२. पहिले, ममा विवेकको कमी थियो। म सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्न पाष्टरहरू र एल्डरहरूको पछि लागेँ, र निन्दा गर्दै हिँड्न तिनीहरूको साथमा गएँ। के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“जब धर्मी मानिस आफ्‍नो धार्मिकताबाट अन्यत्र मोडिन्छ, तब उसले अधर्म गर्छ, र ऊ ती अधर्ममै मर्छ; किनकि ऊ आफूले गरेको अधर्मकै लागि मर्नेछ। अनि, जब दुष्ट मानिस आफूले गरेको दुष्टताबाट फर्कन्छ, र उचित र सही काम गर्छ, तब उसले आफ्‍नो प्राणलाई जीवितै राख्‍नेछ। उसले सोचविचार गरेर आफूले गरेका सबै अपराधहरूलाई त्याग्‍ने हुनाले, ऊ अवश्य नै जिउनेछ, ऊ मर्नेछैन” (इजकिएल १८:२६-२८)।

“अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेकलाई आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कन देऊ। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन” (योना ३:१-१०)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

मानिसमा गरिने परमेश्‍वरको कामको उद्देश्य उसलाई परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्षम बनाउनु हो, र यो उसलाई मुक्ति दिन गरिन्छ। त्यसकारण, उहाँले मानिसलाई मुक्ति दिने समयमा, उहाँले उसलाई दण्ड दिने काम गर्नुहुन्न। मानिसलाई मुक्ति दिँदा, परमेश्‍वरले दुष्टलाई दण्ड वा असललाई इनाम दिनुहुन्न, न त उहाँले सबै प्रकारका मानिसका गन्तव्यहरू नै प्रकट गर्नुहुन्छ। बरु, उहाँको कामको अन्तिम चरण पूरा भएपछि मात्र उहाँले दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम गर्नुहुनेछ, र त्यसपछि मात्र उहाँले सबै प्रकारका मानिसका परिणामहरू प्रकट गर्नुहुनेछ। जसलाई साँच्चै मुक्ति दिन सकिँदैन तिनीहरू नै दण्डित हुनेछन्, जबकि परमेश्‍वरले मानिसलाई मुक्ति दिने समयमा जसले उहाँको मुक्ति प्राप्त गरेका छन् तिनीहरूलाई नै मुक्ति दिइनेछ। आफ्नो मुक्तिको काम गर्दा, परमेश्‍वरले मुक्ति दिन सकिने हरेक व्यक्तिलाई भरसक मुक्ति दिनुहुन्छ, र तिनीहरूमध्ये कसैलाई पनि त्याग्नुहुन्न, किनभने परमेश्‍वरको कामको उद्देश्य मानिसलाई मुक्ति दिनु हो। परमेश्‍वरले मानिसलाई मुक्ति दिने समयमा, ज-जसले आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्दैनन्—साथै जो-जो परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनन्—तिनीहरू सबै दण्डका पात्र बन्नेछन्। कामको यो चरण—वचनहरूको काम—ले मानिसहरूलाई तिनीहरूले नबुझ्ने सबै वचन, साथै तिनीहरूले नबुझेका सबै रहस्य खोलिदिन्छ। यसले तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरू र तिनीहरूप्रति परमेश्‍वरका मागहरू बुझ्न, साथै परमेश्‍वरका वचनहरू व्यवहारमा लागू गर्न र तिनीहरूको स्वभावमा परिवर्तनहरू हासिल गर्न आवश्यक पूर्वसर्तहरू प्राप्त गर्न सम्भव तुल्याउँछ। परमेश्‍वरले आफ्नो काम गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ र मानिसहरू अलिकति विद्रोही भएकोमा तिनीहरूलाई दण्ड दिनुहुन्न। किनभने अहिले भनेको मुक्तिको कामको समय हो, र यदि मानिसहरू विद्रोही हुनेबित्तिकै तिनीहरूलाई दण्ड दिइन्थ्यो भने, कसैले पनि मुक्ति प्राप्त गर्ने अवसर पाउनेथिएन, र सबै जना दण्डित हुनेथिए र पातालमा खस्नेथिए। मानिसको न्याय गर्न वचनहरू प्रयोग गर्नुको उद्देश्य उसलाई आफूलाई चिन्न र परमेश्‍वरसामु समर्पित हुन सम्भव तुल्याउनु हो; यसको उद्देश्य यस्तो न्यायद्वारा उसलाई दण्ड दिनु होइन। वचनहरूको कामको समयमा, धेरै मानिसले आफ्नो विद्रोहीपन र प्रतिरोध, साथै देहधारी परमेश्‍वरप्रति तिनीहरूको समर्पणको कमीको खुलासा गर्नेछन्। तैपनि, उहाँले यसको परिणामस्वरूप यी सबै मानिसलाई दण्ड दिनुहुनेछैन, बरु यसको साटो जो भित्रैसम्म भ्रष्ट छन् र जसलाई मुक्ति दिन सकिँदैन तिनीहरूलाई मात्र पाखा लगाउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ, र, केही अवस्थामा, तिनीहरूको देहको अन्त्य गर्नुहुनेछ। बाँकी रहेकाहरूले भने पछ्याइरहनेछन् र काटछाँटको अनुभव गरिरहनेछन्। पछ्याउने क्रममा, यदि यी मानिसहरू अझै पनि काटछाँट गरिने कुरा स्वीकार गर्न सक्दैनन्, र झन्-झन् पतित बन्दै जान्छन् भने, तिनीहरूले मुक्तिको मौका गुमाएका हुनेछन्। परमेश्‍वरका वचनहरूद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्ने प्रत्येक व्यक्तिले मुक्ति पाउने केही अवसरहरू पाउनेछ; परमेश्‍वरले प्रत्येक व्यक्तिलाई मुक्ति प्रदान गर्दा तिनीहरूलाई सम्भव भएसम्म फुक्का छोड्नुहुनेछ। अर्को शब्दमा भन्दा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने अवसरहरू दिनुहुनेछ। मानिसहरूले सुरुमा परमेश्‍वरविरुद्ध विद्रोह गर्दा, उहाँलाई तिनीहरूलाई ढाल्ने कुनै चाहना हुँदैन; बरु, तिनीहरूलाई मुक्ति दिन उहाँले सकेजति सबै गर्नुहुन्छ। यदि कसैले मुक्ति पाउने साँच्चै कुनै गुन्जायस छैन भने, परमेश्‍वरले उसलाई त्याग्नुहुनेछ। परमेश्‍वरले कसैलाई दण्ड दिन ढिला गर्नुको कारण भनेको उहाँ मुक्ति दिन सकिने सबैलाई मुक्ति दिन चाहनुहुन्छ। उहाँ मानिसहरूलाई न्याय गर्न, अन्तर्दृष्टि दिन, र मार्गदर्शन गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ; उहाँ लौरो प्रयोग गरेर तिनीहरूलाई ढाल्नुहुन्न। कामको अन्तिम चरणको उद्देश्य र महत्त्व भनेकै वचनहरू प्रयोग गरेर मानिसहरूलाई मुक्ति दिलाउनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

“परमेश्‍वरविरुद्ध गरिने निन्दा र मानहानि यस्तो पाप हो जुन यस जीवनमा वा आउँदो संसारमा पनि क्षमा हुनेछैन, अनि जसले यो पाप गर्छ, तिनीहरूको कहिल्यै पुनर्जन्म हुनेछैन।” यसको अर्थ, मानिसले चिढ्याएको परमेश्‍वरको स्वभावले सहँदैन। परमेश्‍वरविरुद्धको निन्दा र मानहानिलाई यस जीवनमा वा आउँदो संसारमा पनि माफ गरिनेछैन भन्‍ने कुरा निश्चित छ। परमेश्‍वरविरुद्ध गरिने निन्दाले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ, चाहे त्यो जानीजानी गरिएको होस् वा अनजानमा, अनि जुनसुकै कारणले परमेश्‍वरविरुद्ध निन्दनीय शब्दहरू बोले पनि, त्यो निश्चय नै दण्डनीय हुनेछ। तर केही मानिस आफूले यो कुरा नबुझ्ने, वा आफू अरूको बहकाउ, नियन्त्रण र दमनमा परेको परिस्थितिमा निन्दनीय र निन्दात्मक कुरा बोल्छन्। उनीहरू ती शब्द बोलेपछि असहज, आफूलाई दोष लगाइएको महसुस गर्छन्, र एकदमै पछुताउँछन्। यसपछि, उनीहरू यसबारे ज्ञान लिँदै र यसमा परिवर्तन गर्दै पर्याप्त असल कार्यहरू तयार पार्छन्, तसर्थ परमेश्‍वर उनीहरूको विगतका अपराधहरू सम्झनुहुन्‍न। तिमीहरूले परमेश्‍वरका वचन ठ्याक्कै जान्नैपर्छ र तिनलाई मनपरी आफ्नो धारणा र कल्पनाअनुसार पटक्कै लागू गर्नु हुँदैन। तिमीहरूले उहाँका वचन कोप्रति लक्षित छन् अनि उहाँ कुन सन्दर्भमा बोलिरहनुभएको छ भनेर बुझ्नैपर्छ। तिमीहरूले परमेश्‍वरका वचनलाई मनपरी लागू गर्ने वा त्यतिकै व्याख्या गर्ने पटक्कै गर्नु हुँदैन। अनुभव गर्न नजान्‍ने मानिसहरूले कुनै पनि कुराबारे आत्मचिन्तन गर्दैनन्, र आफूलाई परमेश्‍वरको वचनसँग दाँजेर हेर्दैनन्, जबकि केही अनुभव र अन्तर्दृष्टि पाएकाहरू अति संवेदनशील हुने झुकावका हुन्छन्, परमेश्‍वरको सराप वा उहाँले मानिसलाई घृणा गर्नुभएको र हटाउनुभएकोबारे पढ्दा मनपरी आफूलाई उहाँका वचनसँग दाँजेर हेर्छन्। यी मानिसहरू परमेश्‍वरको वचन बुझ्दैनन् र सधैँ उहाँलाई गलत बुझ्छन्। कतिपय मानिसले परमेश्‍वरको हालैका वचनहरू पढेनन् वा उहाँको हालैको कामबारे अनुसन्धान गरेनन्, झन् पवित्र आत्माको अन्तर्दृष्टि पाउन त परै जाओस्। तिनीहरूले परमेश्‍वरको आलोचना गर्दै बोले, अनि कसैले तिनीहरूलाई सुसमाचार सुनाए, जुन तिनीहरूले स्विकारे। यसपछि, तिनीहरू आफूले गरेका कुरामा पछुताउँछन् र पश्चात्ताप गर्न इच्छुक हुन्छन्, र यस्तो बेला हामी तिनीहरूको व्यवहार र प्रकटीकरण अबउप्रान्त कस्तो हुन्छ भनी हेर्नेछौँ। यदि विश्‍वास गर्न थालेपछि तिनीहरूको व्यवहार अत्यन्तै खराब हुन्छ, र तिनीहरू “खै, मैले त परमेश्‍वरप्रति निन्दात्मक, मानहानि हुने र आलोचनात्मक शब्द बोलिसकेँ, र यदि परमेश्‍वर यस्ता खाले मानिसलाई दोषी ठहराउनुहुन्छ भने त मेरा पछ्याइहरू बेकार हुन्छन्,” भनी सोच्दै घाउमा नुनचुक छर्कन्छन् भने, तिनीहरू पूर्ण रूपमा बरबाद हुन्छन्। तिनीहरूले आफूलाई निराशामा डुबाइसकेका र आफ्नो चिहान आफै खनिसकेका हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिसहरू अलिअलि अपराध गरेपछि यस्तो अनुमान लगाउँछन्, “के परमेश्‍वरले मलाई प्रकाश गर्नुभएको र हटाउनुभएको हो? के उहाँले मलाई प्रहार त गर्नुहुनेछैन?” यसपटक, परमेश्‍वर काम गर्न आउनुभएको हो, मानिसहरूलाई प्रहार गर्न होइन, बरु तिनीहरूलाई जति सम्भव छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। कोही पनि त्रुटिरहित छैन—यदि सबैलाई प्रहार गरियो भने, के त्यो मुक्ति हुन्छ र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अनजानमा भएका हुन्छन्। यदि तँ अनजानमा गरेका कुराहरू पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्‍वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के परमेश्‍वरले मानिसहरूलाई त्यसरी मुक्ति दिनुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तँमा विद्रोही स्वभाव भए पनि वा तैँले अनजानमा काम गरेको भए पनि, यो कुरा याद गर्: तैँले मनन गरेर आफूलाई चिन्‍नुपर्छ। तुरुन्तै आफूलाई परिवर्तन गर्नुपर्छ, र सारा शक्तिले सत्यतामा लागिपर्नुपर्छ—अनि, जस्तोसुकै परिस्‍थिति आइपरे पनि, हताश बन्‍नु हुँदैन। परमेश्‍वरले गरिरहनुभएको काम मान्छेको मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मनपरी प्रहार गर्नुहुन्‍न। यो कुरा निश्‍चित छ। यदि वास्तवमै परमेश्‍वरले उहाँको कुनै विश्‍वासीलाई अन्त्यमा प्रहार गर्नुभयो भने पनि, परमेश्‍वरले गर्नुभएको त्यो काम अवश्य नै धर्मी हुन्छ। समय बित्दै जाँदा, उहाँले तँलाई त्यस व्यक्तिलाई प्रहार गर्नुको कारण बताउनुहुनेछ, अनि तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। अहिले तँ बस सत्यताप्रति लागिपर्, जीवन प्रवेशमा ध्यान केन्द्रित गर्, र आफ्नो कर्तव्यमा राम्रो कार्यसम्पादन गर्न खोज्। यसमा कुनै गलत छैन! परमेश्‍वरले अन्त्यमा तँलाई जे-जसरी सम्हाल्नुभए पनि, त्यो धर्मी नै हुने कुरा निश्‍चित छ; तैँले यो कुरामा शङ्का गर्नु हुँदैन, र तैँले यसबारे चिन्ता गर्नु पर्दैन। तैँले परमेश्‍वरको धार्मिकता बुझ्न नसके पनि, एक दिन तँ विश्‍वस्त हुनेछस्। परमेश्‍वरले आफ्नो काम न्यायोचित र सम्‍मानजनक ढङ्गले गर्नुहुन्छ; उहाँले सबै कुरा खुल्लमखुल्ला प्रकाश गर्नुहुन्छ। यदि तिमीहरूले ध्यानपूर्वक यसबारे चिन्तन गर्छौ भने, परमेश्‍वरको कामले मानिसहरूलाई मुक्ति दिने र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्ने काम गर्छ भन्‍ने मार्मिक निष्कर्षमा तिमीहरू पुग्नेछौ। परमेश्‍वरको काम मानिसहरूको भ्रष्ट स्वभाव रूपान्तरित गर्ने काम भएकोले, मानिसहरूमा भ्रष्टता प्रकाश नहुनु असम्‍भव कुरा हो। आफ्नो भ्रष्ट स्वभाव त्यसरी प्रकाश भएको अवस्थामा मात्रै मानिसहरूले आफूलाई चिन्‍न सक्छ, र ऊ आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दै परमेश्‍वरको मुक्ति प्राप्त गर्न इच्‍छुक बन्‍न सक्छ। यदि मानिसहरूले भ्रष्ट स्वभाव प्रकाश गरेपछि पनि सत्यता बिलकुलै स्वीकार गर्दैनन्, र आफ्‍नो भ्रष्ट स्वभावमै जिउन जारी राख्छन् भने, तिनीहरूले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना धेरै हुन्छ। परमेश्‍वरले तिनीहरूमाथि विभिन्‍न हदका सजायहरू बर्साउनुहुनेछ, अनि तिनीहरूले आ-आफ्ना अपराधहरूको मूल्य तिर्नेछन्। …

पहिले उल्लेख गरिएजस्तै, विगतका घटनाहरू एकैचोटिको प्रयासमा मेटाउन सकिन्छ; विगतलाई ढाक्‍ने गरी भविष्यलाई बनाउन सकिन्छ; परमेश्‍वरको सहनशीलता समुद्रजत्तिकै असीम छ। तापनि यी वचनहरूका सिद्धान्तहरू पनि छन्। तैँले जतिसुकै ठूलो पाप गरे पनि परमेश्‍वरले कुनै पनि पापलाई मेटिदिनुहुनेछ भन्‍ने होइन। परमेश्‍वरले उहाँका सबै काम सिद्धान्तहरूअनुसार गर्नुहुन्छ। विगतमा, यो मुद्दा सम्बोधन गर्ने प्रशासनिक आदेश तय गरिएको थियो: परमेश्‍वरले कसैले उहाँको नाउँ स्वीकार गर्नुअघि गरेका सबै पापहरू क्षमा र माफ गर्नुहुन्छ। तर मण्डलीभित्र प्रवेश गरिसकेपछि पनि निरन्तर पाप गरिरहनेहरूको हकमा भने छुट्टै कुरा लागू हुन्छ: जसले एकपटक पाप दोहोर्‍याउँछ, उसलाई पश्‍चात्ताप गर्ने अवसर दिइन्छ, तर दुईपटक पाप दोहोर्‍याउने वा बारम्बार नसिहत दिँदा पनि सुध्रन नमान्‍नेहरूलाई निष्कासित गरिन्छ, तिनीहरूलाई पश्‍चात्ताप गर्ने कुनै थप अवसर दिइनेछैन। परमेश्‍वरले उहाँको काममा सधैँ मानिसहरूलाई सम्भव भएसम्म सबैभन्दा धेरै हदसम्म सहनुहुन्छ। यो अर्थमा, परमेश्‍वरको काम साँच्चै नै मानिसहरूलाई मुक्ति दिने काम हो भन्‍ने कुरा देख्न सकिन्छ। तथापि, यदि कामको यो अन्तिम चरणमा, तैँले अझै अक्षम्य पापहरू गर्छस् भने, तँ साँच्चै नै सुधार गर्न नसकिने छस् र तेरो उद्धार हुन सक्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरको प्रतिरोध गर्नेहरू धेरै छन्, तर तिनीहरूमध्ये परमेश्‍वरको प्रतिरोध गर्ने विभिन्न स्थिति पनि धेरै छन्। जसरी सबै प्रकारका विश्‍वासीहरू हुन्छन्, त्यसरी नै परमेश्‍वरको प्रतिरोध गर्नेहरू पनि सबै प्रकारका हुन्छन्, हरेक एक-अर्काभन्दा फरक हुन्छ। परमेश्‍वरको कामको उद्देश्य स्पष्ट रूपमा चिन्न असफल हुनेहरूमध्ये एक जनाले पनि मुक्ति पाउन सक्दैन। विगतमा कसैले परमेश्‍वरको जसरी प्रतिरोध गरेको भए पनि, जब उसले परमेश्‍वरको कामको उद्देश्य बुझ्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न लागिपर्न सक्षम हुन्छ, तब परमेश्‍वरले उसका विगतका सबै पाप पूर्ण रूपमा मेटाउनुहुनेछ। यदि कोही सत्यता खोज्न र अभ्यास गर्न सक्छ भने, परमेश्‍वरले उसले गरेका सबै कुरा सम्झनुहुनेछैन। यसबाहेक, ऊ सत्यता अभ्यास गर्न सक्षम हुने हुनाले परमेश्‍वरले उसलाई धर्मी व्यक्तिका रूपमा चित्रण गर्नुहुनेछ। परमेश्‍वरको धार्मिकता यही हो। कसैले परमेश्‍वरलाई देख्नु वा उहाँको काम अनुभव गर्नुभन्दा अघि, उसले परमेश्‍वरलाई जसरी व्यवहार गरेको भए पनि, उहाँ त्यसलाई सम्झनुहुन्न। तर, कसैले परमेश्‍वरलाई देखेपछि र उहाँको काम अनुभव गरेपछि, उसका सबै कार्य र कदमलाई परमेश्‍वरद्वारा “अभिलेख” मा दर्ता गरिनेछ, किनभने उसले परमेश्‍वरलाई देखेको छ र उहाँको कामको बीचमा जिएको छ।

जब कसैले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा साँच्चै देख्छ, परमेश्‍वरको सर्वोच्चतालाई हेर्छ, र परमेश्‍वरको काम साँच्चै जान्न पुग्छ—र, अझ भन्नुपर्दा, जब उसको पुरानो स्वभाव परिवर्तन हुन्छ—तब उसले परमेश्‍वरको प्रतिरोध गर्ने आफ्नो विद्रोही स्वभाव पूर्ण रूपमा फालेको हुनेछ। यसलाई यसरी भन्न सकिन्छ: सबैले परमेश्‍वरको प्रतिरोध गरेका छन्, र सबैले परमेश्‍वरको विरुद्ध विद्रोह गरेका छन्। तर, यदि तँ देहधारी परमेश्‍वरमा जानीबुझी समर्पित हुन सक्छस्, र यस उप्रान्त तेरो बफादारीले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छस्, तँ अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गर्छस्, पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्छस्, र पालन गर्नुपर्ने प्रावधानहरू पालन गर्छस् भने, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो विद्रोहीपन फाल्न इच्छुक र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्ने व्यक्ति होस्। यदि तँ हृदयमा कुनै पछुतोविना, हठी भई आफ्ना गलत मार्गहरूमा लागिरहन्छस्, र परमेश्‍वरसँग सहकार्य गर्ने र उहाँलाई सन्तुष्ट पार्ने अलिकति पनि अभिप्राय नराखी तेरो विद्रोही आचरणलाई जारी राख्छस् भने, तँ जस्तो हठी र सुधार्न नसकिने व्यक्तिलाई दण्ड दिनका लागि छुट्ट्याइनेछ, र परमेश्‍वरद्वारा सिद्ध नपारिने व्यक्तिका रूपमा छुट्ट्याइनेछ। यदि यस्तो भयो भने, तँ आज परमेश्‍वरको शत्रु हुनेछस् र भोलि पनि परमेश्‍वरको शत्रु हुनेछस्, र त्यसको भोलिपल्ट पनि परमेश्‍वरको शत्रु नै रहनेछस्—तँ सधैँभरि परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति, परमेश्‍वरको शत्रु हुनेछस्। त्यसोभए परमेश्‍वर तँलाई कसरी त्यतिकै छोड्न सक्नुहुन्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

अहिले, जबसम्म तँसित आशाको सानो त्यान्द्रो हुन्छ, तबसम्‍म परमेश्‍वरले तेरा विगतका अपराधहरू सम्झनु भए नि नभए नि, तैँले कस्तो मानसिकता कायम राख्नुपर्छ? “मैले आफ्नो स्वभावगत परिवर्तन पछ्याउनुपर्छ, परमेश्‍वरबारेको ज्ञान पछ्याउनुपर्छ, र शैतानद्वारा फेरि कहिल्यै मूर्ख तुल्याइनु हुँदैन, अनि परमेश्‍वरको नाउँलाई लाजमा पार्ने कुनै कुरा कहिल्यै गर्नु हुँदैन।” मानिसहरू अहिले निकै गहिरोसँग भ्रष्ट पारिएका छन् र कुनै पनि मूल्यका छैनन्। तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् अनि तिनीहरूसित कुनै आशा छ कि छैन भनी कुन मुख्य क्षेत्रहरूले निर्धारण गर्छन्? प्रवचन सुनेपछि तैँले सत्यता बोध गर्न सक्छस् कि सक्दैनस्, तैँले सत्यतालाई अभ्यास गर्न सक्छस् कि सक्दैनस् अनि तँ परिवर्तन हुन सक्छ कि सक्दैनस् त्यो नै मुख्य कुरो हो। यी नै मुख्य क्षेत्रहरू हुन्। यदि तैँले अफसोस मात्रै गर्छस्, अनि जब तैँले कामकुरा गर्ने समय आउँछ, तब तँ त्यही पुरानो तरिकाहरूमा, सत्यता नपछ्याएर मात्रै होइन, तर पुराना धारणा, विधि र प्रावधानहरूमा अझै टाँसिएर समेत, अनि आत्मचिन्तन नगरेर र आफूलाई चिन्‍न नखोजेर मात्रै होइन, तर झन्झन् खराब भएर समेत, आफूलाई जे मन लाग्यो त्यही गर्छस्, र अझै पनि आफ्नो पुरानो मार्गमै हिँड्ने जिद्दी गरिरहन्छस् भने, तँ आशारहित हुनेछस् र मेटिनेछस्। परमेश्‍वरबारेको अधिक ज्ञान र आफूबारेको गहन ज्ञानले, तँ आफूलाई दुष्कर्म र पाप गर्नबाट रोक्न अधिक समक्ष हुनेछस्। तेरो प्रकृतिबारे तँमा जति धेरै गहन ज्ञान हुन्छ, तैँले त्यति नै धेरै आफूलाई रक्षा गर्न सक्नेछस्, अनि आफ्नो अनुभव एवं सिकाइ सारांशित गरिसकेपछि तँ फेरि असफल हुनेछैनस्। वास्तवमा, हरेकमा केही न केही दोष हुन्छ; तर परमेश्‍वरले यसको लागि तिनीहरूलाई जबाफदेही बनाउनुहुन्‍न। यस्तो कुरा सबैमा हुन्छ, तर यो कति मात्रामा हुन्छ भन्‍ने कुरा मात्र हो; कतिपयबारे भन्‍न सकिन्छ, तर कति अरूबारे सकिन्‍न। कतिपय मानिसहरू अरूले थाहा पाउने गरी काम गर्छन्, तर कतिपय मानिसहरू कसैले पनि थाहा नपाउने गरी काम गर्छन्। हरेक व्यक्तिमा अपराध र दोष हुन्छ, र तिनीहरू सबैले अहङ्कार र आत्मधार्मिकताजस्ता केही भ्रष्ट स्वभाव प्रकट गर्छन्; तिनीहरू सबैको काममा केही विचलन वा कहिलेकाहीँ विद्रोहीपन हुन्छ। यी सबै बुझ्न सकिने कुरा हुन्; भ्रष्ट मानवजातिले यी कुरा टार्न सक्दैन। तर एकपटक मानिसहरूले सत्यता बुझेपछि, तिनीहरू ती कुरा हटाउन र त्यसउप्रान्त कुनै अपराध नगर्न सक्षम हुनुपर्छ; तिनीहरू त्यसउप्रान्त विगतका अपराधहरूबाट पिरोलिनु आवश्यक छैन। मानिसहरूले पश्‍चात्ताप गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् कि छैनन् भन्‍ने नै मुख्य कुरा हो। पश्‍चात्ताप गर्ने र परिवर्तन हुनेहरू नै मुक्ति पाउनेहरू हुन्, पूर्ण रूपमा पश्‍चात्तापहीन र अपरिवर्तित रहनेहरूलाई अवश्य हटाइनुपर्छ। यदि सत्यता बुझेपछि, मानिसहरूले अझै पनि जानीजानी अपराध गर्छन् भने, यदि जे-जसरी काटछाँट वा खबरदारी गर्दा पनि, तिनीहरू दृढ रूपमा पश्‍चात्तापहीन र अपरिवर्तित रहे भने, त्यस्ता मानिसहरू मुक्ति पाउन नसक्‍ने अवस्थामा हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

व्यावहारिक परमेश्‍वरलाई पछ्याउँदा, हामीमा यो सङ्कल्प हुनुपर्छ: हामीलाई जति नै ठूलो परिस्थिति आइपरे पनि, वा हामीले जस्तो प्रकारका कठिनाइहरू सामना गर्नुपरे पनि, र हामी जति नै कमजोर र नकारात्मक भए पनि, हामीले आफ्नो स्वभाव परिवर्तनप्रति वा परमेश्‍वरले बोल्ने कुराप्रतिको आस्था गुमाउनु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नुभएको छ, र यसका लागि तिनीहरूमा यसलाई वहन गर्ने सङ्कल्प, आस्था, र दृढता हुनुपर्छ। परमेश्‍वर कायरहरूलाई मन पराउनुहुन्‍न; उहाँ सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले थुप्रै भ्रष्टता प्रकट गरेको भए पनि, तैँले धेरैवटा घुमाउरो बाटोहरू लिएको, वा धेरै अपराध गरेको, परमेश्‍वरबारे गुनासो गरेको, वा धर्ममा हुँदा परमेश्‍वरको प्रतिरोध गरेको वा हृदयमा उहाँविरुद्ध निन्दा पाल्ने आदि काम गरेको भए पनि—परमेश्‍वर ती सबै कुरा हेर्नुहुन्‍न। परमेश्‍वर त तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् र कुनै दिन तँ परिवर्तन हुन सक्छस् कि सक्दैनस् भनेर मात्र हेर्नुहुन्छ। बाइबलमा उडन्ते पुत्र घर फर्केको एउटा कथा छ—प्रभु येशूले किन यो दृष्टान्त प्रयोग गर्नुभयो? त्यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय सच्चा छ र उहाँले मानिसलाई पश्चात्ताप गर्न र परिवर्तित हुन अवसर दिनुहुन्छ भनी मानिसहरूलाई बुझाउनका लागि थियो। यो प्रक्रियाभरि, परमेश्‍वरले मानिसहरूलाई बुझ्नुहुन्छ र उनीहरूका कमजोरीहरू र उनीहरूमा कुन हदसम्म भ्रष्टता छ भनेर गहिरो ज्ञान राख्नुहुन्छ। उहाँलाई थाहा छ, मानिसहरू पछारिनेछन् र असफल हुनेछन्। जसरी केटाकेटीले हिँड्न सिक्दा तिनीहरूको शरीर जतिसुकै बलियो भए पनि कहिलेकाहीँ तिनीहरू लड्ने र ठेस लाग्ने, अनि वस्तुहरूसित ठोक्किने र अल्झेर लड्ने त हुन्छ नै। एउटी आमाले आफ्नो सन्तानलाई बुझेजतिकै परमेश्‍वरले हर व्यक्तिलाई बुझ्नुहुन्छ। उहाँ हरेक व्यक्तिका कठिनाइ, कमजोरी र आवश्यकताहरू बुझ्नुहुन्छ। त्योभन्दा बढी, मानिसहरूले जीवन प्रवेश र स्वभाव परिवर्तनको क्रममा कस्ता कठिनाइ, कमजोरी र असफलताहरू सामना गर्नेछन् भनेर परमेश्‍वरले बुझ्नुहुन्छ। परमेश्‍वरले सबैभन्दा राम्ररी बुझ्ने कुरा यिनै हुन्। यसरी परमेश्‍वरले मानिसको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ भनेर भन्ने गरिन्छ। तँ जति नै कमजोर भए पनि, यदि तैँले परमेश्‍वरको नाम त्यागिनस्, वा उहाँ र यो मार्ग छोडिनस् भने, तँसँग स्वभाव परिवर्तन गर्ने मौका सधैँ हुनेछ। यदि तँसँग यो मौका भयो भने, तँसित बाँच्ने आशा हुन्छ, र त्यसैले परमेश्‍वरद्वारा मुक्ति पाइने आशा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

अघिल्लो:  १. तपाईं भन्नुहुन्छ, परमेश्‍वरले आखिरी दिनहरूमा परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, प्रत्येकलाई त्यसको प्रकारअनुसार वर्गीकरण गर्दै असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ। त्यसो भए परमेश्‍वरले कस्तो प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र कस्तो प्रकारका मानिसहरूलाई नाश पार्नुहुन्छ?

अर्को:  ३. यहूदी धर्म र इसाई धर्ममा धेरै मानिसहरू छन् जसले साँचो परमेश्‍वरमा विश्‍वास गर्छन्, जसले मन्दिरहरू र मण्डलीहरूमा परमेश्‍वरको आराधना गर्छन्, र जो सबैको अगाडि धेरै धर्मी देखिन्छन्। कसै-कसैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार नगरे पनि, तिनीहरूले स्पष्ट रूपमा परमेश्‍वरको विरोध वा निन्दा गर्ने केही पनि गरेका छैनन्। के परमेश्‍वरले तिनीहरू जस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger