२. तपाईं आखिरी दिनहरूमा फर्केका परमेश्वरलाई सर्वशक्तिमान् परमेश्वर भनिन्छ भनी गवाही दिनुहुन्छ। हामी विश्वास गर्छौं, “सर्वशक्तिमान् परमेश्वर” भन्ने नाउँले परमेश्वरको सर्वशक्तिसम्पन्नतालाई बुझाउँछ र यो परमेश्वरको नयाँ नाउँ होइन। तपाईं किन “सर्वशक्तिमान् परमेश्वर” परमेश्वरको नयाँ नाउँ हो भनी भन्नुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“जो विजयी हुन्छ उसलाई मैले मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्वरको नाउँ, र मेरो परमेश्वरको सहरको नाउँ लेख्नेछु, जुन स्वर्गबाट मेरो परमेश्वरबाट तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्नेछु” (प्रकाश ३:१२)।
“सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ” (प्रकाश १:८)।
“अनि तिनीहरूले परमेश्वरको सेवक मोशाको गीत, र थुमाको गीत गए, र भने, हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका कार्यहरू महान् र अचम्मका छन्; हे सन्तहरूका राजा, तपाईंका मार्गहरू न्यायसंगत र साँचा छन्। हे परमप्रभु, तपाईंको डर नमान्ने, र तपाईंको नाउँको महिमा नफैलाउने को छ र?” (प्रकाश १५:३-४)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
सियोनमा प्रशंसा आएको छ र परमेश्वरको वासस्थान देखा परेको छ। महिमित पवित्र नामलाई असङ्ख्य मानिसहरूले गुणगान गर्छन् र त्यो फैलिरहेको छ। आहा, सर्वशक्तिमान् परमेश्वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सारा ब्रह्माण्डभित्र, प्रतापी र भव्य सियोन पर्वतमाथि उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ …
हे सर्वशक्तिमान् परमेश्वर! हामी हर्षोल्लासका साथ तपाईंलाई पुकार्छौँ; हामी नाच्छौँ र गाउँछौँ। तपाईं साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईंले विजेताहरूको एउटा समूह बनाउनुभएको छ र परमेश्वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। असङ्ख्य मानिसहरू यो पर्वतमा ओइरिएर आउनेछन्। असङ्ख्य मानिसहरूले सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र साँचो परमेश्वर हुनुहुन्छ र तपाईं महिमा र आदर योग्य हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अख्तियार सिंहासनलाई होस्! त्यो सिंहासनबाट जीवनको मुहान बग्दछ, त्यसले परमेश्वरका सबै मानिसहरूलाई मलजल गर्छ र खुवाउँछ। प्रत्येक दिन हाम्रो जीवन परिवर्तन हुन्छ; नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्, र निरन्तर परमेश्वरका विषयमा नयाँ अन्तर्ज्ञानहरू दिन्छन्। अनुभवहरूका बीचमा हामी परमेश्वरको विषयमा पूर्ण निश्चयतामा पुग्छौँ। उहाँका वचनहरू निरन्तर देखा पर्छन्, जो सही छन् तिनीहरूमा देखा पर्छन्। हामी वास्तवमै अत्यन्तै आशिषित छौँ! हामी प्रत्येक दिन परमेश्वरसित आमने-सामने हुन्छौँ, सबै कुरामा परमेश्वरसित सङ्गति गर्छौँ र सबै कुरामाथि परमेश्वरलाई नियन्त्रण लिन दिन्छौँ। हामी होसियारीसाथ परमेश्वरको वचन मनन गर्छौँ, हाम्रा हृदयहरू परमेश्वरमा शान्त भई विश्राम गर्छन् अनि यसरी हामी परमेश्वरको सामु आउँछौँ जहान हामी उहाँको ज्योति पाउँछौँ। प्रत्येक दिन हाम्रा जीवनमा, कार्यहरूमा, शब्दहरूमा, सोच र विचारहरूमा हामी परमेश्वरको वचनभित्र जिउँछौँ, र हामीले हरसमय कामकुरा खुट्ट्याउन सक्छौँ। परमेश्वरको वचनले धागोलाई सियोबाट छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्वरसितको सङ्गतिले ढिलाइ सहन गर्दैन; हाम्रा सोच र विचारहरू परमेश्वरद्वारा उदाङ्गो पारिन्छन्। प्रत्येक क्षण हामी ख्रीष्टको आसनको अघि जिइरहेका हुन्छौँ जहाँ हामीले न्याय अनुभव गर्छौँ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा अझै ओगटिएको छ। आज, परमेश्वरको राजकीय शासन पुनःस्थापित गर्नका निम्ति उहाँको मन्दिर शुद्ध पारिनु नै पर्छ। पूर्ण रूपमा परमेश्वरद्वारा ओगटिनका लागि हामीले जीवन र मृत्युको सङ्घर्ष पार गर्नैपर्छ। हाम्रो पुरानो स्वरूप क्रूसमा टाँगिएपछि मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।
अब पवित्र आत्माले हामीलाई पुनः दाबी गर्नका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण गर्नुहुन्छ! जबसम्म हामी आफैलाई इन्कार गर्न इच्छुक हुन्छौँ र परमेश्वरसित सहकार्य गर्न इच्छुक हुन्छौँ, परमेश्वरले निश्चय नै हरसमय हामीलाई भित्रैबाट ज्योति दिनुहुनेछ र शुद्ध गर्नुहुनेछ, अनि शैतानले जे कब्जा गरेको छ त्यो फेरि नयाँ गरी पुनः दाबी गर्नुहुनेछ, ताकि हामी चाँडोभन्दा चाँडो परमेश्वरद्वारा पूर्ण पारिन सकौँ। समय खेर नफाल—प्रत्येक क्षण परमेश्वरको वचनभित्र जिओ। सन्तहरूसितै वृद्धि हुँदै जाओ, राज्यभित्र तानिएर आओ, अनि परमेश्वरसँगसँगै महिमामा प्रवेश गर।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १
राज्यका राजा, सर्वशक्तिमान् परमेश्वरको गवाही दिइएको समयदेखि परमेश्वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको सम्पूर्णतामा खुलेको छ। परमेश्वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले यो पवित्र नाउँ पुकारिरहेका छन्, हर सम्भव उपायद्वारा परमेश्वरसित सङ्गति गर्न खोजिरहेका छन्, सर्वशक्तिमान् परमेश्वरका अभिप्रायहरू बुझिरहेका र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गरिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।
विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्वरसित, अलिकति पनि भिन्नता बिना, बिलकुल एक हुनुहुन्छ। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई सतर्क बनाइराख्नुहुन्छ। यो परमेश्वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै विचलन हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि सके सम्म गर्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।
सर्वशक्तिमान् परमेश्वर ब्रह्माण्डमा भएको जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ, र सबै देशहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्वरमा विश्वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा यातना पाएको आवाज हो, र यो परमेश्वरको फलामको लौरोद्वारा ताडना दिइएको चिच्याहट हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ८
मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्वर, युग अन्त्य गर्ने परमेश्वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्वर स्वयम् हुँ। मानिसहरू कहिल्यै मेरो सम्पर्कमा आएका छैनन्, तिनीहरूले मलाई कहिल्यै चिनेका छैनन्, र तिनीहरू सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसहरूकहाँ देखा पर्नुहुने तर उनीहरूमाझ गुप्त रहनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसहरूमाझ, साँचो र वास्तविक रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्या देशहरू आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र म आफूसँग यो स्वभाव बोक्छु, ताकि म धर्मी परमेश्वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्वर हुँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ
मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्वर भन्ने हुन्छ, जो मानिसलाई टिठ देखाउनुहुन्छ, सराप दिनुहुन्छ, र मानिसको जीवन डोर्याउनुहुन्छ; त्यो परमेश्वर जसले महान् शक्ति धारण गर्नुहुन्छ र जो बुद्धिले पूर्ण हुनुहुन्छ। “येशू” इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमले पूर्ण र करुणाले पूर्ण पाप बलि भन्ने हुन्छ र जसले मानिसलाई उद्धार गर्नुहुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँले अनुग्रहको युग प्रतिनिधित्व गर्नुहुन्छ र उहाँले व्यवस्थापन योजनाको कामको एक हिस्साको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर, मोशाका परमेश्वर र इस्राएलका सारा मानिसहरूका परमेश्वर हुनुहुन्छ। त्यसैले, हालको युगमा, यहूदी मानिसहरू बाहेक सारा इस्राएलीहरूले यहोवाको आराधना गर्छन्। तिनीहरूले उहाँलाई वेदीमा बलि चढाउँछन् र पूजाहारीको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्छन्। तिनीहरूले आशा गर्ने कुराचाहिँ यहोवाको पुर्नउदय हो। येशू मात्र मानवजातिको उद्धारक हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट उद्धार गर्ने पापबलि हुनुहुन्छ। जसको तात्पर्य, येशूको नाउँ अनुग्रहको युगबाट आयो र अनुग्रहको युगमा उद्धारको कामको कारणले अस्तित्वमा आयो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई नयाँ जन्म दिन र मुक्त गर्न अस्तित्वमा आयो, र यो समग्र मानवजातिको उद्धारको निम्ति एउटा विशेष नाउँ हो। यसैले, येशूको नाउँले उद्धारको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई सूचित गर्छ। यहोवा नाउँ व्यवस्थाको अधीनमा बसेका इस्राएलका मानिसहरूको निम्ति विशेष नाउँ हो। हरेक युग र कामको हरेक चरणमा, मेरो नाउँ आधारहीन छैन, तर यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। “यहोवा” ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो इस्राएलको मानिसहरूले आराधना गर्ने परमेश्वरलाई बोलाउने आदरार्थी नाम हो। “येशू” ले अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो अनुग्रहको युगको अवधिमा छुटकारा पाएकाहरू सबैका परमेश्वरको नाउँ हो। यदि मानिसले अझै आखिरी दिनहरूको अवधिमा मुक्तिदाता येशूको आगमनको चाह गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आउनुभएको अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षको व्यवस्थापनको योजना छुटकाराको युगमा रोकिन्थ्यो, र अलिकता पनि अघि बढ्न सक्दैनथ्यो। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएन, र त्यो युगको अन्त कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको उद्धार र मुक्तिको निम्ति मात्र हुनुहुन्छ। अनुग्रहको युगका सबै पापीहरूका खातिर मात्र मैले येशूको नाउँ धारण गरेँ, तर मैले समग्र मानवजातिलाई अन्तमा ल्याउने नाउँ यो होइन। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँहरूले मेरो व्यवस्थापन योजनाका विभिन्न युगहरूलाई सूचित गर्छन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई पुकार्ने नाउँहरूले मेरो सम्पूर्ण स्वभाव र म जे छु सो सारा कुरालाई स्पष्टसँग व्यक्त गर्न सक्दैनन्। ती विभिन्न युगहरूको अवधिमा मलाई पुकारिने विभिन्न नाउँहरू मात्र हुन्। त्यसैले जब समाप्तिको युग—अन्तिम युग—आउँछ, मेरो नाउँ फेरि बदलिनेछ। मसीह भन्नु त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली र सर्वशक्तिमान् परमेश्वर स्वयम् भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त ल्याउनेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ
परमेश्वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, सम्मानित, अचम्मका, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान र यस्तै अन्य। धेरै वटा शब्दहरू! यो सीमित शब्दावलीले मानिसले परमेश्वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्ने तिनीहरूले ठानेका थिए: परमेश्वर अति महान् हुनुहुन्छ! परमेश्वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। यसैले, मानिसका निम्ति परमेश्वरका नाउँ धेरै छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्वरको अस्तित्व प्रशस्त भएकोले र मानिसको भाषा अति दुर्बल भएको गर्दा यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँमा सम्पूर्ण रूपले परमेश्वरको प्रतिनिधित्व गर्ने क्षमता हुँदैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्ने सोच्छस्? उहाँ यति महान् र अति पवित्र हुनुहुन्छ, तापनि तैँले उहाँलाई प्रत्येक नयाँ युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँले त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ, जसको क्षणिक महत्त्व हुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्वरको व्याख्या गर्न जान्दैन। परमेश्वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्नेछु, “परमेश्वर, परमेश्वर हुनुहुन्छ!” के यो परमेश्वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्वरको नाउँ जाँचपड्ताल गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरू किन खानु न पिउनु हुँदै आफ्नो दिमागलाई नामकै खातिर यातना दिन्छौ? त्यो दिन आउनेछ, जब परमेश्वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अझै परमेश्वरको नाउँ जाँचपड्ताल गरिरहेको छस्? के तँ अझै पनि परमेश्वरलाई यहोवा मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्वरलाई येशू मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ परमेश्वरको विरुद्धमा गरिने ईश्वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्वरको कुनै नाउँ थिएन भन्ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के त्यसको निर्णय गर्न उहाँलाई तेरो, अर्थात् सृष्टि गरिएको प्राणीको आवश्यकता पर्छ? परमेश्वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्ने अनुसार छ, तर यो नाउँ कुनै यस्तो कुरा होइन जुन मानिसले उछिन्न सक्छ! तैँले केवल स्वर्गमा परमेश्वर हुनुहुन्छ, उहाँलाई परमेश्वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अचम्मका, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जान्न सक्ने भनेकै यति थोरै मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)