३. प्रभु येशूले भन्नुभयो, “मलाई प्रभु, प्रभु भन्‍ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)। “प्रभु, प्रभु” भन्ने सबैले विश्‍वास गर्छन् र प्रभुको सेवा गर्छन्। तिनीहरूले सधैँ बलिदान गरेका हुन्छन्, आफैलाई खर्च गरेका हुन्छन्, र प्रभुका लागि कठोर परिश्रम गरेका हुन्छन्, र तिनीहरूले सुसमाचार फैलाएका हुन्छन् र मण्डलीहरू निर्माण गरेका हुन्छन्। के तिनीहरूले यी सब गरेर प्रभुको इच्छा पालन गरेका हुँदैनन् र? जब प्रभु येशू फर्केर आउनुहुन्छ, प्रभुले तिनीहरूलाई किन स्याबासी दिनुहुनेछैन, र त्यसको सट्टामा उहाँले तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा दोषी ठहर्‍याउनुहुनेछ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँको अधीनमा हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; आफूलाई परमेश्‍वरको अधीनमा राख्ने व्यक्ति धर्मी व्यक्ति हो, जबकि त्यसो नगर्ने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र कतिपय मानिस असल गन्तव्य हासिल गर्न राम्रा शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणाम उनीहरूको व्यवहार वा बोलीवचनका आधारमा निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरू यसको फाइदा उठाएर बेइमानीपूर्वक आफ्ना लागि क्षणिक अनुग्रह प्राप्त गर्ने इच्छा गर्छन्। आउने विश्रामको समयमा बाँच्ने मानिसहरू सबैले दुःखको दिन सहेका र परमेश्‍वरको गवाही दिएका हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरमा समर्पित भएका मानिसहरू हुनेछन्। जो सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिनका लागि प्रयोग गर्ने इच्छा गर्छन् तिनीहरू रहनेछैनन्। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्‍वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ कसैले उहाँका निम्ति विगतमा गरेको सेवाका कारण उसका सारा दुष्ट कार्यप्रति कदापि उदार हुनुहुनेछैन, न त कसैले केही समयका लागि आफूलाई उहाँप्रति समर्पित गरेको कारण उहाँले उसलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कोही पनि आफ्ना दुष्ट कार्यहरू ढाक्न र त्यसरी विनाशको दुःखबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू साँच्चिकै पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा दुःखपिर भोगून्। यदि मानिसहरू आशिष्‌हरू देख्दा, परमेश्‍वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्‌हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्‍वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू सधैँभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

परमेश्‍वरको सेवा गर्नु कुनै सरल काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ, तिनीहरू कहिल्यै परमेश्‍वरको सेवा गर्न सक्दैनन्। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय र सजाय गरिएको छैन भने, तेरो स्वभावले अझै पनि शैतानको प्रतिनिधित्व गर्छ, जसले परमेश्‍वरप्रतिको तेरो सेवा तैँले आफ्नै असल अभिप्रायहरू अर्पण गर्नु मात्र हो, र तेरो सेवा तेरो शैतानी प्रकृतिमा आधारित छ भन्ने प्रमाणित गर्छ। तँ आफ्नो प्राकृतिक चरित्रद्वारा, र आफ्ना व्यक्तिगत अभिरुचिहरूअनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सधैँ आफूलाई गर्न इच्छा लाग्ने कुराहरू नै परमेश्‍वरका आनन्ददायी कुरा हुन्, र आफूलाई गर्न इच्छा नलाग्ने कुराहरू नै परमेश्‍वरका लागि घृणास्पद हुन् भन्ने सोच्छस्; तँ पूर्ण रूपमा आफ्नै अभिरुचिहरूअनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न मिल्छ? अन्ततः तेरो जीवन स्वभावमा अलिकति पनि परिवर्तन हुनेछैन; बरु, तेरो सेवाले त्यसलाई अझ बढी जिद्दी बनाउनेछ, जसले गर्दा तेरो भ्रष्ट स्वभावले गहिरो जरा गाड्नेछ, र यसरी, तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा, र तेरो आफ्नै स्वभावअनुसारको तेरो सेवाबाट प्राप्त अनुभवमा आधारित परमेश्‍वरको सेवा गर्नेबारे नियमहरू बन्नेछन्। यी मानिसका अनुभव र पाठहरू हुन्। यो संसारसँग व्यवहार गर्ने मानिसको दर्शन हो। यस्ता मानिसहरू फरिसी र धार्मिक अधिकारी हुन्। यदि तिनीहरूले अहिले नै ब्युँझेर पश्चात्ताप गरेनन् भने, तिनीहरू पक्कै पनि आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट र ख्रीष्टविरोधीमा परिणत हुनेछन्। उल्लेख गरिएका झूटा ख्रीष्टहरू र ख्रीष्टविरोधीहरू यस्तै मानिसहरूमाझबाट पैदा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरू आफ्नै चरित्रलाई पछ्याउँछन् र आफ्नै इच्छाअनुसार काम गर्छन् भने, तिनीहरू कुनै पनि समयमा हटाइने जोखिममा हुन्छन्। अरूको मन जित्न, तिनीहरूलाई उपदेश दिन र नियन्त्रणमा राख्न, र उच्च स्थानमा खडा हुन आफ्नो धेरै वर्षको अनुभवमा भर परेर परमेश्‍वरको सेवा गर्नेहरू—र कहिल्यै पश्चात्ताप नगर्ने, कहिल्यै आफ्ना पापहरू नस्विकार्ने, कहिल्यै हैसियतका लाभहरू परित्याग नगर्नेहरू—यी मानिसहरू परमेश्‍वरसामु ढल्नेछन्। तिनीहरू पावलकै प्रकारका हुन्, जो आफ्नो वरिष्ठताको फाइदा लिन्छन् र अरूको अगाडि आफ्नो योग्यताको धाक देखाउँछन्। परमेश्‍वर यस्ता मानिसहरूलाई सिद्ध पार्नुहुन्न। यस्तो सेवा गर्नु भनेको परमेश्‍वरको काममा अवरोध गर्नु हो। मानिसहरू सधैँ पुराना कुराहरूमा टाँसिन्छन्। तिनीहरू विगतका धारणाहरूमा, बितेका समयका सबै कुरामा टाँसिन्छन्। यो तिनीहरूको सेवामा एउटा ठूलो अड्चन हो। यदि तैँले तिनलाई फालिनस् भने, यी कुराहरूले तेरो सम्पूर्ण जीवन बर्बाद गर्नेछन्। तैँले परमेश्‍वरको “सेवा” गर्नका खातिर दौडधुप गरेर आफ्नो खुट्टा भाँचिस् भने पनि, परिश्रम गरेर आफ्नो ढाड भाँचिस् भने पनि, वा शहादत नै प्राप्त गरिस् भने पनि, परमेश्‍वरले तँलाई अलिकति पनि अनुमोदन गर्नुहुनेछैन। यसविपरित: उहाँले तँ दुष्कर्मी होस् भनेर भन्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

पत्रुसले परमेश्‍वरमाथिको विश्‍वासमा सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। तिनले एउटा पनि गुनासो व्यक्त नगरी सजाय र न्यायका साथै शोधन, सङ्कष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सके। यीमध्ये कुनै पनि कुराले परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको परम प्रेम थिएन र? के यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु थिएन र? चाहे त्यो सजायमा होस्, न्यायमा होस् वा सङ्कष्टमा होस्, तँ मृत्युसम्‍मै समर्पण हासिल गर्न सक्छस्, र सृजित प्राणीले हासिल गर्नुपर्ने कुरा यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ मानकअनुरूपको सृजित प्राणी हो, र सृष्टिकर्ताका अभिप्राय त्यसले भन्दा राम्ररी अरू केहीले पूरा गर्दैन। तँ परमेश्‍वरका लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरप्रति समर्पित हुँदैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस् भनेर कल्पना गर्। यसरी, तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहराउनुहुनेछ, किनभने तँ सत्यता नभएको, परमेश्‍वरप्रति समर्पित हुन नसक्ने, र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। तँ परमेश्‍वरका लागि काम गर्ने कुराको मात्रै वास्ता गर्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍ने कुराको वास्ता गर्दैनस्। तँ सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, तँ सृष्टिकर्ताप्रति समर्पित हुँदैनस् वा उहाँलाई प्रेम गर्दैनस्, र तँ जन्मजातै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। यिनै कारणहरूले गर्दा नै सृष्टिकर्ता त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

कतिपय मानिसले अन्त्यमा यसो भन्नेछन्, “मैले तपाईँका लागि यति धेरै काम गरेको छु र मैले केही हासिल नगरेको भए पनि, कष्ट सहेको छु। के तपाईँ मलाई जीवनको फल खान स्वर्गमा प्रवेश गर्न दिन सक्नुहुन्न?” म कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि अपवित्र बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी हुन्छस्, र तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुन्छ! संसारको सृष्टि भएदेखि अहिलेसम्‍म, मेरो चापलुसी गर्नेहरूलाई मैले राज्यमा त्यति सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवन पछ्याउनैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तनको पछि लाग्ने, र परमेश्‍वरको गवाही दिन र सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्न इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूको मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभाव परिवर्तन गर्नुको पछि लाग्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

मानिसहरू भन्छन्, “परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ। जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्छ?” म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। मलाई तँ कति वरिष्ठ छस् वा कति अनुभवी छस् भन्ने कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्‍वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्‍वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, “आखिरमा, म परमेश्‍वर धर्मी हुनुहुन्छ भनी विश्‍वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईँका निम्ति दौडधुप गर्छु; अन्तिममा, के तपाईँ मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु, “के तैँले मेरा वचनहरू पालन गरेको छस्?” तँ जुन धार्मिकताको कुरा गर्छस् त्यो एउटा लेनदेनमै सीमित छ। तँ यति मात्र सोच्छस् कि म धर्मी छु, कि म सबै मानिसहरूप्रति निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउने सबैले पक्कै पनि मुक्ति पाउँछन् र मेरा आशिष्‌हरू प्राप्त गर्छन्। “जसले मलाई अन्त्यसम्‍मै पछ्याउँछन् तिनीहरू सबैले निश्‍चय नै मुक्ति पाउँछन्” भन्‍ने मेरो वचनको भित्री अर्थ छ: जसले अन्त्यसम्म मलाई पछ्याउँछन्, तिनीहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेछन्; तिनीहरू ती हुन् जो मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्छन् र सिद्ध पारिन्छन्। तैँले कतिवटा मागहरू पूरा गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू कुन माग पूरा गरेको छस्? के तैँले मेरा वचनहरू पालन गरेको छस्? तैँले मेरा पाँचवटा मागहरूमध्ये एउटा पूरा गरेको छस्, तर तँसँग बाँकी चारवटा मागहरू पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले केवल सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्ग भेट्टाएको छस्, र भाग्यमा मात्र भर पर्ने मनोवृत्तिसाथ पछ्याएको छस्। तँजस्तो व्यक्तिप्रति मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय, साथै धर्मी सजाय मात्र हो; यसको अर्थ सबै दुष्कर्मीहरूलाई दिइने धर्मी दण्ड हो। अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउने सबैजना अवश्य नै दण्डित हुनेछन्। परमेश्‍वरको धार्मिकता नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

तिमीहरूलाई वर्षौँसम्‍म अनुयायी भएर आफूले जे भए पनि कडा मेहनत गरेको, र जस्तोसुकै अवस्थामा पनि पनि श्रमिक हुन र परमेश्‍वरको घरमा फाइदा सकिन्छ भन्ने लाग्ला। म त भन्छु, तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छन्, किनभने तिमीहरूले सधैँ कसरी कामकुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्त पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: म तैँले एकदमै मेहनत गरेको छस् कि छैनस् र ठूला योगदानहरू दिएको छस् कि छैनस्, तँ वरिष्ठ होस् कि होइनस्, तँ मलाई निकट रूपमा पछ्याउँछस् कि पछ्याउँदैनस्, तँ निकै प्रख्यात छस् कि छैनस्, वा तेरो मनोवृत्तिमा सुधार आएको छ कि छैन भन्ने कुराको मतलब गर्दिनँ; यदि तैँले मेरा मागहरूअनुसार कार्य गरेको छैनस् भने, तँ मेरो अनुमोदन कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचार र योजनाहरू त्याग्नु र मेरा मागहरूलाई गम्भीरताका साथ लिनु राम्रो हुन्छ। अन्यथा, म सबैलाई खरानी पारिदिनेछु र यसरी मेरो काम समाप्त गरिदिनेछु; बढीमा, मेरो वर्षौँको काम र कष्ट व्यर्थ जानेछ—किनभने म मेरा शत्रुहरूलाई अनि दुष्टताको गन्ध आउने र त्यही पुरानो शैतानी रूप भएकाहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को युगमा लैजान सक्दिनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्‍याउनेछ

अघिल्लो:  २. प्रेरित पावलले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। हामीले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छौं, र त्यस अवधिभरि, हामीले दौड् दौड्ने र प्रभुको काम गर्ने कुरामा पावलको अनुकरण गरेका छौं। हामीले सुसमाचार फैलाएका छौं र मण्डलीहरू निर्माण गरेका छौं, र हामीले प्रभुको नाउँ र प्रभुको मार्गलाई पालना गरेका छौं। हामीलाई धार्मिकताको मुकुट पहिराइनेछ भन्‍ने विषयमा कुनै प्रश्न छैन। जबसम्म हामी प्रभुप्रतिको हाम्रो परिश्रममा लगनशील हुन्छौं र प्रभुको आगमनको प्रतीक्षामा जागा रहन्छौं, हामी उठाइएर सीधै स्वर्गको राज्यमा लगिनेछौं। के तपाईं हामीले गरेका अभ्यासमा गल्ती छ भनी भन्नुहुन्छ?

अर्को:  १. प्रभु येशूले भन्नुभयो, “मैले दिने पानी जसले पिउँछ ऊ कहिल्यै तिर्खाउनेछैन; तर मैले उसलाई दिने पानी अनन्‍त जीवनमा उम्रिनिस्कने पानीको इनार हुनेछ” (यूहन्‍ना ४:१४)। बाइबलले यसो पनि भन्छ: “पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ: र पुत्रलाई विश्‍वास नगर्नेले जीवन देख्‍नेछैन” (यूहन्‍ना ३:३६)। हामी विश्‍वास गर्छौं, प्रभु येशू नै ख्रीष्ट, मानिसको पुत्र हुनुहुन्छ, र प्रभु येशूको बाटो अनन्त जीवनको बाटो हो। हामी विश्‍वास गर्छौं, जबसम्म हामी प्रभुमा विश्‍वास गर्छौं, तबसम्‍म हामीले अनन्त जीवन पाउन सक्नेछौं। तैपनि तपाईं आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरले मात्र मानिसलाई अनन्त जीवनको बाटो प्रदान गर्न सक्नुहुन्छ भनी गवाही दिनुहुन्छ। के यदि हामी प्रभु येशूको पछि लाग्यौं भने, हामीले अनन्त जीवनको बाटो प्राप्त गर्न सक्दैनौं भनेर तपाईंले भनिरहनुभएको छ? हामीले किन सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूको ख्रीष्टको वचन र कामलाई स्वीकार गर्नु आवश्यक छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger