाट दबाब दिन्छ। यसको घिनलाग्दो मुहार धेरै अघि नै पूर्ण रूपमा उदाङ्गो भइसकेको छ, र यो अहिले समस्याहरूद्वारा पूर्ण रूपमा घेरिएको र पिरोलिएको छ,[३] तैपनि यसले परमेश्‍वरप्रतिको घृणामा कमी आउन दिनेछैन, मानौँ परमेश्‍वरलाई एकै गाँसमा निलेर मात्र यसले आफ्नो हृदयमा गुम्सिएको घृणालाई कम गर्न सक्नेछ। हामी यो परमेश्‍वरको शत्रुलाई कसरी सहने होला! यसको उन्मूलन र पूर्ण विनाश गरेपछि मात्र हाम्रो जीवनको इच्छा साकार हुनेछ। यसलाई कसरी निरन्तर रूपमा छाडा छोड्न मिल्छ र? यसले मानिसलाई यतिसम्म भ्रष्ट तुल्याएको छ कि मानिस स्वर्गको घामलाई चिन्दैन, र ऊ संवेदनहीन र मन्दबुद्धिको भएको छ। मानिसले सामान्य मानव समझ गुमाएको छ। भविष्यका सबै चिन्ता हटाउन र परमेश्‍वरको कामलाई चाँडो अभूतपूर्व उचाइमा पुर्‍याउनका लागि यसलाई नष्ट गर्न र जलाउन हाम्रो सम्पूर्ण अस्तित्व किन अर्पण नगर्ने? यी बदमासहरूको गिरोह मानिसको संसारमा आएको छ र त्यसले यसलाई अशान्त बनाएको छ। तिनीहरूले सम्पूर्ण मानवजातिलाई भीरको डिलमा पुर्‍याएका छन्, र तिनीहरूलाई धकेलेर टुक्रा-टुक्रा पार्ने गोप्य योजना बनाइरहेका छन् ताकि तिनीहरूले ती लासहरू निल्न पाऊन्। तिनीहरू परमेश्‍वरको योजनालाई नष्ट गर्ने र एकै पटक सबै कुरालाई दाउमा राखेर उहाँसँग प्रतिस्पर्धा गर्ने व्यर्थ आशा गर्छन्।[४] त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर, क्रूस दियाबलसहरूको राजाकै लागि तयार गरिएको छ, जो सबैभन्दा जघन्य अपराधहरूको दोषी छ। परमेश्‍वर क्रूसको हुनुहुन्न। उहाँले यसलाई दियाबलसतर्फ फ्याँकिसक्नुभएको छ। परमेश्‍वर योभन्दा धेरै अगाडि विजयी भइसक्नुभएको छ र मानवजातिका पापहरूमाथि अब दुख मान्नुहुन्न, बरु सारा मानवजातिलाई मुक्ति ल्याइदिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोटहरू:

१. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने जनाउँछ।

२. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्‍ने जनाउँछ।

३. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।

४. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्‍ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।


माथिदेखि तलसम्म र सुरुदेखि अन्त्यसम्म, शैतानले परमेश्‍वरको काममा बाधा पुर्‍याउँदै आएको छ र उहाँको विरोधमा काम गर्दै आएको छ। यी सबै “प्राचीन सांस्कृतिक सम्पदा,” मूल्यवान् “प्राचीन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादका शिक्षाहरू,” र “कन्फ्युसियन शास्त्रीय ग्रन्थहरू र सामन्ती संस्कारहरू” ले मानिसलाई नरकमा लगेका छन्। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि, र व्यापार कतै देखिँदैनन्। बरु, यसले त परमेश्‍वरको कामलाई जानाजानी अवरोध गर्न, विरोध गर्न, र भत्काउन प्राचीन समयका “बाँदरहरू” ले ल्याएका सामन्ती संस्कारहरूलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई निरन्तर कष्ट दिइरहेको मात्र होइन, यो त मानिसलाई सिङ्गै निल्न समेत चाहन्छ।[१] सामन्ती नैतिकताका शिक्षाहरूको प्रसारण र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई धेरै अघि नै सङ्क्रमित गरिसकेको छ, र तिनीहरूलाई साना-ठूला दियाबलसहरूमा परिणत गरेको छ। परमेश्‍वरलाई खुसीसाथ ग्रहण गर्नेहरू थोरै छन्, उहाँको आगमनलाई उल्लासपूर्वक स्वागत गर्नेहरू थोरै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्यारो नियतले भरिएको छ, र हरेक ठाउँमा, हावामा ज्यानमारा सास फैलिएको छ। तिनीहरू परमेश्‍वरलाई यस भूमिबाट बाहिर निकाल्न खोज्छन्; हातमा चक्कु र तरवार लिएर, तिनीहरू परमेश्‍वरलाई “सर्वनाश” गर्न युद्धको ढाँचामा आफूलाई उभ्याउँछन्। मानिसलाई निरन्तर रूपमा परमेश्‍वर हुनुहुन्न भनी सिकाइने दियाबलसहरूको यो सारा भूमिभरि मूर्तिहरू फैलिएका छन्, र माथिको हावा कागज र धूप जलाएको वाकवाकी लाग्ने गन्धले भरिएको छ, जुन निसास्सिने गरी बाक्लो छ। यो विषालु सर्पको छटपटीसँगै ठ्वास्स आउने हिलोको दुर्गन्ध जस्तै छ, यतिसम्म कि कोही पनि बान्ता नगरी बस्नै सक्दैन। यसबाहेक, दुष्ट पिशाचहरूले धर्मशास्त्रहरू जपिरहेको मधुरो आवाज सुन्न सकिन्छ, एउटा यस्तो आवाज जुन धेरै टाढा नरकबाट आइरहेको जस्तो लाग्छ, यतिसम्म कि कोही पनि नकामी बस्न सक्दैन। यस भूमिमा जताततै इन्द्रेणीका सबै रङका मूर्तिहरू राखिएका छन्, जसले गर्दा उक्त भूमि एउटा भड्किलो, चहकिलो संसारमा परिणत भएको छ, जबकि दियाबलसहरूको राजा दुष्टतापूर्वक हाँसिरहन्छ, मानौँ यसको षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेखबर रहन्छ, र दियाबलसले उसलाई अचेत हुने र शिर झुकाउने हदसम्म भ्रष्ट तुल्याइसकेको छ भन्‍ने कुराको उसलाई कुनै भान हुँदैन। यो, एकै झट्कामा, परमेश्‍वरसम्बन्धी सबै कुरा मेटाउन, र फेरि एकपटक उहाँलाई अशुद्ध पार्न र उहाँको हत्या गर्न चाहन्छ; यो उहाँको कामलाई भत्काउन र बाधा दिन तल्लीन हुन्छ। यसले परमेश्‍वरलाई कसरी समान हैसियतको हुन दिन सक्छ र? यसले परमेश्‍वरले मानव संसारमा यसको काममा “हस्तक्षेप” गरेको यसले कसरी सहन सक्छ र? यसले कसरी परमेश्‍वरलाई यसको घिनलाग्दो मुहारको खुलासा गर्न दिन सक्छ र? यसले कसरी परमेश्‍वरलाई यसको काम अस्तव्यस्त पार्न दिन सक्छ र? क्रोधले रन्थनिएको यो दियाबलसले कसरी परमेश्‍वरलाई पृथ्वीमा रहेको यसको शाही दरबारमाथि नियन्त्रण जमाउन दिन सक्छ र? यसले उहाँको श्रेष्ठ शक्तिसामु कसरी स्वेच्छाले शिर झुकाउन सक्छ र? यसको घिनलाग्दो मुहार जस्ताको तस्तै प्रकट गरिएको छ, जसले गर्दा व्यक्ति हाँस्नु कि रुनुको अवस्थामा पुग्छ, र यसको वर्णन गर्न साँच्चै गाह्रो छ। के यसको सार यही होइन र? कुरूप प्राण बोकेर, तिनीहरू अझै पनि आफू विश्‍वास गर्नै नसकिने गरी सुन्दर रहेको विश्‍वास गर्छन्—अपराधमा संलग्न मतियारहरूको यो गिरोह![२] तिनीहरू सुखमा लिप्त हुन र कोलाहल मच्चाउन मरणशील क्षेत्रमा ओर्लन्छन्, र कामकुरालाई यति धेरै उथलपुथल पार्छन् कि संसार एउटा चञ्चल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यति धेरै खेलबाड गरेका छन् कि उसको रूप जङ्गली अमानवीय पशुको जस्तो, अत्यन्तै कुरूप बनेको छ, जसबाट मौलिक शुद्ध मानिसको अन्तिम नामोनिसान हराएको छ। यसबाहेक, तिनीहरू पृथ्वीमा सार्वभौम शक्ति ग्रहण गर्न समेत चाहन्छन्। तिनीहरू परमेश्‍वरको कामलाई यति धेरै अल्झाउँछन् कि यो मुस्किलले अघि सर्न सक्छ, र तिनीहरू मानिसलाई तामा र स्टिलको पर्खाललेझैँ कसिलो गरी बन्द गरिदिन्छन्। यति धेरै गम्भीर पाप गरेर र यति धेरै विपत्ति ल्याएर, के तिनीहरू अझै पनि सजाय नभई अरू नै केही आशा गरिरहेका छन्? दियाबलस र पिशाचहरू पृथ्वीमा केही समयदेखि उत्पात मच्चाइरहेका छन्, र तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू र रगत-पसिना दुवैलाई यति कसिलो गरी थुनेका छन् कि केही पनि बाहिर निस्कन पाउँदैन। साँच्चै, यो एउटा घोर पाप हो! परमेश्‍वर कसरी व्याकुल नहुन सक्नुहुन्छ र? परमेश्‍वर कसरी नरिसाउन र? तिनीहरूले परमेश्‍वरको काममा गम्भीर बाधा पुर्‍याएका छन् र त्यसको विरोध गरेका छन्: कतिसम्म विद्रोही!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोटहरू:

१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।

२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।

अघिल्लो:  ३. धार्मिक संसारमा, पाष्टरहरू र एल्डरहरूसँग नै अधिकार हुन्छ। तिनीहरू पाखण्डी फरिसीहरूको बाटो हिँड्छन्, र हामी तिनीहरूलाई पछ्याउने र तिनीहरूले जे भन्छन् त्यही गर्ने भए पनि, हामी प्रभु येशूमा विश्‍वास गर्छौं, पाष्टरहरू र एल्डरहरूमा होइन। त्यसोभए हामी फरिसीहरूको बाटोमा हिँड्छौं भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? के तपाईंले धर्मका परमेश्‍वरमा विश्‍वास गर्ने हामीले साँच्चै मुक्ति पाउनेछैनौं भनी भन्दैहुनुहुन्छ?

अर्को:  २. चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि यता यसले धार्मिक विश्‍वासको सतावटलाई निरन्तर अघि बढाइरहेको छ। विशेष गरी यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको दमन, अति नै कठोर भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्न, दोष लाउन र बदनाम गर्न टेलिभिजन, रेडियो, समाचार-पत्रहरू, इन्टरनेट र अन्य मिडिया मात्र प्रयोग गरेको छैन, तर यसका सदस्यहरूलाई व्यापक मात्रामा गिरफ्तार गरेको र क्रूर यातना पनि दिएको छ, र यातना दिएर नै मारेको पनि छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको सतावट किन यति कठोर छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger