७. तपाईं भन्नुहुन्छ, प्रभु येशू एक चिनियाँ व्यक्तिको रूपमा, देहमा फर्केर आउनुभएको छ। हामी त्यो कुरा स्वीकार गर्न सक्दैनौं। बाइबलमा जे लेखिएको छ त्यसअनुसार, प्रभु येशू एक यहूदीको रूपमा प्रस्थान हुनुभयो, त्यसैले जब प्रभु आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ, त्यसबेला उहाँ एक यहूदीको रूपमा आउनुपर्छ भन्ने हामी विश्वास गर्छौं। उहाँ कसरी एक चिनियाँ व्यक्तिको रूपमा आउन सक्नुहुन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउन दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्वर स्वयम्को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ। उहाँको नाक, उहाँको मुख, आँखा, र केशको ढाँचा कस्तो हुनेछन् भन्ने बारेमा भन्दा यी सब तेरो पत्ता लगाउने क्षमताभन्दा बाहिर छन्। जब यूहन्नाकहाँ प्रकाश आयो, तिनले मानिसको पुत्रको स्वरूपलाई हेरे: उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो, उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँको शिर र केश ऊनजस्तो सेतो थियो, उहाँका पाउहरू टल्काएका काँसाजस्ता थिए। उहाँको छातीमा सुनौला फित्ता थियो। उहाँका वचनहरू अत्यन्तै स्पष्ट थिए, तर तिनले वर्णन गरेका परमेश्वरको स्वरूप सृष्टि गरिएको प्राणीको स्वरूप थिएन। तिनले जे देखे त्यो एउटा दर्शन मात्र थियो, र भौतिक संसारको व्यक्तिको स्वरूप थिएन। यूहन्नाले एउटा दर्शन देखेका थिए, तर तिनले परमेश्वरको वास्तविक रूप देखेनन्। सृष्टि गरिएको प्राणीको स्वरूपले बनेको परमेश्वरको देहधारी शरीर परमेश्वरको स्वभावलाई त्यसको पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैन। जब यहोवाले मानव जाति सृष्टि गर्नुभयो, उहाँले त्यो आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र पुरुष र स्त्रीको रूपमा सृष्टि गर्नुभयो भनी भन्नुभयो। त्यस बेला, उहाँले पुरुष र स्त्रीलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो भनी भन्नुभयो। मानिसको स्वरूप परमेश्वरको स्वरूपसँग मेल खाए पनि त्यसलाई व्याख्या गर्दै मानिसको स्वरूप परमेश्वरको स्वरूप हो भन्न मिल्दैन। न त तैँले परमेश्वरको पूर्ण नमुना दिन मानव जातिको भाषा नै प्रयोग गर्न सक्छस्, किनकि परमेश्वर अति उच्च, अति महान्, अति अचम्मका र बुझ्नै नसकिने हुनुहुन्छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
परमेश्वरको देहधारी शरीरले आफूले गर्नुपर्ने काम पूरा गरेपछि यस पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनकि उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्र आउनुहुन्छ, मानिसहरूलाई आफ्नो स्वरूप देखाउन होइन। देहधारणको महत्त्वलाई परमेश्वरले दुईपटक देह बनेर पूरा गरिसक्नुभएको छ, तापनि उहाँलाई यसअघि कहिल्यै नदेख्ने कुनै पनि जातिको सामु उहाँले आफूलाई खुल्लमखुल्ला प्रकट गर्नुहुनेछैन। येशू फेरि कहिल्यै पनि आफूलाई धार्मिकताको सूर्यको रूपमा यहूदीहरूसामु देखा पर्नुहुनेछैन, न त उहाँ जैतून डाँडाको टुप्पामा खडा भएर सबै मानिसहरूको सामु देखा नै पर्नुहुनेछ; यहूदीहरूले येशू यहूदियामा हुनुहुँदाको अवधिमा जे देखे त्यो उहाँको चित्र मात्र हो। किनकि येशूले उहाँको देहधारणमा गर्नुभएको काम दुई हजार वर्षअघि नै समाप्त भयो; उहाँ एक यहूदीको रूपमा यहूदियामा फर्कनुहुनेछैन, उहाँले आफैलाई कुनै पनि अन्यजातिका मानिसहरूकहाँ प्रकट गर्नुहुनेछ भन्ने कुरा त कल्पनै नगरौं, किनकि देहधारी येशूको स्वरूप एक यहूदीको स्वरूप मात्र हो, र यूहन्नाले देखेका मानिसको पुत्रको स्वरूप होइन। येशूले आफ्ना चेलाहरूलाई उहाँ फेरि आउनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभए पनि उहाँले आफैलाई ती सबै अन्यजाति राष्ट्रहरूमा एक यहूदीको रूपमा प्रकट गर्नुहुनेछैन। देहधारी परमेश्वरको काम एउटा युग सुरु गर्नु हो भन्ने कुरा तिमीहरूले जान्नुपर्छ। यो काम केही वर्षहरूमा सीमित हुन्छ, र उहाँले परमेश्वरका आत्माका सबै काम पूरा गर्न सक्नुहुन्न, जसरी एक यहूदीको रूपमा रहेको येशूको स्वरूपले केवल उहाँले यहूदियामा काम गर्नुहुँदाको परमेश्वरको स्वरूपलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र उहाँले क्रूसमा टाँगिने काम मात्र गर्न सक्नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्ने वा मानव जातिलाई नाश पार्ने काम गर्न सक्नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउनुभएपछि, उहाँ सर्वोच्च उचाइमा चढिजानुभयो र सधैँभरिका लागि आफूलाई मानिसबाट लुकाउनुभयो। त्यस बेलादेखि यता, अन्यजाति देशहरूका विश्वासयोग्य विश्वासीहरू प्रभु येशूको प्रकटीकरण देख्न असमर्थ रहे, तिनीहरूले भित्तामा टाँसेका उहाँको तस्विरलाई मात्रै देख्न सके। यो चित्र मानिसले बनाएको चित्र मात्रै हो, र त्यो परमेश्वरले आफैलाई मानिसकहाँ देखाउनुभएको स्वरूप होइन। परमेश्वरले आफैलाई उहाँले दुईचोटि देहधारण गर्नुभएको स्वरूपमा खुल्लमखुल्ला भीडहरूको सामु प्रकट गर्नुहुनेछैन। उहाँले मानवजातिको बीचमा गर्नुहुने काम उनीहरूलाई उहाँको स्वभाव बुझ्ने मौका दिनको लागि हो। यी सबै कुरा मानिसलाई विभिन्न युगहरूको कामद्वारा देखाइन्छ; यो येशूको स्वरूप प्रकटीकरणद्वारा नभई उहाँले प्रकट गर्नुभएको स्वभाव र उहाँले गर्नुभएका कामद्वारा पूरा हुन्छ। यो भनेको के हो भने, मानिसको निम्ति परमेश्वरको स्वरूपलाई देहधारी स्वरूपद्वारा नभई, स्वरूप र रूप दुवै हुने देहधारी परमेश्वरले गर्नुभएको कामद्वारा चिनाइन्छ, र उहाँको कामद्वारा, उहाँको स्वरूप देखाइन्छ र उहाँको स्वभावलाई प्रकट गरिन्छ। उहाँले देहमा गर्न चाहनुभएको कामको महत्त्व यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (२)
येशू र म एउटै आत्माबाट आउँछौँ। हाम्रा देहहरू असम्बन्धित भए पनि, हाम्रा आत्माहरू एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम एउटै नभए पनि, हाम्रो सार एउटै हो; हाम्रा देहहरूले फरक-फरक रूप धारण गर्छन्, तर यो युगमा आएको परिवर्तन र हाम्रो कामका फरक-फरक मागहरूले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसैले हामीले अगाडि ल्याउने काम र हामीले मानिसलाई प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। त्यसैकारण मानिसले आज जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जुन युगमा आएको परिवर्तनले गर्दा हो। उहाँहरूको देहका लिङ्ग र रूप फरक भए पनि, र उहाँहरू एउटै परिवारमा नजन्मनुभएका, एउटै कालखण्डमा त झनै नजन्मनुभएका भए पनि, उहाँहरूको आत्मा एउटै हो। उहाँहरूका देहहरूबीच रगतको वा कुनै पनि प्रकारको शारीरिक नाता नभए पनि, उहाँहरू दुई फरक कालखण्डका परमेश्वरका देहधारी शरीर हुन् भन्ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्वरका देहधारी शरीर हुन् भन्ने कुरा खण्डन गर्न नसकिने सत्यता हो। यद्यपि, उहाँहरू एउटै रगतका हुनुहुन्न र उहाँहरूको साझा मानव भाषा छैन। (एक जना यहूदीहरूको भाषा बोल्ने पुरुष हुनुहुन्थ्यो, र अर्की चिनियाँ भाषा मात्रै बोल्ने महिला हुनुहुन्छ।) यिनै कारणले गर्दा उहाँहरू प्रत्येकले गर्नुपर्ने काम गर्नका लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक कालखण्डमा पनि जिउनुभएको छ। उहाँहरू एउटै आत्माका हुनुहुन्छ—अर्थात्, एउटै सारका हुनुहुन्छ—भन्ने तथ्यको बाबजुद, उहाँहरूको देहका बाहिरी आवरणहरूमा पूर्ण समानता केही पनि छैन। उहाँहरूको साझा कुरा भनेको एउटै मानवता मात्रै हो, तर उहाँहरूको देहको बाहिरी रूप र उहाँहरूको जन्मको परिस्थितिको कुरा गर्नुपर्दा, उहाँहरू उस्तै हुनुहुन्न। यी कुराहरूले उहाँहरूको सम्बन्धित काममा वा उहाँहरूबारे मानिसको ज्ञानमा कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्लेषणमा, उहाँहरू एउटै आत्माका हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। उहाँहरूबीच रगतको सम्बन्ध नभए पनि, उहाँहरूको सम्पूर्ण सत्त्व उहाँहरूको आत्माको नियन्त्रणमा हुन्छ, जसले उहाँहरूलाई फरक-फरक कालखण्डमा फरक-फरक काम गर्न सक्षम बनाउँछ, र उहाँहरूका देहहरू फरक-फरक रगतका हुन्। उदाहरणका लागि, यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्न, र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्न: उहाँहरू एउटै र उही आत्माका हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्वर र येशूबीच रगतको सम्बन्ध छैन, तर उहाँहरू एक हुनुहुन्छ—किनभने उहाँहरूको आत्मा एक हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
यस्तो कुरालाई जाँच्न त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यता जान्नु माग गरिएको हुन्छ: जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुन्छ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुन्छ। परमेश्वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्वरको काम मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसका धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचान प्रदर्शन गर्न नसकेका थिएनन् र? के फरिसीहरूले त्यतिबेला येशूको बाहिरी स्वरूपलाई मात्र हेरेकाले र ध्यान दिएर उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले नै उहाँको विरोध गरेका थिएनन् र? परमेश्वरको देखापराइ खोज्ने हरेक दाजुभाइ-दिदीबहिनीले इतिहासको दुःखद घटना नदोहोर्याओस् र आधुनिक समयको फरिसी बनेर परमेश्वरलाई फेरि क्रूसमा नटाँगोस् भन्ने मेरो आशा छ। तिमीहरूले परमेश्वरको पुनरागमनलाई कसरी स्वागत गर्ने भनी होसियारीका साथ ख्याल गर्नुपर्छ र सत्यताप्रति समर्पित हुने व्यक्ति कसरी बन्ने भन्ने विषयमा तिमीहरूको दिमाग स्पष्ट हुनुपर्छ। यो येशू बादलको सवारीमा फर्कनुहुनेछ भनी पर्खिरहेका सबैको जिम्मेवारी हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना