१. आज, पृथ्वी भूकम्प, अनिकाल, महामारी, बाढी-पहिरो र खडेरीजस्ता विपत्तिहरूले घेरिएको छ। यी विपत्तिहरू आकारमा बढ्दै गइरहेका छन्, र मृत्यु हुनेको सङ्ख्या झून्-झन् वृद्धि हुँदै गइरहेको छ। परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ र मानिसलाई मुक्ति दिनुहुन्छ, त्यसो भए उहाँले किन त्यस्ता ठूला-ठूला विपत्तिहरू बर्साउनुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँ: एक ठाउँमा पानी पर्‍यो र पानी परेको ठाउँ सुकेन। यसरी दुई वा तीन सहरहरू एउटा सहरमा पानी पिउनलाई भौतारिए; तर तिनीहरू तृप्त भएनन्: तापनि तिमीहरू मकहाँ फर्केनौ, यहोवाले भन्‍नुभयो। मैले तिमीहरूलाई सुके रोग र ढुसी रोगले प्रहार गरेको छु: जब तिमीहरूका बगैँचा र दाखबारी अनि नेभाराका बोट र जैतुनका रूखहरू बढे, तब तिनलाई झुसिलकिराले सखाप पारे: तैपनि तिमीहरू मकहाँ फर्केका छैनौ, यहोवाले भन्‍नुभयो। मैले तिमीहरूमाझ मिश्रमा जस्तै महामारी पठाएको छु: मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले छिनाएको छु, र तिमीहरूका घोडाहरू खोसेको छु; र मैले तिमीहरूको छाउनीहरूको दुर्गन्धलाई तिमीहरूको नाकसम्‍म पुर्‍याएको छु: र पनि तिनीहरू मकहाँ फर्केर आएका छैनौ, यहोवाले भन्‍नुभयो। परमेश्‍वरले सदोम र गमोरालाई परास्त गर्नुभएझैँ मैले तिमीहरूमध्ये कतिलाई परास्त गरेको छु, र तिमीहरू बलिरहेको आगोबाट निकालिएका अगुल्टोहरूजस्तै थियौ: तर पनि तिमीहरू मकहाँ आएका छैनौ, यहोवाले भन्‍नुभयो। त्यसकारण हे इस्राएलीहरू, म तिमीहरूलाई यसो गर्नेछु: र मैले तिमीहरूलाई यसो गर्ने हुनाले, हे इस्राएलीहरू, तिमीहरूका परमेश्‍वरलाई भेट्न तयार होओ” (आमोस ४:७-१२)।

“हेर, ती दिनहरू आउँछन्, परमप्रभु यहोवाले भन्‍नुभयो, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ” (आमोस ८:११)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

परमेश्‍वरले गर्ने हरेक काम सूक्ष्मताका साथ योजना गरिन्छन्। जब उहाँले भइरहेको कुनै कुरा वा परिस्थितिलाई हेर्नुहुन्छ, त्यसको मापन गर्ने मापदण्ड उहाँको नजरमा हुन्छ र त्यसको सामना गर्नको निम्ति उहाँले कुनै योजना सुरु गर्नुपर्छ कि पर्दैन अथवा त्यस कुरा वा परिस्थितिको सामना गर्नको निम्ति कुन तरिका अवलम्बन गर्नुपर्छ भ‍न्‍ने कुराको निर्धारण त्यही मापदण्डले गर्छ। सबै कुराप्रति उहाँ उदासीन वा भावना विहीन हुनुहुन्‍न। वास्तविकता यसको ठीक विपरीत छ। परमेश्‍वरले नोआलाई के भन्‍नुभयो भन्‍ने कुरालाई व्यक्त गर्ने एउटा पद यहाँ छ: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु।” परमेश्‍वरले यसो भन्‍नुहुँदा के उहाँले मानवलाई मात्र नष्ट गर्दै हुनुहुन्थ्यो भन्‍ने अर्थ यसले दिन्छ? होइन! उहाँले शरीर भएका सबै जीवित प्राणीहरूलाई नष्ट गर्न गइरहनुभएको थियो भनी परमेश्‍वरले भन्नुभयो। परमेश्‍वरले किन विनाशको चाहना गर्नुभयो? यहाँ परमेश्‍वरको स्वभावको अर्को प्रकाश छ: परमेश्‍वरको नजरमा, मानिसको भ्रष्टताप्रति, सारा देहको फोहोरीपन, हिंसा र विद्रोहीपनप्रति उहाँको धैर्यको सीमा छ। उहाँको सीमा के हो? परमेश्‍वरले भन्‍नुभए जस्तै: “परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए।” यो “किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए” भन्‍ने वाक्यांशको अर्थ के हो? यसको अर्थ परमेश्‍वरलाई पछ्याउनेहरू, परमेश्‍वरको नाम पुकार्नेहरू, कुनै बेला परमेश्‍वरलाई होमबली चढाउनेहरू, परमेश्‍वरलाई मौखिक रूपमा स्वीकार गर्ने र परमेश्‍वरको प्रशंसा समेत गर्नेहरू लगायत कुनै पनि जीवित प्राणीको व्यवहार भ्रष्टताले पूर्ण भएर त्यो परमेश्‍वरको नजरमा पुगेपछि, उहाँले तिनीहरूलाई नष्ट गर्नुपर्ने हुन्थ्यो। त्यो नै परमेश्‍वरको सीमा थियो। त्यसोभए मानिससँग र सारा देहको भ्रष्टतासँग परमेश्‍वर कुन हदसम्म धैर्यवान् रहनुभयो? यो हदसम्म कि, चाहे परमेश्‍वरका अनुयायीहरू होऊन् वा गैरविश्‍वासीहरू होऊन्, सबै मानिस सही मार्गमा हिँडिरहेका थिएनन्। यो हदसम्म कि, मानिस नैतिक रूपमा भ्रष्ट र दुष्टताले भरिएको मात्र थिएन, परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने पनि कोही थिएन, संसार परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत छ र परमेश्‍वरले मानिसहरूलाई ज्योति र सही मार्ग ल्याइदिन सक्‍नुहुन्छ भनेर विश्‍वास गर्ने त झनै कोही थिएन। यो हदसम्म कि मानिस परमेश्‍वरको अस्तित्वलाई घृणा गर्थ्यो र परमेश्‍वरलाई अस्तित्वमा रहन अनुमति दिँदैनथ्यो। जब मानिसको भ्रष्टता यस बिन्दुमा पुग्यो, तब परमेश्‍वरले आफ्नो धैर्य कायम राख्नै सक्‍नुभएन। यसलाई के कुराले प्रतिस्थापन गर्‍यो? परमेश्‍वरको रिस र परमेश्‍वरको दण्डको आगमनले।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

सबै कुरा मेरा वचनहरूद्वारा पूरा हुनेछन्; कुनै मानिसले यसमा भाग लिन पाउनेछैन, र मैले गर्ने काम कुनै पनि मानिसले गर्न सक्नेछैन। म सबै भूमिको हावा सफा गर्नेछु र पृथ्वीमा रहेका पिशाचहरूका सबै चिन्हलाई नामेट पार्नेछु। मैले सुरु गरिसकेको छु, र म मेरो सजायको प्रारम्भिक काम ठूलो रातो अजिङ्गरको वासस्थानमा सुरु गर्नेछु। त्यसैले मेरो सजाय सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ भन्ने कुरा देख्न सकिन्छ। ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कनै सक्दैनन्, किनकि म सारा भूमिको छानबिन गर्छु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, तब म औपचारिक रूपमा ठूलो रातो अजिङ्गरलाई सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको धर्मी सजाय अवश्यै देख्नेछन्, मेरो धार्मिकताका कारण अवश्यै अनवरत रूपमा प्रशंसा व्यक्त गर्नेछन्, र मेरो धार्मिकताका कारण अवश्यै सधैँभरि मेरो पवित्र नाउँको गुणगान गर्नेछन्। तसर्थ तिमीहरूले औपचारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेछौ, र औपचारिक रूपमा सारा भूमिभरि सदासर्वदा मेरो प्रशंसा गर्नेछौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २८

जब परमेश्‍वरका मानिसहरू सबै पूर्ण पारिएका हुन्छन् र पृथ्वीका सबै देशहरू ख्रीष्टको राज्य बनेका हुन्छन्, तब त्यो सात मेघगर्जन गर्जने समय हुनेछ। आजको दिन त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फको धावा बोलिसकिएको छ। यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले जे बोल्नुहुन्छ ती सबै उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका देशहरू बालुवामा बनाइएका महल मात्र हुन् जुन टुक्राटुक्रा हुन लागेका छन् भन्ने कुरा स्पष्ट छ—अन्तिम दिन आउनै लागेको छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। परमेश्‍वरको योजना पूर्ण रूपमा सफल भएको सुनिश्‍चित गर्न स्वर्गदूतहरू मानव संसारमा ओर्लेका छन् र परमेश्‍वरलाई सन्तुष्ट पार्नका निम्ति उनीहरूले सक्दो गर्न थालेका छन्, साथै देहधारी परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध गर्न युद्धको मैदानमा उपस्थित हुनुभएको छ। जहाँ देहधारण हुनुहुन्छ, शत्रुलाई त्यहीँ नष्ट गरिन्छ। नष्ट हुनेमा चीन पहिलो हुनेछ; त्यसलाई परमेश्‍वरको हातद्वारा सखाप पारिनेछ। परमेश्‍वरले त्यसलाई बिलकुलै दया देखाउनुहुनेछैन। परमेश्‍वरका मानिसहरू अझ परिपक्व हुँदै जाँदा, त्यसले ठूलो रातो अजिङ्गरको थप पतन भइरहेको प्रमाणित गर्छ; मानिसले यो प्रस्ट रूपमा देख्‍न सक्छ। परमेश्‍वरका मानिसहरूको परिपक्‍वता शत्रुको विनाशको पूर्वसङ्केत हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १०

आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैनँ, तर सारा आकाशलाई हल्‍लाउँदै म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरूबाट बच्ने कुनै ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसलाई मलाई चिन्‍ने र देख्‍न सक्‍ने तुल्याउने मेरो इच्छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्‍म देख्‍न नसकेका तर जो व्यावहारिक तवरमा अहिले हुनुहुन्छ, तिनीहरू उहाँ परमेश्‍वरको डर मान्न पुग्छन्। के कारणले मैले संसारको सृष्टि गरेँ? मानव भ्रष्ट भएर पनि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सर्वनाश गरिनँ? के कारणले गर्दा सारा मानवजाति विपत्तिहरूको बीचमा जिउँछन्? देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, मानवजातिले तीतो चाख्‍न मात्र होइन, तर मीठो पनि चाख्‍न सिक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १०

कामको यस चरणमा, परमेश्‍वरले उहाँलाई धोका दिने सबै मानिस फेरि उहाँको सिंहासनको अघि समर्पित हुन आउन सकून् भनी आफ्ना सारा काम संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्‍वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्‍वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ तिनीहरूलाई परमेश्‍वरलाई खोज्न प्रेरित गर्ने मौकाको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू उहाँसामु वापस आउन सकून्। त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १०

परमेश्‍वरको कामका चरणहरूमा मुक्तिले अझै पनि विभिन्न विपत्तिको रूप लिन्छ, र विनाश हुने निश्चित भएकाहरू कोही पनि तीबाट उम्कन सक्दैनन्। केवल अन्त्यमा मात्र पृथ्वीमा यस्तो अवस्था प्राप्त गर्न सकिन्छ जुन “तेस्रो स्वर्ग जस्तै शान्त हुन्छ: यहाँ ठूला-साना जीवित प्राणीहरू एकसाथ मिलेर बस्छन् र कहिल्यै पनि ‘मुख र जिब्रोको झगडा’ मा संलग्न हुँदैनन्।” परमेश्‍वरको कामको एक पक्ष भनेको सम्पूर्ण मानवजातिलाई विजय गर्नु र उहाँका वचनहरूद्वारा चुनिएका मानिसहरूलाई प्राप्त गर्नु हो; अर्कोचाहिँ विभिन्न विपत्तिहरूद्वारा विद्रोहका सबै छोरालाई विजय गर्नु हो। यो परमेश्‍वरको ठूलो परिमाणको कामको एउटा हिस्सा हो। यस तरिकाले मात्र पृथ्वीमा परमेश्‍वरले चाहनुभएको राज्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ, र यो उहाँको कामको हिस्सा हो, जुन शुद्ध सुन हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १७

मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। धेरै वर्षदेखि मलाई पछ्याएका, तर सबै प्रकारका दुष्ट कार्यहरू गरेकाहरू आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाएकाहरू रमाउनेछन् र ताली बजाउनेछन्, अनि मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय निस्फिक्री खुसीयालीको भाव अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उसका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

अघिल्लो:  ३. कतिपय मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ भनी स्वीकार गरेका छन्, तर तिनीहरू गिरफ्तार हुने र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सताइने डरले अनि धार्मिक समुदायका पाष्टरहरू र एल्डरहरूद्वारा डर देखाइएको र धम्की दिइएकोले साँचो बाटोलाई स्वीकार गर्ने साहस गर्दैनन्। त्यस्ता मानिसहरूको अन्त्य कस्तो हुनेछ?

अर्को:  २. पाष्टरहरूले प्रायजसो हामीलाई भन्ने गर्छन्, एकपछि अर्को विपत्ति बर्सिए पनि हामी डराउनुपर्दैन, किनकि बाइबलले हामीलाई भन्छ: “तेरो छेउमै हजार जना ढल्नेछन्, र तेरो दाहिनेतिर दश हजार जना; तर त्यो तेरो नजिक आउनेछैन” (भजनसंग्रह ९१:७)। यदि हामी प्रभुमा विश्‍वास गर्छौं भने, र निरन्तर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, र एकसाथ भेला हुन्छौं भने हामीमाथि विपत्तिहरू आउनेछैनन्। तर कतिपय धार्मिक पाष्टरहरू र इसाईहरू यस्ता विपत्तिहरूमा मरेका छन्। तिनीहरू सबैले बाइबल पढ्थे, प्रार्थना गर्थे, र प्रभुको सेवा गर्थे, त्यसो भए परमेश्‍वरले तिनीहरूलाई किन रक्षा गर्नुभएन?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger