४. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका वचनहरू सत्यता हुन्, तर मेरो परिवार चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायद्वारा फैलाइएका सबै झूट र गलत कुराहरूद्वारा धोखामा परेको छ। तिनीहरूले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्नबाट रोक्न आफूले सक्ने सबै कुरा गर्छन्। म सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासको कारण मेरो परिवारबाट अलग हुन चाहन्नँ, तर न त म सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासलाई त्यागेर परमेश्वरको मुक्ति पाउने मौका नै गुमाउन चाहन्छु। मैले गर्नुपर्ने सही कुरा के हो?
सन्दर्भका लागि बाइबलका पदहरू:
“मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन। र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्ने, मेरो योग्य हुँदैन” (मत्ती १०:३७-३८)।
“धार्मिकताको खातिर सताइनेहरू आशिषित् हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो” (मत्ती ५:१०)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूको निन्दा गरिनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रनेथिए र अर्को हातले सत्यता समात्नेथिए। के तिमीहरूका साँचो रङ त्यसपछि आफै स्पष्ट हुनेथिएनन् र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सामञ्जस्यता र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरूले गरेका छनौटका बारेमा तिमीहरू अवश्य नै अचेत छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ;[क] विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म चकित परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र पीडादायी शोक दिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेथियौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ कोप्रति बफादार छस्?
फूटनोटहरू:
क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्ने हुन्छ।
हुन सक्छ, तैँले भन्छस् यदि तँमा विश्वास हुँदैनथ्यो भने, तैँले यस किसिमको सजाय वा यस किसिमको न्याय भोग्नुपर्नेथिएन। तर तँलाई थाहा हुनुपर्छ कि बिनाविश्वास, तैँले सर्वशक्तिमान्बाट यस किसिमको दण्ड वा यस किसिमको वास्ता प्राप्त गर्न नसक्ने मात्र थिइनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर सधैँका निम्ति गुमाउने पनि थिइस्। तैँले मानवजातिको उत्पत्तिको बारेमा कहिल्यै पनि जान्नेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै पनि बुझ्नेथिइनस्। यदि तेरो शरीर मरेर तेरो प्राण निस्केर गयो भने पनि, तैँले अझै सृष्टिकर्ताका सबै कार्यहरू बुझ्न सक्नेथिइनस्, सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति महान् काम गर्नुभयो भनी तैँले जान्ने कुरा त परै छाडौं। उहाँले बनाउनुभएको मानवजातिको सदस्यको रूपमा, के तँ अज्ञानी भएर यस प्रकारले अन्धकारमा पर्न र अनन्त दण्ड भोग्न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गर्छस् भने, तैँले कुन कुराको सामना गर्नेछस्? के तँ एकपल्ट वर्तमान न्यायबाट अलग भएपछि यो कठिन जीवनबाट उम्किन सक्छस् भनी विचार गर्छस्? यदि “यो ठाउँ” छोडिस् भने तैँले दियाबलसहरूले दिने कष्टपूर्ण यातना वा क्रूर दुर्व्यवहारहरू सामना गर्नेछस् भन्ने कुरा सत्य होइन र? के तैँले असहनीय दिन र रातहरूको सामना गर्नुपर्ने हुन सक्छ? के आज तँ यो न्यायबाट उम्किस् भने, सधैँका लागि त्यो भविष्यको यातनालाई छल्न सक्छस् भनेर सोच्छस्? तेरो बाटोमा के आउँछ? के त्यो साँच्चै तैँले आशा गरेको साङ्ग्रिला हुन सक्छ? के तँलाई लाग्छ कि तँ आफूसँग अहिले भएको वास्तविकताबाट टाढा भागेर भविष्यको अनन्त सजायबाट उम्किन सक्छस्? आजको दिनपछि, के तैँले यस किसिमको मौका र यस किसिमको आशिष् फेरि पाउन सक्नेछस्? तँमाथि विपत्ति आइपर्दा के तँ ती कुराहरू पाउन सक्नेछस्? सारा मानवजाति विश्राममा प्रवेश गर्दा के तँ ती कुराहरू प्राप्त गर्न सक्नेछस्? तेरो अहिलेको सुखी जीवन र तेरो सद्भावपूर्ण सानो परिवार—के ती तेरो भविष्यको अनन्त गन्तव्यको प्रतिस्थापना हुन सक्छ? यदि तँसँग साँचो विश्वास छ भने, र यदि तैँले आफ्नो विश्वासको कारण ठूलो कुरा प्राप्त गरिस् भने, तैँले—सृष्टि गरिएको प्राणीले—जे प्राप्त गर्नुपर्छ र तैँले पहिलो स्थानमा जे प्राप्त गर्नुपर्दछ, त्यो त्यही नै हो। त्यस्तो विजयभन्दा बढी कुनै कुरा पनि तेरो विश्वास र जीवनको लागि लाभदायक हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अल्पकालिक आनन्दका खातिर तैँले जीवनभरको मर्यादा र निष्ठा गुमाउनु हुँदैन। तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै निष्ठा वा मर्यादा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्वर मानिसबाट यही माग गर्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्वरमा विश्वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्याउँछ भन्ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति वितृष्णा राख्ने, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्वरको विरोध गर्ने, र परमेश्वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्वरले पनि उनीहरूलाई घिनाउनुहुन्छ र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घिनाउन सक्छस्? उनीहरूले परमेश्वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्वरमा विश्वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्वरले माग गर्नुभएअनुसार, परमेश्वरले प्रेम गर्नुे कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्वरले घृणा गर्ने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?” “जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।” यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
अय्यूबले प्रेम र घृणालाई छुट्ट्याए
अय्यूबको मानवताको अर्को पक्षलाई तिनी र तिनकी पत्नीबीचको यो बातचितमा देखाइएको छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र प्रतिकुलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:९-१०)। तिनले भोगेका यातना देखेर, अय्यूबकी पत्नीले तिनलाई त्यस पीडाबाट बच्न मदत गर्नलाई सल्लाह दिन खोजिन्, तर उनका “असल मनसायहरू” ले अय्यूबको स्वीकृति प्राप्त गरेनन्; बरु ती कुराले तिनलाई रिस उठ्यो, किनकि उनले यहोवा परमेश्वरमाथिको तिनको विश्वास र समर्पणलाई इन्कार गरेकी थिइन्, र साथै यहोवा परमेश्वरको अस्तित्वलाई पनि इन्कार गरेकी थिइन्। अय्यूबको लागि यो असहनीय थियो, किनकि तिनले कहिल्यै पनि परमेश्वरको विरुद्ध वा उहाँलाई चोट पुर्याउने वा अरूको विषयमा केही भन्ने काम कहिल्यै गरेका थिएनन्। अरूले परमेश्वरको निन्दा र अपमान गर्ने कुरा बोलेको देख्दा तिनी कसरी उदासीन हुन सक्थे र? यसैले तिनले आफ्नी पत्नीलाई “मूर्ख स्त्री” भनी भने। आफ्नी पत्नीप्रति अय्यूबको मनोवृत्ति क्रोध र घृणाका साथसाथै निन्दा र हप्कीले भरिएको थियो। यो अय्यूबको मानवताको स्वाभाविक अभिव्यक्ति थियो—प्रेम र घृणाबीचको भिन्नता छुट्ट्याउने—यो तिनको सोझो मानवताको एक साँचो प्रतिनिधित्व थियो। अय्यूबमा न्यायको बोध थियो—जसले तिनलाई दुष्टताका प्रचलन र छालहरूलाई घृणा गर्ने बनायो, वाहियात विधर्म, हास्यास्पद बहसहरू र लाजलाग्दो दाबीहरूलाई घृणा, निन्दा र अस्वीकार गर्ने बनायो, अनि तिनलाई भीडहरूले अस्वीकार गर्दा र नजिकका मानिसहरूले त्याग्दा पनि तिनलाई आफ्नै सही सिद्धान्तहरू र अडानप्रति सच्चा रहने व्यक्ति तुल्यायो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु र तेरा लागि शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०
विश्वासी पति र गैरविश्वासी पत्नीबीच कुनै सम्बन्ध हुँदैन, र विश्वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन। कर्तव्य पूरा गर्नेहरू कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई नमिल्ने किसिमका सृजित प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना गैरविश्वासी आमाबुबाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्वरमा विश्वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्वरमा किन विश्वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्वासी र गैरविश्वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नेछन्, र परमेश्वरको अधीनमा रहनेछन्, जबकि परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्वास र अविश्वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्