२. पाष्टरहरूले प्रायजसो हामीलाई भन्ने गर्छन्, एकपछि अर्को विपत्ति बर्सिए पनि हामी डराउनुपर्दैन, किनकि बाइबलले हामीलाई भन्छ: “तेरो छेउमै हजार जना ढल्नेछन्, र तेरो दाहिनेतिर दश हजार जना; तर त्यो तेरो नजिक आउनेछैन” (भजनसंग्रह ९१:७)। यदि हामी प्रभुमा विश्वास गर्छौं भने, र निरन्तर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, र एकसाथ भेला हुन्छौं भने हामीमाथि विपत्तिहरू आउनेछैनन्। तर कतिपय धार्मिक पाष्टरहरू र इसाईहरू यस्ता विपत्तिहरूमा मरेका छन्। तिनीहरू सबैले बाइबल पढ्थे, प्रार्थना गर्थे, र प्रभुको सेवा गर्थे, त्यसो भए परमेश्वरले तिनीहरूलाई किन रक्षा गर्नुभएन?
सन्दर्भका लागि बाइबलका पदहरू:
“मलाई प्रभु, प्रभु भन्ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
“अनि हेर, म चाँडै आउँछु; हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ। म नै अल्फा र ओमेगा, सुरु र अन्त, पहिलो र अन्तिम हुँ। आफ्ना वस्त्र धुनेहरू आशिषित् हुन्, तिनीहरूले जीवनको रुखको अधिकार पाउन सक्छन् र प्रवेशद्वार भएर सहरभित्र प्रवेश गर्न सक्छन्। किनभने बाहिरपट्टि कुकुरहरू, जादूगरहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजकहरू अनि झूट मन पराउने र झूट बोल्नेहरू हुन्छन्” (प्रकाश २२:१२-१५)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
अहिले मैले प्रत्येक व्यक्तिको परिणाम निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख पुस्तकमा, एक-एक गरी, प्रत्येक मानिसका शब्द र कार्यहरू, उनीहरूले मलाई पछ्याएको बाटो, उनीहरूका जन्मजात वर्गीकरण, र उनीहरूका अन्तिम प्रकटीकरणहरू लेख्छु। यसरी, ती मानिसहरू जस्तोसुकै भए पनि, मेरो हातबाट कोही उम्कनेछैन, र उनीहरू सबै मेरो खटनपटनका आधारमा आफ्ना प्रकारअनुसार वर्गीकरण गरिनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
मानिसहरू भन्छन्, “परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ। जबसम्म मानिसले उहाँलाई अन्त्यसम्मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्नुहुन्छ?” म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। मलाई तँ कति वरिष्ठ छस् वा कति अनुभवी छस् भन्ने कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्वरले बोल्नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, “आखिरमा, म परमेश्वर धर्मी हुनुहुन्छ भनी विश्वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईँका निम्ति दौडधुप गर्छु; अन्तिममा, के तपाईँ मलाई अलिकति आशिष् दिन सक्नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु, “के तैँले मेरा वचनहरू पालन गरेको छस्?” तँ जुन धार्मिकताको कुरा गर्छस् त्यो एउटा लेनदेनमै सीमित छ। तँ यति मात्र सोच्छस् कि म धर्मी छु, कि म सबै मानिसहरूप्रति निष्पक्ष छु, र मलाई अन्त्यसम्मै पछ्याउने सबैले पक्कै पनि मुक्ति पाउँछन् र मेरा आशिष्हरू प्राप्त गर्छन्। “जसले मलाई अन्त्यसम्मै पछ्याउँछन् तिनीहरू सबैले निश्चय नै मुक्ति पाउँछन्” भन्ने मेरो वचनको भित्री अर्थ छ: जसले अन्त्यसम्म मलाई पछ्याउँछन्, तिनीहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेछन्; तिनीहरू ती हुन् जो मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्छन् र सिद्ध पारिन्छन्। तैँले कतिवटा मागहरू पूरा गरेको छस्? मलाई अन्त्यसम्मै पछ्याउनेबाहेक तैँले अरू कुन माग पूरा गरेको छस्? के तैँले मेरा वचनहरू पालन गरेको छस्? तैँले मेरा पाँचवटा मागहरूमध्ये एउटा पूरा गरेको छस्, तर तँसँग बाँकी चारवटा मागहरू पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले केवल सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्ग भेट्टाएको छस्, र भाग्यमा मात्र भर पर्ने मनोवृत्तिसाथ पछ्याएको छस्। तँजस्तो व्यक्तिप्रति मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय, साथै धर्मी सजाय मात्र हो; यसको अर्थ सबै दुष्कर्मीहरूलाई दिइने धर्मी दण्ड हो। अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउने सबैजना अवश्य नै दण्डित हुनेछन्। परमेश्वरको धार्मिकता नै यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
परमेश्वर उहाँका पदचापहरू पछ्याउने मानिसहरू चाहनुहुन्छ। तैँले पहिले बुझेको कुरा जतिसुकै अद्भुत र शुद्ध भए पनि, परमेश्वर त्यो चाहनुहुन्न, र यदि तँ त्यस्ता कुराहरू त्याग्न असमर्थ छस् भने, ती भविष्यमा तेरो प्रवेशका लागि ठूलो बाधा बन्नेछन्। पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। युगौँयुग र पुस्तौँपुस्ताअघिका मानिसहरूले पनि परमेश्वरका पदचापहरूलाई पछ्याए, तर तिनीहरूले आजको दिनसम्म पछ्याइरहन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र परमेश्वरका पदचापहरू पछ्याउन सक्नेहरू, परमेश्वरले तिनीहरूलाई जहाँ डोर्याउनुभए पनि उहाँलाई नै पछ्याउनेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कामलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको काममा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जतिसुकै काम गरे पनि, वा तिनीहरूको दुःख जतिसुकै ठूलो भए पनि, वा तिनीहरूले जतिसुकै दौडधुप गरे पनि, परमेश्वरका लागि त्यो कुनै पनि कुराको कुनै अर्थ हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरका वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबै पवित्र आत्माको प्रवाहमा छन्; परमेश्वरका वर्तमान वचनहरूभन्दा बाहिर हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र त्यस्ता मानिसहरू परमेश्वरद्वारा अनुमोदित हुँदैनन्। पवित्र आत्माका वर्तमान वचनहरूभन्दा बाहिरको सेवा भनेको देहको र धारणाहरूको सेवा हो, र यो परमेश्वरका अभिप्रायहरूअनुरूप हुन असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरू परमेश्वरका अभिप्रायहरूअनुरूपको कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र तिनीहरूले परमेश्वरको सेवा गरे पनि, तिनीहरू आफ्ना कल्पना र धारणाहरूका बीचमा रहेर सेवा गर्छन्, र परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्। जो पवित्र आत्माको कामलाई पालन गर्न असक्षम छन् तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, र जो परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् तिनीहरू परमेश्वरको सेवा गर्न सक्दैनन्। परमेश्वर उहाँका अभिप्रायहरूअनुरूपको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरूको र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरू पवित्र आत्माको कामका चरणहरू पालन गर्न असमर्थ छन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध र बाधा दिन्छ, र त्यस्तो सेवा परमेश्वरविपरीत हुन जान्छ। तसर्थ जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू परमेश्वरको सेवा गर्न असक्षम हुन्छन्; जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू पक्कै पनि परमेश्वरको विरोध गर्छन्, र पक्कै पनि परमेश्वरसँग मिल्ने हुन असक्षम हुन्छन्। “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्वरको नवीनतम कामबाट परमेश्वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्। जो पवित्र आत्माको कामद्वारा हटाइन्छन् तिनीहरू परमेश्वरको नवीनतम कामलाई पछ्याउन असक्षम रहेका, र परमेश्वरको नवीनतम कामको विरुद्धमा लाग्ने मानिस हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको खुलेर विरोध गर्नुको कारण भनेको परमेश्वरले नयाँ काम गर्नुभएको हुनु, र परमेश्वरको स्वरूप तिनीहरूका धारणाहरूमा भएको जस्तो नहुनु हो—यसको परिणामस्वरूप, तिनीहरू परमेश्वरको खुलेर विरोध गर्छन् र परमेश्वरलाई गलत ठहराउँछन्, जसको परिणामस्वरूप परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्वरको नवीनतम कामको ज्ञान राख्नु कुनै सजिलो कुरा होइन, तर यदि मानिसहरू दृढताका साथ परमेश्वरको कामप्रति समर्पित हुन र परमेश्वरको काम खोज्न सक्छन् भने, तिनीहरूले परमेश्वरलाई देख्ने मौका पाउनेछन्, र पवित्र आत्माको नवीनतम मार्गदर्शन प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्। परमेश्वरको कामलाई जानाजानी विरोध गर्नेहरू पवित्र आत्माको अन्तर्दृष्टि वा परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्दैनन्। तसर्थ, मानिसहरूले परमेश्वरको नवीनतम काम प्राप्त गर्न सक्नु वा नसक्नु परमेश्वरको अनुग्रहमा, साथै तिनीहरूको पछ्याइ र तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।
पवित्र आत्माका हालका वचनहरूप्रति समर्पित हुन सक्नेहरू सबै आशिषित् छन्। मानिसहरू पहिले जस्तो हुने गरेका भए पनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गरेको भए पनि—परमेश्वरको नवीनतम काम प्राप्त गर्नेहरू सबै नै सबैभन्दा बढी आशिषित् छन्, र आज नवीनतम कामलाई पछ्याउन नसक्नेहरू सबै हटाइनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
हिजोआज, पछ्याउने र नपछ्याउनेहरू दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू फरक छन्। सत्यता जान्न र सत्यता अभ्यास गर्न पछ्याउनेहरू नै ती मानिस हुन्, जसकहाँ परमेश्वरले मुक्ति ल्याउनुहुनेछ। साँचो मार्ग थाहा नहुनेहरू पिशाच र शत्रु हुन्; उनीहरू प्रधान स्वर्गदूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्वरका भक्त विश्वासीहरू समेत—के उनीहरू पिशाच पनि होइनन् र? असल विवेक भएकाहरू, तर साँचो मार्ग स्वीकार नगर्ने मानिसहरू पिशाच हुन्; उनीहरूको सार भनेको परमेश्वरको प्रतिरोध गर्ने सार हो। साँचो मार्ग स्वीकार नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कष्ट सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। संसारलाई त्याग्न अनिच्छुक हुनेहरू, आफ्ना बाबुआमासँग अलग हुन नसक्नेहरू, र आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न नसक्नेहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्वरमा विश्वास नगर्ने जोकोही पनि पिशाच हो, र, अझ भन्नुपर्दा, उसलाई नष्ट गरिनेछ। विश्वास गर्ने तर सत्यता अभ्यास नगर्नेहरू, परमेश्वरको देहधारणमा विश्वास नगर्नेहरू, र परमेश्वरको अस्तित्वमा बिलकुलै विश्वास नगर्नेहरू सबै विनाशका पात्रहरू हुनेछन्। रहन सक्नेहरू सबै शोधनको कष्ट भोगेका र दृढ रहेकाहरू हुन्; यिनीहरू साँचो रूपमा परीक्षाहरू भोगेका मानिस हुन्। परमेश्वरलाई नस्विकार्ने जोकोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्वरलाई नस्विकार्ने जोकोही—चाहे ऊ यस प्रवाहभित्रको होस् वा यस प्रवाह बाहिरको होस्—ऊ ख्रीष्टविरोधी हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। धेरै वर्षदेखि मलाई पछ्याएका, तर सबै प्रकारका दुष्ट कार्यहरू गरेकाहरू आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाएकाहरू रमाउनेछन् र ताली बजाउनेछन्, अनि मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय निस्फिक्री खुसीयालीको भाव अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उसका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
पुरानो संसार अस्तित्वमा रहुन्जेल, म हरेक देशमाथि मेरो ठूलो क्रोध खन्याउनेछु र सम्पूर्ण ब्रह्माण्डका लागि सार्वजनिक गरिएका प्रशासनिक आदेशहरू जारी गर्नेछु, र जसले तिनको उल्लङ्घन गर्छ उसले सजाय पाउनेछ:
जब म सम्पूर्ण ब्रह्माण्डसित बोल्छु, तब सबै मानिसले मेरो स्वर सुन्छन्, अर्थात्, मैले ब्रह्माण्डभरि गरेका सबै कार्य सारा मानिसले देख्छन्। जो मेरा अभिप्रायहरूका विरुद्धमा जान्छन्, अर्थात्, जो मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्छन्, तिनीहरू मेरो सजायको बीचमा ढल्नेछन्। म स्वर्गका असङ्ख्य ताराहरूलाई नवीन बनाउनेछु; मेरो कारणले गर्दा, सूर्य र चन्द्रमा नवीन हुनेछन्, आकाश पहिले जस्तो रहनेछैन; र पृथ्वीका यावत् थोक नवीन हुनेछन्—यी सबै मेरा वचनहरूका कारणले पूरा हुनेछन्। ब्रह्माण्डभित्रका सबै देशलाई नयाँ रूपमा विभाजन गरिनेछ र तिनलाई मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछ, ताकि पृथ्वीमा रहेका देशहरू सधैँका लागि लोप हुनेछन्, र त्यहाँ मेरो आराधना गर्ने राज्य मात्र हुनेछ; पृथ्वीका सबै देश नष्ट हुनेछन् र अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डभित्रका मानवजातिमध्ये, जो दियाबलसहरूका हुन् तिनीहरू सबैलाई नामेट पारिनेछ। शैतानको आराधना गर्ने सबै मेरो दन्किरहेको आगोको बीचमा ढल्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र भएकाहरू बाहेक, सबै खरानीमा परिणत हुनेछन्। जब म हरेक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू, विभिन्न हदसम्म, मेरो राज्यमा फर्कनेछन्, र मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले “सेतो बादलमा सवार हुनुहुने पवित्र जन” पहिल्यै आइपुग्नुभएको छ भनी देखेका हुनेछन्। सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र तिनीहरूले आफ्ना कार्यहरू अनुरूप विभिन्न सजायहरू प्राप्त गर्नेछन्; ज-जसले मेरो प्रतिरोध गरेका छन् तिनीहरू सबै नाश हुनेछन्, र पृथ्वीमा जसका कार्यहरूले मलाई समेटेका छैनन्, तिनीहरू, आफूले गरेको व्यवहारका कारणले गर्दा, मेरा पुत्रहरू र मेरा मानिसहरूको शासनअन्तर्गत पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म अनगिन्ती देश र मानिसहरूसामु देखा पर्नेछु, र म पृथ्वीमा मेरो आफ्नै स्वर व्यक्त गर्नेछु, मेरो महान् काम पूरा भएको उद्घोष गर्नेछु, जसले गर्दा सबै मानिसले यसलाई आफ्नै आँखाले देख्न सकून्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २६