५. यहोवा परमेश्‍वरले मोशालाई प्रयोग गरेर व्यवस्थाको युगको काम गर्नुभयो। परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न किन कसैलाई प्रयोग गर्नुहुन्न? उहाँ किन देह बन्नैपर्छ र त्यो काम उहाँ आफैले गर्नैपर्छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, प्राकृतिक रूपमा यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको मानवजातिलाई विजय गर्नका लागि सत्यताको प्रयोग भएको हुनाले, मानिसमाझ यो काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी स्वरूपमा प्रकट हुनुहुनेछ भन्‍ने कुरामा कुनै प्रश्न छैन। अर्थात्, आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनकै कारण म तँलाई सजाय दिन्छु। मैले तिमीहरूलाई आफ्नो शक्ति देखाइरहेको वा जानीजानी तिमीहरूलाई दमन गरिरहेको छैन; यस फोहोरको देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले संसारको सबैभन्दा फोहोरी कुनामा जन्मेका सुँगुरहरूले जस्तै आफ्नो सत्यनिष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारण नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि क्रोध बर्साउँछु। यी वचनहरूको यही न्यायको कारण नै तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ; मानवजातिको विद्रोहीपन देखेर नै उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले नै उहाँको पवित्रताको प्रकट गराउँछ। यही नै उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ पवित्र र निर्मल भएर पनि उहाँ फोहोरको देशमा बस्‍नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि कुनै व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उभित्र केही पनि पवित्र छैन भने र ऊसँग कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्य हुन्छ। एकअर्कामा एकसमान रूपले फोहोरी रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानवजातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्‍न सक्छ, र ती पापहरूको निन्दा गर्न मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्‍नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम्‌ हुन सक्‍नुहुन्थ्यो? मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले, परमेश्‍वर तिनीहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ, अनि मात्र तिनीहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्‍न सक्छन्। जब उहाँले मानिसका पापहरू प्रकट गर्दै मानिसलाई उसका पापहरूका निम्ति न्याय र सजाय गर्नुहुन्छ, कुनै पनि व्यक्ति वा थोक यस न्यायबाट उम्कन सक्दैन; सबै फोहोरी कुराहरूलाई उहाँले नै न्याय गर्नुहुन्छ, र यसरी मात्र उहाँको स्वभाव धर्मी स्वभावको रूपमा प्रकटीकरण हुनेछ। यदि यो अन्यथा हुन्थ्यो भने, तिमीहरू नाउँ र तथ्य, दुवैमा प्रतिभार हौ भनी कसरी भन्‍न सकिन्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

देहमा जिउने सबैका लागि, तिनीहरूको स्वभावलाई परिवर्तन गर्न लक्ष्यहरूको पछि लाग्न आवश्यकता पर्छ र परमेश्‍वरलाई चिन्नको लागि परमेश्‍वरका व्यावहारिक कार्यहरू र वास्तविक मुहारलाई हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्‍वरको देहधारी शरीरले मात्रै हासिल गर्न सक्नुहुन्छ र यी दुवै कुरा सामान्य र ठोस देहले मात्रै पूरा गर्न सक्नुहुन्छ। यही कारणले देहधारण अत्यावश्यक छ र यसै कारणले सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्‍वरलाई जान्नु आवश्यक भएकोले, तिनीहरूका हृदयबाट अस्पष्ट र अलौकिक ईश्‍वरहरूका स्वरूपहरूलाई हटाइनैपर्छ अनि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावलाई त्याग्नु आवश्यक भएकोले, तिनीहरूले सुरुमा आफ्ना भ्रष्ट स्वभावलाई चिन्नैपर्छ। यदि मानिसले मानिसहरूका हृदयबाट अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई हटाउने काम मात्रै गऱ्यो भने, ऊ इच्छित प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, हटाउन वा पूर्ण रूपमा निकाल्न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै मानिसहरूका हृदयबाट जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्भव हुनेछैन। यी अस्पष्ट र अलौकिक कुराहरूलाई व्यवहारिक परमेश्‍वर र परमेश्‍वरको साँचो स्वरूपले प्रतिस्थापन गरेर अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, उचित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा उसले खोजेको परमेश्‍वर अस्पष्ट र अलौकिक छ भन्‍ने कुरालाई मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्ने आत्माको प्रत्यक्ष नेतृत्व होइन, निश्चित व्यक्तिका शिक्षाहरूको त कुरै छाडौं, तर यो त देहधारी परमेश्‍वर नै हुनुहुन्छ। जब देहधारी परमेश्‍वरले आधिकारिक रूपमा आफ्नो काम गर्नुहुन्छ तब मानिसका धारणाहरूलाई उदाङ्गो पारिन्छ, किनभने देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता नै मानिसको कल्पनामा भएको अस्पष्ट र अलौकिक ईश्‍वरलाई हटाउने प्रतिपक्ष हो। मानिसको मूल धारणाहरूलाई देहधारी परमेश्‍वरको विरुद्धमा तुलना गरियो भने मात्रै खुलासा गर्न सकिन्छ। देहधारी परमेश्‍वरसँगको तुलनाविना, मानिसका धारणाहरूलाई खुलासा गर्न सकिँदैन; अर्को शब्दमा भन्दा, प्रतिभारको रूपमा रहेको व्यावहारिकताबिना, अस्पष्ट कुराहरूलाई प्रकट गर्न सकिँदैन। यो कार्य गर्नको लागि वचनहरूको प्रयोग गर्न सक्ने कोही छैन र वचनहरूको प्रयोग गरी यो स्पष्ट पार्न सक्ने कोही पनि छैन। परमेश्‍वर आफ्‍नो काम आफै गर्न सक्‍नुहुन्छ, र अरू कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। मानिसको भाषा जति नै सम्पन्न भए तापनि, परमेश्‍वरको व्यावहारिकता र सामान्यतालाई स्पष्ट रूपमा व्यक्त गर्न ऊ सक्षम छैन। यदि परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको बीचमा काम गर्नुभयो र आफ्नो स्वरूप र आफ्नो अस्तित्वलाई पूर्ण रूपमा देखाउनुभयो भने मात्रै, मानिसले अझै व्यवहारिक रूपमा परमेश्‍वरलाई चिन्न सक्छ र उहाँलाई अझै स्पष्ट रूपमा चिन्न सक्छ। यो प्रभावलाई देहका कुनै पनि मानिसले हासिल गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

शैतानले मानिसको शरीरलाई भ्रष्ट पारेको छ र परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्नुभएको मानिस नै हो, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि परमेश्‍वरले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउन र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिन परमेश्‍वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। कारण चाहे परमेश्‍वरका आत्मा होऊन् वा उहाँको देहधारणी शरीर, परमेश्‍वरले मात्र शैतानसँग लडाइँ गर्न सक्नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन् र मानिस त झन् अझै दुर्बल छ। त्यसैले, यदि परमेश्‍वर मानिसको जीवनमा गरिने काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने, उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात् उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनुपर्छ। यदि होइन भने, यदि यो काम परमेश्‍वरका आत्मा वा मानिसले गर्ने हो भने, यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन र यो कहिल्यै पनि समाप्त हुँदैन। जब परमेश्‍वर मानिसको बीचमा शैतानविरुद्ध व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ, तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान लाजमा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी परमेश्‍वरले गर्नुहुने काम उहाँका आत्माले हासिल गर्न सक्नुहुन्न र यो मासुले बनेको कुनै पनि मानिसले परमेश्‍वरको तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनुपरेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्नेथियो र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानवजातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरूभन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नुसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानवजातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले, शैतानसितको लडाइँ केवल परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको समर्पित हुनु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्नेजस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्न सक्छ। मानिसले परमेश्‍वर स्वयम्‌को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा, अर्थात्, हरेक चोटि नयाँ युगको काम सुरु हुँदा, यो काम परमेश्‍वर स्वम्‌ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानवजातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुभएको थियो र यदि त्यस्तो नभएको भए कसैले पनि मानवजातिलाई सृष्टि गर्न सक्नेथिएन; दोस्रो चरण सम्पूर्ण मानवजातिको उद्धार गर्नु थियो र यो पनि परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा आफै गर्नुभयो; तेस्रो चरणबारे केही भनिरहनुपर्दैन: परमेश्‍वरका सबै कामहरूको अन्त्य पनि परमेश्‍वर स्वयम्‌द्वारै गरिनु अझ बढी जरुरी छ। सम्पूर्ण मानवजातिलाई उद्धार गर्ने, जित्ने, प्राप्त गर्ने र सिद्ध बनाउने काम व्यक्तिगत रूपमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम गर्नुभएन भने, मानिसद्वारा उहाँको पहिचानको प्रतिनिधित्व हुन सक्दैन, न त मानिसद्वारा उहाँको काम गरिन नै सक्छ। शैतानलाई हराउन, मानवजातिलाई प्राप्त गर्न र पृथ्वीमा मानिसलाई सामान्य जीवन दिनका लागि उहाँले मानिसलाई व्यक्तिगत रूपमा डोऱ्याउनुहुन्छ र मानिसहरूको माझमा व्यक्तिगत रूपले काम गर्नुहुन्छ; उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको खातिर र आफ्ना सबै कामका लागि उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुपर्छ। यदि मानिसले परमेश्‍वरलाई देखोस् भनी उहाँ आउनुभएको हो, मानिसलाई खुसी पार्न आउनुभएको हो भनी उसले विश्‍वास गर्छ भने, त्यस्तो विश्‍वासको कुनै मूल्य हुँदैन, कुनै महत्त्व हुँदैन। मानिसको बुझाइ अति सतही छ! यो काम परमेश्‍वर आफैले गर्नुभयो भने मात्र उहाँले त्यसलाई पूरै र सम्पूर्ण रूपमा गर्न सक्नुहुन्छ। यदि मानिसले यो काम गर्ने हो भने, ऊ परमेश्‍वरको स्थान लिन असमर्थ हुनेछ। उसँग परमेश्‍वरको पहिचान वा वास्तविक गुण नभएकोले, ऊ परमेश्‍वरको काम गर्न असक्षम छ र यदि मानिसले यो काम गऱ्यो भने पनि त्यसको कुनै असर हुँदैन। परमेश्‍वर पहिलो पटक सारा मानवजातिलाई छुटकारा दिन, पापबाट छुटकारा दिन, मानिसलाई शुद्ध हुने र उसका पापहरूको क्षमा पाउने योग्यको बनाउन देह बन्नुभयो। विजयको काम पनि परमेश्‍वरले मानिसहरूको बीचमा व्यक्तिगत रूपमै गर्नुभयो। यदि यस चरणको अवधिमा, परमेश्‍वरले अगमवाणी मात्रै बोल्नुहुन्थ्यो भने, एकजना अगमवक्ता वा कुनै वरदान पाएको व्यक्तिलाई पाउन सकिन्थ्यो जसले उहाँको स्थान लिन सक्थ्यो; यदि केवल अगमवाणी मात्र बोलिएको हुन्थ्यो भने, मानिस परमेश्‍वरका लागि खडा हुन सक्थ्यो। तापनि यदि मानिस आफैले व्यक्तिगत रूपले परमेश्‍वरको काम गर्ने कोसिस गरेको भए र मानिसको जीवनको लागि काम गर्ने कोसिस गरेको भए, उसले यो काम गर्न असम्भव हुनेथियो। यो काम परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपले गर्नुपर्छ: यो काम गर्न परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नुपर्छ। वचनको युगमा, यदि अगमवाणी मात्र बोलिएको भए, यो काम यशैया वा एलिया अगमवक्ताले गर्न सक्थे र परमेश्‍वर आफैले यो काम गर्नुपर्ने आवश्यकता हुँदैनथ्यो। यस चरणमा गरिएको काम अगमवाणी बोल्नु मात्र नभएकोले र मानिसलाई जित्न र शैतानलाई हराउन वचनहरूको काम प्रयोग गर्नु महत्त्वपूर्ण भएकोले, यो काम मानिसले गर्न सक्दैन र यसलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा गर्नुपर्छ। व्यवस्थाको युगमा यहोवाले आफ्नो कामको एक भाग गर्नुभयो, त्यसपछि उहाँले केही वचनहरू बोल्नुभयो र अगमवक्ताहरूद्वारा केही काम गर्नुभयो। किनभने मानिसले यहोवाको काममा उहाँको स्थान लिनसक्छ र दर्शीहरूले हुन आउने कुराहरू भन्न सक्छ र उहाँको तर्फबाट केही सपनाहरूको अर्थ पनि खोल्न सक्छ। सुरुमा गरिएको काम मानिसको स्वभावलाई सीधै परिवर्तन गर्नका निम्ति थिएन र मानिसको पापसँग सम्बन्धित थिएन र मानिसले केवल व्यवस्थाको पालन गर्नु आवश्यक थियो। यसैले यहोवा मानिस बन्नुभएन र उहाँले आफूलाई प्रकट गर्नुभएन; यसको सट्टामा उहाँ सीधै मोशा र अरूसँग बोल्नुभयो, तिनीहरूलाई उहाँको पक्षमा बोल्न र काम गर्न लाउनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा मानवजातिको बीचमा काम गर्न लगाउनुभयो। परमेश्‍वरको कामको पहिलो चरण मानवजातिको नेतृत्व थियो। त्यो शैतानविरुद्धको युद्धको सुरुवात थियो, तर यो युद्ध आधिकारिक रूपमा सुरु हुनु बाँकी नै थियो। शैतानविरुद्धको आधिकारिक युद्ध परमेश्‍वरको पहिलो देहधारणबाट सुरु भयो र यो आजको दिनसम्म जारी रहेको छ। यस युद्धको पहिलो लडाइँ देहधारी परमेश्‍वर क्रूसमा टाँगिनुभएको बेला भएको थियो। देहधारी परमेश्‍वरको क्रूसीकरणले शैतानलाई हरायो, र यो युद्धको पहिलो सफल चरण थियो। जब देहधारी परमेश्‍वरले प्रत्यक्ष रूपमा मानिसको जीवनमा काम गर्न थाल्नुभयो, यो मानिसलाई पुन: प्राप्ति गर्ने कामको आधिकारिक सुरुवात थियो र यो मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने काम भएकोले यो शैतानसित युद्ध गर्ने काम थियो। सुरुमा यहोवाले गर्नुभएको कामको चरण केवल पृथ्वीमा मानिसको जीवनलाई नेतृत्व गर्नु थियो। यो परमेश्‍वरको कामको सुरुवात थियो र यसमा कुनै युद्ध वा कुनै ठूलो काम सामेल नभएको भए पनि त्यसले आउनेवाला युद्धको जग बसाल्यो। पछि, अनुग्रहको युगको अवधिको कामको दोस्रो चरणमा मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने कार्य सामेल थियो, जसको अर्थ यो हो कि मानव जीवन परमेश्‍वर आफैले बनाउनुभएको हो। यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्थ्यो: यसका लागि परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नु आवश्यक थियो। यदि उहाँ मानिस बन्नुभएको थिएन भने, यस चरणको काममा अरू कसैले पनि उहाँको स्थान लिन सक्दैनथियो, किनकि त्यसले शैतानविरुद्ध प्रत्यक्ष लड्ने कामको प्रतिनिधित्व गर्थ्यो। यदि मानिसले परमेश्‍वरको तर्फबाट यो काम गरेको भए, जब मानिस शैतानको सामु उभिन्थ्यो तब शैतान झुक्नेथिएन र त्यसलाई हराउन असम्भव हुनेथियो। त्यसलाई पराजित गर्ने देहधारी परमेश्‍वर नै हुनुपर्थ्यो, किनकि देहधारी परमेश्‍वरको सार अझै पनि परमेश्‍वर नै हुन्छ, उहाँ अझै पनि मानिसको जीवन हुनुहुन्छ र उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जे हुन्छ, उहाँको पहिचान र वास्तविक गुण परिवर्तन हुनेछैन। यसैले उहाँले देहधारण गर्नुभयो र शैतानलाई पूर्ण समर्पित गराउन काम गर्नुभयो। आखिरी दिनहरूको कामको अवधिमा यदि मानिसले यो काम गर्नुपर्थ्यो भने र सीधै वचनहरू बोल्न लगाइएको थियो भने, ऊ ती बोल्न असमर्थ हुनेथियो र यदि अगमवाणीहरू बोलिएका भए, त्यो अगमवाणीले मानिसलाई जित्न सक्दैनथियो। देहधारण गरेर परमेश्‍वर शैतानलाई हराउन र त्यसलाई पूर्ण रूपले झुक्ने तुल्याउन आउनुहुन्छ। जब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुहुन्छ, मानिसलाई पूर्ण रूपमा विजय गर्नुहुन्छ र पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ, तब यो चरणको काम पूरा हुनेछ र सफलता हासिल गरिनेछ। परमेश्‍वरको व्यवस्थापनमा मानिस उहाँको लागि खडा हुन सक्दैन। विशेष गरी, युगको नेतृत्व गर्ने र नयाँ काम सुरु गर्ने कार्य परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नु झन् ठूलो आवश्यकता हुन्छ। मानिसलाई प्रकाश दिने र उसलाई अगमवाणी प्रदान गर्ने काम मानिसले गर्न सक्छ, तर यदि यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्छ, परमेश्‍वर स्वयम् र शैतानबीचको युद्धको काम हो भने, यो काम मानिसले गर्न सक्दैन। कामको पहिलो चरणको अवधिमा जब शैतानसित कुनै युद्ध भइरहेको थिएन, तब यहोवाले अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणी प्रयोग गर्दै इस्राएललाई व्यक्तिगत रूपमा डोऱ्याउनुभयो। पछि, दोस्रो चरणको काम शैतानसितको युद्ध थियो र परमेश्‍वर स्वयम्‌ व्यक्तिगत रूपमा देह बन्नुभयो र यो काम गर्न देहमा आउनुभयो। शैतानविरुद्धको युद्ध संलग्न कुनै पनि कुरामा परमेश्‍वरको देहधारण पनि सामेल हुन्छ, जसको अर्थ यो युद्ध मानिसले लड्न सक्दैन भन्‍ने हो। यदि मानिसले युद्ध गर्नुपरेको भए, ऊ शैतानलाई हराउन असमर्थ हुनेथियो। शैतानकै सत्तामा बसेर ऊसँग त्यसको युक्तिविरुद्ध लड्ने शक्ति कसरी हुन्थ्यो र? मानिस बीचमा छ: यदि तँ शैतानतर्फ झुक्छस् भने, तँ शैतानको होस् तर यदि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्छस् भने, तँ उहाँको होस्। यदि यो युद्धको काममा मानिसले परमेश्‍वरको पक्षमा खडा हुने कोसिस गरेको भए र खडा भएको भए के ऊ सक्षम हुनेथियो? यदि उसले त्यसो गरेको भए, के ऊ धेरै समय अघि नै नाश हुनेथिएन? के ऊ धेरै समय अघि नै पाताल लोकमा प्रवेश गरिसकेको हुनेथिएन र? यसैले मानिसले परमेश्‍वरको काममा उहाँको स्थान लिन सक्दैन, जसको अर्थ यो हो कि मानिससँग परमेश्‍वरको सार हुँदैन र यदि तैँले शैतानसँग युद्ध गरिस् भने, त्यसलाई हराउन सक्नेथिएनस्। मानिसले केवल केही काम मात्रै गर्न सक्दछ; उसले केही मानिसहरूलाई जित्न सक्छ तर ऊ परमेश्‍वरको स्वयम्‌को काममा परमेश्‍वरको स्थानमा खडा हुन सक्दैन। मानिसले कसरी शैतानसँग युद्ध गर्न सक्थ्यो र? तैँले युद्ध सुरु गर्नुभन्दा पहिले नै शैतानले तँलाई कैदी बनाउनेथियो। जब परमेश्‍वर स्वयम्‌ले शैतानसँग युद्ध गर्नुहुन्छ र मानिसले यसै आधारमा परमेश्‍वरलाई पछ्याउँछ र उहाँप्रति समर्पण गर्छ, तब मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन सक्छ र शैतानका बन्धनहरूबाट उम्कन सक्छ। मानिसले जुन कुराहरू आफ्नै बुद्धि र क्षमताहरूले हासिल गर्न सक्छ ती अति सीमित छन्; ऊ मानिसलाई पूर्ण बनाउन, उसलाई डोऱ्याउन र त्यसबाहेक शैतानलाई हराउन असमर्थ छ। मानिसको ज्ञान र बुद्धिले शैतानका योजनाहरूलाई असफल बनाउन सक्दैन, त्यसैले मानिसले त्योसँग कसरी युद्ध गर्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

अघिल्लो:  ४. बाइबलमा जे लेखेको छ त्यसअनुसार, प्रभु येशू देह बन्नुभएका ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ। तैपनि तपाईं देहधारी ख्रीष्ट नै देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। यदि प्रभु येशू स्वयम् परमेश्‍वर हुनुहुन्छ भने प्रभु येशूले पितासँग कसरी प्रार्थनाहरू गर्न सक्नुहुन्छ? देहधारी ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ कि परमेश्‍वर स्वयम् हुनुहुन्छ?

अर्को:  ६. अनुग्रहको युगको दौरान, परमेश्‍वर देह बन्नुभयो र मानवजातिका लागि पापको एउटा बलिको रूपमा काम गर्नुभयो, त्यसरी मानवजातिलाई पापबाट छुटकारा दिनुभयो। परमेश्‍वर आखिरी दिनहरूमा फेरि देह बन्नुभएको छ। उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, यसरी मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मानवजातिलाई शैतानको प्रभावबाट बचाउनुहुन्छ। मानवजातिलाई मुक्ति दिने काम गर्न उहाँ किन दुई पटक देह बन्नु पऱ्यो? यी दुई देहधारणको वास्तविक महत्त्व के हो?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger