३. यहूदी धर्म र इसाई धर्ममा धेरै मानिसहरू छन् जसले साँचो परमेश्वरमा विश्वास गर्छन्, जसले मन्दिरहरू र मण्डलीहरूमा परमेश्वरको आराधना गर्छन्, र जो सबैको अगाडि धेरै धर्मी देखिन्छन्। कसै-कसैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार नगरे पनि, तिनीहरूले स्पष्ट रूपमा परमेश्वरको विरोध वा निन्दा गर्ने केही पनि गरेका छैनन्। के परमेश्वरले तिनीहरू जस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“किनभने परमेश्वरले यसो भनेर आज्ञा दिनुभएको छ, आफ्नो बाबु र आमाको सम्मान गर: र, बाबु वा आमालाई जसले सराप्छ त्यो मारियोस्। तर तिमीहरू भन्छौ, जोसुकैले आफ्नो बाबु वा आमालाई यसो भन्नेछ, तपाईंले मबाट जे लाभ पाउन सक्नुहुन्थ्यो, त्यो उपहार हो; अनि उसले आफ्नो बाबु वा आमाको सम्मान गर्नु पर्दैन, ऊ स्वतन्त्र हुनेछ। यसरी तिमीहरूले आफ्नो परम्पराद्वारा परमेश्वरको आज्ञालाई व्यर्थ तुल्याइदिएका छौ। तिमीहरू ढोङ्गीहरू, यशैयाले यसो भनेर तिमीहरूको बारेमा ठीकै अगमवाणी गरेका थिए, यी मानिसहरू आफ्ना मुखहरूले मात्र मेरा नजिक आउँछन् र तिनीहरूका ओठहरूले मात्र मेरो सम्मान गर्छन्; तर तिनीहरूका हृदय मदेखि टाढा छ। तर तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँछन्” (मत्ती १५:४-९)।
“मलाई प्रभु, प्रभु भन्ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँको अधीनमा हुन्छ कि हुँदैन भन्ने कुरामा आधारित हुन्छ; आफूलाई परमेश्वरको अधीनमा राख्ने व्यक्ति धर्मी व्यक्ति हो, जबकि त्यसो नगर्ने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र कतिपय मानिस असल गन्तव्य हासिल गर्न राम्रा शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्वरले मानिसहरूको परिणाम उनीहरूको व्यवहार वा बोलीवचनका आधारमा निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरू यसको फाइदा उठाएर बेइमानीपूर्वक आफ्ना लागि क्षणिक अनुग्रह प्राप्त गर्ने इच्छा गर्छन्। आउने विश्रामको समयमा बाँच्ने मानिसहरू सबैले दुःखको दिन सहेका र परमेश्वरको गवाही दिएका हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्वरमा समर्पित भएका मानिसहरू हुनेछन्। जो सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिनका लागि प्रयोग गर्ने इच्छा गर्छन् तिनीहरू रहनेछैनन्। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ कसैले उहाँका निम्ति विगतमा गरेको सेवाका कारण उसका सारा दुष्ट कार्यप्रति कदापि उदार हुनुहुनेछैन, न त कसैले केही समयका लागि आफूलाई उहाँप्रति समर्पित गरेको कारण उहाँले उसलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कोही पनि आफ्ना दुष्ट कार्यहरू ढाक्न र त्यसरी विनाशको दुःखबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू साँच्चिकै पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्हरू प्राप्त गरून् वा दुःखपिर भोगून्। यदि मानिसहरू आशिष्हरू देख्दा, परमेश्वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू सधैँभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरलाई पछ्यानुमा प्रमुख महत्त्वको कुरा के हो भने सबै कुरा परमेश्वरका वर्तमान वचनहरूअनुसार हुनुपर्छ: तँ जीवन प्रवेश पछ्याइरहेको भए पनि वा परमेश्वरका अभिप्रायहरू पूरा गर्ने पछ्याइमा रहेको भए पनि, सबै कुरा परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित हुनुपर्छ। यदि तैँले सङ्गति गर्ने र प्रवेश गर्न खोज्ने कुराहरू परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरका वचनहरूभन्दा बाहिरको व्यक्ति होस्, र तँसँग पवित्र आत्माको काम बिलकुलै छैन। परमेश्वर उहाँका पदचापहरू पछ्याउने मानिसहरू चाहनुहुन्छ। तैँले पहिले बुझेको कुरा जतिसुकै अद्भुत र शुद्ध भए पनि, परमेश्वर त्यो चाहनुहुन्न, र यदि तँ त्यस्ता कुराहरू त्याग्न असमर्थ छस् भने, ती भविष्यमा तेरो प्रवेशका लागि ठूलो बाधा बन्नेछन्। पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। युगौँयुग र पुस्तौँपुस्ताअघिका मानिसहरूले पनि परमेश्वरका पदचापहरूलाई पछ्याए, तर तिनीहरूले आजको दिनसम्म पछ्याइरहन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र परमेश्वरका पदचापहरू पछ्याउन सक्नेहरू, परमेश्वरले तिनीहरूलाई जहाँ डोर्याउनुभए पनि उहाँलाई नै पछ्याउनेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कामलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको काममा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जतिसुकै काम गरे पनि, वा तिनीहरूको दुःख जतिसुकै ठूलो भए पनि, वा तिनीहरूले जतिसुकै दौडधुप गरे पनि, परमेश्वरका लागि त्यो कुनै पनि कुराको कुनै अर्थ हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरका वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबै पवित्र आत्माको प्रवाहमा छन्; परमेश्वरका वर्तमान वचनहरूभन्दा बाहिर हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र त्यस्ता मानिसहरू परमेश्वरद्वारा अनुमोदित हुँदैनन्। पवित्र आत्माका वर्तमान वचनहरूभन्दा बाहिरको सेवा भनेको देहको र धारणाहरूको सेवा हो, र यो परमेश्वरका अभिप्रायहरूअनुरूप हुन असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरू परमेश्वरका अभिप्रायहरूअनुरूपको कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र तिनीहरूले परमेश्वरको सेवा गरे पनि, तिनीहरू आफ्ना कल्पना र धारणाहरूका बीचमा रहेर सेवा गर्छन्, र परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्। जो पवित्र आत्माको कामलाई पालन गर्न असक्षम छन् तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, र जो परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् तिनीहरू परमेश्वरको सेवा गर्न सक्दैनन्। परमेश्वर उहाँका अभिप्रायहरूअनुरूपको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरूको र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरू पवित्र आत्माको कामका चरणहरू पालन गर्न असमर्थ छन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध र बाधा दिन्छ, र त्यस्तो सेवा परमेश्वरविपरीत हुन जान्छ। तसर्थ जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू परमेश्वरको सेवा गर्न असक्षम हुन्छन्; जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू पक्कै पनि परमेश्वरको विरोध गर्छन्, र पक्कै पनि परमेश्वरसँग मिल्ने हुन असक्षम हुन्छन्। “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्वरको नवीनतम कामबाट परमेश्वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्। जो पवित्र आत्माको कामद्वारा हटाइन्छन् तिनीहरू परमेश्वरको नवीनतम कामलाई पछ्याउन असक्षम रहेका, र परमेश्वरको नवीनतम कामको विरुद्धमा लाग्ने मानिस हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको खुलेर विरोध गर्नुको कारण भनेको परमेश्वरले नयाँ काम गर्नुभएको हुनु, र परमेश्वरको स्वरूप तिनीहरूका धारणाहरूमा भएको जस्तो नहुनु हो—यसको परिणामस्वरूप, तिनीहरू परमेश्वरको खुलेर विरोध गर्छन् र परमेश्वरलाई गलत ठहराउँछन्, जसको परिणामस्वरूप परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्वरको नवीनतम कामको ज्ञान राख्नु कुनै सजिलो कुरा होइन, तर यदि मानिसहरू दृढताका साथ परमेश्वरको कामप्रति समर्पित हुन र परमेश्वरको काम खोज्न सक्छन् भने, तिनीहरूले परमेश्वरलाई देख्ने मौका पाउनेछन्, र पवित्र आत्माको नवीनतम मार्गदर्शन प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्। परमेश्वरको कामलाई जानाजानी विरोध गर्नेहरू पवित्र आत्माको अन्तर्दृष्टि वा परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्दैनन्। तसर्थ, मानिसहरूले परमेश्वरको नवीनतम काम प्राप्त गर्न सक्नु वा नसक्नु परमेश्वरको अनुग्रहमा, साथै तिनीहरूको पछ्याइ र तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।
पवित्र आत्माका हालका वचनहरूप्रति समर्पित हुन सक्नेहरू सबै आशिषित् छन्। मानिसहरू पहिले जस्तो हुने गरेका भए पनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गरेको भए पनि—परमेश्वरको नवीनतम काम प्राप्त गर्नेहरू सबै नै सबैभन्दा बढी आशिषित् छन्, र आज नवीनतम कामलाई पछ्याउन नसक्नेहरू सबै हटाइनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
परमेश्वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्नुहुनेछ। पवित्र आत्माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्वरले जिम्मेवारी लिनुहुनेछ। उहाँको नाम महिमित पार्ने र उहाँको वचन अभ्यास गर्न इच्छुक हुनेहरूले उहाँका आशिषहरू प्राप्त गर्नेछन्; उहाँविरुद्ध विद्रोह गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्वरसँग सहकार्य गर्नुपर्छ र आफ्नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्नै मनभित्र जिउँछन् र आफ्नै मस्तिष्कको विश्लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्न सकिन्छ र मण्डली भन्न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्माको उपस्थिति र काम छैन, पवित्र आत्माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्वरको सारा काम र परमेश्वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्वासी भन्न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्माको नयाँ कामसँग कुनै सम्बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्वरसँग सहकार्य गर्न नसक्नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्वरको विपरीत दौडने मानिसहरूले निश्चित रूपमा नै आफ्ना उचित दण्ड पाउनेछैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
व्यवस्थाको युगका ती यहूदी फरिसी, मुख्य पुजारी, र शास्त्रीहरू परमेश्वरमा नाउँ मात्रको विश्वास गर्थे, तर तिनीहरूले उहाँको मार्गलाई पिठ्यूँ फर्काए, र देहधारी परमेश्वरलाई क्रूसमा समेत टाँगे। त्यसोभए, के तिनीहरूको विश्वासले परमेश्वरको अनुमोदन प्राप्त गरेको हुन सक्थ्यो र? (अहँ।) परमेश्वरले तिनीहरूलाई एउटा धार्मिक समूहका रूपमा चित्रण गरिसक्नुभएको थियो। येशूमा विश्वास गर्नेहरूका हकमा भन्नुपर्दा, परमेश्वर तिनीहरूलाई पनि उहाँमा विश्वास गर्ने र उहाँलाई पछ्याउने मानिसका रूपमा स्विकार्नुहुन्न। तिनीहरू पनि स्वर्गमा हुनुहुने परमेश्वरमा, अस्पष्ट परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरू पनि एउटा धार्मिक समूह बराबर हुन्; परमेश्वर तिनीहरूलाई उहाँको मण्डलीका सदस्यका रूपमा स्वीकार गर्नुहुन्न। परमेश्वर किन धर्मको संसारलाई यसरी दोषी ठहराउनुहुन्छ? किनभने धार्मिक समूहका सबै सदस्य, विशेष गरी विभिन्न सम्प्रदायका उच्च-स्तरीय अगुवाहरूसँग परमेश्वरको डर मान्ने हृदय हुँदैन, तिनीहरू परमेश्वरको इच्छा पछ्याउँदैनन्, र तिनीहरू सबै अविश्वासी हुन्। तिनीहरू परमेश्वरको देहधारणमा विश्वास गर्दैनन्, तिनीहरूले सत्यता स्वीकार गर्नु त झनै परको कुरा हो। तिनीहरू आखिरी दिनहरूमा परमेश्वरको काम कहिल्यै खोज्दैनन्, न त तिनीहरू परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरूको खोजीनीति गर्ने वा तिनलाई स्विकार्ने नै गर्छन्, र तिनीहरूले आखिरी दिनहरूका परमेश्वरको देहधारणको कामलाई सिधै दोषी ठहराउन र ईश्वरनिन्दा गर्न पनि सक्छन्। यसमा प्रस्टसित के देखिन्छ भने, तिनीहरू परमेश्वरमा नाउँ मात्रको विश्वास गर्लान्, तर परमेश्वर तिनीहरूलाई आफ्ना विश्वासीका रूपमा स्विकार्नुहुन्न; उहाँ तिनीहरूलाई दुष्कर्मी, तिनीहरूले गर्ने कुनै कुरा उहाँको मुक्तिको कामसँग अलिकति पनि सम्बन्धित छैन, तिनीहरू गैरविश्वासीहरू हुन् जो उहाँका वचनहरूभन्दा बाहिर छन् भनेर भन्नुहुन्छ। यदि, परमेश्वरमाथिको विश्वासमा, तिमीहरू बाहिरी रूपमा मात्र असल व्यवहारहरू देखाउने पछ्याइमा लाग्छौ, र तिमीहरू कुनै पनि मामलामा कहिल्यै सत्यता खोज्दैनौ बरु उल्टै मानिसहरूको कुरा मान्छौ र सुन्छौ भने, के तिमीहरू पनि धर्मका अनुयायी बन्ने दिन आउनेछैन र? धर्मभित्र रहेर परमेश्वरमा विश्वास गर्दा मुक्ति पाउन सकिँदैन—खासमा यस्तो किन हुन्छ? यदि तिमीहरू यो कुरा छर्लङ्गै देख्न सक्दैनौ भने, यसले तिमीहरू सत्यता वा परमेश्वरका अभिप्रायहरू पटक्कै बुझ्दैनौ भन्ने देखाउँछ। परमेश्वरमा विश्वास गर्नेहरूलाई हुन सक्ने सबैभन्दा दुःखद कुरा भनेको तिनीहरू कुनै धार्मिक समूहमा पतन हुनु र परमेश्वरद्वारा हटाइनु हो। यो मान्छेले कल्पना गर्नै नसक्ने कुरा हो, र सत्यता नबुझ्नेहरूले यस मामिलालाई स्पष्ट रूपमा कहिल्यै देख्न सक्दैनन्। ल भन त, मण्डलीको स्थापनाकालदेखि धेरै वर्षको दौरान जब परमेश्वरका नजरमा त्यो बिस्तारै धर्ममा परिणत भएको हुन्छ र कुनै सम्प्रदाय बनेको हुन्छ, तब के त्यसका मानिसहरू परमेश्वरको मुक्तिका पात्र हुन्छन्? के तिनीहरू उहाँको घरका सदस्य हुन्छन्? (हुँदैनन्।) तिनीहरू हुँदैनन्। साँचो परमेश्वरमा नामको मात्र विश्वास गर्ने, तर उहाँद्वारा धर्मका विश्वासी ठानिएका यी मानिसहरू हिँड्ने मार्ग कुन हो? तिनीहरू हिँड्ने मार्ग त्यो हो जसमा तिनीहरू परमेश्वरमा विश्वास गरेको खोल ओढ्छन् तर उहाँको मार्ग कहिल्यै पछ्याउँदैनन्; त्यो त्यस्तो मार्ग हो जहाँ तिनीहरू उहाँमा विश्वास गर्छन् तर कहिल्यै उहाँको आराधना गर्दैनन्, र उहाँलाई त्याग्नेसम्म पुग्छन्; त्यो यस्तो मार्ग हो जसमा तिनीहरू परमेश्वरमा विश्वास गरेको दाबी गर्छन् तर उहाँको प्रतिरोध गर्छन्। सिद्धान्ततः तिनीहरू परमेश्वरको नाममा, साँचो परमेश्वरमा विश्वास गर्छन्, तर वास्तवमा, तिनीहरू शैतान र दियाबलसहरूको आराधना गर्छन्, मानव उद्यमहरूमा संलग्न हुन्छन्, र स्वतन्त्र मानव राज्यहरू स्थापना गर्छन्। तिनीहरू हिँड्ने मार्ग त्यही हो। परमेश्वरमाथिको विश्वासमा तिनीहरूले हिँड्ने मार्गलाई हेर्दा के प्रस्ट हुन्छ भने, तिनीहरू अविश्वासीहरूको झुन्ड, ख्रीष्टविरोधीहरूको गिरोह, किटेरै परमेश्वरको प्रतिरोध गर्ने र उहाँको काममा अवरोध गर्ने शैतान र दियाबलसहरूका समूह हुन्। धर्मको संसारको सार यही हो। के मानिसहरूको यस्तो कुनै समूहको मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनासँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्वरका विश्वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्वासलाई परमेश्वरले कुनै धार्मिक समूहको विश्वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्वरको काम र मुक्तिका निसाना होइनन्। परमेश्वरले यो निर्धारण गरिसक्नुभएको हुन्छ, र यी मानिसहरूलाई मुक्ति दिन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति बिल्कुलै समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्वरमा नाउँको मात्र विश्वास गर्छ, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, मानिसहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान र दियाबलसहरू हुन्। तिनीहरू परमेश्वरमा विश्वास गर्ने दाबी गर्छन्, तर खासमा, तिनीहरू मान्छेको चालबाजीमा पर्दै छन्, मानवका योजना र प्रभुत्वका नियन्त्रणमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्नुपर्दा, तिनीहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान, र दियाबलसहरू, अनि परमेश्वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, र परमेश्वरका शत्रुहरू हुन्। के परमेश्वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? तिनीहरू पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्वरमा विश्वास गरेको नाममा मानव कार्य र उद्यमहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, अनि तिनीहरूको अन्तिम परिणाम भनेको तिनीहरू परमेश्वरद्वारा तिरस्कृत हुनेछन्। परमेश्वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ, र तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्; तिनीहरू शैतानद्वारा खोसेर लगिएका हुन्छन्, र परमेश्वरले तिनीहरूलाई त्यसकै हातमा सुम्पनुहुन्छ। के परमेश्वरप्रतिको विश्वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा त्यो विश्वास कति वर्षदेखिको हो भन्नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्ने अनुष्ठान वा पालना गर्ने प्रावधानहरूमा भर पर्छ? के परमेश्वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्वरले मानिसहरूको कुनै समूह छान्नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। परमेश्वरले मान्छेलाई अहिले जति धेरै सत्यता अनुग्रहका युगमा भन्नुभएको थिएन, र ती निर्दिष्ट थिएनन्, तैपनि उहाँले मान्छेलाई सिद्ध पार्न सक्नुभयो, अनि त्यतिबेला मुक्ति दिन सकिने मानिसहरू पनि थिए। त्यसोभए, यदि हालको युगका अत्यन्तै धेरै सत्यता सुनेका र परमेश्वरका अभिप्रायहरू बुझ्ने मानिसहरू उहाँको मार्ग पछ्याउन वा मुक्तिका मार्गमा हिँड्न सक्दैनन् भने, अन्त्यमा तिनीहरूको परिणाम के हुनेछ? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्मका विश्वासीहरूको जस्तै हुनेछ—उनीहरूले जस्तै तिनीहरूलाई पनि मुक्ति दिन सकिनेछैन। यो परमेश्वरको धर्मी स्वभाव हो। तैँले कतिवटा प्रवचन सुनेको छस् वा कतिवटा सत्यता बुझेको छस् भन्ने कुराले फरक पार्दैन; यदि तँ अझै पनि मानिसको बहकाउमा पर्न सक्छस्—मानिस र शैतानलाई पछ्याउँछस्—र अन्त्यमा परमेश्वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न नै सक्छस् भने, यस्तो व्यक्ति परमेश्वरद्वारा तिरस्कृत हुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै धार्मिक समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने मौका फेरि कहिल्यै पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी टिप्पणीहरू नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ