१. बाइबल प्रभुको गवाही हो, र यो हाम्रो विश्वासको आधार पनि हो। प्रभुमा विश्वास गर्नेहरू सबैले बाइबलअनुसार नै दुई हजार वर्षदेखि विश्वास गर्दै आएका छन्। यसैले हामी के विश्वास गर्छौं भने, बाइबलले प्रभुको प्रतिनिधित्व गर्दछ, प्रभुमा विश्वास गर्नु भनेको बाइबलमा विश्वास गर्नु हो, र बाइबलमा विश्वास गर्नु भनेको प्रभुमा विश्वास गर्नु हो। हामी बाइबलबाट कहिल्यै टाढा जान सक्दैनौं। यदि हामी बाइबलबाट टाढा जान्छौं भने हामीले कसरी प्रभुमा विश्वास गर्न सक्छौं? के तपाईं हाम्रो बुझाइमा केही गल्ती छ भनेर भन्दैहुनुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“शास्त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्ना ५:३९-४०)।
“म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्ना १४:६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्वास गर्छस् भने तैँले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैँले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैँले त्यसो गरिस् भने तैँले परमेश्वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै प्रभुमाथिको मानिसहरूको विश्वास नै बाइबलमाथिको विश्वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरू बाइबललाई परमेश्वर जस्तो मानेर त्यसको आराधना गर्छन्, र यसलाई आफ्नो प्राणवायुका रूपमा लिन्छन्, र यसलाई गुमाउनु भनेको आफ्नो जीवन गुमाउनुसरह हुनेछ। मानिसहरूले बाइबललाई परमेश्वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्वरभन्दा उच्च देख्नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँचिरहन सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्वास छ भनी प्रमाणित गर्दछ। जसले बाइबल पढेका छन् र जो त्यसबारे अरूसँग कुरा गर्न सक्छन्, तिनीहरू सबै सबैभन्दा असल दाजुभाइ-दिदीबहिनी हुन्। यत्तिका वर्षसम्म प्रभुप्रति मानिसहरूका आस्था र बफादारी तिनीहरूले बाइबल कति बुझेका छन् भन्ने आधारमा मापन गरिएका छन्। धेरै मानिस परमेश्वरमा किन विश्वास गर्ने भन्ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि बाइबल छोडी अर्कोतिर जान सक्दैन, न त कसैले कहिल्यै त्यसो गर्ने आँट नै गरेको छ। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नता पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही श्रेष्ठ व्याख्या वा अझ गहिरा रहस्यहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। बाइबलप्रतिको मानिसहरूको दृष्टिकोण आसक्ति र आस्थाले भरिएको छ, र बाइबलपछाडिको वास्तविक कथाबारे वा बाइबलको सारबारे कोही पनि पूर्ण रूपमा स्पष्ट हुन सक्दैन। आज पनि, बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरू आफ्ना धारणाहरूमा बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्ने सोच्छन्; तिनीहरू सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यी धारणाहरूका कारण मानिसहरूमा पवित्र आत्माको काम खोज्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलविना, मानिसहरूले परमेश्वरका पदचापहरू अन्यत्र खोज्न सक्थे, तैपनि आज, उहाँका पदचापहरू बाइबलभित्र “सीमित पारिएका” छन्, र उहाँको पछिल्लो काम फैलाउन झन् दोब्बर कठिन, र अत्यन्तै चुनौतीपूर्ण बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्याय र भनाइका साथै बाइबलका थुप्रै अगमवाणीका कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमाएउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्वरले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्वर पाउन सक्छन् भनी तिनीहरू विश्वास गर्न सक्दैनन्, तिनीहरू अन्तिम काममा परमेश्वर बाइबलबाट छुट्टिएर जान र फेरि नयाँ सुरुवात गर्न सक्नुहुन्छ भन्ने त झनै विश्वास गर्न सक्दैनन्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। बाइबल परमेश्वरको नवीनतम काम स्वीकार गर्नमा मानिसहरूका निम्ति ठूलो अड्चन बनेको छ र परमेश्वरको नवीनतम काम फैलाउनमा कठिनाइ बनेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)
भ्रष्टताबाट गुज्रेको मानिस शैतानको फन्दामा जिउँछ; ऊ देहमा जिउँछ, स्वार्थी इच्छाहरूमा जिउँछ, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्वासले भरिएका छन्। किनभने तिनीहरू अन्तर्निहित रूपमै मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्त्रका खण्डहरू पढ्छन्। तिनीहरू आफूले नदेखेको अस्पष्ट परमेश्वरलाई सीमित पार्छन् र बाइबलको सीमाभित्र देख्न सक्दैनन् र फुर्सतमा हेर्न यसलाई बाहिर निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्त्रका एक-एक शब्दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्वास गर्छन्। तिनीहरूले धर्मशास्त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्ने हरेक शब्दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्ने विश्वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यस समयको येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले व्यवस्थाको प्रत्येक लेखलाई यस्तो गम्भीरतासाथ लिए—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्त्रको एक-एक शब्दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्जतलाई कायम राख्न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्ने हदसम्म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्नो भविष्य र पापबलि त्याग्न रुचाए। के तिनीहरू सबै नै धर्मशास्त्रका एक-एक वचनका दास थिएनन् र?
अनि आजका मानिसहरूको बारेमा के भन्ने? ख्रीष्ट सत्यता प्रदान गर्न आउनुभएको छ, तैपनि तिनीहरू उहाँलाई यस संसारबाट निकाल्न चाहन्छन् ताकि तिनीहरूले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्न सकून्। तिनीहरू बाइबलका हितहरूको संरक्षण गर्नको लागि सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्न रचाउँछन्, र बाइबलको अनन्त अस्तित्व सुनिश्चित गर्नको लागि तिनीहरू देहमा फर्कनुभएका ख्रीष्टलाई फेरि क्रूसमा टाँग्न रुचाउँछन्। मप्रति उसको हृदय यति द्वेषपूर्ण र उसको प्रकृति यति शत्रुवत् हुँदा, उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको माझमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। मैले मानिसमाथि मेरो ज्योति चम्काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझै अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्नो क्रोध बर्साउँछु, उसले अझै ठूलो जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिस अक्षरहरूसँग अनुकूलता खोज्छ र बाइबलसँग अनुकूलता खोज्छ, तैपनि सत्यतासँग मिल्ने मार्गलाई खोज्न एक जना पनि मेरोसामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि देहमा रहेको मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसको माझमा बस्ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका अक्षरहरूसँग मात्रै अनुकूलता खोज्नेहरू, र अस्पष्ट ईश्वरसँग मात्रै अनुकूलता खोज्नेहरू मेरा नजरमा नीच हुन्। किनभने तिनीहरूले आराधना गर्ने भनेको मृत अक्षरहरू, र तिनीहरूलाई असीमित खजाना दिन सक्ने ईश्वर हो; तिनीहरूले आराधना गर्ने भनेको आफूलाई मानिसका कृपामा राख्ने एक अस्तित्वहीन ईश्वर हो—एउटा ईश्वर जो अस्तित्वमा नै छैन। अनि, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? शब्दहरूद्वारा वर्णन गरिनका निम्ति मानिस निकै नीच छ। जो मेरो विरुद्धमा छन्, जो मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मसँग मिल्न सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ
बाइबल एउटा इतिहासको पुस्तक हो, र यदि तैँले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको थिइस् भने, अनि यदि तैँले पुरानो करारको युगमा चाहिएको कुरालाई अनुग्रहको युगमा व्यवहारमा लागु गरेको भए, येशूले तँलाई अस्वीकार गर्नुहुनेथ्यो, र तँलाई दोषी ठहराउनुहुनेथ्यो; यदि तैँले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैँले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्गको प्रचार गर्नुभयो—जसको एउटा वचनका बारेमा पुरानो करारका कैयौँ अगमवाणीमा बिलकुलै उल्लेख गरिएको थिएन। उहाँले बाइबलअनुसार काम नगर्नुभएको मात्र होइन, उहाँले त एउटा अझ नयाँ बाटोमा पनि अगुवाइ गर्नुभयो र अझ नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, उहाँका शिक्षा, अनि उहाँको बोलीको अख्तियार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको पहुँचभन्दा बाहिर थिए। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के त्यो पुरानो करारमा उहाँको शिक्षा, साथै बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको शक्तिका बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानाजानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तर विकसित हुन दिनका लागि थिएन। उहाँको कामले बाइबललाई आधार बनाएको छ कि छैन भन्ने कुरालाई उहाँले कुनै ख्याल गर्नुभएन बरु उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो, त्यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको भ्रम थिएन र? के परमेश्वरले उहाँको काममा प्रावधानहरू लागु गर्नु आवश्यक हुन्छ? अनि के परमेश्वरले अगमवक्ताहरूका अगमवाणीअनुसार नै काम गर्नुपर्छ? आखिरकार, ठूलो के हो: परमेश्वर कि बाइबल? परमेश्वरले किन बाइबलअनुसार काम गर्नैपर्छ र? के परमेश्वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्ने हुन सक्छ? के परमेश्वर बाइबलबाट टाढा भएर अरू काम गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिन अनुसार र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुहुन्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, बरु खुट्टा धुनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा नभएका होइनन् र? यदि येशूले पुरानो करार पालन गर्नुहुन्थ्यो भने, उहाँले यी प्रावधानहरू किन तोड्नुभयो? परमेश्वर र बाइबलमध्ये कुनचाहिँ पहिले आयो भन्ने कुरा तँलाई थाहा हुनुपर्छ! के उहाँ शबाथका प्रभु हुनुभएकाले बाइबलका परमप्रभु पनि हुन सक्नुहुन्न र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)
नयाँ करारका सुसमाचारका पुस्तकहरू येशू क्रूसमा टाँगिनुभएको बीसदेखि तीस वर्षपछि अभिलेख गरिएका थिए। पहिले, इस्राएलका मानिसहरू पुरानो करार मात्र पढ्थे। भन्नुको अर्थ, अनुग्रहको युगको सुरुमा मानिसहरू पुरानो करार पढ्थे। नयाँ करार अनुग्रहको युगको दौरान मात्र देखा पर्यो। येशूले काम गर्नुहुँदा नयाँ करार अस्तित्वमा थिएन; मानिसहरूले उहाँ मरेकाहरूबाट बौरिउठ्नुभएपछि र स्वर्गमा उक्लनुभएपछि उहाँको कामलाई अभिलेख गरे। त्यसपछि मात्र चार सुसमाचारका पुस्तकहरू अस्तित्वमा आए, जसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू र प्रकाशको पुस्तक पनि अस्तित्वमा आए। येशू स्वर्गमा उक्लनुभएको तीन सय वर्षभन्दा बढी समयपछि, पछिल्ला पुस्ताहरूले यी दस्ताबेजहरूलाई छनौट गरी सङ्कलन गरे र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भइसकेपछि मात्र नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। परमेश्वरले ती सबै काम गर्नुभएको थियो अनि पावल र अन्य प्रेरितहरूले विभिन्न स्थानका मण्डलीहरूलाई एकदमै धेरै पत्र लेखेका थिए। तिनीहरूपछिका मानिसहरूले तिनीहरूका पत्रहरूलाई एकसाथ जोडे र यूहन्नाले पत्मोस टापुमा देखेको सबैभन्दा ठूलो दर्शनबारे उनको विवरण थपे, जसमा परमेश्वरको आखिरी दिनहरूको कामबारे अगमवाणी गरिएको थियो। मानिसहरूले यो श्रृङ्खला बनाए, जुन आजका वाणीहरूभन्दा फरक छ। आज अभिलेख गरिने कुरा परमेश्वरको कामका चरणहरूअनुसार हुन्छ; आज मानिसहरू संलग्न हुने कुरा परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा गरेको काम र उहाँले व्यक्तिगत रूपमा बोलेका वचनहरू हुन्। तँ—मानवजातिले—हस्तक्षेप गर्नुपर्दैन; आत्माबाट प्रत्यक्ष रूपमा आउने वचनहरूलाई चरणबद्ध रूपमा प्रबन्ध गरिएको छ र यो प्रबन्ध मानिसहरूका अभिलेखहरूको प्रबन्धभन्दा फरक छ। तिनीहरूले अभिलेख गरेको कुरा तिनीहरूको शिक्षाको स्तर र मानव क्षमताअनुसार थियो भनेर भन्न सकिन्छ। तिनीहरूले अभिलेख गरेका कुराहरू मानव अनुभव थिए र हरेकसँग अभिलेख गर्ने आफ्नै माध्यम र आफ्नै बुझाइ थियो अनि हरेक अभिलेख फरक थियो। त्यसैले, यदि तँ बाइबललाई परमेश्वरका रूपमा आराधना गर्छस् भने तँ अत्यन्तै अज्ञानी र मूर्ख होस्! तँ किन आजका परमेश्वरको काम खोजी गर्दैनस्? परमेश्वरको कामले मात्र मानिसलाई मुक्ति दिन सक्छ। बाइबलले मानिसलाई मुक्ति दिन सक्दैन, मानिसहरू यसलाई केही हजार वर्षसम्म पढ्न सक्छन् र तैपनि तिनीहरूमा अझै अलिकति पनि परिवर्तन आउनेछैन र यदि तँ बाइबललाई आराधना गर्छस् भने तैँले पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)
बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्वरको कामको ऐतिहासिक अभिलेख, र परमेश्वरको कामका अघिल्ला दुई चरणको गवाहीभन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्वरको कामको उद्देश्यको बुझाइ प्रदान गर्दैन। यसमा व्यवस्थाको युग र अनुग्रहको युगको दौरान परमेश्वरको कामका दुई चरण अभिलेख गरिएको छ भन्ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारमा इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्म यहोवाले कसरी काम गर्नुभयो भन्ने कुरा अभिलेख गरिएको छ। नयाँ करारमा पृथ्वीमा येशूले गर्नुभएको काम अभिलेख गरिएको छ, जुन सुसमाचारका चार पुस्तकमा छ, र यसमा पावलको काम पनि अभिलेख गरिएको छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्वर इतिहासलाई फर्केर हेर्नुहुन्न! यसैले, यदि तँ केवल बाइबल बुझ्छस्, र आज परमेश्वरले गर्न चाहनुभएको कामबारे केही बुझ्दैनस् भने, र यदि तँ परमेश्वरमा विश्वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, तँलाई परमेश्वरको खोजी गर्नुको अर्थ थाहा छैन। यदि तँ इस्राएलको इतिहास अध्ययन गर्न, परमेश्वरले सम्पूर्ण स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको इतिहास अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तँ परमेश्वरमा विश्वास गर्दैनस्। तर आज, तँ परमेश्वरमा विश्वास गर्ने, तँ जीवन, र परमेश्वरको ज्ञान पछ्याउने, र मृत शब्द र धर्मसिद्धान्तहरू वा इतिहासको बुझाइ नपछ्याउने हुनाले, तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नैपर्छ, र पवित्र आत्माको कामको दिशा खोज्नैपर्छ। यदि तँ पुरातत्वविद् भएको भए तैँले बाइबल पढ्न सक्नेथिस्—तर तँ होइनस्, तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)
आज, म बाइबललाई यसरी नै चिरफार गर्दै छु तर यसको मतलब म यसलाई घृणा गर्छु, वा म सन्दर्भका रूपमा यसको मूल्यलाई अस्वीकार गर्छु भन्ने होइन। म तँलाई सधैँ अन्धकारमा नराखियोस् भनेर बाइबलको अन्तर्निहित मूल्य र उत्पत्तिबारे व्याख्या र स्पष्टता प्रदान गर्दै छु। किनभने मानिसहरूमा बाइबलबारे अत्यन्तै धेरै दृष्टिकोण छन्, र तीमध्ये धेरै त गलत नै छन्, अनि यसरी बाइबल पढ्नुले उनीहरूलाई उनीहरूले प्राप्त गर्नुपर्ने कुरा प्राप्त गर्नबाट रोक्ने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त के छ भने, यसले मैले गर्न चाहेको काममै बाधा पुर्याउँछ, यसले भविष्यको काममा ठूलो अवरोध खडा गर्छ, र लाभहरू होइन, केवल बेफाइदाहरू प्रदान गर्छ। तसर्थ, म तँलाई बाइबलको सार र बाइबलपछाडिको भित्री कथा मात्र बुझ्न भनिरहेको छु। म तँलाई बाइबल नपढ्न, वा यो मूल्यहीन छ भनेर घोषणा गर्दै हिँड्न भनिरहेको छैनँ, बरु आफूसँग बाइबलको सही ज्ञान र दृष्टिकोण राख्न मात्र भनिरहेको छु। अत्यन्तै एकतर्फी नहो! बाइबल मानिसद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए पनि, यसमा प्राचीन सन्त र अगमवक्ताहरूले परमेश्वरको सेवा गर्दा प्रयोग गर्ने थुप्रै सिद्धान्तका साथै परमेश्वरको सेवा गर्ने सम्बन्धमा प्रेरितहरूका भर्खरैका अनुभवहरू पनि अभिलेख गरिएको छ—यी सबै कुरा यी मानिसहरूसँग भएका साँचो गहन-दृष्टि र ज्ञान थिए, र ती कुराले यस युगका मानिसहरूलाई साँचो मार्गको पछ्याइमा सन्दर्भका रूपमा काम गर्न सक्छन्। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्ग पनि प्राप्त गर्न सक्छन्, जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवनका मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचन निकै बहुमूल्य छन्, र तिनले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिस बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका हुनाले, यसप्रतिका मानिसहरूका धारणाहरू महान् आत्मिक व्यक्तित्वहरूको कुनै लेखनप्रतिको धारणाभन्दा फरक छन्। बाइबल भनेको पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गरेका मानिसहरूको अनुभव र ज्ञानको अभिलेख र सङ्ग्रह हो, त्यसैले पछिका पुस्ताहरूले त्यसबाट धेरै अन्तर्दृष्टि, ज्योति र अभ्यासका मार्गहरू प्राप्त गर्न सकेका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्च हुनुको कारण के हो भने, उनीहरूका सबै लेख बाइबलबाट लिइएका हुन्, अनि उनीहरूका सबै अनुभव बाइबलबाट आएका हुन् र बाइबलका व्याख्याहरू हुन्। अनि त्यसैले, मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट भरणपोषण प्राप्त गर्न सक्ने भए पनि, उनीहरू अझै पनि बाइबललाई नै पुज्छन्, किनकि उनीहरूलाई यो अत्यन्तै महान् र गहन लाग्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकलाई एकीकृत गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले भरणपोषण दिन र मद्दत गर्न सक्ने भए पनि, यी पुस्तकहरू अझै पनि पुराना नै हुन्, ती अझै पुरानै युगकै हुन्, र ती जतिसुकै राम्रो भए पनि, ती एक अवधिका लागि मात्र उपयुक्त छन्, र चिरस्थायी छैनन्। किनकि परमेश्वरको काम सधैँ विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्न सक्दैन—अर्थात्, यो सधैँभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगका लागि उपयुक्त छैनन्। तिनले केवल अनुग्रहको युगका विश्वासीहरूका लागि भरणपोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूका लागि सक्दैनन्, र ती जतिसुकै राम्रा भए पनि, अझै पनि अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको काम पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, पुरानो हुने नै थियो, र त्यो बितेर जाने समय आउने नै थियो। परमेश्वरको काम पनि यस्तै हो: यो जतिसुकै महान् भए पनि, यो समाप्त हुने समय आउने नै छ; यो सधैँ सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्नमा यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुन नै सक्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तक—इतिहासका पुस्तकहरू भएका छन्, तिनीहरू पुराना पञ्चाङ्गहरू भएका छन्, अनि पुराना पञ्चाङ्गहरूले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्चाङ्गहरू मानिसहरूलाई जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाइ गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु, तैँले अन्धाधुन्ध यी पञ्चाङ्गहरूमा विश्वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त सक्दैनन् नै, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्वरप्रतिको आफ्नो विश्वासमा प्रतिगमन गरिरहेको हुनेथिइनस् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)
बाइबल केही हजार वर्षदेखि मानव इतिहासको एउटा हिस्सा रहिआएको छ। यसबाहेक, मानिसहरू यसलाई परमेश्वरजस्तै मान्छन्, यहाँसम्म कि आखिरी दिनहरूमा, तिनीहरू यसलाई परमेश्वरको स्थान लिन प्रयोग गर्छन्, जसलाई परमेश्वर अत्यन्तै घृणा गर्नुहुन्छ। तसर्थ, परमेश्वरले आफ्नो फुर्सदको समयमा बाइबलको पछाडिको वास्तविक कथा र बाइबलको उत्पत्तिबारे स्पष्ट पार्न बाध्य महसुस गर्नुभयो; यदि उहाँले यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूको हृदयमा परमेश्वरको स्थान ओगटिरहनेथियो अनि मानिसहरूले परमेश्वरका कार्यहरूलाई मापन गर्न र दोषी ठहराउन बाइबलका वचनहरू प्रयोग गर्नेथिए। परमेश्वरले बाइबलको सार, संरचना र त्रुटिहरूलाई व्याख्या गरेर कुनै पनि हालतमा बाइबलको अस्तित्वलाई इन्कार गरिरहनुभएको थिएन, न त त्यसलाई दोषी नै ठहराइरहनुभएको थियो; बरु, उहाँ बाइबलको मौलिक रूपलाई पुनर्स्थापित गर्न, बाइबलप्रति मानिसहरूमा भएका भ्रामक बुझाइहरूलाई सम्बोधन गर्न र सबैलाई बाइबलको सही दृष्टिकोण दिन उचित, सुहाउँदो व्याख्या प्रदान गर्दै हुनुहुन्थ्यो, ताकि आइन्दा तिनीहरूले बाइबलको आराधना नगरून् र आइन्दा तिनीहरू नहराऊन्; अर्थात्, ताकि आइन्दा तिनीहरूले बाइबलप्रतिको आफ्नो अन्धविश्वासलाई परमेश्वरमाथिको विश्वास र परमेश्वरको आराधना ठान्ने गल्ती नगरून् अनि तिनीहरू यसको साँचो पृष्ठभूमि र त्रुटिहरूको सामना गर्नसमेत नडराऊन्। मानिसहरूले बाइबलको शुद्ध बुझाइ प्राप्त गरेपछि, तिनीहरूले निसङ्कोच यसलाई पन्छाउन र बहादुरीका साथ परमेश्वरका नयाँ वचनहरू स्वीकार गर्न सक्छन्। यी केही अध्यायमा परमेश्वरको लक्ष्य यही हो। यहाँ परमेश्वरले मानिसहरूलाई बताउन चाहेको सत्यता के हो भने कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्वरको वर्तमान काम र वचनहरूको स्थान लिन सक्दैन र कुनै पनि कुरा परमेश्वरको स्थान ओगट्न सक्दैन। यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सकेनन् भने, तिनीहरू कहिल्यै परमेश्वरसामु आउन सक्नेछैनन्। यदि तिनीहरू परमेश्वरसामु आउन चाहन्छन् भने, तिनीहरूले पहिले उहाँलाई प्रतिस्थापित गर्न सक्ने कुनै पनि कुरालाई आफ्नो हृदयबाट पखाल्नैपर्छ; त्यसपछि तिनीहरू परमेश्वरका लागि सन्तोषजनक हुनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू, परिचय