३. आज, विपत्तिहरू बढ्दो कठोरतासाथ र बारम्‍बार आइरहेका छन्। यी चिन्‍हहरूले बाइबलमा अगमवाणी गरिएका आखिरी दिनहरूका ठूला-ठूला विपत्तिहरू सुरु हुन् लागेको सङ्केत गर्दछन्। हामी कसरी परमेश्‍वरको सुरक्षा प्राप्त गर्न र यी विपत्तिहरूको माझमा जीवित रहन सक्छौं?

परमेश्वरका सान्दर्भिक वचनहरू:

परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, र, त्यसमाथि, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका वास्तुकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई दिन-रात हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका हातद्वारा निर्मित बन्दोबस्तहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राष्ट्रको उदय र पतन परमेश्‍वरका बन्दोबस्तअन्तर्गत पर्छ भनी तैँले अवश्यै विश्‍वास गर्नेछस्। कुनै देश वा राष्ट्रको भवितव्य परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको मार्ग नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति चाहन्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नैपर्छ, र परमेश्‍वरसामु पश्चात्ताप र स्वीकार गर्न उहाँसामु आउनैपर्छ, अन्यथा मानवको नियति र गन्तव्य एउटा अपरिहार्य विपत्ति हुनेछ।

नोआले जहाज बनाएको समयलाई फर्केर हेर: मानवजाति गहन रूपमा भ्रष्‍ट थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। त्यसपछि तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घिनलाग्दो पतिततामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले त्यस उप्रान्त परमेश्‍वरको प्रतिज्ञा पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य भए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोक पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरू यति पतित भए कि तिनीहरूमा अलिकति पनि समझ र मानवता रहेन र तिनीहरू झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युतर्फ झनै नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टताबाट अलग बसे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टताबाट अलग बसे।

अब वर्तमान युगलाई हेर: परमेश्‍वरलाई आराधना गर्न र दुष्‍टतालाई त्याग्न सक्ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा छैनन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै अनुग्रहशील हुनुहुन्छ र यस अन्तिम युगको मानवजातिप्रति अझै पनि उदारता देखाउनुहुन्छ। परमेश्‍वरले उहाँको देखा पराइको तृष्णा गर्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका आज्ञा नबिर्सनेहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई कृपाका साथ हेर्नुहुनेछ, र तँमाथि आशिष् बर्साउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ

परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा र खरानी लगाउनेबित्तिकै, उहाँको हृदय बिस्तारै कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूलाई तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुभएको क्षण अघि—तिनीहरूले तिनीहरूको पापको स्वीकृति र पश्‍चात्ताप गरेको क्षणअघि—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका कार्यहरूको शृङ्खला गरेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस बिस्तारै कृपा र सहनशीलतामा रूपान्तरित भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गर्नअघि एउटा र पश्‍चात्ताप गरेपछि अर्को गरी, यी दुई विपरीत ध्रुवीय सार व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्‍ने आशा गर्नुहुन्छ, अनि उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध उत्पन्न गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्ग छाड्छन् र आफ्नो हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। सबै प्रकारका दुष्ट कार्यहरू गर्ने, तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरू पनि, आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाउनेहरू रमाउनेछन् र तिनीहरूले मेरो प्रबल शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय सन्तुष्टि अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उनीहरूका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!

मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्‍न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्‍ने कुरा देख्‍न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्‍नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्‍ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्‍ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्‍नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर आउनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका कीटजन्य महामारीहरू एकपछि अर्को गरी उत्पन्‍न हुँदै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्या देश र मानिसहरूमाथि मेरो न्याय हो। मेरा पुत्रहरू हो! तिमीहरूले विपत्तिहरूको पीडा वा कठिनाइ भोग्‍नुपर्दैन। मेरो यही चाहना छ कि तिमीहरू चाँडै वयस्क बन र सकेसम्म चाँडो मेरो काँधको बोझ उठाओ। तिमीहरू किन मेरा अभिप्रायहरू बुझ्दैनौ? अब आउने कार्यहरू झन्-झन् कठिन हुँदै जानेछन्। के तिमीहरूको हृदय यति कठोर छ र तिमीहरू सबै काम मेरो हातमा राखेर ती सबै म आफैले कठिनाइसाथ गर्नुपर्ने गरी छोडिदिन्छौ? म यसलाई अझ स्पष्ट रूपमा भन्छु: जीवन परिपक्‍व हुनेहरू आश्रयस्थलमा प्रवेश गर्नेछन्, र तिनीहरूले कुनै पीडा वा कठिनाइ भोग्‍नेछैनन्। जीवन परिपक्‍व नहुनेहरूले पीडा र हानि भोग्‍नेछन्। मेरा वचनहरू स्पष्ट छन्, छैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५

भविष्यमा, तँमाथि ठूला परीक्षाहरू आइपर्न सक्छ—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने परीक्षाहरू जतिसुकै ठूला भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो गवाहीमा दृढ रहन र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम भइस् भने, तेरो हृदयलाई सान्त्वना मिल्नेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो परीक्षाको सामना गर्नुपरे पनि, तँ डराउने छैनस्। तिमीहरू भविष्यमा के हुनेछ भनेर बुझ्न सक्दैनौ, आजका परिस्थितिहरूमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै सक्छौ। तिमीहरू कुनै पनि महान् कार्य गर्न सक्षम हुँदैनौ—तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट पार्नमा ध्यान दिनुपर्छ, र तिमीहरूले बलियो र जोरदार गवाही दिनुपर्छ र यसप्रकार शैतानलाई लज्जित पार्नुपर्छ। तेरो देह असन्तुष्ट नै रहने र त्यसले कष्ट भोगेको हुने भए पनि, तैँले परमेश्‍वरलाई सन्तुष्ट र शैतानलाई लज्जित पारेको हुनेछस्। तैँले सधैँ यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो परीक्षा आउँछ, अरू ढल्नेछन्, तर तँ अझै पनि दृढ रहन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तँलाई सुरक्षा दिनुहुनेछ ताकि तँ दृढ रहन सक् र नढल्। यदि, साधारण रूपमा, तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न सक्षम हुन्छस् भने, परमेश्‍वरले तँलाई भविष्यमा आउने परीक्षामा पक्कै सुरक्षा दिनुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्‍वरले तँसँग पक्षपात गर्नुहुनेछैन। यो तेरो मनसायहरू सही छन् कि छैनन् भन्‍नेमा निर्भर रहन्छ। मानौँ आज, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस्, तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्‍याउँछस्, र तैँले यावत् थोकमा परमेश्‍वरलाई सन्तुष्ट पार्छस्—तँमा परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदय छ, तँ तेरो साँचो हृदय परमेश्‍वरलाई दिन्छस्, र तैँले स्पष्टसँग बुझ्न नसक्ने केही कुरा भए पनि, तँ तेरा मनसायहरू सच्याउन र परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्न परमेश्‍वरसामु आउन सक्छस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि सबै कुरा गर्छस्। अनि तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई इन्कार गर्न सक्‍ने भए पनि, तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेको छ, र तैँले देहसुखको लालसा गरिरहेको छैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँमाथि ठूला परीक्षा आउँदा तँ सुरक्षित हुनेछस्।

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै जाँचहरू लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै कुराहरू अशुद्ध छन्, र धेरै कुराहरू पाखण्डीपूर्ण छन्, र मानिसहरूलाई शुद्ध पार्न परमेश्‍वरले उनीहरूको जाँच लिनुहुन्छ। तर यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस् भने, भविष्यमा आउने जाँचहरू तेरो लागि सिद्धता हुनेछ। यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन असक्षम छस् भने, भविष्यका जाँचहरूले तँलाई परीक्षा गर्नेछन्, र तँ अनजानमै ढल्नेछस्, र उक्त क्षणमा तँ आफूलाई सहयोग गर्न असक्षम हुनेछस्, किनभने तँ परमेश्‍वरको कार्य सँगसँगै अगाडि बढ्न सक्नेछैनस् र तँमा वास्तविक कद निहित छैन। र त्यसैले, यदि तँ भविष्यमा दह्रिलो भएर खडा हुन, परमेश्‍वरलाई अझ राम्ररी सन्तुष्ट बनाउन, र उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहन्छस् भने, आज तैँले बलियो जग बसाउनुपर्छ। तैँले यावत् थोकमा सत्यता अभ्यास गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनुपर्छ र उहाँका अभिप्रायलाई ख्याल गर्नुपर्छ। यदि तैँले सधैँ यसरी अभ्यास गरिस् भने, तँभित्र एउटा जग बस्नेछ, र परमेश्‍वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय प्रेरित गर्नुहुनेछ, र उहाँले तँलाई विश्‍वास दिनुहुनेछ। जब कुनै दिन तेरो वास्तविक परीक्षा हुन्छ, तैँले केही पीडा सहनु पर्ने र कुनै निश्‍चित हदसम्म तँलाई दुःख महसुस हुन सक्छ, र कठोर शोक सहनुपर्ने हुन सक्छ, मानौँ तेरो मृत्यु नै भएको छ—तर परमेश्‍वरका लागि तेरो प्रेम परिवर्तन हुनेछैन, र यो झनै गहिरो हुनेछ। परमेश्‍वरको आशीर्वाद यस्तो हुन्छ। यदि तँ परमेश्‍वरले अहिले भन्नुहुने र गर्नुहुने सबै कुराहरू समर्पणताको हृदयका साथ स्वीकार गर्न सक्षम हुन्छस् भने, तैँले परमेश्‍वरबाट पक्कै पनि आशिष् पाउनेछस्, र तँ परमेश्‍वरबाट आशिष् अनि उहाँको प्रतिज्ञा प्राप्त गर्ने व्यक्ति बन्‍नेछस्। यदि, आज, तैँले अभ्यास गरिनस् भने, जब कुनै दिन तेरो परीक्षा हुनेछ, तँ आस्था वा प्रेम गर्ने हृदय विहीन हुनेछस्, र उक्त समयमा परीक्षाहरू नै प्रलोभन बन्नेछन्, तँ शैतानको प्रलोभन बीचमा भासिएको हुनेछस् र उम्किने कुनै बाटो हुनेछैन। आज, तँमाथि सानो परीक्षा आउँदा तँ दृढ रहन सक्षम हुन सक्छस्, तर कुनै दिन तँमाथि ठूलो जाँच आइपर्दा तँ दृढ रहन नै सक्नेछस् भन्‍ने जरुरी छैन। केही व्यक्तिहरू घमण्डी हुन्छन् र उनीहरू पहिले नै सिद्धताको नजिक छन् भनेर सोच्छन्। यस्तो समयमा तँ यदि गहिराइमा गइनस् र आत्मसन्तुष्ट नै भइरहिस् भने, तँ खतरामा हुनेछस्। आज, परमेश्‍वरले ठूला जाँचहरूको कार्य गर्नुहुन्न र सबै कुराहरू ठीकै रहेको जस्तो हुन्छ, तर जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तँमा पनि कमजोरी रहेछन् भनेर तँलाई थाहा हुन्छ, किनभने तेरो कद एकदमै सानो छ र तैँले ठूलो जाँच सहन सक्दैनस्। यदि तँ अहिले जस्तो छस् त्यस्तै रहिस् र तँ निष्क्रियताको अवस्थामा छस् भने, जब जाँच आउँछ, तँ पतन हुनेछस्। तिमीहरूले तिमीहरूको कद कति सानो छ भनेर प्रायजसो हेर्नुपर्छ; यसरी मात्रै तिमीहरूले प्रगति गर्न सक्छौ। यदि जाँचको दौरान मात्रै तैँले तेरो कद एकदमै सानो छ, कि तँभित्रको सानो कुरा मात्रै वास्तविक छ, र त परमेश्‍वरका अभिप्रायका लागि अपर्याप्त छस् भनेर देखिस् भने—यदि तैँले उक्त क्षणमा मात्रै यी कुराहरू बोध गरिस् भने, त्यति बेला एकदमै ढिलो भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आखिरी दिनहरूमा परमेश्‍वरको न्याय र सजायको काममा, अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेहरू हुनेछन्; यसरी, विश्राममा प्रवेश गर्नेहरू सबै परमेश्‍वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानव, जो अन्ततः परमेश्‍वरद्वारा प्राप्त गरिएका हुनेछन्, अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। … दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्‍वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर बाँकी रहन दिनुभयो भने, सारा मानवजाति विश्राममा प्रवेश गर्न अझै पनि असमर्थ हुनेथियो, र परमेश्‍वर सारा उनीहरूलाई अझ उत्तम क्षेत्रमा ल्याउन असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण रूपमा सिद्धिने थिएन। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र पारिनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

अघिल्लो:  २. पाष्टरहरूले प्रायजसो हामीलाई भन्ने गर्छन्, एकपछि अर्को विपत्ति बर्सिए पनि हामी डराउनुपर्दैन, किनकि बाइबलले हामीलाई भन्छ: “तेरो छेउमै हजार जना ढल्नेछन्, र तेरो दाहिनेतिर दश हजार जना; तर त्यो तेरो नजिक आउनेछैन” (भजनसंग्रह ९१:७)। यदि हामी प्रभुमा विश्‍वास गर्छौं भने, र निरन्तर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, र एकसाथ भेला हुन्छौं भने हामीमाथि विपत्तिहरू आउनेछैनन्। तर कतिपय धार्मिक पाष्टरहरू र इसाईहरू यस्ता विपत्तिहरूमा मरेका छन्। तिनीहरू सबैले बाइबल पढ्थे, प्रार्थना गर्थे, र प्रभुको सेवा गर्थे, त्यसो भए परमेश्‍वरले तिनीहरूलाई किन रक्षा गर्नुभएन?

अर्को:  १. आजको संसार साँच्चै झन्-झन् अँध्यारो हुँदै गइरहेको छ, र मानवजाति झन् बढी भ्रष्ट हुँदैछ। संसार पतन हुँदैछ, नैतिकता हराएको छ, परमेश्‍वरमा विश्‍वास गर्ने र सही बाटोमा हिँड्ने असल मानिसहरूलाई धम्की दिइन्छ, थिचोमिचो गरिन्छ, र सताइन्छ, जबकि ती चापलुसीकार र हिनामिना गर्ने, जसले हरप्रकारका दुष्ट कामहरू गर्छन् तिनीहरूको उन्नति हुन्छ। संसार किन यति अँध्यारो, यति दुष्ट छ? मानवजातिको भ्रष्टता चरम सीमामा पुगिसकेको छ—के अब मानिस परमेश्‍वरद्वारा नाश पारिने समय आएको हो?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger