३. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीद्वारा प्रचार गरिएको कुरा साँचो बाटो हो, तर पाष्टरहरू र एल्डरहरूले फैलाएका झूट र गलत कुराहरूद्वारा धोखामा परेकाले हाम्रो मण्डलीका मानिसहरू सबै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीप्रति शत्रुवत् छन्। आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गरेपछि, मेरो पुरानो मण्डलीका मेरा दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई अस्वीकार र बदनाम गर्नेछन् भन्‍ने मलाई चिन्ता लागेको छ। मेरो कद धेरै सानो छ, र म यो सबको सामना गर्न सक्‍ने गरी साहसी छैन—म के गरूँ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“तैपनि, मुख्य शासकहरूमध्ये पनि धेरैले उहाँलाई विश्‍वास गरेका थिए; तर फरिसीहरूको डरले गर्दा, तिनीहरूलाई सभाघरहरूबाट निकालिन्छ भन्‍ने डरले गर्दा, तिनीहरूले उहाँलाई स्वीकार गरेनन्: किनकि तिनीहरूले परमेश्‍वरको स्याबासीलाई भन्दा मानिसहरूको प्रशंसालाई बढी मन पराउँथे” (यूहन्‍ना १२:४२-४३)।

“धार्मिकताको खातिर सताइनेहरू आशिषित्‌ हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो। जब मेरो खातिर मानिसहरूले तिमीहरूलाई गाली-गलौज गर्नेछन्, र सताउनेछन्, अनि तिमीहरूको विरुद्धमा सबै किसिमका झूटा दुष्ट कुराहरू भन्‍नेछन्, तब तिमीहरू आशिषित् हौ। आनन्द मनाओ, र अत्यन्तै खुशी होओ: किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुन्छ: किनभने तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई पनि तिनीहरूले त्यसरी नै सताएका थिए” (मत्ती ५:१०-१२)।

“साँघुरो प्रवेश-द्वारबाट भित्र पस: किनकि प्रवेश द्वार जति चौडा हुन्छ र बाटो जति फराकिलो हुन्छ, त्यसले विनाशमा पुर्‍याउँछ र त्यहाँ जाने धेरै हुन्छन्: किनकि साँघुरो प्रवेश द्वार र साँघुरो बाटोले जीवनमा डोर्‍याउँछ र कमैले मात्रै त्यो पत्ता लगाउँछन्” (मत्ती ७:१३-१४)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहन सक्नुपर्छ, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो हातले म…। त्यसपछि तैँले अन्त्यहीन मानसिक कष्ट सहनेछस्। तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्‍न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्? नडरा; म तेरो आड हुँदा, तेरो मार्ग कसले कहिल्यै छेक्न सक्थ्यो र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छ। के तेरा प्रत्येक शब्द र कार्यले मेरो वचन पालन गर्छन्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?

तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्‍वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्ग पछ्याउनका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रहरूलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि तँ कस्तो देखिन्छस् भन्ने कुराको वास्ता नगर्; के मलाई सन्तुष्ट बनाउनुमा अझ बढी महत्त्व र वजन हुँदैन र? के यसले त्यसभन्दा पनि बढी तँलाई अनन्त र आजीवन हर्ष र शान्ति दिनेछैन र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्‍ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्‌ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्‍नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०

परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू आफ्‍नो कामको जाँच खप्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्‍ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्‍वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले नराम्रो व्यवहार गर्नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन, र संसारले तिनीहरूलाई इन्कार गर्छ, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्‍वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ भन्ने विश्‍वास गर्छन्। कतिपय मानिसहरू केही हदसम्म कष्ट भोग्नुपर्दा, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसका परीक्षाहरू उति नै ठुला हुन्छन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ उहाँलाई प्रेम गर्दैनस् भने, सायद तेरा निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि सबथोक शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तैँले आफ्नो वरिपरि विजय गर्न नसकिने धेरै कुराहरू छन् भन्ने सधैँ महसुस गर्नेछस्। अनि तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ, र तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्—तैँले सधैँ परमेश्‍वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचभन्दा बाहिर छन् भन्‍ने महसुस गर्नेछस्। यी सबैका कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकाले, र धेरै हिसाबले तँ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न असक्षम भएकाले, तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण हासिल गरिन्छ भन्‍ने कुरालाई तिमीहरूले स्पष्ट रूपमा देख्नैपर्छ। यसैले, यी आखिरी दिनहरूको दौरान तिमीहरूले परमेश्‍वरका निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्‍वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो। जब तँ शैतानको प्रलोभनमा पर्छस्, तब तैँले यसो भन्नुपर्छ, “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले परमेश्‍वरलाई उचित रूपमा सन्तुष्ट पार्नैपर्छ।” तँ परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै आशिष्‌ दिनुहुनेछ, र परमेश्‍वरलाई प्रेम गर्ने तेरो जाँगर त्यति नै धेरै हुनेछ; तँसँग आस्था र सङ्कल्प पनि हुनेछ, र तैँले परमेश्‍वरलाई प्रेम गरेर बिताएको जीवन नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो भन्‍ने महसुस गर्नेछस्। के भन्न सकिन्छ भने, परमेश्‍वरलाई प्रेम गर्नेबित्तिकै, तँ दुःखविहीन हुनेछस्। कहिलेकाहीँ तेरो देह कमजोर भए पनि र तेरा धेरै वास्तविक कठिनाइ भए पनि, यदि तँ यस्तो समयमा साँच्चै परमेश्‍वरमा भर पर्छस् भने, तैँले सान्त्वना पाउनेछस् र आफ्नो आत्माभित्र सहज र सहारा पाएको महसुस गर्नेछस्। यसरी, तैँले धेरै परिस्थितिलाई जित्न सक्नेछस्, र तँ आफूले भोगेको कष्टका कारण परमेश्‍वरबारे गुनासो गर्नेछैनस्। बरु, तैँले भजन गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, र परमेश्‍वरबारे सोच्न चाहनेछस्, र परमेश्‍वरले प्रबन्ध गर्नुभएका तेरो वरिपरिका सबै मानिस, घटना र कामकुराहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तँलाई आफूले हेर्ने कुनै पनि कुरा मनपर्ने छैन र तँलाई कुनै पनि कुरा ठिक लाग्नेछैन; तँलाई अलिकति पनि राहत मिल्नेछैन र तँ आफ्नो आत्माभित्र दबिएको हुनेछस्, र तैँले सधैँ परमेश्‍वरबारे गुनासाहरू पाल्नेछस्, र तँलाई आफूले भोगेको कष्ट धेरै ठूलो छ, र आफूमाथि धेरै ठूलो अन्याय भएको छ भन्‍ने महसुस हुनेछ। यदि तैँले सुखका खातिर नभई परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोष नलगाइनका लागि पछ्याउँछस् भने, त्यस्तो पछ्याइले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो जोश-जाँगर दिनेछ। जब तँ परमेश्‍वरद्वारा बोलिएका सबै कुरा अभ्यास गर्न सक्षम हुन्छस्, र तैँले गर्ने सबै कुराले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ, तब यसलाई वास्तविकता हुनु भनिन्छ। परमेश्‍वरको सन्तुष्टिलाई पछ्याउनु भनेको उहाँका वचनहरूलाई अभ्यासमा लागू गर्न तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रयोग गर्नु हो। जस्तोसुकै समयमा पनि, अरूसँग बल नभएको बेलामा समेत, तँभित्र सधैँ परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्छ, र तँ भित्री गहिराइबाट परमेश्‍वरको तृष्णा गर्छस् र उहाँबारे सोच्छस्। यो साँचो कद हो। तेरो कद कति ठूलो छ भन्‍ने कुरा तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय कति छ, तँ आफूलाई जाँच गरिँदा दृढ रहन सक्छस् कि सक्दैनस्, तँ आफूमाथि कुनै निश्चित वातावरण आइपर्दा कमजोर हुन्छस् कि हुँदैनस्, र तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूद्वारा आफूलाई इन्कार गरिँदा अडिग रहन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ; तथ्यहरूको आगमनले तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय कस्तो छ भन्‍ने कुरा देखाउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्‍वरद्वारा घृणित समेत हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

अघिल्लो:  २. हालै, सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढेपछि र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सङ्गती र गवाहीहरू सुनेपछि, मैले मेरो निम्ति धेरै प्रबन्ध गरिएको र मेरो आत्मामा सुधार भएको महसुस गरें। मैले प्रभुको आराधनामा बिताएका वर्षहरूमा भन्दा अहिले धेरै कुराहरू बुझेको छु, त्यसैले सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुपर्छ। तर जब मेरा पाष्टरले मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्दैछु भनी थाहा पाए, उनले मलाई रोक्ने सक्दो कोसिस गरिरहेका छ। उनले मलाई हरेक दिन यसको बारेमा धेरै दुःख दिन्छ। उनले मेरो परिवारलाई ममाथि नजर राख्नु र मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न वा मण्डलीको सन्देशहरू सुन्न नदिनु समेत भनेको छ। मलाई भित्री रूपमा साँच्चै चोट पुगेको छ। मैले यी कुराहरूलाई कसरी अनुभव गर्नुपर्छ?

अर्को:  ४. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू सत्यता हुन्, तर मेरो परिवार चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायद्वारा फैलाइएका सबै झूट र गलत कुराहरूद्वारा धोखामा परेको छ। तिनीहरूले मलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्नबाट रोक्न आफूले सक्‍ने सबै कुरा गर्छन्। म सर्वशक्तिमान् परमेश्‍वरमाथिको मेरो विश्‍वासको कारण मेरो परिवारबाट अलग हुन चाहन्नँ, तर न त म सर्वशक्तिमान् परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई त्यागेर परमेश्‍वरको मुक्ति पाउने मौका नै गुमाउन चाहन्छु। मैले गर्नुपर्ने सही कुरा के हो?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger