२. चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि यता यसले धार्मिक विश्‍वासको सतावटलाई निरन्तर अघि बढाइरहेको छ। विशेष गरी यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको दमन, अति नै कठोर भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्न, दोष लाउन र बदनाम गर्न टेलिभिजन, रेडियो, समाचार-पत्रहरू, इन्टरनेट र अन्य मिडिया मात्र प्रयोग गरेको छैन, तर यसका सदस्यहरूलाई व्यापक मात्रामा गिरफ्तार गरेको र क्रूर यातना पनि दिएको छ, र यातना दिएर नै मारेको पनि छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको सतावट किन यति कठोर छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“सारा संसार दुष्टतामा छ” (१ यूहन्‍ना ५:१९)

“यो दुष्ट पुस्ता हो” (लूका ११:२९)

“ठूलो अजिङ्गरलाई बाहिर फालियो, त्यस दियाबलस र शैतान भनिने त्यो प्राचीन सर्पलाई, जसले सारा संसारलाई छल्छ” (प्रकाश १२:९)

“अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए। किनभने दुष्ट कार्य गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, न त त्यो ज्योतिमा आउँछ, नत्रता त्यसका कार्यहरूको निन्दा गरिन्छ” (यूहन्‍ना ३:१९-२०)

परमेश्वरका सान्दर्भिक वचनहरू:

माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्‍वरको कामलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्‍नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्‍च विकसित उद्योग, कृषि र व्यवसाय कहिँकतै देखिँदैन। बरु, यसले परमेश्‍वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि प्राचीन समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, यसले त मानिसलाई पूरै निल्न[१] पनि चाहन्छ। सामन्तवादको नैतिक र आचार शिक्षाको प्रचारप्रसार र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्‍वरलाई ग्रहण गर्नेहरू थोरै छन्, हर्षोल्लास गर्दै उहाँको आगमनलाई स्वागत गर्नेहरू कमै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र हरेक ठाउँमा, हत्या गर्ने सास हावामा फैलिएको छ। तिनीहरूले यस भूमिबाट परमेश्‍वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्‍वरको “विनाश” गर्ने युद्धको तयारीमा छन्। मानिसलाई परमेश्‍वर हुनुहुन्‍न भनी निरन्तर सिकाइने दियाबलसहरूको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावाभरि जलेको कागज र धूपको वाकवाक लाग्‍ने दुर्गन्ध निसास्याउने गरी बाक्लो रूपमा व्याप्त छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याइँको कारण फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्‍न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्‍त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्‍न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाटै आइरहेको जस्तो लाग्छ, यो यति अत्यधिक हुन्छ कि यहाँ थरथर नकाँपी रहन सकिँदैन। यस देशभरि जताततै इन्द्रेनीका सबै रङ्ग भएका मूर्तिहरू राखिएका छन् र यस भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकि दियाबलसहरूको राजा मूर्खतापूर्ण तरिकाले हाँस्दै बसिरहन्‍छ, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ र उसलाई शैतानले आफूलाई भ्रष्ट पारेको रत्ती पनि अनुभूति छैन, यहाँ सम्म कि ऊ चेतनाशून्य भएको छ र हारेर उसको शिर लत्रक्‍क परेको छ। त्यसले एकै झट्कामा परमेश्‍वरसम्बन्धी सबै कुरा मेटाउन र फेरि उहाँलाई अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन पुरै जोर लगाउँछ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन सक्छ? पृथ्वीमा मानिसहरूमाझ हुने काममा परमेश्‍वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्न दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्न दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्‍च पराक्रमको अघि झुक्‍न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्‍ने कि रुने कसैलाई केही थाहा छैन, र यसबारेमा कुरा गर्नु साँच्‍चै नै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राणको साथमा यसले अझै पनि आफू विश्‍वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्‍वास गर्छ। यो अपराध गर्ने मतियारहरूको गिरोह![२] तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्‍चाउँछन् र होहल्‍ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूत र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्‍वरका इच्छाहरू र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्‍चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित नहुन सक्‍नुहुन्‍छ र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका र विरोध गरेका छन्: कस्तो विद्रोही!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोटहरू:

१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।

२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।


हजारौँ वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै,[१] निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई अप्रत्याशित रूपमा मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका छन्? मानव संसारका मामिलाबारे तिनीहरूले कसरी बुझ्ने सके तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण गर्छन् र लुट्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई अचेत होउन्जेल लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई छाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्‍म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

फूटनोटहरू:

१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।

२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।


शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र बारम्बार आफैलाई इन्साफको अग्रगामी र आदर्श व्यक्तिको रूपमा स्थापित गर्छ। इन्साफको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, भ्रममा पार्न र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसको दुष्ट आचारण स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्‍न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षड्यन्त्रहरूलाई देख्छ र यसको घिनलाग्दो अनुहार छर्लङ्ग देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसले पहिलेको सन्तको जस्तो आफ्नो अनुहार परिवर्तन गर्छ, त्यसको झूटो मकुन्डोलाई च्यात्छ, र त्यसको वास्तविक रूप प्रकट गर्छ, जुन दुष्ट, क्रूर, कुरूप र जङ्गली हुन्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्ने बाहेक यसले अरू केही चाहँदैन। यस विन्दुमा, शैतानले त्यसपछि फेरि विश्‍वासयोग्य, भद्र स्वरूप धारण गरिरहन सक्दैन; बरु, भेडाको भेषमा लुकेको यसको कुरूप र दुष्ट रूप प्रकट हुन्छ। शैतानका युक्तिहरूको वास्तविकता बाहिर आइसकेपछि र यसका साँचो रूपको खुलासा भइसकेपछि, यो रिसले चूर हुनेछ र आफ्नो जङ्गलीपनलाई प्रकट गर्नेछ। यसपछि, मानिसहरूलाई हानि गर्ने र निल्‍ने यसको इच्‍छा झन्-झन् तीव्र मात्रै हुँदै जानेछ। मानिस सत्यताले जागेपछि यो रिसले चूर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाका कारण तिनीहरूप्रति त्यसले ठूलो घृणा र प्रतिकारको भावना विकसित गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्न र त्यसलाई कायम गराउनको लागि हो, र यो त्यसको जङ्गली प्रकृतिको साँचो प्रकटीकरण पनि हो।

हरेक मामलामा, शैतानको बानीबेहोराले यसको दुष्ट प्रकृतिलाई उदाङ्गो पार्छ। शैतानले मानिसमा गर्ने सबै दुष्ट कार्यहरूमध्ये—मानिसलाई भ्रममा पारेर त्यसको पछि लाग्‍ने तुल्याउने त्यसको प्रारम्भिक प्रयासदेखि, यसले मानिसलाई त्यसका दुष्ट कार्यहरूमा घिस्याउँदै लगेर गरेको शोषणसम्म, अनि यसका साँचो विशेषताहरूलाई उदाङ्गो पारिसकिएपछि र मानिसले यसलाई पहिचान गरेर त्यागिसकेपछि मानिस विरुद्धको यसको प्रतिकारसम्‍म—यीमध्ये एउटै पनि कार्यले शैतानको दुष्ट सारलाई उदाङ्गो पार्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्‍बन्ध छैन र सारा दुष्ट कुराहरूको स्रोत शैतान नै हो भन्‍ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसका हरेक कार्यहरूले त्यसको दुष्टतालाई रक्षा गर्छ, त्यसका दुष्ट कार्यहरूको निरन्तरता कायम राख्छ, न्यायसंगत र सकारात्मक कुराहरूको विरुद्धमा जान्छ, र मानवजातिको सामान्य अस्तित्वका कानूनहरू र नियमलाई नष्ट गर्छ। शैतानका यी कार्यहरू परमेश्‍वरको विरुद्ध छन्, र तिनीहरूलाई परमेश्‍वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्‍नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षड्यन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्‍वरको प्रतिस्थापन गर्ने र परमेश्‍वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्‍छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

सन्दर्भका लागि मानिसको सङ्गति:

चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई गरेको उग्र दमन र सतावटले विश्‍व समुदायको बीचमा एउटा हलचल उत्पन्न गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरको विरोध र दुस्मनीमा किन यति उन्मादी हुन सक्यो भन्‍ने कुरालाई धेरै मानिसहरूले बुझ्‍न सक्दैनन्। यो चिनियाँ कम्युनिस्ट पार्टी एउटा नास्तिक राजनैतिक पार्टी भएकोले गर्दा हो—एक शैतानी शासन जसले सत्यता र परमेश्‍वरलाई घृणा गर्ने कार्यमा जोड दिन्छ। साँचो परमेश्‍वर देखा पर्नुभएको घटना र काम देखेर चिनियाँ कम्युनिस्ट पार्टी नडराई बस्न कहाँ सक्थ्यो, प्रतिक्रिया स्वरूप त्यसले अवज्ञा र निन्दा नगरी कसरी रहन सक्थ्यो? आखिरी दिनहरूको अवधिमा, सर्वशक्तिमान् परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, जसमध्ये धेरैजसो वचन देहमा देखा पर्नुहुन्छमा सङ्कलित गरिएको छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले सबै धर्म र सबै सम्प्रदायलाई हल्लाएको छ। प्रभुमा विश्‍वास गर्ने धेरैले सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू सत्य हुन् भनी देखेका छन्, तिनीहरूले यो परमेश्‍वरको आवाज हो, यो परमेश्‍वरको काम हो भनी पहिचान गरेका छन्, र तिनीहरू सबै सर्वशक्तिमान् परमेश्‍वरकहाँ फर्केका छन्। मानिसहरूको झन्-झन् ठूलो सङ्ख्याले सर्वशक्तिमान् परमेश्‍वरको प्रचार गरिरहेका छन् र गवाही दिइरहेका छन्। परमेश्‍वर र सत्यताप्रति घोर घृणा गर्ने राक्षसी चिनियाँ कम्युनिस्ट पार्टी शासनले कसरी परमेश्‍वरको अस्तित्वलाई सहन गर्न वा संसारमा सत्यताको प्रचार गर्ने र त्यसको गवाही दिने अनुमति दिन सक्छ? यसैले चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई उग्र दमन र सतावट गर्ने एकपछि अर्को अभियान सुरु गरेको छ। यसले सुसमाचार फैलाउने र परमेश्‍वरको गवाही दिने अनगिन्ती मानिसहरूलाई गिरफ्तार गरेको छ, र वचन देहमा देखा पर्नुहुन्छका धेरै प्रतिहरू जफत गरेको छ। हरेक दिन चिनियाँ कम्युनिस्ट पार्टीले यो पाठ ध्यानसित पढ्दै, यो पुस्तक कति धेरै शक्तिशाली छ, यसका वचनहरू सत्य छन्, र सबै मानिसहरूलाई जित्न सक्छ भनी जानेको छ। त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरलाई जतिसुकै निन्दा गरे पनि, दोष लगाए पनि, र बदनाम गरे पनि, यसले वचन देहमा देखा पर्नुहुन्छको बारेमा कहिल्यै जनतालाई जान्न दिने हिम्मत गर्दैन, न त यसले कहिल्यै सर्वशक्तिमान् परमेश्‍वरद्वारा के व्यक्त गरिएको छ भन्ने कुरा बताउँछ। चिनियाँ कम्युनिस्ट पार्टीले किन वचन देहमा देखा पर्नुहुन्छलाई यस्तो कडाइको साथ प्रतिबन्ध लगाएको छ? मानिसहरूले यो पुस्तक पढ्छ भनेर यो किन यति धेरै डराउँछ? किनकि वचन देहमा देखा पर्नुहुन्छ परमेश्‍वरका वाणीहरू हुन्, यो सत्यताको अभिव्यक्ति हो, र देखा परेको पूर्वको साँचो ज्योति हो! चिनियाँ कम्युनिस्ट पार्टी सारा संसारले सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएको सत्य देख्नेछ, परमेश्‍वर प्रकट हुनुभएको छ र पूर्वमा काम गर्न थाल्नुभएको छ, अनि मानिसको आशा पूर्वमा छ भनी देख्नेछ भनी डराएको छ। चिनियाँ कम्युनिस्ट पार्टी सबैभन्दा दुष्ट र सबैभन्दा बढी सत्य लाई घृणा गर्ने शैतानी शासन हो। मानिसहरूको बीचमा सत्यताको आगमन भएकोमा अरू कोही पनि त्यत्ति धेरै त्रसित हुँदैन। मानिसले सत्यलाई स्वीकार गर्नेछ, र परमेश्‍वरले मानिसको बीचमा राजाको रूपमा शासन गर्नुहुनेछ, र पृथ्वीमा ख्रीष्टको राज्य देखा पर्नेछ, त्यसरी मानवजातिलाई नियन्त्रण गर्ने र संसारमा प्रभुत्व जमाउने त्यसको घृणित उद्देश्य निष्प्रभाव हुनेछ भनेर अरू कोही पनि यति धेरै डराएको छैन। यही कारणले गर्दा चिनियाँ कम्युनिस्ट पार्टीले उग्र बनेर ख्रीष्टलाई गिरफ्तार र हत्या गर्ने कोसिस गर्छ। यसले अफवाह फैलाउन र विनाकारण झूटो आरोप लाउन, गलत प्रकारले दोष लाउन र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई बदनाम गर्नका लागि संचार माध्यम र इन्टरनेटको प्रयोग गर्दछ। यसले यतिसम्म गर्छ कि परमेश्‍वरको चुनिएका मानिसहरूलाई दमन र गिरफ्तार गर्ने र सताउने कोसिसमा कुनै कसर बाँकी नराख्नलाई निर्धक्क सशस्त्र प्रहरी परिचालन गर्दछ। चिनियाँ कम्युनिस्ट पार्टीको सतावटबाट लुक्ने ठाउँ कतै नभएकोले परमेश्‍वरका चुनिएका मानिसहरूलाई विदेशतिर भाग्न कर लागेको छ—र अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीले त्यसको सिमाना काटेर गएका इसाईहरूलाई चीनमा फर्काएर त्यसको क्रूरता र सतावटको सामना गर्न लाउनका निम्ति केही देशहरूमाथि दबाब दिन राजनीतिक, आर्थिक, र कूटनीतिक माध्यमहरूको प्रयोग गरी आफ्नो कालो हात फैलाएको छ। अझ घृणित कुरा यो छ कि चिनियाँ कम्युनिस्ट पार्टीले यी इसाई परिवारका सदस्यहरूलाई पनि गिरफ्तार गरेर सताउँछ, तिनीहरूलाई बन्धकको रूपमा प्रयोग गरी सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई धम्की दिन्छ र तिनीहरूलाई राहदानीका लागि आवेदन दिने करमा पार्छ र विदेशमा गएर विभिन्न देशहरूमा भएका सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई सताउन बाध्य पार्छ। यसले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूलाई झूटो आश्रय खोज्ने मानिसहरूको रूपमा झूटो आरोप लगाउने कोसिस गर्दै कूटनीतिक माध्यमहरू प्रयोग गर्दछ, त्यसरी झूटा कुराहरू फैलाएर अनि कपोकल्पित हल्लाहरू चलाएर मानिसहरूको विचारलाई मण्डलीको विरोधमा बनाउने, मण्डलीको सम्मानमा चोट पुऱ्याउने र सरकारहरू र मानिसहरूलाई मण्डलीको विरोध र इन्कार गर्न उक्साउने अनि इसाईहरूलाई निर्वासित गर्ने कोसिस गर्छ, यसो गरेर चिनियाँ कम्युनिस्ट पार्टीले विदेशमा सुसमाचार फैलाउने मण्डलीको काममा बाधा दिने, दमन र उन्मूलन गर्ने आफ्नो दुष्ट उद्देश्य प्राप्त गर्दछ। यो तथ्यले चिनियाँ कम्युनिस्ट पार्टी शैतान र भूतहरूबाट बनेको हो भनी प्रमाणित गर्दछ, जसले सत्यतालाई मन पराउँदैन र परमेश्‍वरलाई घृणा गर्दछ—तिनीहरू शैतानहरू हुन् जसले मानिसहरूलाई यातना दिन्छन् र तिनीहरूका प्राण निल्छन्। चिनियाँ कम्युनिस्ट पार्टी सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमाथि त्यसको दमन, सतावट र आक्रमणमा यति क्रूर हुन सक्छ कि त्यो पूर्ण रूपमा त्यसको राक्षसी सारमा ओर्लिन्छ, जसले सत्यता मन पराउँदैन र ख्रीष्टलाई घृणा गर्दछ।

अघिल्लो:  १. चिनियाँ संविधानले स्पष्ट रूपमा धार्मिक विश्‍वासको स्वतन्त्रता तोकेको छ। परमेश्‍वरमा विश्‍वास गर्नु एउटा अपरिवर्तनीय सिद्धान्त हो, यो तार्किक र कानुन अनुरूप छ। त्यसोभए चिनियाँ कम्युनिस्ट पार्टीले किन चिनियाँ जनतालाई विश्‍वास गर्ने स्वतन्त्रताको अधिकारबाट वञ्चित गर्दै धार्मिक विश्‍वासलाई आक्रमण, दमन र नष्ट गर्ने प्रयास गर्दछ? यसले किन क्रान्तिकारी साधनहरू प्रयोग गर्दै इसाईहरूलाई दमन गर्दै, सताउँदै, र मृत्यु हुनेसम्मको यातना दिँदै तिनीहरूसित घोर अपराधीसँग जस्तो व्यवहार गर्छ?

अर्को:  ३. बाइबलमा पावलले भनेका छन्, “हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्। किनभने परमेश्‍वरबाहेक अरू कुनै शक्ति छैन: जति शक्तिहरू छन् ती सबै परमेश्‍वरले नै नियुक्त गर्नुभएको हो। त्यसकारण जसले शक्तिको विरोध गर्छ, त्यसले परमेश्‍वरको आदेशलाई इन्कार गर्छ: र ज-जसले विरोध गर्छन् तिनीहरूले दण्डाज्ञा पाउँछन्” (रोमी १३:१-२)। पावलको वचनअनुसार अभ्यास गर्दै हामी सबै कुरामा शासन गर्ने शक्तिहरूको अधीनमा बस्नुपर्छ। र अझै पनि नास्तिक चिनियाँ कम्युनिस्ट पार्टी सरकारले त्यसको इतिहासभरि धार्मिक विश्‍वासलाई सताएको छ। यो परमेश्‍वरको शत्रु हो, र यसले हामीलाई प्रभुमा विश्‍वास गर्न नदिने मात्र होइन, तर यसले सुसमाचार फैलाउने र परमेश्‍वरको गवाही दिनेहरूलाई गिरफ्तार गर्छ र सताउँछ। यदि हामी चिनियाँ कम्युनिस्ट सरकारको सामु झुक्यौं, प्रभुमा विश्‍वास गर्न छोड्यौं, र सुसमाचार फैलाउन र परमेश्‍वरको गवाही दिन बन्द गर्‍यौं भने, के हामी प्रभुको विरोध गरेर अनि उहाँतिर पिठिउँ फर्काएर शैतानको पक्षमा उभिएका हुँदैनौं र? मैले साँच्चै यो कुरा बुझ्न सकेको छैन: शासन गर्ने शक्तिहरूको विषयमा प्रभुको इच्छाअनुरूप गर्नका निम्ति मैले के गर्नुपर्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger