मानिसको प्रकृति कसरी चिन्ने
आफ्नो प्रकृतिलाई कसरी चिन्ने? मानिसको प्रकृति के कुराहरूले बनेको हुन्छ? तैँले मानिसका कमजोरीहरू, दोषहरू, अभिप्रायहरू, धारणाहरू, नकारात्मकता, र विद्रोहीपनको बारेमा मात्र जान्दछस्, तर तँ मानिसको प्रकृतिभित्रका कुराहरू पत्ता लगाउन असमर्थ छस्। तैँले बाहिरी तहको बारेमा मात्र जान्दछस् तर यसको उत्पत्ति कहाँ-कसरी भयो भन्ने बारेमा पत्ता लगाउन सक्दैनस्, अनि यस्तो ज्ञानलाई मानिसको प्रकृतिको ज्ञान भनेर भन्न सकिँदैन। कतिपय मानिसहरूले आफूमा अपर्याप्तता र नकरात्मकताहरू रहेको स्विकार्छन् र भन्छन्, “म आफ्नो प्रकृतिलाई बुझ्छु। देख्नुभयो, म मेरो अहङ्कार स्विकार्छु। के त्यो मैले आफ्नो प्रकृति बुझ्नु होइन र?” अहङ्कार मानिसको प्रकृतिको एक हिस्सा हो, त्यति चाहिँ सत्य हो। तर यसलाई धर्मसिद्धान्तको अर्थमा स्वीकार गर्नु काफी छैन। आफ्नो प्रकृतिलाई चिन्नु भनेको के हो? कसरी यसको बारेमा जान्न सकिन्छ? के-के पक्षहरूबाट यसको बारेमा जान्न सकिन्छ? व्यक्तिले प्रकट गर्ने कुराहरूमार्फत उसको प्रकृतिलाई कसरी निश्चित रूपमा बुझ्नुपर्छ? सर्वप्रथम, तैँले कुनै व्यक्तिको प्रकृति उसका रुचिहरूमार्फत देख्न सक्छस्। उदाहरणको लागि, केही मानिसहरूमा प्रसिद्ध र प्रतिष्ठित व्यक्तिहरूप्रति विशेष श्रद्धा हुन्छ, केहीले गायक वा चलचित्रका कलाकारहरूलाई विशेष प्रिय ठान्छन्, र केहीचाहिँ खेल खेल्नमा विशेष रुचि राख्छन्। मानिसहरूका यी प्राथमिकताहरूबाट हामीले तिनीहरूको प्रकृति के-कस्तो छ भनेर देख्न सक्छौं। एउटा सरल उदाहरण छ: केही मानिसहरूले कुनै निश्चित गायकलाई आदर्श बनाउन सक्छन्। तिनीहरूले कुन हदसम्म त्यो गायकलाई आदर्श बनाउँछन्? तिनीहरू त्यो गायकको हर चाल, हर मुस्कान, र हर शब्दप्रति आशक्त हुने हदसम्म पुग्छन्। तिनीहरू यो गायकप्रति मोहित हुन्छन्, उसले लगाएका सबै कुराहरूको तस्विर खिच्छन् र त्यसपछि त्यो सब नक्कल गर्न थाल्छन्। कुनै व्यक्तिप्रतिको यो तहको आदर्शीकरणले कुन समस्या देखाउँछ? यसले देखाउँछ कि त्यस्तो व्यक्तिको हृदयमा त्यस्ता गैरविश्वासी कुराहरू मात्रै छन्, र उसँग सत्यता छैन, उसले सकारात्मक कुराहरू धारण गर्दैन, अनि उसको हृदयमा परमेश्वर हुनु त परको कुरा हुन्छ। यो व्यक्तिले सोच्ने, मन पराउने, र पछ्याउने सबै कुराहरू शैतानका हुन्; यी कुराहरूले नै यो व्यक्तिको हृदय भरिएको हुन्छ, यी कुराहरूमै हृदय सुम्पिइसकिएको हुन्छ। के तिमीहरूले तिनीहरूको प्रकृति सार के हो भनेर भन्न सक्छौ? यदि कुनै कुरालाई चरम हदसम्म प्रेम गरिन्छ भने त्यो कुरा व्यक्तिको जीवन बन्न सक्छ र त्यसले उसको हृदय ओगट्न सक्छ, र यसले यो व्यक्ति यस्तो मूर्तिपूजक व्यक्ति हो जो परमेश्वरलाई चाहँदैन, बरु उहाँको सट्टा दियाबलसलाई प्रेम गर्छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। त्यसकारण, यो निष्कर्ष निकाल्न सकिन्छ कि यस्तो व्यक्तिको प्रकृति भनेको दियाबलसलाई मन पराउने र त्यसको आराधना गर्ने, सत्यलाई मन नपराउने, र परमेश्वरलाई नचाहने हो। के कसैको प्रकृतिलाई हेर्ने सही तरिका यही होइन र? यो पूर्ण रूपमा सही छ। मानिसको प्रकृतिलाई यसरी नै चिरफार गरिनुपर्छ। उदाहरणको लागि, केही मानिसहरूले विशेष गरी पावलकै मूर्तिपूजा गर्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरू आयोजना गर्न र प्रचार गर्न मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको मूर्तिपूजा गरेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरू आफूले प्रस्तुत गर्ने छविलाई अरूले ध्यान दिएको मन पराउँछन्। अब यी प्रकटीकरणहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरू साँच्चै यी प्रकटीकरणहरू देखाउँछन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन्, तिनीहरू परमेश्वरको आराधना पटक्कै गर्दैनन्, र तिनीहरूले उच्च हैसियत पछ्याउँछन् र अरूमाथि अख्तियार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् भन्ने कुरा देखाउन यो नै पर्याप्त छ। यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो। तिनीहरूको प्रकृतिका विशेष गरी उत्कृष्ट पक्षहरू भनेका के हुन् भने, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, तिनीहरूले परमेश्वरको आराधना गर्दैनन्, र तिनीहरू अरूलाई आफ्नो आराधना गराउने प्रयास गर्छन्। त्यस्ता प्रकटीकरणहरूले तिनीहरूको प्रकृतिका बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू परिस्थितिहरूको अनुचित लाभ उठाउन साँच्चै मन पराउँछन्, र यस्ता मानिसहरूले सबै मामिलामा आफ्नै स्वार्थहरू पूरा गर्न चाहन्छन्। तिनीहरू सबै कुरा आफूलाई फाइदा हुन्छ कि हुँदैन भन्ने आधारमा गर्छन्। यदि त्यसले तिनीहरूलाई फाइदा गर्छ भने, तिनीहरू त्यो गर्छन्; यदि तिनीहरूका लागि फाइदा छैन भने, तिनीहरू त्यो गर्दैनन्। तिनीहरूका कार्यहरूपछाडि सधैँ गुप्त अभिप्रायहरू हुन्छन्। तिनीहरू आफूलाई लाभ पुर्याउने सबैको बारेमा राम्रो बोल्छन् र आफ्नो चापलुसी गर्ने जोकोहीलाई बढुवा गर्छन्। तिनीहरूलाई मन पर्ने मानिसहरूमा समस्या भए पनि, तिनीहरू ती मानिसहरू सही छन् भनेर भन्छन् र तिनीहरूको बचाउ गर्ने र तिनीहरूको गल्ती ढाकछोप गर्ने कडा प्रयास गर्छन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकृति हुन्छ? तैँले यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई स्पष्टसित पूर्ण रूपमा देख्न सक्छस्। तिनीहरू हरेक परिस्थितिमा निरन्तर लेनदेनमा संलग्न हुँदै आफ्ना कार्यहरूमार्फत परिस्थितिहरूको अनुचित लाभ लिने प्रयास गर्छन्, र तिनीहरूको प्रकृति नाफाखोर छ भन्ने कुरामा तँ निश्चित हुन सक्छस्। तिनीहरूले गर्ने सबै कुरामा आफ्नै फाइदा हेरिरहेका हुन्छन्। तिनीहरूले आफूलाई फाइदा नभएसम्म एउटा सिन्को भाँच्नेछैनन्। तिनीहरू सबैभन्दा स्वार्थी मानिसहरू हुन्, र तिनीहरू कहिल्यै चित्त नबुझाउने खालका हुन्छन्। तिनीहरूको प्रकृतिलाई नाफाप्रतिको मोह र सत्यताप्रतिको प्रेमको अभावले प्रकट गर्छ। कतिपय पुरुषहरू स्त्रीहरूद्वारा मोहित हुन्छन्, र जहाँ गए पनि तिनीहरू स्त्रीहरूसँग लठ्ठिँदै घुमिरहेका हुन्छन्। सुन्दर स्त्रीहरू त्यस्ता मानिसहरूको स्नेहका पात्र हुन् र तिनैले तिनीहरूको हृदयमा सबैभन्दा ठूलो स्थान लिएका हुन्छन्। तिनीहरू सुन्दर स्त्रीहरूका लागि आफ्नो जीवन दिन, र सबै कुरा बलिदान गर्न इच्छुक हुन्छन्; स्त्रीहरूले तिनीहरूको हृदय भरिएको हुन्छ। यी पुरुषहरूको प्रकृति के हो? तिनीहरूको प्रकृति भनेको सुन्दर स्त्रीहरूलाई प्रेम गर्नु र तिनीहरूको पूजा गर्नु र दुष्टतालाई प्रेम गर्नु हो। तिनीहरू दुष्ट, लोभी प्रकृतिका कामवासनाले भरिएका मानिसहरू हुन्। यो तिनीहरूको प्रकृति हो भनेर म किन भन्छु त? किनभने यी कुराहरू लोभ व्यक्तिको प्रकृति बनेका प्रकटीकरणहरू हुन्। यी व्यवहार बेला-बखतमा गरिने अपराध मात्रै होइनन्, न त यस्ता मानिसहरू सर्वसाधारण मानिसहरूभन्दा अलिक खराब मात्रै नै हुन्—बरु तिनीहरू यी कुराहरूमा पूर्ण रूपमा लिप्त भएका हुन्छन्, जुन तिनीहरूको प्रकृति र सार नै बनेको हुन्छ। त्यसकारण, यी कुराहरू तिनीहरूको प्रकृतिको खुलासा बनेका हुन्छन्। व्यक्तिको प्रकृतिका अंशहरू निरन्तर आफै प्रकट भइरहेका हुन्छन्। व्यक्तिले जुनसुकै काम गरे पनि, त्यसले उसको प्रकृतिलाई प्रकट गर्न सक्छ। मानिसहरूले गर्ने हरेक कामकुरामा तिनीहरूका आफ्नै मनसाय र उद्देश्यहरू हुन्छन्, र चाहे अतिथिसत्कार गर्ने कर्तव्य होस्, सुसमाचार प्रचार होस्, वा अरू कुनै पनि प्रकारको काम होस्, तिनीहरूले थाहै नपाई आफ्नो प्रकृतिको केही अंश प्रकट गर्न सक्छन्, किनभने व्यक्तिको प्रकृति नै उसको जीवन हो, र मानिसहरू जबसम्म जीवित हुन्छन् तबसम्म आफ्नो प्रकृतिद्वारा उत्प्रेरित हुन्छन्। व्यक्तिको प्रकृति कहिलेकाहीँ प्रकट हुने वा संयोगबस देखा पर्ने मात्रै हुँदैन; बरु, यसले पूर्ण रूपमा व्यक्तिको सारलाई प्रतिनिधित्व गर्न सक्छ। मानिसहरूको हाड र रगतमा बग्ने हरेक कुराले तिनीहरूको प्रकृति र जीवनलाई प्रतिनिधित्व गर्छ। कतिपय मानिसहरूले सुन्दर स्त्रीहरू मन पराउँछन्। अरूले रुपियाँपैसा मन पराउँछन्। कतिपयमा हैसियतप्रतिको विशेष प्रेम हुन्छ। कतिले आफ्नो प्रतिष्ठा र आफ्नो व्यक्तिगत छविलाई मूल्यवान् ठान्छन्। कतिले विशेषतः मूर्तिहरूलाई प्रेम वा आराधना गर्ने गर्छन्। अनि कतिपय मानिसहरू विशेष रूपमा अहङ्कारी र घमण्डी हुन्छन्, तिनीहरू आफ्नो हृदयमा कसैप्रति पनि झुक्दैनन् र कदको लागि लागिपर्छन्, तिनीहरूलाई अरूभन्दा माथि हुन र अरूमाथि अख्तियार चलाउन मन पर्छ। प्रकृति विभिन्न प्रकारका हुन्छन्। मानिसहरूअनुसार ती फरकफरक हुन सक्छन्, तर तिनको आम तत्व भनेका परमेश्वरको विरोध गर्नु र उहाँलाई धोका दिनु हो। त्यस हिसाबमा तिनीहरू सबै उस्तै हुन्छन्।
कुनै व्यक्तिको प्रकृति कस्तो हो भनेर कसरी थाहा पाउने भन्ने सम्बन्धमा, थप केही उदाहरण हेरौँ। उदाहरणको लागि स्वार्थीपनकै कुरा गरौँ। यो भन्न सकिन्छ कि स्वार्थीपन कुनै व्यक्तिको प्रकृतिको एउटा तत्व हो। यो तत्व सबै मानिसभित्र हुन्छ। कतिपय मानिस अत्यन्तै नाफाखोर हुन्छन् र सबै कुरामा, तिनीहरू आफ्नो मात्रै ख्याल गर्छन्, स्वार्थी शैलीमा व्यवहार गर्छन् अनि तिनीहरूलाई अरूको अलिकति पनि वास्ता हुँदैन। त्यस स्वार्थीपनले तिनीहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ। सबै मानिस स्वार्थी हुन्छन् तर त्यसमा भिन्नता हुन्छ। अरूसँग सङ्गत गर्दा, कतिपय मानिसले अरूको ख्याल र वास्ता गर्न सक्छन्, तिनीहरूले अरूप्रति चासो देखाउन सक्छन् र सबै परिस्थितिमा अरूको ख्याल गर्न सक्छन्। तर, अरू कतिपय मानिस यस्ता हुँदैनन्। यी मानिसहरू विशेष गरी स्वार्थी हुन्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार गर्दा सधैँ कन्जुस्याइँ गर्छन्। तिनीहरू आफ्नै परिवारलाई सबैभन्दा राम्रो खानेकुरा दिन्छन् र दाजुभाइ-दिदीबहिनीहरूका लागि चाहिँ कम रुचिकर खानेकुरा छोड्छन् अनि तिनीहरू आफ्नै परिवारलाई ठूलो कचौरामा खानेकुरा दिन्छन्, जबकि दाजुभाइ-दिदीबहिनीहरूलाई सानो कचौरामा दिन्छन्। जब तिनीहरूका आफ्नै आफन्तहरू आउँछन्, तब तिनीहरू उनीहरूका लागि एकदमै आरामदायी प्रबन्ध गर्छन्। तर, जब दाजुभाइ-दिदीबहिनीहरू आउँछन्, तब तिनीहरूलाई भुइँमा सुत्न लगाइन्छ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफूसँग बास बस्न दिनु नै निकै राम्रो कुरा हो। जब दाजुभाइ-दिदीबहिनीहरू बिरामी पर्छन् वा तिनीहरूलाई अन्य कठिनाइ आइपर्छ, तब त्यस्तो व्यक्तिले तिनीहरूबारे केही पनि सोच्दैन र नदेखेझैँ गर्छ। त्यस्ता मानिसहरू अरूका लागि अलिकति पनि चासो लिँदैनन्। तिनीहरू आफ्नो र आफ्ना आफन्तहरूको मात्रै वास्ता गर्छन्। तिनीहरूको यो स्वार्थी प्रकृतिले नै अरूप्रति विचारशील हुने तिनीहरूको अनिच्छुकता निर्धारित गर्छ। तिनीहरूलाई अरूप्रति विचारशील हुँदा आफूले घाटा भोग्नुपर्छ र धेरै समस्या हुनेछ भन्ने लाग्छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “अरूको ख्याल कसरी गर्ने त्यो स्वार्थी व्यक्तिलाई थाहा हुँदैन।” त्यो गलत हो। यदि स्वार्थी मानिसहरूलाई अरूको ख्याल गर्न आउँदैन भने, तिनीहरू किन आफ्ना आफन्तहरूलाई राम्रो व्यवहार गर्छन् र तिनीहरूको खाँचोको पूर्ण वास्ता गर्छन्? किन तिनीहरूलाई आफैमा के कुराको कमी छ र निश्चित समयमा के लाउनु वा खानु उचित हुन्छ भनेर थाहा हुन्छ? तिनीहरू किन अरूप्रति त्यस्तो हुन सक्दैनन्? वास्तवमा तिनीहरूले सबै कुरा बुझ्छन्, तर तिनीहरू स्वार्थी र घृणास्पद हुन्छन्। यो कुरा तिनीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ। स्वार्थी मानिसहरू अरूलाई निष्पक्ष व्यवहार गर्न असक्षम हुन्छन्। यसमा दुष्टपनको कुरा पनि छ। परमेश्वरको घरले बारम्बार व्यभिचार गर्ने सबैलाई हटाइनुपर्ने नियम तोकेको छ। तर केही मानिसहरूको हकमा, यो क्षणिक अपराध मात्र हुन्छ। के यिनीहरूलाई पनि बारम्बार व्यभिचार गर्नेहरूलाई जस्तै गरी सम्हाल्नुपर्छ? यो सिद्धान्तसम्बन्धी मामला हो। बेलाबखत मात्र व्यभिचार गरेकाहरूलाई दुष्ट प्रकृति भएका मानिसहरू मान्न सकिँदैन। यदि कुनै व्यक्ति जता गए पनि विपरीत लिङ्गीहरूसँग बारम्बार जिस्किरहन्छ, र ऊ निर्लज्ज छ र उसमा मानव सम्बन्धबारे कुनै नैतिकता छैन भने, त्यो दुष्ट व्यक्ति हो, र ऊसँग दुष्ट प्रकृति छ। त्यस्ता व्यक्तिहरूले जे कदम चाले नि वा जे काम गरे नि आफ्नो प्रकृति प्रकट गरिछोड्छन्। तिनीहरूको प्रकृति नियन्त्रण गर्न नसकिने हुन्छ र तिनीहरूको हृदय यी फोहोरी कुराले भरिएका हुन्छन्। तिनीहरू जहाँ गए नि विपरीत लिङ्गीहरूसँग जिस्किरहन्छन्, र केही समयको लागि रोकिइहाले पनि, तिनीहरूले वातावरण नमिलेर वा उपयुक्त जोडी नभएर मात्र त्यसो गर्छन्। व्यक्तिको प्रकृतिसम्बन्धी कुराहरू जुनसुकै बेला र जुनसुकै ठाउँमा खुलासा हुन सक्छन्; तीमाथि केही कुराले रोक लगाउन सक्दैन। केही मानिसहरू विशेष गरेर पहिरन, सुन्दरता, र आडम्बरमा फस्छन्; तिनीहरू अति दम्भी हुन्छन्। तिनीहरू दैनिक अनेक पहिरन फेर्छन्। तिनीहरू कसले कति राम्रा लुगा र कति राम्ररी पहिरिन्छन् भनेर हेर्छन्, र यी चीज प्राप्त गर्न नसके, तिनीहरू सुत्नै सक्दैनन्, अनि यी वस्तुहरू प्राप्त गर्न तिनीहरूले पैसा सापटी लिनेछन् वा जतिसुकै मूल्य पनि तिर्नेछन्। यी चीज प्राप्त गर्न सकेनन् भने, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने चाहना गुमाउन सक्छन्, भेलाहरूमा सहभागी हुन मन गर्न छोड्न सक्छन्, र परमेश्वरको वचन पढ्नमा निरुत्साहित हुन सक्छन्। तिनीहरूको दिमाग यस्तै कुराहरूले भरिएको हुन्छ। तिनीहरू अरू केहीबारे सोच्नै सक्दैनन्। यस्ता मानिसहरू अत्यन्तै आडम्बरी हुन्छन्, औसत मानिसभन्दा धेरै नै दम्भी हुन्छन्। यो तिनीहरूको प्रकृति र नसानसामै हुने कुरा हो। तिनीहरूको प्रकृति नै दम्भी हुन्छ। कुनै व्यक्तिको प्रकृतिका कुराहरू क्षणिक कमजोरीमार्फत प्रकट हुने होइनन्, बरु ती लगातार भइरहने प्रकटीकरण हुन्। मानिसहरूले जे गरे पनि, तिनमा तिनीहरूका प्रकृतिका तत्वहरू रहिरहन्छन्। बाहिरबाट स्पष्ट नदेखिए पनि, भित्र अशुद्धता रहेकै हुन्छ। उदाहरणका लागि, जब कुनै छली व्यक्तिले क्षणभरका लागि कुनै सत्य कुरा बोल्छ, तब वास्तवमा उसका शब्दहरूपछाडि गुप्त अर्थ लुकेको हुन्छ। तिनीहरूका बोलीहरू अझै छलले दूषित हुन्छन्। छली व्यक्तिले जोसँग पनि छल गर्छ, आफ्ना नातागोता र बालबच्चालाई समेत छोड्दैन। तिनीहरूसँग तँ जतिसुकै खरो भए पनि, तिनीहरूले तँसँग छल गर्नेछन्। यो तिनीहरूको साँचो मुहार हो, यो ठ्याक्कै तिनीहरूको प्रकृति हो, जुन परिवर्तन गर्न सजिलो छैन, र यो सधै यस्तै रहिरहनेछ। इमानदार व्यक्तिले कहिलेकाहीँ घुमाउरो र छली कुरा गर्छ, तर ऊ प्राय इमानदार नै हुन्छ, सापेक्षिक भरपर्दो तरिकाले कार्य गर्छ, अरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको फाइदा उठाउँदैन, र अरूसँग बोल्दा तिनीहरूलाई परीक्षा गर्ने अभिप्राय राख्दैन। तिनीहरूले खुलेर हृदयदेखि नै अरूसँग सङ्गति गर्न सक्छन्, र अरू सबैले तिनीहरूलाई निष्कपट ठान्छन्। जब तिनीहरूले कहिलेकाहीँ छली शब्द बोल्छन्, यो केवल तिनीहरूको भ्रष्ट स्वभाव आफै प्रकट भएको कुरा हो। यसले तिनीहरूको प्रकृति जनाउँदैन किनकि तिनीहरू छली मानिस होइनन्। त्यसकारण, जब व्यक्तिको प्रकृतिको कुरा आउँछ, तैँले त्यो प्रकृतिका तत्वहरू के-के हुन् र भ्रष्ट स्वभाव के हो भनी बुझ्नुपर्छ। तैँले यी दुईबीचमा स्पष्ट भिन्नता छुट्याउन सक्नुपर्छ। अहिले, मानिसहरूलाई आफ्नै प्रकृति चिरफार गर्न लगाउँदा, केहीले “म कहिलेकाहीँ रूखो तरिकाले बोल्छु” वा “म असंस्कारी छु र मलाई कस्तो व्यवहार गर्ने भन्ने थाहा छैन” वा “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा कहिलेकाहीँ अशुद्धताहरू हुन्छन्,” भनेर भन्नेछन्, तर तिनीहरूले आफ्नो प्रकृति कस्तो छ वा आफ्नो मानवता राम्रो छ छैन त्यसबारे कुरा गर्दैनन्। तिनीहरू त्यस प्रकारका कुराहरू सधैँ पन्छाउँछन्, र सम्भवतः साँचो रूपमा आफूलाई चिन्नै सक्दैनन्। जहिले पनि ढाकछोप गरिरहनु र बेइज्जत हुने र शरममा पर्ने कुराको डर मानिरहनु स्वीकार्य कुरा होइन। तेरो प्रकृतिमा जे छ, त्यो खोतल्नुपर्छ। यदि खोतल्न सकिन्न भने, त्यो बुझ्न सकिन्न, र यदि त्यो बुझ्न सकिन्न भने परिवर्तन गर्न पनि सकिन्न। आफूलाई चिन्ने कुरामा तँ अति कठोर बन्नुपर्छ। तैँले आफैलाई छल गर्नु हुँदैन, र यस कुरामा तँ कामचलाउ तरिकाले लाग्नु हुँदैन।
आफ्नो प्रकृतिलाई बुझ्ने कार्यमा प्राथमिक रूपमा आफू कस्तो प्रकारको व्यक्ति हुँ भन्ने कुरा बुझ्ने कार्य नै समावेश हुन्छ। तँ कुन प्रकारको व्यक्ति होस् त्यसले तँसँग कस्तो प्रकृति छ भन्ने कुराको सङ्केत दिन्छ। उदाहरणको लागि, कुनै व्यक्ति यस्तो वा त्यस्तो छ भनेर भन्दा, त्यसले उसको प्रकृतिको धेरै कुरा बताउँछ। व्यक्तिमा रहेको प्रकृतिको प्रकारले ऊ कस्तो प्रकारको व्यक्ति हो भन्ने कुरा निर्धारित गरेको हुन्छ। व्यक्तिको प्रकृति उसको जीवन हो। अनि, व्यक्तिको प्रकृति कस्तो छ, त्यो तैँले कसरी देख्न सक्छस्? तँ बारम्बार उसको सम्पर्कमा आउनुपर्छ, र तैँले ऊ कस्तो प्रकारको व्यक्ति हो भनेर अवलोकन गर्दै समय बिताउनुपर्छ। उसमा जे कुरा प्रष्टै प्रकट हुन्छ, र जेले उसको सार र चरित्र प्रतिनिधित्व गर्छ, त्यसैलाई उसको प्रकृति सार भनेर भन्न सकिन्छ। उसको सारका ती तत्वहरूद्वारा नै उसको प्रकृति बनेको हुन्छ। जब कुनै व्यक्ति कस्तो प्रकारको व्यक्ति हो भनेर पत्ता लगाउने कुरा आउँछ, योचाहिँ अझ सही तरिका हो। मानिसको सार जे हुन्छ, उसको प्रकृति त्यस्तै हुन्छ। व्यक्तिको प्रकृतिले नै ऊ कस्तो प्रकारको व्यक्ति हो भन्ने कुरा निर्धारित गर्छ। उदाहरणको लागि, यदि कसैले पैसालाई विशेष मन पराउँछ भने, उसको प्रकृतिलाई एकदुई शब्दमा सारांशित गर्न सकिन्छ: ऊ पैसा-प्रेमी हो। यदि कसैको सबैभन्दा मुख्य विशेषता भनेको स्त्रीलाई मन पराउने हो, र ऊ सधैँ स्त्रीहरूसँग लसपस गरिरहेको हुन्छ, भने, यो व्यक्तिले दुष्टता मन पराउँछ र उसमा दुष्ट प्रकृति छ। कतिपय मानिसहरूले खान धेरै मन पराउँछन्। यदि तैँले त्यस्तो व्यक्तिलाई केही रक्सी र केही मासु दिन्छस् भने, त्यसले तेरो हितमा काम गर्छ। त्यसकारण, यसले यो व्यक्तिमा सुँगुरजस्तै खन्चुवा प्रकृति छ भन्ने देखाउँछ। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव र घातक त्रुटि हुन्छ, अनि उसको वास्तविक जीवनमा उसलाई यो भ्रष्ट स्वभावले नियन्त्रित गर्छ। ऊ यो भ्रष्ट स्वभावअनुसार जिउँछ, यसले उसको प्रकृति प्रतिनिधित्व गर्छ। यो भन्न सकिन्छ कि उसको प्रकृति उसको जीवनको अंश हो र त्यही नैँ उसको घातक त्रुटि हो—उसको घातक त्रुटि नै उसको प्रकृति हो। कतिपय मानिसहरूमा स्वीकार्य मानवता छ भन्ने देखिन्छ र बाहिरी रूपमा कुनै पनि त्रुटि प्रदर्शन गर्दैनन्, तर तिनीहरूको सबैभन्दा ठूलो कमजोरी भनेकै नाजुकता हुन्छ। तिनीहरूको पछ्याइमा तिनीहरूसँग जीवनसम्बन्धी कुनै लक्ष्य वा दिशा हुँदैन; तिनीहरू जीवनमा अल्याङटल्याङ गर्दै अघि बढ्छन्, सानोतिनो बाधा आइपर्दा नै पछारिन्छन् र परिस्थिति कठिन हुँदा नकारात्मक भइहाल्छन्। यदि अन्त्यमा तिनीहरूमा धारणा पलाउँछ, र तिनीहरू त्यसउप्रान्त विश्वास गर्न नै मन नगर्ने हदमा पुग्छन् भने, तिनीहरूको सबैभन्दा ठूलो कमजोरी नै नाजुकता हो; तिनीहरूको प्रकृति नाजुक छ, तिनीहरू बेकारका छन्, र तिनीहरूलाई मदत गर्न सकिँदैन। कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, र आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने तिनीहरूको तरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति भावनाहरू अनुभूत गर्छन्, र तिनीहरूले सम्बन्ध र भावनासम्बन्धी मामलाहरूमा ध्यान दिँदै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। जब त्यस्तो व्यक्तिको गैरविश्वासी आफन्तको मृत्यु हुन्छ, ऊ तीन दिनसम्म रुनेछ, र उसले शव गाड्न दिनेछैन, उसले मरेको व्यक्तिप्रति अझै पनि भावनाहरू पाल्नेछ। ऊ अत्यन्तै भावुक हुन्छ। यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक कमजोरी हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरू प्रायः परमेश्वरविरुद्ध विद्रोह गरिरहन्छन्। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक कमजोरी हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। यस्ता बलिया भावनाहरूका साथ, तिनीहरूले गर्न सक्ने भनेको देहको ख्याल गर्नु मात्रै हो; तिनीहरू मूर्ख र अन्योलग्रस्त मानिस हुन्। यस्ता मानिसहरूको प्रकृति धेरै भावुक हुनु हो। तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्। त्यसकारण, यदि तँ आफ्नो स्वभावमा परिवर्तन पछ्याउन चाहन्छस् भने, तैँले आफ्नो प्रकृतिलाई जान्नैपर्छ। “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ!” त्यसैले प्रकृति बदल्न सकिन्छ भन्ने त कल्पनै नगर्। यदि व्यक्तिको प्रकृति अत्यन्तै खराब छ भने, ऊ कहिल्यै बदलिनेछैन र परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन। स्वभावमा हुने रूपान्तरणले केलाई जनाउँछ? यसले सत्यतालाई प्रेम गर्ने कुनै व्यक्तिले परमेश्वरको काम अनुभव गर्ने क्रममा उहाँका वचनहरूको न्याय र सजाय स्वीकार गर्ने अनि सबै प्रकारका कष्ट र शोधन भोग्ने र ऊभित्रका शैतानका विषहरू पखालिने, उसले आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फाल्ने, साथै ऊ परमेश्वरका वचनहरू र उहाँका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्ने, र उसले फेरि कहिल्यै विद्रोह र प्रतिरोध नगर्ने कुरालाई जनाउँछ। स्वभावमा हुने रूपान्तरण यही हो। यदि कुनै व्यक्तिको प्रकृति धेरै खराब छ, र यदि ऊ दुष्ट व्यक्ति हो भने, परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन, र पवित्र आत्माले उसमा काम गर्नुहुनेछैन। यो चिकित्सकले निको पारेजस्तै हो: सुन्निएको छ भने उपचार गर्न सकिन्छ, तर क्यान्सर नै भएको रहेछ भने उसलाई बचाउन सकिँदैन। स्वभावमा रूपान्तरण हुनु भनेको कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्ने र स्विकार्न सक्ने भएकाले अन्ततः परमेश्वरप्रति विद्रोही र उहाँको विरोध गर्ने आफ्नो प्रकृतिलाई चिन्नु हो। उसले आफू अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छु भनेर बुझ्छ, र उसले आफ्नो बेतुकेपन र छलीपन, अनि आफ्नो दरिद्र र दयनीय स्थिति बुझ्छ अनि उसले आखिरमा उसको प्रकृति सारलाई बुझ्छ। यी सबै कुरा जानेर, ऊ आफूलाई पूर्ण रूपमा इन्कार्न र आफैविरुद्ध विद्रोह गर्न, परमेश्वरका वचनहरूद्वारा जिउन, र हरेक कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छ। ऊ त्यो व्यक्ति हो जसले परमेश्वरलाई चिन्छ र जसको स्वभाव रूपान्तरित भएको छ।
सबै मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका छन्, र मानिसको स्वभाव भनेको परमेश्वरलाई धोका दिनु हो। तापनि, शैतानले भ्रष्ट पारिएका सबै मानिसहरूमध्ये केहीले परमेश्वरको काममा समर्पित हुन र सत्यतालाई स्वीकार्न सक्छन्। यिनीहरू सत्यता प्राप्त गर्न सक्ने र स्वभावमा रूपान्तरण हासिल गर्न सक्ने मानिसहरू हुन्। कतिपय मानिसहरूले सत्यता खोजी गर्दैनन्, बरु जस्तो पर्छ त्यस्तै टर्छ भनेर अघि बढ्छन्। तैँले तिनीहरूलाई जे भन्छस् त्यही मान्छन् र त्यही गर्छन्, तिनीहरूले विभिन्न कुराहरू त्याग्न र आफैलाइ समर्पण गर्न सक्छन्, र तिनीहरूले जुनसुकै कष्ट भोग्न सक्छन्। त्यस्ता मानिसहरूमा थोरै विवेक र समझ हुन्छ, र तिनीहरूले मुक्ति पाउने र बाँच्ने आशा हुन्छ, तर तिनीहरूको स्वभाव परिवर्तन हुन सक्दैन किनभने तिनीहरूले सत्यता खोजी गर्न सक्दैनन्, र तिनीहरू धर्मसिद्धान्त बुझ्नमा नै सन्तुष्ट हुन्छन्। तिनीहरूले विवेक उल्लङ्घन गर्ने कुनै कुरा बोल्ने र गर्ने गर्दैनन्, तिनीहरूले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्न सक्छन्, र तिनीहरूले कुनै पनि समस्याबारे गरिएको सत्यताको सङ्गतिलाई स्वीकार गर्न सक्छन्। तैपनि, तिनीहरू सत्यताका सन्दर्भमा गम्भीर प्रयास गर्दैनन्, तिनीहरूको मन अन्योलमा हुन्छ, र तिनीहरूले सत्यताको सार कहिल्यै बुझ्दैनन्। तिनीहरूको स्वभाव परिवर्तन हुनु असम्भव नै हुन्छ। यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम हुनुपर्छ अनि तँ सत्यता स्वीकार गर्न सक्षम हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने तँसँग जस्तोसुकै भ्रष्ट स्वभावहरू भए तापनि, वा ठूलो रातो अजिङ्गरका अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्वरका वचनहरूले यी कुराहरू खुलासा गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्वरका वचनहरूअनुसार आफूलाई चिन्नुपर्छ। परमेश्वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्नु भनेको यही हो। मानिलिऊँ, परमेश्वरले जेसुकै भन्नुभए तापनि, उहाँका वचनहरू जतिसुकै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भनेका कुराहरू सत्य हुन् भने तँ ती स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तँ ती मान्न सक्छस्। तैँले परमेश्वरका वचनहरूलाई जति नै गहन रूपमा बुझ्ने भए पनि, तँ ती वचनप्रति समर्पित हुन सक्छस्, अनि दाजुभाइ-दिदीबहिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टिको ज्योति सङ्गति गरिरहेका भए पनि, तँ अझै पनि त्यो स्वीकार गर्न र त्यसप्रति समर्पित हुन सक्षम हुन्छस्। जब त्यस्तो व्यक्तिले निश्चित हदसम्म सत्यता पछ्याएको हुन्छ, तब उसले सत्यता प्राप्त गर्न र आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही असल कुरा गर्न सके पनि र परमेश्वरका लागि सबै कुरा त्याग्न र उहाँप्रति समर्पित गर्न सके पनि, तिनीहरू अन्योलमा हुन्छन् र सत्यताका सन्दर्भमा अत्यन्तै सावधान हुँदैनन्, त्यसैले तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तँ पत्रुस र अन्य चेलाहरूको मानवता लगभग उस्तै थियो भन्ने देख्न सक्छस्, तर पत्रुसको प्रमुख विशेषता के थियो भने तिनी विशेष गरी सत्यता पछ्याउँथे। येशूले जेसुकै भन्नुभए पनि, तिनले त्यसमा गम्भीरतापूर्वक मनन गरे, यी वचनहरूमार्फत आत्मचिन्तन गरे र परमेश्वरका अभिप्रायहरू खोजे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्छु, तैपनि मैले पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन, पृथ्वीमा हुनुहुने परमेश्वर नै स्वर्गका परमेश्वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वीमा एउटै परमेश्वर हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम व्यावहारिक हुँदैन। मैले पृथ्वीमा हुनुहुने परमेश्वरलाई पनि प्रेम गर्नैपर्छ, अनि तब मात्र मेरो प्रेम व्यावहारिक हुनेछ।” यसरी, येशूले सोध्नुभएको कुराबाट पत्रुसले परमेश्वरको वचनको साँचो अर्थ बुझे। यदि व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्वरलाई प्रेम गर्छ भने मात्र परमेश्वरप्रतिको उसको प्रेम व्यावहारिक हुन्छ। अस्पष्ट र अदृश्य परमेश्वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्वरको अभिप्रायहरूको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्वरमाथिको पत्रुसको विश्वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो। आखिरमा, तिनले व्यावहारिक परमेश्वर अर्थात् पृथ्वीमा हुनुहुने परमेश्वरप्रति प्रेम हासिल गरे। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशूले तिनलाई सल्लाह दिनुहुँदैपिच्छै, तिनी येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्वरका वचनहरूको सार बुझ्थे। यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र तिनले त्यसो गर्ने क्रममा, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो। यदि व्यक्ति सत्यताको पछि लाग्दैन भने, उसले यसलाई कहिल्यै पनि बुझ्न सक्नेछैन। तैँले शब्द र सिद्धान्तहरू दस हजारपटक बोल्न सक्लास्, तर ती केवल शब्द र धर्मसिद्धान्तहरू मात्र हुनेछन्। कतिपय मानिसहरूले यति मात्र भन्छन्, “ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ।” यदि तैँले यी शब्दहरूलाई दस हजार पटक दोहोऱ्याइस् भने पनि, त्यो व्यर्थ हुनेछ; तैँले तिनको अर्थ बुझेको हुँदैनस्। ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर किन भनिन्छ? के तँ यसबारे आफ्नो अनुभवात्मक ज्ञान स्पष्ट रूपमा व्यक्त गर्न सक्छस्? के तँ सत्य, बाटो र जीवनको वास्तविकतामा प्रवेश गरेको छस्? परमेश्वरले आफ्ना वचनहरू यसकारण बोल्नुभएको छ ताकि तिमीहरूले तिनको बारेमा अनुभव र ज्ञान प्राप्त गर्न सक। शब्द र सिद्धान्तहरूको मात्रै कुरा गर्नु व्यर्थ हो। तैँले परमेश्वारका वचनहरू बुझेर ती वचनभित्र प्रवेश गरेपछि मात्र तैँले आफैलाई जान्न सक्छस्। यदि तँ परमेश्वरका वचनहरूलाई बुझ्दैनस् भने, तैँले आफैलाई चिन्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले समझशक्ति प्राप्त गर्न सक्छस्; सत्यता नबुझीकन, तैँले समझ पाउन सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र, तैँले मामिलाहरूलाई स्पष्टसित देख्न सक्नेछस्। सत्यता नबुझीकन, तैँले मामिलाहरूलाई स्पष्टसित देख्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले आफैलाई चिन्न सक्छस्। सत्यता नबुझीकन, तैँले आफूलाई चिन्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तेरो स्वभाव परिवर्तन हुन सक्छ, सत्यताविना तेरो स्वभाव परिवर्तन हुन सक्दैन। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तैँले परमेश्वरको अभिप्रायअनुसार सेवा गर्न सक्छस्। सत्यता प्राप्त नगरीकन, तैँले परमेश्वरको अभिप्रायअनुसार सेवा गर्न सक्दैनस्। सत्यता प्राप्त गरिसकेपछि मात्रै तैँले परमेश्वरको आराधना गर्न सक्छस्। सत्यता नबुझीकन, तैँले उहाँको आराधना गरे पनि, तेरो आराधना धार्मिक संस्कारहरूभन्दा बढी अरू केही पनि हुनेछैन। सत्यताविना, तैँले गर्ने कुनै पनि कुरा वास्तविकता हुँदैन। सत्यता प्राप्त गरेपछि भने, तैँले गर्ने सबै कुरा वास्तविकता हुन्छ। यी सबै थोक परमेश्वरका वचनहरूबाट सत्यता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्। कतिपय मानिसहरूले सोध्नेछन्, “ठ्याक्कै भन्नुपर्दा परमेश्वरका वचनहरूबाट सत्यता प्राप्त गर्नुको मतलब के हो?” के यो सोधिरहनु साँच्चै आवश्यक छ? सबै सत्यता परमेश्वरद्वारा व्यक्त गरिएका छन्, र ती सबै परमेश्वरका वचनमा छन्। परमेश्वरका वचनहरूभन्दा बाहिर कुनै सत्यता छैन। यस्ता कैयौँ मानिसहरू छन् जो शब्द र सिद्धान्तबारे बोल्न सक्नु नै सत्य जान्नु हो भन्ठान्छन्, र यो हास्यास्पद कुरा हो। तैँले धर्मसिद्धान्त बोलेर मात्र सत्यता प्राप्त गर्न सक्दैनस्। परमेश्वरका वचनहरूको शाब्दिक अर्थ मात्र सङ्गति गरेर के काम? तैँले परमेश्वरका वचनहरूको अर्थ, परमेश्वरका वचनहरूको स्रोत र ती वचनले पार्न खोजेको प्रभाव बोध गर्नु आवश्यक छ। परमेश्वरको वचनमा सत्यता, जीवन, प्रकाश, सिद्धान्त, र मार्गहरू हुन्छन्। परमेश्वरको प्रत्येक वचनमा थुप्रै कुराहरू हुन्छन्; तिनीहरूको सोझो अर्थ मात्र बताउने, अनि त्यतिकै छोडिदिने, त्यो काफी हुँदैन। म तँलाई एउटा उदाहरण दिन्छु। परमेश्वरले “इमानदार मानिस बन्, छली नबन्” भन्नुभएको छ। यो भनाइको अर्थ के हो? कतिपयले भन्छन्, “यो मानिसहरूलाई इमानदार बन छली नबन भनेको हो, होइन र?” यसको अन्य अर्थ के हुन्छ भनेर तिनीहरूलाई सोधिस् भने, तिनीहरूले यसो भन्नेछन्, “यसको मतलब तिमीहरू छली होइन, इमानदार व्यक्ति बन्नुपर्छ। त्यसले यी दुई कुराहरू मात्र बोल्छ।” तैँले त्यसपछि सोध्न सक्छस्, “इमानदार व्यक्ति बन्नु भनेको ठ्याक्कै के हो त? कस्ता व्यक्तिलाई इमानदार भन्ने? इमानदार व्यक्तिको व्यवहार कस्तो हुन्छ? छली व्यक्तिको व्यवहार कस्तो हुन्छ?” तिनीहरूले यस्तो जवाफ दिनेछन्, “इमानदार व्यक्ति त्यो हो जो इमानदारीपूर्वक बोल्छ, आफ्नो वचनमा झूटोपन मिसाउँदैन, र झूट बोल्दैन। छली व्यक्ति त्यो हो जो घुमाउरो तरिकाले कुरा गर्छ, सत्य बताउँदैन, आफ्नो वचनमा सधैँ अशुद्ध हुन्छ, र झूट बोल्न मन पराउँछ।” तिनीहरूले भन्न सक्ने यति नै हो। मान्छेको सोच अति साधारण हुन्छ। इमानदार मानिसलाई यति साधारण तरिकाले व्याख्या गरेर, के तँ कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्? परमेश्वरको वचनले इमानदार मानिसबारे के भन्छ? पहिलो, इमानदार मानिसहरूले अरूको बारेमा कुनै शङ्का गर्दैनन्, र दोस्रो, इमानदार मानिसहरूले सत्यता स्विकार्न सक्छन्। यी मूख्य दुई विशेषताहरू हुन्। परमेश्वरले यसमार्फत भन्न खोज्नुभएको के हो? परमेश्वर किन यसो भन्नुहुन्छ? परमेश्वरको वचनमार्फत, तैँले इमानदार व्यक्ति बन्नुको गहन अर्थ के हो, त्यसले के जनाउँछ, र इमानदार व्यक्तिको ठ्याक्कै परिभाषा के हो भनी बुझ्न सक्छस्। तैँले यो परिभाषा सही रूपमा बुझेपछि, परमेश्वरको वचनमा, इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्, छली मानिसहरू के हुन्, र छली व्यक्तिका प्रकटीकरणहरू के-के हुन् भनी तैँले बुझ्न सक्छस्। त्यसपछि यी प्रकटीकरणहरू मूल्याङ्कन गरिस् भने, इमानदार व्यक्ति भनेको के हो र छली व्यक्ति भनेको के हो, साथसाथै छली मानिसहरूले परमेश्वरको वचनलाई कसरी लिन्छन्, तिनीहरूले परमेश्वरलाई कस्तो व्यवहार गर्छन्, र अन्य मानिसहरूलाई कस्तो व्यवहार गर्छन् भनी तैँले ठ्याक्कै बुझ्नेछस्। यस तरिकाले तैँले परमेश्वरका वचनहरू साँचो रूपमा बुझ्नेछस्, र तैँले इमानदार मानिसहरू र छली मानिसहरूबारे मान्छेको अवधारणा परमेश्वरको वचनले भनेको कुराभन्दा कति फरक छ भनी जान्नेछस्। परमेश्वरको वचनले तँलाई “इमानदार व्यक्ति बन्, छली व्यक्ति नबन्” भन्दाखेरि, त्यसमा थुप्रै कुराहरू हुन्छन्। जब तँ ती वचनहरूको साँचो अर्थ बुझ्छस्, तैँले इमानदार व्यक्ति भनेको के हो र छली व्यक्ति भनेको के हो भन्ने कुरा जान्नेछस्। अभ्यास गर्दा, तैँले निश्चित रूपमा इमानदार व्यक्तिको प्रकटीकरण देखिनेगरी कसरी अभ्यास गर्ने भनेर जान्नेछस्, र तैँले अभ्यासको बाटो र इमानदार व्यक्ति बन्नको लागि अभ्यासका सिद्धान्तहरू प्रष्ट रूपमा देख्नेछस्, जसले तँलाई परमेश्वरको जाँच पास हुने प्रत्याभूति गर्छ। तैँले यी वचनहरू साँच्चिकै बुझ्छस् र व्यवहारमा लागू गर्छस् भने, तँ परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्षम हुनेछस्। तर यदि यी वचनहरू बुझ्दैनस् भने, तँ इमानदार व्यक्ति बन्नेछैनस्, र तैँले परमेश्वरको अनुमोदन कहिल्यै प्राप्त गर्नेछैनस्। परमेश्वरका वचनहरूको सच्चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्वरका वाणीहरूभित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने, र यदि तैँले उहाँका वचनहरूपछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने—यदि तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेको छस् भने—तैँले परमेश्वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्ने मान्न सकिन्छ। यसरी, परमेश्वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्वरका वचनहरूको शाब्दिक अर्थको आलङ्कारिक, अतिरञ्जित व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानव कल्पना र मानव सोच शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यता खोजी गर्नु हो। त्यस तरिकाले मात्रै तैँले परमेश्वरका वचनहरू साँचो रूपमा बुझ्न सक्छस्। परमेश्वरले कहिल्यै पनि खोक्रा कुराहरू बोल्नुहुन्न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य नै उहाँका वचनहरूमा थप पर्दाफास गरिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानव सोचाइद्वारा सजिलै बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षको सम्पूर्ण अर्थ मोटामोटी रूपमा पत्ता लगाउन सक्छन्। तिनीहरूको लागि यसमा बाँकी रहेका विवरणहरू भने तिनीहरूले यसपछि अनुभवहरू गर्दै जाने क्रममा पवित्र आत्माको अन्तर्दृष्टिले भर्दै जानुपर्नेछ। एउटा भाग भनेको मनन गर्दै परमेश्वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तु खोजी गर्नु हो। अर्को भागचाहिँ परमेश्वरका वचनहरूको अर्थको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई पक्षमा निरन्तर प्रगति गरेर, तैँले परमेश्वरको वचन बुझ्न सक्छस्। यदि तँ यसलाई शाब्दिक रूपमा, पाठको तहमा वा आफ्नै सोच र कल्पनाको आधारमा अर्थ्याउँछस् भने, तैँले यसलाई फूलबुट्टा भरेर आलङ्कारिक शैलीमा व्याख्या गरे पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता बुझेको हुँदैनस्, र यो सबै अझै पनि मानव सोच र कल्पनामा आधारित हुन्छ। यो पवित्र आत्माको अन्तर्दृष्टिबाट प्राप्त गरिएको हुँदैन। मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्वरका वचनहरूलाई अर्थ लगाउने प्रवृत्ति हुन्छ, र यसरी तिनीहरूले आफूलाई परमेश्वरका वचनहरू प्रसङ्गबाहिर अर्थ्याउँदै परमेश्वरलाई गलत बुझ्न र आलोचना गर्न सक्ने बनाउँछन्, र यो समस्याको कुरा हो। त्यसकारण, परमेश्वरका वचनहरू बुझेर अनि पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर नै मुख्य रूपमा सत्यता प्राप्त हुन्छ। परमेश्वरको वचनको शाब्दिक अर्थ बुझ्न र व्याख्या गर्न सक्दैमा तैँले सत्यता प्राप्त गरेको छस् भन्ने हुँदैन। यदि शाब्दिक तहमा परमेश्वरको वचन बुझ्नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हुने भए, तँलाई थोरै शिक्षा र ज्ञान मात्रै चाहिन्थ्यो, तब किन तँलाई पवित्र आत्माको अन्तर्दृष्टि चाहिन्थ्यो र? के परमेश्वरको काम मानव मस्तिष्कले बुझ्न सक्ने कुरा हो? त्यसकारण, सत्यता बुझ्ने कार्य मानव धारणा वा कल्पनामा आधारित हुँदैन। वास्तविक अनुभवात्मक ज्ञान प्राप्त गर्नका लागि तँलाई पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति, र मार्गदर्शन चाहिन्छ। सत्यता बुझ्ने र प्राप्त गर्ने प्रक्रिया यही हो, र यो अत्यावश्यक सर्त पनि हो।
तिमीहरूले कसरी मानिसको प्रकृतिलाई बुझ्छौ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई मानिसको सांसारिक दृष्टिकोण, जीवन दृष्टिकोण र मूल्य-मान्यताहरूको परिप्रेक्ष्यबाट पहिचान गर्नु हो। जो व्यक्तिहरू दियाबलसहरूका हुन् तिनीहरू सबै आफ्ना लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो” भन्नेजस्ता तिनीहरूको जीवन दृष्टिकोण र आदर्श-वाक्यहरू अनि यस्तै अन्य भ्रमहरू मुख्यतः शैतानका भनाइहरूबाट आउँछन्। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन बनेका छन्। बौद्धधर्म र ताओवादका प्रख्यात भनाइहरू र प्रसिद्ध व्यक्तिहरूले बारम्बार दोहोर्याउँदै आएका चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र तिनको सानो अंश पनि परमेश्वरबाट आएको होइन। यस्ता दुष्ट शब्दहरू परमेश्वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरेर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र सिकाइने कुराका प्रभावहरूमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जुन हरेक व्यक्तिमा पसेको छ र तिनीहरूको जीवन बनेको छ। संसारसित व्यवहार गर्ने दर्शनहरूका अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ, र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसाउँछ, अनि अन्त्यमा परमेश्वरद्वारा नाश गरिने तुल्याउँछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्न सोधेको कल्पना गरौं न: “तपाईँले अधिकारी बन्न र यस्तो सहज रूपमा करियर पाउन सक्नुभएकाले, तपाईँले कुन प्रसिद्ध भनाइहरूद्वारा यो हासिल गर्नुभयो?” तिनीहरूले भन्न सक्छन्, “मैले बुझेको एउटा कुरा चाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्ने हो।” तिनीहरू अधिकारी बन्न यो शैतानी दर्शनमा भर परे। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? कुनै पद प्राप्त गर्न अनैतिक माध्यमहरूको सहारा लिनु तिनीहरूको प्रकृति बनेको छ। अरूभन्दा विशिष्ट देखिने र चाँडो प्रगति गर्ने अधिकारी बन्नु तिनीहरूको लक्ष्य हो। मानिसहरूको जीवन, कार्यव्यवहार र आत्म-आचरणमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणका लागि, संसारसँग व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, काम गर्ने तिनीहरूका तरकिपहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा व्याप्त हुने सबै कुरा शैतानका हुन्। ती सबै अधिकारी, सत्तामा भएकाहरू र उपलब्धि हासिल गरेकाहरूसँग मार्गहरू र सफलताका रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरू संसारमा ठूला कामहरू सम्पन्न गर्न सक्षम छन्, र कसैले पनि ती पछाडिका युक्ति र षडयन्त्रहरूलाई छर्लङ्ग देख्न सक्दैन। यसले तिनीहरूको प्रकृति कति अन्तर्घाती र दुर्भावपूर्ण छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरू परमेश्वरको प्रतिरोध गर्छन् र परमेश्वरप्रति शत्रुवत् हुन्छन्। यदि मानिसहरूको प्रकृतिलाई यसरी चिरफार गर्न सकियो भने तिनीहरूले आफूलाई सजिलै चिन्न सक्छन्।
जब मानिसहरूसँग परमेश्वरको स्वभावको बारेमा यथार्थ बुझाइ हुन्छ, जब तिनीहरूले परमेश्वरको स्वभाव वास्तविक छ, यो साँच्चै पवित्र, र साँच्चै धर्मी छ भनेर देख्छन्, र जब तिनीहरूले आफ्नो हृदयबाट परमेश्वरको पवित्रता र धार्मिकताको प्रशंसा गर्न सक्छन्, तब तिनीहरूले साँच्चै नै परमेश्वरलाई चिन्नेछन्, र तिनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्। परमेश्वरलाई चिनेकाहरू मात्र ज्योतिमा जिउँछन्। परमेश्वरलाई साँच्चै चिन्नुको प्रत्यक्ष प्रभाव भनेको परमेश्वरप्रति साँचो रूपमा प्रेम गर्न र समर्पित हुन सक्षम हुनु हो। जब मानिसहरूले साँचो रूपमा परमेश्वरलाई चिन्छन्, सत्यता बुझ्छन् र सत्यता प्राप्त गर्छन्, तब तिनीहरूको संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आउँछ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरू सत्यता पछ्याउन र सत्यताअनुसार आफूलाई आचरणमा ढाल्न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन्छन् र उहाँका वचनहरूअनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइमा स्थिर र उज्ज्वल महसुस गर्छन्, तिनीहरूको हृदय अन्धकारमुक्त हुन्छ, र जब तिनीहरू परमेश्वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र मुक्त भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले साँचो मानव जीवन प्राप्त गर्छन्, र त्यस्ता मानिसहरू मात्र सत्यता र मानवता भएकाहरू हुन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्वरका वचनहरू र परमेश्वर स्वयम्बाट आएका हुन्। जब तैँले सर्वोच्च परमेश्वर—सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्छस्, र उहाँले तँ मानकअनुरूपको सृजित प्राणी होस्, र तँ मानव रूपमा जिइरहेको छस् भनेर भन्नुहुन्छ, तब मात्र तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ। परमेश्वरको अनुमोदन प्राप्त गर्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस्, र तँ सत्यता र मानवता भएको व्यक्ति होस् भन्ने हुन्छ। शैतानको वशमा रहेको आजको संसारमा र इतिहासको कम्तीमा पनि हजारौँ वर्षभरि, मानवजातिमाझ कसले साँचो मानव जीवन प्राप्त गरेको छ? कसैले पनि गरेको छैन। मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको र तिनीहरू शैतानका दर्शनहरूअनुसार जिउने अनि तिनीहरूले गर्ने हरेक कुरा परमेश्वरविरोधी हुने हुनाले र तिनीहरूको हरेक भनाइ र सिद्धान्त शैतानको भ्रष्टताबाट आउने र परमेश्वरका वचनहरूको ठ्याक्कै उल्टो हुने भएकाले, तिनीहरू ठ्याक्कै परमेश्वरलाई विरोध गर्ने प्रकारका हुन्। यदि तिनीहरू परमेश्वरको मुक्तिलाई स्वीकार गर्दैनन् भने, तिनीहरू सबैलाई अनन्त विनाश र तहसनहसतर्फ धकेलिनेछ, र तिनीहरूसँग कुनै मानव जीवन रहनेछैन। तिनीहरू ख्याति र प्राप्ति पछ्याउँछन्, कुनै महान् वा सुप्रसिद्ध व्यक्ति बन्न खोज्छन्, र “आफ्नो नाम आउँदा पुस्ताहरूमा हस्तान्तरण गर्ने,” र “युगौँयुगभरि इतिहासमा रहँदै जाने” आशा गर्छन्। यी दुष्ट शब्दहरू हुन्, र पूर्णतया असमर्थनीय छन्। वास्तवमा हरेक महान् वा सुप्रसिद्ध व्यक्ति शैतानकै खेमाको हुन्छ, र कहिल्यै पुनर्जन्म नहुने गरी दण्डको लागि धेरैअघि नरकको अठाह्रौँ तलामुनि फालिएको हुन्छ। भ्रष्ट मानवजाति यी मानिसहरूको पूजा गर्छन्, तिनीहरूका दुष्ट शब्द र भ्रमहरू स्विकार्छन्, र दियाबलसहरू र शैतानको शिकार बन्छन्। सृजित प्राणीहरूले सृष्टिकर्ताको आराधना गर्नुपर्छ र त्यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। किनभने परमेश्वर मात्रै सत्यता हुनुहुन्छ, र परमेश्वरले स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई नियन्त्रण गर्नुहुन्छ, र सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ। यदि मानिसहरू परमेश्वरमा विश्वास गर्दैनन् र परमेश्वरप्रति समर्पित हुँदैनन् भने, तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। यदि तँ सत्यता पछ्याउँछस् र परमेश्वरका वचनहरूअनुसार जिउँछस् भने मात्र तँलाई आफ्नो हृदयभित्र उज्यालो र स्थिर महसुस हुनेछ र तैँले अतुलनीय मिठोपनको आनन्द पनि उठाउनेछस्। जब यस्तो हुन्छ, तैँले साँचो रूपमा जीवन प्राप्त गरेको हुनेछस्। संसारका वैज्ञानिकहरूका उपलब्धिहरू जति नै महान् भए पनि, तिनीहरू मृत्युको नजिक पुग्नेबित्तिकै, तिनीहरूले आफू रित्तो हात भएको र तिनीहरूले केही पनि प्राप्त नगरेको अनुभव गर्नेछन्। आइन्स्टाइन र न्यूटनजस्ता उच्चप्रशंसित बौद्धिक व्यक्तिहरूले समेत रित्तो महसुस गरे। यसको कारण के थियो भने तिनीहरूसँग सत्यता थिएन, र तिनीहरूमा परमेश्वरबारे साँचो बुझाइ थिएन। तिनीहरूले परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरू उहाँको अस्तित्वमा मात्र विश्वास गर्थे, तर सत्यता पछ्याउने गर्दैनथे। तिनीहरू बस विज्ञान र अध्ययन-अनुसन्धानमा भर परेर परमेश्वर हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन र प्रमाणित गर्न मात्र चाहन्थे। फलस्वरूप, तिनीहरू दुवैले जीवनभर अध्ययन-अनुसन्धान गरे, तर केही पनि हासिल गरेनन्, र तिनीहरूले आजीवन परमेश्वरमा विश्वास गरिरहे पनि सत्यता कहिल्यै प्राप्त गरेनन्। तिनीहरूले वैज्ञानिक ज्ञानको मात्रै खोजी गरे, तर तिनीहरूले परमेश्वरलाई चिन्न खोजेनन्। तिनीहरूले सत्यता प्राप्त गरेनन्, न त तिनीहरूले साँचो जीवन नै प्राप्त गरे। तिमीहरूले आज हिँडिरहेको मार्ग तिनीहरूले हिँडेको मार्ग होइन। तिमीहरूले जे खोजी गर्छौ, त्यो भनेको परमेश्वरलाई चिन्ने, उहाँमा समर्पित हुने, उहाँको आराधना कसरी गर्ने, र कसरी अर्थपूर्ण जीवन जिउने खोजी हो। यो तिनीहरूले खोजेको कुराभन्दा पूर्ण रूपमा फरक छ। तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू भए पनि, तिनीहरूले सत्यता प्राप्त गरेनन्। अहिले, देहधारी परमेश्वरले तिमीहरूलाई सत्यताको हरेक पक्षबारे बताइसक्नुभएको र तिमीहरूलाई सत्यता र जीवनको मार्ग दिइसक्नुभएको छ। तिमीहरूले सत्यता खोजी नगर्नु मूर्खता हुनेछ।
अहिले, तिमीहरूमा सत्यताको बुझाइ अपर्याप्त छ। तँ खोक्रो सिद्धान्त मात्र बोल्न सक्छस्। आफूले जिम्मा लिएको कुनै पनि कामबारे तैँले आफू निकै अपूर्ण र अन्योलग्रस्त रहेको महसुस गर्छस्। यसले के देखाउँछ भने तेरो जीवन प्रवेश अति देखावटी भएको छ, र तैँले अझै सत्यता प्राप्त गरेको छैनस्। जब तैँले साँचो रूपमा सत्यता बुझ्छस् र परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्छस्, तब तँलाई शक्ति मिल्नेछ, यस्तो अटूट शक्ति जसले तेरो शरीर भरिनेछ। त्यसबखत, तैँले आफूभित्र पहिलेभन्दा धेरै उज्यालो महसुस गर्नेछस्, र तँ जतिजति टाढासम्म हिँड्छस् बाटो झन्झन् बढी उज्यालो बन्नेछ। आजभोलि, परमेश्वरमा विश्वास गर्ने अधिकांश मानिसहरू अझै पनि सही मार्ग हिँड्न थालेका छैनन् र तिनीहरूले सत्यता बुझेका छैनन्, त्यसकारण तिनीहरूलाई भित्र अझै पनि खोक्रो, जीवन कष्टमय छ भन्ने महसुस हुन्छ, तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा निरुत्साहित बन्छन्। तिनीहरूको हृदयमा कुनै दर्शन नआएसम्म परमेश्वरका विश्वासीहरू यस्तै हुन्छन्। मानिसहरूले सत्यता प्राप्त गरेका छैनन् र तिनीहरू परमेश्वरलाई अझै चिन्दैनन्, त्यसकारण तिनीहरू खासै आनन्द उठाउँदैनन्। विशेष गरी, तिमीहरू सबैले सतावट भोगेका छौ र घर फर्कन अप्ठ्यारो अनुभव गरेका छौ। कष्ट भोग्दा, तिमीहरूभित्र मृत्युका सोचहरू र बाँच्ने अनिच्छा पनि जाग्छन्। यो देहको कमजोरी हो। कतिपय मानिस यस्तोसमेत सोच्छन्, “परमेश्वरप्रतिको विश्वास आनन्दमयी हुनुपर्छ। अनुग्रहको युगमा, पवित्र आत्माले मानिसहरूलाई शान्ति र खुसी प्रदान गर्नुभयो। अहिले शान्ति र खुसी एकदमै कम छ, र अनुग्रहको युगमा भएजति आनन्द अहिले छैन। आज परमेश्वरमा विश्वास गर्नु भनेको अत्यन्त पिरोल्ने कुरा भएको छ।” तँलाई के मात्र थाहा छ भने दैहिक आनन्द अरू कुनै पनि चीजभन्दा राम्रो कुरा हो। तर तँलाई थाहा छैन, परमेश्वरले आज के काम गर्दै हुनुहुन्छ। तिमीहरूको स्वभाव रूपान्तरण गर्न परमेश्वरले तिमीहरूको देहलाई कष्ट भोग्न दिनुपर्छ। तेरो देहले कष्ट भोगे पनि, तँसँग परमेश्वरको वचन र आशिष् छ—तैँले चाहेको भए पनि मर्न सक्दैनथिइस्। के तँ परमेश्वर नचिन्ने र सत्यता प्राप्त नगर्ने कुरा स्विकार्न सक्छस्? हाल, मुख्य कुरा के हो भने, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् र तिनीहरूसँग जीवन छैन अनि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू अझै फालेका छैनन्। तिनीहरूले हाल मुक्ति पाइने प्रक्रिया अनुभव गरिरहेका छन्, त्यसैले यस क्रममा तिनीहरूले थोरै कष्ट भोग्नैपर्छ। आज, संसारका सबै जना परीक्षाहरूबाट गुज्रिरहेका छन्, परमेश्वरले समेत कष्ट भोगिरहनुभएको छ, त्यसैले तिमीहरूले कसरी कष्ट भोग्न सक्दैनौ र? महाप्रकोपहरूमार्फत शोधन नभई, व्यक्तिले साँचो आस्था विकास गर्न वा सत्यता र जीवन प्राप्त गर्न सक्दैन। परीक्षा र शोधन नभए काम हुँदैन। पत्रुसलाई नै हेर्—अन्त्यमा (उनी त्रिपन्न वर्ष पुगेपछि) सात वर्षसम्म उनको परीक्षा भयो। ती सात वर्षभरि उनले सयौँ परीक्षाहरू भोगे। हरेक केही दिनको अन्तरालमा उसको एउटा परीक्षा हुन्थ्यो, र सबैखाले परीक्षा सामना गरेपछि मात्र उसले जीवन प्राप्त गर्यो र आफ्नो स्वभाव रूपान्तरण भएको अनुभव गर्यो। जब तैँले साँच्चै सत्यता प्राप्त गर्छस् र परमेश्वरलाई चिन्छस्, तब तैँले आफू परमेश्वरका लागि जिउनुपर्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँलाई धेरै पछुतो लाग्नेछ, र तँ आफ्ना बाँकी दिनहरू तीतो पछुतो र चरम पश्चात्तापमा जिउनेछस् भन्ने महसुस गर्नेछस्। तँलाई आफू अझै मर्न सक्दिनँ, आफूले मुट्ठी कस्नुपर्छ र दृढतापूर्वक जिउन जारी राख्नुपर्छ, र आफू परमेश्वरका लागि जीवन जिउनैपर्छ भन्ने महसुस हुनेछ। जब मानिसहरूमा सत्यता हुन्छ, तिनीहरूसँग यो दृढता हुन्छ र फेरि कहिल्यै मर्ने इच्छा गर्दैनन्। तँमाथि मृत्युको खतरा आइपर्दा, तैँले यसो भन्नेछस्, “परमेश्वर, म मर्न इच्छुक छैनँ। म अझै पनि तपाईँलाई चिन्दिनँ। मैले अझै तपाईँको प्रेमको ऋण तिरेको छुइनँ। तपाईँलाई राम्ररी नचिनीकन म मर्न सक्दिनँ।” के तिमीहरू अहिले यो बिन्दुमा पुगेका छौ? अझै पुगेका छैनौ, छौ र? कतिपय मानिसले आफ्नो परिवारबाट सतावट सामना गर्छन्, कतिपयले आफ्ना प्रियजनहरूबाट अस्वीकार सामना गर्छन्, र कतिपय भने सतावटमा परेर आफ्नो घर फर्कन सक्दैनन्, र तिनीहरूसँग आराम गर्ने कुनै सुरक्षित ठाउँ हुँदैन। यसले तिनीहरूको हृदयमा कष्ट उत्पन्न गर्छ। के तिमीहरूले अहिले सामना गरिरहेको कष्ट परमेश्वरले सहनुभएको जस्तै होइन र? तिमीहरू अहिले परमेश्वरसँग कष्ट भोगिरहेका छौ, र परमेश्वर मानिसहरूलाई कष्टमा साथ दिनुहुन्छ। यदि आज ख्रीष्टको सङ्कष्ट, राज्य, र सहनशीलतामा तिमीहरूको हिस्सा छ भने मात्रै तिमीहरूले अन्तमा महिमा प्राप्त गर्नेछौ! यो कष्ट अर्थपूर्ण छ। कुरा त्यसो नै होइन र? तँ सङ्कल्पविहीन हुन मिल्दैन। तैँले आज कष्ट भोग्नुको अर्थ के हो र किन यति धेरै कष्ट भोग्दैछस् त्यो बुझ्नुपर्छ। तैँले सत्यता खोजी गरी परमेश्वरको अभिप्रायको बुझाइमा पुग्नुपर्छ, त्यसपछि तँभित्र कष्ट भोग्ने सङ्कल्प जाग्नेछ। यदि तँ सत्यता बुझ्दैनस् भने, परमेश्वरका अभिप्रायहरू बुझ्न सक्षम हुनेछैनस्। कष्ट भोग्ने कुरा आउँदा, तँलाई सधैँ भित्री रूपमा बन्धनमा परेको महसुस हुनेछ; तँ यसबारे जति धेरै सोच्छस्, त्यति नै बढी असहज र नकारात्मक बन्नेछस्, तँलाई अब जिइरहने कुनै उपाय छैन जस्तो लाग्नेछ। तैँले मृत्युको सास्ती भोग्न थाल्नेछस्, र निरन्तर बन्धनमा परेर तेरो आत्मा पनि मृत्युमा डुब्नेछ। यदि तँ मुक्त हुन चाहन्छस् भने, तैँले आफ्नो हृदय र आफ्नो सम्पूर्ण प्रयास सत्यतामा लगाउनुपर्छ। जब तँ सत्यता बुझ्छस्, तब तेरो हृदय उज्यालो हुनेछ र तँ उप्रान्त कष्ट वा मृत्युको बन्धनमा पर्नेछैनस्। तैँले जीवनमा आफ्नो हृदयभित्र शान्ति र आनन्द पाउनेछस्, अनि जब रोग लाग्छ वा मृत्यु नजिकिन्छ, तब तैँले यसो भन्नेछस्, “मैले अझै सत्यता प्राप्त गरेको छैनँ, त्यसैले म मर्न सक्दिनँ। मैले आफूलाई परमेश्वरप्रति उचित रूपमा समर्पित गर्नैपर्छ र परमेश्वरको राम्ररी गवाही दिनैपर्छ, अनि परमेश्वरको प्रेम पनि चुकाउनैपर्छ। अन्त्यमा म कसरी मर्छु भन्ने कुराले फरक पार्दैन, किनभने मैले सन्तोषजनक जीवन जिएको हुनेछु। जेसुकै भए पनि, म अझै मर्न सक्दिनँ। म दृढतापूर्वक जिइरहनैपर्छ।” तैँले अब कष्ट र मृत्युका समस्याहरूलाई छर्लङ्गै देख्न सक्नैपर्छ, अनि तैँले यी कुराहरूमा सत्यता बुझ्नैपर्छ। मानिसहरूमा सत्यता छ भने, तिनीहरूसँग बल हुन्छ। तिनीहरूमा सत्यता छ भने, तिनीहरूको शरीरभरि अटूट शक्ति पनि हुन्छ। जब तिनीहरूमा सत्यता हुन्छ, तब तिनीहरूमा सङ्कल्प हुन्छ। सत्यताविना, मानिस कुहिएका तरकारीजतिकै गिला हुन्छन्; तिनीहरूमा सत्यता छ भने, तिनीहरू सबल र साहसी बन्छन्। परिस्थिति जतिसुकै तितो भए पनि, तिनीहरूले बिलकुलै तिक्तता महसुस गर्नेछैनन्। तँलाई तेरो थोरै कष्ट कतिचाहिँ हो जस्तो लाग्छ? देहधारी परमेश्वर अझै कष्ट भोग्दै हुनुहुन्छ! तिमीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरू हौ र तिमीहरूको प्रकृति परमेश्वरलाई धोका दिनु हो। तिमीहरूले थाहै नपाई परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने थुप्रै कामहरू गरेका छौ, र तिमीहरू न्याय र सजाय भोग्न लायक छौ। के बिरामी मानिसहरूलाई उपचार गर्दैगर्दा, तिनीहरूले कष्टको डर मान्नु उचित कुरा हो? तिमीहरूमा भ्रष्ट स्वभाव छन्, त्यसकारण के तिमीहरूलाई कुनै पीडाविना नै आफ्नो स्वभाव परिवर्तन गरी जीवन प्राप्त गर्न सक्छु जस्तो लाग्छ? तिमीहरूको कष्ट आफ्नै भ्रष्ट स्वभावले निम्त्याएको हो। तिमीहरूले त्यो पाउनैपर्ने र सहनैपर्ने कुरा हो। न यो निर्दोष हो न त परमेश्वरले थोपर्नुभएको नै हो। तिमीहरूले अहिले भोगिरहेको कष्ट आफ्नो कर्तव्यमा दौडधुप गरेको र कडा मेहनत गरेको भन्दा अलिकति बढी हो। कहिलेकाहीँ तिमीहरूले आफ्ना भ्रष्ट स्वभावहरू बिलकुलै परिवर्तन नभएको पाउँछौ, त्यसकारण तिमीहरूले केही शोधन भोग्छौ। कहिलेकाहीँ तिमीहरूले परमेश्वरको वचन बुझ्दैनौ वा त्यो पढ्दा अलि उदास महसुस गर्छौ, साथै तिमीहरूले परमेश्वरको वचनको शोधनको थोरै कष्ट भोग्छौ। अथवा, सायद, तिमीहरूले आफ्नो वास्तविक काम नराम्रोसँग गर्छौ र आफ्नो कर्तव्यमा गल्तीहरू गरिराख्छौ, तिमीहरू आफैलाई दोष दिन्छौ, र आफ्नो कार्य गर्न सक्षम नभएकोमा आफैलाई घृणा गर्छौ, र यसले तिमीहरूलाई केही पीडा दिन्छ। सायद तिमीहरू अरूले प्रगति गरेको देख्छौ तर आफ्नो प्रगति अति सुस्त भएको महसुस गर्छौ, तिमीहरूलाई परमेश्वरको वचन बोध गर्न अति धेरै समय लाग्छ, यसमा एकदमै थोरै मात्र प्रकाश भएझैँ महसुस हुन्छ, र यी विषयहरूले तिमीहरूलाई केही कष्ट दिन्छ। कहिलेकाहीँ तिमीहरू ठूलो रातो अजिङ्गरको गिरफ्तार र सतावटको कारण आफ्नो प्रतिकूल वातावरणबाट त्रसित हुन्छौ, त्यसकारण तिमीहरू जहिले पनि भयभीत र बेचैन हुन्छौ, र डरमा जिउँछौ, र यसले तिमीहरूलाई केही कष्ट तुल्याउँछ। योबाहेक तिमीहरूले अरू के कष्ट भोगेका छौ? तिमीहरूलाई भारी शारीरिक काम गर्न लगाइँदैन, न त तिमीहरूलाई पिट्ने वा गाली गर्ने हाकिम वा साहेब नै हुन्छन्, र तिमीहरूलाई कसैले पनि दासलाई जस्तो व्यवहार गर्दैन। तिमीहरूले त्यस्तो कुनै कठिनाइ सहनुपर्दैन। खासमा, तिमीहरूले भोग्ने यो कठिनाइ वास्तविक कठिनाइ होइन। त्यसबारे सोच। कुरा यही होइन र? तिमीहरूले आफ्नो परिवार त्यागेर परमेश्वरप्रति समर्पित हुनुको महत्त्व, र यसो गर्नुको कारण बुझ्नैपर्छ। यदि तँ सत्यता र जीवन खोजी गर्न, र साथसाथै आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको प्रेमको ऋण तिर्न त्यसो गर्छस् भने, त्यो पूर्ण रूपमा जायज छ। यो सकारात्मक कुरा हो, यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ, र यो कुराप्रति तँ कहिल्यै पछुताउनेछैनस्। तेरो परिवारलाई जे आइपरे पनि, तैँले त्यसलाई त्याग्न सक्छस्। यदि तैँले स्पष्ट रूपमा यो महत्त्व बुझ्छस् भने, तँलाई कुनै पछुतो हुनेछैन, र तँ नकारात्मक हुनेछैनस्। यदि तैँले सच्चा रूपले आफूलाई परमेश्वरमा अर्पित गरिरहेको छैनस्, बरु आशिष् प्राप्त गर्न मेहनत गर्दै छस् भने, यो अर्थहीन छ। जब तैँले यो विषय राम्रोसँग बुझ्छस्, तब समस्या समाधान हुन्छ, र तैँले आफ्नो परिवारबारे चिन्ता लिनुपर्ने आवश्यकता रहनेछैन। सबैथोक परमेश्वरकै हातमा हुन्छ। अहिलेसम्म आइपुग्दा, तिमीहरू सबैले परीक्षाबाट आइपर्ने केही कष्ट अनुभव गरेका छौ। कतिपय मानिसहरूले केही सत्यता प्राप्त गरेका छन्, तर कतिपयले भने धर्मसिद्धान्तहरू मात्र बुझेका छन् तर कुनै सत्यता प्राप्त गरेका छैनन्। केहीमा राम्रो क्षमताको कारण तुलनात्मक रूपले गहन बोध छ, र कम क्षमता भएकाहरूमा तुलनात्मक रूपले सतही बोध छ। तेरो बोध गहन वा सतही जे-जस्तो भए पनि, तैँले केही सत्यता बुझ्छस् र कुनै परीक्षा सामना गर्दा आफ्नो साक्षीमा दह्रिलो गरी खडा हुन सक्छस् भने, तेरो कष्टको अर्थ र मूल्य रहन्छ। यदि तैँले परमेश्वरबाट आएका कुराहरू स्वीकार गर्न सक्दैनस्, र तैँले कुनै पनि कुरालाई मानवीय धारणा र कल्पनाको आधारमा लिन्छस् भने, जतिसुकै कष्ट भोगे पनि, तँसित अनुभवमा आधारित साँचो गवाही कहिल्यै हुनेछैन। अनि, तैँले सत्यता प्राप्त नगरेकोले, तेरो कष्टको कुनै मूल्य हुनेछैन।
तिमीहरूले सबै कुरामा परमेश्वरको अभिप्राय खोजी गर्नुपर्छ, र तिमीहरूले सबै कुरामा सत्यता खोजी गर्नुपर्छ। उदाहरणको लागि, जीवनका खानेकुरा, वस्त्र, र व्यक्तिगत कुराहरूजस्ता विषयमा तैँले कसरी सत्यता खोजी गर्छस्? के यी कुराहरूमा खोजी गर्नुपर्ने सत्यताहरू छन्? कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरमा विश्वास गर या नगर, खुसी भनेको राम्ररी खान-लाउन पाउनु हो। त्योविना, दुख मात्र हुनेछ।” के यो सत्यतासँग मेल खान्छ? प्रचुरतामा जिउने, राम्रो खाने र लाउने कैयौँ मानिसहरू हुन्छन्, जो दैहिक आनन्दका लोभी हुन्छन्। तिनीहरूले सजिलै सत्यता स्विकार्ने वा व्यवहारमा लागू गर्नेसमेत गर्दैनन्, सबथोक त्यागेर तिनीहरू परमेश्वरमा अर्पित हुनु त परको कुरा हो। त्यस खालको व्यक्तिले परमेश्वरको अनुमोदन प्राप्त गर्दैन, र अन्तिममा, तिनीहरू सबै विपत्तिहरूमा परेर रुनेछन् र दाह्रा किट्नेछन्। के त्यस खालका व्यक्तिमा उल्लेख गर्न लायक खुसी हुन सक्छ? थुप्रै मानिसहरू श्रमिक वा किसान परिवारमा जन्मेर बच्चैदेखि धेरै कष्ट भोगेका हुन्छन्। यदि तिनीहरू सत्यता बुझ्न सक्षम छन् भने, तिनीहरूले सम्भवतः त्यो स्विकार्न र व्यवहारमा लागू गर्न सक्छन्, र तिनीहरू कष्टको डर नमानी त्यागहरू गर्न र आफैलाई परमेश्वरमा अर्पित गर्न सक्षम हुन्छन्। तिनीहरू परमेश्वरको आज्ञाप्रति अर्पित हुन सक्षम हुन्छन्, र केही त परमेश्वरको लागि आफ्नै जीवन दिने हदसम्म पुग्छन्। परमेश्वरको घरमा त्यस्ता व्यक्तिको प्रशंसा गरिन्छ। धेरै मानिसहरू दैहिक आनन्दमा अति नै केन्द्रित हुन्छन्। के तिमीहरूले पनि राम्रो खानु र लाउनु वास्तवमै महत्त्वपूर्ण हो भनेर भन्थ्यौ? बिलकुलै होइन। यदि कसैले परमेश्वरलाई साँचो रूपमा चिन्न र सत्यता प्राप्त गर्न सक्छ भने, आफूले गर्ने सबै कुरामा, उसले परमेश्वरको साक्षी दिन्छ र परमेश्वरलाई सन्तुष्ट तुल्याउँछ। त्यस्तो व्यक्तिले जति नै नराम्ररी खाने-लाउने गरे पनि, उसको जीवनमा अझै पनि मूल्य हुन्छ, र उसले परमेश्वरको स्वीकृति प्राप्त गर्न सक्छ। के त्यो सबभन्दा अर्थपूर्ण कुरा होइन र? न त राम्रो खाँदा नै न त राम्रो लाउँदा नै, त्यसले तँ आशिषित हुने कुराको ग्यारेन्टी गर्छ। यदि तैँले परमेश्वरविरुद्ध विद्रोह गरिस् वा गलत मार्ग अपनाइस् भने तँ अझै पनि श्रापित नै हुनेछस्, जबकि नराम्रो नराम्रो कपडा लगाएपनि वा नराम्रो खाए पनि सत्यता प्राप्त गरेको छ भने त्यस व्यक्तिलाई परमेश्वरले आशिष् दिनुहुनेछ। त्यसकारण, तैँले खाने-लाउने विषयलाई कसरी लिनुपर्छ भन्ने बारेमा सत्यताको खोजी गर्नुपर्छ, र तैँले आफ्नो कर्तव्यनिर्वाहलाई कसरी लिनुपर्छ भन्नेबारेमा अझै बढी सत्यता खोजी गर्नुपर्छ। तैँले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्वरले तँलाई सुम्पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्वरका आज्ञाहरू पूरा गरिनैपर्छ। यहाँ हेर्, के यसमा खोजी गर्नुपर्ने सत्यता छैन र? आफ्नो स्वभावमा परिवर्तन हासिल गर्नु पूर्ण रूपमा सत्यताको खोजी गर्ने कार्यसँग जोडिएको हुन्छ! यदि तैँले मानिसहरू किन जिउँछन्, र तैँले जीवनलाई कसरी हेर्नुपर्छभन्ने सत्यतालाई बुझिस् भने, के जीवनसम्बन्धी तेरो दृष्टिकोण परिवर्तन हुनेछैन र? यहाँ त खोजी गर्नुपर्ने सत्यता अझै धेरै छ। परमेश्वरलाई प्रेम गर्ने कार्यमा कुन सत्यता पाउन सकिन्छ? किन मानवले उहाँलाई प्रेम गर्नैपर्छ? उहाँलाई प्रेम गर्नुको महत्त्व के हो? यदि व्यक्तिसँग परमेश्वरलाई प्रेम गर्ने सत्यताको स्पष्ट बुझाइ छ भने, र उसले उहाँलाई हृदयको गहिराइदेखि नै प्रेम गर्न सक्छ र उसमा परमेश्वरलाई प्रेम गर्ने हृदय अलिकति छ भने, ऊसित जीवन सच्चा छ र ऊ सबैभन्दा आशिषितहरूमध्येको एक हो। सबै कुरामा सत्यता खोजी गर्नेहरूको जीवनमा सबैभन्दा छिटो प्रगति हुन्छ, र तिनीहरूले स्वभावको रूपान्तरण हासिल गर्न सक्छन्। सबै कुरामा सत्यता खोजी गर्नेहरूलाई नै परमेश्वरले प्रेम गर्नुहुन्छ। यदि व्यक्तिले सबै कुरामा धारणा र धर्मसिद्धान्तहरू बोकेर हिँड्छ वा नियमहरू पालना गर्छ भने, उसले कुनै प्रगति गर्नेछैन। उसले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैन, र ढिलोचाँडो उसलाई हटाइनेछ। परमेश्वरले यस्तो व्यक्तिलाई सबैभन्दा बढी तिरस्कार गर्नुहुन्छ।
वसन्त, १९९९