५४. के पैसाले साँच्चै खुसी ल्याउँछ?
जब म आठ वर्षको थिएँ, मेरो परिवारमा एउटा अप्रत्याशित घटना घट्यो। त्यस बेलादेखि, मेरी आमा र म एकअर्काको सहारामा बाँच्न थाल्यौँ, र उहाँले मलाई गाउँको हाम्रो पुरानो घरमा लग्नुभयो। त्यसबेला, हामी साँच्चै नै कङ्गाल थियौँ। अरू मानिसहरू तला-तला भएको घरमा बस्थे, जबकि हामी केवल टायलले छाएको झुपडीमा थियौँ; हाम्रो आर्थिक अवस्था एकदमै कमजोर थियो। म अरूको ईर्ष्या गर्थेँ र आशा गर्थें कि ठूलो भएपछि मैले धेरै पैसा कमाउन सकुँ ताकि मेरी आमा र मैले आर्थिक सुरक्षा पाउन सकूँ। पैसा कमाउनका लागि, मैले हाई स्कूल पास गरेपछि आफ्नो पढाइलाई निरन्तरता दिइनँ। त्यतिबेला, ब्रदर-सिस्टरहरू मैले मण्डलीमा आबद्ध भएर मण्डली जीवन बिताऊँ भन्ने चाहन्थे। तर, मलाई भेलाले मेरो पैसा कमाउने काममा बाधा पुर्याउँछ कि भन्ने चिन्ता थियो। म त्यतिबेला निकै जवान थिएँ, र भविष्यमा मैले विवाह गरेर आफ्नो गुजारा चलाउनु थियो। मैले गर्ने हरेक कामका लागि मलाई पैसा चाहिन्थ्यो। त्यसैले, मैले ब्रदर-सिस्टरहरूका दयालु वचन र सल्लाहलाई अस्वीकार गरेँ र दृढतापूर्वक पैसा, ख्याति र लाभको पछि लाग्ने बाटोमा लागें।
मैले निर्माण क्षेत्रमा मजदुरी गरेँ र भरियाका रूपमा पनि काम गरेँ। पछि, मैले मार्केटिङ अध्ययन गरेँ र केही आफन्तहरूसँग मिलेर व्यापार गरेँ। अन्ततः, व्यापार फस्टाउँदै गयो, र हामीले सुरु गरेको सानो पसल केही वर्षमै एक दर्जनजति कर्मचारी भएको सानो कम्पनीमा विस्तार भयो। त्यो सानो उमेरमा, म मालिक बनेँ र केही पैसा कमाएँ। मेरो परिवारको आर्थिक अवस्था सुध्रियो, मैले घर किनेँ, र मैले जीवनका सबै आधारभूत खर्चहरू पूरा गर्न सकेँ। मैले धेरैभन्दा धेरै पैसा कमाए पनि र मेरो दैहिक जीवन सन्तुष्ट भए पनि, म झन्-झन् दुःखी हुँदै गएँ। पैसा कमाउनका लागि, मैले ग्राहकहरूसँग प्रसन्नताको नाटक गर्नुपर्थ्यो, उनीहरूको चापलूसी र खुसामद गर्नुपर्थ्यो, र मानिसहरूलाई झूट बोल्नु र धोका दिनु मेरो दिनचर्या नै बन्यो। म आफ्नो स्वार्थ पूरा गर्न कुनै कसर बाँकी राख्दिनथेँ र मानवझैँ जिउँदै जिउँदिनथेँ। विगतमा, मैले परमेश्वरका वचनहरूले हामीलाई इमानदार मानिस हुन भनेको देखेको थिएँ। जब-जब म यो कुरा सम्झन्थेँ, मेरो विवेकले मलाई अत्यन्तै दोषी महसुस गराउँथ्यो। त्यसमाथि, हरेक दिन मैले आफ्नो सारा समय र ऊर्जा व्यापारमा लगाइरहेको थिएँ, ग्राहकहरूसँग सधैँ राम्रो स्वभाव र व्यवहार कायम राख्थेँ। जब उनीहरूले कुनै कुराको प्रबन्ध गर्न मलाई फोन गर्थे, म तुरुन्तै त्यसलाई सम्हाल्थेँ, मानौँ मैले शाही आदेश पालन गरिरहेको छु। तर, जब मेरी आमाले मैले घरको काममा सघाऊँ वा उहाँसँग कुरा गरूँ भन्ने चाहनुहुन्थ्यो, म उहाँलाई सधैँ आफू व्यस्त रहेको बताउँथेँ र मलाई वाक्क नपार्न भन्थेँ। म भेलाहरूमा उपस्थित हुन्नथेँ, र बिरलै मात्र प्रार्थना गर्थेँ। मेरो अवस्था पूर्ण रूपमा एक विश्वासहीन गैरविश्वासीको जस्तो थियो। म नचाहँदा नचाँहदै बिस्तारै पतित हुँदै गएँ। व्यापारमा सम्पर्कहरू धेरै महत्त्वपूर्ण हुने भएकाले, हरेक दिन म ग्राहकहरूसँग कसरी सम्बन्ध कायम राख्ने भनेर सोचिरहेको हुन्थेँ। म जोसुकैसँग व्यवहार गरिरहेको भए तापनि, जबसम्म उनीहरूले मलाई फाइदा पुर्याउन सक्थे, म उनीहरूको चाप्लुसी गर्थेँ र उनीहरूलाई खुसी पार्न झूटा कुराहरू बोल्थेँ। म झन्-झन् पाखण्डी र छली हुँदै गएँ, र साँच्चै नै म दुई जिब्रे व्यवहार गर्ने अवस्थामा पुगेको थिएँ। मलाई आफ्नो यो व्यवहारदेखि घिन लाग्थ्यो। म आफैलाई झन्-झन् घृणा गर्न थालेँ, र यो बाँच्ने माध्यमलाई पनि घृणा गर्न थालेँ।
धेरै वर्षपछि, जब कोभिड देशभर फैलिरहेको थियो, म संक्रमित भएँ, र मेरो पूरै शरीरमा ठूलो पीडा भयो। लक्षणहरू सुरु हुनुभन्दा कैयौँ घण्टा अघि, म उर्जाले भरिएको थिएँ, विभिन्न व्यापारिक कामहरूमा व्यस्त थिएँ, जब अचानक, मसँग उभिन सक्ने शक्ति पनि रहेन। म ओछ्यानमा पल्टिएँ, मेरा सबै मांसपेशीहरू पीडाले दुखिरहेका थिए, र मेरो टाउको फुट्ला जस्तो भएको थियो। मलाई कडा ज्वरो आएको र त्यो नघटेकोले, मेरा ओठहरू फुटेका थिए। मलाई बान्ता र पखाला लागेको थियो; मलाई एकदमै गाह्रो महसुस भइरहेको थियो, मानौँ मृत्यु धेरै टाढा छैन। त्यतिबेला मैले मानिस कति कमजोर र सानो छ भन्ने महसुस गरेँ। त्यस समय, मैले मनन गर्न थालेँ, र सोचेँ, “आखिर म किन यसरी जिइरहेको छु?” विगतका घटनाहरू चलचित्रका दृश्यहरू जस्तै एकपछि अर्को गर्दै मेरो दिमागमा देखा परे, र मैले सोचेँ, “हरेक दिन, मैले धेरै पैसा कमाउने उपायहरू खोज्न आफ्नो दिमाग खियाइरहेको छु। के म साँच्चै यसरी नै पैसा कमाउन र काम गर्न मात्र बाँचिरहेको छु? के यो सबै मेरो अभिमान र आत्म-सम्मानलाई सन्तुष्ट पार्न, मानिसहरूले मलाई उच्च ठानून् भनेर मात्र हो? केवल खानपिन र मनोरञ्जनमा लिप्त हुन हो? के मेरो जीवनको उद्देश्य यही हो? के मेरो जीवन यति मात्र हो? के म साँच्चै यसरी नै मर्न लागिरहेको छु?” यो सोचेर, म गहिरो पश्चात्तापले भरिएँ। मैले सुरुदेखि नै परमेश्वरमा राम्रोसँग विश्वास नगरेको र मण्डली जीवन नबिताएकोमा पछुतो लाग्यो। मलाई धेरै पछुतो लाग्यो, र म यसरी मर्न इच्छुक थिइनँ। मैले विगतमा पढेका परमेश्वरका वचनहरू सम्झेँ: “हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्ट्र र ठाउँहरूले विपत् भोग्नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर आउनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका कीटजन्य महामारीहरू एकपछि अर्को गरी उत्पन्न हुँदै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्या देश र मानिसहरूमाथि मेरो न्याय हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६५)। “मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू जिउनको लागि त्यति नै तड्पिन्छन्; मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू मृत्युको आगमनप्रति त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको जीवन तिनीहरूको स्वामित्वमा, तिनीहरूको नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्ने बारेमा उसले कुनै भनाइ राख्न सक्दैन—यो सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। वास्तवमा, मैले यी वचनहरू पहिले पनि धेरै पटक पढेको थिएँ। म विपत्तिहरूसँग डराउने भए पनि, जबसम्म ती ममाथि आइपर्दैनथे, मलाई सधैँ ती धेरै टाढा छन् जस्तो लाग्थ्यो र पहिले जस्तै धनसम्पत्ति र आफूले चाहेको जीवनको पछि लागिरहेँ। अब, म ओछ्यानमा थिएँ, मेरो पूरै शरीर पीडाले भरिएको थियो, म असहाय थिएँ, र तब मात्र मैले धनले मानिसहरूलाई केही भौतिक सुख दिन सक्ने भए पनि, कोभिडको सामना गर्दा यो साँच्चै बेकार थियो भन्ने कुरा बुझेँ। मैले अन्ततः म साँच्चै अज्ञानी र अन्धो रहेछु भन्ने महसुस गरेँ। म कति हठी रहेछु! यसलाई नजिकबाट हेर्दा, मैले परमेश्वरमा विश्वास गरे तापनि, मैले उहाँका वचनहरूलाई पूर्ण रूपमा बेवास्ता गरेको थिएँ र धन, ख्याति र लाभको खोजी कहिल्यै रोकेको थिइनँ; परमेश्वर र उहाँका वचनहरूप्रति मेरो साँचो मनोवृत्ति यही थियो। जब म कोभिडबाट संक्रमित भएँ तब मात्र मैले आत्मचिन्तन गर्न थालेँ। मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। यी वचनहरूको अर्थ के हो भन्नेबारे मैले अन्ततः केही प्रत्यक्ष बुझाइ पाएँ। साँच्चै, पैसाले जीवन किन्न सकिँदैन! म ओछ्यानमा कोल्टे फेर्न सफल भएँ र प्रार्थना गर्न घुँडा टेकेँ, “सर्वशक्तिमान् परमेश्वर, म कति अज्ञानी र अन्धो रहेछु। जीवनमा यो अवस्थामा पुग्नुमा मेरै दोष छ। तपाईंले मलाई सधैँ बचाइरहनुभएको छ, ब्रदर-सिस्टरहरूलाई प्रयोग गरेर मलाई बारम्बार मण्डली जीवनमा भाग लिन आमन्त्रण गर्नुभएको छ, तर मैले कहिल्यै त्यो स्वीकार गर्न चाहिनँ र तपाईंको मुक्तिलाई अस्वीकार गरेँ। हे परमेश्वर, मलाई धेरै पछुतो छ। अब, मैले बुझेँ कि पैसाले स्वास्थ्य वा जीवन किन्न सक्दैन। म सधैँ पैसाको पछि लागेँ, त्यसलाई प्रयोग गरेर आफ्नो जीवन सुधार्न चाहेँ, तर पैसा कमाउनका लागि, म शारीरिक र भावनात्मक रूपमा थकानपूर्ण जीवन जिएँ, र यसले झण्डै मेरो ज्यान लियो। म यस्तो पीडादायी तरिकाले अब उप्रान्त जिउन चाहन्नँ। म छलकपट र झूटले भरिएको यो आपसी धोकाधडीको वातावरणमा, पाखण्डी भएर बाँचिरहन चाहन्नँ। हे परमेश्वर, कृपया मलाई क्षमा गर्नुहोस् र मलाई अर्को मौका दिनुहोस्। कृपया मलाई बचाउनुहोस्!” मैले त्यसरी नै प्रार्थना र पश्चात्ताप गरेँ। मेरो शारीरिक पीडा एक रत्ति पनि कम नभए पनि, त्यस क्षण, मेरो हृदय आमाबाबुको अँगालोमा बेरिएको बच्चाजस्तै न्यानो भयो।
भोलिपल्ट, मेरी आमाले म संक्रमित भएको सुन्नुभयो र मेरो हेरचाह गर्न आउनुभयो। उहाँले मलाई सर्वशक्तिमान् परमेश्वरका धेरै वचनहरू पढेर सुनाउनुभयो, र तीमध्ये केहीले ममा गहिरो छाप छोडे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र साङ्लो लगाएपछि त्यो जञ्जिरबाट मुक्त हुन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्दहरू वास्तवमा साँचो छन् भन्ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूले यो भनाइलाई एउटै हदमा बुझ्दैनन्, तर आफ्नो वरिपरि घटेका घटनाहरू र आफ्ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्न सक्दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्भव हुन्छ भन्ने अनुभव गर्छौ त? मानिसहरूको सम्मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्नो उच्च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरै मानिसले पैसा पाउन कुनै पनि बलि चढाउँछन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्ने क्रममा आफ्नो गौरव र इज्जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर, मैले प्रत्येक वाक्य सत्यता भएको महसुस गरेँ। उहाँले बोल्नुभएका वचनहरू एकदमै सही थिए, र ती मेरो हृदयको गहिराइसम्म पुगे। म परमेश्वरले खुलासा गर्नुभएजस्तै थिएँ: सधैँ पैसाको पूजा गर्थेँ, “पैसा नै पहिलो हो” भन्ने विचारअनुसार चल्थेँ। म के विश्वास गर्थेँ भने, यदि मसँग पैसा भयो भने, मसँग सबै कुरा हुनेछ र म उच्च-वर्गीय जीवन बिताउन सक्नेछु, आफूले चाहेजसरी जिउन सक्नेछु र अरूले मलाई उच्च ठान्नेछन्, जबकि यदि मसँग पैसा भएन भने, म केही पनि गर्न सक्नेछैन। परमेश्वरका वचनहरूले खुलासा गरेका कुराहरूद्वारा, मैले शैतानको द्वेष र नीच मनसाय देखेँ। शैतानले मेरो दिमागलाई नियन्त्रण गर्न पैसा, ख्याति र लाभ प्रयोग गर्यो, जसले गर्दा म यी चीजहरूमा गहिरोसँग हराएँ र पैसाको पछि लाग्नुलाई नै जीवनमा मैले पछ्याउने लक्ष्य र दिशा बनाएँ, यसरी त्यसले मलाई परमेश्वरबाट टाढा बनायो र उहाँलाई धोका दिन लगायो र मलाई झन्-झन् छली, दुष्ट, र लोभी बनायो, अन्ततः शैतानसँगै नष्ट हुनका लागि मलाई तयार पार्यो। विगतमा, म सधैँ शैतानले मभित्र भरेका विचारहरूअनुसार जिउँथें, मेरो मन पैसा, ख्याति र लाभबाहेक अरू केहीमा केन्द्रित थिएन। म के विश्वास गर्थेँ भने, पैसाविना मानिसहरूले केही गर्न सक्दैनन्, र पैसा हुनेहरूले राम्रो जीवन जिउन र अरूलाई उनीहरूलाई उच्च ठान्ने तुल्याउन सक्छन्। यो सामान्य देखिने विश्वासले मलाई अदृश्य साङ्लाले बाँधेको थियो, मलाई शैतानको नियन्त्रणमा दह्रोसँग राखेको थियो, फुत्कने साहसको कुनै नामोनिसान थिएन। यसरी नै म शैतानद्वारा मूर्ख बनाइएको र भ्रष्ट पारिएको थिएँ। पैसा, ख्याति र लाभका लागि, म उदासीन र हृदयहीन बनेँ, जसरी भए पनि काम फत्ते गरेँ, झूट र छलकपटले भरिएँ। म मानवझैँ जिइरहेकै थिइनँ, केही पैसा कमाए पछि, म आफ्नो पीडा कम गर्न विभिन्न ठाउँमा घुम्न गएँ। वास्तवमा, यो केवल आफूलाई अस्थायी रूपमा भावशून्य पार्ने तरिका थियो। मैले आफ्नो सम्पूर्ण शक्ति र समय काममा लगाउने गरेको, यसले मेरो जीवनलाई समृद्ध बनाओस् भन्ने चाहेको भए पनि, मैले भित्र महसुस गरेको रिक्ततालाई कहिल्यै हटाउन सकिनँ। परमेश्वरका वचनहरूले नै मेरो हृदयलाई जागृत गरायो। मैले आफ्ना पछ्याइहरूलाई नजिकबाट जाँच्न थालेँ, र म निरन्तर पैसा, ख्याति र लाभको पछि लागिरहन चाहन्नथेँ। यी चीजहरू मैले कल्पना गरेजस्तो सर्वशक्तशाली थिएनन्। जब म ओछ्यानमा बिरामी परेर उठ्न नसक्ने अवस्थामा थिएँ, भौतिक सुखभोग र पैसा सबै एकदमै तुच्छ लागे। पैसाले मानिसको ज्यान बचाउन सक्दैन, र यो मानिसको अस्तित्वको जड होइन। यसले मानिसहरूलाई पीडाबाट मुक्त गर्दैन।
त्यसपछि, मैले मूल्यवान् र अर्थपूर्ण जीवन बिताउन मैले कसरी पछ्याउनुपर्छ भनी खोज्न थालेँ। त्यस समय, मैले परमेश्वरका यी वचनहरू पढेंँ: “सामान्य व्यक्ति, र परमेश्वरप्रतिको प्रेम पछ्याउने व्यक्तिका रूपमा, परमेश्वरका मानिसहरूमध्ये एक बन्न राज्यमा प्रवेश गर्नु तेरो साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरका लागि जिउँछौ, र परमेश्वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। “व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यो उसले गर्न सक्ने सबैभन्दा उचित कुरा हो, यो मानवजातिमाझको सबैभन्दा सुन्दर र न्यायसङ्गत कुरा हो। मानिसहरूले सृष्टि गरिएका प्राणीहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरूले परमेश्वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिमीहरूले आ-आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्वरले तोक्नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य पृथ्वीमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र नैतिकवान् हुन्छ; मानवजातिमाझ सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृष्टि गरिएको व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यो समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्ने, सृष्टिकर्ताले व्यक्त गर्नुभएका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरू अनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा सानदार गवाही हो, र परमेश्वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृष्टि गरिएको प्राणीले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र सबै मानिसहरूले प्रशंसा गर्ने एउटा कथाको रूपमा फैलाउनुपर्ने कुरा हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई सुम्पनुहुने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिको लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने सबैको लागि, योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरू पढेर, मैले जीवनमा एउटा दिशा पाएँ। मैले एक सृजित प्राणीका रूपमा, व्यक्ति सत्यता पछ्याउन, परमेश्वरका अभिप्रायलाई सन्तुष्ट पार्न, र सृष्टिकर्ताको अनुमोदन प्राप्त गर्नका लागि जिउनुपर्छ भन्ने बुझेँ। एक सृजित प्राणीका रूपमा, व्यक्तिले आफ्नो कर्तव्य निभाउनुपर्छ र आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ; योभन्दा मूल्यवान् वा अर्थपूर्ण अरू केही छैन। शैतानलाई पछ्याएर पैसा, ख्याति र लाभको खोजी गर्दा, व्यक्तिले साँचो खुस प्राप्त गर्न नसक्ने मात्र नभई, ऊ झन्-झन् स्वार्थी र लोभी पनि बन्दै जानेछ। अन्ततः, ऊ पूर्ण रूपमा शैतानको कब्जामा पर्नेछ र अनन्त पीडामा पर्नेछ। अब, परमेश्वरको आखिरी दिनहरूको काम लगभग सकिन लागेको थियो; यदि मैले अझै पनि परमेश्वरमा विश्वास गर्ने यो मौकाको फाइदा राम्रोसँग उठाउन नसकेको खण्डमा, म साँच्चै नै धेरै मूर्ख हुनेथिएँ। म शैतानले मभित्र भरेका विचारहरूले गर्ने हानि भोगिरहन चाहन्नथेँ, र मैले यो पीडादायी जीवनबाट छुटकारा पाउने निर्णय गरें। ओछ्यानमा परेको तेस्रो दिनसम्ममा, मलाई अझै ज्वरो थियो, तर म त्यति धेरै पीडामा थिइनँ। मैले मेरी आमालाई भनेँ, “म भेलाहरूमा सहभागी हुन चाहन्छुँ।” केही समयमै, मैले मण्डली जीवन जिउन थालेँ, र मैले हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिएँ। परमेश्वरले मलाई उहाँको घरमा फर्कने अर्को मौका दिनुभएको थियो, र मैले त्यसलाई राम्रोसँग कदर गर्नुपर्थ्यो; म उहाँका अभिप्रायमा खरो उत्रन विफल हुन सक्दिनथेँ। तर, मेरो अगाडि अझै एउटा दुविधा थियो। मेरो व्यापारमा केही पुराना ग्राहकहरू थिए, र मैले अब व्यापार विस्तार गर्न त्यति धेरै व्यग्र नभइरहेको नभए पनि, मैले अझै पनि त्यसमा आफ्नो शक्ति लगाइरहेको थिएँ। भेलाहरूमा मेरो मन अस्थिर हुन्थ्यो, परमेश्वरसामु आफ्नो हृदय शान्त पार्न असमर्थ हुन्थेँ। जब भेलाहरू सकिन्थे, म आफ्नो फोन निकाल्थेँ र ग्राहकहरूका छुटेका कल र सन्देशहरू बाहेक केही देख्दिनथेँ। हरेक भेलामा, मैले विभिन्न प्रकारका बाधाहरू अनुभव गर्थें। मलाई याद छ, एक पटक, म भेलामा जाँदै गर्दा अचानक एउटा ग्राहकको फोन आयो जसलाई तुरुन्तै केही सामान चाहिएको थियो। म भेला हुने ठाउँमा लगभग पुगिसकेको थिएँ, तर, ग्राहकको दबाबमा परेर, म भेला हुने ठाउँमा गएँ र ब्रदर-सिस्टरहरूलाई केही जरुरी काम परेको जानकारी दिएँ, र त्यसपछि हतारमा निस्किएँ। मलाई लाग्यो कि यसले भेलाहरूमा धेरै बाधा पुर्याइरहेको छ, र मैले व्यापार छोड्न चाहेंँ, तर म धेरै दुविधामा थिएँ। विगतमा, म बिहानदेखि बेलुकासम्म ग्राहकहरूलाई भेट्थेँ, र उनीहरूसँगको सम्बन्ध जसरी पनि जोगाउन चाहन्थेँ। यदि म अहिले रोकिएँ र मेरा सबै पुराना मेहनत खेर फालेँ भने, त्यो साँच्चै खेदजनक हुनेथियो! म भेलाहरूमा उपस्थित हुन चाहन्थेँ, तर पैसा त्याग्न सकिरहेको थिइनँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँलाई बाहिर निस्कने बाटो देखाइदिन आग्रह गरेँ।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेंँ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष लगाइन भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यलाई त्याग्नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकी दोधारेहरूले एउटा हातले पैसा हडप्नेथिए र अर्को हातले सत्यता टिप्नेथिए। तिमीहरूको साँचो रङ त्यसपछि आफै स्पष्ट नहोलान् त? तिमीहरूले सत्यता र तिमीहरू निष्ठावान् भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही छनौट गर्थ्यौ र तिमीहरूको मनोवृत्ति उस्तै रहन्थ्यो। के त्यो यस्तै हो नि, होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो, परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, मिलाप र फाटो, धन र गरिबी, हैसियत र साधारणता, समर्थन पाउनु र इन्कार गरिनु इत्यादि बीचको सबै सङ्घर्षमा—अवश्य नै तिमीहरू आफूले गरेको छनौटबारे अनभिज्ञ छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै रोज्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यबीच, तिमीहरूले फेरि पहिलोलाई रोज्यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीबीच, तिमीहरूले पहिलोलाई रोज्यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान् अनि मबीच रोज्दा, तिमीहरूले पहिलोलाई रोज्यौ; र धारणा र सत्यताबीच, तिमीहरूले अझै पहिलोलाई नै रोज्यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथि विश्वास गुमाएको छु। तिमीहरूको हृदयलाई कोमल बनाउन नसकिने कुराले मलाई साँच्चै अचम्मित पार्छ। मैले धेरै वर्षसम्म खर्चेको हृदय-रक्तले मलाई आश्चर्यजनक रूपमा परित्याग र राजीनामाभन्दा धेरै अरू केही दिएको छैन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको सानो टुक्रा बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरले भन्नुभएजस्तै आफू एक हातमा पैसा र अर्को हातमा सत्यता समात्ने व्यक्ति भएको कुरा बुझेंँ। पैसाले मानिसको ज्यान बचाउन सक्दैन, त्यो मानिसको अस्तित्वको जड होइन, र त्यसले मानिसहरूलाई पीडाबाट मुक्त गर्न सक्दैन भन्ने कुरा मैले स्पष्टसँग देखेको भए पनि, मैले अझै पनि त्यसको प्रलोभनको सामना गर्न सकिनँ। जब मेरो व्यापारको काम र भेलाको समय जुध्थ्यो, म पैसालाई पहिलो स्थानमा राख्थेँ र सही छनौट गर्न सक्दिनथेँ। के म एकदमै जिद्दी र मूर्ख थिइनँ र? म परमेश्वरका वचनहरूले खुलासा गरेझैँ थिएँ: “तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ।” मेरो हृदय कति हठी र मनोमानी थियो, मैले परमेश्वरको विचारशीलतालाई अलिकति पनि बुझिनँ, र परमेश्वरले मानिसलाई पर्खने काममा लागिरहनुहुन्छ भन्ने कुरा मैले पूर्ण रूपमा बुझेकी थिइनँ। म परमेश्वरमा राम्रोसँग विश्वास गर्न चाहन्थेंँ; म अब उप्रान्त उहाँको अभिप्रायमा खरो उत्रन विफल हुन सक्दिनथेंँ। तर, मलाई थाहा थियो कि मेरो कद सानो छ र म आफैले यो पार गर्न सक्दिनँ। मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेंँ, “हे परमेश्वर! म यो जीवनबाट मुक्त हुन चाहन्छु। म दिनभरि काम गर्न र पैसा कमाउन व्यस्त हुन्छु, र म शान्तपूर्वक तपाईंका वचनहरू पढ्न र भेला हुन असमर्थ हुन्छु। यसरी जिउँदा मेरो मण्डली जीवनमा गम्भीर असर परेको छ। हे परमेश्वर, कृपया मलाई बाहिर निस्कने बाटो देखाउनुहोस्। म साँच्चै परिवर्तन हुन चाहन्छु; कृपया मलाई यो पीडादायी जीवनबाट मुक्त हुन आस्था र शक्ति दिनुहोस्।”
पछि, एउटा भेलाको दौरान, मैले परमेश्वरका वचनहरूका दुई खण्डहरू पढेंँ जसले मेरो हृदयलाई गहिरो रूपमा छोयो। परमेश्वर भन्नुहुन्छ: “जवान मानिसहरूसँग अरूप्रति कपट र पूर्वाग्रहपूर्ण नजरहरू हुनुहुँदैन र जवान मानिसहरूले विनाशकारी, घृणित कामहरू गर्नुहुँदैन। तिनीहरू आकाङ्क्षा, हुटहुटी, र माथि उठ्ने ठूलो जोसरहित हुनुहुँदैन; तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्नु हुँदैन, न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्वास नै गुमाउनुपर्छ; तिनीहरूको सम्पूर्ण जीवन मेरो निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले पाखण्ड र बेइन्साफ नै बोक्न हुन्छ—तिनीहरू आफ्नो उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ। जवान मानिसहरूले विपत्तिहरूप्रति आत्मसमर्पण गर्नुहुँदैन तर आफ्ना दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको आत्मासहित खुला र स्पष्ट हुनुपर्छ। … जवान मानिसहरू कामकुरालाई प्रस्ट रूपमा खुट्ट्याउने र इन्साफ तथा सत्यताको खोजी गर्ने संकल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू)। “दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि फेरिफेरि अध्ययन गर्न सक्छौ। तर, मेरो दिन योभन्दा ढिलो हुनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्ति चाँडै आउनेछ। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। परमेश्वरका यी वचनहरू पढेर, मेरो हृदय धेरै प्रभावित भयो, र मैले सोचेंँ, “मैले धेरै मौकाहरू गुमाइसकेको छु, र त्यो समय म फिर्ता पाउनेछैन। आजकल, सबै देशहरूको परिस्थिति अशान्त छ, भूकम्प, युद्ध, महामारी, र अन्य प्राकृतिक तथा मानव निर्मित प्रकोपहरू निरन्तर भइरहेका छन्। हाम्रो लागि सत्यता पछ्याउने समय धेरै बाँकी रहनेछैन। यदि मैले अझै पनि मौका गुमाइरहेंँ भने, मैले सधैँका लागि गुमाउन सक्छु; मैले फेरि कहिल्यै अर्को मौका नपाउन सक्छु। के म साँच्चै मृत्युको सामना नगरून्जेल परमेश्वरमा विश्वास गर्न पर्खनेछु? के त्यो धेरै ढिलो हुनेछैन र? पैसा कमाउनु महत्त्वपूर्ण छ कि मेरो जीवन? यो सबै कुरा तौलने समय आएको छ।” परमेश्वरका वचनहरूबाट मैले जवान मानिसहरूप्रति उहाँका अभिप्राय र मागहरू बुझेंँ: “अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू)। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। म अब उप्रान्त यसरी जिद्दी र मूर्ख भएर बस्न सक्दिनथेंँ। म पैसा, ख्याति र लाभका लागि जिउनु हुँदैन; म परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ। मैले आफ्नो विगतको जीवनलाई अन्त्य गर्न आवश्यक थियो, र त्यसैले मैले यो व्यापार छोड्ने निर्णय गरेंँ।
त्यसपछि, मैले यो विचार मेरा आफन्तहरूलाई बताएँँ। उनीहरूले मलाई त्यसो नगर्नका लागि मनाउन हरसम्भव प्रयास गरे, उनीहरूले मेरो वर्षको अन्त्यको तलब र आधारभूत तलब दुवै बढाइदिने भने। त्यसरी, मैले प्रति महिना १०,००० युआनभन्दा बढी कमाउने थिएँ, र वर्षको अन्त्यको तलबसँग जोड्दा, मैले एक वर्षमा लगभग २,००,००० युआन कमाउने थिएँ। सानो सहरमा बस्ने कसैका लागि यो पहिले नै धेरै थियो। म धेरै प्रलोभित भएँ, र यो आकर्षक प्रस्ताव भए पनि, मैले आफ्नो मन बनाइसकेको थिएँ। म अब उप्रान्त एक हातमा पैसा र अर्को हातमा सत्यता समात्ने यो जीवन जिउन चाहन्नथेंँ। पछि, मैले परमेश्वरका थप वचनहरू पढेंँ: “यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, तँसँग प्रशस्त ज्ञान छ, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि परमेश्वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा धर्मी प्रयास हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्वरद्वारा ती घृणित समेत हुनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। विगतमा, म आफ्नो देह र शैतानका लागि जिउँथेँ, मेरो नजर केवल पैसा, ख्याति र लाभमा हुन्थ्यो। परिणाम स्वरूप, म झन्-झन् दुष्ट र भ्रष्ट हुँदै गएँ, परमेश्वरबाट झन्-झन् टाढा हुँदै गएँ र हरेक दिन हिँड्ने लासका रूपमा बिताउन थालेँ। अब, म आफ्नो जीवनशैली परिवर्तन गर्न र पूर्ण हृदयले परमेश्वरलाई पछ्याउन चाहन्थें। पछि, मेरा आफन्तहरूले मलाई फेरि बस्न आग्रह गरे, र यो शैतानले मलाई परमेश्वरको सामु जानबाट रोक्न उनीहरूलाई प्रयोग गरिरहेको हो भन्ने थाहा पाएर, मैले परमेश्वरलाई प्रार्थना गरें र उहाँसँग बाहिर निस्कने बाटो देखाइदिन आग्रह गरें, “हे परमेश्वर, म अब उप्रान्त पैसा, ख्याति र लाभको पछि लागेर गलत मार्गमा हिँडिरहन चाहन्नँ। म अर्थपूर्ण र मूल्यवान् जीवन जिउन चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र शैतानको यो परीक्षालाई जित्न आस्था दिनुहोस्!” मैले यो शैतानले मलाई फकाउने र मेरो मन जित्ने तरिका हो भन्ने कुरा बुझें, त्यसैले हाँस्दै, मैले आफ्ना आफन्तहरूलाई भनेंँ, “मलाई थाहा छ तपाईंहरूको मनसाय राम्रो छ, तर म जवान छँदै संसारमा निस्किएर केही गर्न चाहन्छु र सधैँ आफन्त र साथीहरूमा भर पर्न चाहन्नँ। मैले निर्णय गरिसकेको छु; म आफैँ केही गर्न निस्कन्छु।” मेरा आफन्तहरूले मैले आफ्नो मन बनाइसकेको देखे, र उनीहरूले मेरो छनौटको आदर गरे। मैले यो परमेश्वरले मलाई बाहिर निस्कने बाटो देखाइरहनुभएको हो भन्ने बुझें, र मैले यो मौका छोपेर आफ्नो काम छोडेंँ। त्यसपछि, म शान्त मनले परमेश्वरमा विश्वास गर्न र भेलाहरूमा सहभागी हुन सकें, र मैले आफ्नो कर्तव्य पूरा गर्न थालेंँ। ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा, मैले व्यापार गर्दा जस्तो नकाब लगाएर पाखण्डी व्यवहार गर्नुपरेन। मण्डलीमा, मैले सबै बोझ र बहानाहरू हटाउन सकें। यदि मलाई कुनै समस्या भयो भने, म परमेश्वरलाई प्रार्थना गर्न सक्थें, र म ब्रदर-सिस्टरहरूसँग आफ्नो हृदय खोलेर कुराकानी गर्न सक्थें, र उनीहरूले मलाई इमानदारीपूर्वक र पूर्ण हृदयले मद्दत गर्थे। मैले ब्रदर-सिस्टरहरू कति साँचो र दयालु थिए भन्ने महसुस गर्न सकें… र मैले न्यानोपन महसुस गरें। यी कुराहरू मैले पहिले कहिल्यै महसुस गरेको थिइनँ। म त्यसरी जिउँदा धेरै खुसी थिएँ, र त्यस्तो शान्ति र आनन्द जतिसुकै पैसाले किन्न नसकिने कुरा थियो!
अब, मैले एउटा सामान्य, साधारण काम पाएको छु, र मलाई लुगा र खाना भए नै पुग्छ। म आफ्नो समय र ऊर्जा सबैभन्दा अर्थपूर्ण र मूल्यवान् कुरामा: सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नमा लगाउँछु। मलाई कोभिड अनुभव गर्न दिनुभएको र मेरो भावशून्य हृदयलाई जागृत गराउनुभएकोमा र मेरो जीवनको मार्ग र दिशा स्पष्ट रूपमा देखाउन र सबैभन्दा सही छनौट गर्न मद्दत गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद।