७. कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गर्नु भनेको प्रत्येक आइतबार मण्डलीमा उपस्थित हुनु, दान दिनु र परोपकारी हुन, अनि मण्डलीका क्रियाकलापहरूमा नियमित उपस्थित हुनु हो भनी सोच्छन्। यस्ता कुराहरू गरेर तिनीहरूले मुक्ति पाउन सक्छन् भन्ने तिनीहरू विश्वास गर्छन्। के त्यस्ता विचारहरू परमेश्वरको इच्छा अनुरूप छन्?
सन्दर्भका लागि बाइबलका पदहरू:
“मलाई प्रभु, प्रभु भन्ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
“स्वर्गको राज्यले हिंसा भोगेको छ, र यसलाई हिंस्रकहरूले बलजफती कब्जा गर्छन्” (मत्ती ११:१२)।
“साँच्चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
धेरै मानिसले परमेश्वरमा विश्वास गरे तापनि, थोरैले मात्र परमेश्वरप्रतिको विश्वासको अर्थ के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले कस्तो व्यवहार गर्नुपर्छ भनी बुझ्दछन्। किनभने मानिसहरूलाई “परमेश्वर” भन्ने शब्द र “परमेश्वरको काम” जस्ता वाक्यांश थाहा भए पनि, तिनीहरू परमेश्वरलाई चिन्दैनन् र अझ उहाँको काम त झनै चिन्दैनन्। त्यसैले, परमेश्वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्वासमा अलमल्ल पर्नु अचम्मको कुरा होइन। मानिसहरू परमेश्वरमाथिको विश्वासलाई गम्भीर रूपमा लिँदैनन् र तिनीहरूलाई परमेश्वरमा विश्वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लाग्ने कारणले नै पूर्ण रूपमा यसो हुने गर्छ। यसरी, तिनीहरू परमेश्वरका मागहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। अर्को शब्दमा भन्नुपर्दा, यदि मानिसहरू परमेश्वरलाई चिन्दैनन् र उहाँको कामलाई चिन्दैनन् भने, तिनीहरू परमेश्वरका निम्ति प्रयोगयोग्य हुन सक्दैनन्, अझ तिनीहरू उहाँका अभिप्रायहरू पूरा गर्न त झनै सक्दैनन्। “परमेश्वरमाथिको विश्वास” भनेको परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु हो; परमेश्वरमाथिको विश्वासको सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्नुपर्दा, परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु भनेको परमेश्वरमा साँचो रूपले विश्वास गर्नुसरह होइन; बरु, यो त बलियो धार्मिक भावसहितको साधारण आस्था हो। परमेश्वरप्रतिको साँचो विश्वासको अर्थ निम्नानुसार छ: परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने विश्वासका आधारमा, कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको काम अनुभव गर्छ अनि यसरी आफ्ना भ्रष्ट स्वभावहरू फाल्छ, परमेश्वरका अभिप्रायहरू पूरा गर्छ र परमेश्वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्वरमाथिको विश्वास” भन्न सकिन्छ। तैपनि मानिसहरू प्रायः परमेश्वरमाथिको विश्वासलाई एकदमै साधारण र हल्का कुराका रूपमा हेर्छन्। मानिसहरूले यसरी परमेश्वरमा विश्वास गर्दा, त्यसको अर्थ गुम्छ र तिनीहरूले अन्त्यसम्मै विश्वास गरिरहे पनि, कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्दैनन्, किनकि तिनीहरू गलत मार्गमा हिँड्छन्। आजको दिनसम्म शब्द र खोक्रा धर्मसिद्धान्तमाझ परमेश्वरमा विश्वास गर्नेहरूलाई अझै पनि आफूमा परमेश्वरमाथिको विश्वासको सारको अभाव रहेको र आफूले परमेश्वरको अनुमोदन पाउन नसकिने थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित गर्नुहोस् भनी परमेश्वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र गहन रूपमा सोचौँ: के परमेश्वरमा विश्वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्वरमा विश्वास गर्नु भनेको परमेश्वरबाट धेरै अनुग्रह पाउनुबाहेक अरू केही होइन भन्ने हुन सक्छ? के परमेश्वरलाई नचिनी उहाँमा विश्वास गर्ने वा परमेश्वरमा विश्वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
कतिपय मानिसहरू परमेश्वरमा विश्वास गर्ने कुरालाई निकै सरल ढङ्गले हेर्छन्। तिनीहरू सोच्छन्, “परमेश्वरमा विश्वास गर्नु भनेको भेलाहरूमा सहभागी हुनु, प्रार्थना गर्नु, प्रवचन सुन्नु, सङ्गति गर्नु, परमेश्वरको भजन र स्तुति गर्नु, अनि केही कर्तव्यपालन गर्नु हो। के परमेश्वरमा विश्वास भनेको यही नै होइन?” अहिले, तिमीहरूले परमेश्वरमा विश्वास गरेको जति वर्ष भए तापनि, परमेश्वरमा विश्वास गर्नुको महत्त्वबारे अझै पूर्ण रूपमा बुझेका छैनौ। वास्तवमा, परमेश्वरमा विश्वास गर्नुको अर्थ यति गहन छ कि कुनै व्यक्तिको अनुभव एकदमै छिपछिपे छ भने, उसले यसलाई बोध गर्नै सक्दैन। जब उसले अन्तसम्म नै अनुभव गर्दछ, तब ऊभित्र रहेका सैतानको स्वभाव र सैतानी विषहरू धोइएर रूपान्तरण हुनुपर्छ। मानिसहरूले आफूलाई धेरै सत्यताहरूले सुसज्जित गर्नुपर्छ, मानिसबाट परमेश्वरले चाहनुभएका मापदण्डहरू पूरा गर्नुपर्छ र साँचो रूपमा परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुनुपर्छ। तब मात्र तिनीहरूले वास्तवमै मुक्ति पाउनेछन्। यदि तँ अझै पनि पहिले धर्मको हिस्सा हुँदाको जस्तै छस् भने, केही शब्द र धर्मसिद्धान्त पाठ गर्नु र केही नारा फलाक्नु, केही असल व्यवहार र काम गर्नु, र कम्तीमा स्पष्ट देखिने निश्चित पापपूर्ण कुराहरूबाट बच्नु मात्रले परमेश्वरमाथिको तेरो विश्वासमा तँ सही मार्ग प्रवेश गरेको छस् भनेर देखाउँदैन। प्रावधानहरू पछ्याउँदैमा तँ सही मार्गमा छस् भन्ने हुन्छ र? के यसको अर्थ तैँले सही छनोट गरिस् भन्ने हुन्छ र? यदि तेरो प्रकृतिभित्र भएका कुराहरू परिवर्तन हुँदैनन् भने, तैँलै अझै पनि परमेश्वरको प्रतिरोध गर्न र अन्तमा उहाँलाई चिढ्याउन सक्छस्। यो सबभन्दा ठुलो समस्या हो। यदि तैँले परमेश्वरमाथिको तेरो विश्वासमा रहेको यो समस्या समाधान गर्दैनस् भने, के तैँले साँचो रूपमा मुक्ति पाएको छस् भनेर भन्न सकिन्छ? मैले यसबाट ठ्याक्कै के भन्न खोज्दै छु? म चाहन्छु कि तिमीहरूले हृदयबाटै के बुझ भने परमेश्वरमाथिको विश्वासलाई उहाँको वचनबाट अलग गर्न सकिँदैन, न त यसलाई परमेश्वर स्वयम् वा सत्यताबाट नै अलग गर्न सकिन्छ। तैँले सही मार्ग चुन्नुपर्छ, अनि सत्यता र परमेश्वरको वचनमा प्रयास लगाउनुपर्छ। तैँले आंशिक वा साधारण बुझाइ मात्र हासिल गरेर हुँदैन, र मुख्य कुरा यही हो। आफूलाई मूर्ख बनाउनुले तँलाई हानि मात्रै गर्नेछ। तेरो विश्वासलाई तेरो कल्पनामा आधारित गर्नु राम्रो होइन। यदि तँ अन्तसम्म विश्वास गर्छस्, तर परमेश्वर तेरो हृदयमा हुनुहुन्न भने, यदि तँ उहाँको वचनका पृष्ठहरू छिटो छिटो पल्टाउँछस्, तर त्यसलाई पछि सम्झन सक्दैनस् भने, र यदि तेरो हृदयमा परमेश्वरका लागि ठाउँ छैन भने, तँ सकिइस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा विश्वास गर्ने क्रममा, सही मार्ग चुन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो
मानिसहरूको विश्वासको सबैभन्दा ठूलो महत्त्व के हो? सामान्य भाषामा भन्नुपर्दा, यो मुक्ति प्राप्त गर्नका निम्ति हो। मुक्ति भनेको ठ्याक्कै के हो? अनि मुक्तिको महत्त्व के हो? म तिमीहरू सबैले यसबारे सोचविचार गरेको चाहन्छु। (यसको अर्थ हामी शैतानको अन्धकारमय प्रभावबाट मुक्त हुन, पूर्णतया परमेश्वरतर्फ फर्कन, र अन्ततः जीवित रहन सक्छौँ भन्ने हो।) (मानिसहरू शैतानको सत्ताअन्तर्गत जिउँछन् र त्यसैले तिनीहरू मृत्युको योग्य छन्, तर परमेश्वरको कामको अनुभवमार्फत, तिनीहरूले मुक्ति पाउन सक्छन्, र यसरी तिनीहरू मृत्युबाट बच्न सक्छन्।) तिमीहरू सबैले यो कुरा बुझ्छौ र त्यसलाई धर्मसिद्धान्तको स्तरमा व्याख्या गर्न सक्छौ, तर तिमीहरूलाई मुक्ति प्राप्त गर्नु भनेको वास्तवमा के हो भनेर थाहै छैन। के मुक्ति प्राप्त गर्नु भनेको तेरा भ्रष्ट स्वभावहरू फाल्नु हो? के मुक्ति प्राप्त गर्नुले नढाँट्ने, इमानदार व्यक्ति बन्ने र परमेश्वरविरुद्ध विद्रोह गर्न छोड्ने अर्थ दिन्छ? मुक्ति पाइसकेपछि मानिसहरू कस्ता हुन्छन्? सामान्य भाषामा भन्नुपर्दा, मुक्ति प्राप्त गर्नुको अर्थ तँ जिइरहन सक्नेछस्, तँलाई जीवनमा फर्काइएको छ भन्ने हुन्छ। एक समय तँ पापमा जिइरहेको थिस्, र तेरो मृत्यु निश्चित थियो—र परमेश्वरको नजरमा तँ मृत व्यक्ति थिस्। यसो भन्नुको आधार के हो? मुक्ति पाउनुअघि मानिसहरू कसको सत्ताअन्तर्गत जिउँछन्? (शैतानको सत्ताअन्तर्गत।) अनि शैतानको सत्ताअन्तर्गत मानिसहरू केका आधारमा जिउँछन्? उनीहरू शैतानको प्रकृति र त्यसका भ्रष्ट स्वभावहरूका आधारमा जिउँछन्। त्यसपछि उनीहरूको सम्पूर्ण अस्तित्व—उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका सोचजस्ता अन्य सबै कुराहरू—जीवित हुन्छन् कि मृत हुन्छन्? परमेश्वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्, तिनीहरू जिउँदो लाश हुन्। बाहिरी रूपमा, तँ सास फेरिरहेको र सोचिरहेको देखिन्छस्, तर तँ निरन्तर जे कुराबारे सोचिरहेको हुन्छस् त्यो सबै दुष्ट, परमेश्वरको अवज्ञा गर्ने र परमेश्वरविरुद्ध विद्रोही हुन्छ, तेरा सबै सोच परमेश्वरले घिनाउने, घृणा गर्ने र दोषी ठहराउने कुरा हुन्। परमेश्वरको नजरमा, यी सबै थोकहरू देहका मात्र हुँदैनन्, बरु ती त पूर्ण रूपमा शैतान र दियाबलसका हुन्छन्। त्यसोभए, परमेश्वरको नजरमा, के भ्रष्ट मानवजाति मानवसमेत हुन्छ र? हुँदैन, तिनीहरू पशु र दियाबलस हुन्; तिनीहरू जिउँदा शैतान हुन्! सबै मानिसहरू शैतानको प्रकृति र स्वभावअनुसार जिउँछन्, र परमेश्वरको नजरमा, तिनीहरू मानव देह धारण गरेका जिउँदा शैतान हुन्, मानवको खोल ओढेका दियाबलस हुन्। परमेश्वर त्यस्ता मानिसहरूलाई जिउँदा लाश, अर्थात् मरेका मानिस भनेर चित्रण गर्नुहुन्छ। अहिले परमेश्वरले गरिरहनुभएको मुक्तिको कामको उद्देश्य शैतानका भ्रष्ट स्वभावहरू र त्यसको भ्रष्ट सारअनुसार जिउने जिउँदा लाशहरूलाई—अर्थात् मरेका मानिसहरूलाई—लिने र तिनीहरूलाई जीवित मानिसमा परिणत गर्ने हो। मुक्ति प्राप्त गर्नुको अर्थ त्यही हो। व्यक्तिले मुक्ति प्राप्त गर्नको निम्ति परमेश्वरमा विश्वास गर्छ—मुक्ति पाउनु भनेको के हो? जब व्यक्तिले परमेश्वरबाट मुक्ति प्राप्त गर्छ, तब ऊ मृतकबाट जीवित बन्छ। कुनैबेला तिनीहरू शैतानका थिए र तिनीहरू मर्नु निश्चित थियो, तर अहिले तिनीहरूले परमेश्वरका मानिसहरूको रूपमा जीवन प्राप्त गरेका छन्। यदि परमेश्वरमा विश्वास गर्दा र उहाँलाई पछ्याउँदा, मानिसहरू परमेश्वरप्रति समर्पित हुन, उहाँलाई चिन्न, र आराधनामा उहाँसामु झुक्न सक्छन् भने, यदि तिनीहरूको हृदयमा परमेश्वरविरुद्ध प्रतिरोध र विद्रोह छैन, र तिनीहरूले अबउप्रान्त उहाँलाई अवज्ञा वा आक्रमण गर्नेछैनन्, र तिनीहरू उहाँप्रति साँच्चै समर्पित हुन सक्छन् भने, परमेश्वरको नजरमा तिनीहरू साँचा जिउँदा मानिसहरू हुन्। के मुखले मात्र परमेश्वरलाई स्विकार्ने व्यक्ति जिउँदो व्यक्ति हो र? (होइन।) त्यसोभए, कस्तो खालको व्यक्तिचाहिँ जिउँदो व्यक्ति हो त? जिउँदो मानिसका वास्तविक प्रकटीकरणहरू के-के हुन्? जिउँदा मानिसहरूमा के-कस्ता गुणहरू हुनुपर्छ? तिमीहरूको राय मलाई सुनाओ त। (जो सत्यता स्विकार्न सक्छन् तिनीहरू नै जिउँदा मानिस हुन्। यदि मानिसहरूका सोचाइ र हेराइ र कामकुराबारे तिनीहरूका दृष्टिकोणहरू परिवर्तन भएर परमेश्वरका वचनहरूअनुरूप हुन्छन् भने, तिनीहरू जिउँदा मानिस हुन्।) (सत्यता बुझ्ने र अभ्यास गर्न सक्नेहरू नै जिउँदा मानिसहरू हुन्।) (अय्यूबजस्तो परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति नै जिउँदो व्यक्ति हो।) (परमेश्वरलाई चिन्ने मानिसहरू परमेश्वरका वचनहरूअनुसार जिउन सक्छन्, र तिनीहरू सत्यता वास्तविकतालाई जीवनमा उतार्छन्—तिनीहरू जिउँदा मानिसहरू हुन्।) तिमीहरू प्रत्येकले एकखाले प्रकटीकरणबारे बताएका छौ। व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न र जिउँदो व्यक्ति बन्नको लागि, कम्तीमा पनि उसले परमेश्वरका वचनहरूलाई ध्यान दिन सक्नुपर्छ, उसले विवेक र समझका वचनहरू बोल्न सक्नुपर्छ, उसले सोच्न र खुट्ट्याउन सक्नैपर्छ, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्नुपर्छ, र उसले परमेश्वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्नुपर्छ। साँचो जिउँदो व्यक्ति त्यही हो। जिउँदा मानिसहरूले प्रायः के सोच्छन् र के गर्छन्? तिनीहरू सामान्य मानिसहरूले गर्नुपर्ने केही काम गर्न सक्छन्। मुख्य गरी, तिनीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्छन्, र तिनीहरूले मनमा सोच्ने र प्रकट गर्ने कुरामा, साथै तिनीहरूले नियमित रूपमा भन्ने र गर्ने कुरामा, तिनीहरू परमेश्वरको डर मान्छन् र दुष्टताबाट अलग बस्छन्। तिनीहरूले प्रायः जे सोच्छन् र गर्छन् त्यसको प्रकृति यही हो। अझै अलि प्रस्ट रूपमा भन्नुपर्दा, कम्तीमा पनि तिनीहरूले सामान्यतया गर्ने र भन्ने कुरा सत्यतासँग मिल्छ। त्यसलाई परमेश्वरद्वारा दोषी ठहराइँदैन वा तिरस्कार गरिँदैन, बरु उहाँद्वारा मान्यता दिइन्छ र अनुमोदन गरिन्छ। जिउँदा मानिसहरूले गर्ने कुरा यही हो, र तिनीहरूले गर्नुपर्ने कुरा पनि यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ
सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त एउटा नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्याओस् वा नडोर्याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियमावलीहरू पालना गर्ने स्वरूप हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियमावली र अनुष्ठानहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्ने बारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमावलीहरूका रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियमावली र अनुष्ठानहरू सबै मानवबाट आएका हुन्; ती परमेश्वरबाट आएका होइनन्। परमेश्वर न त नियमावलीहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक काम गर्दै हरेक दिन नयाँ कामकुरा गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमावलीहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्नुहुन्न, किनकि उनीहरूको हृदय नियमावलीहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू व्यवस्थाको बन्धनमा जिइरहन मात्र सक्छन्। यस्ता मानिसहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न सदा असक्षम हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्बन्धमा
तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, अनिवार्य रूपमा उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ र उहाँका वचनहरू जिउनुपर्छ। यसलाई मात्र परमेश्वरमाथिको विश्वास भन्न मिल्छ! यदि तँ मुखले म परमेश्वरमा विश्वास गर्छु भन्छस् तर उहाँको कुनै पनि वचन व्यवहारमा लागु गर्न वा कुनै पनि वास्तविकता प्रकट गर्न असक्षम छस् भने, यसलाई परमेश्वरमा विश्वास गरेको भनिँदैन। बरु, यो त “धित मरुञ्जेल खान खोज्नु” हो। सानातिना गवाहीहरू, व्यर्थका कुराहरू र सतही मामिलाहरूबारे मात्रै कुरा गर्नु, तर अलिकति वास्तविकतासमेत नहुनु: यी कुराहरू परमेश्वरमाथिको विश्वास होइनन् र तैँले परमेश्वरमा विश्वास गर्ने सच्चा मार्गलाई पटक्कै बोध गरेको छैनस्। तैँले किन अनिवार्य रूपमा परमेश्वरका वचनहरू अझ बढी खानु र पिउनुपर्छ? यदि तँ उहाँका वचनहरू खाँदैनस् र पिउँदैनस् तर स्वर्ग मात्र जान खोज्छस् भने, के त्यो परमेश्वरमा विश्वास गर्नु हो? परमेश्वरमा विश्वास गर्ने व्यक्तिले चाल्नुपर्ने पहिलो कदम के हो? परमेश्वर कुन मार्गद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ? के तँ परमेश्वरका वचनहरू नखाई र नपिई सिद्ध पारिन सक्छस्? के परमेश्वरका वचनहरू तेरो वास्तविकता नबनी तँलाई राज्यको व्यक्ति मान्न सकिन्छ? आखिर परमेश्वरमा विश्वास गर्नु भनेको के हो? परमेश्वरका विश्वासीहरू, कम्तीमा पनि, बाहिरी रूपमा असल व्यवहारको हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरका वचनहरू धारण गर्नु हो। तँ कुनै पनि हालतमा उहाँका वचनहरूबाट विमुख हुन सक्दैनस्। परमेश्वरलाई चिन्नु र उहाँका अभिप्रायहरू पूरा गर्नु सबै उहाँकै वचनहरूमार्फत हासिल हुन्छन्। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म र क्षेत्रलाई परमेश्वरका वचनहरूमार्फत विजय गरिनेछ। परमेश्वरले सिधै बोल्नुहुनेछ र सबै मानिसले परमेश्वरका वचनहरू आफ्नो हातमा लिनेछन् र यसको माध्यमबाट तिनीहरू सिद्ध पारिनेछन्। भित्र र बाहिर, परमेश्वरका वचनहरू सर्वत्र व्याप्त हुन्छन्: सबैले आफ्नो मुखले परमेश्वरका वचनहरू बोल्नेछन्, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नेछन् र परमेश्वरका वचनहरूलाई आफूभित्र राख्नेछन्, तिनीहरू भित्र र बाहिर दुवैतिर परमेश्वरका वचनहरूमा भिजेका हुनेछन्। यसरी, तिनीहरू सिद्ध पारिनेछन्। परमेश्वरका अभिप्रायहरू पूरा गर्ने र उहाँका लागि साक्षी दिन सक्षम हुनेहरूले परमेश्वरका वचनहरूलाई आफ्नो वास्तविकताका रूपमा धारण गर्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
आज परमेश्वरमाथिको व्यावहारिक विश्वास भनेको के हो? यो परमेश्वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु, परमेश्वरलाई उहाँको वचनबाट चिन्नु, र यसरी उहाँप्रति साँचो प्रेम हासिल गर्नु हो। प्रस्ट रूपमा भन्नुपर्दा: परमेश्वरमा विश्वास गर्नु भनेको तँ उहाँमा समर्पित भएस्, तैँले उहाँलाई प्रेम गरेस्, र सृजित प्राणीद्वारा पूरा गरिनुपर्ने कर्तव्य पूरा गरेस् भन्नका लागि हो। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्वर कति प्रेमिलो हुनुहुन्छ, परमेश्वर कति आदर गर्न लायक हुनुहुन्छ, र परमेश्वरले उहाँका सृजित प्राणीहरूमा गर्ने काम कसरी तिनीहरूको मुक्ति र तिनीहरूको सिद्धता हो भनेर जान्नैपर्छ—यी तैँले परमेश्वरमाथि विश्वास गर्नुका अत्यावश्यक तत्त्वहरू हुन्। परमेश्वरमा विश्वास गर्नु भनेको मूल रूपमा देहको जीवनबाट परमेश्वरलाई प्रेम गर्ने जीवनमा र भ्रष्टतामा जिउनुबाट परमेश्वरका वचनहरूको जीवनमा जिउनुमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्वरको हेरचाह र सुरक्षामा जिउनु हो; यो तँ देहप्रति समर्पित हुनुभन्दा परमेश्वरप्रति समर्पित हुन सकेस्, परमेश्वरले तेरो सम्पूर्ण हृदय प्राप्त गर्न र तँलाई सिद्ध पार्न सक्नुहोस्, र तँ शैतानी भ्रष्ट स्वभावहरूबाट मुक्त हुन सकेस् भन्नका लागि हो। परमेश्वरमा विश्वास गर्नु भनेको मूलतः परमेश्वरको महान् शक्ति र महिमा तँमा प्रकट हुन सकोस्, तैँले परमेश्वरको इच्छालाई पछ्याएस्, परमेश्वरको योजना पूरा होस्, साथै तैँले शैतानको अगाडि परमेश्वरको साक्षी दिन सकेस् भन्नका लागि हो। परमेश्वरमाथिको विश्वास चिन्हहरू र अचम्मका कामहरू हेर्ने चाहनामा केन्द्रित हुनु हुँदैन, न त त्यो तेरो आफ्नै देहको खातिर नै हुनुपर्छ। त्यो परमेश्वरलाई चिन्नु, परमेश्वरप्रति समर्पित हुन सक्नु, अनि पत्रुसजस्तै मृत्युसम्मै उहाँप्रति समर्पित हुनुको पछ्याइमा केन्द्रित हुनुपर्छ। मुख्य उद्देश्य भनेको यो कुरा हासिल गर्नु हो। व्यक्तिले परमेश्वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति पनि परमेश्वरको वचन खान्छ र पिउँछ। परमेश्वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्वर सम्बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्वरमाथिको मानिसको विश्वासमा हुनुपर्ने उद्देश्य यही मात्र हो। यदि परमेश्वरमाथिको विश्वासमा तँ सधैँ चिन्ह र आश्चर्यकर्महरू हेर्ने कामना गर्छस् भने, परमेश्वरमाथिको विश्वासको यो दृष्टिकोण गलत छ। परमेश्वरमा विश्वास गर्नु भनेको मूलतः परमेश्वरका वचनहरूलाई आफ्नो जीवन वास्तविकताका रूपमा स्विकार्नु हो। जब परमेश्वरको मुखबाट आउने वचनहरू मानिसहरूद्वारा अभ्यास गरिन्छन् र तिनीहरूमा साकार हुन्छन्, तब परमेश्वरको उद्देश्य पूरा हुन्छ। परमेश्वरमा विश्वास गर्दा, मानिस परमेश्वरद्वारा सिद्ध पारिने, परमेश्वरप्रति समर्पित हुन सक्षम हुने र परमेश्वरप्रति पूर्ण समर्पण हासिल गर्ने पछ्याइमा लाग्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्वरप्रति समर्पित हुन सक्छस्, तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न, पत्रुसको कद हासिल गर्न, र परमेश्वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्वरमाथिको विश्वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्वरद्वारा प्राप्त गरिएको छस् भन्ने सङ्केत गर्नेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
म कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि अपवित्र बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी हुन्छस्, र तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुन्छ! संसारको सृष्टि भएदेखि अहिलेसम्म, मेरो चापलुसी गर्नेहरूलाई मैले राज्यमा त्यति सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवन पछ्याउनैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्नै स्वभावमा परिवर्तनको पछि लाग्ने, र परमेश्वरको गवाही दिन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूको मात्रै आश गर्छस्, र आफ्नो जीवन स्वभाव परिवर्तन गर्नुको पछि लाग्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ