६. अनुग्रहको युगको दौरान, परमेश्वर देह बन्नुभयो र मानवजातिका लागि पापको एउटा बलिको रूपमा काम गर्नुभयो, त्यसरी मानवजातिलाई पापबाट छुटकारा दिनुभयो। परमेश्वर आखिरी दिनहरूमा फेरि देह बन्नुभएको छ। उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, यसरी मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मानवजातिलाई शैतानको प्रभावबाट बचाउनुहुन्छ। मानवजातिलाई मुक्ति दिने काम गर्न उहाँ किन दुई पटक देह बन्नु पऱ्यो? यी दुई देहधारणको वास्तविक महत्त्व के हो?
सन्दर्भका लागि बाइबलका पदहरू:
“यसरी धेरैको पाप बोक्नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ” (हिब्रू ९:२८)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको देहको शरीरद्वारा छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण उप्रान्त पापबलिका रूपमा सेवा गर्नका लागि होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो कि, पाप क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा स्वच्छ पारिऊन्, र स्वभावमा परिवर्तन हासिल गरून् र यसरी शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहीपनका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। देह बनेर मात्र परमेश्वर मानिससँग बस्न, संसारको कष्ट भोग्न, र सामान्य देहको शरीरमा जिउन सक्नुहुन्छ। यस तरिकाले मात्र उहाँले मानिसहरूलाई सृजित प्राणीहरूका रूपमा चाहिने व्यावहारिक वचन प्रदान गर्न सक्नुहुन्छ। परमेश्वरको देहधारणद्वारा मानिसले परमेश्वरबाट पूर्ण मुक्ति पाउँछ, उसका प्रार्थनाहरूका जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। मानिस देह र रगतको भएकाले उसले परमेश्वरका आत्मालाई कुनै पनि तरिकाले देख्न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्, तसर्थ, ऊ केवल परमेश्वरले देहधारी देहको सम्पर्कमा आउन सक्छ। यस माध्यमबाट मात्र मानिसले सबै वचन र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसलाई उसका पापहरू फाल्ने तुल्याउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, देहमा गरिने परमेश्वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामका लागि तेस्रो पटक देह बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूको मानवजाति सबै उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएका हुनेछन्। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध गर्नु हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनु हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहँदा, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वरले मानिसको भ्रष्ट स्वभाव खुलासा गर्न वचन प्रयोग गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्ने तुल्याउनुहुन्छ। कामको यो चरण अघिल्लोभन्दा अझ बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई आपूर्ति गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण हुने तुल्याउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आफ्नो पहिलो देहधारणमा परमेश्वरले देहधारणको कार्य पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरण मात्रै पूरा गर्नुभयो जुन देहमा हुनुभएको परमेश्वरले निर्वाह गर्नुपर्थ्यो। त्यसैले, देहधारणको काम पूरा गर्न, परमेश्वर एकपटक फेरि देहमा फर्कनुभएको छ, उहाँ देहका सारा सामान्यता र व्यावहारिकता जिउनुहुन्छ, अर्थात्, परमेश्वरका वचनलाई सबैभन्दा सामान्य र साधारण देहमा प्रकट गराउनुहुन्छ, यसरी उहाँले देहमा अझै पूरा गर्न बाँकी काम समापन गर्नुहुन्छ। दोस्रो देहधारी देहसँग पहिलोजस्तै सार छ, तर उहाँ पहिलोभन्दा अझै व्यावहारिक, अझै सामान्य हुनुहुन्छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र व्यावहारिकताबाट पनि निस्किआउँछ। उहाँले आफ्नो सेवकाइ अत्यन्तै सामान्य र व्यावहारि देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति व्यावहारिक छ, उहाँले आफ्नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्नुहुनेछ। परमेश्वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्नुपर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको व्यावहारिकता र सामान्यताबाट आउँछ। आफ्ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्नुपर्छ; काम गर्ने देह जति व्यावहारिक छ, मानिसहरूको धारणा त्यति नै कठोर हुन्छ र उहाँमा त्यति नै खतराहरू पर्ने सम्भावना हुन्छ। तैपनि, देह जति व्यावहारिक छ र देहमा सामान्य मानवका आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। येशू देहको माध्यमद्वारा क्रूसमा टाँगिनुभयो, र उहाँले देहको माध्यमद्वारा पापबलिका रूपमा सेवा गर्नुभयो, अर्थात्त्यो सामान्य मानवतासहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्ति दिनुभयो। पूर्ण देहको माध्यमद्वारा नै दोस्रो देहधारणले विजयको काम गर्नुहुन्छ र शैतानलाई पराजित गर्नुहुन्छ। पुर्ण रूपमा सामान्य र व्यावहारिक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्नुको अर्थ, मानिसको विजयले देहमा हुनुभएका परमेश्वरको व्यावहारिकता र सामान्यताद्वारा आफ्नो परिणामप्राप्त गर्छ, अलौकिक आश्चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्वरले निर्वाह गरेको सेवकाइ बोल्नु हो, र उहाँले बोलीद्वारा नै मानिसलाई विजय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ; अर्को शब्दमा भन्दा, देहमा साकार हुने आत्माको काम बोल्नु हो र देहको काम बोल्नु हो, त्यसद्वारा मानिसलाई पूर्ण रूपमा विजय गर्ने, प्रकट गर्ने, सिद्ध पार्ने र हटाउने उद्देश्य प्राप्त हुन्छ। त्यसैले, विजयको काममा नै परमेश्वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। मानिसका पापका लागि पहिलोपटक गरिएको प्रायश्चितको काम देहधारणको कामको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले मात्र देहधारणको सम्पूर्ण कामलाई पूरा गर्छ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्वरको देहधारणको महत्त्व पूरा हुन्छ र यसले परमेश्वरसम्बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्वर पुरुष र स्त्री दुवै बन्न सक्नुहुन्छ र वास्तवमा, देहधारी परमेश्वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्वरले चिन्हहरू र आश्चर्यका कामहरू गर्नुहुन्न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्नेछ। यसका साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्वरको काम भनेको बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन तर बोलेर मानिसलाई जित्नु हो, भन्नुको अर्थ परमेश्वरको यस देहधारी शरीरमा भएको जन्मजात क्षमता भनेको वचन बोल्नु र मानिसलाई जित्नु हो, बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूतात्माहरू धपाउनु होइन, तर बोल्नु हो र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्वरको देहधारण झूट होइन भन्ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ र उहाँहरू दुवै देहधारी परमेश्वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो तर उहाँले धेरै चिन्हहरू र आश्चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्वरमा, मानव आँखाले कुनै चिन्हहरू वा आश्चर्यका कामहरू देख्नेछैन, न त बिरामीलाई निको पारेको न त भूतात्माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्म उपवास बसेको नै देख्नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्नु, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन तर बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्न, उहाँको आफ्नै कामलाई वाधा दिनुहुन्नु। उहाँले मानिसलाई आफ्ना व्यावहारिक वचनहरूद्वारा जित्नुहुने हुँदा, उहाँले आश्चर्यकर्महरूद्वारा जित्नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारणको महत्त्व भनेको साधारण, सामान्य मानिसले परमेश्वर स्वयमको काम गर्छ भन्ने हो; अर्थात्, परमेश्वरले आफ्नो ईश्वरीय काम मानवतामा गर्नुहुन्छ र जसद्वारा उहाँले शैतानलाई जित्नुहुन्छ। देहधारणको अर्थ परमेश्वरका आत्मा देह बन्नुहुन्छ, अर्थात्, परमेश्वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन काम देहमा साकार हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्वरीय कामलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मनेबित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्नेबित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्ने कुरालाई थप प्रदर्शन गर्छ; यसका साथै, उहाँ परमेश्वरको वचन, परमेश्वरका आत्मा नै देह हुनुभएको हो भन्ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ। उहाँको कामका आवश्यकताहरूको कारण परमेश्वर देह बन्नुहुन्छ; अर्को शब्दमा भन्दा, कामको यो चरणलाई देहमा नै गरिनुपर्छ, सामान्य मानवतामा नै गरिनुपर्छ। “वचन देह बन्नुहुन्छ,” “वचन देहमा देखा पर्नुहुन्छ” को पूर्वसर्त यही नै हो र परमेश्वरका दुईवटा देहधारणहरूको पछाडिको साँचो कथा यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले छुटकाराको काम मात्रै गर्नुभयो र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्वर फेरि देह बन्नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्दमा भन्दा, परमेश्वर पूर्ण रूपमा मानव बन्नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन बिल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्न सक्नुहुन्छ, जसले कुनै पनि आश्चर्यकर्मका चिन्हहरू देखाउने, आश्चर्यकर्महरू गर्ने गर्नुहुन्न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक तथ्यलाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्ने कुरा छैन भन्ने देखिन्छ र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामका तीन चरणहरूको अवधिमा, परमेश्वर दुई पटक देहधारी हुनुभएको छ र दुवै समयमा देहधारी परमेश्वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्भ गर्छ; देहधारणहरू एकअर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्नु असम्भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारण एउटै स्रोतबाट आउनुहुन्छ कि आउनुहुन्न भन्ने कुरालाई उहाँहरू जन्मनुभएको युग र स्थान वा अन्य त्यस्ता देहगत कारकतत्त्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्वरको कामले चलनलाई पालन गर्दैन तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्वरसम्बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्वरको आफ्नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँसम्बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्वरले आफ्नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित बुझ्ने क्षमताको कारण, परमेश्वरसम्बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ र उहाँको ईश्वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्न कामको माध्यमद्वारा उहाँलाई चिन्न दिनको लागि परमेश्वर देहमा आउनुहुन्छ र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्वरसँग हुनुहुन्थ्यो” भन्ने सार मात्र पूरा गर्यो: परमेश्वरको सत्यता परमेश्वरसँग थियो, र परमेश्वरका आत्मा देहसँग हुनुहुन्थ्यो र देहबाट अलग गर्न नसकिने हुनुहुन्थ्यो। अर्थात्, देहधारी परमेश्वरको देह परमेश्वरका आत्माको साथमा हुनुहुन्थ्यो, र यो कुरा देहधारी येशू नै परमेश्वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्नुहुन्छ” भन्ने वाक्यांशको भित्री अर्थ सटीक रूपमा पूरा गर्छ, “वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो” भन्ने वाक्यांशको अर्थ अझ गहिरो बनाउँछ र तँलाई “प्रारम्भमा वचन हुनुहुन्थ्यो” भन्ने वचनमा ठोस रूपमा विश्वास गर्ने तुल्याउँछ। भन्नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्ना वचनहरूको शक्ति र अख्तियारलाई अझ प्रकाश गर्नुहुन्छ र मानिसलाई उहाँका सबै वचन हेर्न—उहाँका सबै वचनहरू सुन्न दिनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू गहन रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्नुको मामला होइन, बरु तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्ने मामला हो। यो तैँले दिनुपर्ने र सबैले जान्नुपर्ने गवाही हो। यो दोस्रो देहधारणको काम हो—र यो परमेश्वर देह बन्नुहुने अन्तिमपटक हो—यसकारण यसले देहधारणको महत्त्वलाई पूरा पार्छ, र देहमा परमेश्वरका सबै काम पूर्ण रूपमा गर्ने र व्यक्त गर्ने गर्छ, र परमेश्वर देहमा हुनुहुने युगलाई समाप्त गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (४)
राज्यको युगमा, देहधारी परमेश्वरले उहाँमा विश्वास गर्ने सबैलाई विजय गर्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्वर आउनुभएको छ, भन्नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छ। वचन देहमा देखा पर्नुको सार यही हो र जब देहधारी परमेश्वरले आफ्ना वचनहरू बोल्नुहुन्छ, त्यो देहमा वचनको देखा पराइ, र देहमा वचनको आगमन हो। “प्रारम्भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो, र वचन देह बन्नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन देहमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्वरको कामको गति बढिरहेको छ। परमेश्वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ