१. तपाईं भन्नुहुन्छ, मानिसहरूले परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुने न्यायको कामलाई स्वीकार गरे भने मात्र तिनीहरू शुद्ध हुन र तिनीहरूले पूर्ण रूपले मुक्ति पाउन सक्छन्। हामी त्यस्तो विश्‍वास गर्दैनौं। बाइबलले भन्छ, “किनभने धार्मिकताको लागि मानिसले हृदयले विश्‍वास गर्छ; र मुक्तिको लागि मुखले स्वीकार गर्छ” (रोमी १०:१०)। “त्यसैले जो ख्रीष्‍ट येशूसँग छन् उनीहरूका लागि अब कुनै निन्दा छैन” (रोमी ८:१)। हाम्रा पापहरू पहिले नै क्षमा गरिएको छ र प्रभु येशूमाथिको हाम्रो विश्‍वासद्वारा हामी धर्मी ठहरिएका छौं। हामी एकै पटकमा र सधैँका लागि उद्धार गरिएका छौं, र जब प्रभु फर्केर आउनुहुन्छ, हामी सीधै स्वर्गमा लगिनेछौं। त्यसोभए तपाईं किन पूर्ण रूपले मुक्ति पाउनका निम्ति हामीले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नुपर्छ भनी भन्नुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)

“त्यसकारण तिमीहरू पवित्र हुनेछौ, किनकि म पवित्र छु” (लेवी ११:४५)

“किनभने यदि हामीले सत्यताको ज्ञान पाएपछि पनि जानी-जानी पाप गर्छौँ भने, त्यसउप्रान्त पापका निम्ति कुनै बलिदान बाँकी रहँदैन, तर न्यायमा पर्ने निश्‍चित भयपूर्ण पर्खाइ र प्रज्वलित आक्रोश हुनेछ, जसले शत्रुहरूलाई निल्‍नेछ” (हिब्रू १०:२६-२७)

“साँचो-साँचो म तिमीहरूलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ” (यूहन्‍ना ८:३४-३५)

“यसरी धेरैको पाप बोक्‍नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ” (हिब्रू ९:२८)

परमेश्वरका सान्दर्भिक वचनहरू:

त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने, तँ उप्रान्त पापको वशमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ मानिस येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको थियो भन्‍ने होइन, तर मानिस अब पापको अधीनमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्‍ने हुन्थ्यो। तैँले विश्‍वास गर्दा तँ कहिल्यै पापको अधीनमा हुनेथिइनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

भर्खरै छुटकारा पाएको, र परिवर्तन भई नसकेको, वा परमेश्‍वरद्वारा सिद्ध पारिइ नसकेको तँजस्तो पापी—के तँ परमेश्‍वरका अभिप्रायअनुरूप बन्‍न सक्छस्? अझै आफ्नो पुरानो सत्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँ पापी छैनस् भन्‍ने साँचो हो, तर यसले तँ पापरहित वा फोहोररहित छस् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। तँलाई परिवर्तन गरिएको छैन भने तँ कसरी पवित्र पारिन सक्छस्? भित्री रूपमा, तँ फोहोरले भरिएको, स्वार्थी र नीच छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ त निकै भाग्यमानी हुनुपर्नेछ! परमेश्‍वरमाथिको विश्वासमा तैँले एउटा कदम छुटाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँलाई परिवर्तन गरिएको छैन। तँ परमेश्‍वरका अभिप्रायअनुरूप बन्‍नका लागि, परमेश्‍वरले तँलाई परिवर्तन गर्न र पखाल्न व्यक्तिगत रूपमै काम गर्नुपर्छ; नत्र भने, तँलाई छुटकारा मात्र दिइएको हुनाले, तँ पवित्र बन्ने कुनै सम्भावना हुँदैन। यसरी तँ परमेश्‍वरको साथमा असल आशिषहरूको आनन्द उठाउन अयोग्य हुनेछस्, किनभने तैँले मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कामको एक चरण छुटाएको छस्, जुन परिवर्तन हुनु र सिद्ध पारिनुको महत्त्वपूर्ण चरण हो। भर्खरै छुटकारा दिइएको पापी, यसर्थ तँ प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न असक्षम छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानद्वारा भ्रष्ट तुल्याइएको स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिए न। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्‍वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्‍वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्‍न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्‍ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। यी वचनहरू स्वीकार गर्दा यी मानिसहरूमा ल्याइने परिवर्तनहरू, अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गर्दा मानिसहरूमा ल्याइएका परिवर्तनहरूभन्दा ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभाव अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका भ्रष्ट शैतानी स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसको आस्थाका कारण, उसलाई केवल मुक्ति दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्‍वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र रूपान्तरित गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानी स्वभावअन्तर्गत जिइरह्यो। यस्तो भएकोले, मानिसलाई उसको भ्रष्ट शैतानी स्वभावबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, ताकि उसको पापी प्रकृति पूर्ण रूपले फालियोस्, र फेरि कहिल्यै विकास नहोस्, यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्‍वरका अभिप्रायअनुसार होस्, ताकि उसले आफ्नो भ्रष्ट शैतानी स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध गर्नु हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनु हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहँदा, मानिसले अझै पनि पाप गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव खुलासा गर्न वचन प्रयोग गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्ने तुल्याउनुहुन्छ। कामको यो चरण अघिल्लोभन्दा अझ बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई आपूर्ति गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण हुने तुल्याउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

अघिल्लो:  ८. दुई हजार वर्षदेखि प्रभुमाथिको मानिसको विश्‍वास बाइबलमा आधारित छ। सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनको न्यायको काम सुरु गर्नुभएपछि, सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्ने सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नमा ध्यान केन्द्रित गर्छन्, र बाइबल बिरलै मात्र पढ्छन्। म के जान्न चाहन्छु भने, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मानिसहरूले बाइबललाई कसरी सही तरिकाले हेर्न र प्रयोग गर्न सक्छन्?

अर्को:  २. हामीले सधैँ प्रभु येशूमाथिको हाम्रो विश्‍वासद्वारा हाम्रा पापहरू क्षमा हुनु भनेको मुक्तिको अनुग्रह प्राप्त गर्नु हो भनी विश्‍वास गरेका छौं, तापनि तपाईं “मुक्ति पाउनु” को अर्थ वास्तविक मुक्ति होइन भनेर भन्‍नुहुन्छ। त्यसोभए मुक्ति पाउनुको अर्थ के हो, र पूर्ण रूपमा मुक्ति पाउनु भनेको के हो? मुक्ति पाउनु र पूर्ण रूपमा मुक्ति पाउनुबिचको मुख्य भिन्नता के हो?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger