२. पाष्टरहरूले प्रायजसो हामीलाई भन्ने गर्छन्, एकपछि अर्को विपत्ति बर्सिए पनि हामी डराउनुपर्दैन, किनकि बाइबलले हामीलाई भन्छ: “तेरो छेउमै हजार जना ढल्नेछन्, र तेरो दाहिनेतिर दश हजार जना; तर त्यो तेरो नजिक आउनेछैन” (भजनसंग्रह ९१:७)। यदि हामी प्रभुमा विश्‍वास गर्छौं भने, र निरन्तर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, र एकसाथ भेला हुन्छौं भने हामीमाथि विपत्तिहरू आउनेछैनन्। तर कतिपय धार्मिक पाष्टरहरू र इसाईहरू यस्ता विपत्तिहरूमा मरेका छन्। तिनीहरू सबैले बाइबल पढ्थे, प्रार्थना गर्थे, र प्रभुको सेवा गर्थे, त्यसो भए परमेश्‍वरले तिनीहरूलाई किन रक्षा गर्नुभएन?

सन्दर्भका लागि बाइबलका पदहरू:

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)

“अनि हेर, म चाँडै आउँछु; हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ। म नै अल्फा र ओमेगा, सुरु र अन्त, पहिलो र अन्तिम हुँ। आफ्ना वस्त्र धुनेहरू आशिषित् हुन्, तिनीहरूले जीवनको रुखको अधिकार पाउन सक्छन् र प्रवेशद्वार भएर सहरभित्र प्रवेश गर्न सक्छन्। किनभने बाहिरपट्टि कुकुरहरू, जादूगरहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू अनि झूट मन पराउने र झूट बोल्‍नेहरू हुन्छन्” (प्रकाश २२:१२-१५)

परमेश्वरका सान्दर्भिक वचनहरू:

अहिले मैले प्रत्येक व्यक्तिको परिणाम निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख पुस्तकमा, एक-एक गरी, प्रत्येक मानिसका शब्द र कार्यहरू, उनीहरूले मलाई पछ्याएको बाटो, उनीहरूका जन्मजात वर्गीकरण, र तिनीहरूका परम प्रकटीकरणहरू लेख्छु। यसरी, ती मानिसहरू जस्तोसुकै भए पनि, मेरो हातबाट कोही उम्कनेछैन, र उनीहरू सबै मेरो खटनपटनका आधारमा आफ्ना प्रकारअनुसार वर्गीकरण गरिनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँथ्यो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि मैले तय गरेका मापदण्डहरूमा उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले तय गरेको मापदण्ड सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन् वा कति लामो समयदेखि ती योग्यता तँमा रहेका छन्, म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍नु भनेर भन्‍न सक्‍नेछस्? यदि मैले आज बोलेका वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। परमेश्‍वरलाई पछ्याउने क्रममा तैँले सधैँ आफूले कष्ट भोगेको छु, आँधीबेरीमा उहाँलाई पछ्याएको छु, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छु भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएको छैनस्; तँ उहाँको लागि दौडधूप गर्ने र हरदिन आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “जेसुकै भए पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँका लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरिहिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे पनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग नपछ्याउनेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछ र उनीहरूले मेरा आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिनेहरू तिनीहरू नै हुन्। तैँले के-कस्ता अवस्थाहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू के प्राप्त गरेको छस्? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तर तँसँग बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशावादी मनोवृत्तिसाथ यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिशोध हो र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउनेहरू सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरका अभिप्रायअनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्‍वरका अभिप्राय अनुसार केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्‍वरको अभिप्रायहरूअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरका अभिप्रायलाई बुझ्‍दैनन्, र परमेश्‍वरका अभिप्रायहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वर उहाँका आफ्‍नै अभिप्राय अनुसारको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध पुऱ्याउँछ र बाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्‍वरको आजका अभिप्रायहरूलाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले गर्दा हो—यसको परिणामस्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको आलोचना गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो विषय होइन, तर यदि मानिसहरूमा परमेश्‍वरको काममा समर्पित हुने र परमेश्‍वरको कामको खोजी गर्ने मनमस्तिष्क छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइ प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानीजानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

पवित्र आत्माका वर्तमान वाणीहरूमा समर्पित हुन सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कामलाई प्राप्त गर्नेहरू नै सबैभन्दा बढी आशिषित हुनेहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। सबै प्रकारका दुष्ट कार्यहरू गर्ने, तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरू पनि, आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाउनेहरू रमाउनेछन् र तिनीहरूले मेरो प्रबल शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय सन्तुष्टि अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उनीहरूका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

पुरानो संसार अस्तित्वमा रहँदा, म प्रत्येक देशमाथि आफ्नो क्रोध बर्साउनेछु र सारा ब्रह्माण्डलाई सार्वजनिक गरिने प्रशासनिक आदेशहरू जारी गर्नेछु, र ती उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिइनेछ:

म सारा ब्रह्माण्डसँग बोल्दा, सबै मानिसले मेरो आवाज सुन्छन्, अर्थात् सबै मानिसले मैले ब्रह्माण्डभरि गरेका सबै कार्य देख्छन्। मेरा अभिप्रायविरुद्ध जानेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा ढल्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई नवीकरण गर्नेछु; मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्, आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहँदैनन् र संसारका सबै थोक नवीकरण हुनेछन्—यो सब मेरा वचनहरूको कारण पूर्ण हुनेछ। ब्रह्माण्डभित्रका सबै देशहरू पुनर्विभाजित हुनेछन् र मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछन्, ताकि पृथ्वीका देशहरू सदाका लागि हराएर जाऊन्, र त्यहाँ मलाई आराधना गर्ने राज्य मात्र होस्; पृथ्वीका सबै देशहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहन छोड्नेछन्। ब्रह्माण्डभित्रका मानव जातिमध्ये, जो दियाबलसका हुन् तिनीहरू सबै सखाप हुनेछन्। शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्‍निमा खस्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म प्रत्येक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू विभिन्‍न हदमा, मेरो राज्यमा फर्कनेछन्, अनि मेरा काममार्फत विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार पवित्र जन आइसक्नुभएको छ भनेर देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारका विभिन्न सजाय पाउनेछन्; र मेरो प्रतिरोध गरेकाहरू सबै नष्ट हुनेछन्, अनि पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जसरी व्यवहार गरेका हुन्‍छन् सोही कारण तिनीहरू मेरा पुत्रहरू र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म असङ्ख्या देश र असङ्ख्य मानिसहरूकहाँ देखा पर्नेछु, र म पृथ्वीमा आफ्‍नै आवाज व्यक्त गर्नेछु, मेरो महान् कामको पूर्ती घोषणा गर्नेछु, सबै मानिसलाई यो उनीहरूकै आँखाले देख्न दिनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २६

अघिल्लो:  १. आज, पृथ्वी भूकम्प, अनिकाल, महामारी, बाढी-पहिरो र खडेरीजस्ता विपत्तिहरूले घेरिएको छ। यी विपत्तिहरू आकारमा बढ्दै गइरहेका छन्, र मृत्यु हुनेको सङ्ख्या झून्-झन् वृद्धि हुँदै गइरहेको छ। परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ र मानिसलाई मुक्ति दिनुहुन्छ, त्यसो भए उहाँले किन त्यस्ता ठूला-ठूला विपत्तिहरू बर्साउनुहुन्छ?

अर्को:  ३. आज, विपत्तिहरू बढ्दो कठोरतासाथ र बारम्‍बार आइरहेका छन्। यी चिन्‍हहरूले बाइबलमा अगमवाणी गरिएका आखिरी दिनहरूका ठूला-ठूला विपत्तिहरू सुरु हुन् लागेको सङ्केत गर्दछन्। हामी कसरी परमेश्‍वरको सुरक्षा प्राप्त गर्न र यी विपत्तिहरूको माझमा जीवित रहन सक्छौं?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger