४. मैले बीस वर्षभन्दा बढी समयदेखि बाइबल अध्ययन गर्दैआएको छु। बाइबललाई ४० जनाभन्दा बढी विभिन्न लेखकहरूद्वारा फरक-फरक समयमा लेखिएको भए पनि यसमा एउटै पनि त्रुटि छैन भन्‍ने मैले थाहा पाएको छु। यसले परमेश्‍वर नै बाइबलको वास्तविक लेखक हुनुहुन्छ, र धर्मशास्त्रका सबै पुस्तकहरू पवित्र आत्माबाट आएका हुन् भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ।

सन्दर्भका लागि बाइबलका पदहरू:

“यहोयाकीनले शासन गर्न थाल्दा तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाउँ नेहूश्‍ता थियो, जो यरूशलेमकी एल्‍नातानकी छोरी थिइन्” (२ राजा २४:८)।

“यहोयाकीनले शासन गर्न थाल्दा तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे: र तिनले त्यही काम गरे जुन यहोवाको नजरमा दुष्कर्म थियो” (२ इतिहास ३६:९)।

“येशूले उसलाई भन्‍नुभयो, साँच्चै म तिमीलाई भन्छु, आजको रात, भाले बास्नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार्नेछौ” (मत्ती २६:३४)।

“र येशूले तिनलाई भन्‍नुभयो, म साँच्‍चै तिमीलाई भन्छु, आज, यही रात दुईपटक भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार गर्नेछौ” (मर्कूस १४:३०)।

“अनि उहाँले भन्‍नुभयो, पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्छौ भन्‍ने कुरालाई तीनपटक इन्कार नगरेसम्‍म आज भाले बास्‍नेछैन” (लूका २२:३४)।

“येशूले तिनलाई जवाफ दिनुभयो, के तिमी मेरो खातिर आफ्‍नो ज्यान दिन्छौ? साँचो-साँचो म तिमीलाई भन्छु, तिमीले मलाई तीनपटक इन्कार नगरूञ्‍जेलसम्‍म भाले बास्‍नेछैन” (यूहन्‍ना १३:३८)।

“अनि तिनले मन्दिरमा चाँदीका टुक्राहरू फ्याँके, र त्यहाँबाट हिँडे, अनि गएर झुन्डिएर आत्महत्या गरे” (मत्ती २७:५)।

“अब यो मानिसले अधर्मको इनामबाट जमिन किन्यो; र उँधोमुन्टो भई खसेर, दुई भाग भई फुट्यो, र त्यसका सबै आन्द्रा-भुँडी छताछुल्ल भए” (प्रेरित १:१८)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

बाइबल इस्राएलमा परमेश्‍वरको कामको ऐतिहासिक अभिलेख हो, र यसमा प्राचीन अगमवक्ताहरूका धेरै अगमवाणीका साथै यहोवाले त्यस समय आफ्नो कामको दौरान बोलेका केही वाणी अभिलेख गरिएको छ। यसैले, सबै मानिस यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्‍वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाको डर मान्ने र परमेश्‍वरको श्रद्धा गर्ने तिनीहरूको हृदयको नतिजा हुन्। सृजित प्राणीहरू आफ्ना सृष्टिकर्ताको यति डर मान्ने र उहाँलाई प्रिय ठान्‍ने भएकाले मात्रै मानिसहरू यस पुस्तकलाई यसरी उल्‍लेख गर्छन्, र केही मानिस त यस पुस्तकलाई स्वर्गीय पुस्तक पनि भन्‍ने गर्छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यहोवाले व्यक्तिगत रूपमा यसको नामाकरण गर्नुभएको थिएन, न त यसको रचना गर्नको लागि यहोवाले व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्‍वर नभई मानिस हो। पवित्र बाइबल मानिसले यसलाई दिएको सम्‍मानजनक नाम मात्र हो। यो नामबारे यहोवा र येशूले एकअर्कासँग छलफल गरेर निर्णय गर्नुभएको थिएन; यो मानव विचारभन्दा बढी केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्‍नुभएको थिएन, येशूले लेख्‍नुभएको हुने कुरा त परै जाओस्। बरु, यो धेरै प्राचीन अगमवक्ता, प्रेरित र द्रष्टाहरूले दिएको विवरण हो, जसलाई पछिल्ला पुस्ताहरूले प्राचीन लेखहरूको पुस्तकका रूपमा सङ्ग्रहित गरे, र यो पुस्तक मानिसहरूका लागि विशेष रूपमा पवित्र देखिन्छ, तिनीहरू यस पुस्तकमा भविष्यका पुस्ताहरूद्वारा खोलिने धेरै अगम्य र गहन रहस्य समावेश रहेको विश्‍वास गर्छन्। त्यसैले, मानिसहरूले यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्‍वास गर्न अझ बढी सम्भावना हुन्छ। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको मनोवृत्ति अरू कुनै पनि पुस्तकप्रतिको भन्दा विशेष रूपमा फरक हुन्‍छ, त्यसैले कसैले पनि यो “स्वर्गीय पुस्तक” को चिरफार गर्ने आँट गर्दैन किनकि यो एकदमै “पवित्र” छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्‍छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्‍माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्‍माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्‍नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्‍ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्‍ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्‍कसाथ भन्‍न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्‍माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्‍वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्‍नै विशेषताहरू छन्। अज्ञानी धेरैले यसो भन्छन्, “देहधारी परमेश्‍वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्‍नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्‍माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्‍नाका वचनहरू मानव इच्छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्‍नुहुने वचनहरूमा मानव इच्छा वास्तवमै मिश्रित छैनन् र?” यस्ता कुराहरू भन्‍ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्‍नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्‍नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्‍माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्‍नताहरू छन् त? के यसलाई देख्‍न नसक्‍ने गरी मानिस अत्यन्तै मूर्ख छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

नयाँ करारको मत्तीको सुसमाचारले येशूको वंशावलीलाई दस्ताबेजीकरण गर्छ। सुरुमा, यसले येशू अब्राहाम र दाऊदका वंशज अनि युसुफका छोरा हुनुहुन्थ्यो भनेर भन्छ; त्यसपछि यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको थियो र उहाँ कन्याबाट जन्मनुभएको थियो भनेर भन्छ—जसको अर्थ उहाँ युसुफका छोरा वा अब्राहाम र दाऊदका वंशज हुनुहुन्नथ्यो भन्ने हो। यद्यपि, वंशावलीले येशूलाई युसुफसँग जोड्नमा जोड दिन्छ। त्यसपछि, वंशावलीले येशू जन्मेको प्रक्रियालाई अभिलेख गर्न थाल्छ। यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको थियो, उहाँ कन्याबाट जन्मनुभएको थियो र युसुफका छोरा हुनुहुन्नथ्यो भनेर भन्छ। तैपनि वंशावलीमा येशू युसुफका छोरा हुनुहुन्थ्यो भनेर स्पष्ट रूपमा लेखिएको छ र वंशावली येशूका लागि लेखिएको हुनाले, यसले बयालीस पुस्तालाई अभिलेख गर्छ। जब यो युसुफको पुस्तामा पुग्छ, तब यसले तुरुन्तै युसुफ मरियमका पति थिए भनेर भन्छ, जुन शब्दहरू येशू अब्राहामका वंशज हुनुहुन्थ्यो भनी प्रमाणित गर्नका लागि दिइएका हुन्। के यो विरोधाभास होइन र? वंशावलीले स्पष्ट रूपमा युसुफको पुर्खालाई अभिलेख गर्छ, यो स्पष्ट रूपमा युसुफको वंशावली हो, तर मत्ती यो येशूको वंशावली हो भनी जिद्दी गर्छन्। के यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको तथ्यलाई इन्कार गर्दैन र? त्यसैले, के मत्तीले लेखेको वंशावली मानव विचार होइन र? यो त झनै हास्यास्पद छ! यसरी तँ यो पुस्तक पूर्ण रूपमा पवित्र आत्माबाट आएको होइन भनी जान्न सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

आज, मानिसहरू सधैँ बाइबल नै परमेश्‍वर हुनुहुन्छ र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। साथै, तिनीहरू बाइबलका वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरद्वारा भनिएका थिए भनेर पनि विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबै के समेत सोच्छन् भने, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तक मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरको प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूको अभिलेख थिए। यो मानिसको विकृत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्र मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्दृष्टिका नतिजा थिए, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि अर्ती र प्रोत्साहनका शब्दहरू थिए। ती पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, अनि तिनले यूहन्नाले देखेका दर्शनहरू झनै देखेका थिएनन्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र त्यस समयका अन्य मण्डलीहरूका लागि लेखिएका थिए। अनि त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू हुन्, अनि ती न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त ती पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती त तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका अर्ती, सान्त्वना र प्रोत्साहनका शब्दहरू मात्र हुन्। त्यसै गरी, ती पावलको त्यतिखेरका धेरै कामका अभिलेख पनि हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि, अनि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले तिनको सल्लाह सुनून् र प्रभु येशूको पश्चात्तापको मार्ग पछ्याऊन् भनेर लेखिएका थिए। चाहे ती त्यस समयका मण्डलीहरू होऊन् वा भविष्यका, पावलले कुनै पनि हिसाबले सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर भनेनन्, न त तिनले आफ्ना सबै शब्द परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। कुरा यति मात्र थियो कि, त्यस बेलाका मण्डलीहरूका परिस्थिति अनुसार, उनले दाजुभाइ तथा दिदीबहिनीहरूसँग सङ्गति गरे, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूमा आस्थाको प्रेरणा दिए, र तिनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि अर्ती दिए। तिनका शब्दहरू तिनको आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग गरिएको कामदार थिए, यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनैपर्थ्यो, मण्डलीहरूको काम गर्नैपर्थ्यो, र दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिबारे थाहा पाउनैपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि पत्रहरू लेखे। उनले मानिसहरूका लागि भनेका सबै शिक्षाप्रद र सकारात्मक कुरा सही थिए, तर तिनले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैनथे, र तिनले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे। यदि मानिसहरू एउटा व्यक्तिका अनुभवहरूका अभिलेखहरू र व्यक्तिका पत्रहरूलाई मण्डलीहरूलाई पवित्र आत्माले बोल्नुभएका वचनहरूका रूपमा लिन्छन् भने, त्यो एक अत्यन्तै गलत बुझाइ, र ठूलो ईश्‍वरनिन्दा हो! विशेष गरी पावलले मण्डलीहरूका लागि लेखेका पत्रहरूका हकमा यो कुरा साँचो हो, किनभने तिनका पत्रहरू त्यसबेलाका प्रत्येक मण्डलीको परिस्थिति र अवस्थाका आधारमा दाजुभाइ-दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा भएका दाजुभाइ-दिदीबहिनीहरूलाई अर्ती दिनका लागि थिए, ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यस समयका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जागृत गर्नका लागि थिए। यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले तिनलाई दिएको बोझ पनि थियो भनेर भन्न सकिन्छ; आखिर, तिनी त्यस समयका मण्डलीहरूको अगुवाइ गर्ने प्रेरित थिए र मण्डलीहरूका लागि पत्रहरू लेख्नु र तिनीहरूलाई अर्ती दिनु तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल काम गर्ने प्रेरितको थियो, तिनी केवल परमेश्‍वरद्वारा पठाइएका प्रेरित थिए, अगमवक्ता थिएनन्, न त भविष्यक्ता नै थिए अनि तिनका लागि त आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन अत्यन्तै महत्त्वपूर्ण थियो। त्यसैले, तिनले पवित्र आत्माको तर्फबाट बोल्न सकेनन् र तिनका वचनहरू पवित्र आत्माका वचन थिएनन्, झन् ती परमेश्‍वरका वचनहरू हुन् भनेर भन्न सक्नु त परको कुरा हो, किनभने तिनी एक सृजित प्राणीबाहेक अरू केही थिएनन् र तिनी निश्चित रूपमा देहधारी परमेश्‍वर थिएनन्। तिनको पहिचान येशूको जस्तो थिएन। येशूका वचनहरू पवित्र आत्माका वचन थिए, ती परमेश्‍वरका वचनहरू थिए, किनभने उहाँको पहिचान ख्रीष्ट—परमेश्‍वरका पुत्रको थियो। पावललाई कसरी उहाँको बराबर मान्न सकिन्छ र? यदि मानिसहरू पावलका जस्ता पत्रहरू वा वचनहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरका रूपमा आराधना गर्छन् भने, तिनीहरूमा खुट्ट्याउने क्षमताको अत्यन्तै कमी छ भनेर मात्रै भन्न सकिन्छ। अझ गम्भीर शब्दमा भन्दा, के यो केवल ईश्‍वरनिन्दा होइन र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि मानिसहरू कसरी कुनै व्यक्तिका पत्रहरू र तिनले बोलेका वचनहरूका अभिलेखहरूलाई कुनै पवित्र पुस्तक वा स्वर्गीय पुस्तकजस्तो गरी तीसामु दण्डवत् गर्न सक्छन् र? के कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू त्यतिकै बोल्न सक्छ र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसैले, तँ के भन्छस्—तिनले मण्डलीहरूका लागि लेखेका पत्रहरू तिनका आफ्नै विचारहरूद्वारा दूषित हुन सक्दैनन् र? ती कसरी तिनका आफ्नै विचारहरूबाट आएका कुराहरूद्वारा दूषित हुन सक्दैनन् र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानका आधारमा मण्डलीहरूका लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातियाका मण्डलीहरूलाई एउटा पत्र लेखे, जसमा एउटा निश्चित राय थियो र पत्रुसले अर्को पत्र लेखे, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुन चाहिँ पवित्र आत्माबाट आएको थियो? कसैले पनि निश्चित रूपमा भन्न सक्दैन। त्यसैले, तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बोकेका थिए भनेर मात्रै भन्न सकिन्छ, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कदलाई प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूका लागि तिनीहरूको भरणपोषण र साथको अनि मण्डलीहरूप्रति तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्छन् र तिनले मानव कामलाई मात्रै प्रतिनिधित्व गर्छन्—ती पूर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तँ तिनका पत्रहरू पवित्र आत्माका वचन हुन् भनी भन्छस् भने, तँ बेतुके होस् र तैँले ईश्‍वरनिन्दा गरिरहेको छस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालैका आत्मिक व्यक्तित्वहरूका संस्मरणहरू बराबर हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरू इत्यादि बराबरका हुन्। यति मात्र हो, हालैका आत्मिक व्यक्तित्वहरूका पुस्तकहरू नयाँ करारमा सङ्कलित गरिएका छैनन्, तैपनि यी मानिसहरूको सार एउटै थियो: तिनीहरू एक निश्चित अवधिको दौरान पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस थिए र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

अघिल्लो:  ३. पावलले बोलेका “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो” (२ तिमोथी ३:१६) भन्‍ने वचनहरूको आधारमा धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले बाइबलका वचनहरू परमेश्‍वरका वचनहरू हुन् भनी विश्‍वास गर्छन्। तैपनि तपाईं बाइबलमा भएका सबै वचनहरू परमेश्‍वरका वचनहरू होइनन् भनी भन्नुहुन्छ। तपाईंले के भन्न खोज्नुभएको हो?

अर्को:  ५. बाइबल परमेश्‍वरको कामको गवाही हो। हामी प्रभुमा विश्‍वास गर्नेहरूले आकाश र पृथ्वी अनि सबै थोक परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भनेर बाइबलकै आधारमा स्वीकार गर्छौं। बाइबलकै कारण तिनीहरूले परमेश्‍वरका कामहरूको आश्चर्य, महान्‌ता, र सर्वशक्तिसम्पन्नतालाई देख्छन्। त्यति मात्र होइन, बाइबलमा परमेश्‍वरका धेरै वचनहरू र मानिसको अनुभवका गवाहीहरू छन्, जसले मानिसको जीवनका लागि प्रबन्ध गर्न सक्छ, र मानिसलाई धेरै सुधार गर्न सक्छ। के हामी बाइबल पढेर अनन्त जीवन पाउन सक्छौं? वा के बाइबलमा अनन्त जीवनको बाटो छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger